UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Aal-e-Imran - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


الٓمٓ

अलिफ्–लाम–मीम
Surah Aal-e-Imran, Verse 1


ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُ

अल्लाह, नै वास्तविक सत्य पूजनीय हो, उस बाहेक अरु कोही पज्य छैन, जो सधैं रहिरहने र सबैको रक्षक हो ।
Surah Aal-e-Imran, Verse 2


نَزَّلَ عَلَيۡكَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ وَأَنزَلَ ٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَ

उसले (हे मुहम्मद) तपाईमाथि सत्यताको साथ ग्रन्थ (कुरआन) उतार्यो, जसले कि आफूभन्दा पहिलाका (किताबहरूको) पुष्टि गर्दछ र उसैले तौरात र इञ्जील उतार्यो ।
Surah Aal-e-Imran, Verse 3


مِن قَبۡلُ هُدٗى لِّلنَّاسِ وَأَنزَلَ ٱلۡفُرۡقَانَۗ إِنَّ ٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ ٱللَّهِ لَهُمۡ عَذَابٞ شَدِيدٞۗ وَٱللَّهُ عَزِيزٞ ذُو ٱنتِقَامٍ

यसभन्दा पहिला मानिसहरूको मार्गदर्शनको निम्ति पहिला (तौरात र इञ्जील) र पछि कुरआन पनि उसैले उतार्यो । जुन मानिसहरू अल्लाहका आयतहरू झूठो ठान्दछन्, तिनलाई कठोर सजाय हुनेछ । अल्लाह सर्वशक्तिमान र बदला लिनेवाला छ ।
Surah Aal-e-Imran, Verse 4


إِنَّ ٱللَّهَ لَا يَخۡفَىٰ عَلَيۡهِ شَيۡءٞ فِي ٱلۡأَرۡضِ وَلَا فِي ٱلسَّمَآءِ

निःसन्देह अल्लाहबाट पृथ्वी र आकाशको कुनै वस्तु लुकेको छैन ।
Surah Aal-e-Imran, Verse 5


هُوَ ٱلَّذِي يُصَوِّرُكُمۡ فِي ٱلۡأَرۡحَامِ كَيۡفَ يَشَآءُۚ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

उसले आमाको गर्भमा जस्तो चाहन्छ तिम्रा रूपहरू बनाउँछ । ऊ सर्वशक्तिमान र बुद्धिमता सम्पन्न छ, उस बाहेक वास्तवमा अरु कोहि पूजा योग्य छैन ।
Surah Aal-e-Imran, Verse 6


هُوَ ٱلَّذِيٓ أَنزَلَ عَلَيۡكَ ٱلۡكِتَٰبَ مِنۡهُ ءَايَٰتٞ مُّحۡكَمَٰتٌ هُنَّ أُمُّ ٱلۡكِتَٰبِ وَأُخَرُ مُتَشَٰبِهَٰتٞۖ فَأَمَّا ٱلَّذِينَ فِي قُلُوبِهِمۡ زَيۡغٞ فَيَتَّبِعُونَ مَا تَشَٰبَهَ مِنۡهُ ٱبۡتِغَآءَ ٱلۡفِتۡنَةِ وَٱبۡتِغَآءَ تَأۡوِيلِهِۦۖ وَمَا يَعۡلَمُ تَأۡوِيلَهُۥٓ إِلَّا ٱللَّهُۗ وَٱلرَّـٰسِخُونَ فِي ٱلۡعِلۡمِ يَقُولُونَ ءَامَنَّا بِهِۦ كُلّٞ مِّنۡ عِندِ رَبِّنَاۗ وَمَا يَذَّكَّرُ إِلَّآ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ

अल्लाहले नै तिमीलाई किताब प्रदान गर्यो, जसका केही आधारभूत आयतहरू छन्, त्यही वास्तविक किताब हो र केही सामान्य प्रकृतिका छन् । अनि जसको हृदयमा कुटिलता हुन्छ तिनले फसाद गर्ने मनसाय र गलत व्याख्याको नीयतले यिनै सामान्य आयातका पछाडि लागि पर्दछन् । तर यसको वास्तविक अर्थ अल्लाह बाहेक अरु कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन्, तिनीहरू भन्दछन् कि हामीले उनीमाथि आस्था राखीसकेका छौं । यी सबै हाम्रा पालनकर्ताबाट हुन्, नसीहत (उपदेश) त बुझ्नेले मात्र ग्रहण गर्दछन् ।
Surah Aal-e-Imran, Verse 7


رَبَّنَا لَا تُزِغۡ قُلُوبَنَا بَعۡدَ إِذۡ هَدَيۡتَنَا وَهَبۡ لَنَا مِن لَّدُنكَ رَحۡمَةًۚ إِنَّكَ أَنتَ ٱلۡوَهَّابُ

हे हाम्रा रब (प्रतिपालक) ! तिमीले हामीलाई सही मार्ग निर्देशन प्रदान गरिसके पछि त्यस उपरान्त हाम्रो हृदयमा विकृति उत्पन्न नगर । र हामीलाई आफूकहाँबाट कृपा प्रदान गर, निःसन्देह तिमी नै परम् दानी हौ ।
Surah Aal-e-Imran, Verse 8


رَبَّنَآ إِنَّكَ جَامِعُ ٱلنَّاسِ لِيَوۡمٖ لَّا رَيۡبَ فِيهِۚ إِنَّ ٱللَّهَ لَا يُخۡلِفُ ٱلۡمِيعَادَ

हे पालनकर्ता ! तिमीले निःसन्देह त्यसदिन जसको आगमनमा कुनै शंका छैन, सबै मानिसहरूलाई भेला गराउने छौ । निःसन्देह अल्लाह आफ्नो वाचा विपरीत गर्दैन ।
Surah Aal-e-Imran, Verse 9


إِنَّ ٱلَّذِينَ كَفَرُواْ لَن تُغۡنِيَ عَنۡهُمۡ أَمۡوَٰلُهُمۡ وَلَآ أَوۡلَٰدُهُم مِّنَ ٱللَّهِ شَيۡـٔٗاۖ وَأُوْلَـٰٓئِكَ هُمۡ وَقُودُ ٱلنَّارِ

काफिरहरूलाई तिनको धन सम्पत्ति र तिनका सन्तानले अल्लाहको (सजायबाट) तिनलाई बचाउन सक्दैनन् । र यी मानिसहरू नै नर्कको आगोका इन्धन हुनेछन् ।
Surah Aal-e-Imran, Verse 10


كَدَأۡبِ ءَالِ فِرۡعَوۡنَ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَذَّبُواْ بِـَٔايَٰتِنَا فَأَخَذَهُمُ ٱللَّهُ بِذُنُوبِهِمۡۗ وَٱللَّهُ شَدِيدُ ٱلۡعِقَابِ

यिनको अवस्था पनि आले फिरऔन र तिनीभन्दा अगाडिका मानिसहरू जस्तो हुनेछ, जसले हाम्रा आयातहरूलाई झूठ ठाने, अनि अल्लाहले पनि तिनलाई तिनका गुनाहलेगर्दा सजायको निम्ति समातिहाल्यो र अल्लाह कठोर सजाय दिनेवाला छ ।
Surah Aal-e-Imran, Verse 11


قُل لِّلَّذِينَ كَفَرُواْ سَتُغۡلَبُونَ وَتُحۡشَرُونَ إِلَىٰ جَهَنَّمَۖ وَبِئۡسَ ٱلۡمِهَادُ

(हे पैगम्बर !) काफिरहरूलाई भनिदिनुस् कि तिमीहरू छिटै पराजित हुनेछौ र अन्तिम दिन नर्कको बाटोमा जम्मा गरिने छौ, (जुन कि) साह्रै नराम्रो ठाउँ हो ।
Surah Aal-e-Imran, Verse 12


قَدۡ كَانَ لَكُمۡ ءَايَةٞ فِي فِئَتَيۡنِ ٱلۡتَقَتَاۖ فِئَةٞ تُقَٰتِلُ فِي سَبِيلِ ٱللَّهِ وَأُخۡرَىٰ كَافِرَةٞ يَرَوۡنَهُم مِّثۡلَيۡهِمۡ رَأۡيَ ٱلۡعَيۡنِۚ وَٱللَّهُ يُؤَيِّدُ بِنَصۡرِهِۦ مَن يَشَآءُۚ إِنَّ فِي ذَٰلِكَ لَعِبۡرَةٗ لِّأُوْلِي ٱلۡأَبۡصَٰرِ

तिम्रा निम्ति दुई समूह, जो कि (बद्रको युद्धको दिन) आपसमा संघर्षरत भए (अल्लाहको शक्तिको) प्रतीक थियो । एक समूह थियो, त्यो अल्लाहको मार्गमा युद्धरत थियो, र दोस्रो समूह काफिरहरूको थियो जसले तिनलाई आफ्ना आँखाले आफूभन्दा दोब्बर देखिराखेका थिए । र अल्लाह आफ्नो तर्फबाट जसलाई चाहन्छ सहयोग पुर्याउँछ । निःसन्देह यसमा आँखा भएकाहरूका लागि ठूलो पाठ छ ।
Surah Aal-e-Imran, Verse 13


زُيِّنَ لِلنَّاسِ حُبُّ ٱلشَّهَوَٰتِ مِنَ ٱلنِّسَآءِ وَٱلۡبَنِينَ وَٱلۡقَنَٰطِيرِ ٱلۡمُقَنطَرَةِ مِنَ ٱلذَّهَبِ وَٱلۡفِضَّةِ وَٱلۡخَيۡلِ ٱلۡمُسَوَّمَةِ وَٱلۡأَنۡعَٰمِ وَٱلۡحَرۡثِۗ ذَٰلِكَ مَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَٱللَّهُ عِندَهُۥ حُسۡنُ ٱلۡمَـَٔابِ

मानिसहरूमा तिनलाई मनपर्ने चीजहरूको माया समाविष्ट गराइयो अर्थात् स्वास्नीहरू, छोराहरू र सुनचाँदीको खर खजाना र शान्दार घोडाहरू, र पशुहरू र खेतीपाती यी संसारिक जिन्दगीका सरसामान हुन, र राम्रो फर्कने ठाउँ त अल्लाहकहाँ नै छ ।
Surah Aal-e-Imran, Verse 14


۞قُلۡ أَؤُنَبِّئُكُم بِخَيۡرٖ مِّن ذَٰلِكُمۡۖ لِلَّذِينَ ٱتَّقَوۡاْ عِندَ رَبِّهِمۡ جَنَّـٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا وَأَزۡوَٰجٞ مُّطَهَّرَةٞ وَرِضۡوَٰنٞ مِّنَ ٱللَّهِۗ وَٱللَّهُ بَصِيرُۢ بِٱلۡعِبَادِ

(हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि के म तिमीलाई यस्तो कुरा बताउँ जुन यी कुराहरूभन्दा धेरै राम्रो छ ? धर्मपरायण मानिसहरूका निम्ति अल्लाहकहाँ स्वर्ग छ जहाँ बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन् जहाँ तिनीहरू सँधै बस्ने छन्, र पवित्र स्वास्नीहरू छिन् र अल्लाहको प्रसन्नता छ । अल्लाह आफ्ना असल भक्तहरूलाई देखिरहेको छ ।
Surah Aal-e-Imran, Verse 15


ٱلَّذِينَ يَقُولُونَ رَبَّنَآ إِنَّنَآ ءَامَنَّا فَٱغۡفِرۡ لَنَا ذُنُوبَنَا وَقِنَا عَذَابَ ٱلنَّارِ

जो अल्लाहसित विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीले ईमान ल्यायौं, तसर्थ हाम्रा त्रुटिहरू क्षमा गर, र नर्कको यातनाबाट बचाऊ ।
Surah Aal-e-Imran, Verse 16


ٱلصَّـٰبِرِينَ وَٱلصَّـٰدِقِينَ وَٱلۡقَٰنِتِينَ وَٱلۡمُنفِقِينَ وَٱلۡمُسۡتَغۡفِرِينَ بِٱلۡأَسۡحَارِ

यी यस्ता मानिसहरू हुन् जसले धैर्य राख्दछन् र सत्य बोल्दछन् र आज्ञा पालक हुन् र अल्लाहको मार्गमा सम्पत्ति दान गर्दछन् र प्रातःकालमा आफ्ना भूल त्रुटिका लागि क्षमायाचना गर्दछन् ।
Surah Aal-e-Imran, Verse 17


شَهِدَ ٱللَّهُ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا هُوَ وَٱلۡمَلَـٰٓئِكَةُ وَأُوْلُواْ ٱلۡعِلۡمِ قَآئِمَۢا بِٱلۡقِسۡطِۚ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

अल्लाह, फरिश्ताहरू र ज्ञानीहरूले यस कुराको गवाही दिन्छन् कि अल्लाह बाहेक अरु कोही सत्य पूजा योग्य छैन । उही न्याय कायम राख्नेवाला हो । यस्तो सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न बाहेक अरु कोही आराधना योग्य छैन ।
Surah Aal-e-Imran, Verse 18


إِنَّ ٱلدِّينَ عِندَ ٱللَّهِ ٱلۡإِسۡلَٰمُۗ وَمَا ٱخۡتَلَفَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ إِلَّا مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡعِلۡمُ بَغۡيَۢا بَيۡنَهُمۡۗ وَمَن يَكۡفُرۡ بِـَٔايَٰتِ ٱللَّهِ فَإِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ

निःसन्देह अल्लाहको नजिक इस्लाम नै (साँचो) धर्म हो र अह्ले किताबले (किताबवालाहरूले) ज्ञान प्राप्त गरिसकेपछि आपसी रिस–रागको कारण विरोध गरेका हुन् र जुन मानिसले अल्लाहका आयातहरूलाई मानेनन्, अल्लाहले उसको शीघ्र हिसाब लिने छ ।
Surah Aal-e-Imran, Verse 19


فَإِنۡ حَآجُّوكَ فَقُلۡ أَسۡلَمۡتُ وَجۡهِيَ لِلَّهِ وَمَنِ ٱتَّبَعَنِۗ وَقُل لِّلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَٱلۡأُمِّيِّـۧنَ ءَأَسۡلَمۡتُمۡۚ فَإِنۡ أَسۡلَمُواْ فَقَدِ ٱهۡتَدَواْۖ وَّإِن تَوَلَّوۡاْ فَإِنَّمَا عَلَيۡكَ ٱلۡبَلَٰغُۗ وَٱللَّهُ بَصِيرُۢ بِٱلۡعِبَادِ

(हे पैगम्बर !) तै पनि यदि यी मानिसहरू तपाईसँग वादविवाद गर्दछन् भने भनिदिनुस् म र मेरा अनुयायीहरूले सम्पूर्ण रूपमा अल्लाहमा समर्पित भइसकेका छौं र किताबवाला र अनपढहरूसित भनिदिनुस् कि के तिमीहरूले पनि इस्लाम मान्दछौ ? यदि यिनीहरू पनि अनुयायी बन्दछन् भने निःसन्देह मार्गदर्शन प्राप्त गर्नेछन्, र यदि मान्दैनन् भने तपाईको काम मात्र अल्लाहको सन्देश पुर्याइदिने हो । अल्लाह (आफ्ना) भक्तहरूलाई राम्री देखिराखेको छ ।
Surah Aal-e-Imran, Verse 20


إِنَّ ٱلَّذِينَ يَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَيَقۡتُلُونَ ٱلنَّبِيِّـۧنَ بِغَيۡرِ حَقّٖ وَيَقۡتُلُونَ ٱلَّذِينَ يَأۡمُرُونَ بِٱلۡقِسۡطِ مِنَ ٱلنَّاسِ فَبَشِّرۡهُم بِعَذَابٍ أَلِيمٍ

जुन मानिसहहरू अल्लाहका आयतहरूलाई मान्दैनन् र अल्लाहका संदेशबाहकहरूलाई अनाधिकार मारिदिन्छन् र जसले न्यायका कुरा गर्नेहरूलाई पनि मारिदिन्छन् त हे नबी तिनलाई कष्टपूर्ण सजायको सन्देश सुनाइदिनु ।
Surah Aal-e-Imran, Verse 21


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ حَبِطَتۡ أَعۡمَٰلُهُمۡ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَمَا لَهُم مِّن نَّـٰصِرِينَ

यिनी यस्ता मानिसहरू हुन् जसका कर्महरू यस लोक र परलोक दुवैका लागि निरर्थक छन्, र तिनीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
Surah Aal-e-Imran, Verse 22


أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ أُوتُواْ نَصِيبٗا مِّنَ ٱلۡكِتَٰبِ يُدۡعَوۡنَ إِلَىٰ كِتَٰبِ ٱللَّهِ لِيَحۡكُمَ بَيۡنَهُمۡ ثُمَّ يَتَوَلَّىٰ فَرِيقٞ مِّنۡهُمۡ وَهُم مُّعۡرِضُونَ

के तिमीले तिनलाई देखेनौं जसलाई किताब (तौरात) को केही भाग दिइएको छ, र तिनीहरूको आपसी फैसलाको लागि अल्लाहको किताबतिर बोलाइनेछ, तैपनि तिनीहरूमध्ये एउटा समूहले अस्वीकार गरी अर्कैतिर मुख फर्काइहाल्छ ।
Surah Aal-e-Imran, Verse 23


ذَٰلِكَ بِأَنَّهُمۡ قَالُواْ لَن تَمَسَّنَا ٱلنَّارُ إِلَّآ أَيَّامٗا مَّعۡدُودَٰتٖۖ وَغَرَّهُمۡ فِي دِينِهِم مَّا كَانُواْ يَفۡتَرُونَ

यसको कारण तिनीहरूको यो भनाई छ कि (नर्कको) आगोले हामीलाई केही दिन बाहेक बढी पोल्न सक्ने छैन, र यिनको यो मिथ्या कुराले यिनीहरूलाई धर्मको बारेमा भ्रममा राखेको छ ।
Surah Aal-e-Imran, Verse 24


فَكَيۡفَ إِذَا جَمَعۡنَٰهُمۡ لِيَوۡمٖ لَّا رَيۡبَ فِيهِ وَوُفِّيَتۡ كُلُّ نَفۡسٖ مَّا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ

अनि, त्यस बेला के अवस्था हुने छ जब हामीले तिनलाई एकत्रित गर्ने छौं ?। जसको आगमनमा कुनै शंका छैन । र प्रत्येक व्यक्तिले गरेको आ–आफ्ना कर्महरूको पूर्ण प्रतिफल पाउने छ र तिनीहरूप्रति केही पनि अत्याचार गरिने छैन ।
Surah Aal-e-Imran, Verse 25


قُلِ ٱللَّهُمَّ مَٰلِكَ ٱلۡمُلۡكِ تُؤۡتِي ٱلۡمُلۡكَ مَن تَشَآءُ وَتَنزِعُ ٱلۡمُلۡكَ مِمَّن تَشَآءُ وَتُعِزُّ مَن تَشَآءُ وَتُذِلُّ مَن تَشَآءُۖ بِيَدِكَ ٱلۡخَيۡرُۖ إِنَّكَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

