UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Baqara - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


الٓمٓ

अलिफ्–लाम्–मीम् ।
Surah Al-Baqara, Verse 1


ذَٰلِكَ ٱلۡكِتَٰبُ لَا رَيۡبَۛ فِيهِۛ هُدٗى لِّلۡمُتَّقِينَ

यस किताब (कुरआनलाई अल्लाहको ग्रन्थ हुनु) मा कुनै संदेह छैन । अल्लाहसंग डर मान्नेहरूका लागि मार्गदर्शन हो ।
Surah Al-Baqara, Verse 2


ٱلَّذِينَ يُؤۡمِنُونَ بِٱلۡغَيۡبِ وَيُقِيمُونَ ٱلصَّلَوٰةَ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ

जो गैब (अदृश्य)मा ईमान राख्दछन र सही ढंगले नमाज पढ्दछन् र हामीले प्रदान गरेकोबाट खर्च गर्दछन् ।
Surah Al-Baqara, Verse 3


وَٱلَّذِينَ يُؤۡمِنُونَ بِمَآ أُنزِلَ إِلَيۡكَ وَمَآ أُنزِلَ مِن قَبۡلِكَ وَبِٱلۡأٓخِرَةِ هُمۡ يُوقِنُونَ

र जसले तपाईमाथि अवतरित (किताब) र तपाईभन्दा पहिलेका अवतरित (किताबहरू) माथि ईमान राख्दछन् साथै परलोकमाथि पनि विश्वास राख्दछन् ।
Surah Al-Baqara, Verse 4


أُوْلَـٰٓئِكَ عَلَىٰ هُدٗى مِّن رَّبِّهِمۡۖ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ

तिनीहरू नै आफ्नो पालनकर्ताको तर्फबाट मार्गदर्शित छन्, र तिनी नै मुक्ति पाउनेहरूहुन् ।
Surah Al-Baqara, Verse 5


إِنَّ ٱلَّذِينَ كَفَرُواْ سَوَآءٌ عَلَيۡهِمۡ ءَأَنذَرۡتَهُمۡ أَمۡ لَمۡ تُنذِرۡهُمۡ لَا يُؤۡمِنُونَ

काफिरहरूलाई तपाईले डर देखाउनु वा डर नदेखाउनु बराबर छ, तिनीहरूले ईमान ल्याउने छैनन् ।
Surah Al-Baqara, Verse 6


خَتَمَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ وَعَلَىٰ سَمۡعِهِمۡۖ وَعَلَىٰٓ أَبۡصَٰرِهِمۡ غِشَٰوَةٞۖ وَلَهُمۡ عَذَابٌ عَظِيمٞ

अल्लाहले तिनीहरूका हृदय र कानहरूलाई सीलबन्दी गरिदिएको छ र तिनको आँखा अगाडी पर्दा छ, र तिनको लागि ठूलो सजाय छ ।
Surah Al-Baqara, Verse 7


وَمِنَ ٱلنَّاسِ مَن يَقُولُ ءَامَنَّا بِٱللَّهِ وَبِٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَمَا هُم بِمُؤۡمِنِينَ

केही यस्ता मानिस छन् जसले अल्लाह र आखिरतमाथि ईमान भएको कुरा गर्दछन् तर वास्तवमा उनीहरू ईमानवाला होइनन् ।
Surah Al-Baqara, Verse 8


يُخَٰدِعُونَ ٱللَّهَ وَٱلَّذِينَ ءَامَنُواْ وَمَا يَخۡدَعُونَ إِلَّآ أَنفُسَهُمۡ وَمَا يَشۡعُرُونَ

तिनीहरू अल्लाह र आस्थावानहरूलाई धोखा दिईरहेका छन्, तर यथार्थमा आफूलाई नै धोका दिइरहेका छन्, तर तिनीहरूले बुझ्दैनन् ।
Surah Al-Baqara, Verse 9


فِي قُلُوبِهِم مَّرَضٞ فَزَادَهُمُ ٱللَّهُ مَرَضٗاۖ وَلَهُمۡ عَذَابٌ أَلِيمُۢ بِمَا كَانُواْ يَكۡذِبُونَ

तिनीहरूको हृदयमा रोग छ, अल्लाहले तिनको रोग झन् वृद्धि गरिदियो, र तिनकै झुठको कारणले तिनीहरूलाई कष्टदायक सजाय छ ।
Surah Al-Baqara, Verse 10


وَإِذَا قِيلَ لَهُمۡ لَا تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ قَالُوٓاْ إِنَّمَا نَحۡنُ مُصۡلِحُونَ

जब तिनीहरूलाई भनिन्छ, कि पृथ्वीमा उपद्रव नगर, त भन्दछन् कि हामी त सुधारवादी हौं ।
Surah Al-Baqara, Verse 11


أَلَآ إِنَّهُمۡ هُمُ ٱلۡمُفۡسِدُونَ وَلَٰكِن لَّا يَشۡعُرُونَ

खबरदार रहनु, यिनीहरू निःसन्देह उपद्रवीहरू हुन् तर बुझ्दैनन् ।
Surah Al-Baqara, Verse 12


وَإِذَا قِيلَ لَهُمۡ ءَامِنُواْ كَمَآ ءَامَنَ ٱلنَّاسُ قَالُوٓاْ أَنُؤۡمِنُ كَمَآ ءَامَنَ ٱلسُّفَهَآءُۗ أَلَآ إِنَّهُمۡ هُمُ ٱلسُّفَهَآءُ وَلَٰكِن لَّا يَعۡلَمُونَ

जब यिनीहरूलाई भनिन्छः कि अन्य मानिसहरूले ईमान ल्याए जस्तै तिमीहरू पनि आस्थावान बन । तब भन्दछन् के हामीले पनि ती मूर्खहरू जस्तै आस्था राखौं ? खबरदार ! यी नै मूर्ख हुन् तर यिनीहरूलाई थाहा छैन ।
Surah Al-Baqara, Verse 13


وَإِذَا لَقُواْ ٱلَّذِينَ ءَامَنُواْ قَالُوٓاْ ءَامَنَّا وَإِذَا خَلَوۡاْ إِلَىٰ شَيَٰطِينِهِمۡ قَالُوٓاْ إِنَّا مَعَكُمۡ إِنَّمَا نَحۡنُ مُسۡتَهۡزِءُونَ

र, जब यिनीहरूको भेट, ईमानवालाहरूसँग हुन्छ त भन्दछन् हामी पनि आस्थावान हौं र जब आफ्ना ठूला बडाहरू कहाँ पुग्दछन् त भन्दछन् कि हामी त तिम्रो साथमा छौं, हामी त उनीहरूसँग मात्र ठट्टा गर्दछौं ।
Surah Al-Baqara, Verse 14


ٱللَّهُ يَسۡتَهۡزِئُ بِهِمۡ وَيَمُدُّهُمۡ فِي طُغۡيَٰنِهِمۡ يَعۡمَهُونَ

अल्लाहले पनि तिनीहरूको (कपटीहरूको) उपहास गर्दछ र तिनीहरूलाई छुट दिइराखेको हुन्छ, जसलेगर्दा तिनीहरूको अट्टेरिपन र बहकावट अरु बढाइदिन्छ ।
Surah Al-Baqara, Verse 15


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلضَّلَٰلَةَ بِٱلۡهُدَىٰ فَمَا رَبِحَت تِّجَٰرَتُهُمۡ وَمَا كَانُواْ مُهۡتَدِينَ

यी त्यस्ता मानिस हुन् जसले सत्य मार्गको सट्टा पथभ्रष्टतालाई किनेका छन्, यिनीहरूको व्यापारमा नकेही नाफा भयो, न त उनीहरूलाई सत्यमार्गको प्राप्ति भयो ।
Surah Al-Baqara, Verse 16


مَثَلُهُمۡ كَمَثَلِ ٱلَّذِي ٱسۡتَوۡقَدَ نَارٗا فَلَمَّآ أَضَآءَتۡ مَا حَوۡلَهُۥ ذَهَبَ ٱللَّهُ بِنُورِهِمۡ وَتَرَكَهُمۡ فِي ظُلُمَٰتٖ لَّا يُبۡصِرُونَ

यिनीहरूको उदाहरण त्यस मानिस जस्तै छ, जसले आगो बाल्यो र आगोको प्रकाश वरिपरि फैलिने बित्तिकै अल्लाहले तिनीहरूबाट प्रकाशलाई खोसिहाल्यो र तिनलाई अँध्यारोमा छाडिदियो, जसलेगर्दा तिनीहरूले केही देख्दैनन् ।
Surah Al-Baqara, Verse 17


صُمُّۢ بُكۡمٌ عُمۡيٞ فَهُمۡ لَا يَرۡجِعُونَ

बहिरा, लाटा र अन्धा छन्, तसर्थ तिनीहरू (सत्मार्गतिर) फर्कन सक्दैनन् ।
Surah Al-Baqara, Verse 18


أَوۡ كَصَيِّبٖ مِّنَ ٱلسَّمَآءِ فِيهِ ظُلُمَٰتٞ وَرَعۡدٞ وَبَرۡقٞ يَجۡعَلُونَ أَصَٰبِعَهُمۡ فِيٓ ءَاذَانِهِم مِّنَ ٱلصَّوَٰعِقِ حَذَرَ ٱلۡمَوۡتِۚ وَٱللَّهُ مُحِيطُۢ بِٱلۡكَٰفِرِينَ

अथवा तिनीहरूको उदाहरण आकाशबाट हुने त्यो बर्षा जस्तो छ, जसमा अँध्यारो, गर्जन र चट्याङ्ग हुन्छ, बिजुली गर्जनुको कारण मृत्युको भयले कानमा औंला हाल्दछन् । र अल्लाहले काफिरहरलाई घेर्ने छ ।
Surah Al-Baqara, Verse 19


يَكَادُ ٱلۡبَرۡقُ يَخۡطَفُ أَبۡصَٰرَهُمۡۖ كُلَّمَآ أَضَآءَ لَهُم مَّشَوۡاْ فِيهِ وَإِذَآ أَظۡلَمَ عَلَيۡهِمۡ قَامُواْۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَذَهَبَ بِسَمۡعِهِمۡ وَأَبۡصَٰرِهِمۡۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

(लाग्दछ) चट्याङ्गले तिनीहरूको आँखाको (ज्योति) तुरुन्तै खोस्दै छ । जब चट्याङ्गले तिनीहरूमाथि प्रकाश छर्दछ तब तिनीहरू हिंड्डुल गर्दछन्, र जब अँध्यारो हुन्छ तब उभिरहन्छन् । र यदि अल्लाहले चाहेमा तिनीहरूका कान र आँखालाई निष्कृय गरिदिन्छ । निःसन्देह अल्लाह हरेक कुरामाथि सर्वशक्ति सम्पन्न छ ।
Surah Al-Baqara, Verse 20


يَـٰٓأَيُّهَا ٱلنَّاسُ ٱعۡبُدُواْ رَبَّكُمُ ٱلَّذِي خَلَقَكُمۡ وَٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ

हे मानिसहरू! आफ्ना पालनकर्ताको उपासना गर जसले तिमी र तिमीभन्दा पहिलाका मानिसहरूको सृष्टि गर्यो ताकि तिमीहरू सदाचारी बन्न सक ।
Surah Al-Baqara, Verse 21


ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ فِرَٰشٗا وَٱلسَّمَآءَ بِنَآءٗ وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجَ بِهِۦ مِنَ ٱلثَّمَرَٰتِ رِزۡقٗا لَّكُمۡۖ فَلَا تَجۡعَلُواْ لِلَّهِ أَندَادٗا وَأَنتُمۡ تَعۡلَمُونَ

जसले तिम्रो लागि पृथ्वीलाई ओछ्यान र आकाशलाई छत बनायो र आकाशबाट वर्षा गराएर त्यसद्वारा तिम्रो आहारको निम्ति थरि–थरिका फल–फूल उत्पादन गर्यो । खबरदार ! जानी–जानी कसैलाई अल्लाहको साझेदार नबनाऊ ।
Surah Al-Baqara, Verse 22


وَإِن كُنتُمۡ فِي رَيۡبٖ مِّمَّا نَزَّلۡنَا عَلَىٰ عَبۡدِنَا فَأۡتُواْ بِسُورَةٖ مِّن مِّثۡلِهِۦ وَٱدۡعُواْ شُهَدَآءَكُم مِّن دُونِ ٱللَّهِ إِن كُنتُمۡ صَٰدِقِينَ

हामीले आफ्ना सेवकमाथि जे उतार्यौं, त्यसमा तिमीलाई यदि शंका छ र तिमी साँचो भए त्यस्तै एउटै (सूरह) बनाएर देखाऊ, र तिमीले अल्लाह बाहेकका आफूलाई मद्दत गर्नेहरूलाई बोलाइल्याऊ ।
Surah Al-Baqara, Verse 23


فَإِن لَّمۡ تَفۡعَلُواْ وَلَن تَفۡعَلُواْ فَٱتَّقُواْ ٱلنَّارَ ٱلَّتِي وَقُودُهَا ٱلنَّاسُ وَٱلۡحِجَارَةُۖ أُعِدَّتۡ لِلۡكَٰفِرِينَ

तर यदि तिमी गर्न सकेनौं भने र तिमी कहिल्यै पनि गर्न सक्दैनौं (तसर्थ) त्यस आगोसंग डराऊ जसको इन्धन मानिस र ढुङ्गाहरू हुन् । जुन नास्तिकहरूका लागि तयार गरिएको हो ।
Surah Al-Baqara, Verse 24


وَبَشِّرِ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ أَنَّ لَهُمۡ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ كُلَّمَا رُزِقُواْ مِنۡهَا مِن ثَمَرَةٖ رِّزۡقٗا قَالُواْ هَٰذَا ٱلَّذِي رُزِقۡنَا مِن قَبۡلُۖ وَأُتُواْ بِهِۦ مُتَشَٰبِهٗاۖ وَلَهُمۡ فِيهَآ أَزۡوَٰجٞ مُّطَهَّرَةٞۖ وَهُمۡ فِيهَا خَٰلِدُونَ

र, आस्था राख्ने र असल काम गर्ने मानिसहरूलाई स्वर्गको शुभसमाचार दिनु जसमुनि नहरहरू बगिराखेका छन् । जब तिनीहरूलाई फलको आहार दिइने छ । तब तिनले भन्नेछन्, यी त तिनै हुन् जुन हामीलाई पहिला दिइएको थियो । ती मिल्दो जुल्दो फल हुनेछन् र त्यहाँ तिनीहरूका लागि पाक–पवित्र पत्नीहरू हुनेछिन् र तिनीहरू सधैं त्यहीं बस्नेछन् ।
Surah Al-Baqara, Verse 25


۞إِنَّ ٱللَّهَ لَا يَسۡتَحۡيِۦٓ أَن يَضۡرِبَ مَثَلٗا مَّا بَعُوضَةٗ فَمَا فَوۡقَهَاۚ فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ فَيَعۡلَمُونَ أَنَّهُ ٱلۡحَقُّ مِن رَّبِّهِمۡۖ وَأَمَّا ٱلَّذِينَ كَفَرُواْ فَيَقُولُونَ مَاذَآ أَرَادَ ٱللَّهُ بِهَٰذَا مَثَلٗاۘ يُضِلُّ بِهِۦ كَثِيرٗا وَيَهۡدِي بِهِۦ كَثِيرٗاۚ وَمَا يُضِلُّ بِهِۦٓ إِلَّا ٱلۡفَٰسِقِينَ

निःसन्देह अल्लाहले कुनै उदाहरणको वर्णनबाट लाज मान्दैन चाहे त्यो लामखुट्टेको होस् अथवा त्यो भन्दा सानो चीजको नै किन नहोस् । आस्थावानहरूले त यसलाई आफ्ना पालनकर्ताको तर्फबाट सम्झन्छन् र काफिरहरूले भन्दछन् कि यस उदाहरणबाट अल्लाहको के प्रयोजन छ ? यसद्वारा धेरैलाई पथविचलित गर्दछ र अनेकौंलाई सत्यको बाटोमा ल्याउँछ र पथविचलित त उसले अवज्ञाकारीहरूलाई मात्र गर्दछ ।
Surah Al-Baqara, Verse 26


ٱلَّذِينَ يَنقُضُونَ عَهۡدَ ٱللَّهِ مِنۢ بَعۡدِ مِيثَٰقِهِۦ وَيَقۡطَعُونَ مَآ أَمَرَ ٱللَّهُ بِهِۦٓ أَن يُوصَلَ وَيُفۡسِدُونَ فِي ٱلۡأَرۡضِۚ أُوْلَـٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ

जिन मानिसहरूले अल्लाहसँग गरेको दृढ प्रतिज्ञालाई भंग गर्दछन् र जसलाई (नाता) अल्लाहले जोडिराख्ने आदेश गरेको छ, त्यसलाई बिच्छेद गर्दछन्, र पृथ्वीमा उपद्रव गर्दछन्, यिनीहरूले नै हानि भोग्ने छन् ।
Surah Al-Baqara, Verse 27


كَيۡفَ تَكۡفُرُونَ بِٱللَّهِ وَكُنتُمۡ أَمۡوَٰتٗا فَأَحۡيَٰكُمۡۖ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يُحۡيِيكُمۡ ثُمَّ إِلَيۡهِ تُرۡجَعُونَ

तिमीले अल्लाहलाई कसरी नकार्दछौ ? जबकि तिमी मृत थियौ, त उसले तिमीलाई जीवित पार्यो फेरि उसैले मार्नेछ, फेरि जीवित पार्ने छ, अनि मरेपछि उसैतिर फर्काइनेछौ ।
Surah Al-Baqara, Verse 28


هُوَ ٱلَّذِي خَلَقَ لَكُم مَّا فِي ٱلۡأَرۡضِ جَمِيعٗا ثُمَّ ٱسۡتَوَىٰٓ إِلَى ٱلسَّمَآءِ فَسَوَّىٰهُنَّ سَبۡعَ سَمَٰوَٰتٖۚ وَهُوَ بِكُلِّ شَيۡءٍ عَلِيمٞ

उही नै हो जसले तिम्रो लागि पृथ्वीमा भएका सारा कुराको सृष्टि गर्यो । अनि आकाशतिर ध्यान दियो, र ठीक ठाक सातवटा आकाश बनायो र ऊ सबै कुराको ज्ञाता हो ।
Surah Al-Baqara, Verse 29


وَإِذۡ قَالَ رَبُّكَ لِلۡمَلَـٰٓئِكَةِ إِنِّي جَاعِلٞ فِي ٱلۡأَرۡضِ خَلِيفَةٗۖ قَالُوٓاْ أَتَجۡعَلُ فِيهَا مَن يُفۡسِدُ فِيهَا وَيَسۡفِكُ ٱلدِّمَآءَ وَنَحۡنُ نُسَبِّحُ بِحَمۡدِكَ وَنُقَدِّسُ لَكَۖ قَالَ إِنِّيٓ أَعۡلَمُ مَا لَا تَعۡلَمُونَ

र जब तिम्रो पालनकर्ताले फरिश्ताहरूसंग (स्वर्गदूतहरूसंग) भन्यो म पृथ्वीमा खलिफा (अर्को प्राणी) नियुक्त गर्नेवाला छु, त तिनीहरूले भने, के तिमी यस्तोलाई (मानिस) सृजना गर्नेछौ, जसले पृथ्वीमा उपद्रव र रक्तपात गर्नेछ ? जबकि हामी तिम्रो स्तुति र पवित्रताका गुणगान गरिराख्दछौं । (अल्लाहले) भन्योः जे म जान्दछु, तिमी जान्दैनौ ।
Surah Al-Baqara, Verse 30


وَعَلَّمَ ءَادَمَ ٱلۡأَسۡمَآءَ كُلَّهَا ثُمَّ عَرَضَهُمۡ عَلَى ٱلۡمَلَـٰٓئِكَةِ فَقَالَ أَنۢبِـُٔونِي بِأَسۡمَآءِ هَـٰٓؤُلَآءِ إِن كُنتُمۡ صَٰدِقِينَ

र, उसले आदमलाई सबै (वस्तुहरूको) नाम सिकाई ती कुराहरूलाई फरिश्ताहरू समक्ष प्रस्तुत गरेर भन्योः तिमी सत्य छौं भने मलाई यी कुराहरूको नाम भन ।
Surah Al-Baqara, Verse 31


قَالُواْ سُبۡحَٰنَكَ لَا عِلۡمَ لَنَآ إِلَّا مَا عَلَّمۡتَنَآۖ إِنَّكَ أَنتَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ

तिनीहरू सबैले भनेः हे अल्लाह तिमी पवित्र छौ । तिमीले जेजति ज्ञान हामीलाई प्रदान गरेका छौ, त्यस बाहेक हामीलाई केही थाहा छैन । निःसन्देह तिमी सर्वज्ञाता र तत्वदर्शी छौ ।
Surah Al-Baqara, Verse 32


قَالَ يَـٰٓـَٔادَمُ أَنۢبِئۡهُم بِأَسۡمَآئِهِمۡۖ فَلَمَّآ أَنۢبَأَهُم بِأَسۡمَآئِهِمۡ قَالَ أَلَمۡ أَقُل لَّكُمۡ إِنِّيٓ أَعۡلَمُ غَيۡبَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَأَعۡلَمُ مَا تُبۡدُونَ وَمَا كُنتُمۡ تَكۡتُمُونَ

अल्लाहले आदमलाई आदेश दियो, ‘‘तिमीले ती कुराहरूको नाम भन । जब उनले ती कुराहरूको नाम भनिसके तब अल्लाहले भन्यो, के मैले तिमीहरूसित (पहिलानै) भनेको थिएन कि आकाशहरू र पृथ्वीका सारा अदृश्य कुराहरूलाई म नै जान्दछु र जे तिमी प्रकट गर्दछौ, अथवा लुकाई राख्दछौ (सबै) मलाई थाहा छ ।
Surah Al-Baqara, Verse 33


وَإِذۡ قُلۡنَا لِلۡمَلَـٰٓئِكَةِ ٱسۡجُدُواْ لِأٓدَمَ فَسَجَدُوٓاْ إِلَّآ إِبۡلِيسَ أَبَىٰ وَٱسۡتَكۡبَرَ وَكَانَ مِنَ ٱلۡكَٰفِرِينَ

र जब हामीले फरिश्ताहरूलाई, आदमलाई ढोग्न आदेश दियौं, तब इब्लीस बाहेक सबैले ढोगिहाले, उसले इन्कार र घमण्ड गर्यो, र ऊ काफिरमध्येको नै थियो ।
Surah Al-Baqara, Verse 34


وَقُلۡنَا يَـٰٓـَٔادَمُ ٱسۡكُنۡ أَنتَ وَزَوۡجُكَ ٱلۡجَنَّةَ وَكُلَا مِنۡهَا رَغَدًا حَيۡثُ شِئۡتُمَا وَلَا تَقۡرَبَا هَٰذِهِ ٱلشَّجَرَةَ فَتَكُونَا مِنَ ٱلظَّـٰلِمِينَ

र हामीले भन्यौं, हे आदम ! तिमी र तिम्रो पत्नी (हव्वा) स्वर्गमा बस र जे जहाँबाट इच्छा भए खाऊ तर यस रुख नजिक पनि नजानु अन्यथा तिमी अत्याचारी हुनेछौ ।
Surah Al-Baqara, Verse 35


فَأَزَلَّهُمَا ٱلشَّيۡطَٰنُ عَنۡهَا فَأَخۡرَجَهُمَا مِمَّا كَانَا فِيهِۖ وَقُلۡنَا ٱهۡبِطُواْ بَعۡضُكُمۡ لِبَعۡضٍ عَدُوّٞۖ وَلَكُمۡ فِي ٱلۡأَرۡضِ مُسۡتَقَرّٞ وَمَتَٰعٌ إِلَىٰ حِينٖ

तर शैतानले तिनीहरूलाई विचलित गराएर त्यहाँबाट निष्कासित गराई नै हाल्यो, र हामीले भन्यौं स्वर्गबाट झरिहाल तिमी एक अर्काको शत्रु हौ, र तिमीहरूलाई पृथ्वीमा एक निश्चित समयसम्म बस्नु र फाइदा लिनु छ ।
Surah Al-Baqara, Verse 36


فَتَلَقَّىٰٓ ءَادَمُ مِن رَّبِّهِۦ كَلِمَٰتٖ فَتَابَ عَلَيۡهِۚ إِنَّهُۥ هُوَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ

(अनि) आदमले आफ्नो पालनकर्ताबाट केही कुरा सिक्नुभयो अनि अल्लाहले उहाँको तौबा (प्रयाश्चित)लाई स्वीकार गर्यो । निःसन्देह उही क्षमादाता (र) असीम दयालु हो ।
Surah Al-Baqara, Verse 37


قُلۡنَا ٱهۡبِطُواْ مِنۡهَا جَمِيعٗاۖ فَإِمَّا يَأۡتِيَنَّكُم مِّنِّي هُدٗى فَمَن تَبِعَ هُدَايَ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

हामीले भन्यौं तिमी सबै यहाँबाट गइहाल, जब तिमीहरूसम्म मेरा मार्गदर्शन आउनेछ त जसले त्यसको पालना गर्यो तिनीहरूको लागि कुनै भय र चिन्ता हुनेछैन् ।
Surah Al-Baqara, Verse 38


وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

र, जसले इन्कार गरे, र हाम्रा आयातहरूलाई मिथ्या ठाने, ती जहन्नमी (नर्कीय) हुन् र त्यसैमा सधैं रहनेछन् ।
Surah Al-Baqara, Verse 39


يَٰبَنِيٓ إِسۡرَـٰٓءِيلَ ٱذۡكُرُواْ نِعۡمَتِيَ ٱلَّتِيٓ أَنۡعَمۡتُ عَلَيۡكُمۡ وَأَوۡفُواْ بِعَهۡدِيٓ أُوفِ بِعَهۡدِكُمۡ وَإِيَّـٰيَ فَٱرۡهَبُونِ

हे यअ्कूबका सन्तति ! मेरो त्यस वरदानको सम्झना गर, जुन मैले तिमीहरूलाई प्रदान गरें र मेरो संकल्पलाई पूरा गर । म तिम्रो वाचा पूरा गर्नेछु र मसित मात्र डर मान ।
Surah Al-Baqara, Verse 40


وَءَامِنُواْ بِمَآ أَنزَلۡتُ مُصَدِّقٗا لِّمَا مَعَكُمۡ وَلَا تَكُونُوٓاْ أَوَّلَ كَافِرِۭ بِهِۦۖ وَلَا تَشۡتَرُواْ بِـَٔايَٰتِي ثَمَنٗا قَلِيلٗا وَإِيَّـٰيَ فَٱتَّقُونِ

र, जुन किताबलाई मैले तिम्रा ग्रन्थहरूको पुष्ट्याईको लागि उतारेको छु त्यसलाई सत्यमान यसका साथै तिमी नै प्रथम काफिर नबन र मेरा आयतहरूलाई तुच्छ मोलमा नबेच र मसंग मात्र डर मान ।
Surah Al-Baqara, Verse 41


وَلَا تَلۡبِسُواْ ٱلۡحَقَّ بِٱلۡبَٰطِلِ وَتَكۡتُمُواْ ٱلۡحَقَّ وَأَنتُمۡ تَعۡلَمُونَ

र, सत्यलाई असत्यसँग नमिसाऊ र साँचो कुरा नलुकाऊ तिमीलाई त स्वयम् यसको जानकारी छ ।
Surah Al-Baqara, Verse 42


وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَٱرۡكَعُواْ مَعَ ٱلرَّـٰكِعِينَ

र, नमाज पढ्ने गर र जकात (दान) दिने गर र ढोग्नेहरसँग ढोग्ने गर ।
Surah Al-Baqara, Verse 43


۞أَتَأۡمُرُونَ ٱلنَّاسَ بِٱلۡبِرِّ وَتَنسَوۡنَ أَنفُسَكُمۡ وَأَنتُمۡ تَتۡلُونَ ٱلۡكِتَٰبَۚ أَفَلَا تَعۡقِلُونَ

के (तिमीहरू) अर्कालाई असल काम गर्न आदेश दिन्छौ र आफू स्वयम्लाई बिर्सिदिन्छौ, जबकि तिमीहरू किताब पढ्छौ, के तिमीहरू यतिपनि बुझ्दैनौं
Surah Al-Baqara, Verse 44


وَٱسۡتَعِينُواْ بِٱلصَّبۡرِ وَٱلصَّلَوٰةِۚ وَإِنَّهَا لَكَبِيرَةٌ إِلَّا عَلَى ٱلۡخَٰشِعِينَ

एवं, धैर्य र नमाज पढेर मद्दत माग्ने गर, निश्चय नै यो (नमाज), डर मान्नेहरू बाहेक अरुका लागि गाह्रो कुरा हो ।
Surah Al-Baqara, Verse 45


ٱلَّذِينَ يَظُنُّونَ أَنَّهُم مُّلَٰقُواْ رَبِّهِمۡ وَأَنَّهُمۡ إِلَيۡهِ رَٰجِعُونَ

जो जान्दछन् कि आफ्ना पालनकर्तालाई भेट्नुछ र निश्चय उनैतिर फर्केर जानु छ ।
Surah Al-Baqara, Verse 46


يَٰبَنِيٓ إِسۡرَـٰٓءِيلَ ٱذۡكُرُواْ نِعۡمَتِيَ ٱلَّتِيٓ أَنۡعَمۡتُ عَلَيۡكُمۡ وَأَنِّي فَضَّلۡتُكُمۡ عَلَى ٱلۡعَٰلَمِينَ

हे यअ्कूबका सन्तति ! मेरा ती उपकारहरूलाई स्मरण गर, जुन मैले तिमीहरूमाथि गरेको छु । र मैले तिमीहरूलाई संसारका अन्य मानिसहरूमाथि श्रेष्ठता प्रदान गरेको छु ।
Surah Al-Baqara, Verse 47


وَٱتَّقُواْ يَوۡمٗا لَّا تَجۡزِي نَفۡسٌ عَن نَّفۡسٖ شَيۡـٔٗا وَلَا يُقۡبَلُ مِنۡهَا شَفَٰعَةٞ وَلَا يُؤۡخَذُ مِنۡهَا عَدۡلٞ وَلَا هُمۡ يُنصَرُونَ

त्यस दिनसित डर मान्ने गर, जब कसैले कसैलाई फाइदा पुर्याउन सक्तैन र न कसैको सिफारिस स्वीकारिने छ र न कुनै बदला लिइनेछ र न उनीहरूलाई (कसैको) मद्दत प्राप्त हुनेछ ।
Surah Al-Baqara, Verse 48


وَإِذۡ نَجَّيۡنَٰكُم مِّنۡ ءَالِ فِرۡعَوۡنَ يَسُومُونَكُمۡ سُوٓءَ ٱلۡعَذَابِ يُذَبِّحُونَ أَبۡنَآءَكُمۡ وَيَسۡتَحۡيُونَ نِسَآءَكُمۡۚ وَفِي ذَٰلِكُم بَلَآءٞ مِّن رَّبِّكُمۡ عَظِيمٞ

र, जब हामीले तिमीहरूलाई फिरऔनीहरूबाट मुक्त गरायौं, जसले तिमीहरूरूलाई क्रुर यातना दिन्थे, तिम्रा छोराहरूलाई मारिदिन्थे र छोरीहरूलाई जीवित छाडिदिन्थे, यस मुक्तिलाई प्रदान गर्नुमा तिम्रो पालनकर्ताको ठूलो कृपा थियो ।
Surah Al-Baqara, Verse 49


وَإِذۡ فَرَقۡنَا بِكُمُ ٱلۡبَحۡرَ فَأَنجَيۡنَٰكُمۡ وَأَغۡرَقۡنَآ ءَالَ فِرۡعَوۡنَ وَأَنتُمۡ تَنظُرُونَ

र, जब हामीले तिम्रा लागि समुन्द्रलाई चीरेर तिमीलाई पारी पुर्यायौं र फिरऔनीहरूलाई तिम्रा आँखा अगाडि त्यसमा डुबाइदियौं ।
Surah Al-Baqara, Verse 50


وَإِذۡ وَٰعَدۡنَا مُوسَىٰٓ أَرۡبَعِينَ لَيۡلَةٗ ثُمَّ ٱتَّخَذۡتُمُ ٱلۡعِجۡلَ مِنۢ بَعۡدِهِۦ وَأَنتُمۡ ظَٰلِمُونَ

र, जब हामीले मसासित चालिस रातको वाचा गर्यौं, अनि तिमीले उनको अनुपस्थितिमा बाछोलाई पूज्न थाल्यौ र अपराधी बन्यौ ।
Surah Al-Baqara, Verse 51


ثُمَّ عَفَوۡنَا عَنكُم مِّنۢ بَعۡدِ ذَٰلِكَ لَعَلَّكُمۡ تَشۡكُرُونَ

तर हामीले तिमीलाई त्यसपछि पनि क्षमा गरिदियौं, ताकि तिमी कृतज्ञ बन ।
Surah Al-Baqara, Verse 52


وَإِذۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ وَٱلۡفُرۡقَانَ لَعَلَّكُمۡ تَهۡتَدُونَ

र, जब हामीले मूसालाई तिम्रो मार्गदर्शनको लागि किताब (तौरेत) र चमत्कारहरू प्रदान गर्यौं, ताकि तिमीहरू सत्य मार्गमा हिंडन सक ।
Surah Al-Baqara, Verse 53


وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِۦ يَٰقَوۡمِ إِنَّكُمۡ ظَلَمۡتُمۡ أَنفُسَكُم بِٱتِّخَاذِكُمُ ٱلۡعِجۡلَ فَتُوبُوٓاْ إِلَىٰ بَارِئِكُمۡ فَٱقۡتُلُوٓاْ أَنفُسَكُمۡ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ عِندَ بَارِئِكُمۡ فَتَابَ عَلَيۡكُمۡۚ إِنَّهُۥ هُوَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ

र जब मूसाले आफ्ना जातिका मानिसहरूसित भने हे मेरा जाति वालाहरू तिमीहरूले बाछोलाई पूजेर आफूमाथि अत्याचार गरेका छौ तसर्थ आफ्नो स्रष्टातिर फर्क आफ्ना ज्यान (अपराधीका ज्यान) लाई आफनै हाथले हत्यागर । अल्लाह सामु तिम्रो भलो यसैमा छ, अनि उसले तिम्रो गल्ती माफ गरिदियो । ऊ निःसन्देह क्षमाशील र अत्यन्त दयालु छ ।
Surah Al-Baqara, Verse 54


وَإِذۡ قُلۡتُمۡ يَٰمُوسَىٰ لَن نُّؤۡمِنَ لَكَ حَتَّىٰ نَرَى ٱللَّهَ جَهۡرَةٗ فَأَخَذَتۡكُمُ ٱلصَّـٰعِقَةُ وَأَنتُمۡ تَنظُرُونَ

र, जब तिमीहरूले मसासित भन्यौ, कि ! हामी आफ्नो अगाडि प्रत्यक्ष रूपमा अल्लाहलाई नदेखुन्जेल कदापि विश्वास गर्दैनौं, त तिमीले हेर्दा हेर्दै तिनीहरूमाथि चट्याङ्ग खस्यो ।
Surah Al-Baqara, Verse 55


ثُمَّ بَعَثۡنَٰكُم مِّنۢ بَعۡدِ مَوۡتِكُمۡ لَعَلَّكُمۡ تَشۡكُرُونَ

तर फेरि त्यस मृत्युपछि पनि हामीले तिमीहरलाई पुनर्जीवित गर्यौं ताकि तिमी आभारी हुनसक ।
Surah Al-Baqara, Verse 56


وَظَلَّلۡنَا عَلَيۡكُمُ ٱلۡغَمَامَ وَأَنزَلۡنَا عَلَيۡكُمُ ٱلۡمَنَّ وَٱلسَّلۡوَىٰۖ كُلُواْ مِن طَيِّبَٰتِ مَا رَزَقۡنَٰكُمۡۚ وَمَا ظَلَمُونَا وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ

र, तिमीहरूमाथि हामीले बादलको छायाँ गरिदिएँ र तिम्रा लागि मन्न व सल्वा उतार्यौं । हामीले दिएको पवित्र कुराहरू खाऊ, र उनीहरूले हामीमाथि कुनै अन्याय गरेनन् बरु आफ्नै जिउमाथि अन्याय गर्दथे ।
Surah Al-Baqara, Verse 57


وَإِذۡ قُلۡنَا ٱدۡخُلُواْ هَٰذِهِ ٱلۡقَرۡيَةَ فَكُلُواْ مِنۡهَا حَيۡثُ شِئۡتُمۡ رَغَدٗا وَٱدۡخُلُواْ ٱلۡبَابَ سُجَّدٗا وَقُولُواْ حِطَّةٞ نَّغۡفِرۡ لَكُمۡ خَطَٰيَٰكُمۡۚ وَسَنَزِيدُ ٱلۡمُحۡسِنِينَ

र, यादगर जब हामीले भन्यौं कि यस बस्तीमा जाऊ र यसमा जे थोक जहाँ कही छ इच्छाअनुसार खानु, पिउनु र ढोकामा नतमस्तक हुँदै प्रवेश गर्नु र ‘‘हित्ततुन’’ (हामी क्षमा चाहान्छौं) भन्नु, हामीले तिम्रा गल्तीहरूलाई क्षमा गरिदिनेछौं, र असल काम गर्नेहरूलाई अझ बढी प्रदान गर्नेछौं ।
Surah Al-Baqara, Verse 58


فَبَدَّلَ ٱلَّذِينَ ظَلَمُواْ قَوۡلًا غَيۡرَ ٱلَّذِي قِيلَ لَهُمۡ فَأَنزَلۡنَا عَلَى ٱلَّذِينَ ظَلَمُواْ رِجۡزٗا مِّنَ ٱلسَّمَآءِ بِمَا كَانُواْ يَفۡسُقُونَ

अनि अन्यायीहरूले, तिनीहरूलाई दिइएको आदेशका शब्दलाई परिवर्तन गरिहाले, त हामीले पनि ती अन्यायीहरूमाथि उनको अवज्ञताको कारणले दैवी सजाय गर्यौं ।
Surah Al-Baqara, Verse 59


۞وَإِذِ ٱسۡتَسۡقَىٰ مُوسَىٰ لِقَوۡمِهِۦ فَقُلۡنَا ٱضۡرِب بِّعَصَاكَ ٱلۡحَجَرَۖ فَٱنفَجَرَتۡ مِنۡهُ ٱثۡنَتَا عَشۡرَةَ عَيۡنٗاۖ قَدۡ عَلِمَ كُلُّ أُنَاسٖ مَّشۡرَبَهُمۡۖ كُلُواْ وَٱشۡرَبُواْ مِن رِّزۡقِ ٱللَّهِ وَلَا تَعۡثَوۡاْ فِي ٱلۡأَرۡضِ مُفۡسِدِينَ

र, जब मूसाले आफ्नो समुदायका लागि पानी माँगे तब हामीले भन्यौं कि आफ्नो लठ्ठीले ढुङ्गामाथि हान, त्यसबाट बाह्रवटा मूल फूटे र सबै समूहले आ–आफ्नो घाट थाहा पाइहाले । अल्लाहले (प्रदान गरेको) कुरा खाऊ र पिऊ तर पृथ्वीमा उपद्रव गर्दै नहिंड ।
Surah Al-Baqara, Verse 60


وَإِذۡ قُلۡتُمۡ يَٰمُوسَىٰ لَن نَّصۡبِرَ عَلَىٰ طَعَامٖ وَٰحِدٖ فَٱدۡعُ لَنَا رَبَّكَ يُخۡرِجۡ لَنَا مِمَّا تُنۢبِتُ ٱلۡأَرۡضُ مِنۢ بَقۡلِهَا وَقِثَّآئِهَا وَفُومِهَا وَعَدَسِهَا وَبَصَلِهَاۖ قَالَ أَتَسۡتَبۡدِلُونَ ٱلَّذِي هُوَ أَدۡنَىٰ بِٱلَّذِي هُوَ خَيۡرٌۚ ٱهۡبِطُواْ مِصۡرٗا فَإِنَّ لَكُم مَّا سَأَلۡتُمۡۗ وَضُرِبَتۡ عَلَيۡهِمُ ٱلذِّلَّةُ وَٱلۡمَسۡكَنَةُ وَبَآءُو بِغَضَبٖ مِّنَ ٱللَّهِۚ ذَٰلِكَ بِأَنَّهُمۡ كَانُواْ يَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَيَقۡتُلُونَ ٱلنَّبِيِّـۧنَ بِغَيۡرِ ٱلۡحَقِّۚ ذَٰلِكَ بِمَا عَصَواْ وَّكَانُواْ يَعۡتَدُونَ

र, जब तिमीले भन्यौ कि हे मूसा ! हामी एउटै प्रकारको आहारमा सन्तुष्ट हुन सक्तैनौं । तसर्थ आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि उनीले हाम्रो निम्ति साग–सब्जी, काँक्रा, गहुँ, मसुरो र प्याज (आदि) जो जमिनबाट उम्रन्छन्, हामीलाई देउन् । उनले भने कि ठुलो कुराको सट्टा सानो कुरा किन चाहन्छौ ? ठीक छ ! शहरतिर लाग, तिमीले चाहेको यी सबै कुरा पाउनेछौ । र, उनीहरूमाथि अपमान र अभाव लादियो र तिनीहरू अल्लाहका क्रोधका पात्र भए । यो यस कारणले भयो कि तिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र दूतहरूलाई अकारण मार्दथे । यो उनीहरूको अवज्ञा र ज्यादतीको परिणाम हो ।
Surah Al-Baqara, Verse 61


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَٱلَّذِينَ هَادُواْ وَٱلنَّصَٰرَىٰ وَٱلصَّـٰبِـِٔينَ مَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَعَمِلَ صَٰلِحٗا فَلَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

निःसंदेह मुसलमान होऊन्, यहूदी होऊन्, ईसाई होऊन् या पारसी जो अल्लाह र अन्तिम दिनमाथि आस्था राख्यो र असल काम गर्यो त्यस्ता व्यक्तिहरूलाई तिनका फल, अल्लाहकहाँ प्राप्त हुनेछ । र तिनीहरूलाई नत कुनै प्रकारको भयत्रास हुनेछ र न उदासी नै ।
Surah Al-Baqara, Verse 62


وَإِذۡ أَخَذۡنَا مِيثَٰقَكُمۡ وَرَفَعۡنَا فَوۡقَكُمُ ٱلطُّورَ خُذُواْ مَآ ءَاتَيۡنَٰكُم بِقُوَّةٖ وَٱذۡكُرُواْ مَا فِيهِ لَعَلَّكُمۡ تَتَّقُونَ

र यादगर जब हामीले तिमीसित वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि ठड्यायौं कि जुन (पुस्तक) हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसलाई बलपूर्वक समातिराख र त्यसमा जे छ, त्यो याद राख ताकि तिमी बाँच्न सक ।
Surah Al-Baqara, Verse 63


ثُمَّ تَوَلَّيۡتُم مِّنۢ بَعۡدِ ذَٰلِكَۖ فَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ لَكُنتُم مِّنَ ٱلۡخَٰسِرِينَ

तर त्यसपछि पनि तिमीहरू त्यस वाचाबाट विमुख भइहाल्यौ, र यदि तिमीमाथि अल्लाहको वरदान र कृपा नभएको भए, तिमी ठूलो हानिमा पर्ने थियौ ।
Surah Al-Baqara, Verse 64


وَلَقَدۡ عَلِمۡتُمُ ٱلَّذِينَ ٱعۡتَدَوۡاْ مِنكُمۡ فِي ٱلسَّبۡتِ فَقُلۡنَا لَهُمۡ كُونُواْ قِرَدَةً خَٰسِـِٔينَ

र तिमीलाई निःसन्देह ती मानिसहरूको जानकारी छ, जो तिमीमध्ये, शनिवारको दिनमा सीमा नाघिसकेका थिए र हामीले पनि उनीहरूलाई भनिदियौं, तिमीहरू अपमानित बाँदरहरू भइहाल ।
Surah Al-Baqara, Verse 65


فَجَعَلۡنَٰهَا نَكَٰلٗا لِّمَا بَيۡنَ يَدَيۡهَا وَمَا خَلۡفَهَا وَمَوۡعِظَةٗ لِّلۡمُتَّقِينَ

यसलाई हामीले पहिला आएका र पछि आउने मानिसहरूको लागि दृष्टान्त र आस्थावानहरूका लागि उपदेश र नसीहत बनायौं ।
Surah Al-Baqara, Verse 66


وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِۦٓ إِنَّ ٱللَّهَ يَأۡمُرُكُمۡ أَن تَذۡبَحُواْ بَقَرَةٗۖ قَالُوٓاْ أَتَتَّخِذُنَا هُزُوٗاۖ قَالَ أَعُوذُ بِٱللَّهِ أَنۡ أَكُونَ مِنَ ٱلۡجَٰهِلِينَ

र यादगर जब मूसाले आफ्नो समुदायसित भने कि अल्लाहले तिमीलाई आदेश दिंदाछ कि एउटा गाई बलिदेऊ । तिनीहरूले भने, के तिमी हामीसँग ठट्टा गर्दछौ ? उहाँले भन्नुभयो कि यस्तो मूर्ख हुनुभन्दा म अल्लाहको शरणमा जान्छु ।
Surah Al-Baqara, Verse 67


قَالُواْ ٱدۡعُ لَنَا رَبَّكَ يُبَيِّن لَّنَا مَا هِيَۚ قَالَ إِنَّهُۥ يَقُولُ إِنَّهَا بَقَرَةٞ لَّا فَارِضٞ وَلَا بِكۡرٌ عَوَانُۢ بَيۡنَ ذَٰلِكَۖ فَٱفۡعَلُواْ مَا تُؤۡمَرُونَ

तिनीहरले भने, हे मूसा आफ्नो पालनकर्तासित प्रार्थना गर्नुस् कि उहाँले हामीलाई स्पष्ट पारोस् कि त्यो (गाई) कस्तो हुनु पर्छः उहाँले (मूसा) भन्नुभयो, पालनकर्ताको भनाई छ कि त्यो गाई नत बूढी होस् नत बाछी बरु दुईटैको बीचको होस् । तसर्थ तिमीहरू आदेश अनुसार गर ।
Surah Al-Baqara, Verse 68


قَالُواْ ٱدۡعُ لَنَا رَبَّكَ يُبَيِّن لَّنَا مَا لَوۡنُهَاۚ قَالَ إِنَّهُۥ يَقُولُ إِنَّهَا بَقَرَةٞ صَفۡرَآءُ فَاقِعٞ لَّوۡنُهَا تَسُرُّ ٱلنَّـٰظِرِينَ

तिनीहरूले फेरि भनेः आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि हामीलाई यो पनि बताओस् कि त्यसको रङ्ग कस्तो हुनुपर्दछ । मूसाले भने, अल्लाहको भनाई छ कि त्यसको रङ्ग गहिरो पहेंलो होस् ताकि हेर्नेहरूलाई प्रसन्न गरोस् ।
Surah Al-Baqara, Verse 69


قَالُواْ ٱدۡعُ لَنَا رَبَّكَ يُبَيِّن لَّنَا مَا هِيَ إِنَّ ٱلۡبَقَرَ تَشَٰبَهَ عَلَيۡنَا وَإِنَّآ إِن شَآءَ ٱللَّهُ لَمُهۡتَدُونَ

तिनीहरूले भने पालनकर्तासँग एकचोटी फेरि विन्ती गर्नुस् कि त्यो कस्तो हुनुपर्दछ । किनकि हामीलाई धेरै गाईहरू उस्तै–उस्तै देखिएका छन् । हामीलाई थाहा हुँदैन, अल्लाहले चाह्यो भने हामी सही बाटो लाग्ने छौं ।
Surah Al-Baqara, Verse 70


قَالَ إِنَّهُۥ يَقُولُ إِنَّهَا بَقَرَةٞ لَّا ذَلُولٞ تُثِيرُ ٱلۡأَرۡضَ وَلَا تَسۡقِي ٱلۡحَرۡثَ مُسَلَّمَةٞ لَّا شِيَةَ فِيهَاۚ قَالُواْ ٱلۡـَٰٔنَ جِئۡتَ بِٱلۡحَقِّۚ فَذَبَحُوهَا وَمَا كَادُواْ يَفۡعَلُونَ

मूसाले भने, अल्लाहले भनिरहेछन् कि त्यो गाई खेत जोत्न र सिंचाईमा प्रयोग नगरिएको र हिष्ट–पुष्ट र बेदाग होस् । उनीहरूले भन्न थाले अब तिमीले सबै कुरा ठीक–ठीक भनिहालेका छौ । अर्थात् त्यो गाईलाई बलि दिए, यद्यपि तिनीहरू त्यस्तो गर्नेवाला थिएनन् ।
Surah Al-Baqara, Verse 71


وَإِذۡ قَتَلۡتُمۡ نَفۡسٗا فَٱدَّـٰرَ ٰٔتُمۡ فِيهَاۖ وَٱللَّهُ مُخۡرِجٞ مَّا كُنتُمۡ تَكۡتُمُونَ

र यादगर जब तिमीले एउटा मानिसको हत्या गर्यौ, अनि त्यसको (बारेमा) झगडा गर्न थाल्यौ, तर जुन कुरो तिमीले लुकाउन चाहन्थ्यौ, त्यो कुरा अल्लाहले प्रकट गर्न चाहन्थ्यो ।
Surah Al-Baqara, Verse 72


فَقُلۡنَا ٱضۡرِبُوهُ بِبَعۡضِهَاۚ كَذَٰلِكَ يُحۡيِ ٱللَّهُ ٱلۡمَوۡتَىٰ وَيُرِيكُمۡ ءَايَٰتِهِۦ لَعَلَّكُمۡ تَعۡقِلُونَ

अनि हामीले भन्यौं कि यस गाईको एउटा टुक्राले हत्या गरिएको मान्छेलाई हानिदेऊ, (ऊ जीवित भइहाल्नेछ) यसरी नै अल्लाहले मुर्दाहरूलाई जीवित पारी तिमीलाई तिम्रा बुद्धिमानीका लागि आफ्ना चिन्हहरू देखाइरहेछ ।
Surah Al-Baqara, Verse 73


ثُمَّ قَسَتۡ قُلُوبُكُم مِّنۢ بَعۡدِ ذَٰلِكَ فَهِيَ كَٱلۡحِجَارَةِ أَوۡ أَشَدُّ قَسۡوَةٗۚ وَإِنَّ مِنَ ٱلۡحِجَارَةِ لَمَا يَتَفَجَّرُ مِنۡهُ ٱلۡأَنۡهَٰرُۚ وَإِنَّ مِنۡهَا لَمَا يَشَّقَّقُ فَيَخۡرُجُ مِنۡهُ ٱلۡمَآءُۚ وَإِنَّ مِنۡهَا لَمَا يَهۡبِطُ مِنۡ خَشۡيَةِ ٱللَّهِۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ

फेरि त्यसपछि तिम्रा हृदयहरू ढुङ्गाजस्तो बरु त्यो भन्दा पनि कठोर भइहाले किन भने केही ढुङ्गा त यस्ता हुन्छन् कि फुटेर तिनबाट नहरहरू बग्न थाल्छन् । र केही यस्ता हुन्छन् कि फुटी हाल्छन् र तिनबाट पानी निस्कन्छ । र कुनै यस्ता हुन्छन् कि अल्लाहको भयले खसिहाल्छन् । र अल्लाह तिम्रा क्रियाकलापबाट अनभिज्ञ छैन ।
Surah Al-Baqara, Verse 74


۞أَفَتَطۡمَعُونَ أَن يُؤۡمِنُواْ لَكُمۡ وَقَدۡ كَانَ فَرِيقٞ مِّنۡهُمۡ يَسۡمَعُونَ كَلَٰمَ ٱللَّهِ ثُمَّ يُحَرِّفُونَهُۥ مِنۢ بَعۡدِ مَا عَقَلُوهُ وَهُمۡ يَعۡلَمُونَ

(मुस्लिमहरू हो !) के तिमी आशा गर्दछौ कि यिनीहरू तिमीहरूप्रति आस्थावान बनुन् ? हुन त तीमध्ये केहीले अल्लाहका कुरा सुनेर, जानीबुझी पनि त्यसलाई परिवर्तन गर्ने गर्दछन् ।
Surah Al-Baqara, Verse 75


وَإِذَا لَقُواْ ٱلَّذِينَ ءَامَنُواْ قَالُوٓاْ ءَامَنَّا وَإِذَا خَلَا بَعۡضُهُمۡ إِلَىٰ بَعۡضٖ قَالُوٓاْ أَتُحَدِّثُونَهُم بِمَا فَتَحَ ٱللَّهُ عَلَيۡكُمۡ لِيُحَآجُّوكُم بِهِۦ عِندَ رَبِّكُمۡۚ أَفَلَا تَعۡقِلُونَ

जब यिनीहरू मोमिनहरूसंग भेट्दछन्ः त आफू आस्थावान भएको कुरा गर्दछन् । र जुनबेला आपसमा एक अर्कालाई भेट्दछन्, त्यतिखेर भन्दछन् कि जुन कुरा अल्लाहले तिमीलाई प्रकट गरेको छ, त्यो तिमीले तिनीहरूलाई (मुस्लिमहरूलाई) किन भनिहाल्छौ ? कि (अन्तिम दिन) त्यसैको सन्दर्भले तिम्रो पालनहारको अगाडि तिमीलाई दोषी ठहराइनेछ के तिमी बुझ्दैनौ
Surah Al-Baqara, Verse 76


أَوَلَا يَعۡلَمُونَ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا يُسِرُّونَ وَمَا يُعۡلِنُونَ

के यिनलाई थाहा छैन कि, अल्लाहलाई यिनको भित्री र बाहिरी कुरा (सबै) थाहा छ ।
Surah Al-Baqara, Verse 77


وَمِنۡهُمۡ أُمِّيُّونَ لَا يَعۡلَمُونَ ٱلۡكِتَٰبَ إِلَّآ أَمَانِيَّ وَإِنۡ هُمۡ إِلَّا يَظُنُّونَ

र तिनीहरूमध्ये केही यस्ता अनपढ छन्, जो आशाहरू बाहेक (अल्लाहको) किताब जान्दैनन् र तिनीहरूले अनुमान र अटकलबाजी मात्र गर्दछन् ।
Surah Al-Baqara, Verse 78


فَوَيۡلٞ لِّلَّذِينَ يَكۡتُبُونَ ٱلۡكِتَٰبَ بِأَيۡدِيهِمۡ ثُمَّ يَقُولُونَ هَٰذَا مِنۡ عِندِ ٱللَّهِ لِيَشۡتَرُواْ بِهِۦ ثَمَنٗا قَلِيلٗاۖ فَوَيۡلٞ لَّهُم مِّمَّا كَتَبَتۡ أَيۡدِيهِمۡ وَوَيۡلٞ لَّهُم مِّمَّا يَكۡسِبُونَ

उनीहरूलाई अनिष्ट छ, जो आफ्ना हातले किताब लेख्दछन् अनि भन्दछन् कि यो अल्लाहको तर्फबाट हो ताकि त्यसद्वारा तुच्छ साँसारिक लाभ प्राप्त गर्नसकुन् । तिनीहरूलाई आफ्नो हातबाट लेख्नुको कारण अनिष्ट छ र तिनीहरूलाई तिनको अनैतिक कमाइको कारण अनिष्ट छ ।
Surah Al-Baqara, Verse 79


وَقَالُواْ لَن تَمَسَّنَا ٱلنَّارُ إِلَّآ أَيَّامٗا مَّعۡدُودَةٗۚ قُلۡ أَتَّخَذۡتُمۡ عِندَ ٱللَّهِ عَهۡدٗا فَلَن يُخۡلِفَ ٱللَّهُ عَهۡدَهُۥٓۖ أَمۡ تَقُولُونَ عَلَى ٱللَّهِ مَا لَا تَعۡلَمُونَ

र यिनी भन्दछन् कि हामी त केही दिन मात्र नर्कमा बस्ने छौं । तिनीहरूसित भनः के तिमीहरूले अल्लाहसँग कुनै वचन लिएका छौ ? यदि छ भने निःसन्देह अल्लाह आफ्नो वचनको उल्लंघन कहिल्यै गर्दैन, बरु तिमीले त अल्लाहको बारेमा यस्ता कुरा भन्दछौ जसको सम्बन्धमा तिमीलाई केही ज्ञान छैन ।
Surah Al-Baqara, Verse 80


بَلَىٰۚ مَن كَسَبَ سَيِّئَةٗ وَأَحَٰطَتۡ بِهِۦ خَطِيٓـَٔتُهُۥ فَأُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

हो, जसले पनि नराम्रो काम गर्यो र त्यसको पापले त्यसलाई घेरिहाल्यो, त्यस्ता मानिसहरू सधैंका लागि दोजखमा (नर्कमा) रहिरहने छन् ।
Surah Al-Baqara, Verse 81


وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

र जो आस्थावान भएर धर्मको काम गरे, तिनी स्वर्गमा जानेहरू हुन् र सधैं त्यसमा रहने छन् ।
Surah Al-Baqara, Verse 82


وَإِذۡ أَخَذۡنَا مِيثَٰقَ بَنِيٓ إِسۡرَـٰٓءِيلَ لَا تَعۡبُدُونَ إِلَّا ٱللَّهَ وَبِٱلۡوَٰلِدَيۡنِ إِحۡسَانٗا وَذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَقُولُواْ لِلنَّاسِ حُسۡنٗا وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ ثُمَّ تَوَلَّيۡتُمۡ إِلَّا قَلِيلٗا مِّنكُمۡ وَأَنتُم مُّعۡرِضُونَ

र जब हामीले बनी इस्राईलसित वाचा गरायौं कि अल्लाह बाहेक अरु कसैको पूजा नगर्नु, र आमा–बाबुसित राम्रो व्यवहार गर्नु यस्तै नातेदार, अनाथ र गरिबहरूसंग पनि, र मानिसहरूसंग राम्रा कुरा गर्नु, र नमाज पढ्दै गर्नु, र जकात (दान) दिंदै गर्नु । तर केही व्यक्तिहरू बाहेक तिमी (सबै) यस वचनबाट पछि फर्कयौ र मुख फेर्यौ ।
Surah Al-Baqara, Verse 83


وَإِذۡ أَخَذۡنَا مِيثَٰقَكُمۡ لَا تَسۡفِكُونَ دِمَآءَكُمۡ وَلَا تُخۡرِجُونَ أَنفُسَكُم مِّن دِيَٰرِكُمۡ ثُمَّ أَقۡرَرۡتُمۡ وَأَنتُمۡ تَشۡهَدُونَ

र जब हामीले तिमीहरूसित वचन लियौं कि आपसमा रक्तपात नगर्नु र आफन्तहरूलाई आफ्नो घरबाट न निकाल्नु, त तिमीले वचन दियौ र तिमी यसको साक्षी पनि बन्यौ ।
Surah Al-Baqara, Verse 84


ثُمَّ أَنتُمۡ هَـٰٓؤُلَآءِ تَقۡتُلُونَ أَنفُسَكُمۡ وَتُخۡرِجُونَ فَرِيقٗا مِّنكُم مِّن دِيَٰرِهِمۡ تَظَٰهَرُونَ عَلَيۡهِم بِٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِ وَإِن يَأۡتُوكُمۡ أُسَٰرَىٰ تُفَٰدُوهُمۡ وَهُوَ مُحَرَّمٌ عَلَيۡكُمۡ إِخۡرَاجُهُمۡۚ أَفَتُؤۡمِنُونَ بِبَعۡضِ ٱلۡكِتَٰبِ وَتَكۡفُرُونَ بِبَعۡضٖۚ فَمَا جَزَآءُ مَن يَفۡعَلُ ذَٰلِكَ مِنكُمۡ إِلَّا خِزۡيٞ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ يُرَدُّونَ إِلَىٰٓ أَشَدِّ ٱلۡعَذَابِۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ

फेरि पनि तिमीले आफन्तहरूको हत्या गर्यौ र आफूमध्येकै एक समूहमाथि अत्याचार गरी तिनलाई घरबाट निकाला गर्यौ, र दुराचार र पापमा उनीहरूका विरुद्ध अत्याचारीहरूको मद्दत गर्यौ । तथा तिनीहरू तिमीकहाँ यदि बन्दी भएर आउँदा बदलामा धन तिरेर छुटाउछौ अतः तिनलाई घर–निकाला गरेको कुरा तिमीहरूकालागी वर्जित थियो । के तिमी कुनै आदेशमाथि आस्था राखदछौ र केहीलाई नकारदछौ ? तिमीहरूमध्ये जसले यस्तो काम गर्दछन् उनको लागि यस संसारमा अपमान र कयामतको दिन कठोर सजायको भोगाई बहेक अरु के हुन सक्छ । र तिम्रो आचरणसंग अल्लाह बेखबर छैन ।
Surah Al-Baqara, Verse 85


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا بِٱلۡأٓخِرَةِۖ فَلَا يُخَفَّفُ عَنۡهُمُ ٱلۡعَذَابُ وَلَا هُمۡ يُنصَرُونَ

यी ती मानिसहरू नै हुन् । जसले कि परलोकको सट्टा संसारको जीवन किनेका छन् । न तिनको सजायमा कमी हुनेछ र नत तिनलाई मद्दत दिइने छ ।
Surah Al-Baqara, Verse 86


وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ وَقَفَّيۡنَا مِنۢ بَعۡدِهِۦ بِٱلرُّسُلِۖ وَءَاتَيۡنَا عِيسَى ٱبۡنَ مَرۡيَمَ ٱلۡبَيِّنَٰتِ وَأَيَّدۡنَٰهُ بِرُوحِ ٱلۡقُدُسِۗ أَفَكُلَّمَا جَآءَكُمۡ رَسُولُۢ بِمَا لَا تَهۡوَىٰٓ أَنفُسُكُمُ ٱسۡتَكۡبَرۡتُمۡ فَفَرِيقٗا كَذَّبۡتُمۡ وَفَرِيقٗا تَقۡتُلُونَ

हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं र उनको पछाडि अन्य रसूल पठाउँदै गर्यौं, र ईसा बिन मरियमलाई स्पष्ट तर्कहरू प्रदान गर्यौं र रूहुलकुदस (जिब्राइल) द्वारा उनको पुष्टि गर्यौं । तर जब कुनै अल्लाहको दूत तिमीहरूतिर यस्ता कुराहरू लिएर आए जुन कि तिमीहरूलाई रुच्दैनथ्यो तब तिमीहरू अहंकारी हुन पुग्थे र केहीलाई झूठा भने र केहीको हत्या पनि गरे ।
Surah Al-Baqara, Verse 87


وَقَالُواْ قُلُوبُنَا غُلۡفُۢۚ بَل لَّعَنَهُمُ ٱللَّهُ بِكُفۡرِهِمۡ فَقَلِيلٗا مَّا يُؤۡمِنُونَ

तिनीहरू भन्दछन्ः हाम्रो हृदय पर्दामा छन् । होइन, बरु अल्लाहले तिनको नास्तिकताको कारणले तिनीलाई अभिशप्त गरेको छ, तसर्थ तिनीहरूमा आस्थावान अत्यन्त थोरै छन् ।
Surah Al-Baqara, Verse 88


وَلَمَّا جَآءَهُمۡ كِتَٰبٞ مِّنۡ عِندِ ٱللَّهِ مُصَدِّقٞ لِّمَا مَعَهُمۡ وَكَانُواْ مِن قَبۡلُ يَسۡتَفۡتِحُونَ عَلَى ٱلَّذِينَ كَفَرُواْ فَلَمَّا جَآءَهُم مَّا عَرَفُواْ كَفَرُواْ بِهِۦۚ فَلَعۡنَةُ ٱللَّهِ عَلَى ٱلۡكَٰفِرِينَ

र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको किताबलाई सत्य बताउने आयो, जबकि पहिला यिनी स्वय्म त्यसको माध्यमबाट अनास्थावानहरूमाथि विजय हासिल गर्न चाहन्थे, तर जब त्यो आयो त त्यसलाई चिन्हिसकेपछि त्यसलाई फेरि इन्कार गर्न थाले अतः अल्लाहको अभिशाप हुनेछ अनास्थावानहरूमाथि ।
Surah Al-Baqara, Verse 89


بِئۡسَمَا ٱشۡتَرَوۡاْ بِهِۦٓ أَنفُسَهُمۡ أَن يَكۡفُرُواْ بِمَآ أَنزَلَ ٱللَّهُ بَغۡيًا أَن يُنَزِّلَ ٱللَّهُ مِن فَضۡلِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦۖ فَبَآءُو بِغَضَبٍ عَلَىٰ غَضَبٖۚ وَلِلۡكَٰفِرِينَ عَذَابٞ مُّهِينٞ

त्यो चीज साह्रै नराम्रो छ, जसको सट्टा तिनीहरूले आफूलाई बेचिहाले, त्यो तिनीहरूको अनास्था हो, अल्लाहको तर्फबाट आएको चीजसंग मात्र यस डाहको कारण कि अल्लाहले आफ्ना भक्तहरूमध्ये जसमाथि चाह्यो आफ्नो कृपा गर्यो, यसकारण तिनीहरू एक क्रोध पछि अर्को क्रोधका पात्र भए । र अनास्थावानहरूका लागि अपमानजनक सजाय छ ।
Surah Al-Baqara, Verse 90


وَإِذَا قِيلَ لَهُمۡ ءَامِنُواْ بِمَآ أَنزَلَ ٱللَّهُ قَالُواْ نُؤۡمِنُ بِمَآ أُنزِلَ عَلَيۡنَا وَيَكۡفُرُونَ بِمَا وَرَآءَهُۥ وَهُوَ ٱلۡحَقُّ مُصَدِّقٗا لِّمَا مَعَهُمۡۗ قُلۡ فَلِمَ تَقۡتُلُونَ أَنۢبِيَآءَ ٱللَّهِ مِن قَبۡلُ إِن كُنتُم مُّؤۡمِنِينَ

