Surah At-Taubah Verse 118 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah At-Taubahوَعَلَى ٱلثَّلَٰثَةِ ٱلَّذِينَ خُلِّفُواْ حَتَّىٰٓ إِذَا ضَاقَتۡ عَلَيۡهِمُ ٱلۡأَرۡضُ بِمَا رَحُبَتۡ وَضَاقَتۡ عَلَيۡهِمۡ أَنفُسُهُمۡ وَظَنُّوٓاْ أَن لَّا مَلۡجَأَ مِنَ ٱللَّهِ إِلَّآ إِلَيۡهِ ثُمَّ تَابَ عَلَيۡهِمۡ لِيَتُوبُوٓاْۚ إِنَّ ٱللَّهَ هُوَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ
र ती तीन जनाको अवस्थामाथि पनि ध्यान दियो जसको कुरा (निर्णय) मुल्तवी (स्थगित) गरिएको थियो, यहाँसम्म कि पृथ्वी आफ्नो विस्तारको बावजूद तिनीहरूको निम्ति साँगुरो भइहाल्यो र तिनीहरूका आत्मा पनि व्याकुल भइहाले र तिनीहरूलाई थाहा भयो कि अल्लाहबाट बच्नको लागि कहीं शरण छैन, शरण छ भने त उसैको समीपमा छ । अनि (अल्लाहले) तिनीहरूमाथि दया गर्यो ताकि प्रायश्चित गर्न सकुन् । निःसन्देह अल्लाह नै प्रयाश्चित स्वीकार गर्नेवाला र दयावान छ ।