तिमी भन कि हे अल्लाह, हे ब्रह्माण्डको स्वामी ! तिमीले जसलाई चाहन्छौ राजसत्ता प्रदान गर्दछौ र जसबाट चाहन्छौ उसको सत्ता खोसिहाल्छौ र जसलाई इच्छा गर्दछौ मर्यादित बनाउँछौ र जसलाई चाहन्छौ उसलाई अपमानित गर्छौ । तिम्रै हातमा प्रत्येक किसिमका भलाई छन् । निःसन्देह तिमी प्रत्येक कुराको लागि सर्वशक्ति सम्पन्न छौं ।
Surah Aal-e-Imran, Verse 26


تُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَتُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِۖ وَتُخۡرِجُ ٱلۡحَيَّ مِنَ ٱلۡمَيِّتِ وَتُخۡرِجُ ٱلۡمَيِّتَ مِنَ ٱلۡحَيِّۖ وَتَرۡزُقُ مَن تَشَآءُ بِغَيۡرِ حِسَابٖ

तिमीले नै रातिलाई दिनमा प्रवेश गराउँछौ र दिनलाई रातिमा प्रवेश गराउँदछौ । तिमीले नै निस्प्राणमा प्राण हाल्दछौ र तिमी नै प्राणवानबाट प्राणहीन बनाउँछौ र तिमीले नै जसलाई चाहन्छौ अत्यधिक जीविका प्रदान गर्दछौ ।
Surah Aal-e-Imran, Verse 27


لَّا يَتَّخِذِ ٱلۡمُؤۡمِنُونَ ٱلۡكَٰفِرِينَ أَوۡلِيَآءَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۖ وَمَن يَفۡعَلۡ ذَٰلِكَ فَلَيۡسَ مِنَ ٱللَّهِ فِي شَيۡءٍ إِلَّآ أَن تَتَّقُواْ مِنۡهُمۡ تُقَىٰةٗۗ وَيُحَذِّرُكُمُ ٱللَّهُ نَفۡسَهُۥۗ وَإِلَى ٱللَّهِ ٱلۡمَصِيرُ

मोमिनहरूले ईमानवाला बाहेक अनास्थावानहरूलाई मित्र बनाउनु हुँदैन । र कसैले यस्तो गर्दछ भने त्यसको अल्लाहसँग कुनै सम्बन्ध हुँदैन र त्यस अवस्था बाहेक जब कि तिमीले आफूलाई त्यस नोक्सानबाट बचाउन चाहन्छौ । र अल्लाहले तिमीलाई आफ्नो डर देखाइरहेछ र अल्लाहतिरै नै फर्केर जानु छ ।
Surah Aal-e-Imran, Verse 28


قُلۡ إِن تُخۡفُواْ مَا فِي صُدُورِكُمۡ أَوۡ تُبۡدُوهُ يَعۡلَمۡهُ ٱللَّهُۗ وَيَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

(हे पैगम्बर !) भनिदिनुस् ! कि तिमीले कुनै कुरा आफ्नो छातीभित्र लुकाई राख वा प्रकट गर, अल्लाहलाई थाहा छ । जे आकाश र पृथ्वीमा छ, सबैको बारेमा उसलाई थाहा छ । र हरेक कुरा अल्लाहको अधीनमा छ ।
Surah Aal-e-Imran, Verse 29


يَوۡمَ تَجِدُ كُلُّ نَفۡسٖ مَّا عَمِلَتۡ مِنۡ خَيۡرٖ مُّحۡضَرٗا وَمَا عَمِلَتۡ مِن سُوٓءٖ تَوَدُّ لَوۡ أَنَّ بَيۡنَهَا وَبَيۡنَهُۥٓ أَمَدَۢا بَعِيدٗاۗ وَيُحَذِّرُكُمُ ٱللَّهُ نَفۡسَهُۥۗ وَٱللَّهُ رَءُوفُۢ بِٱلۡعِبَادِ

जुनदिन प्रत्येक व्यक्ति आफ्ना सत्कर्मको र आफ्नो दुष्कर्मको फल आफ्नो अगाडि पाउनेछ । तब उसले कामना गर्नेछ, कि उसको र उसका पाप कर्महरूको दूरी धेरै भइदिए हुन्थ्यो । अल्लाह तिमीलाई आफ्नो डर देखाइरहेको छ र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयालु छ ।
Surah Aal-e-Imran, Verse 30


قُلۡ إِن كُنتُمۡ تُحِبُّونَ ٱللَّهَ فَٱتَّبِعُونِي يُحۡبِبۡكُمُ ٱللَّهُ وَيَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

(हे पैगम्बर ! मानिसहरूसित) भनिदिनुस् कि यदि तिमी अल्लाहलाई प्रेम गर्दछौ भने मेरो अनुशरण गर, अल्लाहले तिमीलाई प्रेम गर्नेछ र तिम्रा पापहरूलाई क्षमा गरिदिनेछ र अल्लाह अत्यन्त क्षमादान गर्ने दयालु छ ।
Surah Aal-e-Imran, Verse 31


قُلۡ أَطِيعُواْ ٱللَّهَ وَٱلرَّسُولَۖ فَإِن تَوَلَّوۡاْ فَإِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡكَٰفِرِينَ

भनिदिनु ! कि अल्लाह र रसलको आदेश पालन गर । यदि मान्दैनन् भने अल्लाहले पनि काफिरहरूलाई प्रेम गर्दैन ।
Surah Aal-e-Imran, Verse 32


۞إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰٓ ءَادَمَ وَنُوحٗا وَءَالَ إِبۡرَٰهِيمَ وَءَالَ عِمۡرَٰنَ عَلَى ٱلۡعَٰلَمِينَ

निःसंदेह अल्लाहले आदम (अलै.), नूह (अलै.), इब्राहीम(अलै.)को वंश र इम्रानको वंशलाई सम्पूर्ण संसारका मानिसहरूमध्येबाट रोजी सक्यो ।
Surah Aal-e-Imran, Verse 33


ذُرِّيَّةَۢ بَعۡضُهَا مِنۢ بَعۡضٖۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ

तिनी आपसमा एक अर्काको वंशबाट छन् । र अल्लाह सुन्दछ र जान्दछ ।
Surah Aal-e-Imran, Verse 34


إِذۡ قَالَتِ ٱمۡرَأَتُ عِمۡرَٰنَ رَبِّ إِنِّي نَذَرۡتُ لَكَ مَا فِي بَطۡنِي مُحَرَّرٗا فَتَقَبَّلۡ مِنِّيٓۖ إِنَّكَ أَنتَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

(स्मरणीय छ) जब इम्रानको स्वास्नीले भनिन् कि हे पालनकर्ता ! जुन (शिशु) मेरो गर्भमा छ, त्यसलाई म तिम्रो नाममा आजाद (स्वतन्त्र) गर्दछु । त्यसलाई तिमी मेरो तर्फबाट स्वीकार गर । निश्चयनै तिमी सबै सुन्ने (र) सबै जान्नेवाला हौ ।
Surah Aal-e-Imran, Verse 35


فَلَمَّا وَضَعَتۡهَا قَالَتۡ رَبِّ إِنِّي وَضَعۡتُهَآ أُنثَىٰ وَٱللَّهُ أَعۡلَمُ بِمَا وَضَعَتۡ وَلَيۡسَ ٱلذَّكَرُ كَٱلۡأُنثَىٰۖ وَإِنِّي سَمَّيۡتُهَا مَرۡيَمَ وَإِنِّيٓ أُعِيذُهَا بِكَ وَذُرِّيَّتَهَا مِنَ ٱلشَّيۡطَٰنِ ٱلرَّجِيمِ

जब तिनले छोरी जन्माइन, त तिनले भन्न थालिन कि हे पालनकर्ता ! मैले त छोरी पाएकी छु । र जे जन्मएको थियो, त्यो अल्लाहलाई थाहा नै छ । र छोरी छोरा जस्तो हुन सक्दैनथ्योे । मैले उसको नाम मरियम राखेको छु र मैले उसलाई र उसको सन्तानलाई तिरस्कृत शैतानबाट मुक्त राख्न् तिम्रो शरणमा दिन्छु ।
Surah Aal-e-Imran, Verse 36


فَتَقَبَّلَهَا رَبُّهَا بِقَبُولٍ حَسَنٖ وَأَنۢبَتَهَا نَبَاتًا حَسَنٗا وَكَفَّلَهَا زَكَرِيَّاۖ كُلَّمَا دَخَلَ عَلَيۡهَا زَكَرِيَّا ٱلۡمِحۡرَابَ وَجَدَ عِندَهَا رِزۡقٗاۖ قَالَ يَٰمَرۡيَمُ أَنَّىٰ لَكِ هَٰذَاۖ قَالَتۡ هُوَ مِنۡ عِندِ ٱللَّهِۖ إِنَّ ٱللَّهَ يَرۡزُقُ مَن يَشَآءُ بِغَيۡرِ حِسَابٍ

त पालनहारले त्यसलाई सहर्ष स्वीकार गर्याे र त्यसलाई राम्री हेर चाह प्रदान गर्यो र जकरीयालाई उसको हेरचाह गर्नेवाला बनायो । जकरीया (अलै.) जतिखेर पनि उसको कोठाभित्र जान्थे, पासमा खाना पाउँदथे । उनले मरियमसँग सोध्ने गर्दथे कि मरियम ! यो खाना तिम्रो पासमा कहाँबाट आउँछ ? उनी भन्थिन कि अल्लाहकहाँबाट आउँछ । निःसन्देह जसलाई अल्लाह चाहन्छ प्रशस्त रोजी (जीविका) प्रदान गर्दछ ।
Surah Aal-e-Imran, Verse 37


هُنَالِكَ دَعَا زَكَرِيَّا رَبَّهُۥۖ قَالَ رَبِّ هَبۡ لِي مِن لَّدُنكَ ذُرِّيَّةٗ طَيِّبَةًۖ إِنَّكَ سَمِيعُ ٱلدُّعَآءِ

यसैबेला जकरीयाले आफ्ना पालनकर्तासित प्रार्थना गरे, कि हे मेरो पालनकर्ता ! मलाई आफ्नोतर्फबाट पवित्र पुत्र प्रदान गर । निःसन्देह तिमी प्रार्थना सुन्नेवाला हौ ।
Surah Aal-e-Imran, Verse 38


فَنَادَتۡهُ ٱلۡمَلَـٰٓئِكَةُ وَهُوَ قَآئِمٞ يُصَلِّي فِي ٱلۡمِحۡرَابِ أَنَّ ٱللَّهَ يُبَشِّرُكَ بِيَحۡيَىٰ مُصَدِّقَۢا بِكَلِمَةٖ مِّنَ ٱللَّهِ وَسَيِّدٗا وَحَصُورٗا وَنَبِيّٗا مِّنَ ٱلصَّـٰلِحِينَ

उनी अझै कोठामा उभिई नमाज पढिराखेका थिए कि कोठामा यत्तिकैमा फरिश्ताहरूले उहाँलाई आवाज दिए कि (जकरिया !) अल्लाहले तिमीलाई यहयाको निश्चित शुभसन्देश दिन्छ, जसले कि अल्लाहको वचनलाई प्रमाणित गर्नेछ र नायक हुनेछ र लिप्सामुक्त अल्लाहको नबी अनि सत्य निष्ठावान मानिस हुनेछ ।
Surah Aal-e-Imran, Verse 39


قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٞ وَقَدۡ بَلَغَنِيَ ٱلۡكِبَرُ وَٱمۡرَأَتِي عَاقِرٞۖ قَالَ كَذَٰلِكَ ٱللَّهُ يَفۡعَلُ مَا يَشَآءُ

जकरीयाले भनेः, हे पालनकर्ता ! मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि म धेरै बुढो भइसकेको छु र मेरो स्वास्नी बाँझो छिन् । अल्लाहको आदेश भयो, यस्तै प्रकारले, अल्लाहले जे चाहदछ गर्दछ ।
Surah Aal-e-Imran, Verse 40


قَالَ رَبِّ ٱجۡعَل لِّيٓ ءَايَةٗۖ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَٰثَةَ أَيَّامٍ إِلَّا رَمۡزٗاۗ وَٱذۡكُر رَّبَّكَ كَثِيرٗا وَسَبِّحۡ بِٱلۡعَشِيِّ وَٱلۡإِبۡكَٰرِ

जकरीयाले भने, परवरदिगार (पालनकर्ता) ! (मेरो लागि) उसको कुनै निशानी निर्धारित गर । अल्लाहले भन्यो, निशानी यो हो कि तिमी मानिसहरूसित तीन दिनसम्म संकेत बाहेक कुरा नगर्नु । (ती दिनहरूमा) तिमी बढीभन्दा बढी आफ्नो पालनकर्ताको स्मरण गर्नु र बिहान बेलुका उसैको नाम लिनेगर ।
Surah Aal-e-Imran, Verse 41


وَإِذۡ قَالَتِ ٱلۡمَلَـٰٓئِكَةُ يَٰمَرۡيَمُ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰكِ وَطَهَّرَكِ وَٱصۡطَفَىٰكِ عَلَىٰ نِسَآءِ ٱلۡعَٰلَمِينَ

र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको छ र पवित्र बनाएको छ र संसारका सबै नारीहरूमध्येबाट तिमीलाई रोजेको छ ।
Surah Aal-e-Imran, Verse 42


يَٰمَرۡيَمُ ٱقۡنُتِي لِرَبِّكِ وَٱسۡجُدِي وَٱرۡكَعِي مَعَ ٱلرَّـٰكِعِينَ

हे मरियम ! तिमीले आफ्नो परवरदिगारको आदेश पालना गर्नु र ढोग गर्नु र रुकूअ् गर्नेहरूसँग रुकूअ् गरिराख्नु ।
Surah Aal-e-Imran, Verse 43


ذَٰلِكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهِ إِلَيۡكَۚ وَمَا كُنتَ لَدَيۡهِمۡ إِذۡ يُلۡقُونَ أَقۡلَٰمَهُمۡ أَيُّهُمۡ يَكۡفُلُ مَرۡيَمَ وَمَا كُنتَ لَدَيۡهِمۡ إِذۡ يَخۡتَصِمُونَ

यी कुराहरू अदृश्यमा भएका समाचारहरूमध्येका हुन्, जसलाई हामीले तिम्रो छेउमा वह्य (कुरआनका आयात)को माध्यमबाट पठाउँछौ र तिमी उनीहरूबीच थिएनौ जब तिनीहरूले आफ्ना कलमहरू हालिराखेका थिए कि मरियमलाई कसले पाल्नेछ ? र त्यस बेला पनि तिनीहरूबीच थिएनौ, जबकि तिनीहरू आपसमा झगडा गरिराखेका थिए ।
Surah Aal-e-Imran, Verse 44


إِذۡ قَالَتِ ٱلۡمَلَـٰٓئِكَةُ يَٰمَرۡيَمُ إِنَّ ٱللَّهَ يُبَشِّرُكِ بِكَلِمَةٖ مِّنۡهُ ٱسۡمُهُ ٱلۡمَسِيحُ عِيسَى ٱبۡنُ مَرۡيَمَ وَجِيهٗا فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَمِنَ ٱلۡمُقَرَّبِينَ

जब फरिश्ताहरूले भने कि मरियम ! अल्लाहले तिमीलाई आफ्नो एउटा शब्दद्वारा (पुत्रको) शुभसमाचार दिन्छ, जसको नाम मसीह (प्रख्यात) ईसा बिन मरियम हुनेछ । संसार र आखिरतमा मर्यादित र मेरो विशिष्टहरूमध्ये एउटा हुनेछ ।
Surah Aal-e-Imran, Verse 45


وَيُكَلِّمُ ٱلنَّاسَ فِي ٱلۡمَهۡدِ وَكَهۡلٗا وَمِنَ ٱلصَّـٰلِحِينَ

उसले आमाको काँखमा हुर्केको अवस्थामा र ठूलो भएपछि दुवै अवस्थाहरूमा मानिसहरूसित कुरा गर्नेछ र ऊ सदाचारीहरूमध्येबाट हुनेछ ।
Surah Aal-e-Imran, Verse 46


قَالَتۡ رَبِّ أَنَّىٰ يَكُونُ لِي وَلَدٞ وَلَمۡ يَمۡسَسۡنِي بَشَرٞۖ قَالَ كَذَٰلِكِ ٱللَّهُ يَخۡلُقُ مَا يَشَآءُۚ إِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ

मरियमले भनिन् हे पालनहारः मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि कुनै मनुष्यले मलाई स्पर्शसम्म पनि गरेको छैन । फरिश्ताले भने कि, अल्लाहले यस्तै जे चाहन्छ पैदा गर्दछ । जब त्यसले कुनै काम गर्न चाहन्छ त त्यसको हुकुम गर्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।
Surah Aal-e-Imran, Verse 47


وَيُعَلِّمُهُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَ

अल्लाहले उसलाई लेख्न (पढ्न) र बुद्धि प्रदान गर्नेछ र तौरात र इञ्जील सिकाउने छ ।
Surah Aal-e-Imran, Verse 48


وَرَسُولًا إِلَىٰ بَنِيٓ إِسۡرَـٰٓءِيلَ أَنِّي قَدۡ جِئۡتُكُم بِـَٔايَةٖ مِّن رَّبِّكُمۡ أَنِّيٓ أَخۡلُقُ لَكُم مِّنَ ٱلطِّينِ كَهَيۡـَٔةِ ٱلطَّيۡرِ فَأَنفُخُ فِيهِ فَيَكُونُ طَيۡرَۢا بِإِذۡنِ ٱللَّهِۖ وَأُبۡرِئُ ٱلۡأَكۡمَهَ وَٱلۡأَبۡرَصَ وَأُحۡيِ ٱلۡمَوۡتَىٰ بِإِذۡنِ ٱللَّهِۖ وَأُنَبِّئُكُم بِمَا تَأۡكُلُونَ وَمَا تَدَّخِرُونَ فِي بُيُوتِكُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لَّكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ

र ऊ बनी इस्राईलतिर पैगम्बर भएर जानेछ । (भन्नेछ) कि म तिमीहरू छेउ तिम्रो पालनहारको तर्फबाट निशानी लिएर आएको छु । त्यो के भने तिम्रो अगाडि माटोको पंक्षीको रूपका आकार बनाउँछु । फेरि त्यसमा फुक्छु त त्यो अल्लाहको आदेशले (साँच्चै) पंक्षी भइहाल्छ । र अल्लाहको आदेशले म जन्मैदेखिको अन्धो र महारोगीलाई स्वस्थ्य पारिदिन्छु र मुर्दामा प्राण हालिदिन्छु र जे जति तिमी खान्छौ र जेजति आफ्ना घरहरूमा थुपारेर राखेका छौ, सबै तिमीलाई बताइदिन्छु । यदि तिमी ईमान ल्याएको भए यी कुराहरूमा तिम्रा निम्ति अल्लाहको सामथ्र्यको निशानी छ ।
Surah Aal-e-Imran, Verse 49


وَمُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيَّ مِنَ ٱلتَّوۡرَىٰةِ وَلِأُحِلَّ لَكُم بَعۡضَ ٱلَّذِي حُرِّمَ عَلَيۡكُمۡۚ وَجِئۡتُكُم بِـَٔايَةٖ مِّن رَّبِّكُمۡ فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ

र म त्यसलाई पुष्टि गर्दछु जुन मेरो अगाडि तौरात छ र यस कारणले पनि म आएको छु कि केही कुराहरू जुन कि तिम्रो निम्ति वर्जित थिए, तिनलाई ग्राह्य (हलाल) बनाइदिऊँ र म त तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि निशानी लिएर आएको छु । यसर्थ तिमी अल्लाहसित डर मान र मैले भनेको मान ।
Surah Aal-e-Imran, Verse 50


إِنَّ ٱللَّهَ رَبِّي وَرَبُّكُمۡ فَٱعۡبُدُوهُۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ

निःसन्देह अल्लाह नै मेरो र तिम्रो पालनहार हो, त्यसैले तिमी सबै उसैको उपासना गर । यही नै सत्य मार्ग हो ।
Surah Aal-e-Imran, Verse 51


۞فَلَمَّآ أَحَسَّ عِيسَىٰ مِنۡهُمُ ٱلۡكُفۡرَ قَالَ مَنۡ أَنصَارِيٓ إِلَى ٱللَّهِۖ قَالَ ٱلۡحَوَارِيُّونَ نَحۡنُ أَنصَارُ ٱللَّهِ ءَامَنَّا بِٱللَّهِ وَٱشۡهَدۡ بِأَنَّا مُسۡلِمُونَ

तर जब ईसाले उनीहरूको अनास्था सूचक नियतको अनुभव गर्नुभयो त भन्न थाले कि अल्लाहको मार्गमा मेरो सहायता गर्ने को–को छन् ? हवारीहरूले जवाफ दिए कि हामी अल्लाहको मार्गको पक्षधर हौं । हामी अल्लाहमाथि आस्था राख्यौं र तपाई साक्षी हुनु कि हामी आदेश पालना गर्नेवाला हौ ।
Surah Aal-e-Imran, Verse 52


رَبَّنَآ ءَامَنَّا بِمَآ أَنزَلۡتَ وَٱتَّبَعۡنَا ٱلرَّسُولَ فَٱكۡتُبۡنَا مَعَ ٱلشَّـٰهِدِينَ

हे हाम्रो पालनकर्ता पूजनीय ! हामीले तिमीले अवतरित गरेको किताबमाथि पूर्ण विश्वास गर्दछौ र तिम्रो पैगम्बरका अनुयायी बनिसकेका छौं । तसर्थ हामीलाई साक्षीदिनेहरूमा लेखिहाल ।
Surah Aal-e-Imran, Verse 53


وَمَكَرُواْ وَمَكَرَ ٱللَّهُۖ وَٱللَّهُ خَيۡرُ ٱلۡمَٰكِرِينَ

तिनीहरले षडयन्त्रपर्ण योजना बनाए, र अल्लाहले पनि त्यसबाट बचाउने योजना बनायो, र अल्लाह सबैभन्दा राम्रो योजनाकार हो ।
Surah Aal-e-Imran, Verse 54


إِذۡ قَالَ ٱللَّهُ يَٰعِيسَىٰٓ إِنِّي مُتَوَفِّيكَ وَرَافِعُكَ إِلَيَّ وَمُطَهِّرُكَ مِنَ ٱلَّذِينَ كَفَرُواْ وَجَاعِلُ ٱلَّذِينَ ٱتَّبَعُوكَ فَوۡقَ ٱلَّذِينَ كَفَرُوٓاْ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِۖ ثُمَّ إِلَيَّ مَرۡجِعُكُمۡ فَأَحۡكُمُ بَيۡنَكُمۡ فِيمَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ

जब अल्लाहबाट आदेश भयो कि ईसा । मैले तिम्रो संसारमा रहने अवधि परा गरी तिमीलाई आफतिर उठाउने र तिमीलाई काफिरहरबाट पवित्र गर्नेछु । र, तिम्रो अनुशरण गर्नेहरलाई काफिरहर भन्दा शक्तिशाली बनाउने छु कयामतको दिन सम्म, अनि तिमी सबै म छेउ फर्केर आउनेछौ, त जुन कुरामा तिमीहर विवाद गर्दथ्यौ, त्यस दिन त्यसको निर्णय मैले नै गर्नेछु ।
Surah Aal-e-Imran, Verse 55


فَأَمَّا ٱلَّذِينَ كَفَرُواْ فَأُعَذِّبُهُمۡ عَذَابٗا شَدِيدٗا فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَمَا لَهُم مِّن نَّـٰصِرِينَ

फेरि अनास्थावानहरलाई संसार र आखिरत दुवैमा कठोर सजाय दिनेछु र तिनको कोही सहायक हुँदैन ।
Surah Aal-e-Imran, Verse 56


وَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ فَيُوَفِّيهِمۡ أُجُورَهُمۡۗ وَٱللَّهُ لَا يُحِبُّ ٱلظَّـٰلِمِينَ

र जसले ईमान ल्याएर सत्कर्म गरिराखे, तिनलाई अल्लाह पूर्णरूपले त्यसको प्रतिफल प्रदान गर्नेछ र अल्लाह अन्याय गर्नेहरूलाई प्रेम गर्दैन ।
Surah Aal-e-Imran, Verse 57


ذَٰلِكَ نَتۡلُوهُ عَلَيۡكَ مِنَ ٱلۡأٓيَٰتِ وَٱلذِّكۡرِ ٱلۡحَكِيمِ

(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) यो जुन हामीले तिम्रो सामु पढ़दैछौं आयतहरू हुन् र बुद्धिमतापूर्ण निर्देशनहरू हुन् ।
Surah Aal-e-Imran, Verse 58


إِنَّ مَثَلَ عِيسَىٰ عِندَ ٱللَّهِ كَمَثَلِ ءَادَمَۖ خَلَقَهُۥ مِن تُرَابٖ ثُمَّ قَالَ لَهُۥ كُن فَيَكُونُ

ईसाको हाल अल्लाह छेउ आदम जस्तै छ जसलाई माटोले तयार गरी आदेश गरे कि भइहाल अनि ऊ (मानव) भइहाल्यो ।
Surah Aal-e-Imran, Verse 59


ٱلۡحَقُّ مِن رَّبِّكَ فَلَا تَكُن مِّنَ ٱلۡمُمۡتَرِينَ

तिम्रो पालनकर्ताबाट सत्य यही नै हो । तसर्थ खबरदार तिमी कहिल्यै शंका गर्नेहरूमध्येको नहुनु ।
Surah Aal-e-Imran, Verse 60


فَمَنۡ حَآجَّكَ فِيهِ مِنۢ بَعۡدِ مَا جَآءَكَ مِنَ ٱلۡعِلۡمِ فَقُلۡ تَعَالَوۡاْ نَدۡعُ أَبۡنَآءَنَا وَأَبۡنَآءَكُمۡ وَنِسَآءَنَا وَنِسَآءَكُمۡ وَأَنفُسَنَا وَأَنفُسَكُمۡ ثُمَّ نَبۡتَهِلۡ فَنَجۡعَل لَّعۡنَتَ ٱللَّهِ عَلَى ٱلۡكَٰذِبِينَ

यसकारण जुन मानिसले तपाईनिर सत्य कुरा आई गएपछि पनि तपाईसित विवाद गर्छन त तपाईले तिनीसित भन्नु कि आऊ हामी र तिमी आ–आफ्ना छोराहरू र स्त्रीहरूलाई पनि र हामी आफै पनि आऔं, अनि दुवै समूहले प्रर्थाना गरौं र झूठाहरूमाथि अल्लाहको धिक्कार भनौं ।
Surah Aal-e-Imran, Verse 61


إِنَّ هَٰذَا لَهُوَ ٱلۡقَصَصُ ٱلۡحَقُّۚ وَمَا مِنۡ إِلَٰهٍ إِلَّا ٱللَّهُۚ وَإِنَّ ٱللَّهَ لَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

निश्चय नै यी भनाइहरू नै सत्य हुन् र अल्लाह बाहेक अरु कोही पूजा योग्य छैन । निःसन्देह अल्लाह सामथ्र्यपूर्ण र कौशल सम्पन्न छ ।
Surah Aal-e-Imran, Verse 62


فَإِن تَوَلَّوۡاْ فَإِنَّ ٱللَّهَ عَلِيمُۢ بِٱلۡمُفۡسِدِينَ

तापनि यदि तिनीहरूले स्वीकार गर्दैनन् त अल्लाह पनि उत्पातीहरूलाई राम्ररी जान्दछ ।
Surah Aal-e-Imran, Verse 63


قُلۡ يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ تَعَالَوۡاْ إِلَىٰ كَلِمَةٖ سَوَآءِۭ بَيۡنَنَا وَبَيۡنَكُمۡ أَلَّا نَعۡبُدَ إِلَّا ٱللَّهَ وَلَا نُشۡرِكَ بِهِۦ شَيۡـٔٗا وَلَا يَتَّخِذَ بَعۡضُنَا بَعۡضًا أَرۡبَابٗا مِّن دُونِ ٱللَّهِۚ فَإِن تَوَلَّوۡاْ فَقُولُواْ ٱشۡهَدُواْ بِأَنَّا مُسۡلِمُونَ

भनिदिनुस् कि हे अहले किताब ! यस्तो कुरातर्फ आऊ जुन हाम्रो र तिम्रो बीचमा समान छ । त्यो यो हो कि अल्लाह बाहेक अरु कसैलाई हामी पूजा नगरौं र उससँग अरुको साझेदारी नठहराऔं र अल्लाह बाहेक हामीमध्ये कसैलाई पालनहार नबनाऔ । यदि यिनीहरू मान्दैनन् भने भनिदिनुस् कि ! तिमी साक्षी हौ कि हामी मुसलमान हौं ।
Surah Aal-e-Imran, Verse 64


يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تُحَآجُّونَ فِيٓ إِبۡرَٰهِيمَ وَمَآ أُنزِلَتِ ٱلتَّوۡرَىٰةُ وَٱلۡإِنجِيلُ إِلَّا مِنۢ بَعۡدِهِۦٓۚ أَفَلَا تَعۡقِلُونَ

हे अहले किताब ! तिमीहर इब्राहीमको बारेमा आपसमा किन झगडा गर्दछौ, जबकि तौरात र इञ्जील उनीभन्दा पछाडि आएको हो । के तिमी फेरि पनि बुझ्दैनौ ।
Surah Aal-e-Imran, Verse 65


هَـٰٓأَنتُمۡ هَـٰٓؤُلَآءِ حَٰجَجۡتُمۡ فِيمَا لَكُم بِهِۦ عِلۡمٞ فَلِمَ تُحَآجُّونَ فِيمَا لَيۡسَ لَكُم بِهِۦ عِلۡمٞۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ

हेर, यस्तो कुरामा तिमीहरूले झगडा गरिसक्यौ, जसको बारेमा तिमीलाई ज्ञान थियो, तर फेरि यस्ता कुरामा किन झगडा गर्दछौ जसको सम्बन्धमा तिमीलाई केही पनि ज्ञान छैन । अल्लाहलाई थाहा छ र तिमीलाई थाहा छैन ।
Surah Aal-e-Imran, Verse 66


مَا كَانَ إِبۡرَٰهِيمُ يَهُودِيّٗا وَلَا نَصۡرَانِيّٗا وَلَٰكِن كَانَ حَنِيفٗا مُّسۡلِمٗا وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ

इब्राहीम न त यहूदी थिए न ईसाई बरु सबैबाट अलग एक सच्चा मुसलमान थिए र मुश्रिकहरूमध्येका थिएनन् ।
Surah Aal-e-Imran, Verse 67


إِنَّ أَوۡلَى ٱلنَّاسِ بِإِبۡرَٰهِيمَ لَلَّذِينَ ٱتَّبَعُوهُ وَهَٰذَا ٱلنَّبِيُّ وَٱلَّذِينَ ءَامَنُواْۗ وَٱللَّهُ وَلِيُّ ٱلۡمُؤۡمِنِينَ

इब्राहीमसँग सबभन्दा नजिकका सम्बन्ध राख्ने ती मानिसहरू हुन् जो उनका अनुयायी भए र यिनी पैगम्बर (मुहम्मद स.) र ती मानिसहरू जसले कि आस्था राखेका हुन् । अल्लाह नै मोमिनहरूको पक्षधर र सहारा हो ।
Surah Aal-e-Imran, Verse 68


وَدَّت طَّآئِفَةٞ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَوۡ يُضِلُّونَكُمۡ وَمَا يُضِلُّونَ إِلَّآ أَنفُسَهُمۡ وَمَا يَشۡعُرُونَ

(हे इस्लामका अनुयायीहरू !) अहले किताबको एक समूह तिमीलाई असल पथबाट विचलित गराउन चाहन्छन्, तर यिनीहरूले वास्तवमा आफैलाई पथविचलित गरिराखेका छन् तर बुझ्दैनन् ।
Surah Aal-e-Imran, Verse 69


يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَأَنتُمۡ تَشۡهَدُونَ

हे अहले किताब ! तिमीहरू गवाह भए पनि अल्लाहका आयतहरूलाई किन इन्कार गरिराखेका छौ
Surah Aal-e-Imran, Verse 70


يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَلۡبِسُونَ ٱلۡحَقَّ بِٱلۡبَٰطِلِ وَتَكۡتُمُونَ ٱلۡحَقَّ وَأَنتُمۡ تَعۡلَمُونَ

हे अहले किताब ! जान्दा जान्दै पनि तिमीले सत्यलाई असत्यसँग किन गुटमुट गरिराखका छौ ? र सत्यलाई किन लुकाउँछौ
Surah Aal-e-Imran, Verse 71


وَقَالَت طَّآئِفَةٞ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ ءَامِنُواْ بِٱلَّذِيٓ أُنزِلَ عَلَى ٱلَّذِينَ ءَامَنُواْ وَجۡهَ ٱلنَّهَارِ وَٱكۡفُرُوٓاْ ءَاخِرَهُۥ لَعَلَّهُمۡ يَرۡجِعُونَ

र अहले किताबको एउटा समूहले एक अर्कासित भन्यो कि जुन पुस्तक मोमिनहरूको निम्ति उतारिएको हो, त्यसमाथि दिनको प्रारम्भमा विश्वास गर्दैगर साँझ पर्दा इन्कार गर्दैगर, जसलेगर्दा तिनीहरू पनि (इस्लामबाट) विमुख भइहालुन् ।
Surah Aal-e-Imran, Verse 72


وَلَا تُؤۡمِنُوٓاْ إِلَّا لِمَن تَبِعَ دِينَكُمۡ قُلۡ إِنَّ ٱلۡهُدَىٰ هُدَى ٱللَّهِ أَن يُؤۡتَىٰٓ أَحَدٞ مِّثۡلَ مَآ أُوتِيتُمۡ أَوۡ يُحَآجُّوكُمۡ عِندَ رَبِّكُمۡۗ قُلۡ إِنَّ ٱلۡفَضۡلَ بِيَدِ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۗ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ

र आफ्नो धर्मका अनुयायीहरू बाहेक अरु कसैको विश्वास नगर्नु । हे पैगम्बर ! भनिदिनुस् कि पथप्रदर्शन त निःसंदेह अल्लाहको पथप्रदर्शन नै हो । तिनीहरू यो पनि भन्दछन् कि यसमा पनि विश्वास नगर्नु कि जुन कुरो तिमीलाई प्रदान गरिएको हो, त्यस्तो अरु कसैलाई प्रदान गरिन्छ । वा तिनीहरूले तिमीसँग अल्लाहको अगाडि झगडा गर्नेछन् । यो पनि भनिदिनुस् ! कि बुजुर्गि (अनुग्रह) त अल्लाहको हातमा छ । उसले जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह सर्वव्यापी (र) सर्वज्ञ छ ।
Surah Aal-e-Imran, Verse 73


يَخۡتَصُّ بِرَحۡمَتِهِۦ مَن يَشَآءُۗ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ

उसले आफ्नो कृपाबाट जसलाई चाहन्छ विशिष्ट स्थान प्रदान गर्दछ र अल्लाह ठूलो कृपाको स्वामी हो ।
Surah Aal-e-Imran, Verse 74


۞وَمِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ مَنۡ إِن تَأۡمَنۡهُ بِقِنطَارٖ يُؤَدِّهِۦٓ إِلَيۡكَ وَمِنۡهُم مَّنۡ إِن تَأۡمَنۡهُ بِدِينَارٖ لَّا يُؤَدِّهِۦٓ إِلَيۡكَ إِلَّا مَا دُمۡتَ عَلَيۡهِ قَآئِمٗاۗ ذَٰلِكَ بِأَنَّهُمۡ قَالُواْ لَيۡسَ عَلَيۡنَا فِي ٱلۡأُمِّيِّـۧنَ سَبِيلٞ وَيَقُولُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ وَهُمۡ يَعۡلَمُونَ

‘‘अहले किताब’’ मध्ये केही त यस्ता छन् कि यदि तिमीले उनलाई प्रशस्त धनराशी नासो स्वरूपमा राख्न दिन्छौ भने उनले तिमीलाई त्यो फिर्ता गरिदिन्छन् र केही यस्ता छन् कि उनीलाई एक दिनार पनि नासो राख्न दिन्छौ भने फिर्ता गर्दैनन् जबसम्म तिमीले उनको टाउकोमै बसी फिर्ता गर्न आग्रह गर्दैनौ । यो यसकारणले कि तिनीहरूले भन्दछन् कि अनपढ़हरूको सम्बन्धमा हाम्रो कुनै सोधपूछ हुनेछैन । यिनीहरूले जान्दा जान्दै अल्लाहको (विरोधमा) झूठा कुरा गर्दछन् ।
Surah Aal-e-Imran, Verse 75


بَلَىٰۚ مَنۡ أَوۡفَىٰ بِعَهۡدِهِۦ وَٱتَّقَىٰ فَإِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَّقِينَ

हो, जुन मानिसले आफूले गरेको करार पूरा गर्दछ र अल्लाहसँग डराउँछ भने, अवश्य अल्लाह ईमानदारहरूसित प्रेम गर्दछ ।
Surah Aal-e-Imran, Verse 76


إِنَّ ٱلَّذِينَ يَشۡتَرُونَ بِعَهۡدِ ٱللَّهِ وَأَيۡمَٰنِهِمۡ ثَمَنٗا قَلِيلًا أُوْلَـٰٓئِكَ لَا خَلَٰقَ لَهُمۡ فِي ٱلۡأٓخِرَةِ وَلَا يُكَلِّمُهُمُ ٱللَّهُ وَلَا يَنظُرُ إِلَيۡهِمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَلَا يُزَكِّيهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ

निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको आफ्नो प्रतिज्ञा र शपथ सस्तो मोलमा बेच्दछन् त्यस्ताको लागि अन्तिम दिनमा कुनै भाग हुँदैन । अल्लाह तिनीहरूसित न त कुरो गर्नेछ न त कियामतका दिन तिनीहरूतिर हेर्नेछ र न त तिनलाई पवित्र पार्नेछ र तिनलाई कष्टदायक सजाय हुनेछ ।
Surah Aal-e-Imran, Verse 77


وَإِنَّ مِنۡهُمۡ لَفَرِيقٗا يَلۡوُۥنَ أَلۡسِنَتَهُم بِٱلۡكِتَٰبِ لِتَحۡسَبُوهُ مِنَ ٱلۡكِتَٰبِ وَمَا هُوَ مِنَ ٱلۡكِتَٰبِ وَيَقُولُونَ هُوَ مِنۡ عِندِ ٱللَّهِ وَمَا هُوَ مِنۡ عِندِ ٱللَّهِۖ وَيَقُولُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ وَهُمۡ يَعۡلَمُونَ