र, जब तिनीहरूसित भनिन्छ कि अल्लाहले प्रदान गरेको किताबमाथि आस्था राख, त भन्दछन् कि जुन ग्रन्थ हामीमाथि उतारिसकिएको छ, त्यसमाथि हाम्रो आस्था छ । जबकि त्यसभन्दा पछिल्लो (किताब) जुन कि सत्य हो र तिनको (किताब तौरातको) पुष्टि गर्दछ, त्योसंग अनास्था राख्दछन् । तिनीहरूसित यो सोध कि यदि तिमी अघिल्ला किताबहरूमाथि आस्था राख्दछौ त फेरि तिमीले अल्लाहका दूतहरूलाई किन मारिदिन्थ्यौ
Surah Al-Baqara, Verse 91


۞وَلَقَدۡ جَآءَكُم مُّوسَىٰ بِٱلۡبَيِّنَٰتِ ثُمَّ ٱتَّخَذۡتُمُ ٱلۡعِجۡلَ مِنۢ بَعۡدِهِۦ وَأَنتُمۡ ظَٰلِمُونَ

मूसाले तिम्रा नजिक यही तर्क लिएर आए तैपनि तिमीले बाच्छोलाई पूज्न थाल्यौ, तिमी अन्यायी नै हौ ।
Surah Al-Baqara, Verse 92


وَإِذۡ أَخَذۡنَا مِيثَٰقَكُمۡ وَرَفَعۡنَا فَوۡقَكُمُ ٱلطُّورَ خُذُواْ مَآ ءَاتَيۡنَٰكُم بِقُوَّةٖ وَٱسۡمَعُواْۖ قَالُواْ سَمِعۡنَا وَعَصَيۡنَا وَأُشۡرِبُواْ فِي قُلُوبِهِمُ ٱلۡعِجۡلَ بِكُفۡرِهِمۡۚ قُلۡ بِئۡسَمَا يَأۡمُرُكُم بِهِۦٓ إِيمَٰنُكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ

जब हामीले तिमीबाट वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि उभ्यायौं । (र आदेश दियौं) कि जुन (किताब) हामीले तिमीलाई दिएका छौं त्यसलाई बेस्सरी समात र (आदेशलाई) सुन, त तिनीहरूले भने कि हामीले सुन्यौं तर मान्दैनौं, र तिनको नास्तिकताको कारणले तिनको हृदयमा बाछोको माया पलाइहाल्यो । (हे मुहम्मद) तिनीहरूलाई भनिदिनु कि तिम्रो ईमानले तिमीलाई नराम्रो आदेश गरिरहेको छ यदि तिमी आस्थावान हौ ।
Surah Al-Baqara, Verse 93


قُلۡ إِن كَانَتۡ لَكُمُ ٱلدَّارُ ٱلۡأٓخِرَةُ عِندَ ٱللَّهِ خَالِصَةٗ مِّن دُونِ ٱلنَّاسِ فَتَمَنَّوُاْ ٱلۡمَوۡتَ إِن كُنتُمۡ صَٰدِقِينَ

(हे मुहम्मद) भनिदिनु कि यदि परलोकको घर अरु मानिस बाहेक तिम्रा निम्ति नै निर्धारित छ, त आऊ आफ्नो सत्यताको प्रमाणमा मृत्युको प्रार्थना गर ।
Surah Al-Baqara, Verse 94


وَلَن يَتَمَنَّوۡهُ أَبَدَۢا بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّـٰلِمِينَ

तर आफ्ना अघिका कार्यहरू हेरेर तिनीहरू कदापि मृत्युको कामना गर्दैनन् । अल्लाह अत्याचारीहरूलाई राम्रोसंग जान्दछ ।
Surah Al-Baqara, Verse 95


وَلَتَجِدَنَّهُمۡ أَحۡرَصَ ٱلنَّاسِ عَلَىٰ حَيَوٰةٖ وَمِنَ ٱلَّذِينَ أَشۡرَكُواْۚ يَوَدُّ أَحَدُهُمۡ لَوۡ يُعَمَّرُ أَلۡفَ سَنَةٖ وَمَا هُوَ بِمُزَحۡزِحِهِۦ مِنَ ٱلۡعَذَابِ أَن يُعَمَّرَۗ وَٱللَّهُ بَصِيرُۢ بِمَا يَعۡمَلُونَ

बरु हे नबी ! तिनीहरू सबभन्दा बढी जीवनप्रति मोह राख्नेहरू हुन् । र यो मोह तिनीहरूमा अल्लाहसँग अरुको साझेदारी ठहराउनेहरूभन्दा पनि बढी हुन्छ । तिनीहरूमध्ये हरेकले एक–एक हजार वर्षसम्म बाँच्ने इच्छा राख्दछ । तर यो लामो उमेरले पनि तिनलाई सजायबाट मुक्त गराउन सक्दैन, र जुन काम यिनीहरू गर्दछन् त्यसलाई अल्लाहले राम्रोसित देखिरहेको छ ।
Surah Al-Baqara, Verse 96


قُلۡ مَن كَانَ عَدُوّٗا لِّـجِبۡرِيلَ فَإِنَّهُۥ نَزَّلَهُۥ عَلَىٰ قَلۡبِكَ بِإِذۡنِ ٱللَّهِ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ وَهُدٗى وَبُشۡرَىٰ لِلۡمُؤۡمِنِينَ

हे मुहम्मद (स.अ.) भनिदिनुः कि जो जिब्राइलको शत्रु हो, जसले अल्लाहको सन्देशलाई उसको आदेशानुसार तपाईको हृदयमा उतारेको हो, जुन सन्देशले उनीहरूको (अघिका) ग्रन्थहरूलाई प्रमाणित गर्दछ र आस्थावानहरूका निम्ति मार्गदर्शक र शुभसन्देश हो । (त अल्लाह पनि तिनीहरूको शत्रु हो)
Surah Al-Baqara, Verse 97


مَن كَانَ عَدُوّٗا لِّلَّهِ وَمَلَـٰٓئِكَتِهِۦ وَرُسُلِهِۦ وَجِبۡرِيلَ وَمِيكَىٰلَ فَإِنَّ ٱللَّهَ عَدُوّٞ لِّلۡكَٰفِرِينَ

(हे पैगम्बर !) जुन व्यक्ति अल्लाहको र उसका दूतहरूको, र जिब्राईल र मिकाईलको शत्रु हो र त्यस्ता नास्तिकहरूको अल्लाह स्वयम् दुश्मन हो ।
Surah Al-Baqara, Verse 98


وَلَقَدۡ أَنزَلۡنَآ إِلَيۡكَ ءَايَٰتِۭ بَيِّنَٰتٖۖ وَمَا يَكۡفُرُ بِهَآ إِلَّا ٱلۡفَٰسِقُونَ

र, निःसदेह हामीले तपाईको नजिकमा ठोस तर्कहरू पठाएका छौं जसलाई पापीहरू बाहेक अरु कोही नकार्न सक्दैन ।
Surah Al-Baqara, Verse 99


أَوَكُلَّمَا عَٰهَدُواْ عَهۡدٗا نَّبَذَهُۥ فَرِيقٞ مِّنۡهُمۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يُؤۡمِنُونَ

तिनीहरूले जब–जब कुनै वाचा गर्दछन् तब–तब तिनीहरूमध्ये एक वा अर्को समूहले त्यसलाई भङ्ग गरिदिन्छ । वास्तविकता यो हो कि तिनीहरूमध्ये धेरैजसो आस्था नभएका हुन् ।
Surah Al-Baqara, Verse 100


وَلَمَّا جَآءَهُمۡ رَسُولٞ مِّنۡ عِندِ ٱللَّهِ مُصَدِّقٞ لِّمَا مَعَهُمۡ نَبَذَ فَرِيقٞ مِّنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ كِتَٰبَ ٱللَّهِ وَرَآءَ ظُهُورِهِمۡ كَأَنَّهُمۡ لَا يَعۡلَمُونَ

तिनीहरूतिर जहिलेसुकै अल्लाहबाट कुनै पैगम्बर (सन्देशवाहक) तिनीहरूको ग्रन्थको पुष्टि गर्ने गरी आयो, त ग्रन्थ मान्नेहरूको एउटा समूहले अल्लाहको किताबतिर यसरी पिठ्यँ पछाडि फर्कायो, कि मानौ तिनीहरूलाई केही थाहा नै थिएन ।
Surah Al-Baqara, Verse 101


وَٱتَّبَعُواْ مَا تَتۡلُواْ ٱلشَّيَٰطِينُ عَلَىٰ مُلۡكِ سُلَيۡمَٰنَۖ وَمَا كَفَرَ سُلَيۡمَٰنُ وَلَٰكِنَّ ٱلشَّيَٰطِينَ كَفَرُواْ يُعَلِّمُونَ ٱلنَّاسَ ٱلسِّحۡرَ وَمَآ أُنزِلَ عَلَى ٱلۡمَلَكَيۡنِ بِبَابِلَ هَٰرُوتَ وَمَٰرُوتَۚ وَمَا يُعَلِّمَانِ مِنۡ أَحَدٍ حَتَّىٰ يَقُولَآ إِنَّمَا نَحۡنُ فِتۡنَةٞ فَلَا تَكۡفُرۡۖ فَيَتَعَلَّمُونَ مِنۡهُمَا مَا يُفَرِّقُونَ بِهِۦ بَيۡنَ ٱلۡمَرۡءِ وَزَوۡجِهِۦۚ وَمَا هُم بِضَآرِّينَ بِهِۦ مِنۡ أَحَدٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَيَتَعَلَّمُونَ مَا يَضُرُّهُمۡ وَلَا يَنفَعُهُمۡۚ وَلَقَدۡ عَلِمُواْ لَمَنِ ٱشۡتَرَىٰهُ مَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِنۡ خَلَٰقٖۚ وَلَبِئۡسَ مَا شَرَوۡاْ بِهِۦٓ أَنفُسَهُمۡۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ

र त्यस चीजको पछि लागे जसलाई सुलैमानको राज्यकालमा शैतानहरूले पढ्ने गर्दथे । तर सुलैमानले बिल्कुलै कुफ्र गरेनन् बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे जुन ‘‘बाबुल’’ शहरमा दुईजना फरिश्ता (अर्थात) हारुत र मारुतमाथि उतरेको थियो । ती दुवैले पनि कसैलाई तबसम्म केही सिकाउन्नथे जबसम्म यो भन्दैन्थे कि हामी त एउटा परीक्षणमा छौं, तिमी कुफ्रमा नलाग । फेरि पनि मानिसहले तिनीहरसित यस्तो (जाद) सिक्दथे जसबाट पति–पत्नीबीच सम्बन्ध–बिच्छेद भइहालोस् र वास्तवमा अल्लाहको इच्छा न भई, तिनीहरूले त्यसबाट कसैको केही बिगार्न सक्दैनन् । र यिनीहरूले यस्ता (मन्त्र) सिक्दथे जसले तिनलाई हानि पुर्याओस् र लाभ पुर्याउन नसकोस् । र तिनीहरू विश्वासका साथ जान्दछन् कि यस्ता कुराहरू लिनेहरूको परलोकमा केही अंश हुँदैन र त्यो निकृष्ट चीज हो जसको बदलामा तिनीहरूले आफ्ना ज्यान बेचिहाले । कति राम्रो हुन्थ्यो, यदि तिनीहरू यो कुरो जानेको भए ।
Surah Al-Baqara, Verse 102


وَلَوۡ أَنَّهُمۡ ءَامَنُواْ وَٱتَّقَوۡاْ لَمَثُوبَةٞ مِّنۡ عِندِ ٱللَّهِ خَيۡرٞۚ لَّوۡ كَانُواْ يَعۡلَمُونَ

यदि तिनीहरू आस्थावान र संयमी बन्न सकेको भए अल्लाहको तर्फबाट तिनीहरूलाई सर्वोत्तम प्रतिफल मिल्ने थियो । यदि तिनीहरूलाई ज्ञान भएको भए ।
Surah Al-Baqara, Verse 103


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَقُولُواْ رَٰعِنَا وَقُولُواْ ٱنظُرۡنَا وَٱسۡمَعُواْۗ وَلِلۡكَٰفِرِينَ عَذَابٌ أَلِيمٞ

हे आस्थावानहरू ! तिमीहरू अल्लाहको पैगम्बरको (लागि) ‘‘राएना’’ नभन बरु ‘‘उन्जुर्ना’’ भन अर्थात हाम्रोतर्फ हेर्दै र सुन्दै गर्नु र काफिरहरूको लागि कष्टदायक सजाय छ
Surah Al-Baqara, Verse 104


مَّا يَوَدُّ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ وَلَا ٱلۡمُشۡرِكِينَ أَن يُنَزَّلَ عَلَيۡكُم مِّنۡ خَيۡرٖ مِّن رَّبِّكُمۡۚ وَٱللَّهُ يَخۡتَصُّ بِرَحۡمَتِهِۦ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ

न त अहले किताबका काफिरहरू र न त ‘‘मुश्रिक’’हरू चाहन्छन् कि तिमीमाथि पालनकर्ताबाट कुनै राम्रो कुरा उत्रोस्, तर अल्लाहले जसलाई रुचाउँछ, आफ्नो विशेष दयाको पात्र बनाउँछ र अल्लाह ठूलो कृपाको स्वामी छ ।
Surah Al-Baqara, Verse 105


۞مَا نَنسَخۡ مِنۡ ءَايَةٍ أَوۡ نُنسِهَا نَأۡتِ بِخَيۡرٖ مِّنۡهَآ أَوۡ مِثۡلِهَآۗ أَلَمۡ تَعۡلَمۡ أَنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ

हामी जुन आयतलाई (श्लोक) रद्द गरिदिन्छौं वा त्यसलाई बिर्सिदिन्छौं । त्योभन्दा राम्रो वा त्यस्तै अन्य आयतहरू ल्याउँछौं । के तिमीलाई थाहा छैन कि अल्लाह प्रत्येक कुरामाथि सर्वशक्तिमान छ
Surah Al-Baqara, Verse 106


أَلَمۡ تَعۡلَمۡ أَنَّ ٱللَّهَ لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِن وَلِيّٖ وَلَا نَصِيرٍ

के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीको स्वामी अल्लाह नै हो र अल्लाह बाहेक तिम्रो कोही मित्र र सहायता प्रदान गर्नेवाला छैन
Surah Al-Baqara, Verse 107


أَمۡ تُرِيدُونَ أَن تَسۡـَٔلُواْ رَسُولَكُمۡ كَمَا سُئِلَ مُوسَىٰ مِن قَبۡلُۗ وَمَن يَتَبَدَّلِ ٱلۡكُفۡرَ بِٱلۡإِيمَٰنِ فَقَدۡ ضَلَّ سَوَآءَ ٱلسَّبِيلِ

के तिमी आफ्ना रसुलबाट त्यही सोध्न चाहन्छौ । जुन यसभन्दा पहिला मसासंग सोधिएको थियो ? र जुन व्यक्तिले ईमानको सट्टा कुफ्र ग्रहण गर्यो त्यो सोझो बाटोबाट विचलित भइहाल्यो ।
Surah Al-Baqara, Verse 108


وَدَّ كَثِيرٞ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَوۡ يَرُدُّونَكُم مِّنۢ بَعۡدِ إِيمَٰنِكُمۡ كُفَّارًا حَسَدٗا مِّنۡ عِندِ أَنفُسِهِم مِّنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡحَقُّۖ فَٱعۡفُواْ وَٱصۡفَحُواْ حَتَّىٰ يَأۡتِيَ ٱللَّهُ بِأَمۡرِهِۦٓۗ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

धेरै जसो अहले किताबहरू (यहुदी ईसाईले) सत्य प्रकट भइसकेपछि पनि आफ्ना हृदयमा ईष्र्या भएको कारण तिमीलाई पनि ईमानबाट विचलित गराउन चाहन्छन् । तिमी पनि क्षमा गर र बेवास्ता गरिदेऊ, यहाँसम्म कि अल्लाहले आफ्नो (अर्को) आदेश पठाओस्, निःसन्देह अल्लाह हरेक कुरामाथि सामर्थवान छ ।
Surah Al-Baqara, Verse 109


وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَۚ وَمَا تُقَدِّمُواْ لِأَنفُسِكُم مِّنۡ خَيۡرٖ تَجِدُوهُ عِندَ ٱللَّهِۗ إِنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ بَصِيرٞ

नमाज पढ्दै गर र जकात दिंदै गर र जुन सत्यकर्म आफ्नो लागि अगाडि पठाउनेछौ, ती सबै अल्लाहकहाँ पाउने छौ, कुनै सन्देह छैन कि अल्लाह तिम्रा क्रियाकलापहरूलाई हेरिराखेको छ ।
Surah Al-Baqara, Verse 110


وَقَالُواْ لَن يَدۡخُلَ ٱلۡجَنَّةَ إِلَّا مَن كَانَ هُودًا أَوۡ نَصَٰرَىٰۗ تِلۡكَ أَمَانِيُّهُمۡۗ قُلۡ هَاتُواْ بُرۡهَٰنَكُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ

यिनीहरू भन्दछन् कि यहूदी र ईसाईहरू बाहेक अरु कोही स्वर्गमा जाने छैन । यी यिनीहरूका कल्पना मात्र हुन् । (हे पैगम्बर !) यिनीहरूलाई भनिदिनु कि यदि (तिमी) सत्य छौ भने कुनै प्रमाण त पेश गर ।
Surah Al-Baqara, Verse 111


بَلَىٰۚ مَنۡ أَسۡلَمَ وَجۡهَهُۥ لِلَّهِ وَهُوَ مُحۡسِنٞ فَلَهُۥٓ أَجۡرُهُۥ عِندَ رَبِّهِۦ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

सुन ! जो पनि अल्लाहको अगाडि असल नीयतले आफ्नो टाउको निहुराउँनेछ त निःसन्देह उसलाई त्यसको पुरस्कार उसको पालनकर्ताले दिनेछ । उसको लागि न कुनै प्रकारको भय रहनेछ, न दुःख र उदासी ।
Surah Al-Baqara, Verse 112


وَقَالَتِ ٱلۡيَهُودُ لَيۡسَتِ ٱلنَّصَٰرَىٰ عَلَىٰ شَيۡءٖ وَقَالَتِ ٱلنَّصَٰرَىٰ لَيۡسَتِ ٱلۡيَهُودُ عَلَىٰ شَيۡءٖ وَهُمۡ يَتۡلُونَ ٱلۡكِتَٰبَۗ كَذَٰلِكَ قَالَ ٱلَّذِينَ لَا يَعۡلَمُونَ مِثۡلَ قَوۡلِهِمۡۚ فَٱللَّهُ يَحۡكُمُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ

यहूदीहरू भन्दछन् कि ईसाईहरू सत्य बाटोमा छैनन् र ईसाईहरू भन्दछन् कि यहूदीहरू सत्य मार्गमा छैनन्, जबकि यिनीहरू तौरेत पढ्छन् । यसरी नै ठीक यस्तै कुरा अज्ञानीहरूले पनि गर्दछन् । अल्लाहले कियामतको दिन तिनीहरूको यस विवादको फैसला तिनीहरूबीच गर्नेछ ।
Surah Al-Baqara, Verse 113


وَمَنۡ أَظۡلَمُ مِمَّن مَّنَعَ مَسَٰجِدَ ٱللَّهِ أَن يُذۡكَرَ فِيهَا ٱسۡمُهُۥ وَسَعَىٰ فِي خَرَابِهَآۚ أُوْلَـٰٓئِكَ مَا كَانَ لَهُمۡ أَن يَدۡخُلُوهَآ إِلَّا خَآئِفِينَۚ لَهُمۡ فِي ٱلدُّنۡيَا خِزۡيٞ وَلَهُمۡ فِي ٱلۡأٓخِرَةِ عَذَابٌ عَظِيمٞ

त्यसभन्दा ठूलो अन्यायी को हुनसक्छ जसले अल्लाहका मस्जिदहरूमा अल्लाहकै नामको चर्चा गर्न मनाही गर्दछ र तिनलाई बरबाद बनाउने प्रयास गर्दछ ? त्यस्ता मानिसले डर मान्दै त्यसमा लाग्नु पर्छ । तिनीहरूका लागि संसारमा अपमान र आखिरतमा ठूलो सजाय छ ।
Surah Al-Baqara, Verse 114


وَلِلَّهِ ٱلۡمَشۡرِقُ وَٱلۡمَغۡرِبُۚ فَأَيۡنَمَا تُوَلُّواْ فَثَمَّ وَجۡهُ ٱللَّهِۚ إِنَّ ٱللَّهَ وَٰسِعٌ عَلِيمٞ

पूर्व र पश्चिमको स्वामी अल्लाह नै हो । तिमी जतातिर फर्के पनि अल्लाहको अनुहारलाई पाउने छौ । निःसन्देह अल्लाह सर्वव्यापी, सर्वत्र र सर्वज्ञानी छ ।
Surah Al-Baqara, Verse 115


وَقَالُواْ ٱتَّخَذَ ٱللَّهُ وَلَدٗاۗ سُبۡحَٰنَهُۥۖ بَل لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ كُلّٞ لَّهُۥ قَٰنِتُونَ

यिनीहरू भन्दछन् कि अल्लाहका सन्तान छन् । (होइन) बरु अल्लाह पवित्र छ, आकाश र जमिनका सबै सृजनाहरू उसैका सम्पत्ति हुन् र प्रत्येक उसैको आज्ञाकारी छन् ।
Surah Al-Baqara, Verse 116


بَدِيعُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَإِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ

ऊ आकाशहरू र जमिनको स्रष्टा हो । जब कुनै काम गर्न चाहन्छ तब त्यसलाई आदेश दिन्छ कि भइहाल, अनि त्यो भइहाल्छ ।
Surah Al-Baqara, Verse 117


وَقَالَ ٱلَّذِينَ لَا يَعۡلَمُونَ لَوۡلَا يُكَلِّمُنَا ٱللَّهُ أَوۡ تَأۡتِينَآ ءَايَةٞۗ كَذَٰلِكَ قَالَ ٱلَّذِينَ مِن قَبۡلِهِم مِّثۡلَ قَوۡلِهِمۡۘ تَشَٰبَهَتۡ قُلُوبُهُمۡۗ قَدۡ بَيَّنَّا ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يُوقِنُونَ

यस्तै नबुझ्ने मानिसहरू भन्दछन् कि अल्लाह हामीसँग वार्तालाप, किन गर्दैन अथवा हाम्रो लागि कुनै चिनो किन आउँदैन ? यस्तै यस प्रकारको कुरा उनीभन्दा अघिकाले पनि गरेका थिए । उनीहरूका र यिनीहरूका हृदयहरू एक जस्ता भइसके र हामीले त आस्थावानहरूका लागि चिनोको वर्णन गरिसकेका छौं ।
Surah Al-Baqara, Verse 118


إِنَّآ أَرۡسَلۡنَٰكَ بِٱلۡحَقِّ بَشِيرٗا وَنَذِيرٗاۖ وَلَا تُسۡـَٔلُ عَنۡ أَصۡحَٰبِ ٱلۡجَحِيمِ

(हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र डर देखाउनेवाला बनाएर पठाएका छौं र नर्कमा जानेहरूको सम्बन्धमा तपाईसँग केही जवाफदेही हुने छैन ।
Surah Al-Baqara, Verse 119


وَلَن تَرۡضَىٰ عَنكَ ٱلۡيَهُودُ وَلَا ٱلنَّصَٰرَىٰ حَتَّىٰ تَتَّبِعَ مِلَّتَهُمۡۗ قُلۡ إِنَّ هُدَى ٱللَّهِ هُوَ ٱلۡهُدَىٰۗ وَلَئِنِ ٱتَّبَعۡتَ أَهۡوَآءَهُم بَعۡدَ ٱلَّذِي جَآءَكَ مِنَ ٱلۡعِلۡمِ مَا لَكَ مِنَ ٱللَّهِ مِن وَلِيّٖ وَلَا نَصِيرٍ

तपाईसँग यहूदी र ईसाई कहिले पनि सहमत हुने छैनन्, जबसम्म तपाई तिनीहरूको धर्मको अनुयायी बन्नु हुन्न । (हे पैगम्बर !) भनिदिनु कि अल्लाहको मार्गदर्शन नै मार्ग दर्शन हो र तपाईसंग ज्ञान आइसके पछि पनि यदि तपाईले उनीहरूको इच्छाको वकालत गर्नुभयो भने अल्लाहसंग तिम्रो न कुनै पक्षधर हुनेछ नकोही सहायता गर्नेवाला ।
Surah Al-Baqara, Verse 120


ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يَتۡلُونَهُۥ حَقَّ تِلَاوَتِهِۦٓ أُوْلَـٰٓئِكَ يُؤۡمِنُونَ بِهِۦۗ وَمَن يَكۡفُرۡ بِهِۦ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ

जसलाई हामीले किताब प्रदान गरेका छौं र उनीहरूले त्यसलाई निष्ठाका साथ पढ्छन् भने उनीहरू यस किताबमाथि पनि आस्था राख्दछन् र जो यसको अवज्ञा गर्दछ ऊ नोक्सान उठाउनेछ ।
Surah Al-Baqara, Verse 121


يَٰبَنِيٓ إِسۡرَـٰٓءِيلَ ٱذۡكُرُواْ نِعۡمَتِيَ ٱلَّتِيٓ أَنۡعَمۡتُ عَلَيۡكُمۡ وَأَنِّي فَضَّلۡتُكُمۡ عَلَى ٱلۡعَٰلَمِينَ

हे इस्राईलको सन्तति ! मेरा ती उपकारहरू स्मरण गर, जुन कि मैले तिमीलाई प्रदान गरेको छु, मैले त तिमीलाई सबै विश्वमाथि श्रेष्ठता प्रदान गरें ।
Surah Al-Baqara, Verse 122


وَٱتَّقُواْ يَوۡمٗا لَّا تَجۡزِي نَفۡسٌ عَن نَّفۡسٖ شَيۡـٔٗا وَلَا يُقۡبَلُ مِنۡهَا عَدۡلٞ وَلَا تَنفَعُهَا شَفَٰعَةٞ وَلَا هُمۡ يُنصَرُونَ

त्यस दिनसित भयभीत होऊ जुन दिन कुनै प्राणी अर्को प्राणीलाई कुनै फाइदा पुर्याउन सक्ने छैन न कसैबाट कुनै बदला स्वीकार्ने छ र उसको सम्बन्धमा कुनै सिफारिश पनि स्वीकार्ने छैन र कुनै मद्दत प्राप्त हुनेछैन ।
Surah Al-Baqara, Verse 123


۞وَإِذِ ٱبۡتَلَىٰٓ إِبۡرَٰهِـۧمَ رَبُّهُۥ بِكَلِمَٰتٖ فَأَتَمَّهُنَّۖ قَالَ إِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامٗاۖ قَالَ وَمِن ذُرِّيَّتِيۖ قَالَ لَا يَنَالُ عَهۡدِي ٱلظَّـٰلِمِينَ

जब पालनहारले अनेक कुराहरूबाट इब्राहीमको परीक्षा लियो र उनी ती सबैमा उत्तीर्ण भए । त अल्लाहले भन्यो कि म तिमीलाई संसारभरिका मानिसहरूको पथप्रदर्शक बनाउनेछु । उनले भने कि (पालनकर्ता) मेरा सन्ततिलाई पनि, अल्लाहले भन्नु भयो, हाम्रो वाचा अन्यायीहरूको लागि हुनेछैन ।
Surah Al-Baqara, Verse 124


وَإِذۡ جَعَلۡنَا ٱلۡبَيۡتَ مَثَابَةٗ لِّلنَّاسِ وَأَمۡنٗا وَٱتَّخِذُواْ مِن مَّقَامِ إِبۡرَٰهِـۧمَ مُصَلّٗىۖ وَعَهِدۡنَآ إِلَىٰٓ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ أَن طَهِّرَا بَيۡتِيَ لِلطَّآئِفِينَ وَٱلۡعَٰكِفِينَ وَٱلرُّكَّعِ ٱلسُّجُودِ

र हामीले खान–ए–कअ्बा–लाई मानिसहरूका पुण्य र शान्तिको ठाउँ बनायौं, तपाईले इब्राहीम उभेको स्थानलाई नमाज पढ्ने ठाउँ बनाउनु । र हामीले इब्राहीम तथा इस्माईलबाट वाचा लियौं कि तिमीहरू मेरो घर (कअ्बा)लाई परिक्रमा गर्ने, र रुकअ् र सजदा (ढोग) गर्नेहरूको निम्ति सफा र पवित्र राख्ने गर ।
Surah Al-Baqara, Verse 125


وَإِذۡ قَالَ إِبۡرَٰهِـۧمُ رَبِّ ٱجۡعَلۡ هَٰذَا بَلَدًا ءَامِنٗا وَٱرۡزُقۡ أَهۡلَهُۥ مِنَ ٱلثَّمَرَٰتِ مَنۡ ءَامَنَ مِنۡهُم بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ قَالَ وَمَن كَفَرَ فَأُمَتِّعُهُۥ قَلِيلٗا ثُمَّ أَضۡطَرُّهُۥٓ إِلَىٰ عَذَابِ ٱلنَّارِۖ وَبِئۡسَ ٱلۡمَصِيرُ

र जब इब्राहीमले प्रार्थना गरे कि हे पालनहार ! यस ठाउँलाई शान्तिको नगर बनाइदेऊ र यसका वासिन्दाहरू जो अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था राख्ने छन्, तिनीहरूलाई खानको निम्ति फलफूलको आहार प्रदान गर, तब अल्लाहले भन्यो कि मैले अनास्थावानहरूलाई पनि केही लाभ प्रदान गर्नेछु, फेरि तिनलाई आगोको सजाय भोग्नका लागि विवश गरिदिन्छु, जानुपर्ने यो अत्यन्त नराम्रो ठाउँ हो ।
Surah Al-Baqara, Verse 126


وَإِذۡ يَرۡفَعُ إِبۡرَٰهِـۧمُ ٱلۡقَوَاعِدَ مِنَ ٱلۡبَيۡتِ وَإِسۡمَٰعِيلُ رَبَّنَا تَقَبَّلۡ مِنَّآۖ إِنَّكَ أَنتَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

इब्राहीम र इस्माईल कअ्बाको जग र पर्खाल उठाउँदै जानु हुन्थ्यो र प्रार्थना गर्दै जानु हुन्थ्यो कि हे पालनहार ! हामीबाट यो सेवा स्वीकार गर । निःसन्देह तिमी नै सबै सुन्ने र जान्नेवाला हौ ।
Surah Al-Baqara, Verse 127


رَبَّنَا وَٱجۡعَلۡنَا مُسۡلِمَيۡنِ لَكَ وَمِن ذُرِّيَّتِنَآ أُمَّةٗ مُّسۡلِمَةٗ لَّكَ وَأَرِنَا مَنَاسِكَنَا وَتُبۡ عَلَيۡنَآۖ إِنَّكَ أَنتَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ

हे हाम्रो पालनहार ! हामीलाई आफ्नो आज्ञापालक बनाइराख र हाम्रा सन्ततिमध्येबाट एउटा समूहलाई पनि आफ्नो ताबेअ्दार बनाइराख र हामीलाई आफ्नो पूजा गर्ने तरिका सिकाउ र हाम्रो तौबा स्वीकार गर । निःसन्देह तिमी क्षमा दिने दयावान र कृपालु हौ ।
Surah Al-Baqara, Verse 128


رَبَّنَا وَٱبۡعَثۡ فِيهِمۡ رَسُولٗا مِّنۡهُمۡ يَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِكَ وَيُعَلِّمُهُمُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَيُزَكِّيهِمۡۖ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

हे हाम्रो पालनहार ! यिनीहरूका निम्ति यिनैमध्येबाट पैगम्बर पठाउनु जसले उनीहरूलाई तिम्रा आयतहरू पढेर सुनाओस्, र यिनलाई किताब र कौशल सिकाउँदै गरोस् र यिनीहरूका (हृदयलाई) पवित्र गर्दै गरोस् । निःसन्देह तिमी अपार शक्तिशाली र अति तत्वदर्शी हौ ।
Surah Al-Baqara, Verse 129


وَمَن يَرۡغَبُ عَن مِّلَّةِ إِبۡرَٰهِـۧمَ إِلَّا مَن سَفِهَ نَفۡسَهُۥۚ وَلَقَدِ ٱصۡطَفَيۡنَٰهُ فِي ٱلدُّنۡيَاۖ وَإِنَّهُۥ فِي ٱلۡأٓخِرَةِ لَمِنَ ٱلصَّـٰلِحِينَ

