Surah Al-Fatiha - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
Surah Al-Fatiha, Verse 1
ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ
समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
Surah Al-Fatiha, Verse 2
ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
अत्यन्त दयालु अति कृपालु हो ।
Surah Al-Fatiha, Verse 3
مَٰلِكِ يَوۡمِ ٱلدِّينِ
प्रतिफल (कयामत)को दिनका स्वामी हो ।
Surah Al-Fatiha, Verse 4
إِيَّاكَ نَعۡبُدُ وَإِيَّاكَ نَسۡتَعِينُ
हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
Surah Al-Fatiha, Verse 5
ٱهۡدِنَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ
हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।
Surah Al-Fatiha, Verse 6
صِرَٰطَ ٱلَّذِينَ أَنۡعَمۡتَ عَلَيۡهِمۡ غَيۡرِ ٱلۡمَغۡضُوبِ عَلَيۡهِمۡ وَلَا ٱلضَّآلِّينَ
उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।
Surah Al-Fatiha, Verse 7