विश्वास गर यिनीहरूमध्ये एउटा समूह यस्तो पनि छ जसले कि किताब पढदा आफ्नो जिब्रो बटारेर पढ्छ, ताकि तिमीलाई आभास होस् कि यिनीहरूले उतारिएको किताब पढी रहेका छन्, तर वास्तवमा त्यो किताबबाट हुँदैन, र भन्ने गर्दछन् कि त्यो अल्लाहबाट उतारिएको हो तर त्यो अल्लाहबाट उतारिएको हैन, र तिनीहरूले अल्लाहको विरोधमा जानाजानी असत्य बोल्दछन् ।
Surah Aal-e-Imran, Verse 78


مَا كَانَ لِبَشَرٍ أَن يُؤۡتِيَهُ ٱللَّهُ ٱلۡكِتَٰبَ وَٱلۡحُكۡمَ وَٱلنُّبُوَّةَ ثُمَّ يَقُولَ لِلنَّاسِ كُونُواْ عِبَادٗا لِّي مِن دُونِ ٱللَّهِ وَلَٰكِن كُونُواْ رَبَّـٰنِيِّـۧنَ بِمَا كُنتُمۡ تُعَلِّمُونَ ٱلۡكِتَٰبَ وَبِمَا كُنتُمۡ تَدۡرُسُونَ

कुनै यस्तो मानिस जसलाई कि अल्लाहले किताब, तत्वज्ञान र ‘‘नबूवत’’ (दूतत्व) प्रदान गरेको छ यो ठिक होइन कि उसले मानिसहरूलाई भनोस् कि अल्लाहलाई छोडेर मेरो भक्त भइहाल बरु (उसले के भन्ने छ कि) तिमी सबै अल्लाहको भइहाल, यस कारण कि तिमीले उनीहरूलाई किताब सिकाउने गर्छौ र पढाउने गर्छौ ।
Surah Aal-e-Imran, Verse 79


وَلَا يَأۡمُرَكُمۡ أَن تَتَّخِذُواْ ٱلۡمَلَـٰٓئِكَةَ وَٱلنَّبِيِّـۧنَ أَرۡبَابًاۚ أَيَأۡمُرُكُم بِٱلۡكُفۡرِ بَعۡدَ إِذۡ أَنتُم مُّسۡلِمُونَ

र कदापि हुन सक्दैन कि उसले फरिश्ता र पैगम्बरहरूलाई पूज्य बनाउने आदेश देओस् । के तिमी ‘‘मुसलमान’’ भइसकेपछि पनि उसले तिमीलाई काफिर हुन आदेश दिनेछ
Surah Aal-e-Imran, Verse 80


وَإِذۡ أَخَذَ ٱللَّهُ مِيثَٰقَ ٱلنَّبِيِّـۧنَ لَمَآ ءَاتَيۡتُكُم مِّن كِتَٰبٖ وَحِكۡمَةٖ ثُمَّ جَآءَكُمۡ رَسُولٞ مُّصَدِّقٞ لِّمَا مَعَكُمۡ لَتُؤۡمِنُنَّ بِهِۦ وَلَتَنصُرُنَّهُۥۚ قَالَ ءَأَقۡرَرۡتُمۡ وَأَخَذۡتُمۡ عَلَىٰ ذَٰلِكُمۡ إِصۡرِيۖ قَالُوٓاْ أَقۡرَرۡنَاۚ قَالَ فَٱشۡهَدُواْ وَأَنَا۠ مَعَكُم مِّنَ ٱلشَّـٰهِدِينَ

जब अल्लाहले पैगम्बरहरूसँग वाचा गरायो कि जे जति मैले तिमीलाई किताब र ज्ञान प्रदान गर्दछु, अनि तिम्रो नजिकमा कुनै पैगम्बर आउँछ जसले तिम्रो किताबको पुष्टि गर्दछ त तिमीले अवश्य नै त्यसमाथि विश्वास गर्नुपर्दछ र उसको मद्दत गर्नुपर्ने छ । (वाचा लिएपछि) सोध्यो, के तिमीले वचन दियौ र यस वचनबद्धतामा मलाई संरक्षणको रूपमा ठहरायौ ? तिनीहरूले भने (हो) हामीले वाचा गर्यौं । (अल्लाहले) भन्यो तिमीहरू साक्षी भइराख र म पनि तिम्रो साथमा साक्षी रहनेछु ।
Surah Aal-e-Imran, Verse 81


فَمَن تَوَلَّىٰ بَعۡدَ ذَٰلِكَ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ

यसपछि पनि जो विमुख हुन्छन्, तिनी पथभ्रष्ट अवज्ञाकारी हुन् ।
Surah Aal-e-Imran, Verse 82


أَفَغَيۡرَ دِينِ ٱللَّهِ يَبۡغُونَ وَلَهُۥٓ أَسۡلَمَ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ طَوۡعٗا وَكَرۡهٗا وَإِلَيۡهِ يُرۡجَعُونَ

के तिनीहरू अल्लाहको धर्म बाहेक कुनै अरु धर्मको खोजीमा छन् ? जबकि सबै आकाशहरू र पृथ्वीका सबै प्राणीहरू चाहँदा वा नचाहँदै अल्लाहको आज्ञाकारी हुन्छन् र सबै उसैतिर फर्काइनेछन् ।
Surah Aal-e-Imran, Verse 83


قُلۡ ءَامَنَّا بِٱللَّهِ وَمَآ أُنزِلَ عَلَيۡنَا وَمَآ أُنزِلَ عَلَىٰٓ إِبۡرَٰهِيمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطِ وَمَآ أُوتِيَ مُوسَىٰ وَعِيسَىٰ وَٱلنَّبِيُّونَ مِن رَّبِّهِمۡ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّنۡهُمۡ وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ

हे मुहम्मद ! तपाई भनि दिनुस् कि हामीले अल्लाहमाथि ईमान ल्यायौं र जुन किताब हाम्रोलागि आकाशबाट उतारियो र जुन ग्रन्थहरू ‘‘इब्राहीम’’, ‘‘इसमाईल’’, ‘‘इस्हाक’’, ‘‘यअ्कूब’’ र तिनका सन्ततिहरूलाई प्रदान गरियो र जुन किताबहरू मूसा, ईसा र अन्य नबीहरूलाई तिनका पालनहारको तर्फबाट प्रदान गरियो ती सबैमाथि ईमान ल्यायौं । हामी यी पैगम्बरहरूमध्ये कसैको बारेमा भेदभावको व्यवहार गर्दैनौं र हामी एउटै अल्लाहको आज्ञाकारी हौं ।
Surah Aal-e-Imran, Verse 84


وَمَن يَبۡتَغِ غَيۡرَ ٱلۡإِسۡلَٰمِ دِينٗا فَلَن يُقۡبَلَ مِنۡهُ وَهُوَ فِي ٱلۡأٓخِرَةِ مِنَ ٱلۡخَٰسِرِينَ

जुन मानिस इस्लाम बाहेक कुनै अन्य धर्मको खोजी गर्दछ भने उसको धर्म स्वीकार गरिने छैन र उसले आखिरतमा घाटामा पर्नेहरूमध्येको हुनेछ ।
Surah Aal-e-Imran, Verse 85


كَيۡفَ يَهۡدِي ٱللَّهُ قَوۡمٗا كَفَرُواْ بَعۡدَ إِيمَٰنِهِمۡ وَشَهِدُوٓاْ أَنَّ ٱلرَّسُولَ حَقّٞ وَجَآءَهُمُ ٱلۡبَيِّنَٰتُۚ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّـٰلِمِينَ

अल्लाहले त्यस्ता मानिसहरूलाई कसरी मार्गदर्शन गर्दछ जो आफूले ईमान ल्याएको, र रसूलको सच्चाईको गवाही दिएको र आफूसंग स्पष्ट प्रमाण आइसकेपछि पनि काफिर भइदिन्छन् । अल्लाहले यस्ता अन्यायीहरूलाई मार्गदर्शन गर्दैन ।
Surah Aal-e-Imran, Verse 86


أُوْلَـٰٓئِكَ جَزَآؤُهُمۡ أَنَّ عَلَيۡهِمۡ لَعۡنَةَ ٱللَّهِ وَٱلۡمَلَـٰٓئِكَةِ وَٱلنَّاسِ أَجۡمَعِينَ

ती मानिसहरूको सजाय यो हो कि तिनीमाथि अल्लाहको र फरिश्ताहरूको र सबै मानिसहरूको धिक्कार होस् ।
Surah Aal-e-Imran, Verse 87


خَٰلِدِينَ فِيهَا لَا يُخَفَّفُ عَنۡهُمُ ٱلۡعَذَابُ وَلَا هُمۡ يُنظَرُونَ

सँधै धिक्कारमा नै रहनेछन् । तिनीहरूको सजाय न त कम हुनेछ न त त्यसबाट उनीहरू छुटकारा पाउने छन् ।
Surah Aal-e-Imran, Verse 88


إِلَّا ٱلَّذِينَ تَابُواْ مِنۢ بَعۡدِ ذَٰلِكَ وَأَصۡلَحُواْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ

तर जसले त्यसपछि प्रायश्चित गरी आफ्नो अवस्था सुधार्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।
Surah Aal-e-Imran, Verse 89


إِنَّ ٱلَّذِينَ كَفَرُواْ بَعۡدَ إِيمَٰنِهِمۡ ثُمَّ ٱزۡدَادُواْ كُفۡرٗا لَّن تُقۡبَلَ تَوۡبَتُهُمۡ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلضَّآلُّونَ

निःसन्देह जुन मानिसहरूले ईमान ल्याएपछि काफिर भइहाले, अनि अनास्थातर्फ बढ्दै गए । त्यस्ताको पश्चाताप कहिल्यै स्वीकार गरिने छैन र यी मानिसहरू नै पथभ्रष्ट हुन् ।
Surah Aal-e-Imran, Verse 90


إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَمَاتُواْ وَهُمۡ كُفَّارٞ فَلَن يُقۡبَلَ مِنۡ أَحَدِهِم مِّلۡءُ ٱلۡأَرۡضِ ذَهَبٗا وَلَوِ ٱفۡتَدَىٰ بِهِۦٓۗ أُوْلَـٰٓئِكَ لَهُمۡ عَذَابٌ أَلِيمٞ وَمَا لَهُم مِّن نَّـٰصِرِينَ

जुन मानिसहर कि ‘‘काफिर’’ भए र ‘‘कुफ्रकै’’ अवस्थामा मरिहाले, तिनीहरमध्ये यदि कसैले मुक्तिको लागि जमिन भरिको सुनै दिए पनि कहिल्यै स्वीकार गरिने छैन । यिनीहर नै हुन् जसको लागि कष्टदायक सजाय हुनेछ र तिनको कसैले सहायता गर्ने छैन ।
Surah Aal-e-Imran, Verse 91


لَن تَنَالُواْ ٱلۡبِرَّ حَتَّىٰ تُنفِقُواْ مِمَّا تُحِبُّونَۚ وَمَا تُنفِقُواْ مِن شَيۡءٖ فَإِنَّ ٱللَّهَ بِهِۦ عَلِيمٞ

(मोमिनहरू !) जबसम्म जुन कुराहरू तिमीलाई प्रिय छन् (अल्लाहको मार्गमा) त्यसबाट खर्च गर्ने छैनौ, तबसम्म कदापि पुण्य प्राप्त गर्न सक्ने छैनौ र जुन कुरो तिमीले खर्च गर्नेछौ, त्यो अल्लाहलाई राम्ररी थाहा छ ।
Surah Aal-e-Imran, Verse 92


۞كُلُّ ٱلطَّعَامِ كَانَ حِلّٗا لِّبَنِيٓ إِسۡرَـٰٓءِيلَ إِلَّا مَا حَرَّمَ إِسۡرَـٰٓءِيلُ عَلَىٰ نَفۡسِهِۦ مِن قَبۡلِ أَن تُنَزَّلَ ٱلتَّوۡرَىٰةُۚ قُلۡ فَأۡتُواْ بِٱلتَّوۡرَىٰةِ فَٱتۡلُوهَآ إِن كُنتُمۡ صَٰدِقِينَ

सबै खानेकुरा बनी इस्राईलको निम्ति तौरात उतारिनुभन्दा अगाडि हलाल थिए । ती कुरा बाहेक जुनकि यअ्कूबले आफ्नो लागि वर्जित गरेका थिए । (हे मुहम्मद) भनिदिनुस् कि, यदि तिमी सत्य हौ भने तौरात ल्याऊ र त्यसलाई पढेर सुनाऊ ।
Surah Aal-e-Imran, Verse 93


فَمَنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ مِنۢ بَعۡدِ ذَٰلِكَ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلظَّـٰلِمُونَ

यस पश्चात पनि जुन मानिसहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् ती नै अन्यायी हुन् ।
Surah Aal-e-Imran, Verse 94


قُلۡ صَدَقَ ٱللَّهُۗ فَٱتَّبِعُواْ مِلَّةَ إِبۡرَٰهِيمَ حَنِيفٗاۖ وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ

भनिदेऊ ! कि अल्लाह सच्चा हो । तिमी सबै इब्राहीमको धर्मको पालना गर, जो मुश्रिकहरूमध्येबाट थिएनन् ।
Surah Aal-e-Imran, Verse 95


إِنَّ أَوَّلَ بَيۡتٖ وُضِعَ لِلنَّاسِ لَلَّذِي بِبَكَّةَ مُبَارَكٗا وَهُدٗى لِّلۡعَٰلَمِينَ

(अल्लाहको) पहिलो घर जुन मानिसहरूको निमित्त पूजाको लागि निर्धारित गरिएको थियो, त्यहि नै हो जुन मक्कामा अवस्थित छ, कल्याणकारी र (विश्वको निम्ति) मार्गदर्शक छ ।
Surah Aal-e-Imran, Verse 96


فِيهِ ءَايَٰتُۢ بَيِّنَٰتٞ مَّقَامُ إِبۡرَٰهِيمَۖ وَمَن دَخَلَهُۥ كَانَ ءَامِنٗاۗ وَلِلَّهِ عَلَى ٱلنَّاسِ حِجُّ ٱلۡبَيۡتِ مَنِ ٱسۡتَطَاعَ إِلَيۡهِ سَبِيلٗاۚ وَمَن كَفَرَ فَإِنَّ ٱللَّهَ غَنِيٌّ عَنِ ٱلۡعَٰلَمِينَ

यसमा स्पष्ट निशानीहरू छन्, जसमध्ये एउटा इब्राहीमको उभिने स्थल हो । यसमा जो प्रवेश गर्दछ, त्यसले अमन (शान्ति) प्राप्त गर्दछ । मानिसहरूमाथि अल्लाहको हक छ कि जसले त्यस घरसम्म पुग्ने सामथ्र्य राख्दछ, त्यसले हज (धार्मिक यात्रा) गरोस् । यदि कसैले यस आदेशको पालना गर्दैन भने अल्लाह पनि उससित बरु संसारबाट निस्पृह छ ।
Surah Aal-e-Imran, Verse 97


قُلۡ يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَٱللَّهُ شَهِيدٌ عَلَىٰ مَا تَعۡمَلُونَ

तपाई भन्नुस् कि हे यहुदी–ईसाई ! तिमी अल्लाहका निशानीहरूलाई किन नकारिराखेका छौ ? र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको साक्षी छ ।
Surah Aal-e-Imran, Verse 98


قُلۡ يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ مَنۡ ءَامَنَ تَبۡغُونَهَا عِوَجٗا وَأَنتُمۡ شُهَدَآءُۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ

भन कि हे अहले किताब ! तिमी मानिसहरूलाई अल्लाहको मार्गबाट किन रोक्ने गर्दछौ र यसमा अवगुण खोज्दैछौ, यसको बावजूद कि तिमीहरू आफै साक्षी छौ र अल्लाह तिम्रा क्रियाकलापसित असावधान छैन ।
Surah Aal-e-Imran, Verse 99


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تُطِيعُواْ فَرِيقٗا مِّنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ يَرُدُّوكُم بَعۡدَ إِيمَٰنِكُمۡ كَٰفِرِينَ

हे मोमिनहरू ! यदि तिमी अहले किताबको कुनै समूहको कुरा मान्नेछौ भने तिनीहरूले तिमीलाई ईमान ल्याइसकेपछि पनि काफिर बनाइदिन्छन् ।
Surah Aal-e-Imran, Verse 100


وَكَيۡفَ تَكۡفُرُونَ وَأَنتُمۡ تُتۡلَىٰ عَلَيۡكُمۡ ءَايَٰتُ ٱللَّهِ وَفِيكُمۡ رَسُولُهُۥۗ وَمَن يَعۡتَصِم بِٱللَّهِ فَقَدۡ هُدِيَ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

(स्पष्ट छ कि) तिमीहरूले ईमान परित्याग कसरी गर्छौ जबकि तिमीलाई अल्लाहका आयतहरू पढेर सुनाइन्छन् र तिम्रो माझमा अल्लाहका रसूल (स.) बस्दछन् र जसले अल्लाहको धर्मको डोरीलाई दृढतापूर्वक समात्यो, निःसंदेह उसलाई सोझो मार्ग प्राप्त भइसक्ने छ ।
Surah Aal-e-Imran, Verse 101


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ حَقَّ تُقَاتِهِۦ وَلَا تَمُوتُنَّ إِلَّا وَأَنتُم مُّسۡلِمُونَ

हे मोमिनहरू ! अल्लाहसँग यति डर जति उसँग डर्नु पर्ने हो, र हेर मर्ने बेलासम्म मुसलमान नै रहनु ।
Surah Aal-e-Imran, Verse 102


وَٱعۡتَصِمُواْ بِحَبۡلِ ٱللَّهِ جَمِيعٗا وَلَا تَفَرَّقُواْۚ وَٱذۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ كُنتُمۡ أَعۡدَآءٗ فَأَلَّفَ بَيۡنَ قُلُوبِكُمۡ فَأَصۡبَحۡتُم بِنِعۡمَتِهِۦٓ إِخۡوَٰنٗا وَكُنتُمۡ عَلَىٰ شَفَا حُفۡرَةٖ مِّنَ ٱلنَّارِ فَأَنقَذَكُم مِّنۡهَاۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ ءَايَٰتِهِۦ لَعَلَّكُمۡ تَهۡتَدُونَ

सबै मिलेर अल्लाहको डोरीलाई दृढतापूर्वक समातिराख्नु र विभाजित नहुनु र अल्लाहको त्यस अनुकम्पालाई यादगर कि जब तिमी एक अर्काको शत्रु थियौ, त उसले तिम्रा हृदयहरूमा प्रेमको सृजना गर्यो र उसको कृपाले तिमीहरू आपसमा भाइ–भाइ भइहाल्यौ, र तिमी आगोको खाल्डो छेउ पुगिसकेका थियौ, त अल्लाहले तिमीलाई त्यसबाट बचाइहाल्यो । यस प्रकार अल्लाहले तिमीलाई आफ्ना निशानीहरूको वर्णन गर्दछ ताकि तिमी मार्गदर्शन प्राप्त गर्नसक ।
Surah Aal-e-Imran, Verse 103