बुद्धिहीन बाहेक इब्राहीमको धर्मबाट कोही विमुख हुनसक्दैन ? र हामीले उनलाई संसारमा पनि रोज्यौं र आखिरतमा पनि उनी सत्कर्म गर्नेहरूमा हुनेछन् ।
Surah Al-Baqara, Verse 130


إِذۡ قَالَ لَهُۥ رَبُّهُۥٓ أَسۡلِمۡۖ قَالَ أَسۡلَمۡتُ لِرَبِّ ٱلۡعَٰلَمِينَ

जब उनीसित उनको पालनकर्ताले भन्यो कि आज्ञाकारी बन, तब उनले भने कि म सारा संसारको पालनकर्ता अगाडि नतमस्तक हुन्छु ।
Surah Al-Baqara, Verse 131


وَوَصَّىٰ بِهَآ إِبۡرَٰهِـۧمُ بَنِيهِ وَيَعۡقُوبُ يَٰبَنِيَّ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰ لَكُمُ ٱلدِّينَ فَلَا تَمُوتُنَّ إِلَّا وَأَنتُم مُّسۡلِمُونَ

इब्राहीमले र यअ्कूबले आफ्ना सन्ततिहरूलाई यस्तै उपदेश दिए, कि हाम्रा सन्ततिहरू हो ! अल्लाहले तिम्रा निम्ति यही धर्म रोजेको हो । तसर्थ मर्नु त मुसलमान भएर नै मर्नु ।
Surah Al-Baqara, Verse 132


أَمۡ كُنتُمۡ شُهَدَآءَ إِذۡ حَضَرَ يَعۡقُوبَ ٱلۡمَوۡتُ إِذۡ قَالَ لِبَنِيهِ مَا تَعۡبُدُونَ مِنۢ بَعۡدِيۖ قَالُواْ نَعۡبُدُ إِلَٰهَكَ وَإِلَٰهَ ءَابَآئِكَ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ إِلَٰهٗا وَٰحِدٗا وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ

के यअ्कूब परलोक हुने बेला तिमी त्यहाँ उपस्थित थियौ ? जब उनले आफ्ना सन्तानहरूसित सोधे कि म पछि तिमीहरू कसको भक्ति गर्नेछौं, तब तिनीहरूले भने कि तपाईको पालनहार, र तपार्ईका पुर्खा, इब्राहीम र इस्माईल र इस्हाकको पलनहारको भक्ति गर्नेछौं, जो एउटै छ र हामी उसैका आज्ञाकारी रहने छौं ।
Surah Al-Baqara, Verse 133


تِلۡكَ أُمَّةٞ قَدۡ خَلَتۡۖ لَهَا مَا كَسَبَتۡ وَلَكُم مَّا كَسَبۡتُمۡۖ وَلَا تُسۡـَٔلُونَ عَمَّا كَانُواْ يَعۡمَلُونَ

यो पुस्ता बितिसक्यो, तिनीहरू आफ्ना कर्मका भागी छन् र तिमी आफ्ना कर्मका, र जुन कर्म उनले गरे त्यसको सोधपूछ तिमीसित हुने छैन ।
Surah Al-Baqara, Verse 134


وَقَالُواْ كُونُواْ هُودًا أَوۡ نَصَٰرَىٰ تَهۡتَدُواْۗ قُلۡ بَلۡ مِلَّةَ إِبۡرَٰهِـۧمَ حَنِيفٗاۖ وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ

यिनीहरू (यहूदी र ईसाईहरू) भन्दछन् कि यहूदी अथवा ईसाई भइहाल, अनि सहीमार्ग पाउने छौ । (हे पैगम्बर !) भनिदिनु, बरु इब्राहीमको धर्म मान्नेहरू सही मार्गमा छन् र इब्राहीम अल्लाहका सच्चा अनुयायी थिए र मुश्रिकहरूमध्येका थिएनन् ।
Surah Al-Baqara, Verse 135


قُولُوٓاْ ءَامَنَّا بِٱللَّهِ وَمَآ أُنزِلَ إِلَيۡنَا وَمَآ أُنزِلَ إِلَىٰٓ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطِ وَمَآ أُوتِيَ مُوسَىٰ وَعِيسَىٰ وَمَآ أُوتِيَ ٱلنَّبِيُّونَ مِن رَّبِّهِمۡ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّنۡهُمۡ وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ

हे मुस्लिमहरू ! तिमीहरू सबैले भनिदेऊ कि हामी अल्लाहमाथि, र जुन किताब हामीतिर उतारियो, र जुन (ग्रन्थहरू) इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र उनका सन्ततिहरूलाई प्रदान गरियो, तिनीमाथि र जुन मूसा र ईसालाई प्रदान गरियो र जुन अन्य पैगम्बरहरूलाई तिनका पालनकर्ताबाट प्रदान गरिए, तिनीमाथि सम्पूर्ण आस्था राख्दछौं । हामीले ती पैगम्बरहरूमा कुनै भेदभाव गर्दैनौं र हामी उही एक अल्लाहका आदेश पालन गर्नेहरू हौं ।
Surah Al-Baqara, Verse 136


فَإِنۡ ءَامَنُواْ بِمِثۡلِ مَآ ءَامَنتُم بِهِۦ فَقَدِ ٱهۡتَدَواْۖ وَّإِن تَوَلَّوۡاْ فَإِنَّمَا هُمۡ فِي شِقَاقٖۖ فَسَيَكۡفِيكَهُمُ ٱللَّهُۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

यदि तिनीहरू पनि तिमी जस्तै आस्था राखे भने सही मार्ग पाउनेछन् । र यदि विमुख हुन्छन् भने तिनी (तिम्रा) विरोधीहरू हुन् र तिनको दाँजोमा तिमीलाई अल्लाह नै पर्याप्त छ र ऊ सबै सुन्ने जान्नेवाला हो ।
Surah Al-Baqara, Verse 137


صِبۡغَةَ ٱللَّهِ وَمَنۡ أَحۡسَنُ مِنَ ٱللَّهِ صِبۡغَةٗۖ وَنَحۡنُ لَهُۥ عَٰبِدُونَ

अल्लाहको रङ्ग ग्रहण गर्नु र अल्लाहको रङ्गभन्दा उत्तम रङ्ग कसको हुन सक्दछ ? हामी त उसैको पूजारी हौं ।
Surah Al-Baqara, Verse 138


قُلۡ أَتُحَآجُّونَنَا فِي ٱللَّهِ وَهُوَ رَبُّنَا وَرَبُّكُمۡ وَلَنَآ أَعۡمَٰلُنَا وَلَكُمۡ أَعۡمَٰلُكُمۡ وَنَحۡنُ لَهُۥ مُخۡلِصُونَ

तपाईले भनिदिनुस्, के तिमी अल्लाहको सम्बन्धमा हामीसँग झगडा गर्दछौं, जो हाम्रो र तिम्रो पालनकर्ता हो । हामीलाई हाम्रो कर्मको र तिमीलाई तिम्रो कर्मको फल प्राप्त हुनेछ, र हामी त उसैको उपासक हौं ।
Surah Al-Baqara, Verse 139


أَمۡ تَقُولُونَ إِنَّ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطَ كَانُواْ هُودًا أَوۡ نَصَٰرَىٰۗ قُلۡ ءَأَنتُمۡ أَعۡلَمُ أَمِ ٱللَّهُۗ وَمَنۡ أَظۡلَمُ مِمَّن كَتَمَ شَهَٰدَةً عِندَهُۥ مِنَ ٱللَّهِۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ

(हे यहूदी र ईसाई !) के तिमी यो भन्दछौ कि इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र तिनका सन्तति यहूदी वा ईसाई थिए ? (हे मुहम्मद ! तिनीहरूसित) भनिदिनुस्, के तिमीहरू धेरै ज्ञानी छौं, कि अल्लाह ? अल्लाहको नजिक प्रमाण लुकाउने भन्दा बढी अन्यायी को हुन सक्दछ ? र तिमीहरू जे गरिराखेका छौ, त्यससित अल्लाह असावधान छैन ।
Surah Al-Baqara, Verse 140


تِلۡكَ أُمَّةٞ قَدۡ خَلَتۡۖ لَهَا مَا كَسَبَتۡ وَلَكُم مَّا كَسَبۡتُمۡۖ وَلَا تُسۡـَٔلُونَ عَمَّا كَانُواْ يَعۡمَلُونَ

यो उम्मत (पिढी) बितिसकेको छ, तिनीहरूले जे गरे तिनीहरूको लागि छ र जे तिमीहरूले गरेका छौ तिम्रो निम्ति छ, तिनीहरूको कामको सम्बन्धमा तिमीसित सोधपूछ हुनेछैन ।
Surah Al-Baqara, Verse 141


۞سَيَقُولُ ٱلسُّفَهَآءُ مِنَ ٱلنَّاسِ مَا وَلَّىٰهُمۡ عَن قِبۡلَتِهِمُ ٱلَّتِي كَانُواْ عَلَيۡهَاۚ قُل لِّلَّهِ ٱلۡمَشۡرِقُ وَٱلۡمَغۡرِبُۚ يَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

चाँडै मूर्खहरूले भन्नेछन् कि (मुसलमान) जुन किब्लासंग आबद्ध थिए, (अहिले) त्यसबाट उनीहरूलाई कुन कुराले विमुख गराएको छ ? तपाई भनिदिनुस् कि, पूर्व र पश्चिम सबैको स्वामी अल्लाह हो । उसले जसलाई चाहन्छ, सही बाटोमा हिंड्ने मार्गदर्शन दिन्छ ।
Surah Al-Baqara, Verse 142


وَكَذَٰلِكَ جَعَلۡنَٰكُمۡ أُمَّةٗ وَسَطٗا لِّتَكُونُواْ شُهَدَآءَ عَلَى ٱلنَّاسِ وَيَكُونَ ٱلرَّسُولُ عَلَيۡكُمۡ شَهِيدٗاۗ وَمَا جَعَلۡنَا ٱلۡقِبۡلَةَ ٱلَّتِي كُنتَ عَلَيۡهَآ إِلَّا لِنَعۡلَمَ مَن يَتَّبِعُ ٱلرَّسُولَ مِمَّن يَنقَلِبُ عَلَىٰ عَقِبَيۡهِۚ وَإِن كَانَتۡ لَكَبِيرَةً إِلَّا عَلَى ٱلَّذِينَ هَدَى ٱللَّهُۗ وَمَا كَانَ ٱللَّهُ لِيُضِيعَ إِيمَٰنَكُمۡۚ إِنَّ ٱللَّهَ بِٱلنَّاسِ لَرَءُوفٞ رَّحِيمٞ

हामीले यस्तै तिमीलाई मध्यमार्गी समुदाय बनाएका हौं जसबाट अरु मानिसहरूका साक्षी बन र (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पैगम्बर तिम्रा लागि साक्षी बनुन् र जुन किब्लामा तिमी पहिलादेखि लागेका थियौ, त्यसलाई हामीले यस कारण निर्धारित गरेका थियौं ताकि थाहा होस् कि, को (हाम्रो) पैगम्बरको सच्चा अनुयायी हो र को हो जो विचलित हुन्छ ? यो काम गाह्रो छ, तर जसलाई अल्लाहले मार्गदर्शित गरेको छ । (तिनीहरूलाई गाह्रो छैन) । र अल्लाहले तिम्रो आस्थालाई निरर्थक तुल्याउने छैन । अल्लाह त मानिसहरूसंग अत्यन्त कृपा र दयाको व्यवहार गर्नेवाला छ ।
Surah Al-Baqara, Verse 143


قَدۡ نَرَىٰ تَقَلُّبَ وَجۡهِكَ فِي ٱلسَّمَآءِۖ فَلَنُوَلِّيَنَّكَ قِبۡلَةٗ تَرۡضَىٰهَاۚ فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَحَيۡثُ مَا كُنتُمۡ فَوَلُّواْ وُجُوهَكُمۡ شَطۡرَهُۥۗ وَإِنَّ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ لَيَعۡلَمُونَ أَنَّهُ ٱلۡحَقُّ مِن رَّبِّهِمۡۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا يَعۡمَلُونَ

(हे मुहम्मद) मैले तपाईको मुख पटक–पटक आकाशतिर उठ्दै गरेको देख्दैछु । अब हामीले तपाईलाई यस किब्लातिर, ध्यानाकर्षण गराउँदैछौ जसबाट तपाई खुशी हुनु हुनेछ । तपाईले आफ्नो मुख मस्जिदे हराम (अर्थात् खानए–कअ्बा) तिर फर्काउनुस् र तपाई जहाँ भए पनि (नमाज पढ्ने बेलामा) त्यही मस्जिदतर्फ आफ्नो अनुहार फर्काउने गर्नुस् । किताब मान्नेहरूलाई यो कुरा राम्ररी थाहा छ कि अल्लाह तर्फबाट यो नै सत्य हो । र जुन काम यिनीहरू गर्दछन्, त्यसबाट अल्लाह अनभिज्ञ छैन ।
Surah Al-Baqara, Verse 144


وَلَئِنۡ أَتَيۡتَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ بِكُلِّ ءَايَةٖ مَّا تَبِعُواْ قِبۡلَتَكَۚ وَمَآ أَنتَ بِتَابِعٖ قِبۡلَتَهُمۡۚ وَمَا بَعۡضُهُم بِتَابِعٖ قِبۡلَةَ بَعۡضٖۚ وَلَئِنِ ٱتَّبَعۡتَ أَهۡوَآءَهُم مِّنۢ بَعۡدِ مَا جَآءَكَ مِنَ ٱلۡعِلۡمِ إِنَّكَ إِذٗا لَّمِنَ ٱلظَّـٰلِمِينَ

र यदि तपाईले ग्रन्थ प्रदान भएकाहरु सामु जति तर्कहरूराखे पनि तिनीहरूले (यहुदी र ईसाई) तपाईको किब्लालाई स्वीकार्ने छैनन् र नत तपाईले उनीहरूको किब्लालाई स्वीकार्ने हो र नत उनीहरू परस्परमा एक अर्काको किब्लालाई मान्ने छन् । र यदि तिमी आफ्नो छेउ ज्ञान आइसके पछि तिनीहरूको इच्छा अनुसार हिंड्छौ भने तिमी पनि अन्यायीहरूमध्येका हुनेछौ ।
Surah Al-Baqara, Verse 145


ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يَعۡرِفُونَهُۥ كَمَا يَعۡرِفُونَ أَبۡنَآءَهُمۡۖ وَإِنَّ فَرِيقٗا مِّنۡهُمۡ لَيَكۡتُمُونَ ٱلۡحَقَّ وَهُمۡ يَعۡلَمُونَ

जसलाई हामीले ग्रन्थ प्रदान गरेका छौं, तिनीहरू त्यसलाई यसरी चिन्दछन्, जस्तो कि आफ्ना सन्तानहरूलाई चिन्ने गर्दछन्, (तर) यिनीमध्ये एउटा समूहले जानी–जानी सत्य कुरालाई लुकाइराख्दछन् ।
Surah Al-Baqara, Verse 146


ٱلۡحَقُّ مِن رَّبِّكَ فَلَا تَكُونَنَّ مِنَ ٱلۡمُمۡتَرِينَ

हे पैगम्बर, (यो नयाँ किब्ला) तपाईको पलनकर्ताबाट सत्य हो, खबरदार तपाईले कहिल्यै पनि शंका गर्नेहरूमध्येको नहुनु ।
Surah Al-Baqara, Verse 147


وَلِكُلّٖ وِجۡهَةٌ هُوَ مُوَلِّيهَاۖ فَٱسۡتَبِقُواْ ٱلۡخَيۡرَٰتِۚ أَيۡنَ مَا تَكُونُواْ يَأۡتِ بِكُمُ ٱللَّهُ جَمِيعًاۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

हरेक व्यक्ति कुनै न कुनैतर्फ लागि रहेको छ, तर तिमी सत्य कर्मतर्फ अघि बढ्ने गर । तिमीहरू जहाँ भएतापनि अल्लाहले तिमीलाई ल्याउने छ । (निःसन्देह) अल्लाह हरेक कुराको लागि सर्वशक्तिमान छ ।
Surah Al-Baqara, Verse 148


وَمِنۡ حَيۡثُ خَرَجۡتَ فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۖ وَإِنَّهُۥ لَلۡحَقُّ مِن رَّبِّكَۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ

तिमी जहाँबाट निस्कदा (नमाजमा) आफ्नो अनुहार मस्जिदे हराम तिर फर्काइहाल । निःसन्देह त्यो तिम्रो पालनहारबाट सत्य हो । र, तिमीहरू जेजति गर्दछौ, अल्लाह त्यसबाट अनभिज्ञ छैन ।
Surah Al-Baqara, Verse 149


وَمِنۡ حَيۡثُ خَرَجۡتَ فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَحَيۡثُ مَا كُنتُمۡ فَوَلُّواْ وُجُوهَكُمۡ شَطۡرَهُۥ لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَيۡكُمۡ حُجَّةٌ إِلَّا ٱلَّذِينَ ظَلَمُواْ مِنۡهُمۡ فَلَا تَخۡشَوۡهُمۡ وَٱخۡشَوۡنِي وَلِأُتِمَّ نِعۡمَتِي عَلَيۡكُمۡ وَلَعَلَّكُمۡ تَهۡتَدُونَ

र, तिमीहरू जहाँबाट निस्कदा मस्जिदे हरामतिर अनुहार फर्काइहाल र (मुसलमानहरू) तिमी जुनसुकै ठाउँमा भएपनि त्यही मस्जिदतर्फ आफनो अनुहार फर्काउने गर । यस कारणले कि मानिसहरूले तिमीलाई कुनै किसिमबाट दोषारोपण गर्न नपाउन, तर उनीहरू मात्र जो अत्याचारी छन्, दोष लगाउन सक्छन् । तिमीले तिनीहरूसित नडराउनु मसित मात्र डराउनु अनि यो पनि अभिप्राय छ कि मैले तिमीलाई आफ्ना सम्पूर्ण उपकारहरू प्रदान गरुँ र यस कारण पनि कि तिमी सही बाटोमा हिँड ।
Surah Al-Baqara, Verse 150


كَمَآ أَرۡسَلۡنَا فِيكُمۡ رَسُولٗا مِّنكُمۡ يَتۡلُواْ عَلَيۡكُمۡ ءَايَٰتِنَا وَيُزَكِّيكُمۡ وَيُعَلِّمُكُمُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَيُعَلِّمُكُم مَّا لَمۡ تَكُونُواْ تَعۡلَمُونَ

जसरी हामीले तिमीहरूमध्येबाट तिमीहरूबीच एउटा रसूल पठाएका छौं, जसले तिम्रो सामु हाम्रा आयतहरू पढेर सुनाउँदछ, र तिमीलाई पवित्र बनाइराख्दछ र किताब (कुरआन) र कौशल सिकाइराखेको छ र यस्ता कुरा पनि जुन कि तिमी जान्दैनथ्यौ ।
Surah Al-Baqara, Verse 151


فَٱذۡكُرُونِيٓ أَذۡكُرۡكُمۡ وَٱشۡكُرُواْ لِي وَلَا تَكۡفُرُونِ

तसर्थ तिमीले मेरो चर्चा गर्नु, म पनि तिमीलाई याद गर्नेगर्छु र मेरो उपकारको गुणगान गर्दै गर्नु र कृतघ्न नहुनु ।
Surah Al-Baqara, Verse 152


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱسۡتَعِينُواْ بِٱلصَّبۡرِ وَٱلصَّلَوٰةِۚ إِنَّ ٱللَّهَ مَعَ ٱلصَّـٰبِرِينَ

हे आस्थावानहरू, धैर्य र नमाजसित मद्दतको आशा गर्नु । (निःसन्देह) अल्लाह धैर्यवानहरूको साथ दिन्छ ।
Surah Al-Baqara, Verse 153


وَلَا تَقُولُواْ لِمَن يُقۡتَلُ فِي سَبِيلِ ٱللَّهِ أَمۡوَٰتُۢۚ بَلۡ أَحۡيَآءٞ وَلَٰكِن لَّا تَشۡعُرُونَ

र अल्लाहको मार्गमा मारिएकाहरूलाई मृतक नभन । बरु तिनीहरू जीवितै छन् । तर तिमी बुझ्दैनौ ।
Surah Al-Baqara, Verse 154


وَلَنَبۡلُوَنَّكُم بِشَيۡءٖ مِّنَ ٱلۡخَوۡفِ وَٱلۡجُوعِ وَنَقۡصٖ مِّنَ ٱلۡأَمۡوَٰلِ وَٱلۡأَنفُسِ وَٱلثَّمَرَٰتِۗ وَبَشِّرِ ٱلصَّـٰبِرِينَ

र, हामीले कुनै न कुनै तरिकाबाट शत्रुको त्रास, भोकबाट, धन–सम्पत्ति, ज्यान र फलहरूको कमीबाट तिम्रो परीक्षा गर्नेछौं, (तसर्थ) धैर्य गर्नेहरूलाई शुभसन्देश सुनाइदिनु ।
Surah Al-Baqara, Verse 155


ٱلَّذِينَ إِذَآ أَصَٰبَتۡهُم مُّصِيبَةٞ قَالُوٓاْ إِنَّا لِلَّهِ وَإِنَّآ إِلَيۡهِ رَٰجِعُونَ

यिनीहरूलाई जब कुनै आपत–विपत्ति आउँछ त भन्दछन् कि हामी अल्लाहकै अधीनमा हौं र हामी उसैतिर फर्केर जानेवाला छौं ।
Surah Al-Baqara, Verse 156


أُوْلَـٰٓئِكَ عَلَيۡهِمۡ صَلَوَٰتٞ مِّن رَّبِّهِمۡ وَرَحۡمَةٞۖ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُهۡتَدُونَ

यिनीहरूमाथि नै उनको पालनकर्ताको कृपा र उपकारहरू छन् र यिनै सत्य बाटोमा छन् ।
Surah Al-Baqara, Verse 157


۞إِنَّ ٱلصَّفَا وَٱلۡمَرۡوَةَ مِن شَعَآئِرِ ٱللَّهِۖ فَمَنۡ حَجَّ ٱلۡبَيۡتَ أَوِ ٱعۡتَمَرَ فَلَا جُنَاحَ عَلَيۡهِ أَن يَطَّوَّفَ بِهِمَاۚ وَمَن تَطَوَّعَ خَيۡرٗا فَإِنَّ ٱللَّهَ شَاكِرٌ عَلِيمٌ

(निःसन्देह) सफा र मर्वा (पर्वत) अल्लाहका निशानीमध्येका हुन् । यसर्थ जुन मानिसले खानए–कअ्बाको हज अथवा उमरः गर्दछ उसले दुवैको परिक्रमा गर्नुमा कुनै पाप हुँदैन । र आफ्नो स्वेच्छाले जो भलो गर्दछ, त अल्लाह कदर गर्नेवाला र राम्ररी जान्नेवाला छ ।
Surah Al-Baqara, Verse 158


إِنَّ ٱلَّذِينَ يَكۡتُمُونَ مَآ أَنزَلۡنَا مِنَ ٱلۡبَيِّنَٰتِ وَٱلۡهُدَىٰ مِنۢ بَعۡدِ مَا بَيَّنَّـٰهُ لِلنَّاسِ فِي ٱلۡكِتَٰبِ أُوْلَـٰٓئِكَ يَلۡعَنُهُمُ ٱللَّهُ وَيَلۡعَنُهُمُ ٱللَّـٰعِنُونَ

जसले हामीबाट उतारेको आदेश र निर्देशनलाई लुकाउँछन्, यसको बावजूद कि हामीले तिनीहरूलाई आफ्नो किताबमा स्पष्टरूपमा वर्णन गरेका छौ, त्यसता मानिसहरूलाई अल्लाहले र समस्त धिक्कार गर्नेहरूले धिक्कार्ने गर्दछन् ।
Surah Al-Baqara, Verse 159


إِلَّا ٱلَّذِينَ تَابُواْ وَأَصۡلَحُواْ وَبَيَّنُواْ فَأُوْلَـٰٓئِكَ أَتُوبُ عَلَيۡهِمۡ وَأَنَا ٱلتَّوَّابُ ٱلرَّحِيمُ

तर ती मानिसहरू जसले पश्चाताप गर्दछन् र आफ्नो सुधार गरिहाल्छन् र (आदेशलाई) बयान गर्दछन्, त्यस्ताको क्षमायाचना मैले स्वीकार गरिदिन्छु, म अत्यन्त क्षमादाता र दयावान् छु ।
Surah Al-Baqara, Verse 160


إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَمَاتُواْ وَهُمۡ كُفَّارٌ أُوْلَـٰٓئِكَ عَلَيۡهِمۡ لَعۡنَةُ ٱللَّهِ وَٱلۡمَلَـٰٓئِكَةِ وَٱلنَّاسِ أَجۡمَعِينَ

निःसन्देह जुन काफिर आफ्नो कुफ्रको अवस्थामा मर्छ, त्यस्तामाथि अल्लाह, उसको फरिश्ताहरू र सबै मानिसको धिक्कार हुनेछ ।
Surah Al-Baqara, Verse 161


خَٰلِدِينَ فِيهَا لَا يُخَفَّفُ عَنۡهُمُ ٱلۡعَذَابُ وَلَا هُمۡ يُنظَرُونَ

(तिनीहरू) सधैं यसैमा रहनेछन् । न त उनको सजाय कम हुनेछ, नत त्यसबाट केही मोहलत पाउने छन् ।
Surah Al-Baqara, Verse 162


وَإِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞۖ لَّآ إِلَٰهَ إِلَّا هُوَ ٱلرَّحۡمَٰنُ ٱلرَّحِيمُ

तिमीहरू सबैको पूज्य मात्र एउटै अल्लाह हो। उस बाहेक कोही सत्य पजनीय छैन । ऊ अत्यन्त दयालु र असीम कृपालु छ ।
Surah Al-Baqara, Verse 163


إِنَّ فِي خَلۡقِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ وَٱلۡفُلۡكِ ٱلَّتِي تَجۡرِي فِي ٱلۡبَحۡرِ بِمَا يَنفَعُ ٱلنَّاسَ وَمَآ أَنزَلَ ٱللَّهُ مِنَ ٱلسَّمَآءِ مِن مَّآءٖ فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَا وَبَثَّ فِيهَا مِن كُلِّ دَآبَّةٖ وَتَصۡرِيفِ ٱلرِّيَٰحِ وَٱلسَّحَابِ ٱلۡمُسَخَّرِ بَيۡنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَعۡقِلُونَ

आकाशहरू र पृथ्वीको सृष्टिमा र रातदिनको प्रक्रियामा डुङ्गा जुन कि, मानिसहरूलाई फाइदा पुग्ने सरसामान बोकी समुद्रमा बगिरहेछन् र वर्षा जुन कि अल्लाहले आकाशबाट वृष्टि गर्छ र जसबाट पृथ्वीको मृत भू–भाग जीवित हुन्छ पृथ्वीमा प्रत्येक किसिमका जनावरहरू फैलाउनु, हावाको दिशा परिवर्तन गर्नु र बादलहरूमा, जुन कि आकाश र धर्तीको बीचमा घुम्छन्, समझदारका लागि यो सबै अल्लाहको कुदरत (शक्ति)का निशानीहरू हुन् ।
Surah Al-Baqara, Verse 164


وَمِنَ ٱلنَّاسِ مَن يَتَّخِذُ مِن دُونِ ٱللَّهِ أَندَادٗا يُحِبُّونَهُمۡ كَحُبِّ ٱللَّهِۖ وَٱلَّذِينَ ءَامَنُوٓاْ أَشَدُّ حُبّٗا لِّلَّهِۗ وَلَوۡ يَرَى ٱلَّذِينَ ظَلَمُوٓاْ إِذۡ يَرَوۡنَ ٱلۡعَذَابَ أَنَّ ٱلۡقُوَّةَ لِلَّهِ جَمِيعٗا وَأَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعَذَابِ

केही मानिसहरू यस्ता पनि छन्, जसले अल्लाहको शक्तिमा अरुलाई साझेदार बनाएर तिनलाई अल्लाह जस्तै मायाँ गर्दछन्, र आस्थावानहरू अल्लाहसंगको प्रेममा अत्यन्त कठोर हुन्छन् । कति राम्रो हुन्थ्यो यदि अन्यायीहरूले अल्लाहबाट हुने सजाय देखेर यो जानेको भए कि सबै प्रकारको शक्ति अल्लाहमा नै नीहित छ र यो पनि कि अल्लाह कठोर सजाय दिनेवाला छ (त कदापि कसैलाई साझेदार बनाउने थिएनन्)
Surah Al-Baqara, Verse 165


إِذۡ تَبَرَّأَ ٱلَّذِينَ ٱتُّبِعُواْ مِنَ ٱلَّذِينَ ٱتَّبَعُواْ وَرَأَوُاْ ٱلۡعَذَابَ وَتَقَطَّعَتۡ بِهِمُ ٱلۡأَسۡبَابُ

जुन दिन (नास्तिक) नाइकेहरू आफ्ना अनुयायीहरूसित विमुख हुनेछन् र (दुवैले) सजाय आफ्ना आँखाले देख्नेछन् त तिनीहरूसंगको सबै नाता, सम्बन्धहरू समाप्त हुनेछन् ।
Surah Al-Baqara, Verse 166


وَقَالَ ٱلَّذِينَ ٱتَّبَعُواْ لَوۡ أَنَّ لَنَا كَرَّةٗ فَنَتَبَرَّأَ مِنۡهُمۡ كَمَا تَبَرَّءُواْ مِنَّاۗ كَذَٰلِكَ يُرِيهِمُ ٱللَّهُ أَعۡمَٰلَهُمۡ حَسَرَٰتٍ عَلَيۡهِمۡۖ وَمَا هُم بِخَٰرِجِينَ مِنَ ٱلنَّارِ

र (यो देखेर) अनुयायीहरूले भन्नेछन् कि धेरै राम्रो हुने थियो, यदि हामी संसारमा पुनः जाने सौभाग्य पाउने भए । जसरी हामीसित यिनी विमुख भइराखेका छन् त्यस्तै हामी पनि यिनीहरूसित विमुख हुनसक्ने थियौं । यसप्रकार अल्लाहले तिनको कर्म तिनीहरूलाई उनको आकांक्षाको रूपमा देखाउने छ र तिनीहरू नर्कबाट निस्कन सक्ने छैनन् ।
Surah Al-Baqara, Verse 167


يَـٰٓأَيُّهَا ٱلنَّاسُ كُلُواْ مِمَّا فِي ٱلۡأَرۡضِ حَلَٰلٗا طَيِّبٗا وَلَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٌ

मानिसहरू ! जति कुराहरू धर्तीमा हलाल छन् ती खानु र पिउनु र शैतानको पद चिन्हहरूमा नहिंडनु । त्यो तिम्रो खुल्लम–खुल्ला शत्रु हो ।
Surah Al-Baqara, Verse 168


إِنَّمَا يَأۡمُرُكُم بِٱلسُّوٓءِ وَٱلۡفَحۡشَآءِ وَأَن تَقُولُواْ عَلَى ٱللَّهِ مَا لَا تَعۡلَمُونَ

त्यसले त तिमीलाई दुष्टता र निर्लज्जताको र अल्लाहको सम्बन्धमा यस्ता कुरा भन्न आदेश दिन्छ जुन कि तिमीलाई ज्ञान छैन ।
Surah Al-Baqara, Verse 169


وَإِذَا قِيلَ لَهُمُ ٱتَّبِعُواْ مَآ أَنزَلَ ٱللَّهُ قَالُواْ بَلۡ نَتَّبِعُ مَآ أَلۡفَيۡنَا عَلَيۡهِ ءَابَآءَنَآۚ أَوَلَوۡ كَانَ ءَابَآؤُهُمۡ لَا يَعۡقِلُونَ شَيۡـٔٗا وَلَا يَهۡتَدُونَ

र जब तिनीहरूलाई भनिन्छ कि अल्लाहले उतारेको किताबको अनुशरण गर, त उत्तर दिन्छन् कि (होइन), बरु हामीले त्यसको अनुशरण गर्छौ, जसका हाम्रा पूर्वजहरूले अनुशरण गरेका थिए, यद्यपि तिनका पूर्वजहरू महाअज्ञानी र सही बाटोमा नहिंड्ने भएतापनि तिनीहरू उनीहरूकै अनुशरण गर्नेछन्
Surah Al-Baqara, Verse 170


وَمَثَلُ ٱلَّذِينَ كَفَرُواْ كَمَثَلِ ٱلَّذِي يَنۡعِقُ بِمَا لَا يَسۡمَعُ إِلَّا دُعَآءٗ وَنِدَآءٗۚ صُمُّۢ بُكۡمٌ عُمۡيٞ فَهُمۡ لَا يَعۡقِلُونَ

अनास्थावानहरूको तुलना ती जनावरहरूसंग गर्न सकिन्छ जसले आफ्नो गोठालोको आवाज र पुकार मात्र सुन्छन् र केही पनि बुझ्दैनन् । (यिनीहरू) बहिरा, लाटा र अन्धा छन्, यिनको बुद्धि छैन ।
Surah Al-Baqara, Verse 171


