Surah At-Taubah Verse 74 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah At-Taubahيَحۡلِفُونَ بِٱللَّهِ مَا قَالُواْ وَلَقَدۡ قَالُواْ كَلِمَةَ ٱلۡكُفۡرِ وَكَفَرُواْ بَعۡدَ إِسۡلَٰمِهِمۡ وَهَمُّواْ بِمَا لَمۡ يَنَالُواْۚ وَمَا نَقَمُوٓاْ إِلَّآ أَنۡ أَغۡنَىٰهُمُ ٱللَّهُ وَرَسُولُهُۥ مِن فَضۡلِهِۦۚ فَإِن يَتُوبُواْ يَكُ خَيۡرٗا لَّهُمۡۖ وَإِن يَتَوَلَّوۡاْ يُعَذِّبۡهُمُ ٱللَّهُ عَذَابًا أَلِيمٗا فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۚ وَمَا لَهُمۡ فِي ٱلۡأَرۡضِ مِن وَلِيّٖ وَلَا نَصِيرٖ
उनीहरू अल्लाहको शपथ खाएर भन्दछन् कि उनीहरूले भनेनन्, जबकि उनीहरूले अवश्य नै कुफ्रको कुरा गरेका हुन् । र आफूले इस्लाम स्वीकार गरेपश्चात इन्कार गरे, र उनीहरूले त्यस कामको इच्छा पनि गरे, जुन पूरा हुनसकेन । र उनीहरूको प्रतिशोधको कारण त यो हो कि अल्लाह आफ्नो कृपाले र उसको रसूलले उनीहरूलाई समृद्ध गरिहाले । यदि उनीहरू अहिले पनि प्रायश्चित गरे भने उनीहरूकै लागि राम्रो हुनेछ र यदि उनीहरू विमुख भए भने अल्लाहले उनीहरूलाई दुनियाँ र आखिरतमा दुःखद यातना दिनेछ र धर्तीमा उनीहरूको नकोही मित्र हुनेछ र न त सहायक ।