وَلۡتَكُن مِّنكُمۡ أُمَّةٞ يَدۡعُونَ إِلَى ٱلۡخَيۡرِ وَيَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَيَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِۚ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ

तिमीमध्ये एउटा समूह यस्तो हुनुपर्छ जसले कि मानिसहरूलाई सदाचारतिर आमन्त्रित गरोस् र सत्कर्मको सन्देश देओस् र दुष्कर्मबाट रोकोस् र तिनै मानिसहरूले मुक्ति प्राप्त गर्नेहरू हुन्छन् ।
Surah Aal-e-Imran, Verse 104


وَلَا تَكُونُواْ كَٱلَّذِينَ تَفَرَّقُواْ وَٱخۡتَلَفُواْ مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡبَيِّنَٰتُۚ وَأُوْلَـٰٓئِكَ لَهُمۡ عَذَابٌ عَظِيمٞ

तिमी ती मानिसहरू जस्तो नहुनु जसले आफू समक्ष स्पष्ट आदेशहरू आइपुगेपछि पनि एकअर्कासँग विवाद र मतभेद गर्नथाले । यी त्यस्ता मानिसहरू हुन् जसले ठूलो सजाय भोगने छन ।
Surah Aal-e-Imran, Verse 105


يَوۡمَ تَبۡيَضُّ وُجُوهٞ وَتَسۡوَدُّ وُجُوهٞۚ فَأَمَّا ٱلَّذِينَ ٱسۡوَدَّتۡ وُجُوهُهُمۡ أَكَفَرۡتُم بَعۡدَ إِيمَٰنِكُمۡ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ

जुन दिन धेरै अनुहारहरू उज्यालो देखिने छन् र धेरै अनुहारहरू कालो हुनेछन्, त जुन मानिसहरूका अनुहार कालो हुनेछन्, (तिनीहरूसँग अल्लाहले सोध्ने छ) के तिमीहरूले ईमान ल्याएपछि फेरि कुफ्र गर्यौ, अब आफ्नो कुफ्रको कारण सजाय भोग ।
Surah Aal-e-Imran, Verse 106


وَأَمَّا ٱلَّذِينَ ٱبۡيَضَّتۡ وُجُوهُهُمۡ فَفِي رَحۡمَةِ ٱللَّهِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

जुन मानिसहरूका अनुहार उज्यालो हुनेछन् तिनीहरू अल्लाहको अनुकम्पाभित्र हुनेछन्, र त्यसैमा सधैं बास गर्नेछन् ।
Surah Aal-e-Imran, Verse 107


تِلۡكَ ءَايَٰتُ ٱللَّهِ نَتۡلُوهَا عَلَيۡكَ بِٱلۡحَقِّۗ وَمَا ٱللَّهُ يُرِيدُ ظُلۡمٗا لِّلۡعَٰلَمِينَ

हे नबी ! यी अल्लाहका सत्य आयतहरूलाई हामीले तपाईका लागि राम्ररी पढेर सुनाउँदछौं र अल्लाहले मानिसहरूमाथि अन्याय गर्न चाहँदैन ।
Surah Aal-e-Imran, Verse 108


وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ

जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै हुन् र सबै कुरा (अन्तमा) अल्लाहतिर नै फर्कने छन् ।
Surah Aal-e-Imran, Verse 109


كُنتُمۡ خَيۡرَ أُمَّةٍ أُخۡرِجَتۡ لِلنَّاسِ تَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَتَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِ وَتُؤۡمِنُونَ بِٱللَّهِۗ وَلَوۡ ءَامَنَ أَهۡلُ ٱلۡكِتَٰبِ لَكَانَ خَيۡرٗا لَّهُمۚ مِّنۡهُمُ ٱلۡمُؤۡمِنُونَ وَأَكۡثَرُهُمُ ٱلۡفَٰسِقُونَ

(मोमिनहरू !) मानिसहरूका लागि पैदा गरिएको सबै सम्प्रदायहरूमध्ये तिमीहरू सबैभन्दा उत्तम हौ किनकि सत्कर्म गर्न भन्दछौ र दुष्कर्मबाट टाढा रहन सिकाउँदछौ र अल्लाहमाथि आस्था राख्दछौ र यदि अहले किताबले पनि आस्था राखेको भए तिनीहरूको निम्ति धेरै राम्रो हुने थियो । तिनीहरूमध्ये ईमानवालाहरू पनि छन् र धेरै जसो अवज्ञाकारीहरू छन् ।
Surah Aal-e-Imran, Verse 110


لَن يَضُرُّوكُمۡ إِلَّآ أَذٗىۖ وَإِن يُقَٰتِلُوكُمۡ يُوَلُّوكُمُ ٱلۡأَدۡبَارَ ثُمَّ لَا يُنصَرُونَ

तिनीहरूले तिमीलाई साधारण दुःख दिन बाहेक कुनै ठूलो हानि पुर्याउन सक्दैनन् र यदि तिमीसँग संघर्षको अवसर आएमा भागिहाल्ने छन्, फेरि तिनीहरूले (कतैबाट) मद्दत पनि पाउने छैनन् ।
Surah Aal-e-Imran, Verse 111


ضُرِبَتۡ عَلَيۡهِمُ ٱلذِّلَّةُ أَيۡنَ مَا ثُقِفُوٓاْ إِلَّا بِحَبۡلٖ مِّنَ ٱللَّهِ وَحَبۡلٖ مِّنَ ٱلنَّاسِ وَبَآءُو بِغَضَبٖ مِّنَ ٱللَّهِ وَضُرِبَتۡ عَلَيۡهِمُ ٱلۡمَسۡكَنَةُۚ ذَٰلِكَ بِأَنَّهُمۡ كَانُواْ يَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَيَقۡتُلُونَ ٱلۡأَنۢبِيَآءَ بِغَيۡرِ حَقّٖۚ ذَٰلِكَ بِمَا عَصَواْ وَّكَانُواْ يَعۡتَدُونَ

यिनीहरूमाथि जहाँ पनि धिक्कार र अपमान भयो, अल्लाह र मानिसहरूका शरणमा गएकाहरू बाहेक । यिनीहरू अल्लाहको क्रोधको भागी भइसकेका छन् । र दरिद्रताले घेरिएका छन् । यो यसकारणले कि यिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र उसका दूतहरूलाई अकारण मारिदिन्थे, यो बदला हो यिनीहरूको अवज्ञाकारिता र अत्याचारको ।
Surah Aal-e-Imran, Verse 112


۞لَيۡسُواْ سَوَآءٗۗ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ أُمَّةٞ قَآئِمَةٞ يَتۡلُونَ ءَايَٰتِ ٱللَّهِ ءَانَآءَ ٱلَّيۡلِ وَهُمۡ يَسۡجُدُونَ

यिनीहरू सबै एक समान छैनन् । बरु यी अहले किताबमध्ये केही मानिसहरू सत्यमार्गमा कायम रहनेहरू पनि छन् । जसले रातिको समयमा पनि अल्लाहका आयतहरू पढ्दछन् र सज्दा पनि गर्दछन् ।
Surah Aal-e-Imran, Verse 113


يُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَيَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَيَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِ وَيُسَٰرِعُونَ فِي ٱلۡخَيۡرَٰتِۖ وَأُوْلَـٰٓئِكَ مِنَ ٱلصَّـٰلِحِينَ

यिनीहरू अल्लाहमाथि र आखिरतको दिनमा आस्था पनि राख्दछन् र सत्कर्म गर्न भन्दछन् र दुष्कर्मबाट मनाही गर्दछन् र सदाचारतिर अग्रसर हुन्छन् । यिनी सदाचारीमध्येका हुन् ।
Surah Aal-e-Imran, Verse 114


وَمَا يَفۡعَلُواْ مِنۡ خَيۡرٖ فَلَن يُكۡفَرُوهُۗ وَٱللَّهُ عَلِيمُۢ بِٱلۡمُتَّقِينَ

यिनीहरूले जति सत्कर्म गर्दछन् त्यसको उपेक्षा गर्नु हुँदैन । र, अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्छ ।
Surah Aal-e-Imran, Verse 115


إِنَّ ٱلَّذِينَ كَفَرُواْ لَن تُغۡنِيَ عَنۡهُمۡ أَمۡوَٰلُهُمۡ وَلَآ أَوۡلَٰدُهُم مِّنَ ٱللَّهِ شَيۡـٔٗاۖ وَأُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

काफिरहरूका लागि तिनीहरूको धन–सम्पत्ति र सन्तान अल्लाहका नजिक केही काम लाग्दैनन् । यिनीहरू त नारकीय हुन्, सधै त्यसैमा रहनेछन् ।
Surah Aal-e-Imran, Verse 116


مَثَلُ مَا يُنفِقُونَ فِي هَٰذِهِ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا كَمَثَلِ رِيحٖ فِيهَا صِرٌّ أَصَابَتۡ حَرۡثَ قَوۡمٖ ظَلَمُوٓاْ أَنفُسَهُمۡ فَأَهۡلَكَتۡهُۚ وَمَا ظَلَمَهُمُ ٱللَّهُ وَلَٰكِنۡ أَنفُسَهُمۡ يَظۡلِمُونَ

यी अनास्थावादीले यो जीवनमा जुन धन खर्च गर्दछन् त्यसको उदाहरण त्यस हिउँले भरिएको बतास जस्तो छ, जुन अन्याय गर्ने मानिसहरूको खेतीको माथि चल्यो र त्यसलाई तहस नहस पारिदियो । अल्लाहले तिनीहरूमाथि कुनै अत्याचार गरेको छैन, बरु तिनीहरू आफैले आफूमाथि अत्याचार गरिराखेका छन् ।
Surah Aal-e-Imran, Verse 117


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ بِطَانَةٗ مِّن دُونِكُمۡ لَا يَأۡلُونَكُمۡ خَبَالٗا وَدُّواْ مَا عَنِتُّمۡ قَدۡ بَدَتِ ٱلۡبَغۡضَآءُ مِنۡ أَفۡوَٰهِهِمۡ وَمَا تُخۡفِي صُدُورُهُمۡ أَكۡبَرُۚ قَدۡ بَيَّنَّا لَكُمُ ٱلۡأٓيَٰتِۖ إِن كُنتُمۡ تَعۡقِلُونَ

हे मोमिनहरू ! ईमान ल्याएका बाहेक अरुलाई आफ्नो घनिष्ट मित्र नबनाऊ । तिमी त देख्दैनौ, यी मानिसहरूले तिमीहरूलाई बर्बाद पार्नमा कुनै कसर बाँकी राख्दैनन् र यिनीहरू चाहन्छन् कि (जसरी पनि) तिमीलाई कष्ट पुगोस् । तिनीहरूका मुखबाट त शत्रुता प्रकट भइसकेको छ र जुन (छलकपट) तिनका छातीमा लुकेको छ, त्यो त झन् धेरै छ । हामीले तिमीलाई आफ्ना आयतहरू स्पष्ट गरिदिइसकेका छौं यदि तिमी बुझदछौ ।
Surah Aal-e-Imran, Verse 118


هَـٰٓأَنتُمۡ أُوْلَآءِ تُحِبُّونَهُمۡ وَلَا يُحِبُّونَكُمۡ وَتُؤۡمِنُونَ بِٱلۡكِتَٰبِ كُلِّهِۦ وَإِذَا لَقُوكُمۡ قَالُوٓاْ ءَامَنَّا وَإِذَا خَلَوۡاْ عَضُّواْ عَلَيۡكُمُ ٱلۡأَنَامِلَ مِنَ ٱلۡغَيۡظِۚ قُلۡ مُوتُواْ بِغَيۡظِكُمۡۗ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

तिमीहरूसंग बुद्धि भए आफै हेरिहाल कि तिमी त तिनीहरूलाई चाहन्छौ तर तिनीहरू तिमीसँग मित्रता गर्दैनन् । तिमी सबै ग्रन्थहरूमा विश्वास गर्दछौ । (तिनीहरू मान्दैनन्) तिनीहरूले तिम्रा सामु ईमान ल्याएको स्वीकार गर्दछन् र जब तिमीबाट अलग हुन्छन् त तिमीसँग क्रोधको कारणले आफ्नै औंला टोक्न थाल्दछन् । भनिदेऊ ! कि तिमीहरू क्रोधमै मरिहाल, अल्लाह तिम्रा हृदयका रहस्यहरूलाई राम्ररी बुझ्दछ ।
Surah Aal-e-Imran, Verse 119


إِن تَمۡسَسۡكُمۡ حَسَنَةٞ تَسُؤۡهُمۡ وَإِن تُصِبۡكُمۡ سَيِّئَةٞ يَفۡرَحُواْ بِهَاۖ وَإِن تَصۡبِرُواْ وَتَتَّقُواْ لَا يَضُرُّكُمۡ كَيۡدُهُمۡ شَيۡـًٔاۗ إِنَّ ٱللَّهَ بِمَا يَعۡمَلُونَ مُحِيطٞ

यदि तिमीलाई भलाई प्राप्त हुन्छ भने तिनलाई नराम्रो लाग्छद, यदि तिमीलाई दुःख हुन्छ भने तिनीहरू खुशी हुन्छन् । यदि तिमीले संतोषगरी अल्लाहबाट डर मान्छौ भने, तिनका षड्यन्त्रले तिमीलाई केही पनि नोक्सान पुर्याउन सक्ने छैन । अल्लाहले तिनीहरूले गर्ने कृयाकलापको घेराबन्दी गरी सकेको छ ।
Surah Aal-e-Imran, Verse 120


وَإِذۡ غَدَوۡتَ مِنۡ أَهۡلِكَ تُبَوِّئُ ٱلۡمُؤۡمِنِينَ مَقَٰعِدَ لِلۡقِتَالِۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ

हे नबी, त्यस समयलाई पनि स्मरण गर जब बिहान–बिहानै तपाईले आफ्ना घरबाट शीघ्र प्रस्थान गरी ईमानवालाहरूलाई युद्ध क्षेत्रका मोर्चाहरूमा (जङ्गे उहुद्) सुव्यवस्थित तरिकाले खटाइराखेको थियौ । र अल्लाह सबै कुरा सुन्ने र जान्नेवाला हो ।
Surah Aal-e-Imran, Verse 121


إِذۡ هَمَّت طَّآئِفَتَانِ مِنكُمۡ أَن تَفۡشَلَا وَٱللَّهُ وَلِيُّهُمَاۗ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ

जुनबेला तिमीमध्येबाट दुई समूहले (बनू हारसा र बनू सल्मा) हिम्मत छोड्ने इच्छा गरेका थिए, अल्लाह नै तिनको मद्दतकर्ता हो । मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।
Surah Aal-e-Imran, Verse 122


وَلَقَدۡ نَصَرَكُمُ ٱللَّهُ بِبَدۡرٖ وَأَنتُمۡ أَذِلَّةٞۖ فَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تَشۡكُرُونَ

अल्लाहले बद्रको युद्धमा पनि ठीक त्यस बेला तिम्रो सहायता गरेको थियो, जब तिमी धेरै कमजोर अवस्थामा पुगिसकेका थियौ । तसर्थ अल्लाहसँग मात्र डर जसबाट तिमी आभार प्रकट गर्नसक ।
Surah Aal-e-Imran, Verse 123


إِذۡ تَقُولُ لِلۡمُؤۡمِنِينَ أَلَن يَكۡفِيَكُمۡ أَن يُمِدَّكُمۡ رَبُّكُم بِثَلَٰثَةِ ءَالَٰفٖ مِّنَ ٱلۡمَلَـٰٓئِكَةِ مُنزَلِينَ

जब तपाईले मोमिनहरूलाई भरोसा दिइरहनु भएको थियो । के यो पर्याप्त छैन कि पालनकर्ताले तीन हजार दूतहरू (फरिश्ता) पठाई तपाईलाई मद्दत गर्यो ।
Surah Aal-e-Imran, Verse 124


بَلَىٰٓۚ إِن تَصۡبِرُواْ وَتَتَّقُواْ وَيَأۡتُوكُم مِّن فَوۡرِهِمۡ هَٰذَا يُمۡدِدۡكُمۡ رَبُّكُم بِخَمۡسَةِ ءَالَٰفٖ مِّنَ ٱلۡمَلَـٰٓئِكَةِ مُسَوِّمِينَ

हो, यदि तिमी संतोष र धैर्य राख्दछौ र तिनीहरू यसैबेला तिमीमाथि आइलाग्छन् भने तिम्रो रबले पाँचहजार दूतहरू, जसमाथि चिन्हहरू हुनेछन्, तिम्रो सहायताको लागि पठाउने छ ।
Surah Aal-e-Imran, Verse 125


وَمَا جَعَلَهُ ٱللَّهُ إِلَّا بُشۡرَىٰ لَكُمۡ وَلِتَطۡمَئِنَّ قُلُوبُكُم بِهِۦۗ وَمَا ٱلنَّصۡرُ إِلَّا مِنۡ عِندِ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ

र त्यो मद्दतलाई त अल्लाहले तिम्रो खुशी र सन्तुष्टिको लागि गर्यो अन्यथा सहायता त अल्लाहकै तर्फबाट हुन्छ, जो सर्वशक्तिमान र कौशल सम्पन्न छ ।
Surah Aal-e-Imran, Verse 126


لِيَقۡطَعَ طَرَفٗا مِّنَ ٱلَّذِينَ كَفَرُوٓاْ أَوۡ يَكۡبِتَهُمۡ فَيَنقَلِبُواْ خَآئِبِينَ

(यस कारणले त्यो मद्दत गर्याे कि) काफिरहरूको एउटा समूहलाई निर्मूल वा अपमानित गरिहालोस् जसलेगर्दा ती सबै असफल भई फर्किहालुन् ।
Surah Aal-e-Imran, Verse 127


لَيۡسَ لَكَ مِنَ ٱلۡأَمۡرِ شَيۡءٌ أَوۡ يَتُوبَ عَلَيۡهِمۡ أَوۡ يُعَذِّبَهُمۡ فَإِنَّهُمۡ ظَٰلِمُونَ

हे पैगम्बर ! यसमा तपाईको अख्तियारमा केही छैन । अल्लाहले चाहेमा तिनीहरूको प्रायश्चित स्वीकार गर्दछ अथवा तिनीलाई सजाय दिन्छ किनभने तिनीहरू अत्याचारी हुन् ।
Surah Aal-e-Imran, Verse 128


وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ يَغۡفِرُ لِمَن يَشَآءُ وَيُعَذِّبُ مَن يَشَآءُۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

आकाशहरूमा र धरतीमा जे छ, सबै अल्लाहको हो । उसले आफ्नो इच्छा अनुसार जसलाई चाहन्छ क्षमा गरिदिन्छ र जसलाई चाहन्छ, दण्ड दिन्छ र अल्लाह क्षमादाता र दयावान छ ।
Surah Aal-e-Imran, Verse 129


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَأۡكُلُواْ ٱلرِّبَوٰٓاْ أَضۡعَٰفٗا مُّضَٰعَفَةٗۖ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُفۡلِحُونَ

हे ईमानवालाहरू ! बढाई–चढाई व्याज नखाऊ, अल्लाहसँग डर ताकि मुक्ति प्राप्त गर्नसक ।
Surah Aal-e-Imran, Verse 130


وَٱتَّقُواْ ٱلنَّارَ ٱلَّتِيٓ أُعِدَّتۡ لِلۡكَٰفِرِينَ

र त्यस आगोबाट डर, जुन काफिरहरूको लागि तयार गरिएको छ ।
Surah Aal-e-Imran, Verse 131


وَأَطِيعُواْ ٱللَّهَ وَٱلرَّسُولَ لَعَلَّكُمۡ تُرۡحَمُونَ

अल्लाह र उसको रसूलको आज्ञापालन गर ताकि तिमीमाथि कृपा गरियोस् ।
Surah Aal-e-Imran, Verse 132


۞وَسَارِعُوٓاْ إِلَىٰ مَغۡفِرَةٖ مِّن رَّبِّكُمۡ وَجَنَّةٍ عَرۡضُهَا ٱلسَّمَٰوَٰتُ وَٱلۡأَرۡضُ أُعِدَّتۡ لِلۡمُتَّقِينَ

र, आफ्नो रबको क्षमा र त्यस स्वर्गतर्फ अगाडि बढ जसको चौडाई आकाश र पृथ्वी जतिको छ, र जुन अल्लाहसँग डर मान्नेहरूको निम्ति बनाइएको छ ।
Surah Aal-e-Imran, Verse 133


ٱلَّذِينَ يُنفِقُونَ فِي ٱلسَّرَّآءِ وَٱلضَّرَّآءِ وَٱلۡكَٰظِمِينَ ٱلۡغَيۡظَ وَٱلۡعَافِينَ عَنِ ٱلنَّاسِۗ وَٱللَّهُ يُحِبُّ ٱلۡمُحۡسِنِينَ

जसले सुख र दुःखमा (अल्लाहको मार्गमा) खर्च गर्दछन् र क्रोधलाई नियन्त्रणमा राख्दछन् र मानिसहरूका त्रुटिहरू क्षमा गरिदिन्छन्, अल्लाह ती सत्कर्म गर्नेहरूलाई प्रेम गर्दछ ।
Surah Aal-e-Imran, Verse 134


وَٱلَّذِينَ إِذَا فَعَلُواْ فَٰحِشَةً أَوۡ ظَلَمُوٓاْ أَنفُسَهُمۡ ذَكَرُواْ ٱللَّهَ فَٱسۡتَغۡفَرُواْ لِذُنُوبِهِمۡ وَمَن يَغۡفِرُ ٱلذُّنُوبَ إِلَّا ٱللَّهُ وَلَمۡ يُصِرُّواْ عَلَىٰ مَا فَعَلُواْ وَهُمۡ يَعۡلَمُونَ

जब तिनीहरूले खुलारूपमा कुनै गल्ती वा गुनाह गर्दछन् त तत्कालै अल्लाहलाई स्मरण गर्दछन् र आफ्ना भूलहरूका लागि क्षमायाचना गर्दछन् । तथ्य यो छ कि अल्लाह बाहेक कसले क्षमादान गर्न सक्छ ? तिनीहरू जानी जानी आफ्नो गलत कामहरूको लागि अडान लिदैनन् ।
Surah Aal-e-Imran, Verse 135


أُوْلَـٰٓئِكَ جَزَآؤُهُم مَّغۡفِرَةٞ مِّن رَّبِّهِمۡ وَجَنَّـٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَنِعۡمَ أَجۡرُ ٱلۡعَٰمِلِينَ

यस्तै मानिसहरूका लागि पुरस्कार, तिनको पालनकर्ताको तर्फबाट माफी, र स्वर्ग छ, जसमुनि नहरहरू बगरिहेका छन्, तिनीहरू त्यसमा सधैं बस्नेछन् । ती असल कर्म गर्नेहरूको पुरस्कार धेरै राम्रो छ ।
Surah Aal-e-Imran, Verse 136


قَدۡ خَلَتۡ مِن قَبۡلِكُمۡ سُنَنٞ فَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُكَذِّبِينَ

तिमीहरूभन्दा अगाडि पनि यस्ता घटनाहरू घटिसकेका छन्, तसर्थ पृथ्वीमा भ्रमण गरी हेर कि अल्लाहका आदेशलाई इन्कार गर्नेहरूको परिणाम के भयो ।
Surah Aal-e-Imran, Verse 137


هَٰذَا بَيَانٞ لِّلنَّاسِ وَهُدٗى وَمَوۡعِظَةٞ لِّلۡمُتَّقِينَ

सामान्य मानिसहरूको निम्ति यो (कुरआन) एउटा वक्तव्य हो र अल्लाहका सेवकहरूका लागि पथप्रदर्शन र नसीहत हो ।
Surah Aal-e-Imran, Verse 138


وَلَا تَهِنُواْ وَلَا تَحۡزَنُواْ وَأَنتُمُ ٱلۡأَعۡلَوۡنَ إِن كُنتُم مُّؤۡمِنِينَ

हेर, तिमी न अल्छी गर न चिन्तित होऊ । यदि तिमी ईमानवाला हौ भने तिम्रै वर्चस्व कायम हुनेछ ।
Surah Aal-e-Imran, Verse 139


إِن يَمۡسَسۡكُمۡ قَرۡحٞ فَقَدۡ مَسَّ ٱلۡقَوۡمَ قَرۡحٞ مِّثۡلُهُۥۚ وَتِلۡكَ ٱلۡأَيَّامُ نُدَاوِلُهَا بَيۡنَ ٱلنَّاسِ وَلِيَعۡلَمَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَيَتَّخِذَ مِنكُمۡ شُهَدَآءَۗ وَٱللَّهُ لَا يُحِبُّ ٱلظَّـٰلِمِينَ

यदि तिमीलाई (पराजयको) चोट पुगेको छ भने विरोधीहरू पनि घाइते भइसकेका छन् । यी दिनहरूलाई मानिसहरूमाझ हामीले परिवर्तन गरिराख्दछौ, (उहुद पराजयको) यो पनि उद्देश्य थियो कि अल्लाहले ईमान भएकाहरूलाई अलग गरिहालोस् र तिमीहरूमध्येबाट केहीलाई शहादत प्रदान गरोस् । अल्लाह अत्याचारीहरूलाई प्रेम गर्दैन ।
Surah Aal-e-Imran, Verse 140


وَلِيُمَحِّصَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَيَمۡحَقَ ٱلۡكَٰفِرِينَ

(र यो पनि कि) अल्लाहले ईमान भएकाहरूलाई बिल्कुल अलग गरेर काफिरहरूलाई निर्मूल पारिदेओस् ।
Surah Aal-e-Imran, Verse 141


أَمۡ حَسِبۡتُمۡ أَن تَدۡخُلُواْ ٱلۡجَنَّةَ وَلَمَّا يَعۡلَمِ ٱللَّهُ ٱلَّذِينَ جَٰهَدُواْ مِنكُمۡ وَيَعۡلَمَ ٱلصَّـٰبِرِينَ

के तिमीले यो ठानी सकेका छौ कि (बिना परीक्षा) तिमीहरू स्वर्गमा प्रवेश पाउने छौ, यद्यपि अहिलेसम्म अल्लाहले यो स्पष्ट गरेको छैन कि तिमीहरूमध्येका जिहादी को हुन् र संतोष गर्नेहरू को हुन्
Surah Aal-e-Imran, Verse 142


وَلَقَدۡ كُنتُمۡ تَمَنَّوۡنَ ٱلۡمَوۡتَ مِن قَبۡلِ أَن تَلۡقَوۡهُ فَقَدۡ رَأَيۡتُمُوهُ وَأَنتُمۡ تَنظُرُونَ

युद्ध हुनुभन्दा पहिला त तिमी शहादतको इच्छुक थियौ, अब त तिमीले त्यसलाई आफ्नै आँखाले देखिहाल्यौ ।
Surah Aal-e-Imran, Verse 143


وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٞ قَدۡ خَلَتۡ مِن قَبۡلِهِ ٱلرُّسُلُۚ أَفَإِيْن مَّاتَ أَوۡ قُتِلَ ٱنقَلَبۡتُمۡ عَلَىٰٓ أَعۡقَٰبِكُمۡۚ وَمَن يَنقَلِبۡ عَلَىٰ عَقِبَيۡهِ فَلَن يَضُرَّ ٱللَّهَ شَيۡـٔٗاۚ وَسَيَجۡزِي ٱللَّهُ ٱلشَّـٰكِرِينَ

मुहम्मद (सल्ललाहु अलैहे वसल्लम) त मात्र अल्लाहका रसूल हुन् । उनीभन्दा पहिला पनि धेरै रसूलहरू गुज्री सकेका छन् । यदि उनको मृत्यु हुन्छ अथवा उनी शहीद भइहाले भने के तिमी इस्लामबाट तत्काल फर्किहाल्छौ ? र यदि जो कोही विचलित भइहाल्छ भने त्यसले अल्लाहको केही बिगार्न सक्तैन र अल्लाहले कृतज्ञहरूलाई छिट्टै राम्रो प्रतिफल प्रदान गर्नेछ ।
Surah Aal-e-Imran, Verse 144


وَمَا كَانَ لِنَفۡسٍ أَن تَمُوتَ إِلَّا بِإِذۡنِ ٱللَّهِ كِتَٰبٗا مُّؤَجَّلٗاۗ وَمَن يُرِدۡ ثَوَابَ ٱلدُّنۡيَا نُؤۡتِهِۦ مِنۡهَا وَمَن يُرِدۡ ثَوَابَ ٱلۡأٓخِرَةِ نُؤۡتِهِۦ مِنۡهَاۚ وَسَنَجۡزِي ٱلشَّـٰكِرِينَ

अल्लाहको अनुमति बेगैर कुनै जीवित मर्दैन, सबैको समयावधि निर्धारित गरिएको छ र जुन व्यक्ति संसारमा फल चाहन्छ, त्यसलाई हामीले दुनिया मै केही फल दिन्छौ र जो आखिरतमा फल प्राप्तिको इच्छुक छ, उसलाई हामीले त्यो पनि दिनेछौं र कृतज्ञहरूलाई हामीले राम्रो प्रतिफल प्रदान गर्नेछौं ।
Surah Aal-e-Imran, Verse 145


وَكَأَيِّن مِّن نَّبِيّٖ قَٰتَلَ مَعَهُۥ رِبِّيُّونَ كَثِيرٞ فَمَا وَهَنُواْ لِمَآ أَصَابَهُمۡ فِي سَبِيلِ ٱللَّهِ وَمَا ضَعُفُواْ وَمَا ٱسۡتَكَانُواْۗ وَٱللَّهُ يُحِبُّ ٱلصَّـٰبِرِينَ

धेरै नबीहरूका सहयात्री भएर अल्लाहका धेरै उपासकहरू अल्लाहका शत्रुहरूसित युद्ध गरेका छन् । तिनीहरूलाई पनि अल्लाहको मार्गमा दुःख पर्याे, तर त्यसबाट तिनीहरूले कहिल्यै न त साहस गुमाए, न अल्छी भए र न त शत्रुबाट हार माने । अल्लाह सहनशीलहरूलाई नै चाहन्छ ।
Surah Aal-e-Imran, Verse 146


وَمَا كَانَ قَوۡلَهُمۡ إِلَّآ أَن قَالُواْ رَبَّنَا ٱغۡفِرۡ لَنَا ذُنُوبَنَا وَإِسۡرَافَنَا فِيٓ أَمۡرِنَا وَثَبِّتۡ أَقۡدَامَنَا وَٱنصُرۡنَا عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ

(यस्तो अवस्थामा पनि) तिनीहरूले यो भन्दै गरे कि हे पालनहारः हाम्रा पापहरू माफ गरिदेऊ र हाम्रा काममा भएका भूलहरू क्षमा गरिदेऊ र हामीलाई दृढ र अटल राख र काफिरहरूमाथि विजय प्राप्त गर्न हाम्रो सहायता गर ।
Surah Aal-e-Imran, Verse 147


فَـَٔاتَىٰهُمُ ٱللَّهُ ثَوَابَ ٱلدُّنۡيَا وَحُسۡنَ ثَوَابِ ٱلۡأٓخِرَةِۗ وَٱللَّهُ يُحِبُّ ٱلۡمُحۡسِنِينَ

अल्लाहले तिनलाई संसारमा पनि पुरस्कृत गर्यो र आखिरतमा पनि धेरै राम्रो प्रतिफलको खूबी प्रदान गर्यो । र अल्लाह सदाचारीहरूलाई मायाँ गर्दछ ।
Surah Aal-e-Imran, Verse 148


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تُطِيعُواْ ٱلَّذِينَ كَفَرُواْ يَرُدُّوكُمۡ عَلَىٰٓ أَعۡقَٰبِكُمۡ فَتَنقَلِبُواْ خَٰسِرِينَ

मोमिनहरू हो ! यदि तिमी काफिरहरूको भनाई मान्छौ भने, तिनीहरूले तिमीलाई तुरुन्तै विचलित गराइदिनेछन्, अनि तिमीलाई ठूलै हानि हुनेछ ।
Surah Aal-e-Imran, Verse 149


بَلِ ٱللَّهُ مَوۡلَىٰكُمۡۖ وَهُوَ خَيۡرُ ٱلنَّـٰصِرِينَ

अपितु अल्लाह नै तिम्रो मालिक हो र उही नै सबभन्दा राम्रो मद्दतगार हो ।
Surah Aal-e-Imran, Verse 150


سَنُلۡقِي فِي قُلُوبِ ٱلَّذِينَ كَفَرُواْ ٱلرُّعۡبَ بِمَآ أَشۡرَكُواْ بِٱللَّهِ مَا لَمۡ يُنَزِّلۡ بِهِۦ سُلۡطَٰنٗاۖ وَمَأۡوَىٰهُمُ ٱلنَّارُۖ وَبِئۡسَ مَثۡوَى ٱلظَّـٰلِمِينَ

हामीले छिट्टै काफिरहरूको हृदयमा तिम्रो भयको सृजना गरिदिनेछौं, किनभने तिनीहरूले अल्लाहसित अरुहरूको साझेदारी ठहराउँछन्, जसको कि अल्लाहले कुनै प्रमाण पठाएको छैन र तिनको आश्रय नर्क हुनेछ । र त्यो अत्याचारीहरूको लागि सबैभन्दा नराम्रो बासस्थान हो ।
Surah Aal-e-Imran, Verse 151


وَلَقَدۡ صَدَقَكُمُ ٱللَّهُ وَعۡدَهُۥٓ إِذۡ تَحُسُّونَهُم بِإِذۡنِهِۦۖ حَتَّىٰٓ إِذَا فَشِلۡتُمۡ وَتَنَٰزَعۡتُمۡ فِي ٱلۡأَمۡرِ وَعَصَيۡتُم مِّنۢ بَعۡدِ مَآ أَرَىٰكُم مَّا تُحِبُّونَۚ مِنكُم مَّن يُرِيدُ ٱلدُّنۡيَا وَمِنكُم مَّن يُرِيدُ ٱلۡأٓخِرَةَۚ ثُمَّ صَرَفَكُمۡ عَنۡهُمۡ لِيَبۡتَلِيَكُمۡۖ وَلَقَدۡ عَفَا عَنكُمۡۗ وَٱللَّهُ ذُو فَضۡلٍ عَلَى ٱلۡمُؤۡمِنِينَ

अल्लाहले आफ्नो वचन पूरा गरेर देखाइहाल्यो, जब तिमीले उसको आदेशले काफिरहरूलाई मरिराखेका थियौ, यहाँसम्म कि जब तिमीले आफ्नो साहस गुमाउन लागेका थियौ र काममा झगडा गर्न थाल्यौ र उसको आदेशको अवज्ञा गर्यौ, यस पश्चात पनि कि तिमीले चाहेको चीज उसले तिमीलाई देखाइदियो । तिमीहरूमध्ये केही त सांसारिक लाभ प्राप्तिको इच्छा गरिराखेका थिए र केही परलोकको आकांक्षा राख्दथे । फेरि अल्लाहले तिमीलाई तिनीहरूकोसँगबाट फर्काइहाल्यौ ताकि तिम्रो परीक्षा गरोस् र निःसंदेह उसले तिम्रा सम्पूर्ण त्रुटिहरूलाई क्षमा गरिदियो र अल्लाह आस्थावानहरूमाथि धेरै दया गर्दछ ।
Surah Aal-e-Imran, Verse 152


۞إِذۡ تُصۡعِدُونَ وَلَا تَلۡوُۥنَ عَلَىٰٓ أَحَدٖ وَٱلرَّسُولُ يَدۡعُوكُمۡ فِيٓ أُخۡرَىٰكُمۡ فَأَثَٰبَكُمۡ غَمَّۢا بِغَمّٖ لِّكَيۡلَا تَحۡزَنُواْ عَلَىٰ مَا فَاتَكُمۡ وَلَا مَآ أَصَٰبَكُمۡۗ وَٱللَّهُ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ

जब तिमीहरू टाढा भाग्दै थियौ र कसैको वास्ता गरिराखेका थिएनौ र अल्लाहका रसूलले तिमीलाई तिम्रो पछाडिबाट आवाज दिइरहनु भएको थियो । तिमीमाथि एक कष्ट पछि अर्को दुःख पुग्यो ताकि जुन कुरो तिम्रो हातबाट हराउँदै थियो त्यसबाट दुःखी नहोऊ र नपुगेको कष्टको लागि उदास नहोऊ । अल्लाह सबै क्रियाकलापको जानकारी राख्दछ ।
Surah Aal-e-Imran, Verse 153


ثُمَّ أَنزَلَ عَلَيۡكُم مِّنۢ بَعۡدِ ٱلۡغَمِّ أَمَنَةٗ نُّعَاسٗا يَغۡشَىٰ طَآئِفَةٗ مِّنكُمۡۖ وَطَآئِفَةٞ قَدۡ أَهَمَّتۡهُمۡ أَنفُسُهُمۡ يَظُنُّونَ بِٱللَّهِ غَيۡرَ ٱلۡحَقِّ ظَنَّ ٱلۡجَٰهِلِيَّةِۖ يَقُولُونَ هَل لَّنَا مِنَ ٱلۡأَمۡرِ مِن شَيۡءٖۗ قُلۡ إِنَّ ٱلۡأَمۡرَ كُلَّهُۥ لِلَّهِۗ يُخۡفُونَ فِيٓ أَنفُسِهِم مَّا لَا يُبۡدُونَ لَكَۖ يَقُولُونَ لَوۡ كَانَ لَنَا مِنَ ٱلۡأَمۡرِ شَيۡءٞ مَّا قُتِلۡنَا هَٰهُنَاۗ قُل لَّوۡ كُنتُمۡ فِي بُيُوتِكُمۡ لَبَرَزَ ٱلَّذِينَ كُتِبَ عَلَيۡهِمُ ٱلۡقَتۡلُ إِلَىٰ مَضَاجِعِهِمۡۖ وَلِيَبۡتَلِيَ ٱللَّهُ مَا فِي صُدُورِكُمۡ وَلِيُمَحِّصَ مَا فِي قُلُوبِكُمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

अनि त्यस कष्टपछि अल्लाहले तिमीलाई सन्तुष्टि प्रदान गर्यो जसबाट तिमीहरूमध्येको एउटा समूहलाई शान्तिको निद्रा आउन लाग्यो, जबकि अर्कोतर्फ एउटा त्यो समूह पनि थियो, जसलाई आफ्नो प्राणको चिन्ता थियो उनीहरूले अल्लाहप्रति मूर्खतापूर्ण शंकाको कुरा गरिरहेका थिए र भन्दथे कि के हामीलाई पनि कुनै कुराको अधिकार छ र ? तपाई भनिदिनुस् कि सबै कुराहरू अल्लाहको अधिकार अन्तर्गत पर्दछन् । तिनीहरूले आफ्नो मनमा लुकाएर राखेका कुरा तपाई सम्मुख प्रकट गर्दैनन् । भन्दथे कि यदि हाम्रो अधिकारभित्र केही कुरा भएको भए हामी यहाँ किन मारिन्थ्यौं ?। तपाई भनिदिनुस् कि यदि मारिनु नै तिम्रो भाग्य भएको भए, तिमी आफ्नो घरहरूमा भए पनि निश्चितरूपमा आफ्ना मृत्युस्थलतिरै निस्की जाने थियौ । कि अल्लाहले तिम्रो छाती भित्रको कुराको परीक्षा गर्नु र तिम्रो हृदयमा जे छ त्यसलाई पवित्र गर्नु थियो र अल्लाह हृदयहरूमा भएका भित्री कुराहरू राम्ररी जान्दछ ।
Surah Aal-e-Imran, Verse 154


إِنَّ ٱلَّذِينَ تَوَلَّوۡاْ مِنكُمۡ يَوۡمَ ٱلۡتَقَى ٱلۡجَمۡعَانِ إِنَّمَا ٱسۡتَزَلَّهُمُ ٱلشَّيۡطَٰنُ بِبَعۡضِ مَا كَسَبُواْۖ وَلَقَدۡ عَفَا ٱللَّهُ عَنۡهُمۡۗ إِنَّ ٱللَّهَ غَفُورٌ حَلِيمٞ

तिमीहरूमध्ये जुन मानिसहरू भागिहाले, त्यसदिन जब दुई समूहहरूको बीच भिडन्त भएको थियो, । तिनीहरू आफ्ना केही क्रियाकलापका कारण शैतानको जालमा परिहाले, तर अल्लाहले तिनका त्रुटिहरूलाई क्षमा गरिदियो निःसन्देह अल्लाह क्षमाकर्ता र सहनकर्ता छ ।
Surah Aal-e-Imran, Verse 155


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَكُونُواْ كَٱلَّذِينَ كَفَرُواْ وَقَالُواْ لِإِخۡوَٰنِهِمۡ إِذَا ضَرَبُواْ فِي ٱلۡأَرۡضِ أَوۡ كَانُواْ غُزّٗى لَّوۡ كَانُواْ عِندَنَا مَا مَاتُواْ وَمَا قُتِلُواْ لِيَجۡعَلَ ٱللَّهُ ذَٰلِكَ حَسۡرَةٗ فِي قُلُوبِهِمۡۗ وَٱللَّهُ يُحۡيِۦ وَيُمِيتُۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٞ

हे मोमिनहरू ! तिमी ती मानिसहरू जस्तो न हुनु जसले ‘‘कुफ्र’’ गरे र आफ्ना भाइहरूको बारेमा जो यात्रा गरिरहेको अथवा जिहादमा संलग्न हुन्छन् भन्न थाले कि यदि तिनीहरू हाम्रो साथमा भएको भए न त मर्दथे, न त मारिन्थे, यसको कारण यो थियो कि अल्लाहले तिनीहरूको हृदयमा त्यस्तो आकांक्षाको सृजना गरिदिन्छ । र जीवन र मृत्यु त अल्लाह नै दिन्छ र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापलाई हेरिराखेको छ ।
Surah Aal-e-Imran, Verse 156


وَلَئِن قُتِلۡتُمۡ فِي سَبِيلِ ٱللَّهِ أَوۡ مُتُّمۡ لَمَغۡفِرَةٞ مِّنَ ٱللَّهِ وَرَحۡمَةٌ خَيۡرٞ مِّمَّا يَجۡمَعُونَ

र यदि तिमीहरू अल्लाहको मार्गमा मारिन्छौ अथवा आफ्नो मृत्यु मर्दछौ भने निःसंदेह यिनीहरूले संकलन गरिरहेको (धनसम्पत्ति) भन्दा अल्लाहको क्षमादान र दया धेरै राम्रो छ ।
Surah Aal-e-Imran, Verse 157


وَلَئِن مُّتُّمۡ أَوۡ قُتِلۡتُمۡ لَإِلَى ٱللَّهِ تُحۡشَرُونَ

निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त याद राख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।
Surah Aal-e-Imran, Verse 158


فَبِمَا رَحۡمَةٖ مِّنَ ٱللَّهِ لِنتَ لَهُمۡۖ وَلَوۡ كُنتَ فَظًّا غَلِيظَ ٱلۡقَلۡبِ لَٱنفَضُّواْ مِنۡ حَوۡلِكَۖ فَٱعۡفُ عَنۡهُمۡ وَٱسۡتَغۡفِرۡ لَهُمۡ وَشَاوِرۡهُمۡ فِي ٱلۡأَمۡرِۖ فَإِذَا عَزَمۡتَ فَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَوَكِّلِينَ

(हे मुहम्मद !) अल्लाहको कृपाले तपाईको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटु वचन र कठोर हृदयको भएको भए यिनीहरू तपाईबाट टाढा भागिहाल्दथे, तसर्थ तिनीहरूलाई क्षमा गरिदिनुस् र तिनीहरूको निम्ति क्षमाको लागि प्रार्थना गर्नुस् र आफ्ना कामहरूमा यिनीहरूसँग सरसल्लाह गर्ने गर्नुस्, र जब कुनै कामबारे दृढ निश्चय गर्दछौ भने अल्लाहमाथि पूर्ण भरोसा राख । निःसन्देह अल्लाह भरोसा गर्नेहरूलाई प्रेम गर्दछ ।
Surah Aal-e-Imran, Verse 159


إِن يَنصُرۡكُمُ ٱللَّهُ فَلَا غَالِبَ لَكُمۡۖ وَإِن يَخۡذُلۡكُمۡ فَمَن ذَا ٱلَّذِي يَنصُرُكُم مِّنۢ بَعۡدِهِۦۗ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ

यदि अल्लाह तिम्रो मद्दत गर्दछ भने कसैले तिमीलाई पराजित गर्न सक्दैन । र यदि अल्लाहले तिमीलाई छोडिदिन्छ भने, को छ उसपछि जसले तिम्रो सहायता गर्न सकोस् ? तसर्थ मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्दछ ।
Surah Aal-e-Imran, Verse 160


وَمَا كَانَ لِنَبِيٍّ أَن يَغُلَّۚ وَمَن يَغۡلُلۡ يَأۡتِ بِمَا غَلَّ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ ثُمَّ تُوَفَّىٰ كُلُّ نَفۡسٖ مَّا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ

यो असम्भव छ कि रसूलले बेइमानी गरुन् । र प्रत्येक बेइमानी गर्नेले कियामतको दिन बेइमानी गरिएको कुरा समेत लिएर प्रस्तुत हुनुपर्ने छ, त्यसपछि प्रत्येक मानिसलाई उसले गरेको कर्तव्यको पूरापूर प्रतिफल दिइने छ, र तिनीहरूमाथि अन्याय गरिने छैन ।
Surah Aal-e-Imran, Verse 161


أَفَمَنِ ٱتَّبَعَ رِضۡوَٰنَ ٱللَّهِ كَمَنۢ بَآءَ بِسَخَطٖ مِّنَ ٱللَّهِ وَمَأۡوَىٰهُ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمَصِيرُ

के त्यो मानिस जसले अल्लाहको सदिच्छा प्राप्तिको लागि प्रयत्नशील छ, त्यस मानिस जस्तो हुनसक्छ जसले अल्लाहको क्रोध लिएर फर्कन्छ ? र जसको बासस्थान जहन्नम छ जो अत्यन्तै नराम्रो ठाउँ हो ।
Surah Aal-e-Imran, Verse 162


هُمۡ دَرَجَٰتٌ عِندَ ٱللَّهِۗ وَٱللَّهُ بَصِيرُۢ بِمَا يَعۡمَلُونَ

अल्लाहकहाँ तिनीहरूको भिन्न–भिन्न श्रेणीहरू छन् र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापलाई देखिराखेको छ ।
Surah Aal-e-Imran, Verse 163


لَقَدۡ مَنَّ ٱللَّهُ عَلَى ٱلۡمُؤۡمِنِينَ إِذۡ بَعَثَ فِيهِمۡ رَسُولٗا مِّنۡ أَنفُسِهِمۡ يَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِهِۦ وَيُزَكِّيهِمۡ وَيُعَلِّمُهُمُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَإِن كَانُواْ مِن قَبۡلُ لَفِي ضَلَٰلٖ مُّبِينٍ

निःसंदेह अल्लाहको मोमिनहरूमाथि ठूलो अनुकम्पा छ कि उसले तिनीहरूको माझमा तिनीहरूमध्येबाटै एउटा रसूल पठायो जसले कि अल्लाहका आयतहरू पढेर उनीहरूलाई सुनाउँदछ र तिनलाई पवित्र गर्दछ र उनलाई किताब र बुद्धिमता सिकाउँदछ, यिनीहरू यसभन्दा पहिला खुल्लारूपमा पथविचलित थिए ।
Surah Aal-e-Imran, Verse 164


أَوَلَمَّآ أَصَٰبَتۡكُم مُّصِيبَةٞ قَدۡ أَصَبۡتُم مِّثۡلَيۡهَا قُلۡتُمۡ أَنَّىٰ هَٰذَاۖ قُلۡ هُوَ مِنۡ عِندِ أَنفُسِكُمۡۗ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

(यस्तो किन) कि जब तिमीलाई एउटा कष्ट दिइयो, जबकि यसको दुई–गुणा कष्ट तिम्रो हातबाट तिनीहरूमाथि परिसकेको थियो, त तिमीहरू भन्नथाल्यौ कि यस्तो संकट कहाँबाट आइपर्यो ?। तपाई भनिदिनुस् कि यो तिमीहरूकै तर्फबाट आइपुगेको हो । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूमाथि सार्मथ्य राख्दछ ।
Surah Aal-e-Imran, Verse 165


وَمَآ أَصَٰبَكُمۡ يَوۡمَ ٱلۡتَقَى ٱلۡجَمۡعَانِ فَبِإِذۡنِ ٱللَّهِ وَلِيَعۡلَمَ ٱلۡمُؤۡمِنِينَ

तिमीलाई जे जति त्यो दिन पुगे, जुनदिन दुई समूहमा भिडन्त भयो, त्यो जम्मै अल्लाहकै आदेशले भएको थियो र यसकारण कि अल्लाहले मोमिनहरूलाई राम्ररी जान्न सकोस् ।
Surah Aal-e-Imran, Verse 166


وَلِيَعۡلَمَ ٱلَّذِينَ نَافَقُواْۚ وَقِيلَ لَهُمۡ تَعَالَوۡاْ قَٰتِلُواْ فِي سَبِيلِ ٱللَّهِ أَوِ ٱدۡفَعُواْۖ قَالُواْ لَوۡ نَعۡلَمُ قِتَالٗا لَّٱتَّبَعۡنَٰكُمۡۗ هُمۡ لِلۡكُفۡرِ يَوۡمَئِذٍ أَقۡرَبُ مِنۡهُمۡ لِلۡإِيمَٰنِۚ يَقُولُونَ بِأَفۡوَٰهِهِم مَّا لَيۡسَ فِي قُلُوبِهِمۡۚ وَٱللَّهُ أَعۡلَمُ بِمَا يَكۡتُمُونَ

साथै मुनाफिकहरूलाई छुट्याउनका निम्ति पनि जोसंग भनियो कि आऊ अल्लाहको मार्गमा युद्ध गर अथवा काफिरहरूको आक्रमणलाई रोक । त भन्न थाले कि यदि हामीलाई युद्धबारे थाहा भएको भए, हामी अवश्य नै तिम्रो साथ दिने थिएँ । त्यसदिन यिनीहरू ईमानको दाँजोमा कुफ्रको नजिक थिए । आफ्नो मुखले तिनीहरूले ती कुराहरू भन्दछन् जुन तिनका हृदयमा छैनन् । र यिनले जे–जति कुरा लुकाउँछन्, अल्लाहलाई त्यसबारे सबै राम्ररी थाहा छ ।
Surah Aal-e-Imran, Verse 167


ٱلَّذِينَ قَالُواْ لِإِخۡوَٰنِهِمۡ وَقَعَدُواْ لَوۡ أَطَاعُونَا مَا قُتِلُواْۗ قُلۡ فَٱدۡرَءُواْ عَنۡ أَنفُسِكُمُ ٱلۡمَوۡتَ إِن كُنتُمۡ صَٰدِقِينَ

यी ती मानिस हुन जो आफू पनि बसिराखेका थिए, र आफ्ना दाजुभाइहरूको बारेमा भने कि यदि हाम्रो आग्रह तिनीहरूले मानेको भए मारिने थिएनन् । भनिदिनुस् ! कि यदि तिमी साँचो हौ भने आफूलाई मृत्युबाट बचाऊ ।
Surah Aal-e-Imran, Verse 168


وَلَا تَحۡسَبَنَّ ٱلَّذِينَ قُتِلُواْ فِي سَبِيلِ ٱللَّهِ أَمۡوَٰتَۢاۚ بَلۡ أَحۡيَآءٌ عِندَ رَبِّهِمۡ يُرۡزَقُونَ

जुन मानिसहरूले अल्लाहको बाटोमा शहादत पाए, तिनलाई कदापि मुर्दा नठान्नु । बरु जीवितै छन् र तिनले आफ्ना रबबाट जीविका प्राप्त गरिराखेका छन् ।
Surah Aal-e-Imran, Verse 169


فَرِحِينَ بِمَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦ وَيَسۡتَبۡشِرُونَ بِٱلَّذِينَ لَمۡ يَلۡحَقُواْ بِهِم مِّنۡ خَلۡفِهِمۡ أَلَّا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

अल्लाहले तिनलाई आफ्नो कृपाले जे जति प्रदान गरेको छ, त्यसमा तिनीहरू अति खुशी छन् र खुशीयाली मनाइरहेका छन् उनीहरूका लागि जो अहिलेसम्म तिनीहरूमा शम्मिलित हुन सकेनन् र पछाडि छन्, यस कारण हर्षित छन् कि तिनलाई पनि न त कुनै भय–त्रास हुन्छ र न त तिनी दुःखी हुनेछन् ।
Surah Aal-e-Imran, Verse 170


۞يَسۡتَبۡشِرُونَ بِنِعۡمَةٖ مِّنَ ٱللَّهِ وَفَضۡلٖ وَأَنَّ ٱللَّهَ لَا يُضِيعُ أَجۡرَ ٱلۡمُؤۡمِنِينَ

र अल्लाहबाट प्रदान गरिएको पुरस्कारबाट तिनीहरू खुशी भइराखेका छन् र यस कुराबाट पनि कि अल्लाह मोमिनहरूको परिश्रम कहिल्यै खेर फाल्दैन ।
Surah Aal-e-Imran, Verse 171


ٱلَّذِينَ ٱسۡتَجَابُواْ لِلَّهِ وَٱلرَّسُولِ مِنۢ بَعۡدِ مَآ أَصَابَهُمُ ٱلۡقَرۡحُۚ لِلَّذِينَ أَحۡسَنُواْ مِنۡهُمۡ وَٱتَّقَوۡاْ أَجۡرٌ عَظِيمٌ

जसले घाइते भएको बावजूद पनि अल्लाह र रसूलको आदेश स्वीकार गरे, यिनिहरूमध्ये जसले पुण्यको काम गरे र सदाचार गरे उनीहरूका लागि निकै ठूलो पुरस्कार छ ।
Surah Aal-e-Imran, Verse 172


ٱلَّذِينَ قَالَ لَهُمُ ٱلنَّاسُ إِنَّ ٱلنَّاسَ قَدۡ جَمَعُواْ لَكُمۡ فَٱخۡشَوۡهُمۡ فَزَادَهُمۡ إِيمَٰنٗا وَقَالُواْ حَسۡبُنَا ٱللَّهُ وَنِعۡمَ ٱلۡوَكِيلُ

(जब) तिनीहरूसित मानिसहरू आएर भने कि काफिरहरूले तिमीहरूभन्दा ठूलो सेना एकत्रित गरिसकेका छन्, तसर्थ उनीहरूसित डर मान त यस कुराले तिनको ईमानमा झन् बृद्धि गरिहाल्यो र भन्न थाले कि हामीलाई अल्लाह नै प्रयाप्त छ र ऊ सर्वोत्तम योजनाकार छ ।
Surah Aal-e-Imran, Verse 173


فَٱنقَلَبُواْ بِنِعۡمَةٖ مِّنَ ٱللَّهِ وَفَضۡلٖ لَّمۡ يَمۡسَسۡهُمۡ سُوٓءٞ وَٱتَّبَعُواْ رِضۡوَٰنَ ٱللَّهِۗ وَٱللَّهُ ذُو فَضۡلٍ عَظِيمٍ

(परिणाम यो भयो कि) अल्लाहको उपहार र कृपाका साथ फर्के, तिनीलाई कुनै हानि पुगेन र तिनीहरू अल्लाहको प्रसन्नताको निम्ति नतमस्तक रहे र अल्लाह अपार दानशील छ ।
Surah Aal-e-Imran, Verse 174


إِنَّمَا ذَٰلِكُمُ ٱلشَّيۡطَٰنُ يُخَوِّفُ أَوۡلِيَآءَهُۥ فَلَا تَخَافُوهُمۡ وَخَافُونِ إِن كُنتُم مُّؤۡمِنِينَ

यो समाचार दिने त शैतान नै हो; जसले कि आफ्ना मतियारहरूबाट भय सृजना गराउँदछ । तिमीहरू उसबाट नडर, तिमी यदि साँच्चै मोमिन हौ भने मसित नै डर्ने गर ।
Surah Aal-e-Imran, Verse 175


وَلَا يَحۡزُنكَ ٱلَّذِينَ يُسَٰرِعُونَ فِي ٱلۡكُفۡرِۚ إِنَّهُمۡ لَن يَضُرُّواْ ٱللَّهَ شَيۡـٔٗاۚ يُرِيدُ ٱللَّهُ أَلَّا يَجۡعَلَ لَهُمۡ حَظّٗا فِي ٱلۡأٓخِرَةِۖ وَلَهُمۡ عَذَابٌ عَظِيمٌ

र जुन मानिसहरू कुफ्रतिर तीव्र गतिले बढिराखेका छन्, तिनले तिमीलाई भयभीत नगरुन्, निश्चितरूपले स्वीकार गर कि यिनले अल्लाहको केही हानि नोक्सानी गर्न सक्दैनन् । अल्लाह चाहन्छ कि आखिरतका दिनमा तिनलाई अंश नदेओस् र तिनको निम्ति ठूलो सजाय तयार छ ।
Surah Aal-e-Imran, Verse 176


إِنَّ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلۡكُفۡرَ بِٱلۡإِيمَٰنِ لَن يَضُرُّواْ ٱللَّهَ شَيۡـٔٗاۖ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ

ईमानको बदलामा कुफ्र किन्नेहरूले कदापि अल्लाहको केही बिगार्न सक्दैनन् र तिनकै लागि कष्टदायक सजाय हुनेछ ।
Surah Aal-e-Imran, Verse 177