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُلُواْ مِن طَيِّبَٰتِ مَا رَزَقۡنَٰكُمۡ وَٱشۡكُرُواْ لِلَّهِ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ

हे आस्थावानहरू ! जुन पवित्र कुराहरू हामीले तिमीलाई प्रदान गरेका छांै, तिनको उपभोग गर, अल्लाहले प्रदान गरेका उपहारहरूको लागि आभार पनि प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौं ।
Surah Al-Baqara, Verse 172


إِنَّمَا حَرَّمَ عَلَيۡكُمُ ٱلۡمَيۡتَةَ وَٱلدَّمَ وَلَحۡمَ ٱلۡخِنزِيرِ وَمَآ أُهِلَّ بِهِۦ لِغَيۡرِ ٱللَّهِۖ فَمَنِ ٱضۡطُرَّ غَيۡرَ بَاغٖ وَلَا عَادٖ فَلَآ إِثۡمَ عَلَيۡهِۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ

तिम्रो लागि मृतक जनावर, रगत, सुँगुरको मासु र जुन कुरामा अल्लाह बाहेक अरु कसैको नाम पुकारिन्छ, हराम (वर्जित) बनाइएको छ, तर जो मजबूर छ र अल्लाहको आदेशको सीमा उल्लंघन र आवश्यक्ता (प्राण बचाउन) को सीमा नाघ्दैन, त्यस निरुपाय व्यक्तिको लागि कुनै पाप हुँदैन । (निःसन्देह) अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।
Surah Al-Baqara, Verse 173


إِنَّ ٱلَّذِينَ يَكۡتُمُونَ مَآ أَنزَلَ ٱللَّهُ مِنَ ٱلۡكِتَٰبِ وَيَشۡتَرُونَ بِهِۦ ثَمَنٗا قَلِيلًا أُوْلَـٰٓئِكَ مَا يَأۡكُلُونَ فِي بُطُونِهِمۡ إِلَّا ٱلنَّارَ وَلَا يُكَلِّمُهُمُ ٱللَّهُ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَلَا يُزَكِّيهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ

निःसन्देह जुन मानिसहरू अल्लाहबाट उतारिएको किताबको आदेशलाई छुपाएर थोरै मूल्यमा बेच्दछन् निःसन्देह तिनले आफ्नो पेटमा आगो भरिराखेका छन् । यस्ता मानिसहरूसित अल्लाहले कियामतका दिन कुरा पनि गर्ने छैन नत उनीहरूलाई पापबाट मुक्त गर्नेछ । अपितु तिनीहरूका लागि कष्टदायक सजाय हुनेछ ।
Surah Al-Baqara, Verse 174


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلضَّلَٰلَةَ بِٱلۡهُدَىٰ وَٱلۡعَذَابَ بِٱلۡمَغۡفِرَةِۚ فَمَآ أَصۡبَرَهُمۡ عَلَى ٱلنَّارِ

यी त्यस्ता मानिसहरू हुन् जसले असल बाटोको सट्टा नराम्रो बाटो र मुक्तिको सट्टा सजाय किनेका छन् । यिनीहरूले नर्कको आगोलाई कति सहने छन् ।
Surah Al-Baqara, Verse 175


ذَٰلِكَ بِأَنَّ ٱللَّهَ نَزَّلَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّۗ وَإِنَّ ٱلَّذِينَ ٱخۡتَلَفُواْ فِي ٱلۡكِتَٰبِ لَفِي شِقَاقِۭ بَعِيدٖ

यो सजाय यसकारण हो कि अल्लाहले सच्चा किताब उतार्यो र जुन मानिसहरूले यस किताबको सम्बन्धमा विरोध गरे, ती अट्टेरिपनामा धेरै टाढा भएका छन् ।
Surah Al-Baqara, Verse 176


۞لَّيۡسَ ٱلۡبِرَّ أَن تُوَلُّواْ وُجُوهَكُمۡ قِبَلَ ٱلۡمَشۡرِقِ وَٱلۡمَغۡرِبِ وَلَٰكِنَّ ٱلۡبِرَّ مَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَٱلۡمَلَـٰٓئِكَةِ وَٱلۡكِتَٰبِ وَٱلنَّبِيِّـۧنَ وَءَاتَى ٱلۡمَالَ عَلَىٰ حُبِّهِۦ ذَوِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينَ وَٱبۡنَ ٱلسَّبِيلِ وَٱلسَّآئِلِينَ وَفِي ٱلرِّقَابِ وَأَقَامَ ٱلصَّلَوٰةَ وَءَاتَى ٱلزَّكَوٰةَ وَٱلۡمُوفُونَ بِعَهۡدِهِمۡ إِذَا عَٰهَدُواْۖ وَٱلصَّـٰبِرِينَ فِي ٱلۡبَأۡسَآءِ وَٱلضَّرَّآءِ وَحِينَ ٱلۡبَأۡسِۗ أُوْلَـٰٓئِكَ ٱلَّذِينَ صَدَقُواْۖ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُتَّقُونَ

तिमीहरू अफनो मुहार पूर्व र पश्चिमतर्फ गर्दैमा कुनै पुण्यकार्य छैन, अपितु असल धर्मी त्यो हो जसले अल्लाह, कयामत, फरिश्ताहरू, अल्लाहको किताब र पैगम्बरहरूमाथि आस्था राख्दछन्, र जसले सम्पति प्रतिको मायाको बावजूद (त्यसबाट) नातेदार, अनाथ, निःसहाय, यात्रु र भिखारीहरूलाई प्रदान गर्दछ र दासहरूलाई मुक्त गराउनमा खर्च गर्दछ, र नियमित नमाज पढद्छ र जकात दिन्छ, र दिएको वचन पुरा गर्दछ । गरीबी दुःख र युद्धको बेला धैर्य राख्दछ । यिनै सच्चा र असल मानिसहरू हुन् ।
Surah Al-Baqara, Verse 177


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُتِبَ عَلَيۡكُمُ ٱلۡقِصَاصُ فِي ٱلۡقَتۡلَىۖ ٱلۡحُرُّ بِٱلۡحُرِّ وَٱلۡعَبۡدُ بِٱلۡعَبۡدِ وَٱلۡأُنثَىٰ بِٱلۡأُنثَىٰۚ فَمَنۡ عُفِيَ لَهُۥ مِنۡ أَخِيهِ شَيۡءٞ فَٱتِّبَاعُۢ بِٱلۡمَعۡرُوفِ وَأَدَآءٌ إِلَيۡهِ بِإِحۡسَٰنٖۗ ذَٰلِكَ تَخۡفِيفٞ مِّن رَّبِّكُمۡ وَرَحۡمَةٞۗ فَمَنِ ٱعۡتَدَىٰ بَعۡدَ ذَٰلِكَ فَلَهُۥ عَذَابٌ أَلِيمٞ

हे मोमिनहरू ! तिमीलाई हत्या गरिएको मानिसको सम्बन्धमा किसास (समानताको कानून) को आदेश दिइएको छ स्वतन्त्र मानिसको बदलामा स्वतन्त्र मानिस र दासको सट्टा दास र स्त्रीको बदला स्त्री हो यदि हत्यारालाई हत्या गरिएको व्यक्तिको दाजु भाइको तर्फबाट क्षमादान गरिन्छ भने त्यस उपकारलाई स्वीकार गर्नुपर्छ । हत्या गरिएको वारिसलाई चित्त बुझ्दो तरिकाले माँग गरेमा उचित रूपमा क्षतिपूर्ति गर्नु पर्दछ । यो प्रतिपालकको तर्फबाट तिमीलाई सुविधा र कृपा हो । जसले यसपछि पनि सीमाको उल्लंघन गर्दछ, त्यसलाई कष्टदायक सजाय हुनेछ ।
Surah Al-Baqara, Verse 178


وَلَكُمۡ فِي ٱلۡقِصَاصِ حَيَوٰةٞ يَـٰٓأُوْلِي ٱلۡأَلۡبَٰبِ لَعَلَّكُمۡ تَتَّقُونَ

हे विवेकीहरू ! केसासको (आदेश) मा तिम्रो लागि जिन्दगी छ, यसलेगर्दा तिमीहरू (अनाहक हत्याबाट) सुरक्षित रहनेछौ ।
Surah Al-Baqara, Verse 179


كُتِبَ عَلَيۡكُمۡ إِذَا حَضَرَ أَحَدَكُمُ ٱلۡمَوۡتُ إِن تَرَكَ خَيۡرًا ٱلۡوَصِيَّةُ لِلۡوَٰلِدَيۡنِ وَٱلۡأَقۡرَبِينَ بِٱلۡمَعۡرُوفِۖ حَقًّا عَلَى ٱلۡمُتَّقِينَ

तिम्रो लागि यो अनिवार्य गरिएको छ कि जब तिमीहरूमध्ये कसैको मृत्युको समय नजिक होस्, र यदि उसले आफ्नो सम्पत्ति छाड्नेवाला छ भने आफ्नो आमा–बाबु र नातेदारहरूका लागि राम्रो हुने किसिमको इच्छापत्र गरेर जाओस् । उपासकहरूका लागि यो वास्तविकता प्रमाणित छ ।
Surah Al-Baqara, Verse 180


فَمَنۢ بَدَّلَهُۥ بَعۡدَ مَا سَمِعَهُۥ فَإِنَّمَآ إِثۡمُهُۥ عَلَى ٱلَّذِينَ يُبَدِّلُونَهُۥٓۚ إِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ

अब यो सुने पछि कुनै व्यक्तिले यसलाई (इच्छा पत्रलाई) बदल्छ भने त्यसको पाप त्यो बदल्ने मानिसमाथि हुन्छ । निःसन्देह अल्लाह सुन्नेवाला (र) जान्नेवाला छ ।
Surah Al-Baqara, Verse 181


فَمَنۡ خَافَ مِن مُّوصٖ جَنَفًا أَوۡ إِثۡمٗا فَأَصۡلَحَ بَيۡنَهُمۡ فَلَآ إِثۡمَ عَلَيۡهِۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

परन्तु जसले वसीयत गर्ने मानिसको पक्षपात गर्न अथवा अनुचित वसीयत (इच्छा पत्र) बाट डर आशंका गर्छ । परस्पर (हकदारहरूबीच) समझदारी गराइदिएमा उसलाई कुनै पाप लाग्दैन । अल्लाह क्षमा प्रदान गर्नेवाला दयालु छ ।
Surah Al-Baqara, Verse 182


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُتِبَ عَلَيۡكُمُ ٱلصِّيَامُ كَمَا كُتِبَ عَلَى ٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ

आस्थावानहरू हो ! (मोमिनहरू) तिमीमाथि व्रत राख्नु अनिवार्य गरिएको छ जसरी तिमीभन्दा पहिलेका मानिसहरूमाथि अनिवार्य गरिएको थियो । जसबाट कि तिमी संयमी बन्न सक ।
Surah Al-Baqara, Verse 183


أَيَّامٗا مَّعۡدُودَٰتٖۚ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوۡ عَلَىٰ سَفَرٖ فَعِدَّةٞ مِّنۡ أَيَّامٍ أُخَرَۚ وَعَلَى ٱلَّذِينَ يُطِيقُونَهُۥ فِدۡيَةٞ طَعَامُ مِسۡكِينٖۖ فَمَن تَطَوَّعَ خَيۡرٗا فَهُوَ خَيۡرٞ لَّهُۥۚ وَأَن تَصُومُواْ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ

(व्रतको समय) गणनाका केही दिनहरू हुन्, तर तिमीहरूमध्ये जुन मानिस विरामी छ अथवा यात्रामा छ, तब उसले अन्य दिनहरूमा व्रतको दिनको संख्या पूरा गरोस्, र सामर्थवानले (अति वृद्ध वा निको नहुने रोगको कारण ब्रत बस्ने क्षमता राख्दैन भने) तिनीहरूले व्रतको सट्टा एउटा गरिबलाई खाना खुवाउनु । यदि कुनै मानिस आफ्नो इच्छा अनुसार अझ बढी गर्दछ त त्यसको निम्ति झन् राम्रो हुनेछ । तर तिम्रो लागि व्रत बस्नु नै उत्तम काम हो यदि तिमी ज्ञानी छौ ।
Surah Al-Baqara, Verse 184


شَهۡرُ رَمَضَانَ ٱلَّذِيٓ أُنزِلَ فِيهِ ٱلۡقُرۡءَانُ هُدٗى لِّلنَّاسِ وَبَيِّنَٰتٖ مِّنَ ٱلۡهُدَىٰ وَٱلۡفُرۡقَانِۚ فَمَن شَهِدَ مِنكُمُ ٱلشَّهۡرَ فَلۡيَصُمۡهُۖ وَمَن كَانَ مَرِيضًا أَوۡ عَلَىٰ سَفَرٖ فَعِدَّةٞ مِّنۡ أَيَّامٍ أُخَرَۗ يُرِيدُ ٱللَّهُ بِكُمُ ٱلۡيُسۡرَ وَلَا يُرِيدُ بِكُمُ ٱلۡعُسۡرَ وَلِتُكۡمِلُواْ ٱلۡعِدَّةَ وَلِتُكَبِّرُواْ ٱللَّهَ عَلَىٰ مَا هَدَىٰكُمۡ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ

रमाजानको महिना त्यो हो जुन महिनामा कुरआन उतारियो, जो मानिसहरूको लागि पथप्रदर्शक हो र जसमा मार्गदर्शन र सत्य र असत्यलाई छुट्टयाउने निशानीहरू छन् । तिमीहरूमध्ये जसले पनि यो महिना पाओस् त्यसले पूरा महिनाको व्रत बसोस् हो, जो बिरामी छ अथवा यात्रामा छ ऊ अन्य दिनहरूमा (व्रत बसी) त्यसको गणना पूरा गरोस् । अल्लाह तिम्रो निम्ति सुविधा चाहन्छ कठोरता चाहदैन । उसले चाहन्छ कि तिमीले गिन्ती (रोजाको) पूरा गर र अल्लाहले मार्गदर्शन गरेवापत उसको प्रशंसा वर्णन गर, ताकि उसप्रति कृतज्ञ बन्न सक ।
Surah Al-Baqara, Verse 185


وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌۖ أُجِيبُ دَعۡوَةَ ٱلدَّاعِ إِذَا دَعَانِۖ فَلۡيَسۡتَجِيبُواْ لِي وَلۡيُؤۡمِنُواْ بِي لَعَلَّهُمۡ يَرۡشُدُونَ

(हे पैगम्बर !) जब तपाईसित मेरा भक्तहरूले मेरो बारेमा प्रश्न गरुन, तपाई तब भनिदिनुस् कि म (अल्लाह) तिम्रो धेरै नजिक छु मलाई पुकार्ने प्रत्येक व्यक्ति जहिले पुकार्दछ म स्वीकार गर्दछु । तसर्थ तिनीहरूलाई पनि यो आवश्यक छ कि मेरो आदेशलाई मानुन् र ममाथि आस्था राखुन् ताकि सत्य बाटो पाउन सकुन् ।
Surah Al-Baqara, Verse 186


أُحِلَّ لَكُمۡ لَيۡلَةَ ٱلصِّيَامِ ٱلرَّفَثُ إِلَىٰ نِسَآئِكُمۡۚ هُنَّ لِبَاسٞ لَّكُمۡ وَأَنتُمۡ لِبَاسٞ لَّهُنَّۗ عَلِمَ ٱللَّهُ أَنَّكُمۡ كُنتُمۡ تَخۡتَانُونَ أَنفُسَكُمۡ فَتَابَ عَلَيۡكُمۡ وَعَفَا عَنكُمۡۖ فَٱلۡـَٰٔنَ بَٰشِرُوهُنَّ وَٱبۡتَغُواْ مَا كَتَبَ ٱللَّهُ لَكُمۡۚ وَكُلُواْ وَٱشۡرَبُواْ حَتَّىٰ يَتَبَيَّنَ لَكُمُ ٱلۡخَيۡطُ ٱلۡأَبۡيَضُ مِنَ ٱلۡخَيۡطِ ٱلۡأَسۡوَدِ مِنَ ٱلۡفَجۡرِۖ ثُمَّ أَتِمُّواْ ٱلصِّيَامَ إِلَى ٱلَّيۡلِۚ وَلَا تُبَٰشِرُوهُنَّ وَأَنتُمۡ عَٰكِفُونَ فِي ٱلۡمَسَٰجِدِۗ تِلۡكَ حُدُودُ ٱللَّهِ فَلَا تَقۡرَبُوهَاۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ ءَايَٰتِهِۦ لِلنَّاسِ لَعَلَّهُمۡ يَتَّقُونَ

रोजाको (व्रतको) रात्रीमा तिमीलाई आफ्नो स्वास्नीसित सहवासको अनुमति दिइएको छ । तिनीहरू तिम्रा वस्त्र हुन् र तिमीहरू उनका वस्त्र हौ । अल्लाहलाई त्यस कुराको जानकारी छ जुन कि तिमीहरूले गोप्य रूपले गर्दथ्यौ । (तसर्थ) उसले तिमीमाथि कृपा गरी तिम्रो क्षमायाचना स्वीकार गरी तिम्रो क्रियाकलापहरूलाई क्षमा गरिदियो अब तिमीलाई सहवासगर्ने र अल्लाहले जे निर्धारित गरेको छ त्यस चीजको खोजी गर्ने इजाजत छ । तिमीले तबसम्म खान पीन गर जबसम्म कि प्रातःको सेतो धर्को (रातीको) कालो धर्कोबाट स्पष्ट भई नजाओस् । (फेरि व्रतबसी) साँझसम्म रोजा पूरा गर र जब तिमी मस्जिदहरूमा एतिकाफ (एकान्तमा उपासना) को लागि बसेका हुन्छौ, तब आफ्नो स्त्रीसित सहवास नगर । यी अल्लाहबाट निर्धारित गरिएका सीमा हुन्, तिनीहरू छेउ पनि नजानु । यस्तै किसिमले अल्लाह आफ्ना श्लोकहरू मानिसहरूलाई स्पष्टरूपमा वर्णन गर्दछ, ताकि तिनीहरू आत्मसंयमी बनुन् ।
Surah Al-Baqara, Verse 187


وَلَا تَأۡكُلُوٓاْ أَمۡوَٰلَكُم بَيۡنَكُم بِٱلۡبَٰطِلِ وَتُدۡلُواْ بِهَآ إِلَى ٱلۡحُكَّامِ لِتَأۡكُلُواْ فَرِيقٗا مِّنۡ أَمۡوَٰلِ ٱلنَّاسِ بِٱلۡإِثۡمِ وَأَنتُمۡ تَعۡلَمُونَ

र, एक अर्काको सम्पत्ति अनुचित रूपमा उपभोग नगर, न त हाकिमहरूलाई घूस दिएर कसैको केही सम्पत्ति अन्यायपूर्वक आफ्नो बनाउनु जबकि तिमीलाई थाहा छँदैछ ।
Surah Al-Baqara, Verse 188


۞يَسۡـَٔلُونَكَ عَنِ ٱلۡأَهِلَّةِۖ قُلۡ هِيَ مَوَٰقِيتُ لِلنَّاسِ وَٱلۡحَجِّۗ وَلَيۡسَ ٱلۡبِرُّ بِأَن تَأۡتُواْ ٱلۡبُيُوتَ مِن ظُهُورِهَا وَلَٰكِنَّ ٱلۡبِرَّ مَنِ ٱتَّقَىٰۗ وَأۡتُواْ ٱلۡبُيُوتَ مِنۡ أَبۡوَٰبِهَاۚ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُفۡلِحُونَ

(हे मुहम्मद !) मानिसहरूले तपाईसँग चन्द्रको (घट–बढ) बारेमा सोध्छन्, भनिदिनु कि यो मानिसहरूको (पूजा) समय र हजको समय पत्ता लगाउने माध्यम हो । र नेकी यो होइन कि तिमी घरहरूको पछाडिबाट प्रवेश गर्नेगर, बरु नेकीवाला त्यो हो जो आत्मसंयमी हुन्छ, र घरहरूमा तिमी मूल ढोकाहरूबाट प्रवेश गर्नेगर र अल्लाहसँग डर मान्ने गर ताकि तिमी सफल हुन सक ।
Surah Al-Baqara, Verse 189


وَقَٰتِلُواْ فِي سَبِيلِ ٱللَّهِ ٱلَّذِينَ يُقَٰتِلُونَكُمۡ وَلَا تَعۡتَدُوٓاْۚ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡمُعۡتَدِينَ

तिमीहरूमध्ये जो मानिसहरू तिमीसँग लडाई गर्न खोज्छन्, तिनीहरूसँग तिमी पनि अल्लाहको मार्गमा संघर्ष गर, तर सीमा ननाँघ्नु, किन भने सीमा अतिक्रमण गर्नेहरू अल्लाहलाई रुचाउँदैनन् ।
Surah Al-Baqara, Verse 190


وَٱقۡتُلُوهُمۡ حَيۡثُ ثَقِفۡتُمُوهُمۡ وَأَخۡرِجُوهُم مِّنۡ حَيۡثُ أَخۡرَجُوكُمۡۚ وَٱلۡفِتۡنَةُ أَشَدُّ مِنَ ٱلۡقَتۡلِۚ وَلَا تُقَٰتِلُوهُمۡ عِندَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ حَتَّىٰ يُقَٰتِلُوكُمۡ فِيهِۖ فَإِن قَٰتَلُوكُمۡ فَٱقۡتُلُوهُمۡۗ كَذَٰلِكَ جَزَآءُ ٱلۡكَٰفِرِينَ

तिनीहरू जहाँ फेला पर्छन् त्यहीं मार र जहाँबाट तिनीहरूले तिमीहरूलाई निष्कासित गरेका छन् । त्यहाँबाट तिमीहरूले पनि तिनीहरूलाई निकाली हाल (र सुन) दंगा मच्चाउनु, रक्तपातभन्दा पनि गम्भीर हुन्छ र जबसम्म तिनीहरूले तिमीहरूसित मस्जिदे हराम (खानए कअ्बा) को नजिकमा आई संघर्ष गर्दैनन् तबसम्म तिमीहरूले पनि त्यहाँ तिनीहरूसँग संघर्ष नगर, तर हो ! यदि तिनीहरूले तिमीहरूसित युद्ध गर्दछन् तब तिमीहरूले पनि तिनीहरूसंग युद्ध गर । अनास्थावानहरूका लागि बदला यही हो ।
Surah Al-Baqara, Verse 191


فَإِنِ ٱنتَهَوۡاْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

परन्तु यदि (युद्धबाट) तिनीहरू स्वयम् रोकिन्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला दयावान् छ ।
Surah Al-Baqara, Verse 192


وَقَٰتِلُوهُمۡ حَتَّىٰ لَا تَكُونَ فِتۡنَةٞ وَيَكُونَ ٱلدِّينُ لِلَّهِۖ فَإِنِ ٱنتَهَوۡاْ فَلَا عُدۡوَٰنَ إِلَّا عَلَى ٱلظَّـٰلِمِينَ

तिनीहरूसँग त्यस बेलासम्म संघर्ष गर्दै गर्नु जबसम्म कि उपद्रव समाप्त हुँदैन । र धर्म अल्लाहको निम्ति (प्रतिष्ठित) नभई जाओस् । र यदि तिनीहरू संघर्षको परित्याग गर्दछन् (भने तिमी पनि परित्याग गरिहाल), किनकि अत्याचारी बाहेक अरु कसैमाथि अत्याचार गर्नु हुँदैन ।
Surah Al-Baqara, Verse 193


ٱلشَّهۡرُ ٱلۡحَرَامُ بِٱلشَّهۡرِ ٱلۡحَرَامِ وَٱلۡحُرُمَٰتُ قِصَاصٞۚ فَمَنِ ٱعۡتَدَىٰ عَلَيۡكُمۡ فَٱعۡتَدُواْ عَلَيۡهِ بِمِثۡلِ مَا ٱعۡتَدَىٰ عَلَيۡكُمۡۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ مَعَ ٱلۡمُتَّقِينَ

सम्मानको (हरामको) महीना सम्मानित महीनाको साटो छ र सम्मानका कुराहरू एक अर्काको बदला सरह हुन् तसर्थ यदि कसैले तिमीमाथि अतिक्रमण गर्छ भने जुन किसिमको अतिक्रमण त्यसले गर्दछ, त्यस्तै तिमीले त्यसमाथि गर र अल्लाहसित डर, यादराख कि अल्लाह डर मान्नेहरूको साथमा छ ।
Surah Al-Baqara, Verse 194


وَأَنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ وَلَا تُلۡقُواْ بِأَيۡدِيكُمۡ إِلَى ٱلتَّهۡلُكَةِ وَأَحۡسِنُوٓاْۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُحۡسِنِينَ

अल्लाहको मार्गमा खर्च गर र आफैले आफूलाई विनाशमा नपार र सत्कर्म गर निःसन्देह अल्लाह भलाई गर्नेहरूलाई माया गर्दछ ।
Surah Al-Baqara, Verse 195


وَأَتِمُّواْ ٱلۡحَجَّ وَٱلۡعُمۡرَةَ لِلَّهِۚ فَإِنۡ أُحۡصِرۡتُمۡ فَمَا ٱسۡتَيۡسَرَ مِنَ ٱلۡهَدۡيِۖ وَلَا تَحۡلِقُواْ رُءُوسَكُمۡ حَتَّىٰ يَبۡلُغَ ٱلۡهَدۡيُ مَحِلَّهُۥۚ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوۡ بِهِۦٓ أَذٗى مِّن رَّأۡسِهِۦ فَفِدۡيَةٞ مِّن صِيَامٍ أَوۡ صَدَقَةٍ أَوۡ نُسُكٖۚ فَإِذَآ أَمِنتُمۡ فَمَن تَمَتَّعَ بِٱلۡعُمۡرَةِ إِلَى ٱلۡحَجِّ فَمَا ٱسۡتَيۡسَرَ مِنَ ٱلۡهَدۡيِۚ فَمَن لَّمۡ يَجِدۡ فَصِيَامُ ثَلَٰثَةِ أَيَّامٖ فِي ٱلۡحَجِّ وَسَبۡعَةٍ إِذَا رَجَعۡتُمۡۗ تِلۡكَ عَشَرَةٞ كَامِلَةٞۗ ذَٰلِكَ لِمَن لَّمۡ يَكُنۡ أَهۡلُهُۥ حَاضِرِي ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ

अल्लाहको लागि हज र उमरा सम्पन्न गर, हो, यदि तिमीहरूलाई रोकिहालोस् तब जस्तो किसिमको बलि गर्न सक्छौ, गरिहाल । जबसम्म बलि आफ्नो ठाउँमा पुग्दैन, तबसम्म आफ्नो कपाल नफाल तर यदि तिमीहरूमध्ये कोही बिरामी छ, अथवा त्यसको टाउकोमा कुनै प्रकारको व्यथा छ, (र मुन्डन गराइदिन्छ) त त्यसको बदलामा व्रत बसोस् वा दान गरोस् वा कुर्बानी (बलि) गरोस् । फेरि जब तिमी अमनको अवस्थामा रहँदा (तिमीहरूमध्ये) जसले उमराको बेलादेखि हजसम्म लाभान्वित हुन चाहन्छ उसमा क्षमता छ भने कुर्बानी गरोस् र जसलाई कुर्बानी गर्ने क्षमता छैन उसले तीन दिनको उपवास हजका दिनहरूमा पूरा गरोस् र सात दिनको रोजा आफ्नो घर फर्केपछि । यी पूरा दश दिन भए । यो आदेश ती मानिसका लागि हो जो मक्काका बासिन्दा होइनन् । अल्लाहसँग डर्ने गर, र यादराख कि, अल्लाह कठोर सजाय दिनेवाला छ ।
Surah Al-Baqara, Verse 196


ٱلۡحَجُّ أَشۡهُرٞ مَّعۡلُومَٰتٞۚ فَمَن فَرَضَ فِيهِنَّ ٱلۡحَجَّ فَلَا رَفَثَ وَلَا فُسُوقَ وَلَا جِدَالَ فِي ٱلۡحَجِّۗ وَمَا تَفۡعَلُواْ مِنۡ خَيۡرٖ يَعۡلَمۡهُ ٱللَّهُۗ وَتَزَوَّدُواْ فَإِنَّ خَيۡرَ ٱلزَّادِ ٱلتَّقۡوَىٰۖ وَٱتَّقُونِ يَـٰٓأُوْلِي ٱلۡأَلۡبَٰبِ

हजका महीनाहरू निर्धारित छन् । तसर्थ यदि कुनै मानिसले यी महिनाहरूमा हजको नीयत गरिसकेको छ, भने उसले (हजका दिनहरूमा) स्वास्नीहरूसँग सहवास नगरोस् र न कुनै नराम्रो काम गरोस् र न कुनै मानिससँग झगडा गरोस् । र तिमीले जुन नेक काम गर्नेछौं, त्यो अल्लाहलाई थाहा हुनेछ । र आफ्नो साथमा यात्राको खर्च लिई हिंड । किनभने सबभन्दा राम्रो बाटो खर्च त अल्लाहको डर हो, हे बुद्धिमानहरू ! मसँग डर्ने गर ।
Surah Al-Baqara, Verse 197


لَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَبۡتَغُواْ فَضۡلٗا مِّن رَّبِّكُمۡۚ فَإِذَآ أَفَضۡتُم مِّنۡ عَرَفَٰتٖ فَٱذۡكُرُواْ ٱللَّهَ عِندَ ٱلۡمَشۡعَرِ ٱلۡحَرَامِۖ وَٱذۡكُرُوهُ كَمَا هَدَىٰكُمۡ وَإِن كُنتُم مِّن قَبۡلِهِۦ لَمِنَ ٱلضَّآلِّينَ

तिमीमाथि (हजका दिनहरूमा व्यापारको माध्यमबाट) आफ्नो जीविका प्राप्त गर्नुमा केही पाप छैन । जब तिमीहरू अरफातबाट फर्कन्छौ, तब ‘‘मश्अरुल हराममा’’ (मुजदलेफामा) अल्लाहलाई स्मरण गर, र उसको स्मरण त्यसरी गर जसरी उसले तिमीहरूलाई आदेश गरेको छ यद्यपि यसभन्दा अगाडि तिमीहरू बाटो विराएका थियौ ।
Surah Al-Baqara, Verse 198


ثُمَّ أَفِيضُواْ مِنۡ حَيۡثُ أَفَاضَ ٱلنَّاسُ وَٱسۡتَغۡفِرُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

फेरि जहाँबाट अरु मानिसहरू फिर्ता हुन्छन्, तिमी पनि फर्क र अल्लाहबाट क्षमाको विन्ती गर्दैगर, निःसन्देह अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।
Surah Al-Baqara, Verse 199


فَإِذَا قَضَيۡتُم مَّنَٰسِكَكُمۡ فَٱذۡكُرُواْ ٱللَّهَ كَذِكۡرِكُمۡ ءَابَآءَكُمۡ أَوۡ أَشَدَّ ذِكۡرٗاۗ فَمِنَ ٱلنَّاسِ مَن يَقُولُ رَبَّنَآ ءَاتِنَا فِي ٱلدُّنۡيَا وَمَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِنۡ خَلَٰقٖ

फेरि जब हजका सबै आधारहरू (कार्यहरू) पूरा गरिसकेका हुन्छौ, तब (मेनामा) अल्लाहलाई स्मरण गर, जुन किसिमले तिमीहरू आफ्ना पुर्खाहरूलाई स्मरण गर्ने गर्दथ्यौ, बरु त्योभन्दा पनि बढी । केही मानिसहरू यस्ता छन् जो कि विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई यस संसारमा (उत्तम कुराहरू) प्रदान गर, र यस्ता मानिसहरूको लागि आखिरतमा कुनै अंश हुँदैनयौ ।
Surah Al-Baqara, Verse 200


وَمِنۡهُم مَّن يَقُولُ رَبَّنَآ ءَاتِنَا فِي ٱلدُّنۡيَا حَسَنَةٗ وَفِي ٱلۡأٓخِرَةِ حَسَنَةٗ وَقِنَا عَذَابَ ٱلنَّارِ

र उनीहरूमध्य केही यस्ता छन् जो कि प्रार्थना गर्दछन् कि हे पालनकर्ता ! हामीलाई संसारमा पनि नेकी प्रदान गर, र आखिरतमा पनि पुण्य प्रदान गर र नर्कको कष्टबाट रक्षा गर्नु ।
Surah Al-Baqara, Verse 201


أُوْلَـٰٓئِكَ لَهُمۡ نَصِيبٞ مِّمَّا كَسَبُواْۚ وَٱللَّهُ سَرِيعُ ٱلۡحِسَابِ

यिनै ती मानिसहरू हुन् जसका लागि तिनीहरूको कर्मको (राम्रो) अंश छ र अल्लाहले छिट्टै त्यसको हिसाब लिनेवाला छ ।
Surah Al-Baqara, Verse 202


۞وَٱذۡكُرُواْ ٱللَّهَ فِيٓ أَيَّامٖ مَّعۡدُودَٰتٖۚ فَمَن تَعَجَّلَ فِي يَوۡمَيۡنِ فَلَآ إِثۡمَ عَلَيۡهِ وَمَن تَأَخَّرَ فَلَآ إِثۡمَ عَلَيۡهِۖ لِمَنِ ٱتَّقَىٰۗ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّكُمۡ إِلَيۡهِ تُحۡشَرُونَ

र अल्लाहको स्मरण गर, गणनाका दिनहरूमा (तीन दिन) । यदि कसैले छिटो गर्दछ (र) दुई (एघार, बाह्र) दिनमै हिंडिहाल्छ भने त्यसलाई कुनै गुनाह (पाप) छैन । र जो पछि (तेह्र तारिखसम्म) बसिरहन्छन्, तिनीमाथि पनि कुनै गुनाह छैन, यी त्यो मानिसको लागि हुन् जो परहेजगार होस् । अल्लाहसित डर्दै गर, र जानिराख तिमीहरू उसैछेउ जम्मा गरिने छौ ।
Surah Al-Baqara, Verse 203


وَمِنَ ٱلنَّاسِ مَن يُعۡجِبُكَ قَوۡلُهُۥ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَيُشۡهِدُ ٱللَّهَ عَلَىٰ مَا فِي قَلۡبِهِۦ وَهُوَ أَلَدُّ ٱلۡخِصَامِ

केही मानिस त यस्ता पनि छन् जसका कुरा सांसारिक जीवनको बारेमा तिमीलाई आकर्षक लाग्छ र उसले आफ्नो अन्तरात्माको कुरामाथि अल्लाहलाई साक्षी बनाउँछ, तर त्यो अत्यन्त झगडालु छ ।
Surah Al-Baqara, Verse 204


وَإِذَا تَوَلَّىٰ سَعَىٰ فِي ٱلۡأَرۡضِ لِيُفۡسِدَ فِيهَا وَيُهۡلِكَ ٱلۡحَرۡثَ وَٱلنَّسۡلَۚ وَٱللَّهُ لَا يُحِبُّ ٱلۡفَسَادَ

ऊ फर्केर जान्छ, तब धरतीमा उपद्रव गर्ने तथा खेतीलाई र नस्लको विनाशको प्रयासमा लागिरहन्छ । र अल्लाहलाई उपद्रव रुचाउँदैन ।
Surah Al-Baqara, Verse 205


وَإِذَا قِيلَ لَهُ ٱتَّقِ ٱللَّهَ أَخَذَتۡهُ ٱلۡعِزَّةُ بِٱلۡإِثۡمِۚ فَحَسۡبُهُۥ جَهَنَّمُۖ وَلَبِئۡسَ ٱلۡمِهَادُ

जब उसलाई भनिन्छ, कि अल्लाहसित डर, तब अहंकारले उसलाई गुनाह गर्न प्रेरित गरिदिन्छ । यस्ताका लागि नर्क नै छ र त्यो साह्रै नराम्रो ठाउँ हो ।
Surah Al-Baqara, Verse 206


وَمِنَ ٱلنَّاسِ مَن يَشۡرِي نَفۡسَهُ ٱبۡتِغَآءَ مَرۡضَاتِ ٱللَّهِۚ وَٱللَّهُ رَءُوفُۢ بِٱلۡعِبَادِ

केही मानिस यस्ता पनि छन् कि अल्लाहको प्रसन्नता प्राप्त गर्नका लागि आफ्नो ज्यान सम्म बेचिदिन्छन् । र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयावान् छ ।
Surah Al-Baqara, Verse 207


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱدۡخُلُواْ فِي ٱلسِّلۡمِ كَآفَّةٗ وَلَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٞ

मोमिनहरू ! इस्लाममा पूर्णरूपले प्रवेश गरिहाल र शैतानको पाइलाहरूको पछि–पछि नहिंड, ऊ तिम्रो प्रत्यक्ष शत्रु हो ।
Surah Al-Baqara, Verse 208


فَإِن زَلَلۡتُم مِّنۢ بَعۡدِ مَا جَآءَتۡكُمُ ٱلۡبَيِّنَٰتُ فَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٌ

(तसर्थ) यदि तिमी स्पष्ट तर्कहरू आइसकेपछि पनि विचलित हुन्छौं त यादराख कि अल्लाह सर्वशक्तिमान र सर्वज्ञानी छ ।
Surah Al-Baqara, Verse 209


هَلۡ يَنظُرُونَ إِلَّآ أَن يَأۡتِيَهُمُ ٱللَّهُ فِي ظُلَلٖ مِّنَ ٱلۡغَمَامِ وَٱلۡمَلَـٰٓئِكَةُ وَقُضِيَ ٱلۡأَمۡرُۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ

के मानिसहरूलाई यस कुराको प्रतिक्षा छ कि तिनीहरू समक्ष अल्लाह आफैं बादलका छानाहरू चिरेर उतरी हालोस् र फरिश्ताहरू पनि र काम पूरा गरिहालियोस् ? र, सबै कामहरू अल्लाहकहाँ नै फर्कनेछन् ।
Surah Al-Baqara, Verse 210


سَلۡ بَنِيٓ إِسۡرَـٰٓءِيلَ كَمۡ ءَاتَيۡنَٰهُم مِّنۡ ءَايَةِۭ بَيِّنَةٖۗ وَمَن يُبَدِّلۡ نِعۡمَةَ ٱللَّهِ مِنۢ بَعۡدِ مَا جَآءَتۡهُ فَإِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ

(हे मुहम्मद !) इस्राईलका सन्ततिसित सोध कि हामीले तिनीहरूलाई कति स्पष्ट निशानीहरू प्रदान गर्यौं । र जुन मानिस अल्लाहको उपहार आफ्नो छेउ आईपुगेपछि परिवर्तित गर्दछ, (तब जानी राखोस्) कि अल्लाह कठोर सजाय दिनेछ ।
Surah Al-Baqara, Verse 211


زُيِّنَ لِلَّذِينَ كَفَرُواْ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا وَيَسۡخَرُونَ مِنَ ٱلَّذِينَ ءَامَنُواْۘ وَٱلَّذِينَ ٱتَّقَوۡاْ فَوۡقَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ وَٱللَّهُ يَرۡزُقُ مَن يَشَآءُ بِغَيۡرِ حِسَابٖ

अनास्थावानहरूको निम्ति सांसारिक जीवन अत्यन्त आकर्षण पूर्ण गरिएको छ, तिनीहरूले मोमिनहरूको उपहास गर्छन्, जबकि परहेजगारहरू कियामतका दिन तिनीहरूभन्दा श्रेष्ठ हुनेछन् । अल्लाह जसलाई चाहन्छ धेरै मात्रामा जीविका प्रदान गर्दछ ।
Surah Al-Baqara, Verse 212


كَانَ ٱلنَّاسُ أُمَّةٗ وَٰحِدَةٗ فَبَعَثَ ٱللَّهُ ٱلنَّبِيِّـۧنَ مُبَشِّرِينَ وَمُنذِرِينَ وَأَنزَلَ مَعَهُمُ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ لِيَحۡكُمَ بَيۡنَ ٱلنَّاسِ فِيمَا ٱخۡتَلَفُواْ فِيهِۚ وَمَا ٱخۡتَلَفَ فِيهِ إِلَّا ٱلَّذِينَ أُوتُوهُ مِنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ بَغۡيَۢا بَيۡنَهُمۡۖ فَهَدَى ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ لِمَا ٱخۡتَلَفُواْ فِيهِ مِنَ ٱلۡحَقِّ بِإِذۡنِهِۦۗ وَٱللَّهُ يَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٍ

(सबै) मानिसहरू एउटै सम्प्रदायका थिए । अल्लाहले शुभसन्देश दिन र भय सुनाउन सन्देशवाहकहरू पठायो, र तिनीहरूमाथि सच्चा ग्रन्थहरू उतार्यो जसबाट मानिसहरूबीचका सबै विवादहरूको निर्णय हुन सकोस् ! र, यसमा विवाद पनि आपसी शत्रुता र डाहको कारणले तिनै मानिसहरूले खडा गरे जसलाई किताब प्रदान गरिएको थियो, तिनीहरूसम्म स्पष्ट तर्कहरू आइसके पछि पनि विवाद उठाए । यसको लागि अल्लाहले आफ्नो इच्छा अनुसार त्यस विवादमा पनि मोमिनहरूलाई सत्यमार्गतर्फ मार्गदर्शन गर्यो र अल्लाह जसलाई चाहन्छ सोझो बाटो देखाइदिन्छ ।
Surah Al-Baqara, Verse 213


أَمۡ حَسِبۡتُمۡ أَن تَدۡخُلُواْ ٱلۡجَنَّةَ وَلَمَّا يَأۡتِكُم مَّثَلُ ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلِكُمۖ مَّسَّتۡهُمُ ٱلۡبَأۡسَآءُ وَٱلضَّرَّآءُ وَزُلۡزِلُواْ حَتَّىٰ يَقُولَ ٱلرَّسُولُ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ مَتَىٰ نَصۡرُ ٱللَّهِۗ أَلَآ إِنَّ نَصۡرَ ٱللَّهِ قَرِيبٞ

के तिमी यस भ्रममा छौ कि स्वर्गमा पुगिहाल्छौ, जबकि तिमीलाई अहिलेसम्म पहिलेका मानिसहरूको जस्तो अवस्था आएकै छैन । तिनीहरूलाई (ठूला) कठिनाई र दुःख भोग्ने भयले कंपाइयो र तिनीहरूलाई यतिसम्म सताइयो कि रसूल र उहाँका साथीहरूले भन्न थाले कि अल्लाहको मद्दत कहिले आउँला । हेर ! अल्लाहको सहायता एकदम नजिक छ ।
Surah Al-Baqara, Verse 214


يَسۡـَٔلُونَكَ مَاذَا يُنفِقُونَۖ قُلۡ مَآ أَنفَقۡتُم مِّنۡ خَيۡرٖ فَلِلۡوَٰلِدَيۡنِ وَٱلۡأَقۡرَبِينَ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱبۡنِ ٱلسَّبِيلِۗ وَمَا تَفۡعَلُواْ مِنۡ خَيۡرٖ فَإِنَّ ٱللَّهَ بِهِۦ عَلِيمٞ

तपाईसंग सोध्छन् कि कुन किसिमको सम्पत्ति खर्च गरुन् । तपाई भनिदिनुस् कि जुन धन तिमी खर्च गर्नेछौं त्यो आमा–बाबु, नजिकका नातेदार, अनाथ, गरिब र मुसाफिरहरूको लागि छ । र जुन उपकार तिमीले गर्नेछौ, निःसन्देह त्यो अल्लाहलाई थाहा छ ।
Surah Al-Baqara, Verse 215


كُتِبَ عَلَيۡكُمُ ٱلۡقِتَالُ وَهُوَ كُرۡهٞ لَّكُمۡۖ وَعَسَىٰٓ أَن تَكۡرَهُواْ شَيۡـٔٗا وَهُوَ خَيۡرٞ لَّكُمۡۖ وَعَسَىٰٓ أَن تُحِبُّواْ شَيۡـٔٗا وَهُوَ شَرّٞ لَّكُمۡۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ

तिमीहरूमाथि धर्मयुद्ध गर्नु अनिवार्य गरिएको छ, त्यो तिमीलाई कठिन लाग्न सक्छ । सम्भव छ तिमीलाई कुनै कुरा नराम्रो लागोस् तर वास्तवमा तिम्रो लागि त्यो हितकर हुनेछ, र यो पनि सम्भव छ कि तिमीले कुनै कुरालाई राम्रो सम्झ तर तिम्रो निम्ति त्यो हानिकारक हुनेछ । (यी कुराहरूको) वास्तविकताको जानकारी अल्लाहलाई छ तिमीहरू बुझ्दैनौ ।
Surah Al-Baqara, Verse 216


يَسۡـَٔلُونَكَ عَنِ ٱلشَّهۡرِ ٱلۡحَرَامِ قِتَالٖ فِيهِۖ قُلۡ قِتَالٞ فِيهِ كَبِيرٞۚ وَصَدٌّ عَن سَبِيلِ ٱللَّهِ وَكُفۡرُۢ بِهِۦ وَٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ وَإِخۡرَاجُ أَهۡلِهِۦ مِنۡهُ أَكۡبَرُ عِندَ ٱللَّهِۚ وَٱلۡفِتۡنَةُ أَكۡبَرُ مِنَ ٱلۡقَتۡلِۗ وَلَا يَزَالُونَ يُقَٰتِلُونَكُمۡ حَتَّىٰ يَرُدُّوكُمۡ عَن دِينِكُمۡ إِنِ ٱسۡتَطَٰعُواْۚ وَمَن يَرۡتَدِدۡ مِنكُمۡ عَن دِينِهِۦ فَيَمُتۡ وَهُوَ كَافِرٞ فَأُوْلَـٰٓئِكَ حَبِطَتۡ أَعۡمَٰلُهُمۡ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۖ وَأُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

मानिसहरू तपाईसित युद्ध निषेधित महीनाहरूमा युद्धको सम्बन्धमा सोध्छन् । तपाई भनिदिनुस् कि यिनमा युद्ध गर्नु ठूलो पाप हो । तर अल्लाहको मार्गबाट रोक्नु, त्योसित कुफ्र गर्नु र मस्जिदे हराम (खान–ए–कअ्वा) मा जानबाट मनाही गर्नु र त्यहाँ बस्नेहरूलाई त्यहाँबाट निस्कासित गर्नु अल्लाहको सामु त्यो भन्दा ठूलो पाप हो । तथा फित्ना (उपद्रव) रक्तपात भन्दा पनि ठूलो अपराध हो । यी मानिसहरू सधैं तिमीसित लडाई झगडा गर्दैरहने छन्, यहाँसम्मकि यदि क्षमता भएको खण्डमा तिमीलाई तिम्रो धर्मबाट विचलित पनि गराइदिन्छन् । र तिमीहरूमध्येबाट जुन मानिस आफ्नो धर्मबाट विचलित भई अनास्थावान हुन पुग्दछन् र सोही अवस्थामा मर्दछन, त यस्ता मानिसहरूका साँसारिक र परलौकिक सबै कर्महरू नष्ट भएर जानेछन् र यी मानिसहरू नर्कका बासी हुनेछन्, जसमा सधैं रहने छन् ।
Surah Al-Baqara, Verse 217


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَٱلَّذِينَ هَاجَرُواْ وَجَٰهَدُواْ فِي سَبِيلِ ٱللَّهِ أُوْلَـٰٓئِكَ يَرۡجُونَ رَحۡمَتَ ٱللَّهِۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

हो आस्था ल्याउनेहरू, र अल्लाहको मार्गमा आफ्नो घर–देश छोडी जानेहरू र अल्लाहको मार्गमा जेहाद (धर्म–युद्ध) गर्नेहरू अल्लाहको कृपाको हकदार हुन् । अल्लाह अत्यन्त क्षमा गर्नेवाला दयावान हो ।
Surah Al-Baqara, Verse 218


۞يَسۡـَٔلُونَكَ عَنِ ٱلۡخَمۡرِ وَٱلۡمَيۡسِرِۖ قُلۡ فِيهِمَآ إِثۡمٞ كَبِيرٞ وَمَنَٰفِعُ لِلنَّاسِ وَإِثۡمُهُمَآ أَكۡبَرُ مِن نَّفۡعِهِمَاۗ وَيَسۡـَٔلُونَكَ مَاذَا يُنفِقُونَۖ قُلِ ٱلۡعَفۡوَۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَتَفَكَّرُونَ

(हे पैगम्बर) मानिसहरूले मदिरा र जुवाका कानूनको सम्बन्धमा सोध्छन् । भनिदिनुस् यी ठूला पापकर्महरू हुन् र मानिसहरूका लागि यिनबाट केही सांसारिक फाइदा पनि छन्, तर तिनका हानिहरू(पाप) फाइदाभन्दा धेरै ठूला छन् । यो पनि तपाईसित सोध्छन् कि अल्लाहको मार्गमा कुन सम्पति खर्च गरुन् ? तपाई भनिदिनुस् कि (जुन माल) आवश्यकता भन्दा बढी छ । यसप्रकार, अल्लाह आफ्ना आदेशहरू स्पष्टरूपमा तिम्रो लागि वर्णन गर्दछ ताकि तिमीहरू सम्झने बुझ्ने गर ।
Surah Al-Baqara, Verse 219


فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۗ وَيَسۡـَٔلُونَكَ عَنِ ٱلۡيَتَٰمَىٰۖ قُلۡ إِصۡلَاحٞ لَّهُمۡ خَيۡرٞۖ وَإِن تُخَالِطُوهُمۡ فَإِخۡوَٰنُكُمۡۚ وَٱللَّهُ يَعۡلَمُ ٱلۡمُفۡسِدَ مِنَ ٱلۡمُصۡلِحِۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَأَعۡنَتَكُمۡۚ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ

दुनियाँ र परलोकका कुराको सम्बन्धमा, र अनाथहरूको बारेमा पनि सोध्छन्, तपाई भनिदिनुस् कि जसमा तिनीहरूको (आर्थिक) सुधार होस्, त्यो नै राम्रो छ । तिमीहरूले उनीहरूको माल आफ्नो मालसंग भण्डारण गर्नुमा पनि केही हर्ज छैन । किनभने तिनी तिम्रा दाजुभाइहरू हुन् । असल नीयत र बदनीयतलाई अल्लाह राम्ररी बुझ्दछ । यदि अल्लाहले चाहेको भए तिमीलाई कष्टमा पार्न सक्दथ्यो । निःसन्देह अल्लाह सक्षम र सर्वशक्ति सम्पन्न छ ।
Surah Al-Baqara, Verse 220


وَلَا تَنكِحُواْ ٱلۡمُشۡرِكَٰتِ حَتَّىٰ يُؤۡمِنَّۚ وَلَأَمَةٞ مُّؤۡمِنَةٌ خَيۡرٞ مِّن مُّشۡرِكَةٖ وَلَوۡ أَعۡجَبَتۡكُمۡۗ وَلَا تُنكِحُواْ ٱلۡمُشۡرِكِينَ حَتَّىٰ يُؤۡمِنُواْۚ وَلَعَبۡدٞ مُّؤۡمِنٌ خَيۡرٞ مِّن مُّشۡرِكٖ وَلَوۡ أَعۡجَبَكُمۡۗ أُوْلَـٰٓئِكَ يَدۡعُونَ إِلَى ٱلنَّارِۖ وَٱللَّهُ يَدۡعُوٓاْ إِلَى ٱلۡجَنَّةِ وَٱلۡمَغۡفِرَةِ بِإِذۡنِهِۦۖ وَيُبَيِّنُ ءَايَٰتِهِۦ لِلنَّاسِ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ

(मोमिनहरू!) अनास्थावान स्त्रीलाई पत्नी नबनाउनु (विवाह नगर्नु) जबसम्म कि तिनी आस्थावान हुँदैनन् । किनभने आस्थावान दासी पनि अनास्थावान स्वतन्त्र स्त्रीभन्दा उत्तम हुन्छे, तिमीलाई अनास्थावान स्त्री राम्री लागे पनि, र मुश्रिक लोग्ने मान्छे, जबसम्म कि अल्लाहमाथि ईमान ल्याउँदैन, उससंग आफ्ना मोमिना (मुस्लिम आइमाईहरू)को विवाह नगर्नु । किनभने मुश्रिक लोग्ने, तिमीलाई चाहे जति राम्रो लागे पनि, त्योभन्दा मोमिन दास राम्रो छ । यिनीहरू नर्कतिर निम्त्याउँछन् र अल्लाह स्वर्ग र आफ्नो उपकारतिर आफ्नो आदेशले बोलाउँदछ र आफ्नो आदेश मानिसहरूसित खुलस्त रूपमा वर्णन गर्दछ ताकि उनीहरू सही चेतना प्राप्त गर्न सकुन् ।
Surah Al-Baqara, Verse 221


وَيَسۡـَٔلُونَكَ عَنِ ٱلۡمَحِيضِۖ قُلۡ هُوَ أَذٗى فَٱعۡتَزِلُواْ ٱلنِّسَآءَ فِي ٱلۡمَحِيضِ وَلَا تَقۡرَبُوهُنَّ حَتَّىٰ يَطۡهُرۡنَۖ فَإِذَا تَطَهَّرۡنَ فَأۡتُوهُنَّ مِنۡ حَيۡثُ أَمَرَكُمُ ٱللَّهُۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلتَّوَّـٰبِينَ وَيُحِبُّ ٱلۡمُتَطَهِّرِينَ

तपाईसित रजस्वलाबारे सोध्छन् । भनिदिनु कि त्यो अपवित्र (रक्त) हो । तसर्थ रजस्वलाको समयमा स्वास्नीबाट अलग रहनु र जबसम्म तिनीहरू पवित्र हुँदैनन्, तिनको नजिक (सम्भोगका लागी) नजानु । हो, जब तिनी पवित्र हुन्छन्, तब तिमी उनको नजिक जाऊ जुन ठाउँबाट अल्लाहले तिमीलाई जाने आदेश गरेको छ । निःसन्देह अल्लाह क्षमा याचना गर्नेलाई र पवित्र रहनेलाई प्रेम गर्दछ ।
Surah Al-Baqara, Verse 222


نِسَآؤُكُمۡ حَرۡثٞ لَّكُمۡ فَأۡتُواْ حَرۡثَكُمۡ أَنَّىٰ شِئۡتُمۡۖ وَقَدِّمُواْ لِأَنفُسِكُمۡۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّكُم مُّلَٰقُوهُۗ وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ

तिम्रा स्वास्नीहरू तिम्रा खेती हुन्, तसर्थ आफ्ना खेतीमा जुन तरिकाले चाहन्छौं, जाऊ र आफ्ना निम्ति नेक कर्म अगाडि पठाऊ र अल्लाहसित डर मान्नेगर र जानिराख कि (एकदिन) तिमीहरू उसलाई भेट्ने छौ । र आस्थावानहरूलाई शुभसन्देश सुनाइदिनु ।
Surah Al-Baqara, Verse 223


وَلَا تَجۡعَلُواْ ٱللَّهَ عُرۡضَةٗ لِّأَيۡمَٰنِكُمۡ أَن تَبَرُّواْ وَتَتَّقُواْ وَتُصۡلِحُواْ بَيۡنَ ٱلنَّاسِۚ وَٱللَّهُ سَمِيعٌ عَلِيمٞ

र अल्लाहलाई आफ्ना शपथहरूका निशाना नबनाऊ जसबाट (तिमी) भलाई, असल आचरण र मानिसहरूबीचको मेलमिलापलाई छोडी दिन्छौ । र अल्लाह प्रत्येक कुरा सुन्ने र जान्नेवाला छ ।
Surah Al-Baqara, Verse 224


لَّا يُؤَاخِذُكُمُ ٱللَّهُ بِٱللَّغۡوِ فِيٓ أَيۡمَٰنِكُمۡ وَلَٰكِن يُؤَاخِذُكُم بِمَا كَسَبَتۡ قُلُوبُكُمۡۗ وَٱللَّهُ غَفُورٌ حَلِيمٞ

अल्लाह अपरिपक्व शपथको कारण तिमीहरूलाई समात्दैन तर जुन शपथ जानीबुझी खान्छौं, त्यसको पकड गर्नेछ । र अल्लाह परम् क्षमाशील अति सहनशील छ ।
Surah Al-Baqara, Verse 225


لِّلَّذِينَ يُؤۡلُونَ مِن نِّسَآئِهِمۡ تَرَبُّصُ أَرۡبَعَةِ أَشۡهُرٖۖ فَإِن فَآءُو فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

जुन मानिसहरू आफ्ना स्वास्नीहरूसित तिनीहरूसंग सम्बन्ध नराख्ने शपथ खान्छन्, तिनीहरूलाई अधिकतम् चार महिनासम्मको अवधि छ, फेरि यदि अवधिपछि तिनी फर्कन्छन् भने निःसन्देह अल्लाह क्षमादान गर्ने दयावान् छ ।
Surah Al-Baqara, Verse 226


وَإِنۡ عَزَمُواْ ٱلطَّلَٰقَ فَإِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ

र, यदि तलाक (सम्बन्ध विच्छेद) कै निश्चय गरिहाल्छन्, भने अल्लाह सुन्ने र जान्नेवाला छ ।
Surah Al-Baqara, Verse 227


وَٱلۡمُطَلَّقَٰتُ يَتَرَبَّصۡنَ بِأَنفُسِهِنَّ ثَلَٰثَةَ قُرُوٓءٖۚ وَلَا يَحِلُّ لَهُنَّ أَن يَكۡتُمۡنَ مَا خَلَقَ ٱللَّهُ فِيٓ أَرۡحَامِهِنَّ إِن كُنَّ يُؤۡمِنَّ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ وَبُعُولَتُهُنَّ أَحَقُّ بِرَدِّهِنَّ فِي ذَٰلِكَ إِنۡ أَرَادُوٓاْ إِصۡلَٰحٗاۚ وَلَهُنَّ مِثۡلُ ٱلَّذِي عَلَيۡهِنَّ بِٱلۡمَعۡرُوفِۚ وَلِلرِّجَالِ عَلَيۡهِنَّ دَرَجَةٞۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٌ

र तलाकप्राप्त स्वास्नी मानिसले आफूलाई तीन पटक रजस्वलासम्म रोकिराखुन् । तिनीहरूका लागि यो इजाजत छैन कि जे तिनको गर्भमा अल्लाहले सृष्टि गरेको छ त्यसलाई लुकाउन् यदि तिनीहरूलाई अल्लाह र कयामतको दिनमाथि आस्था छ र तिनका पतिहरू यस अवधिमा तिनलाई फर्काउन चाहन्छन् भने तिनीहरूले तिनलाई आफ्नो पत्नीत्वमा फिर्ता लिन पूरा हकदार छन्, यदि उनीहरू समझदारी गर्न चाहन्छन् । र, नियमानुसार स्वास्नीलाई पुरुषहरूमाथि अधिकार उस्तै छ जस्तो पुरुषहरूलाई स्वास्नीहरूमाथि छ । र, अल्लाह सर्वशक्तिमान र सर्वज्ञान सम्पन्न छ ।
Surah Al-Baqara, Verse 228


ٱلطَّلَٰقُ مَرَّتَانِۖ فَإِمۡسَاكُۢ بِمَعۡرُوفٍ أَوۡ تَسۡرِيحُۢ بِإِحۡسَٰنٖۗ وَلَا يَحِلُّ لَكُمۡ أَن تَأۡخُذُواْ مِمَّآ ءَاتَيۡتُمُوهُنَّ شَيۡـًٔا إِلَّآ أَن يَخَافَآ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِۖ فَإِنۡ خِفۡتُمۡ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِ فَلَا جُنَاحَ عَلَيۡهِمَا فِيمَا ٱفۡتَدَتۡ بِهِۦۗ تِلۡكَ حُدُودُ ٱللَّهِ فَلَا تَعۡتَدُوهَاۚ وَمَن يَتَعَدَّ حُدُودَ ٱللَّهِ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلظَّـٰلِمُونَ

यी तलाकहरू (पारपाचुके) दुई पटक गर्न सकिन्छ त्यसपश्चात या त तिनीहरूलाई (स्वास्नीलाई) राम्रो तरिकाले (पत्नीत्वमा) राख्नु अथवा सदव्यवहारको साथ विदा गर्नु र यो अनुचित छ कि जुन कुरा तिमीले तिनीहरूलाई दिसकेका छौ, त्यसमध्ये केही फिर्ता लेऊ । हो ! यो आर्कै कुरा हो कि दुवैलाई अल्लाहबाट निर्धारित गरिएका सीमाहरूको पालना नगर्न सक्ने संभावनाबाट डर होओस् यसर्थ यदि तिमीहरूलाई यो डर छ कि अल्लाहद्वारा निर्धारित सीमा कायम राख्न सक्दैनन् भने पत्नीले (पतिबाट) मुक्त हुन पाएको बदला केही दिनुमा दुवैलाई कुनै पाप लाग्दैन । यी अल्लाहबाट निर्धारित गरिएका सीमाहरू हुन्, खबरदार ! तिनीभन्दा बाहिर नजानु र जुन मानिसहरू अल्लाहका सीमाहरू उल्लंघन गर्छन्, तिनीहरू अत्याचारी हुन् ।
Surah Al-Baqara, Verse 229


فَإِن طَلَّقَهَا فَلَا تَحِلُّ لَهُۥ مِنۢ بَعۡدُ حَتَّىٰ تَنكِحَ زَوۡجًا غَيۡرَهُۥۗ فَإِن طَلَّقَهَا فَلَا جُنَاحَ عَلَيۡهِمَآ أَن يَتَرَاجَعَآ إِن ظَنَّآ أَن يُقِيمَا حُدُودَ ٱللَّهِۗ وَتِلۡكَ حُدُودُ ٱللَّهِ يُبَيِّنُهَا لِقَوۡمٖ يَعۡلَمُونَ

फेरि यदि पतिले तेस्रो पटक तलाक दिन्छ भने त्यसपछि जबसम्म ती स्वास्नी मानिसले कुनै अर्को मानिससँग विवाह नगरिहालोस् । पहिलो पतिको निम्ति स्वीकार्य हुँदैन । र यदि दोस्रो पतिले पनि (आफ्नो इच्छाले) तलाक दिन्छ भने स्वास्नी र उसको पहिलो पतिले पुनर्विवाह गर्न सक्दछन्, यसमा दुवैमाथि कुनै गुनाह छैन, यस शर्तमा कि दुवैलाई विश्वास होस् कि अल्लाहका सीमाहरू कायम राख्न सक्ने छन् । यी अल्लाहका सीमाहरू हुन्, जसलाई उसले जान्न चाहने मानिसहरूको निम्ति वर्णन गर्दछ ।
Surah Al-Baqara, Verse 230


وَإِذَا طَلَّقۡتُمُ ٱلنِّسَآءَ فَبَلَغۡنَ أَجَلَهُنَّ فَأَمۡسِكُوهُنَّ بِمَعۡرُوفٍ أَوۡ سَرِّحُوهُنَّ بِمَعۡرُوفٖۚ وَلَا تُمۡسِكُوهُنَّ ضِرَارٗا لِّتَعۡتَدُواْۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ فَقَدۡ ظَلَمَ نَفۡسَهُۥۚ وَلَا تَتَّخِذُوٓاْ ءَايَٰتِ ٱللَّهِ هُزُوٗاۚ وَٱذۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ عَلَيۡكُمۡ وَمَآ أَنزَلَ عَلَيۡكُم مِّنَ ٱلۡكِتَٰبِ وَٱلۡحِكۡمَةِ يَعِظُكُم بِهِۦۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٞ

जब तिमीले स्वास्नीलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई या त न्यायोचित व्यवहारले निकाह अन्तर्गत नै रहन देऊ अथवा पूर्ण भद्रताका साथ बिदाई दिइहाल र अलमलमा पार्ने नीयतले तिनीहरूलाई निकाहमा नराख । जसले यस्तो गर्दछ, उसले आफैमाथि अन्याय गरेको हुन्छ । तिमीहरूले अल्लाहका आदेशहरूलाई हाँसो र ठट्टा नबनाऊ, र अल्लाहको तिमीहरूमाथि जुन उपकार छ, त्यसलाई स्मरण गर र तिमीलाई जे जति किताब र बुद्धिमानीका कुराहरू उसले प्रदान गरेको छ, जसबाट यस्तै तिमीलाई मार्गदर्शन गरिरहन्छ, तिनलाई पनि स्मरण गर र अल्लाहसित डर मान्नेगर, र जानिराख कि अल्लाह हरेक कुरो जान्दछ ।
Surah Al-Baqara, Verse 231


وَإِذَا طَلَّقۡتُمُ ٱلنِّسَآءَ فَبَلَغۡنَ أَجَلَهُنَّ فَلَا تَعۡضُلُوهُنَّ أَن يَنكِحۡنَ أَزۡوَٰجَهُنَّ إِذَا تَرَٰضَوۡاْ بَيۡنَهُم بِٱلۡمَعۡرُوفِۗ ذَٰلِكَ يُوعَظُ بِهِۦ مَن كَانَ مِنكُمۡ يُؤۡمِنُ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۗ ذَٰلِكُمۡ أَزۡكَىٰ لَكُمۡ وَأَطۡهَرُۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ

र जब तिमीहरू आफ्ना पत्नीहरूलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई उनको पतिसँग, निकाह गर्नबाट नरोक यदि तिनीहरू जायज तरिकाले त्यसो गर्दछन् । यो उपदेश तिमीहरूमध्ये त्यस्तो व्यक्तिको लागि हो जसले अल्लाह र प्रलयको दिनमा विश्वास राख्दछ । यो तिम्रो निम्ति अत्यन्त राम्रो एवम् अति पवित्रताको कुरो हो । अल्लाह जान्दछ, (जुन) तिमी जान्दैनौ ।
Surah Al-Baqara, Verse 232


۞وَٱلۡوَٰلِدَٰتُ يُرۡضِعۡنَ أَوۡلَٰدَهُنَّ حَوۡلَيۡنِ كَامِلَيۡنِۖ لِمَنۡ أَرَادَ أَن يُتِمَّ ٱلرَّضَاعَةَۚ وَعَلَى ٱلۡمَوۡلُودِ لَهُۥ رِزۡقُهُنَّ وَكِسۡوَتُهُنَّ بِٱلۡمَعۡرُوفِۚ لَا تُكَلَّفُ نَفۡسٌ إِلَّا وُسۡعَهَاۚ لَا تُضَآرَّ وَٰلِدَةُۢ بِوَلَدِهَا وَلَا مَوۡلُودٞ لَّهُۥ بِوَلَدِهِۦۚ وَعَلَى ٱلۡوَارِثِ مِثۡلُ ذَٰلِكَۗ فَإِنۡ أَرَادَا فِصَالًا عَن تَرَاضٖ مِّنۡهُمَا وَتَشَاوُرٖ فَلَا جُنَاحَ عَلَيۡهِمَاۗ وَإِنۡ أَرَدتُّمۡ أَن تَسۡتَرۡضِعُوٓاْ أَوۡلَٰدَكُمۡ فَلَا جُنَاحَ عَلَيۡكُمۡ إِذَا سَلَّمۡتُم مَّآ ءَاتَيۡتُم بِٱلۡمَعۡرُوفِۗ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ بَصِيرٞ

आमाहरूले आफ्ना बच्चाहरूलाई पूरै दुई वर्षसम्म दूध ख्वाउनु पर्छ यो (आदेश) उसको लागि हो जसले कि पूरै अवधिसम्म दूध ख्वाउन चाहन्छ र दूध ख्वाउने आमाहरूको खाना र लुगाहरू दस्तूर अनुसार उसको (बाबुको) जिम्मामा हुनेछ । प्रत्येक व्यक्तिलाई त्यत्तिकै कष्ट दिइन्छ जति सहन सक्ने उसको क्षमता छ । नत आमालाई उसको बच्चाको कारण नत बाबुलाई उसको सन्तानको कारण कुनै दुःख दिइयोस् । उत्तराधिकारीमाथि पनि यस्तै किसिमको जिम्मेवारी छ र यदि आमा–बाबु दुवै आपसमा सर–सल्लाह र सहमतिबाट बच्चाहरूको दूध छोडाउन चाहन्छन्, तब तिनीहरूलाई कुनै गुनाह (पाप) छैन र यदि तिमीहरूले (आमा–बाबु) आफ्ना सन्तानहरूलाई (अरुबाट) दूध ख्वाउन चाहन्छौ भने पनि तिमीलाई कुनै पाप लाग्दैन, यदि तिमीले दूध ख्वाउनेहरूलाई दस्तूर अनुसार तिनको निर्धारित हक दिन्छौ । अल्लाहसँग डर मान्नेगर र जानिराख कि, अल्लाहले तिम्रो काम देखिराखेको छ ।
Surah Al-Baqara, Verse 233


وَٱلَّذِينَ يُتَوَفَّوۡنَ مِنكُمۡ وَيَذَرُونَ أَزۡوَٰجٗا يَتَرَبَّصۡنَ بِأَنفُسِهِنَّ أَرۡبَعَةَ أَشۡهُرٖ وَعَشۡرٗاۖ فَإِذَا بَلَغۡنَ أَجَلَهُنَّ فَلَا جُنَاحَ عَلَيۡكُمۡ فِيمَا فَعَلۡنَ فِيٓ أَنفُسِهِنَّ بِٱلۡمَعۡرُوفِۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ

र तिमीहरूमध्ये जुन मानिसहरू मर्छन् र (आफ्ना पछाडि) स्वास्नीहरू छोड्छन् भने ती स्वास्नीहरूले चार महिना दश दिनसम्म आफूलाई रोकी राखुन् । र जब (यी) इद्दत पूरा गरिसकेका हुन्छन् तब आफ्ना हितमा जे चाहन्छन् गर्छन भने यसमा तिमीलाई कुनै गुनाह छैन र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको जानकारी राख्द्छ ।
Surah Al-Baqara, Verse 234


وَلَا جُنَاحَ عَلَيۡكُمۡ فِيمَا عَرَّضۡتُم بِهِۦ مِنۡ خِطۡبَةِ ٱلنِّسَآءِ أَوۡ أَكۡنَنتُمۡ فِيٓ أَنفُسِكُمۡۚ عَلِمَ ٱللَّهُ أَنَّكُمۡ سَتَذۡكُرُونَهُنَّ وَلَٰكِن لَّا تُوَاعِدُوهُنَّ سِرًّا إِلَّآ أَن تَقُولُواْ قَوۡلٗا مَّعۡرُوفٗاۚ وَلَا تَعۡزِمُواْ عُقۡدَةَ ٱلنِّكَاحِ حَتَّىٰ يَبۡلُغَ ٱلۡكِتَٰبُ أَجَلَهُۥۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا فِيٓ أَنفُسِكُمۡ فَٱحۡذَرُوهُۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ غَفُورٌ حَلِيمٞ

यदि तिमी सांकेतिक तरिकाबाट ती स्वास्नीहरूलाई निकाहको सन्देश पठाउँछौं अथवा आफ्ना हृदयमा लुकाएर राख्दछौं भने तिमीलाई कुनै गुनाह छैन । अल्लाहलाई थाहा छ कि तिमीले तिनीहरूसित (निकाहको) चर्चा गर्नेछौं । तर गोप्यरूपमा कुनै वाचा नगर्नु । र तिमीले राम्रो कुरा बोल्ने गर र जबसम्म इद्दतको अवधि पूरा हुँदैन । निकाहको दृढ अठोट नगर्नु । जानिराख कि, जे जति तिम्रा हृदयहरूमा छन्, अल्लाहलाई सबै थाहा छ, तसर्थ उससँग डर मान्नेगर र यो पनि जानिराख कि अल्लाह क्षमा प्रदान गर्नेवाला दयावान छ ।
Surah Al-Baqara, Verse 235


لَّا جُنَاحَ عَلَيۡكُمۡ إِن طَلَّقۡتُمُ ٱلنِّسَآءَ مَا لَمۡ تَمَسُّوهُنَّ أَوۡ تَفۡرِضُواْ لَهُنَّ فَرِيضَةٗۚ وَمَتِّعُوهُنَّ عَلَى ٱلۡمُوسِعِ قَدَرُهُۥ وَعَلَى ٱلۡمُقۡتِرِ قَدَرُهُۥ مَتَٰعَۢا بِٱلۡمَعۡرُوفِۖ حَقًّا عَلَى ٱلۡمُحۡسِنِينَ

यदि तिमीले स्वास्नी मानिसहरूलाई तिनीहरूसँग समागम गर्नु र महर निर्धारित गर्नु अघि नै तलाक दिन्छौ भने तिमीमाथि कुनै गुनाह छैन, हो उनलाई केही उचित रकम अवश्य देऊ (अर्थात) सम्पन्नले आफ्नो सामर्थ अनुसार देओस् र अभावग्रस्तले आफ्नो हैसियत अनुरूप, भलाई गर्ने मानिसहरूको निम्ति यो एउटा अनिवार्यता हो ।
Surah Al-Baqara, Verse 236


وَإِن طَلَّقۡتُمُوهُنَّ مِن قَبۡلِ أَن تَمَسُّوهُنَّ وَقَدۡ فَرَضۡتُمۡ لَهُنَّ فَرِيضَةٗ فَنِصۡفُ مَا فَرَضۡتُمۡ إِلَّآ أَن يَعۡفُونَ أَوۡ يَعۡفُوَاْ ٱلَّذِي بِيَدِهِۦ عُقۡدَةُ ٱلنِّكَاحِۚ وَأَن تَعۡفُوٓاْ أَقۡرَبُ لِلتَّقۡوَىٰۚ وَلَا تَنسَوُاْ ٱلۡفَضۡلَ بَيۡنَكُمۡۚ إِنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ بَصِيرٌ

र, यदि तिमीले स्वास्नीहरूलाई समागम गर्नु अगाडि तलाक दिन्छौ, तर महर निश्चित गरिसकेका छौं भने निर्धारित रकमको आधा दिइहाल्नु । हो, यदि स्वास्नीहरूले महरको रकम माफ गर्दछिन् अथवा जसको हातमा विवाह बन्धन छ उसले छाडिदेओस् । र यदि तिमी पुरुषहरू नै आफ्ना अधिकार छाडिदिन्छौं, भने यो आत्मसंयमको कुरा हो । पारस्परिक सदभाव र भलो गर्न नबिर्सनु, निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलाप देखिराखेको छ ।
Surah Al-Baqara, Verse 237


حَٰفِظُواْ عَلَى ٱلصَّلَوَٰتِ وَٱلصَّلَوٰةِ ٱلۡوُسۡطَىٰ وَقُومُواْ لِلَّهِ قَٰنِتِينَ

सबै नमाजहरू विशेष गरी बीचको नमाज सुचारु रूपले सम्पन्न गर्दै गर र अल्लाहको अगाडि आदर साथ उभिने गर ।
Surah Al-Baqara, Verse 238


فَإِنۡ خِفۡتُمۡ فَرِجَالًا أَوۡ رُكۡبَانٗاۖ فَإِذَآ أَمِنتُمۡ فَٱذۡكُرُواْ ٱللَّهَ كَمَا عَلَّمَكُم مَّا لَمۡ تَكُونُواْ تَعۡلَمُونَ

यदि तिमी भयको अवस्थामा छौ भने पैदल वा सवारीको अवस्थामा नै (नमाज पढिहाल) । र जब सामान्य अवस्थामा हुन्छौ तब अल्लाहको स्मरण गर, जसरी अल्लाहले तिमीलाई सिकाएको छ, जुनकि तिमी जान्दैनथ्यौ ।
Surah Al-Baqara, Verse 239


وَٱلَّذِينَ يُتَوَفَّوۡنَ مِنكُمۡ وَيَذَرُونَ أَزۡوَٰجٗا وَصِيَّةٗ لِّأَزۡوَٰجِهِم مَّتَٰعًا إِلَى ٱلۡحَوۡلِ غَيۡرَ إِخۡرَاجٖۚ فَإِنۡ خَرَجۡنَ فَلَا جُنَاحَ عَلَيۡكُمۡ فِي مَا فَعَلۡنَ فِيٓ أَنفُسِهِنَّ مِن مَّعۡرُوفٖۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٞ

तिमीहरूमध्ये जो मर्दछन् र आफ्ना पछाडि स्वास्नीहरू छाड्छन्, तिनले आफ्ना स्वास्नीहरूको लागि हकको निम्ति वसीयत (इच्छापत्र) गरेर जाउन, जसबाट तिनका स्वास्नीहरूले एक वर्षसम्म फाइदा उठाउन र घरबाट कसैले तिनलाई निस्कासित न गरोस् । हो, यदि तिनीहरू आफैं घरबाट जान्छिन् र आफ्नो हितमा चाहेको काम गर्दछिन् भने यसमा तिमीलाई कुनै गुनाह हुँदैन, अल्लाह सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न छ ।
Surah Al-Baqara, Verse 240


وَلِلۡمُطَلَّقَٰتِ مَتَٰعُۢ بِٱلۡمَعۡرُوفِۖ حَقًّا عَلَى ٱلۡمُتَّقِينَ

तलाकप्राप्त स्वास्नीहरूलाई राम्रोसित फाइदा दिनु आत्मसंयमीहरूको निम्ति अनिवार्य छ ।
Surah Al-Baqara, Verse 241


كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ ءَايَٰتِهِۦ لَعَلَّكُمۡ تَعۡقِلُونَ

यसै प्रकार अल्लाह आफ्ना निर्देशहरू तिम्रो लागि व्यक्त गर्दैछ ताकि तिमी बुझ्नसक ।
Surah Al-Baqara, Verse 242


۞أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ خَرَجُواْ مِن دِيَٰرِهِمۡ وَهُمۡ أُلُوفٌ حَذَرَ ٱلۡمَوۡتِ فَقَالَ لَهُمُ ٱللَّهُ مُوتُواْ ثُمَّ أَحۡيَٰهُمۡۚ إِنَّ ٱللَّهَ لَذُو فَضۡلٍ عَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَشۡكُرُونَ

के तिमीले तिनीहरूलाई देखेनौ जो हजारौं थिए र मृत्युको भयले आफ्ना घरहरू छाडी भागेका थिए । अल्लाहले तिनलाई मर्न आदेश दियो फेरि तिनीहरूलाई जीवित पार्यो । कुनै शकां छैन कि मानिसहरूमाथि अल्लाहले कृपाभाव राख्दछ, तर धेरै जसो कृतज्ञ हुँदैनन् ।
Surah Al-Baqara, Verse 243


وَقَٰتِلُواْ فِي سَبِيلِ ٱللَّهِ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ

अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर र जानिराख कि अल्लाह सबै सुन्दछ र जान्दछ ।
Surah Al-Baqara, Verse 244


مَّن ذَا ٱلَّذِي يُقۡرِضُ ٱللَّهَ قَرۡضًا حَسَنٗا فَيُضَٰعِفَهُۥ لَهُۥٓ أَضۡعَافٗا كَثِيرَةٗۚ وَٱللَّهُ يَقۡبِضُ وَيَبۡصُۜطُ وَإِلَيۡهِ تُرۡجَعُونَ

कोही यस्तो पनि छ ? जसले अल्लाहलाई राम्रो कर्जा (धर्म कार्यमा खर्च गर्ने रकम) देओस् जसको सट्टामा त्योभन्दा धेरै गुणा बढी अल्लाहले प्रदान गर्नेछ ? अल्लाहले नै जीविकालाई खुम्च्याउने र बढाउने गर्दछ र तिमी उसैतिर फर्केर जानेछौ ।
Surah Al-Baqara, Verse 245


أَلَمۡ تَرَ إِلَى ٱلۡمَلَإِ مِنۢ بَنِيٓ إِسۡرَـٰٓءِيلَ مِنۢ بَعۡدِ مُوسَىٰٓ إِذۡ قَالُواْ لِنَبِيّٖ لَّهُمُ ٱبۡعَثۡ لَنَا مَلِكٗا نُّقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِۖ قَالَ هَلۡ عَسَيۡتُمۡ إِن كُتِبَ عَلَيۡكُمُ ٱلۡقِتَالُ أَلَّا تُقَٰتِلُواْۖ قَالُواْ وَمَا لَنَآ أَلَّا نُقَٰتِلَ فِي سَبِيلِ ٱللَّهِ وَقَدۡ أُخۡرِجۡنَا مِن دِيَٰرِنَا وَأَبۡنَآئِنَاۖ فَلَمَّا كُتِبَ عَلَيۡهِمُ ٱلۡقِتَالُ تَوَلَّوۡاْ إِلَّا قَلِيلٗا مِّنۡهُمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّـٰلِمِينَ

के तिमीले बनी इस्राईलको मुखियाहरूलाई देखेनौं ? जसले मूसापछि आफ्ना पैगम्बरसित भने कि तपाईँले हाम्रो लागि एउटा राजा नियुक्त गरिदिनुस् ताकि हामी अल्लाहको मार्गमा धर्मयुद्ध गरौं । पैगम्बरले भने कि यदि तिमीहरूको लागि जिहादको आदेश अनिवार्य हुन्छ भने, बेर छैन कि युद्ध गर्न अस्वीकार गरिहाल । तिनीहरूले भन्नथाले कि हामी अल्लाहको मार्गमा किन युद्ध गर्दैनौं जब कि हामी आफ्ना वतनबाट निष्कासित र सन्तानहरूबाट अलग गरिएका छौं । फेरि जब तिनीहरूमाथि युद्धको आदेश आयो तब केही मानिसहरू बाहेक सबैले इन्कार गरिहाले, अल्लाह अत्याचारीहरूलाई राम्ररी चिन्दछ ।
Surah Al-Baqara, Verse 246


وَقَالَ لَهُمۡ نَبِيُّهُمۡ إِنَّ ٱللَّهَ قَدۡ بَعَثَ لَكُمۡ طَالُوتَ مَلِكٗاۚ قَالُوٓاْ أَنَّىٰ يَكُونُ لَهُ ٱلۡمُلۡكُ عَلَيۡنَا وَنَحۡنُ أَحَقُّ بِٱلۡمُلۡكِ مِنۡهُ وَلَمۡ يُؤۡتَ سَعَةٗ مِّنَ ٱلۡمَالِۚ قَالَ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰهُ عَلَيۡكُمۡ وَزَادَهُۥ بَسۡطَةٗ فِي ٱلۡعِلۡمِ وَٱلۡجِسۡمِۖ وَٱللَّهُ يُؤۡتِي مُلۡكَهُۥ مَن يَشَآءُۚ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ

र तिनीहरूको, पैगम्बरले तिनीहरूसित भने कि अल्लाहले तिम्रा लागि ‘‘तालूत’’ लाई (राजा) नियुक्त गरेको छ । तिनीहरूले भने कि त्यसलाई हामीमाथि शासन गर्ने अधिकार कसरी हुन सक्दछ, राजसत्ताको अधिकारी त हामी हौं र त्योसँग त धेरै धन सम्पत्ति पनि छैन । नबीले भने कि अल्लाहले त्यसलाई तिमीहरूमाथि चुनेको छ तथा उसलाई बढी ज्ञान र शारीरिक शक्ति प्रशस्त प्रदान गरेको छ । कुरो यो छ कि अल्लाहले जसलाई चाहन्छ राजगद्दी प्रदान गर्दछ । त्यो सर्वव्यापी र सर्वज्ञाता छ ।
Surah Al-Baqara, Verse 247


وَقَالَ لَهُمۡ نَبِيُّهُمۡ إِنَّ ءَايَةَ مُلۡكِهِۦٓ أَن يَأۡتِيَكُمُ ٱلتَّابُوتُ فِيهِ سَكِينَةٞ مِّن رَّبِّكُمۡ وَبَقِيَّةٞ مِّمَّا تَرَكَ ءَالُ مُوسَىٰ وَءَالُ هَٰرُونَ تَحۡمِلُهُ ٱلۡمَلَـٰٓئِكَةُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لَّكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ

उनीहरूको पैगम्बरले तिनीहरूसित फेरि भने कि उसको राजसत्ताको वाह्य चिन्ह यो हो कि तिम्रो छेउमा त्यो बाकस आउने छ, जसलाई (स्वर्गदूत) फरिश्ताहरूले उचालेका हुनेछन् । त्यसमा तिम्रो पालनहारबाट तिमीलाई सन्तुष्टि प्रदान गर्ने कुरो हुनेछ, र केही अन्य कुराहरू पनि हुन्छन् जुन कि मूसा र हारूनले छाडेर गएका थिए । यदि तिमी आस्थावान छौ भने यो तिम्रो लागि एउटा प्रत्यक्ष प्रमाण हो ।
Surah Al-Baqara, Verse 248


فَلَمَّا فَصَلَ طَالُوتُ بِٱلۡجُنُودِ قَالَ إِنَّ ٱللَّهَ مُبۡتَلِيكُم بِنَهَرٖ فَمَن شَرِبَ مِنۡهُ فَلَيۡسَ مِنِّي وَمَن لَّمۡ يَطۡعَمۡهُ فَإِنَّهُۥ مِنِّيٓ إِلَّا مَنِ ٱغۡتَرَفَ غُرۡفَةَۢ بِيَدِهِۦۚ فَشَرِبُواْ مِنۡهُ إِلَّا قَلِيلٗا مِّنۡهُمۡۚ فَلَمَّا جَاوَزَهُۥ هُوَ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ قَالُواْ لَا طَاقَةَ لَنَا ٱلۡيَوۡمَ بِجَالُوتَ وَجُنُودِهِۦۚ قَالَ ٱلَّذِينَ يَظُنُّونَ أَنَّهُم مُّلَٰقُواْ ٱللَّهِ كَم مِّن فِئَةٖ قَلِيلَةٍ غَلَبَتۡ فِئَةٗ كَثِيرَةَۢ بِإِذۡنِ ٱللَّهِۗ وَٱللَّهُ مَعَ ٱلصَّـٰبِرِينَ

(तसर्थ) जब ‘‘तालूत’’ आफ्ना सेनाहरूलाई लिएर प्रस्थान गर्नुभयो, तब उनले भने, सुन अल्लाहले एउटा नहर (खोला)बाट तिम्रो परीक्षा गर्नेछ, जुन मानिस त्यसबाट पानी पिउँछ त्यो मेरो होइन र जसले पिउँदैन त्यो मेरो हो । हो, यदि कसैले एक अञ्जुली मात्र पिउँछ (भने त्यो क्षम्य छ) तर केही मानिसहरू बाहेक सबैले पानी पिइहाले । जब ‘‘तालूत’’ र उनको साथमा अन्य सबै नहर पारी पुगे, त तिनीहरूले भन्नथाले कि आज हामीमा जालूत र उसको सेनासंग लड्न शक्ति छैन । तर अल्लाहको अगाडि उपस्थित हुनुमा आस्था राख्नेहरूले भन्नथाले कि कहिले काहीं सानो छोटो टुक्डीले पनि अल्लाहको आदेशबाट ठूलो समूहमाथि विजय प्राप्त गर्दछन्, र अल्लाह सहनशीलहरूसँग छ ।
Surah Al-Baqara, Verse 249


وَلَمَّا بَرَزُواْ لِجَالُوتَ وَجُنُودِهِۦ قَالُواْ رَبَّنَآ أَفۡرِغۡ عَلَيۡنَا صَبۡرٗا وَثَبِّتۡ أَقۡدَامَنَا وَٱنصُرۡنَا عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ

जब तिनीहरूको ‘‘जालूत’’ र उसको सेनासंग मुकÞाबिला भयो अनि उनिहरूले प्रार्थना गरे कि हे पालनहार ! हामीलाई सहनशीलता र दृढता प्रदान गर र हामीलाई युद्धमा अनास्थावानहरूमाथि विजय प्रदान गर ।
Surah Al-Baqara, Verse 250


فَهَزَمُوهُم بِإِذۡنِ ٱللَّهِ وَقَتَلَ دَاوُۥدُ جَالُوتَ وَءَاتَىٰهُ ٱللَّهُ ٱلۡمُلۡكَ وَٱلۡحِكۡمَةَ وَعَلَّمَهُۥ مِمَّا يَشَآءُۗ وَلَوۡلَا دَفۡعُ ٱللَّهِ ٱلنَّاسَ بَعۡضَهُم بِبَعۡضٖ لَّفَسَدَتِ ٱلۡأَرۡضُ وَلَٰكِنَّ ٱللَّهَ ذُو فَضۡلٍ عَلَى ٱلۡعَٰلَمِينَ

अनि उनीहरूले अल्लाहको आदेशबाट जालूतको सेनालाई पराजित गरे । र हजरत दाऊदले जालुतलाई मार्नु भयो र अल्लाहले दाऊदलाई राजसत्ता र ज्ञान प्रदान गर्यो र जेजति चाह्यो, सिकायो । यदि अल्लाहले मानिसहरूलाई एक अर्काको आक्रमण र अतिक्रमणबाट सुरक्षा प्रदान नगरेको भए पृथ्वीमा उपद्रव हुने थियो । तर अल्लाह संसारका (सम्पूर्ण) मानिसहरूमाथि अत्यन्त दयावान छ ।
Surah Al-Baqara, Verse 251


تِلۡكَ ءَايَٰتُ ٱللَّهِ نَتۡلُوهَا عَلَيۡكَ بِٱلۡحَقِّۚ وَإِنَّكَ لَمِنَ ٱلۡمُرۡسَلِينَ

यी अल्लाहका आयतहरू हुन् जसलाई हामीले तिमीलाई सत्यतापूर्वक पढी सुनाउँदछौं । (र हे मुहम्मद !) तिमी निःसन्देह पैगम्बरहरूमध्येकै एक हौ ।
Surah Al-Baqara, Verse 252


۞تِلۡكَ ٱلرُّسُلُ فَضَّلۡنَا بَعۡضَهُمۡ عَلَىٰ بَعۡضٖۘ مِّنۡهُم مَّن كَلَّمَ ٱللَّهُۖ وَرَفَعَ بَعۡضَهُمۡ دَرَجَٰتٖۚ وَءَاتَيۡنَا عِيسَى ٱبۡنَ مَرۡيَمَ ٱلۡبَيِّنَٰتِ وَأَيَّدۡنَٰهُ بِرُوحِ ٱلۡقُدُسِۗ وَلَوۡ شَآءَ ٱللَّهُ مَا ٱقۡتَتَلَ ٱلَّذِينَ مِنۢ بَعۡدِهِم مِّنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ وَلَٰكِنِ ٱخۡتَلَفُواْ فَمِنۡهُم مَّنۡ ءَامَنَ وَمِنۡهُم مَّن كَفَرَۚ وَلَوۡ شَآءَ ٱللَّهُ مَا ٱقۡتَتَلُواْ وَلَٰكِنَّ ٱللَّهَ يَفۡعَلُ مَا يُرِيدُ

यी पैगम्बरहरू हुन् । तिनीहरूमध्ये हामीले केहीमाथि केहीलाई प्रधानता प्रदान गरेका छौं । केही यस्ता छन् जोसित अल्लाहले कुरा गर्यो र केहीका दर्जा उच्च बनायो र मरियमको पुत्र ईसालाई चमत्कारहरू प्रदान गर्यो र रूहुल्कुद्सद्वारा (पवित्र आत्मा) उनलाई मद्दत पुर्यायो । यदि अल्लाहले चाहेको भए, तिनीभन्दा पहिलेका मानिसहरू आफ्नाछेउ निशानीहरू आइसकेपछि आपसमा कदापि युद्ध गर्दैनथे, तर तिनीहरूले मतभेदका कुरा गरे, तिनीहरूमध्ये केही त आस्तिक भइहाले र केही काफिर (नास्तिक) नै रहे । र यदि अल्लाहले चाहेको भए यी मानिसहरू आपसमा लड्ने थिएनन्, तर अल्लाहले जे चाहन्छ, गर्दछ ।
Surah Al-Baqara, Verse 253


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَنفِقُواْ مِمَّا رَزَقۡنَٰكُم مِّن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٞ لَّا بَيۡعٞ فِيهِ وَلَا خُلَّةٞ وَلَا شَفَٰعَةٞۗ وَٱلۡكَٰفِرُونَ هُمُ ٱلظَّـٰلِمُونَ

हे ईमान भएकाहरू ! जुन हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट त्यो दिन आउँदासम्म खर्च गर्नेगर जब न व्यापार हुनेछ, न मित्रता, र नत कुनै सिफारिश काम लाग्नेछ । र कुफ्र गर्नेहरू नै अत्याचारी हुन् ।
Surah Al-Baqara, Verse 254


ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُۚ لَا تَأۡخُذُهُۥ سِنَةٞ وَلَا نَوۡمٞۚ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ مَن ذَا ٱلَّذِي يَشۡفَعُ عِندَهُۥٓ إِلَّا بِإِذۡنِهِۦۚ يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۖ وَلَا يُحِيطُونَ بِشَيۡءٖ مِّنۡ عِلۡمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرۡسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۖ وَلَا يَـُٔودُهُۥ حِفۡظُهُمَاۚ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ

अल्लाह नै वास्तवमा सत्य पूजनीय छ, उसबाहेक अरु कोही पूज्य छैन । (ऊ) सधैं जीवित रहनेवाला र सबैलाई थाम्न सक्नेवाला छ । उसलाई न अल्छी लाग्छ न निद्रा आउँछ, जे जति आकाशमण्डलमा छन् र जे धरतीमा छ, सबै उसैको हो । को छ जसले उसको अनुमति बिना उसँग कसैको सिफारिश गर्न सकोस् । जे जति उनको अगाडि छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, उसलाई सबै थाहा छ, र तिनीहरूले उसको ज्ञानको केही अंशको पनि घेराबन्दी गर्न सक्दैनन्, हो उसले चाहेको हदसम्म मात्र । उसको कुर्सीले आकाशमण्डल र धरतीलाई घेरी राखेको छ र अल्लाहले उनको रक्षा गर्नुबाट थाक्दैन र नत दिक्क मान्छ । ऊ त सबैभन्दा ठूलो र सर्वोच्च छ ।
Surah Al-Baqara, Verse 255


لَآ إِكۡرَاهَ فِي ٱلدِّينِۖ قَد تَّبَيَّنَ ٱلرُّشۡدُ مِنَ ٱلۡغَيِّۚ فَمَن يَكۡفُرۡ بِٱلطَّـٰغُوتِ وَيُؤۡمِنۢ بِٱللَّهِ فَقَدِ ٱسۡتَمۡسَكَ بِٱلۡعُرۡوَةِ ٱلۡوُثۡقَىٰ لَا ٱنفِصَامَ لَهَاۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ

धर्ममा कुनै बलजफ्ती छैन । वास्तवमा कुमार्गबाट सुमार्ग प्रष्ट भइसकेको छ । यसर्थ जसले अल्लाह बाहेक अन्य मूर्तिहरूमा आस्था राख्दैन र अल्लाहमाथि आस्था राख्यो, उसले यस्तो बलियो डोरी समातिसकेको छ, जुन कि कहिल्यै चुँड्ने छैन। अल्लाह सबै कुरा सुन्नेवाला सर्वज्ञ हो।
Surah Al-Baqara, Verse 256


ٱللَّهُ وَلِيُّ ٱلَّذِينَ ءَامَنُواْ يُخۡرِجُهُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۖ وَٱلَّذِينَ كَفَرُوٓاْ أَوۡلِيَآؤُهُمُ ٱلطَّـٰغُوتُ يُخۡرِجُونَهُم مِّنَ ٱلنُّورِ إِلَى ٱلظُّلُمَٰتِۗ أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

जुन मानिसहरू आस्थावान छन् अल्लाह तिनको मित्र हो, तिनलाई अँध्यारोबाट निकाली उज्यालोतिर लग्दछ र जो काफिर छन्, तिनका साथी शैतानहरू हुन्, जसले कि तिनलाई उज्यालोबाट निकाली अँध्यारोतिर लग्छन् यिनै मानिसहरू नारकीय हुन् जुन त्यसमा सधैं रहने छन् ।
Surah Al-Baqara, Verse 257


أَلَمۡ تَرَ إِلَى ٱلَّذِي حَآجَّ إِبۡرَٰهِـۧمَ فِي رَبِّهِۦٓ أَنۡ ءَاتَىٰهُ ٱللَّهُ ٱلۡمُلۡكَ إِذۡ قَالَ إِبۡرَٰهِـۧمُ رَبِّيَ ٱلَّذِي يُحۡيِۦ وَيُمِيتُ قَالَ أَنَا۠ أُحۡيِۦ وَأُمِيتُۖ قَالَ إِبۡرَٰهِـۧمُ فَإِنَّ ٱللَّهَ يَأۡتِي بِٱلشَّمۡسِ مِنَ ٱلۡمَشۡرِقِ فَأۡتِ بِهَا مِنَ ٱلۡمَغۡرِبِ فَبُهِتَ ٱلَّذِي كَفَرَۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّـٰلِمِينَ

के तिमीले त्यस मान्छेलाई देखेनौं, जसले राज्यसत्ता पाएर, इब्राहीम (अलैहिस्सलाम) सित पालनकर्ताको बारेमा विवाद गर्न थाल्यो ? जब इब्राहीमले भने, मेरो पालनहार त त्यो हो जसले जीवित राख्द्छ र मार्दछ । उसले भन्यो कि जीवित राख्ने र मार्ने काम त म पनि गर्दछु । इब्राहीमले भने कि अल्लाहले त सूर्यलाई पूर्वबाट उदाउन लगाउँछ, तिमीले उसलाई पश्चिमबाट उदाउन लगाइदेऊ । (यो सुनेर) त्यो काफिर आश्चर्यचकित भयो र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
Surah Al-Baqara, Verse 258


أَوۡ كَٱلَّذِي مَرَّ عَلَىٰ قَرۡيَةٖ وَهِيَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا قَالَ أَنَّىٰ يُحۡيِۦ هَٰذِهِ ٱللَّهُ بَعۡدَ مَوۡتِهَاۖ فَأَمَاتَهُ ٱللَّهُ مِاْئَةَ عَامٖ ثُمَّ بَعَثَهُۥۖ قَالَ كَمۡ لَبِثۡتَۖ قَالَ لَبِثۡتُ يَوۡمًا أَوۡ بَعۡضَ يَوۡمٖۖ قَالَ بَل لَّبِثۡتَ مِاْئَةَ عَامٖ فَٱنظُرۡ إِلَىٰ طَعَامِكَ وَشَرَابِكَ لَمۡ يَتَسَنَّهۡۖ وَٱنظُرۡ إِلَىٰ حِمَارِكَ وَلِنَجۡعَلَكَ ءَايَةٗ لِّلنَّاسِۖ وَٱنظُرۡ إِلَى ٱلۡعِظَامِ كَيۡفَ نُنشِزُهَا ثُمَّ نَكۡسُوهَا لَحۡمٗاۚ فَلَمَّا تَبَيَّنَ لَهُۥ قَالَ أَعۡلَمُ أَنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

वा यस्तै किसिमले (त्यो मान्छेलाई देखेनौं) जो त्यस गाउँबाट हिंड्यो जुन कि छतसमेत ध्वस्त भएको थियो, अनि त्यसले भन्यो कि अल्लाह यसलाई मारिसकेपछि कसरी जीवित पार्नेछ ?। अनि अल्लाहले सय वर्षसम्मका लागि त्यसलाई मृतक राख्यो, फेरि त्यसलाई पूनर्जिवित गर्यो र सोध्यो तिमी कति अवधिसम्म मृतक थियौ ? त्यसले जवाफ दियो कि एकदिन अथवा त्योभन्दा पनि कम । अल्लाहले भन्योः होइन, बरु सयवर्ष तिमी मृत थियौ र आफ्नो खानपिनको कुराहरू हेर कि यति लामो समयसम्म पनि अलिकति बिग्रेको छैन् र आफ्नो गदहालाई हेर (जुनकि मृतक अवस्थामा छ) । हामीले तिमीलाई मानिसहरूको निम्ति निशानी बनाउँछौं र (गदहाको) हाँडहरू हेर कि हामीले तिनलाई कसरी जोडी तिनीमाथि मासुको आवरण हालिदिन्छौं । जब यी सबै त्यसले देख्यो त भनिहाल्यो कि म विश्वास गर्दछु कि अल्लाह हरेक कुरामाथि शक्ति सम्पन्न छ ।
Surah Al-Baqara, Verse 259


وَإِذۡ قَالَ إِبۡرَٰهِـۧمُ رَبِّ أَرِنِي كَيۡفَ تُحۡيِ ٱلۡمَوۡتَىٰۖ قَالَ أَوَلَمۡ تُؤۡمِنۖ قَالَ بَلَىٰ وَلَٰكِن لِّيَطۡمَئِنَّ قَلۡبِيۖ قَالَ فَخُذۡ أَرۡبَعَةٗ مِّنَ ٱلطَّيۡرِ فَصُرۡهُنَّ إِلَيۡكَ ثُمَّ ٱجۡعَلۡ عَلَىٰ كُلِّ جَبَلٖ مِّنۡهُنَّ جُزۡءٗا ثُمَّ ٱدۡعُهُنَّ يَأۡتِينَكَ سَعۡيٗاۚ وَٱعۡلَمۡ أَنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ

र, जब इब्राहीमले अल्लाहसित भने कि हे मेरो पालनहार ! मलाई देखाऊ कि तिमीले मृतकहरूलाई कसरी जीवित पार्नेछौ ? अल्लाहले भने कि के तिमीले (यो कुरालाई) विश्वास गरेनौं ? तिनले भने हो, अवश्य विश्वास गर्छु तर यस कारणले (चाहन्छु) ताकि पूर्णरूपले मलाई सन्तोष होस् । अल्लाहले भन्यो कि चारवटा चराहरू समातेर ल्याऊ र तिनलाई टुक्रा–टुक्रा गरिहाल, फेरि तिनका एक–एक टुक्रा प्रत्येक पहाडमा राखिहाल । अनि तिनलाई बोलाऊ तिनीहरू तिमीतिर दगुर्दै आउने छन् र जानीराख कि अल्लाह सर्वसामथ्र्य र सर्वबुद्धि सम्पन्न छ ।
Surah Al-Baqara, Verse 260


مَّثَلُ ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ فِي سَبِيلِ ٱللَّهِ كَمَثَلِ حَبَّةٍ أَنۢبَتَتۡ سَبۡعَ سَنَابِلَ فِي كُلِّ سُنۢبُلَةٖ مِّاْئَةُ حَبَّةٖۗ وَٱللَّهُ يُضَٰعِفُ لِمَن يَشَآءُۚ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٌ

जुन मानिसहरूले अल्लाहको मार्गमा आफ्ना सम्पत्ति खर्च गदर्छन, त्यसको उदाहरण त्यस दानाको जस्तो छ जसबाट सातवटा बालाहरू निस्कन्छन् र प्रत्येक बालामा सय–सयवटा दानाहरू हुनेछन् । र अल्लाहले जसको (सम्पतिमा) चाहन्छ, वृद्धि गर्दछ । र अल्लाह अत्यन्त सर्वव्यापी र प्रत्येक कुरोको ज्ञाता छ ।
Surah Al-Baqara, Verse 261


ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ فِي سَبِيلِ ٱللَّهِ ثُمَّ لَا يُتۡبِعُونَ مَآ أَنفَقُواْ مَنّٗا وَلَآ أَذٗى لَّهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

जुन मानिसहरूले अल्लाहको बाटोमा आफ्ना धन सम्पत्ति खर्च गदर्छन् र त्यसपछि उपकार गरेको देखाउँदैनन्, नत (कसैलाई) दुःख दिन्छन्, तिनको बदला तिनको पालनहारसित छ, र नत तिनलाई भय–त्रास हुनेछ, नत तिनी दुःखी नै हुनेछन् ।
Surah Al-Baqara, Verse 262


۞قَوۡلٞ مَّعۡرُوفٞ وَمَغۡفِرَةٌ خَيۡرٞ مِّن صَدَقَةٖ يَتۡبَعُهَآ أَذٗىۗ وَٱللَّهُ غَنِيٌّ حَلِيمٞ

मीठो कुरा गर्नु र क्षमा गर्नु त्यस दानभन्दा उत्तम हो जसपछि दुःख दिइन्छ । र अल्लाह निस्पृह र नितान्त सहनशील छ ।
Surah Al-Baqara, Verse 263


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُبۡطِلُواْ صَدَقَٰتِكُم بِٱلۡمَنِّ وَٱلۡأَذَىٰ كَٱلَّذِي يُنفِقُ مَالَهُۥ رِئَآءَ ٱلنَّاسِ وَلَا يُؤۡمِنُ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۖ فَمَثَلُهُۥ كَمَثَلِ صَفۡوَانٍ عَلَيۡهِ تُرَابٞ فَأَصَابَهُۥ وَابِلٞ فَتَرَكَهُۥ صَلۡدٗاۖ لَّا يَقۡدِرُونَ عَلَىٰ شَيۡءٖ مِّمَّا كَسَبُواْۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡكَٰفِرِينَ

हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर । जसरी एउटा मानिसले अरु मानिसहरूलाई देखाउनको निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछ र उसले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दैन । उसको उदाहरण त्यस सफा ढुँगा जस्तो छ, जसमाथि माटोको पात्लो तह जमेको हुन्छ र त्यसमाथि ठूलो वृष्टि भई त्यसलाई एकदम सफा गरिदिन्छ । यी मानिसहरूलाई आफ्ना कर्महरूको प्रतिफल प्राप्त हुनेछैन र अल्लाहले यस्ता कृतघ्नहरूलाई मार्गनिर्देशन गर्दैन ।
Surah Al-Baqara, Verse 264


وَمَثَلُ ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمُ ٱبۡتِغَآءَ مَرۡضَاتِ ٱللَّهِ وَتَثۡبِيتٗا مِّنۡ أَنفُسِهِمۡ كَمَثَلِ جَنَّةِۭ بِرَبۡوَةٍ أَصَابَهَا وَابِلٞ فَـَٔاتَتۡ أُكُلَهَا ضِعۡفَيۡنِ فَإِن لَّمۡ يُصِبۡهَا وَابِلٞ فَطَلّٞۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٌ

जुन मानिसहरू अल्लाहको प्रसन्नता प्राप्त गर्न पवित्र हृदयले आफ्नो सम्पत्ति खर्च गर्दछन्, तिनको दृष्टान्न त्यस बगैंचाको जस्तो छ जुन अग्लो ठाउँमा अवस्थित छ । त्यसमाथि वर्षा हुन्छ, त्यसबाट त्यसले दुईगुणा फल दिन्छ र ठूलो वृष्टि न भएपनि हल्का तुषार नै पर्याप्त हुन्छ र अल्लाहले तिम्रा क्रियाकलापहरूलाई देखिराखेको छ ।
Surah Al-Baqara, Verse 265


أَيَوَدُّ أَحَدُكُمۡ أَن تَكُونَ لَهُۥ جَنَّةٞ مِّن نَّخِيلٖ وَأَعۡنَابٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ لَهُۥ فِيهَا مِن كُلِّ ٱلثَّمَرَٰتِ وَأَصَابَهُ ٱلۡكِبَرُ وَلَهُۥ ذُرِّيَّةٞ ضُعَفَآءُ فَأَصَابَهَآ إِعۡصَارٞ فِيهِ نَارٞ فَٱحۡتَرَقَتۡۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَتَفَكَّرُونَ

के तिमीहरूमध्ये कसैले यो इच्छा गर्दछ कि ऊसंग अँगूर र खजूरको बगैंचा होस् जसमा नहरहरू बगिराखुन् र त्यसमा हरेक किसिमका फलहरू लागिरहुन् र त्यो मानिसको वृद्धावस्था आईपुग्दछ र उसका स–साना बालबालिकाहरू पनि हुन्, अनि एक्कासी त्यो बगैंचा आगोको एउटा भूमरीमा परी भस्म भइहालोस् । यस किसिमबाट अल्लाहले तिमीसित आफ्ना आयतहरू स्पष्टरूपले वर्णन गर्छ ताकि तिमी चिन्तन मनन् गर ।
Surah Al-Baqara, Verse 266


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَنفِقُواْ مِن طَيِّبَٰتِ مَا كَسَبۡتُمۡ وَمِمَّآ أَخۡرَجۡنَا لَكُم مِّنَ ٱلۡأَرۡضِۖ وَلَا تَيَمَّمُواْ ٱلۡخَبِيثَ مِنۡهُ تُنفِقُونَ وَلَسۡتُم بِـَٔاخِذِيهِ إِلَّآ أَن تُغۡمِضُواْ فِيهِۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ غَنِيٌّ حَمِيدٌ

मोमिनहरू हो ! जुन पवित्र, राम्रो कुरा तिमीले कमाउँछौ र जुन कुरा हामीले तिम्रा निम्ति पृथ्वीबाट उब्जाउँछौं, त्यसबाट (धर्मको मार्गमा) खर्च गर र त्यसमध्ये नराम्रा वस्तु दिने विचार नराख्नु, जुन वस्तु तिमी स्वयम् लिन चाहँदैनौ । र, बुझिराख कि अल्लाहलाई कुनै कुराको आवश्यकता छैन र ऊ सर्वगुण सम्पन्न छ ।
Surah Al-Baqara, Verse 267


ٱلشَّيۡطَٰنُ يَعِدُكُمُ ٱلۡفَقۡرَ وَيَأۡمُرُكُم بِٱلۡفَحۡشَآءِۖ وَٱللَّهُ يَعِدُكُم مَّغۡفِرَةٗ مِّنۡهُ وَفَضۡلٗاۗ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ

(हेर) शैतानले तिमीलाई गरिबीबाट तर्साउँछ र निर्लज्जातापूर्ण काम गर्ने प्रेरणा दिन्छ । र अल्लाह तिमीसित आफ्नो उपकार र वरदानको वचन दिन्छ । र अल्लाह सर्वव्यापी र अति ज्ञानी छ ।
Surah Al-Baqara, Verse 268


يُؤۡتِي ٱلۡحِكۡمَةَ مَن يَشَآءُۚ وَمَن يُؤۡتَ ٱلۡحِكۡمَةَ فَقَدۡ أُوتِيَ خَيۡرٗا كَثِيرٗاۗ وَمَا يَذَّكَّرُ إِلَّآ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ

उसले जसलाई मनपराउँछ, बुद्धि र कौशल प्रदान गर्दछ र जसले बुद्धि र कौशल प्राप्त गर्याे, निःसन्देह उसले ठूलो वरदान प्राप्त गर्यो । र उपदेश तिनैले स्वीकार गर्दछन् जो बुद्धिमान छन् ।
Surah Al-Baqara, Verse 269


وَمَآ أَنفَقۡتُم مِّن نَّفَقَةٍ أَوۡ نَذَرۡتُم مِّن نَّذۡرٖ فَإِنَّ ٱللَّهَ يَعۡلَمُهُۥۗ وَمَا لِلظَّـٰلِمِينَ مِنۡ أَنصَارٍ

तिमी (अल्लाहको मार्गमा) जे जति खर्च गर्दछौ र जे सुकै मन्नत गर्दछौ, अल्लाहलाई थाहा हुन्छ र दुष्कर्म गर्नेहरूको कोही सहायता गर्ने छैन ।
Surah Al-Baqara, Verse 270


إِن تُبۡدُواْ ٱلصَّدَقَٰتِ فَنِعِمَّا هِيَۖ وَإِن تُخۡفُوهَا وَتُؤۡتُوهَا ٱلۡفُقَرَآءَ فَهُوَ خَيۡرٞ لَّكُمۡۚ وَيُكَفِّرُ عَنكُم مِّن سَيِّـَٔاتِكُمۡۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ

यदि तिमी दान र सहायता खुला रूपमा दिन्छौ भने पनि राम्रो छ र यदि गोप्यरूपले गरीब असहायलाई दिन्छौ त त्यो तिम्रोलागी झन् राम्रो छ । र तिम्रा पापहरूलाई समाप्त गरिदिन्छ । र अल्लाहलाई तिम्रा सबै क्रियाकलापहरूबारे थाहा छ ।
Surah Al-Baqara, Verse 271


۞لَّيۡسَ عَلَيۡكَ هُدَىٰهُمۡ وَلَٰكِنَّ ٱللَّهَ يَهۡدِي مَن يَشَآءُۗ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ فَلِأَنفُسِكُمۡۚ وَمَا تُنفِقُونَ إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ ٱللَّهِۚ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ يُوَفَّ إِلَيۡكُمۡ وَأَنتُمۡ لَا تُظۡلَمُونَ

तिमी तिनीहरूको मार्गनिर्देशनको लागि जिम्मेवार छैनौ, बरु अल्लाहले नै जसलाई चाहन्छ, मार्गनिर्देशन गर्दछ । र तिमीले जुन असल माल खर्च गर्नेछौ, त्यसको फाइदा तिमीलाई नै हुनेछ । र तिमीले अल्लाहको सदिच्छा हासिल गर्न मात्र खर्च गर्नुपर्दछ । तिमीले जेजति खर्च गर्छौ, त्यसको पूरा प्रतिफल तिमीलाई दिइनेछ र तिम्रो कुनै प्रकारको हक मारिने छैन ।
Surah Al-Baqara, Verse 272


لِلۡفُقَرَآءِ ٱلَّذِينَ أُحۡصِرُواْ فِي سَبِيلِ ٱللَّهِ لَا يَسۡتَطِيعُونَ ضَرۡبٗا فِي ٱلۡأَرۡضِ يَحۡسَبُهُمُ ٱلۡجَاهِلُ أَغۡنِيَآءَ مِنَ ٱلتَّعَفُّفِ تَعۡرِفُهُم بِسِيمَٰهُمۡ لَا يَسۡـَٔلُونَ ٱلنَّاسَ إِلۡحَافٗاۗ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ فَإِنَّ ٱللَّهَ بِهِۦ عَلِيمٌ

(दान पुण्यका हकदार) त्यस्ता गरिब, असहाय छन् जो अल्लाहको मार्गमा रोकिएर बसेका छन् र देशको अन्य भागमा जान सक्दैनन्, र माँग्न लाज मान्दछन्, यहाँसम्म कि न माँग्नाले अनभिज्ञ मानिसले तिनलाई सम्पन्न ठान्दछ, र तिमीले तिनको अनुहारको आकारबाट उनलाई चिन सक्ने छौ । तिनीहरूले मानिसहरूसँग प्रार्थना गरी माँग्न सक्दैनन् र तिमीले जे जति धन सम्पत्ति खर्च गर्दछौ, निःसन्देह अल्लाहलाई त्यसको ज्ञान हुन्छ ।
Surah Al-Baqara, Verse 273


ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُم بِٱلَّيۡلِ وَٱلنَّهَارِ سِرّٗا وَعَلَانِيَةٗ فَلَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

जुन मानिसहरूले दिन वा रात, लुकाई वा प्रकट गरी आफ्ना सम्पत्ति खर्च गर्दछन्, तिनको पारितोषिक अल्लाहसँग छ र तिनलाई न कुनै भय–त्रास हुनेछ न कुनै चिन्ता ।
Surah Al-Baqara, Verse 274


ٱلَّذِينَ يَأۡكُلُونَ ٱلرِّبَوٰاْ لَا يَقُومُونَ إِلَّا كَمَا يَقُومُ ٱلَّذِي يَتَخَبَّطُهُ ٱلشَّيۡطَٰنُ مِنَ ٱلۡمَسِّۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَالُوٓاْ إِنَّمَا ٱلۡبَيۡعُ مِثۡلُ ٱلرِّبَوٰاْۗ وَأَحَلَّ ٱللَّهُ ٱلۡبَيۡعَ وَحَرَّمَ ٱلرِّبَوٰاْۚ فَمَن جَآءَهُۥ مَوۡعِظَةٞ مِّن رَّبِّهِۦ فَٱنتَهَىٰ فَلَهُۥ مَا سَلَفَ وَأَمۡرُهُۥٓ إِلَى ٱللَّهِۖ وَمَنۡ عَادَ فَأُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

जुन मानिसहरू व्याज खान्छन् तिनी (चिहानहरूबाट) यस प्रकारले (भ्रमित भई) उठ्ने छन् जस्तो कि शैतानले छोएको पागल होस् । यो यस कारणले कि तिनीहरूले भन्ने गर्दथे कि व्यापार गर्नु पनि त यस्तै छ, जस्तो कि ब्याज (लिनु) । तर व्यापारलाई अल्लाहले हलाल (ग्राह्य) बनाएको छ र ब्याजलाई हराम । जुन मानिसले आफ्नो छेउ अल्लाहको निर्देशन पुगेपछि (ब्याज लिन) त्यागिदियो भने जेजति भइसकेको छ, त्यसको माफी पाउनेछ । र त्यसको निर्णय अल्लाहले गर्नेछ । र यदि फेरि (व्याज) लिन थाल्यो भने, त्यस्ता मानिसहरू नारकीय हुनेछन्, र सधैं नर्कमा रहने छन् ।
Surah Al-Baqara, Verse 275


يَمۡحَقُ ٱللَّهُ ٱلرِّبَوٰاْ وَيُرۡبِي ٱلصَّدَقَٰتِۗ وَٱللَّهُ لَا يُحِبُّ كُلَّ كَفَّارٍ أَثِيمٍ

अल्लाहले ब्याजलाई खतम (समाप्त) गर्दछ र दानमा बृद्धि गर्दछ र अल्लाहले कुनै कृतघ्न र पापीलाई प्रेम गर्दैन ।
Surah Al-Baqara, Verse 276


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ لَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

निःसन्देह जुन मानिसहरूले ईमानका साथ ‘‘सुन्नत’’को मोताबिक (अनुकूल) असल कर्म गर्दछन्, नमाज पढछन् र जकात दिंदै गर्छन्, तिनीले तिनका कर्महरूको फल अल्लाहकहाँ पाउनेछन् र (कियामतको दिन) तिनलाई न कुनै भय हुनेछ न तिनीहरू दुःखी हुनेछन् ।
Surah Al-Baqara, Verse 277


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَذَرُواْ مَا بَقِيَ مِنَ ٱلرِّبَوٰٓاْ إِن كُنتُم مُّؤۡمِنِينَ

हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ यदि तिमी ईमानवाला छौ ।
Surah Al-Baqara, Verse 278


فَإِن لَّمۡ تَفۡعَلُواْ فَأۡذَنُواْ بِحَرۡبٖ مِّنَ ٱللَّهِ وَرَسُولِهِۦۖ وَإِن تُبۡتُمۡ فَلَكُمۡ رُءُوسُ أَمۡوَٰلِكُمۡ لَا تَظۡلِمُونَ وَلَا تُظۡلَمُونَ

र यदि यस्तो गर्दैनौ भने त अल्लाह र उसको सन्देष्टासँग युद्धको लागि तयार भइहाल, हो यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकमको हकदार छौ, न तिमी अत्याचार गर नत तिमीमाथि अत्याचार गरियोस् ।
Surah Al-Baqara, Verse 279


وَإِن كَانَ ذُو عُسۡرَةٖ فَنَظِرَةٌ إِلَىٰ مَيۡسَرَةٖۚ وَأَن تَصَدَّقُواْ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ

यदि कठिनाईमा छ भने उसलाई तिर्न सजिलो नहुञ्जेलसम्मको लागि समय देऊ । तर यदि तिमीले त्यसलाई दानको रपमा प्रदान गरिदिन्छौ भने तिम्रो निम्ति सबभन्दा राम्रो हुन्छ, यदि यो कुरा तिमी बुझ्दछौ भने ।
Surah Al-Baqara, Verse 280


وَٱتَّقُواْ يَوۡمٗا تُرۡجَعُونَ فِيهِ إِلَى ٱللَّهِۖ ثُمَّ تُوَفَّىٰ كُلُّ نَفۡسٖ مَّا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ

र त्यस दिनसँग डर जबकि अल्लाहको अगाडि फर्केर जानेछौ र प्रत्येक मानिसले आफ्नो कर्महरूको प्रतिफल प्राप्त गर्ने छ र तिनीहरूमाथि अन्याय हुने छैन ।
Surah Al-Baqara, Verse 281


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا تَدَايَنتُم بِدَيۡنٍ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى فَٱكۡتُبُوهُۚ وَلۡيَكۡتُب بَّيۡنَكُمۡ كَاتِبُۢ بِٱلۡعَدۡلِۚ وَلَا يَأۡبَ كَاتِبٌ أَن يَكۡتُبَ كَمَا عَلَّمَهُ ٱللَّهُۚ فَلۡيَكۡتُبۡ وَلۡيُمۡلِلِ ٱلَّذِي عَلَيۡهِ ٱلۡحَقُّ وَلۡيَتَّقِ ٱللَّهَ رَبَّهُۥ وَلَا يَبۡخَسۡ مِنۡهُ شَيۡـٔٗاۚ فَإِن كَانَ ٱلَّذِي عَلَيۡهِ ٱلۡحَقُّ سَفِيهًا أَوۡ ضَعِيفًا أَوۡ لَا يَسۡتَطِيعُ أَن يُمِلَّ هُوَ فَلۡيُمۡلِلۡ وَلِيُّهُۥ بِٱلۡعَدۡلِۚ وَٱسۡتَشۡهِدُواْ شَهِيدَيۡنِ مِن رِّجَالِكُمۡۖ فَإِن لَّمۡ يَكُونَا رَجُلَيۡنِ فَرَجُلٞ وَٱمۡرَأَتَانِ مِمَّن تَرۡضَوۡنَ مِنَ ٱلشُّهَدَآءِ أَن تَضِلَّ إِحۡدَىٰهُمَا فَتُذَكِّرَ إِحۡدَىٰهُمَا ٱلۡأُخۡرَىٰۚ وَلَا يَأۡبَ ٱلشُّهَدَآءُ إِذَا مَا دُعُواْۚ وَلَا تَسۡـَٔمُوٓاْ أَن تَكۡتُبُوهُ صَغِيرًا أَوۡ كَبِيرًا إِلَىٰٓ أَجَلِهِۦۚ ذَٰلِكُمۡ أَقۡسَطُ عِندَ ٱللَّهِ وَأَقۡوَمُ لِلشَّهَٰدَةِ وَأَدۡنَىٰٓ أَلَّا تَرۡتَابُوٓاْ إِلَّآ أَن تَكُونَ تِجَٰرَةً حَاضِرَةٗ تُدِيرُونَهَا بَيۡنَكُمۡ فَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَلَّا تَكۡتُبُوهَاۗ وَأَشۡهِدُوٓاْ إِذَا تَبَايَعۡتُمۡۚ وَلَا يُضَآرَّ كَاتِبٞ وَلَا شَهِيدٞۚ وَإِن تَفۡعَلُواْ فَإِنَّهُۥ فُسُوقُۢ بِكُمۡۗ وَٱتَّقُواْ ٱللَّهَۖ وَيُعَلِّمُكُمُ ٱللَّهُۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ

हे मोमिनहरू! जब तिमीले आपसमा कुनै निश्चित अवधिको लागि ऋणको लेनदेन व्यवहार गर्दछौ भने त्यसलाई लेखाई राख र लेख्नेले तिमीहरूमध्ये (कसैको अहित हुने गरी न लेखोस् बरु) न्यायपूर्ण तरिकाले लेखोस् साथै त्यसले, लेख्न अस्वीकार पनि नगरोस र दस्तावेज लेखिहालोस् । किनभने उसलाई अल्लाहले लेख्न सिकाएको छ र जुन मानिसले ऋण लिन्छ त्यसैले (दस्तावेजको) लिखतको व्यहोरा भनेर लेखाओस् र अल्लाहसँग जो कि उसको स्वामी हो, डरोस्, र ऋणको रकमबाट केही घटाएर नलेखाओस् र यदि ऋण लिने मान्छे मन्द बुद्धि वा निर्वल, वृद्ध, होस् अथवा व्यहोरा लेखाउने योग्यता छैन भएको अवस्थामा जुन त्यसको उत्तराधिकारी होस्, त्यसले न्यायपूर्ण ढङ्गले मज्मून भनी उसको तर्फबाट लेखाइदेओस्, र दुई पुरुषलाई साक्षी राख । यदि दुई पुरुष छैनन् भने एउटा पुरुष र दुईटा स्त्री जसलाई तिमीले साक्षीको रूपमा रुचाउँछौ, जसबाट ती स्त्रीमध्ये एउटीले बिर्सेमा अर्कीले त्यसलाई सम्झाइहालोस् र जब साक्षीहरूलाई (साक्ष्यको निम्ति) डाकिन्छ तब जान अस्वीकार नगरुन् र ऋण जसको अवधि निश्चित छ, थोरै होस् अथवा धेरै (त्यसको दस्तावेज लेख्न–लेखाउनमा अल्छी नगर) । यो कुरा अल्लाहको दृष्टिमा बडो न्यायपूर्ण छ र साक्ष्यको निम्ति पनि धेरै सही बाटो हो । यसबाट तिमीलाई कुनै प्रकारको सन्देह हुनेछैन । तर हो, यदि तिमीले कुनै हातैहात व्यवहार (लिनेदिने) गर्दछौ भने (यस्ता व्यवहारहरूको) लिखत नगरे पनि तिमीमाथि कुनै दोष आउने छैन र किनबेचगर्दा पनि साक्षी राख्ने गर । दस्तावेज लेख्ने र साक्षी हुनेहरूलाई कुनै प्रकारको हानि नपुर्याऊ । यदि तिमी यस्तो गर्दछौ भने यो तिम्रो निम्ति दुष्टतापूर्ण कर्म हुनेछ र अल्लाहसँग डर र हेर कि अल्लाहले तिमीलाई तालिम दिइरहेको छ र अल्लाह प्रत्येक कुरो जान्दछ ।
Surah Al-Baqara, Verse 282


۞وَإِن كُنتُمۡ عَلَىٰ سَفَرٖ وَلَمۡ تَجِدُواْ كَاتِبٗا فَرِهَٰنٞ مَّقۡبُوضَةٞۖ فَإِنۡ أَمِنَ بَعۡضُكُم بَعۡضٗا فَلۡيُؤَدِّ ٱلَّذِي ٱؤۡتُمِنَ أَمَٰنَتَهُۥ وَلۡيَتَّقِ ٱللَّهَ رَبَّهُۥۗ وَلَا تَكۡتُمُواْ ٱلشَّهَٰدَةَۚ وَمَن يَكۡتُمۡهَا فَإِنَّهُۥٓ ءَاثِمٞ قَلۡبُهُۥۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ عَلِيمٞ

र यदि तिमी यात्रामा छौ र (दस्तावेज) लेख्ने मान्छे उपलब्ध छैन भने कुनै कुरो धितोको रूपमा राख्ने गर्नु । हो, यदि व्यवहार गर्नेहरू परस्परमा संतुष्ट छन् भने (ऋण धितो बिना पनि दिनु र ऋण लिनेले ऋणदाताको नासो (ऋणको रकम) फिर्ता दिइहालोस् र अल्लाहसँग जो कि उसको पालनकर्ता हो, डर मान्ने गरोस् साक्ष्यलाई नलुकाउनु, जसले त्यसलाई लुकाउँछ, उसको हृदय गुनहगार (पापी) हुनेछ । अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापहरू जान्दछ ।
Surah Al-Baqara, Verse 283


لِّلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَإِن تُبۡدُواْ مَا فِيٓ أَنفُسِكُمۡ أَوۡ تُخۡفُوهُ يُحَاسِبۡكُم بِهِ ٱللَّهُۖ فَيَغۡفِرُ لِمَن يَشَآءُ وَيُعَذِّبُ مَن يَشَآءُۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ

जेजति आकाशहरू र जे जमीनमा छन्, सबै अल्लाहकै सम्पत्ति हुन् । तिमीले आफ्नो मनभित्रका कुरा प्रकट गरे वा लुकाए पनि, अल्लाहले तिमीसँग त्यसको हिसाब लिनेछ । अनि उसले जसलाई चाहन्छ क्षमा प्रदान गर्दछ र जसलाई चाहन्छ दण्ड दिन्छ र प्रत्येक कुरामाथि अल्लाहको शासन छ ।
Surah Al-Baqara, Verse 284


ءَامَنَ ٱلرَّسُولُ بِمَآ أُنزِلَ إِلَيۡهِ مِن رَّبِّهِۦ وَٱلۡمُؤۡمِنُونَۚ كُلٌّ ءَامَنَ بِٱللَّهِ وَمَلَـٰٓئِكَتِهِۦ وَكُتُبِهِۦ وَرُسُلِهِۦ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّن رُّسُلِهِۦۚ وَقَالُواْ سَمِعۡنَا وَأَطَعۡنَاۖ غُفۡرَانَكَ رَبَّنَا وَإِلَيۡكَ ٱلۡمَصِيرُ

(हाम्रा) रसूलले त्यस कुरामा ईमान ल्याउनु भयो जुन उनीमाथि अल्लाहको तर्फबाट उतारियो र मोमिनहरूले पनि ईमान ल्याए, यिनीहरूसबै अल्लाह, उसका फरिश्ताहरू, उसका किताबहरू र उसका पैगम्बरहरूमाथि ईमान ल्याए । हामी उसका पैगम्बरहरूमध्ये कसैको बीच भेदभावको व्यवहार गर्दैनौं, उनीहरूले भने कि हामीले सुन्यौ र मान्यौ हामीले क्षमाको लागि प्रार्थना गर्दछौं । हे पालनकर्ता ! र तिमी छेउ नै फर्केर जानु छ ।
Surah Al-Baqara, Verse 285


لَا يُكَلِّفُ ٱللَّهُ نَفۡسًا إِلَّا وُسۡعَهَاۚ لَهَا مَا كَسَبَتۡ وَعَلَيۡهَا مَا ٱكۡتَسَبَتۡۗ رَبَّنَا لَا تُؤَاخِذۡنَآ إِن نَّسِينَآ أَوۡ أَخۡطَأۡنَاۚ رَبَّنَا وَلَا تَحۡمِلۡ عَلَيۡنَآ إِصۡرٗا كَمَا حَمَلۡتَهُۥ عَلَى ٱلَّذِينَ مِن قَبۡلِنَاۚ رَبَّنَا وَلَا تُحَمِّلۡنَا مَا لَا طَاقَةَ لَنَا بِهِۦۖ وَٱعۡفُ عَنَّا وَٱغۡفِرۡ لَنَا وَٱرۡحَمۡنَآۚ أَنتَ مَوۡلَىٰنَا فَٱنصُرۡنَا عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ

अल्लाहले कसैलाई उसको शक्तिभन्दा बढी कष्ट दिदैन । जुन सुकार्य उसले गर्दछ त्यसको प्रतिफल पाउँछ र जो पाप कर्म गर्दछ त्यसको परिणाम भोग्ने छ । हे हाम्रो प्रतिपालक ! यदि हामीबाट कुनै भूल वा त्रुटि भएको भए हामीलाई दोषी न ठहराउनु । हे पालनकर्ता ! हामीमाथि त्यस्तो भारी नराख्नु जस्तो कि तिमीले हामीभन्दा अगाडिका मानिसहरूमाथि राखेका थियौ । हे हाम्रो प्रतिपालक ! जुन भारी बोक्न सक्ने क्षमता हामीमा छैन त्यस्तो भारी हामीमाथि नराख्नु र (हे हाम्रो प्रतिपालक !) हाम्रा भूलत्रुटिको निमित्त हामीलाई क्षमा गर र मुक्ति प्रदान गर र हामीमाथि दया गर, तिमी नै हाम्रो स्वामी हौ तसर्थ हामीलाई काफिरहरूमाथि विजय प्रदान गर ।
Surah Al-Baqara, Verse 286


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 1
>> Surah 3

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai