Surah Al-Anfal Verse 60 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anfalوَأَعِدُّواْ لَهُم مَّا ٱسۡتَطَعۡتُم مِّن قُوَّةٖ وَمِن رِّبَاطِ ٱلۡخَيۡلِ تُرۡهِبُونَ بِهِۦ عَدُوَّ ٱللَّهِ وَعَدُوَّكُمۡ وَءَاخَرِينَ مِن دُونِهِمۡ لَا تَعۡلَمُونَهُمُ ٱللَّهُ يَعۡلَمُهُمۡۚ وَمَا تُنفِقُواْ مِن شَيۡءٖ فِي سَبِيلِ ٱللَّهِ يُوَفَّ إِلَيۡكُمۡ وَأَنتُمۡ لَا تُظۡلَمُونَ
तिमी आफ्नो शक्तिले भ्याएसम्म, उनीहरूको मुकाबिला निम्ति बल र घोडाहरू तयार राख, ताकि यसद्वारा तिमीहरूले अल्लाहका शत्रुहरू र आफ्ना शत्रुहरू र यिनीहरूका अतिरिक्त अन्य ती मानिसहरूलाई पनि भयभीत पार्न सक्दछौ जसलाई तिमी जान्दैनौ । अल्लाह उनीहरूलाई जान्दछ र अल्लाहको मार्गमा तिमीले जे–जति खर्च गर्नेछौ, त्यो तिमीलाई पूर्णरूपले प्रदान गरिनेछ र तिम्रो हक मारिने छैन ।