وَلَا يَحۡسَبَنَّ ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّمَا نُمۡلِي لَهُمۡ خَيۡرٞ لِّأَنفُسِهِمۡۚ إِنَّمَا نُمۡلِي لَهُمۡ لِيَزۡدَادُوٓاْ إِثۡمٗاۖ وَلَهُمۡ عَذَابٞ مُّهِينٞ

काफिरहरूले हामीले तिनलाई दिएको छूटलाई आफ्नो पक्षमा राम्रो नठानुन् । बरु हामीले तिनलाई यो छूट यसकारणले दिइराखेका छौं कि तिनीहरू बढी पाप गरिहालुन् । अन्ततः तिनलाई अपमानजनक सजाय हुनेछ ।
Surah Aal-e-Imran, Verse 178


مَّا كَانَ ٱللَّهُ لِيَذَرَ ٱلۡمُؤۡمِنِينَ عَلَىٰ مَآ أَنتُمۡ عَلَيۡهِ حَتَّىٰ يَمِيزَ ٱلۡخَبِيثَ مِنَ ٱلطَّيِّبِۗ وَمَا كَانَ ٱللَّهُ لِيُطۡلِعَكُمۡ عَلَى ٱلۡغَيۡبِ وَلَٰكِنَّ ٱللَّهَ يَجۡتَبِي مِن رُّسُلِهِۦ مَن يَشَآءُۖ فَـَٔامِنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۚ وَإِن تُؤۡمِنُواْ وَتَتَّقُواْ فَلَكُمۡ أَجۡرٌ عَظِيمٞ

जबसम्म अल्लाहले अपवित्रलाई पवित्रबाट अलग गर्दैन, मोमिनहरूलाई यस अवस्थामा जसमा कि तिमी छौ, कहिल्यै रहन दिने छैन । अल्लाहले तिमीलाई अदृश्य कुराबाट पनि अवगत गराउँदैन । (तर) हो, अल्लाहले आफ्ना रसूलहरूमध्ये जसलाई चाहन्छ रोज्दछ । तसर्थ तिमीले अल्लाह र उसका रसूलहरूमाथि आस्था राख, यदि आस्था राख्दछौ र आत्मसंयमी हुन्छौ भने त्यसको ठूलो प्रतिफल प्राप्त गर्ने छौ ।
Surah Aal-e-Imran, Verse 179


وَلَا يَحۡسَبَنَّ ٱلَّذِينَ يَبۡخَلُونَ بِمَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦ هُوَ خَيۡرٗا لَّهُمۖ بَلۡ هُوَ شَرّٞ لَّهُمۡۖ سَيُطَوَّقُونَ مَا بَخِلُواْ بِهِۦ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ وَلِلَّهِ مِيرَٰثُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ

जुन मानिसहरूलाई जे जति धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, तिनले त्यसमा कञ्जूस्यायीलाई आफ्नो हकमा राम्रो नठानुन् बरु (त्यो) तिनको निम्ति अहितकर छ । तिनीहरूले जुन धनमा कञ्जूसी गर्दछन् कियामतको दिन त्यसको तौक (पांग्रा) पहिराइने छन् । आकाशहरू र पृथ्वीको वेरासतको वास्तविक मालिक अल्लाह नै हो । र जुन क्रियाकलाप तिमीले गर्दछौ, अल्लाहलाई राम्री थाहा छ ।
Surah Aal-e-Imran, Verse 180


لَّقَدۡ سَمِعَ ٱللَّهُ قَوۡلَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ فَقِيرٞ وَنَحۡنُ أَغۡنِيَآءُۘ سَنَكۡتُبُ مَا قَالُواْ وَقَتۡلَهُمُ ٱلۡأَنۢبِيَآءَ بِغَيۡرِ حَقّٖ وَنَقُولُ ذُوقُواْ عَذَابَ ٱلۡحَرِيقِ

निश्चय नै अल्लाहले तिनको भनाई पनि सुनिहाल्यो जसले भन्दछन् कि अल्लाह गरिब छ र हामी धनी छौं । उनको यस भनाईलाई हामीले लेखिलिने छौं र उनीहरूले पैगम्बरहरूलाई बिना दोष मारिराखेको कुरा पनि, र हामीले भन्ने छौ कि बलिरहेको आगोको सजाय भोगिराख ।
Surah Aal-e-Imran, Verse 181


ذَٰلِكَ بِمَا قَدَّمَتۡ أَيۡدِيكُمۡ وَأَنَّ ٱللَّهَ لَيۡسَ بِظَلَّامٖ لِّلۡعَبِيدِ

यो तिमीले गरेको कर्महरूको प्रतिफल हो, र अल्लाह आफ्ना भक्तहरूमाथि कहिल्यै अत्याचार गर्दैन ।
Surah Aal-e-Imran, Verse 182


ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ عَهِدَ إِلَيۡنَآ أَلَّا نُؤۡمِنَ لِرَسُولٍ حَتَّىٰ يَأۡتِيَنَا بِقُرۡبَانٖ تَأۡكُلُهُ ٱلنَّارُۗ قُلۡ قَدۡ جَآءَكُمۡ رُسُلٞ مِّن قَبۡلِي بِٱلۡبَيِّنَٰتِ وَبِٱلَّذِي قُلۡتُمۡ فَلِمَ قَتَلۡتُمُوهُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ

यी त्यस्ता मानिस हुन् जो भन्दछन् कि अल्लाहले आदेश गरे अनुसार जबसम्म कुनै पैगम्बर हामी छेउ यस्तो कुर्बानी लिएर आउँदैन जसलाई आगोले खाइदेओस् तबसम्म हामीले विश्वास गर्दैनौ । भनिदिनुस् कि यदि तिमी साँचो हौ भने मभन्दा अघि कैयौं पैगम्बरहरू तिम्रा छेउ खुल्लारूपमा अनेक चमत्कारहरूका साथ यो पनि ल्याए जुन तिमीहरूले भनिराखेका छौ । फेरि उनीहरूलाई तिमीहरूले किन मार्यौ
Surah Aal-e-Imran, Verse 183


فَإِن كَذَّبُوكَ فَقَدۡ كُذِّبَ رُسُلٞ مِّن قَبۡلِكَ جَآءُو بِٱلۡبَيِّنَٰتِ وَٱلزُّبُرِ وَٱلۡكِتَٰبِ ٱلۡمُنِيرِ

फेरि पनि यदि यिनीहरूले तपाईलाई साँचो मान्दैनन् भने यस्तै तपाईभन्दा अगाडि धेरै पैगम्बरहरू झुटलाइएको छन् जुन् खुला निशानी, तर्क र उज्यालो किताबहरू लिएर आइसकेका छन् ।
Surah Aal-e-Imran, Verse 184


كُلُّ نَفۡسٖ ذَآئِقَةُ ٱلۡمَوۡتِۗ وَإِنَّمَا تُوَفَّوۡنَ أُجُورَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۖ فَمَن زُحۡزِحَ عَنِ ٱلنَّارِ وَأُدۡخِلَ ٱلۡجَنَّةَ فَقَدۡ فَازَۗ وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا مَتَٰعُ ٱلۡغُرُورِ

प्रत्येक ज्यानले मृत्युको स्वाद चाख्नु पर्नेछ र तिमीलाई कियामतको दिन तिम्रा क्रियाकलापहरूको पूरापूर प्रतिफल प्रदान गरिने छ, तसर्थ जुन मानिसलाई नर्कको आगोबाट टाढा राखिनेछ र स्वर्गमा प्रवेश गराइनेछ, निश्चय नै उही सफल हुनेछ र संसारिक जीवन त भ्रमको सामान मात्र हो ।
Surah Aal-e-Imran, Verse 185


۞لَتُبۡلَوُنَّ فِيٓ أَمۡوَٰلِكُمۡ وَأَنفُسِكُمۡ وَلَتَسۡمَعُنَّ مِنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلِكُمۡ وَمِنَ ٱلَّذِينَ أَشۡرَكُوٓاْ أَذٗى كَثِيرٗاۚ وَإِن تَصۡبِرُواْ وَتَتَّقُواْ فَإِنَّ ذَٰلِكَ مِنۡ عَزۡمِ ٱلۡأُمُورِ

तिम्रा ज्यान र सम्पदाबाट तिम्रो परीक्षा गरिनेछ र तिमीले अहले किताब र ती मानिसहरूबाट जुन मुश्रिक छन्, कष्टदायक कुराहरू सुन्नु पर्नेछ । तसर्थ यदि तिमीले धैर्य र आत्मसंयम अपनाइराख्दछौ भने निःसंदेह यी ठूला साहसका काम हुन् ।
Surah Aal-e-Imran, Verse 186


وَإِذۡ أَخَذَ ٱللَّهُ مِيثَٰقَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ لَتُبَيِّنُنَّهُۥ لِلنَّاسِ وَلَا تَكۡتُمُونَهُۥ فَنَبَذُوهُ وَرَآءَ ظُهُورِهِمۡ وَٱشۡتَرَوۡاْ بِهِۦ ثَمَنٗا قَلِيلٗاۖ فَبِئۡسَ مَا يَشۡتَرُونَ

र जब अल्लाहले किताबवालासित वचन लियो, कि सबैका लागि यसको वर्णन गर्ने छौ र त्यसको कुनै कुरा लुकाउँदैनौ, (तर) त्यसपछि तिनीहरूले त्यस वचनलाई अर्कोतिर फाली बेवास्ता गरिहाले र त्यसलाई थोरै मूल्यमा बेची दिए । यिनीहरूले गरेको यो व्यापार अत्यन्त नराम्रो छ ।
Surah Aal-e-Imran, Verse 187


لَا تَحۡسَبَنَّ ٱلَّذِينَ يَفۡرَحُونَ بِمَآ أَتَواْ وَّيُحِبُّونَ أَن يُحۡمَدُواْ بِمَا لَمۡ يَفۡعَلُواْ فَلَا تَحۡسَبَنَّهُم بِمَفَازَةٖ مِّنَ ٱلۡعَذَابِۖ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ

जुन मानिसहरू आफ्ना कर्महरूबाट खुशी हुन्छन् र आफूले नगरेको कामको प्रशंसा पनि चाहन्छन् त्यस्ताको सम्बन्धमा यो नसोच्नु कि तिनीहरू सजायबाट मुक्त हुन सक्दछन्, तिनीहरूलाई कष्टदायक सजाय हुनेछ ।
Surah Aal-e-Imran, Verse 188


وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ

आकाशहरू र पृथ्वीको राज्य अल्लाह कै लागि हो र अल्लाह प्रत्येक कुरो माथि सर्वशक्ति सम्पन्न छ ।
Surah Aal-e-Imran, Verse 189


إِنَّ فِي خَلۡقِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ لَأٓيَٰتٖ لِّأُوْلِي ٱلۡأَلۡبَٰبِ

निःसन्देह आकाशमण्डल र पृथ्वीको सृष्टि र रात र दिनको चक्रमा बुद्धिमान मानिसहरूका लागि निशानीहरू छन् ।
Surah Aal-e-Imran, Verse 190


ٱلَّذِينَ يَذۡكُرُونَ ٱللَّهَ قِيَٰمٗا وَقُعُودٗا وَعَلَىٰ جُنُوبِهِمۡ وَيَتَفَكَّرُونَ فِي خَلۡقِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ رَبَّنَا مَا خَلَقۡتَ هَٰذَا بَٰطِلٗا سُبۡحَٰنَكَ فَقِنَا عَذَابَ ٱلنَّارِ

जुन मानिसहरूले उठदा, बस्दा र पल्टिरहँदा अल्लाहको स्मरण गर्दछन् र आकाशमण्डल र पृथ्वीको सृष्टिमाथि चिन्तन गर्दछन् र भन्दछन् कि हे हाम्रो पालनकर्ता ! तिमीले यी सबै निरुद्देश्य सृष्टि गरेको होइन । तिमी पवित्र छौ, हामीलाई नर्कको आगोबाट बचाऊ ।
Surah Aal-e-Imran, Verse 191


رَبَّنَآ إِنَّكَ مَن تُدۡخِلِ ٱلنَّارَ فَقَدۡ أَخۡزَيۡتَهُۥۖ وَمَا لِلظَّـٰلِمِينَ مِنۡ أَنصَارٖ

हे हाम्रो पालनकर्ता ! जसलाई तिमीले नर्कमा हाल्यौ, त्यसलाई तिरस्कृत गर्यौ र यस्ता अत्याचारीहरूको सहायता गर्ने कोही हुँदैन ।
Surah Aal-e-Imran, Verse 192


رَّبَّنَآ إِنَّنَا سَمِعۡنَا مُنَادِيٗا يُنَادِي لِلۡإِيمَٰنِ أَنۡ ءَامِنُواْ بِرَبِّكُمۡ فَـَٔامَنَّاۚ رَبَّنَا فَٱغۡفِرۡ لَنَا ذُنُوبَنَا وَكَفِّرۡ عَنَّا سَيِّـَٔاتِنَا وَتَوَفَّنَا مَعَ ٱلۡأَبۡرَارِ

हे हाम्रो पालनकर्ता ! हामीले एउटा आह्वान गर्नेको आवाज सुन्र्यौ, जसले ईमानतिर आमन्त्रित गरिराखेको छ कि मानिसहरू हो आफ्नो पालनकर्तामाथि ईमान ल्याऊ । अनि हामीले ईमान ल्यायौं । हे रब! अब त हाम्रा सम्पूर्ण पापहरू क्षमा गर र हाम्रा दुर्गुणहरू हामीबाट टाढा गरिदेऊ र हाम्रो मृत्यु असल मानिसहरूको साथ गर ।
Surah Aal-e-Imran, Verse 193


رَبَّنَا وَءَاتِنَا مَا وَعَدتَّنَا عَلَىٰ رُسُلِكَ وَلَا تُخۡزِنَا يَوۡمَ ٱلۡقِيَٰمَةِۖ إِنَّكَ لَا تُخۡلِفُ ٱلۡمِيعَادَ

हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई आफ्ना रसूलहरू मार्फत जुन वचन दिएका छौ, ती कुरा प्रदान गर र कियामतको दिन हामीलाई तिरस्कृत नगर्नु । यसमा कुनै सन्देह छैन कि तिमीले वचन विपरीत गर्दैनौ ।
Surah Aal-e-Imran, Verse 194


فَٱسۡتَجَابَ لَهُمۡ رَبُّهُمۡ أَنِّي لَآ أُضِيعُ عَمَلَ عَٰمِلٖ مِّنكُم مِّن ذَكَرٍ أَوۡ أُنثَىٰۖ بَعۡضُكُم مِّنۢ بَعۡضٖۖ فَٱلَّذِينَ هَاجَرُواْ وَأُخۡرِجُواْ مِن دِيَٰرِهِمۡ وَأُوذُواْ فِي سَبِيلِي وَقَٰتَلُواْ وَقُتِلُواْ لَأُكَفِّرَنَّ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَلَأُدۡخِلَنَّهُمۡ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ ثَوَابٗا مِّنۡ عِندِ ٱللَّهِۚ وَٱللَّهُ عِندَهُۥ حُسۡنُ ٱلثَّوَابِ

तसर्थ तिनका रबले तिनको प्रार्थना स्वीकार गरिहाल्यो । कि तिमीमध्ये कर्तव्य गर्नेहरूको कामको चाहे त्यो नर होस् वा नारी, खेर फालिंदैन । धर्म र पुण्य कार्यमा तिमीहरू आपसमा एक अर्का जस्तै हौ, अतः जुन मानिसहरू मेरो निम्ति आफ्ना घरहरू परित्याग गरी बसाई सारे वा आफ्ना घरहरूबाट निष्कासित भए र उत्पीडित गरिए र जसले मेरो लागि धर्मयुद्ध गरे र शहीद भए, निश्चय नै म उनका पापहरू निर्मूल गर्ने छु र तिनलाई त्यस्तो स्वर्गमा प्रवेश दिनेछु, जसमुनिबाट नहरहरू बगिराखेका छन् । (यो) अल्लाहको तर्फबाट पुरस्कार हो र अल्लाहकहाँ नै राम्रो पुरस्कार छ ।
Surah Aal-e-Imran, Verse 195


لَا يَغُرَّنَّكَ تَقَلُّبُ ٱلَّذِينَ كَفَرُواْ فِي ٱلۡبِلَٰدِ

गाउँघरमा अनास्थावानहरूको भाग दौड तिमिहरूलाई धोकामा नपारोस् ।
Surah Aal-e-Imran, Verse 196


مَتَٰعٞ قَلِيلٞ ثُمَّ مَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمِهَادُ

यो त अत्यन्त थोरै सुख सामग्री हो, यसपछि उनीहरूको ठेगाना नर्कमा छ, र त्यो अति नराम्रो बासस्थान हो ।
Surah Aal-e-Imran, Verse 197


لَٰكِنِ ٱلَّذِينَ ٱتَّقَوۡاْ رَبَّهُمۡ لَهُمۡ جَنَّـٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا نُزُلٗا مِّنۡ عِندِ ٱللَّهِۗ وَمَا عِندَ ٱللَّهِ خَيۡرٞ لِّلۡأَبۡرَارِ

तर जुन मानिसहरू आफ्नो पालनहारसँग डर मान्दछन्, तिनका निम्ति जन्नतहरू (स्वर्गहरू) छन् जसको मुनिबाट सरिताहरू प्रवाहित छन् (र) त्यसमा तिनीहरू सधैं रहनेछन् । यो अल्लाहबाट असल कर्म गर्नेहरूलाई पुरस्कार हो अल्लाहको तर्फबाट, र जे जति अल्लाहकहाँ छ, त्यो धेरै राम्रो छ ।
Surah Aal-e-Imran, Verse 198


وَإِنَّ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَمَن يُؤۡمِنُ بِٱللَّهِ وَمَآ أُنزِلَ إِلَيۡكُمۡ وَمَآ أُنزِلَ إِلَيۡهِمۡ خَٰشِعِينَ لِلَّهِ لَا يَشۡتَرُونَ بِـَٔايَٰتِ ٱللَّهِ ثَمَنٗا قَلِيلًاۚ أُوْلَـٰٓئِكَ لَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡۗ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ

निःसंदेह अहले किताबमध्ये केही यस्ता पनि छन्, जो कि अल्लाहमाथि र त्यसमाथि जुन तिमीलाई प्रदान गरिएको छ, र त्यसमाथि जुन तिनीहरूलाई प्रदान गरिएको छ, आस्था राख्दछन् र अल्लाहको अगाडि नतमस्तक हुन्छन् र अल्लाहको आयतलाई सानो तिनो मूल्यमा बेच्दैनन् । यस्ता मानिसहरूको प्रतिफल अल्लाहकहाँ तयार छ र अल्लाहले शीघ्र हिसाब लिनेवाला छ ।
Surah Aal-e-Imran, Verse 199


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱصۡبِرُواْ وَصَابِرُواْ وَرَابِطُواْ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُفۡلِحُونَ

हे अहले ईमान ! धैर्य धारण गरिराख र कठिनाईमा दृघ रह, र धर्मयुद्धको लागि तयार रह, र अल्लाहसित डर ताकि तिमीहरू सफल हुनसक ।
Surah Aal-e-Imran, Verse 200


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 2
>> Surah 4

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai