UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah An-Nisa - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


يَـٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُواْ رَبَّكُمُ ٱلَّذِي خَلَقَكُم مِّن نَّفۡسٖ وَٰحِدَةٖ وَخَلَقَ مِنۡهَا زَوۡجَهَا وَبَثَّ مِنۡهُمَا رِجَالٗا كَثِيرٗا وَنِسَآءٗۚ وَٱتَّقُواْ ٱللَّهَ ٱلَّذِي تَسَآءَلُونَ بِهِۦ وَٱلۡأَرۡحَامَۚ إِنَّ ٱللَّهَ كَانَ عَلَيۡكُمۡ رَقِيبٗا

(हे मानिसहर ! आफ्नो पालनकर्तासित डर, जसले तिमीहरलाई एकै प्राणीबाट सृष्टि ग¥यो र त्यसैबाट त्यसको जोई बनायो, तत्पश्चात ती दुबैबाट धेरै नर र नारीहर फैलाई १) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर, जसले तिमीहरूलाई एकै प्राणीबाट सृष्टि गर्यो र त्यसैबाट त्यसको जोई बनायो, तत्पश्चात ती दुबैबाट धेरै नर र नारीहरू फैलाइहाल्यो । उस अल्लाहसँग डर जसको नामबाट तिमी एक–अर्कासंग माग्दछौ । र नाताको सम्बन्ध विच्छेदबाट टाढा रह । कुनै सन्देह छैन कि अल्लाह संरक्षक देखिराखेको छ ।
Surah An-Nisa, Verse 1


وَءَاتُواْ ٱلۡيَتَٰمَىٰٓ أَمۡوَٰلَهُمۡۖ وَلَا تَتَبَدَّلُواْ ٱلۡخَبِيثَ بِٱلطَّيِّبِۖ وَلَا تَأۡكُلُوٓاْ أَمۡوَٰلَهُمۡ إِلَىٰٓ أَمۡوَٰلِكُمۡۚ إِنَّهُۥ كَانَ حُوبٗا كَبِيرٗا

अनाथहरूको सम्पत्ति तिनीहरूलाई सुम्पिहाल र पवित्र कुराको बदलामा अपवित्र चीज ग्रहण नगर । न त तिनीहरूको सम्पत्ति आफ्नो सम्पत्तिमा मिसाएर खाऊ । किनभने यो ठूलो पाप हो ।
Surah An-Nisa, Verse 2


وَإِنۡ خِفۡتُمۡ أَلَّا تُقۡسِطُواْ فِي ٱلۡيَتَٰمَىٰ فَٱنكِحُواْ مَا طَابَ لَكُم مِّنَ ٱلنِّسَآءِ مَثۡنَىٰ وَثُلَٰثَ وَرُبَٰعَۖ فَإِنۡ خِفۡتُمۡ أَلَّا تَعۡدِلُواْ فَوَٰحِدَةً أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُكُمۡۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَلَّا تَعُولُواْ

यदि तिमीलाई यस कुराको भय छ कि तिमीले अनाथ बालिकाहरूसित विवाह गरेर तिनीहरूसित न्याय गर्न सक्दैनौ भने, तिनी बाहेक तिमीले मन पराएको अन्य दुई, तीन वा चारसंग निकाह गरीहाल र यदि यस कुराको भय छ कि सबै स्वास्नीहरूसँग समान न्यायपूर्ण व्यवहार गर्न सक्दैनौ भने त एउटै स्वास्नी पर्याप्त छ । अथवा तिम्रो स्वामित्वमा रहने दासी । यो सम्भव छ यसबाट तिमीहरू अन्याय गर्नबाट बाँच्न सक्दछौ ।
Surah An-Nisa, Verse 3


وَءَاتُواْ ٱلنِّسَآءَ صَدُقَٰتِهِنَّ نِحۡلَةٗۚ فَإِن طِبۡنَ لَكُمۡ عَن شَيۡءٖ مِّنۡهُ نَفۡسٗا فَكُلُوهُ هَنِيٓـٔٗا مَّرِيٓـٔٗا

र स्वास्नीहरूलाई तिनका महर राजी खुशीपूर्वक दिइहाल तर हो, यदि तिनीहरू आफ्नै राजिखुशीले केही अंश छाडि दिन्छन् भने खुशीपूर्वक त्यसलाई खान–पिन गर ।
Surah An-Nisa, Verse 4


وَلَا تُؤۡتُواْ ٱلسُّفَهَآءَ أَمۡوَٰلَكُمُ ٱلَّتِي جَعَلَ ٱللَّهُ لَكُمۡ قِيَٰمٗا وَٱرۡزُقُوهُمۡ فِيهَا وَٱكۡسُوهُمۡ وَقُولُواْ لَهُمۡ قَوۡلٗا مَّعۡرُوفٗا

र बुद्धिहीनहरूलाई आफ्ना माल नदेऊ जुन माललाई अल्लाहले तिम्रो जीविकाको साधन बनाएको छ । हो सोही मालबाट तिनीहरूलाई खाना कपडा दिंदै गर र उनीसित उचित कुरा गर्दैगर ।
Surah An-Nisa, Verse 5


وَٱبۡتَلُواْ ٱلۡيَتَٰمَىٰ حَتَّىٰٓ إِذَا بَلَغُواْ ٱلنِّكَاحَ فَإِنۡ ءَانَسۡتُم مِّنۡهُمۡ رُشۡدٗا فَٱدۡفَعُوٓاْ إِلَيۡهِمۡ أَمۡوَٰلَهُمۡۖ وَلَا تَأۡكُلُوهَآ إِسۡرَافٗا وَبِدَارًا أَن يَكۡبَرُواْۚ وَمَن كَانَ غَنِيّٗا فَلۡيَسۡتَعۡفِفۡۖ وَمَن كَانَ فَقِيرٗا فَلۡيَأۡكُلۡ بِٱلۡمَعۡرُوفِۚ فَإِذَا دَفَعۡتُمۡ إِلَيۡهِمۡ أَمۡوَٰلَهُمۡ فَأَشۡهِدُواْ عَلَيۡهِمۡۚ وَكَفَىٰ بِٱللَّهِ حَسِيبٗا

र अनाथहरूलाई उनी बालिग नहुन्जेल हेरचाह र सुधार गर्दै गर । फेरि यदि तिनीहरूमा बुद्धिको परिपक्वता र व्यवहार कुशलता देखिन्छ भने तिनलाई तिनको सम्पत्ति सुम्पिहाल र यस भयले कि तिनीहरू वयस्क भइहाल्छन् तिनीहरूको सम्पत्ति हतारपूर्वक फजूल खर्च नगर । सम्पत्ति भएकाहरूले त्यस्तो सम्पतिबाट टाढा रहनुपर्दछ । हो, गरिब र निर्धन छ भने नियम बमोजिम न्यायोचित रूपमा केही लेओस् । र जब तिनलाई तिनको सम्पत्ति सुम्पन्छौ भने त्यतिखेर साक्षी राख्नु, वास्तवमा अल्लाह नै हिसाब लिनको लागि प्रयाप्त छ ।
Surah An-Nisa, Verse 6


لِّلرِّجَالِ نَصِيبٞ مِّمَّا تَرَكَ ٱلۡوَٰلِدَانِ وَٱلۡأَقۡرَبُونَ وَلِلنِّسَآءِ نَصِيبٞ مِّمَّا تَرَكَ ٱلۡوَٰلِدَانِ وَٱلۡأَقۡرَبُونَ مِمَّا قَلَّ مِنۡهُ أَوۡ كَثُرَۚ نَصِيبٗا مَّفۡرُوضٗا

जुन सम्पत्ति आमा बाबु र नातागोताले छाडी मर्दछन्, थोरै होस् अथवा धेरै, त्यसमा लोग्ने मानिसको अंश छ र आईमाईहरूको पनि । (यी अंशहरू) निर्धारित गरिएका हुन् ।
Surah An-Nisa, Verse 7


وَإِذَا حَضَرَ ٱلۡقِسۡمَةَ أُوْلُواْ ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينُ فَٱرۡزُقُوهُم مِّنۡهُ وَقُولُواْ لَهُمۡ قَوۡلٗا مَّعۡرُوفٗا

र जब भाग–बण्डाको समय नातेदार र अनाथ र निमुखाहरू उपस्थित भइहालुन् त त्यसबाट उनीहरूलाई पनि केही दिहाल र उनीहरूसित मिठो कुरा गर ।
Surah An-Nisa, Verse 8


وَلۡيَخۡشَ ٱلَّذِينَ لَوۡ تَرَكُواْ مِنۡ خَلۡفِهِمۡ ذُرِّيَّةٗ ضِعَٰفًا خَافُواْ عَلَيۡهِمۡ فَلۡيَتَّقُواْ ٱللَّهَ وَلۡيَقُولُواْ قَوۡلٗا سَدِيدًا

र तिनीहरूलाई यस कुराबाट डराउनु पर्छ कि यदि आफ्नो पछाडि हानि पुग्न सक्ने अबोध केटाकेटीहरू छोडेर गएको भए (तिनीहरूको चाहना के हुने थियो) । त, आवश्यक छ कि यी मानिसहरू अल्लाहसँग डराएर संतुलित कुराहरू गरुन् ।
Surah An-Nisa, Verse 9


إِنَّ ٱلَّذِينَ يَأۡكُلُونَ أَمۡوَٰلَ ٱلۡيَتَٰمَىٰ ظُلۡمًا إِنَّمَا يَأۡكُلُونَ فِي بُطُونِهِمۡ نَارٗاۖ وَسَيَصۡلَوۡنَ سَعِيرٗا

जुन मानिसहरू अनाथहरूको सम्पति नाजायज तरिकाले खान्छन्, तिनीहरू आफ्ना पेटमा आगो भर्दैछन् र निकट भविष्यमा नर्कमा जाने छन् ।
Surah An-Nisa, Verse 10


يُوصِيكُمُ ٱللَّهُ فِيٓ أَوۡلَٰدِكُمۡۖ لِلذَّكَرِ مِثۡلُ حَظِّ ٱلۡأُنثَيَيۡنِۚ فَإِن كُنَّ نِسَآءٗ فَوۡقَ ٱثۡنَتَيۡنِ فَلَهُنَّ ثُلُثَا مَا تَرَكَۖ وَإِن كَانَتۡ وَٰحِدَةٗ فَلَهَا ٱلنِّصۡفُۚ وَلِأَبَوَيۡهِ لِكُلِّ وَٰحِدٖ مِّنۡهُمَا ٱلسُّدُسُ مِمَّا تَرَكَ إِن كَانَ لَهُۥ وَلَدٞۚ فَإِن لَّمۡ يَكُن لَّهُۥ وَلَدٞ وَوَرِثَهُۥٓ أَبَوَاهُ فَلِأُمِّهِ ٱلثُّلُثُۚ فَإِن كَانَ لَهُۥٓ إِخۡوَةٞ فَلِأُمِّهِ ٱلسُّدُسُۚ مِنۢ بَعۡدِ وَصِيَّةٖ يُوصِي بِهَآ أَوۡ دَيۡنٍۗ ءَابَآؤُكُمۡ وَأَبۡنَآؤُكُمۡ لَا تَدۡرُونَ أَيُّهُمۡ أَقۡرَبُ لَكُمۡ نَفۡعٗاۚ فَرِيضَةٗ مِّنَ ٱللَّهِۗ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا

अल्लाहले तिम्रा सन्तानहरूको सम्बन्धमा तिमीलाई आदेश गर्दछ कि एउटा छोराको अंश दुईटा छोरीहरूको अंशको बराबर छ र यदि मृतकका छोरीहरू मात्र छिन् र दुईभन्दा बढी छिन् भने तिनलाई मृतकको सम्पत्तिबाट दुई तिहाई र यदि एउटी छोरी मात्र छिन् भने उसलाई आधा, र मृतकका आमा बाबु प्रत्येकलाई मृतकले छोडेको सम्पत्तिको छैठौं भाग अंश हो, मृतकका सन्तानहरू भएको खण्डमा । यदि मृतकको सन्तान नभए र मात्र आमा बाबु नै उसको हकवाला भएको अवस्थामा, एक तिहाई आमाको अंश र यदि मृत्तकका दाजुभाइ पनि छन् भने आमाको छैठौं अंश हो, मृतकको सम्पत्तिको यो अंशवण्डा मृतकले गरेको इच्छापत्रको कार्यान्वयन पछि मात्र वा मृतकले लिएको ऋणको भुक्तानी गरेपछि मात्र गर्नु पर्छ । तिमीलाई थाहा छैन कि तिम्रा बाबु वा छोरामध्ये तिमीलाई फाइदाको दृष्टिकोणले कुन चाहीँ धेरै नजिक छ । यी अंशभाग अल्लाहबाट निर्धारित गरिएका हुन् र निःसंदेह अल्लाह सर्वज्ञ र कौशलवाला छ ।
Surah An-Nisa, Verse 11


۞وَلَكُمۡ نِصۡفُ مَا تَرَكَ أَزۡوَٰجُكُمۡ إِن لَّمۡ يَكُن لَّهُنَّ وَلَدٞۚ فَإِن كَانَ لَهُنَّ وَلَدٞ فَلَكُمُ ٱلرُّبُعُ مِمَّا تَرَكۡنَۚ مِنۢ بَعۡدِ وَصِيَّةٖ يُوصِينَ بِهَآ أَوۡ دَيۡنٖۚ وَلَهُنَّ ٱلرُّبُعُ مِمَّا تَرَكۡتُمۡ إِن لَّمۡ يَكُن لَّكُمۡ وَلَدٞۚ فَإِن كَانَ لَكُمۡ وَلَدٞ فَلَهُنَّ ٱلثُّمُنُ مِمَّا تَرَكۡتُمۚ مِّنۢ بَعۡدِ وَصِيَّةٖ تُوصُونَ بِهَآ أَوۡ دَيۡنٖۗ وَإِن كَانَ رَجُلٞ يُورَثُ كَلَٰلَةً أَوِ ٱمۡرَأَةٞ وَلَهُۥٓ أَخٌ أَوۡ أُخۡتٞ فَلِكُلِّ وَٰحِدٖ مِّنۡهُمَا ٱلسُّدُسُۚ فَإِن كَانُوٓاْ أَكۡثَرَ مِن ذَٰلِكَ فَهُمۡ شُرَكَآءُ فِي ٱلثُّلُثِۚ مِنۢ بَعۡدِ وَصِيَّةٖ يُوصَىٰ بِهَآ أَوۡ دَيۡنٍ غَيۡرَ مُضَآرّٖۚ وَصِيَّةٗ مِّنَ ٱللَّهِۗ وَٱللَّهُ عَلِيمٌ حَلِيمٞ

जुन सम्पत्ति तिम्रा स्वास्नीहरू छोडेर मर्दछिन् यदि तिनका सन्तानहरू छैनन् भने, त्यसबाट आधा भाग तिम्रो हुनेछ र यदि उनको सन्तान छन् भने छाडेर गएको सम्पत्तिबाट तिम्रो भाग एक चौथाई हुन्छ । (तर यो विभाजन) मृत्तकको त्यस इच्छा पत्रको कार्यान्वयन पश्चात हो जुन उसले गरेर गएको छ र उसले लिएकी ऋण तिरिसकेपछि गरिने छ र जुन सम्पत्ति तिमी (पुरुषले) छाडेर मर्छौ र यदि तिम्रा सन्तानहरू छैनन् भने तिम्रा स्वास्नीहरूको त्यसबाट एक चौथाई भाग छ र यदि सन्तान छ भने तिनलाई आठौं भाग छ । (यी भागहरू) तिम्रो इच्छापत्रको कार्यान्वयन पश्चात हो जुन तिमीले गरेका छौ र ऋणको (भुक्तानी पछि) बाँडिने छन् । र यदि यस्तो पुरुष अथवा स्वास्नी मान्छेको सम्पत्ति छ, जसको न बाबु छ न छोरा उसको एक दाजु वा भाइ अथवा एक दिदी वा बहिनी छन् भने त्यसबाट प्रत्येकलाई छैठौं भाग हुन्छ र एकभन्दा बढी छन् भने सबै एक तिहाईमा सहभागी हुनेछन् । (यी अंशहरू पनि) इच्छापत्र पूरा भएपछि तथा ऋण तिरेपछि यो शर्तमा कि कसैलाई हानि नोक्सानी नपुगेको होस् । यो अल्लाहको तर्फबाट निर्धारित गरिएको हो र अल्लाह सर्वज्ञ तथा सहनशील छ ।
Surah An-Nisa, Verse 12


تِلۡكَ حُدُودُ ٱللَّهِۚ وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ يُدۡخِلۡهُ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ

यी सीमाहरू अल्लाहबाट निर्धारित गरिएका हुन् र जसले अल्लाह र उसको पैगम्बरको आज्ञा पालन गर्नेछ, उसलाई अल्लाहले जन्नतमा प्रवेश दिनेछ, जसमुनि नहरहरू बगिराखेका छन् । जसमा तिनीहरू सधैं बास गर्नेछन् र यो ठूलो सफलता हो ।
Surah An-Nisa, Verse 13


وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ وَيَتَعَدَّ حُدُودَهُۥ يُدۡخِلۡهُ نَارًا خَٰلِدٗا فِيهَا وَلَهُۥ عَذَابٞ مُّهِينٞ

र जसले अल्लाह र उसको रसूल (स.) को आज्ञा उल्लघंन गर्नेछ र उसबाट निर्धारित सीमाको अतिक्रमण गर्दछ, त्यसलाई अल्लाहले नर्कमा हाल्नेछ, जसमा कि ऊ सधैं रहनेछ र त्यस्तैलाई यो अपमानजनक सजाय हो ।
Surah An-Nisa, Verse 14


وَٱلَّـٰتِي يَأۡتِينَ ٱلۡفَٰحِشَةَ مِن نِّسَآئِكُمۡ فَٱسۡتَشۡهِدُواْ عَلَيۡهِنَّ أَرۡبَعَةٗ مِّنكُمۡۖ فَإِن شَهِدُواْ فَأَمۡسِكُوهُنَّ فِي ٱلۡبُيُوتِ حَتَّىٰ يَتَوَفَّىٰهُنَّ ٱلۡمَوۡتُ أَوۡ يَجۡعَلَ ٱللَّهُ لَهُنَّ سَبِيلٗا

यदि तिम्रा आईमाईहरूमध्ये कसैले व्यभिचार गर्दछिन भने त्यसको प्रमाणको निम्ति आफूमध्येबाट चार जनाको साक्ष्य प्रस्तुत गर । यदि तिनीहरूले गवाही दिन्छन् भने ती आईमाईहरूलाई मृत्यु नहुन्जेलसम्म घरैमा थुनिराख अथवा अल्लाहले तिनको लागि अर्को कुनै बाटो निकालोस् ।
Surah An-Nisa, Verse 15


وَٱلَّذَانِ يَأۡتِيَٰنِهَا مِنكُمۡ فَـَٔاذُوهُمَاۖ فَإِن تَابَا وَأَصۡلَحَا فَأَعۡرِضُواْ عَنۡهُمَآۗ إِنَّ ٱللَّهَ كَانَ تَوَّابٗا رَّحِيمًا

र तिमीहरूमध्ये जुन दुईजनाले यस्तो व्यभिचार गर्दछन्, तिनलाई कष्ट देऊ यदि तिनी पश्चाताप गरी असल मानिसहरूमा परिणत हुन्छन् भने तिनलाई छाडिदेऊ । निःसन्देह अल्लाह क्षमा याचनालाई स्वीकार गर्ने र कृपा गर्नेवाला हो ।
Surah An-Nisa, Verse 16


إِنَّمَا ٱلتَّوۡبَةُ عَلَى ٱللَّهِ لِلَّذِينَ يَعۡمَلُونَ ٱلسُّوٓءَ بِجَهَٰلَةٖ ثُمَّ يَتُوبُونَ مِن قَرِيبٖ فَأُوْلَـٰٓئِكَ يَتُوبُ ٱللَّهُ عَلَيۡهِمۡۗ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا

अल्लाहले तिनको मात्र क्षमायाचना स्वीकार गर्दछ, जसले अज्ञानतावश कुनै दुष्कर्म गर्दछन् र छिट्टै त्यसलाई छोडेर पश्चाताप गरिहाल्छन् । तसर्थ यस्ता मानिसहरूको पश्चाताप अल्लाहले पनि स्वीकार गर्दछ अल्लाह सबै कुराको ज्ञानी र कौशलवाला हो ।
Surah An-Nisa, Verse 17


وَلَيۡسَتِ ٱلتَّوۡبَةُ لِلَّذِينَ يَعۡمَلُونَ ٱلسَّيِّـَٔاتِ حَتَّىٰٓ إِذَا حَضَرَ أَحَدَهُمُ ٱلۡمَوۡتُ قَالَ إِنِّي تُبۡتُ ٱلۡـَٰٔنَ وَلَا ٱلَّذِينَ يَمُوتُونَ وَهُمۡ كُفَّارٌۚ أُوْلَـٰٓئِكَ أَعۡتَدۡنَا لَهُمۡ عَذَابًا أَلِيمٗا

र, यस्ता मानिसहरूको पश्चाताप (तौबा) स्वीकार हुँदैन जसले (निरन्तर) दुष्कर्म गर्दछन्, यहाँसम्म कि जब तिनीहरूमध्ये कसैको मृत्यु भइहाल्छ, अनि भन्दछ कि म पश्चाताप गर्दछु । र न त उनको पश्चाताप स्वीकार हुनेछ जो कुफ्रको अवस्थामा मर्दछन् । यिनै मानिसहरूका लागि हामीले कष्टदायक सजाय तयार गरिसकेका छौं ।
Surah An-Nisa, Verse 18


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا يَحِلُّ لَكُمۡ أَن تَرِثُواْ ٱلنِّسَآءَ كَرۡهٗاۖ وَلَا تَعۡضُلُوهُنَّ لِتَذۡهَبُواْ بِبَعۡضِ مَآ ءَاتَيۡتُمُوهُنَّ إِلَّآ أَن يَأۡتِينَ بِفَٰحِشَةٖ مُّبَيِّنَةٖۚ وَعَاشِرُوهُنَّ بِٱلۡمَعۡرُوفِۚ فَإِن كَرِهۡتُمُوهُنَّ فَعَسَىٰٓ أَن تَكۡرَهُواْ شَيۡـٔٗا وَيَجۡعَلَ ٱللَّهُ فِيهِ خَيۡرٗا كَثِيرٗا

ईमानवालाहरू हो ! तिमीहरूलाई यो उचित छैन कि जबरजस्ती स्वास्नी मानिसहरूको सम्पत्तिबाट लेऊ । जे तिमीले तिनलाई दिएका छौ, त्यसबाट केही खाने नियतले तिनलाई न रोकिराख्नु । हो यदि तिनले दुष्कर्म गर्दछिन् त कुरा अर्कै छ । तिनीहरूसित राम्रो व्यवहार गर यदि तिनीहरूलाई तिमीले मन नपराए पनि, तर धेरै सम्भव छ कि तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाईको सृजना गरिदिओस् ।
Surah An-Nisa, Verse 19


وَإِنۡ أَرَدتُّمُ ٱسۡتِبۡدَالَ زَوۡجٖ مَّكَانَ زَوۡجٖ وَءَاتَيۡتُمۡ إِحۡدَىٰهُنَّ قِنطَارٗا فَلَا تَأۡخُذُواْ مِنۡهُ شَيۡـًٔاۚ أَتَأۡخُذُونَهُۥ بُهۡتَٰنٗا وَإِثۡمٗا مُّبِينٗا

र, यदि तिमीले एउटी स्वास्नीको ठाउँमा दोस्रो स्वास्नी राख्न नै चाहन्छौ र तीमध्ये कसैलाई तिमीले ठूलो सम्पत्ति दिइसकेका छौ भने पनि त्यसबाट केही नलिनु । के तिमीले अनुचितरूपले वा खुल्लारूपले पाप हुने भएर पनि त्यसबाट फिर्ता लिनेछौ ।
Surah An-Nisa, Verse 20


وَكَيۡفَ تَأۡخُذُونَهُۥ وَقَدۡ أَفۡضَىٰ بَعۡضُكُمۡ إِلَىٰ بَعۡضٖ وَأَخَذۡنَ مِنكُم مِّيثَٰقًا غَلِيظٗا

तिमी त्यसलाई कसरी लिने छौ ? यद्यपि तिमीहरूले एक अर्कालाई भेटिसकेका छौ र ती स्वास्नी मानिसहरूले तिमीबाट पूर्णरूपले वाचा लिइसकेका छिन् ।
Surah An-Nisa, Verse 21


وَلَا تَنكِحُواْ مَا نَكَحَ ءَابَآؤُكُم مِّنَ ٱلنِّسَآءِ إِلَّا مَا قَدۡ سَلَفَۚ إِنَّهُۥ كَانَ فَٰحِشَةٗ وَمَقۡتٗا وَسَآءَ سَبِيلًا

र जुन स्वास्नी मानिसहरूसँग तिम्रा बाबुहरूले विवाह गरेका छन्, तिनीहरूसँग निकाह नगर्नु, तर जे बितिसकेको छ त्यो निर्लज्जतापूर्ण काम र अप्रसन्न पार्ने कुरा र सा¥है घृणित परम्परा थियो ।
Surah An-Nisa, Verse 22


حُرِّمَتۡ عَلَيۡكُمۡ أُمَّهَٰتُكُمۡ وَبَنَاتُكُمۡ وَأَخَوَٰتُكُمۡ وَعَمَّـٰتُكُمۡ وَخَٰلَٰتُكُمۡ وَبَنَاتُ ٱلۡأَخِ وَبَنَاتُ ٱلۡأُخۡتِ وَأُمَّهَٰتُكُمُ ٱلَّـٰتِيٓ أَرۡضَعۡنَكُمۡ وَأَخَوَٰتُكُم مِّنَ ٱلرَّضَٰعَةِ وَأُمَّهَٰتُ نِسَآئِكُمۡ وَرَبَـٰٓئِبُكُمُ ٱلَّـٰتِي فِي حُجُورِكُم مِّن نِّسَآئِكُمُ ٱلَّـٰتِي دَخَلۡتُم بِهِنَّ فَإِن لَّمۡ تَكُونُواْ دَخَلۡتُم بِهِنَّ فَلَا جُنَاحَ عَلَيۡكُمۡ وَحَلَـٰٓئِلُ أَبۡنَآئِكُمُ ٱلَّذِينَ مِنۡ أَصۡلَٰبِكُمۡ وَأَن تَجۡمَعُواْ بَيۡنَ ٱلۡأُخۡتَيۡنِ إِلَّا مَا قَدۡ سَلَفَۗ إِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا

तिम्रो लागि तिम्रा आमाहरू र छोरीहरू र दिदी बहिनीहरू र तिम्रा फूफूहरू र तिम्रा सानी आमा, ठूली आमाहरू र भतिजीहरू र भान्जीहरू र तिम्रा ती आमाहरू जसले कि तिमीलाई दूध ख्वाएका छिन्, र (रेजाई) दिदीबहिनीहरू र तिम्रा सासूहरू र तिमीले तिम्रो गोदमा लालन पालन गरेको छोरीहरू जुन संभोग गरेको महिलाबाट जन्मेका छिन् तिम्रो लागि वर्जित छिन् । हो यदि तिमीले तिनीहरूसँग (केटीको आमासँग) यौन सम्बन्ध गरेका छैनौ भने तिमीलाई कुनै गुनाह छैन, र तिम्रा साख्खै छोराहरूका स्वास्नीहरू पनि र दुई दिदी बहिनीहरूलाई एकैसाथ बिहे गर्नु पनि त्याज्य छ । तर विगतमा जे भयो भइसक्यो । निःसन्देह अल्लाह क्षमा गर्नेवाला र दयावान छ ।
Surah An-Nisa, Verse 23


۞وَٱلۡمُحۡصَنَٰتُ مِنَ ٱلنِّسَآءِ إِلَّا مَا مَلَكَتۡ أَيۡمَٰنُكُمۡۖ كِتَٰبَ ٱللَّهِ عَلَيۡكُمۡۚ وَأُحِلَّ لَكُم مَّا وَرَآءَ ذَٰلِكُمۡ أَن تَبۡتَغُواْ بِأَمۡوَٰلِكُم مُّحۡصِنِينَ غَيۡرَ مُسَٰفِحِينَۚ فَمَا ٱسۡتَمۡتَعۡتُم بِهِۦ مِنۡهُنَّ فَـَٔاتُوهُنَّ أُجُورَهُنَّ فَرِيضَةٗۚ وَلَا جُنَاحَ عَلَيۡكُمۡ فِيمَا تَرَٰضَيۡتُم بِهِۦ مِنۢ بَعۡدِ ٱلۡفَرِيضَةِۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا

र विवाहित स्त्रीहरू पनि (वर्जित छिन्) तर ती बाहेक जुनकि (दासीको रूपमा) तिम्रो अधिकारमा आउँछिन् । यो आदेश अल्लाहको तर्फबाट तिम्रोलागि अनिवार्य गरिएको हो र यी वर्जित स्त्रीहरू बाहेक अन्य स्त्रीहरू तिम्रो लागि हलाल छिन्, आफ्नो धनबाट महर दिएर तिनीहरूसँग विवाह गर्न चाहन्छौ भने, तर यो शर्तमा निकाहको उद्देश्य दुराचारबाट बच्नु हुनुपर्छ न कि वासनाको पूर्तिको निम्ति । तसर्थ जुन स्त्रीहरूसँग तिमीले लाभ प्राप्त गर्दछौ, तिनलाई महरमा निर्धारित गरिएको धन दिइहाल र यदि महर निर्धारित गरिसकेपछि आपसी सहमतिबाट अन्यथा तय गर्दछौ भने त्यसमा तिमीलाई कुनै पाप लाग्दैन । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ (र) सम्पूर्णरूपले तत्वज्ञ छ ।
Surah An-Nisa, Verse 24


وَمَن لَّمۡ يَسۡتَطِعۡ مِنكُمۡ طَوۡلًا أَن يَنكِحَ ٱلۡمُحۡصَنَٰتِ ٱلۡمُؤۡمِنَٰتِ فَمِن مَّا مَلَكَتۡ أَيۡمَٰنُكُم مِّن فَتَيَٰتِكُمُ ٱلۡمُؤۡمِنَٰتِۚ وَٱللَّهُ أَعۡلَمُ بِإِيمَٰنِكُمۚ بَعۡضُكُم مِّنۢ بَعۡضٖۚ فَٱنكِحُوهُنَّ بِإِذۡنِ أَهۡلِهِنَّ وَءَاتُوهُنَّ أُجُورَهُنَّ بِٱلۡمَعۡرُوفِ مُحۡصَنَٰتٍ غَيۡرَ مُسَٰفِحَٰتٖ وَلَا مُتَّخِذَٰتِ أَخۡدَانٖۚ فَإِذَآ أُحۡصِنَّ فَإِنۡ أَتَيۡنَ بِفَٰحِشَةٖ فَعَلَيۡهِنَّ نِصۡفُ مَا عَلَى ٱلۡمُحۡصَنَٰتِ مِنَ ٱلۡعَذَابِۚ ذَٰلِكَ لِمَنۡ خَشِيَ ٱلۡعَنَتَ مِنكُمۡۚ وَأَن تَصۡبِرُواْ خَيۡرٞ لَّكُمۡۗ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

र तिमीहरूमध्ये जुन मानिससलाई स्वतन्त्र मुसलमान स्त्रीसँग निकाह गर्ने पूरा क्षमता छैन, त्यसले मुसलमान दासीसँगै, जोकी तिम्रा अधिकारमा आइसकेकाछिन्, निकाह गरिहालोस् र अल्लाहलाई तिम्रो ईमानबारे राम्ररी थाहा छ ! तिमीहरू एक आपसमा सजातीय हौ, तसर्थ ती दासीहरूसँग, तिनका मालिकहरूबाट अनुमति प्राप्त गरी निकाह गरिहाल र निर्धारित गरिए बमोजिम तिनका महर पनि दिइहाल तर यो शर्त छ कि तिनीहरू पवित्र हुनुपर्दछ न कि व्यभिचारीणी, जसले खुल्लम खुल्ला वा लुकिछिपी अन्य व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्दछिन् । तर यदि निकाह भइसकेपछि तिनीहरू ब्यभिचार गर्दछिन भने जुन स्वतन्त्र स्त्रीहरूलाई छ, त्यसको आधा तिनीहरूलाई सजाय दिनुपर्दछ । (दासी संग निकाह गर्ने) यो अनुमति उस व्यक्तिलाई छ जसलाई व्यभिचार गरिहाल्ने भय छ । र तिमीले धैर्य राख्नु धेरै राम्रो छ, र अल्लाह क्षमादाता र अत्यन्त दयावान छ ।
Surah An-Nisa, Verse 25


يُرِيدُ ٱللَّهُ لِيُبَيِّنَ لَكُمۡ وَيَهۡدِيَكُمۡ سُنَنَ ٱلَّذِينَ مِن قَبۡلِكُمۡ وَيَتُوبَ عَلَيۡكُمۡۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

अल्लाह चाहन्छ कि (आफ्ना आयतहरू) तिम्रो सामु अति स्पष्ट रूपमा वर्णन गरोस् र तिमीलाई तिमीभन्दा अगाडिका संयमीहरूकै बाटोमा हिडाओस् र तिम्रो पश्चाताप स्वीकार गरोस् र अल्लाह सर्वज्ञ छ (र) सर्वबुद्धि सम्पन्न छ ।
Surah An-Nisa, Verse 26


وَٱللَّهُ يُرِيدُ أَن يَتُوبَ عَلَيۡكُمۡ وَيُرِيدُ ٱلَّذِينَ يَتَّبِعُونَ ٱلشَّهَوَٰتِ أَن تَمِيلُواْ مَيۡلًا عَظِيمٗا

र अल्लाह चाहन्छ कि तिम्रो पश्चाताप स्वीकार गरोस् र जुन मानिसहरू आफ्नै स्वार्थपूर्ण चाहनाबाट दोषित हुन्छन्, तिनीहरू चाहन्छन् कि तिमी आफ्नो सत्य मार्गबाट धेरै विचलित भइहाल ।
Surah An-Nisa, Verse 27


يُرِيدُ ٱللَّهُ أَن يُخَفِّفَ عَنكُمۡۚ وَخُلِقَ ٱلۡإِنسَٰنُ ضَعِيفٗا

अल्लाह चाहन्छ कि तिमीहरूमाथिको भार हलुको पारोस्, किनभने मानिस कमजोर सृष्टि गरिएको हो ।
Surah An-Nisa, Verse 28


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَأۡكُلُوٓاْ أَمۡوَٰلَكُم بَيۡنَكُم بِٱلۡبَٰطِلِ إِلَّآ أَن تَكُونَ تِجَٰرَةً عَن تَرَاضٖ مِّنكُمۡۚ وَلَا تَقۡتُلُوٓاْ أَنفُسَكُمۡۚ إِنَّ ٱللَّهَ كَانَ بِكُمۡ رَحِيمٗا

हे मोमिनहरू ! तिमीहरू आपसमा एक अर्काको सम्पत्ति अनुचितरूपमा नखाऊ । तर आपसी सहमतिले व्यापारको माध्यमबाट लेनदेनमा लाभ जायज हुन्छ, र आफूलाई आफै नमार । यसमा कुनै सन्देह छैन कि अल्लाह तिमीमाथि धेरै कृपालु छ ।
Surah An-Nisa, Verse 29


وَمَن يَفۡعَلۡ ذَٰلِكَ عُدۡوَٰنٗا وَظُلۡمٗا فَسَوۡفَ نُصۡلِيهِ نَارٗاۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرًا

यदि कसैले यस्तो अटेरिपन र अत्याचार गर्छ भने हामीले त्यसलाई शीघ्र नै नर्कको आगोमा हाल्ने छौं । यो अल्लाहको लागि अति सरल काम हो ।
Surah An-Nisa, Verse 30


إِن تَجۡتَنِبُواْ كَبَآئِرَ مَا تُنۡهَوۡنَ عَنۡهُ نُكَفِّرۡ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَنُدۡخِلۡكُم مُّدۡخَلٗا كَرِيمٗا

यदि तिमीहरू यी ठूला–ठूला पापहरू जुन तिम्रो लागि निषेधित गरिएका छन्, बच्ने गर्छौ भने हामी तिम्रा स–साना पापहरू माफ गरिदिनेछौं र तिमीलाई सम्मान र आदरको ठाउँमा प्रवेश गराउने छौं ।
Surah An-Nisa, Verse 31


وَلَا تَتَمَنَّوۡاْ مَا فَضَّلَ ٱللَّهُ بِهِۦ بَعۡضَكُمۡ عَلَىٰ بَعۡضٖۚ لِّلرِّجَالِ نَصِيبٞ مِّمَّا ٱكۡتَسَبُواْۖ وَلِلنِّسَآءِ نَصِيبٞ مِّمَّا ٱكۡتَسَبۡنَۚ وَسۡـَٔلُواْ ٱللَّهَ مِن فَضۡلِهِۦٓۚ إِنَّ ٱللَّهَ كَانَ بِكُلِّ شَيۡءٍ عَلِيمٗا

र जुन कुरामा अल्लाहले तिमीहरूमध्ये केहीलाई केहीमाथि श्रेष्ठता प्रदान गरेको छ, त्यसको लागि लोभ नगर । पुरुषहरूलाई तिनीहरूले गरेको कर्म अनुसार प्रतिफल निर्धारित छ, र स्त्रीहरूलाई तिनीहरूको कर्म अनुसार फल प्रदान गरिनेछ, र अल्लाहसित उसको कृपा माँग्दै गर । निःसन्देह अल्लाह प्रत्येक कुरो जान्दछ ।
Surah An-Nisa, Verse 32


وَلِكُلّٖ جَعَلۡنَا مَوَٰلِيَ مِمَّا تَرَكَ ٱلۡوَٰلِدَانِ وَٱلۡأَقۡرَبُونَۚ وَٱلَّذِينَ عَقَدَتۡ أَيۡمَٰنُكُمۡ فَـَٔاتُوهُمۡ نَصِيبَهُمۡۚ إِنَّ ٱللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدًا

र जुन सम्पत्ति आमा–बाबु र नातेदार छोडेर मर्दछन्, त्यसबाट हामीले प्रत्येकको हक निर्धारित गरिसकेका छौं र जुन मानिसहरूसित तिमीले आफै करार गरिसकेका छौ, तिनीहरूलाई तिनको हक देऊ । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूको साक्षी छ ।
Surah An-Nisa, Verse 33


ٱلرِّجَالُ قَوَّـٰمُونَ عَلَى ٱلنِّسَآءِ بِمَا فَضَّلَ ٱللَّهُ بَعۡضَهُمۡ عَلَىٰ بَعۡضٖ وَبِمَآ أَنفَقُواْ مِنۡ أَمۡوَٰلِهِمۡۚ فَٱلصَّـٰلِحَٰتُ قَٰنِتَٰتٌ حَٰفِظَٰتٞ لِّلۡغَيۡبِ بِمَا حَفِظَ ٱللَّهُۚ وَٱلَّـٰتِي تَخَافُونَ نُشُوزَهُنَّ فَعِظُوهُنَّ وَٱهۡجُرُوهُنَّ فِي ٱلۡمَضَاجِعِ وَٱضۡرِبُوهُنَّۖ فَإِنۡ أَطَعۡنَكُمۡ فَلَا تَبۡغُواْ عَلَيۡهِنَّ سَبِيلًاۗ إِنَّ ٱللَّهَ كَانَ عَلِيّٗا كَبِيرٗا

पुरुषहरू स्त्रीहरूका संरक्षक–संवर्धक हुन् यस कारण कि एकलाई अल्लाहले अर्काेमाथि प्रधानता प्रदान गरेको छ र यसकारणले पनि कि पुरुषहरूले आफ्ना माल खर्च गरेका छन् । अतः जो सत्यवती र आज्ञाकारिणी स्वास्नी छिन्, तिनीहरूले आफ्नो पतिको अनुपस्थितिमा अल्लाहको रक्षामा तिनको मर्यादाको रेखदेख गर्दछिन्, र जुन स्वास्नीहरूको सम्बन्धमा तिमीलाई नराम्रो व्यवहारको डर लाग्दछ भने तिनलाई सर्वप्रथम सम्झाऊ । (यदि मान्दैनन् भने) तिनीलाई सुत्ने ओछ्यानबाट अलग गरिहाल । यदि तैपनि मान्दैनन् भने उचित शारीरिक दण्ड देऊ । फेरि यदि आज्ञापालन गर्न थाल्छिन् भने तिनलाई कष्ट दिने निहु नखोज । निःसन्देह अल्लाह सर्वोच्च र महानतम प्रशंसनीय छ ।
Surah An-Nisa, Verse 34


وَإِنۡ خِفۡتُمۡ شِقَاقَ بَيۡنِهِمَا فَٱبۡعَثُواْ حَكَمٗا مِّنۡ أَهۡلِهِۦ وَحَكَمٗا مِّنۡ أَهۡلِهَآ إِن يُرِيدَآ إِصۡلَٰحٗا يُوَفِّقِ ٱللَّهُ بَيۡنَهُمَآۗ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا خَبِيرٗا

यदि तिमीलाई लोग्ने स्वास्नीबीच वाद– विवादको भय छ, भने एउटा मध्यस्थकर्ता लोग्नेको तर्फबाट र एउटा मध्यस्थ स्वास्नीको खलकबाट नियुक्त गर । यदि यी दुवैले मेलमिलाप गराउन चाहन्छन् भने अल्लाहले दुवैमा मेलमिलाप कायम गराइदिन्छ । कुनै सन्देह छैन कि अल्लाह सर्वज्ञाता र सर्वलौकिक छ ।
Surah An-Nisa, Verse 35


۞وَٱعۡبُدُواْ ٱللَّهَ وَلَا تُشۡرِكُواْ بِهِۦ شَيۡـٔٗاۖ وَبِٱلۡوَٰلِدَيۡنِ إِحۡسَٰنٗا وَبِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱلۡجَارِ ذِي ٱلۡقُرۡبَىٰ وَٱلۡجَارِ ٱلۡجُنُبِ وَٱلصَّاحِبِ بِٱلۡجَنۢبِ وَٱبۡنِ ٱلسَّبِيلِ وَمَا مَلَكَتۡ أَيۡمَٰنُكُمۡۗ إِنَّ ٱللَّهَ لَا يُحِبُّ مَن كَانَ مُخۡتَالٗا فَخُورًا

र अल्लाहकै पूजा गर र उसको साथमा अरु कसैको साझेदारी नगर र आमा–बाबुसँग सम्मानपूर्ण व्यवहार गर र नजिकका नातेदार, अनाथहरू र गरिब असहायहरू र नातेदार छिमेकीहरू र गैर नातेदारी छिमेकीहरू र संगै उठ्बस् गर्ने साथीहरू र बटुवाहरू र जो तिम्रो स्वामित्वमा छन्, सबैको उपकार गर । निःसन्देह अल्लाहले घमण्डी तथा मिथ्या अभिमान गर्नेहरूलाई रुचाउँदैनन् ।
Surah An-Nisa, Verse 36


ٱلَّذِينَ يَبۡخَلُونَ وَيَأۡمُرُونَ ٱلنَّاسَ بِٱلۡبُخۡلِ وَيَكۡتُمُونَ مَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦۗ وَأَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ عَذَابٗا مُّهِينٗا

जिनीहरूले आफू स्वयं कञ्जूसी गर्दछन् र अरुलाई पनि कञ्जूसी सिकाउँछन् र जुन धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, त्यसलाई लुकाएर राख्दछन् । हामी कृतध्नहरूका लागि अपमानजनक सजाय तयार गरेका छौं ।
Surah An-Nisa, Verse 37


وَٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ رِئَآءَ ٱلنَّاسِ وَلَا يُؤۡمِنُونَ بِٱللَّهِ وَلَا بِٱلۡيَوۡمِ ٱلۡأٓخِرِۗ وَمَن يَكُنِ ٱلشَّيۡطَٰنُ لَهُۥ قَرِينٗا فَسَآءَ قَرِينٗا

र, जुन मानिस खर्च त गर्दछन् तर मानिसहरूलाई देखाउनको निम्ति, र आस्था न अल्लाहमाथि राख्दछन् न त कियामतको दिनमाथि र जुन मानिसहरूको साथी शैतान हुन्छ, र त्यो एकदमै नराम्रो साथी हो ।
Surah An-Nisa, Verse 38


وَمَاذَا عَلَيۡهِمۡ لَوۡ ءَامَنُواْ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَأَنفَقُواْ مِمَّا رَزَقَهُمُ ٱللَّهُۚ وَكَانَ ٱللَّهُ بِهِمۡ عَلِيمًا

साँच्चै यिनीहरूको के बिग्रन्थ्यो यदि तिनीहरूले अल्लाह र कियामतको दिनमाथि आस्था राखेको भए र अल्लाहले जे जति प्रदान गरेको छ, त्यसमध्येबाट खर्च गरेको भए ? र अल्लाहले तिनीहरूलाई राम्ररी जान्दछ ।
Surah An-Nisa, Verse 39


إِنَّ ٱللَّهَ لَا يَظۡلِمُ مِثۡقَالَ ذَرَّةٖۖ وَإِن تَكُ حَسَنَةٗ يُضَٰعِفۡهَا وَيُؤۡتِ مِن لَّدُنۡهُ أَجۡرًا عَظِيمٗا

यसमा कुनै शंका छैन कि अल्लाह कसैसित अलिकति पनि अन्याय गर्दैन, यदि पुण्य कार्य गरिएको छ भने त्यसलाई दुई गुणा गरिदिन्छ र आफ्नो तर्फबाट ठूलो पुरस्कार प्रदान गर्दछ ।
Surah An-Nisa, Verse 40


فَكَيۡفَ إِذَا جِئۡنَا مِن كُلِّ أُمَّةِۭ بِشَهِيدٖ وَجِئۡنَا بِكَ عَلَىٰ هَـٰٓؤُلَآءِ شَهِيدٗا

त, त्यस दिन कस्तो दृष्य हुनेछ जब हामीले प्रत्येक समूहबाट एक–एक साक्षी बोलाउनेछौं र तपाईलाई उनीहरूको बारेमा साक्षी बनाउने छौं ।
Surah An-Nisa, Verse 41


يَوۡمَئِذٖ يَوَدُّ ٱلَّذِينَ كَفَرُواْ وَعَصَوُاْ ٱلرَّسُولَ لَوۡ تُسَوَّىٰ بِهِمُ ٱلۡأَرۡضُ وَلَا يَكۡتُمُونَ ٱللَّهَ حَدِيثٗا

त्यस दिन अल्लाहमाथि आस्था नराख्नेहरू र पैगम्बरका अवज्ञाकारीहरूले चाहनेछन् कि तिनीलाई धर्तीमा गाडि माटोले पुरिदिए हुन्थ्यो । किनभने अल्लाहसित कुनै कुरा लुकाउन सक्ने छैनन् ।
Surah An-Nisa, Verse 42


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَقۡرَبُواْ ٱلصَّلَوٰةَ وَأَنتُمۡ سُكَٰرَىٰ حَتَّىٰ تَعۡلَمُواْ مَا تَقُولُونَ وَلَا جُنُبًا إِلَّا عَابِرِي سَبِيلٍ حَتَّىٰ تَغۡتَسِلُواْۚ وَإِن كُنتُم مَّرۡضَىٰٓ أَوۡ عَلَىٰ سَفَرٍ أَوۡ جَآءَ أَحَدٞ مِّنكُم مِّنَ ٱلۡغَآئِطِ أَوۡ لَٰمَسۡتُمُ ٱلنِّسَآءَ فَلَمۡ تَجِدُواْ مَآءٗ فَتَيَمَّمُواْ صَعِيدٗا طَيِّبٗا فَٱمۡسَحُواْ بِوُجُوهِكُمۡ وَأَيۡدِيكُمۡۗ إِنَّ ٱللَّهَ كَانَ عَفُوًّا غَفُورًا

हे मोमिनहरू ! जब तिमी नशाको अवस्थामा हुन्छौ त नमाज छेउ पनि नजाऊ जबसम्म तिमी आफ्नो मुखबाट उच्चारित शब्दहरू बुझ्न थाल्दैनौ र अपवित्राताको अवस्थामा स्नान नगरेसम्म पनि नमाज नपढ । तर यदि यात्रा गरिराखेको भए कुरा अर्कै छ, र यदि तिमी विरामी छौ अथवा यात्रामा छौ वा तिमीमध्ये कोही शौचबाट आएको छ अथवा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटो लिई मुख र हातमा स्पर्श गरेर तयम्मुम गरी (नमाज पढिहाल) । निःसन्देह अल्लाह त्रुटिहरू माफ गर्नेवाला तथा क्षमादाता छ ।
Surah An-Nisa, Verse 43


أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ أُوتُواْ نَصِيبٗا مِّنَ ٱلۡكِتَٰبِ يَشۡتَرُونَ ٱلضَّلَٰلَةَ وَيُرِيدُونَ أَن تَضِلُّواْ ٱلسَّبِيلَ

के तिमीले तिनीहरूलाई देखेनौ जसलाई कि किताबको केही अंश प्रदान गरिएको छ ? तिनीहरूले पथभ्रष्टता किनिरहेका छन्, र चाहन्छन् कि तिमी पनि पथविचलित भइहाल ।
Surah An-Nisa, Verse 44


وَٱللَّهُ أَعۡلَمُ بِأَعۡدَآئِكُمۡۚ وَكَفَىٰ بِٱللَّهِ وَلِيّٗا وَكَفَىٰ بِٱللَّهِ نَصِيرٗا

अल्लाह तिम्रा शत्रुहरूलाई राम्ररी जान्दछ, र अल्लाहको मित्रता नै प्रयाप्त छ, र अल्लाहको सहायता नै पर्याप्त छ ।
Surah An-Nisa, Verse 45


مِّنَ ٱلَّذِينَ هَادُواْ يُحَرِّفُونَ ٱلۡكَلِمَ عَن مَّوَاضِعِهِۦ وَيَقُولُونَ سَمِعۡنَا وَعَصَيۡنَا وَٱسۡمَعۡ غَيۡرَ مُسۡمَعٖ وَرَٰعِنَا لَيَّۢا بِأَلۡسِنَتِهِمۡ وَطَعۡنٗا فِي ٱلدِّينِۚ وَلَوۡ أَنَّهُمۡ قَالُواْ سَمِعۡنَا وَأَطَعۡنَا وَٱسۡمَعۡ وَٱنظُرۡنَا لَكَانَ خَيۡرٗا لَّهُمۡ وَأَقۡوَمَ وَلَٰكِن لَّعَنَهُمُ ٱللَّهُ بِكُفۡرِهِمۡ فَلَا يُؤۡمِنُونَ إِلَّا قَلِيلٗا

केही यहूदीहरूले (अल्लाहले भनेका) शब्दहरूलाई तिनका ठीक ठाउँबाट परिवर्तित गरिदिन्छन् र भन्दछन् कि हामीले सुन्यौ र मानेनौं र (हाम्रो) सुन ! र तिम्रो न सुनिएकै अवस्थामा । र हाम्रो ध्यान राख तर यो भन्दा आफ्नो जिब्रो बटारी धर्ममा खिसी गर्दछन् र यदि यिनीहरूले भनेको भए कि हामीले सुन्यौं र मानिहाल्यौ र तपाई सुन्नुस् र हामीलाई हेर्नुस् त यो तिनिहरूको निम्ति धेरै राम्रो र उचित पनि हुन्थ्यो । तर अल्लाह तिनीहरूको कुफ्रको कारण तिनीहरूलाई अभिशप्त गरिहालेको छ तसर्थ थोरैले मात्र आस्था राख्दछन् ।
Surah An-Nisa, Verse 46


يَـٰٓأَيُّهَا ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ ءَامِنُواْ بِمَا نَزَّلۡنَا مُصَدِّقٗا لِّمَا مَعَكُم مِّن قَبۡلِ أَن نَّطۡمِسَ وُجُوهٗا فَنَرُدَّهَا عَلَىٰٓ أَدۡبَارِهَآ أَوۡ نَلۡعَنَهُمۡ كَمَا لَعَنَّآ أَصۡحَٰبَ ٱلسَّبۡتِۚ وَكَانَ أَمۡرُ ٱللَّهِ مَفۡعُولًا

हे किताबवालाहरू हामीले जे उतारेका छौ जसले तिम्रो पासमा जो छ त्यसको पनि पुष्टि गर्दैछ, त्यसमाथि ईमान ल्याऊ । यसभन्दा अगाडि कि हामीले मानिसहरूको अनुहार बिगारी तिनलाई पिठ्युँतिर फर्काइदिऊँ अथवा तिनीहरूलाई अभिशप्त गरौं जस्तो कि शनिबारवालाहरूलाई अभिशप्त गरेका थियौ, अल्लाहले जुन कुराको आदेश दियो त्यो भएर नै रहन्छ ।
Surah An-Nisa, Verse 47


إِنَّ ٱللَّهَ لَا يَغۡفِرُ أَن يُشۡرَكَ بِهِۦ وَيَغۡفِرُ مَا دُونَ ذَٰلِكَ لِمَن يَشَآءُۚ وَمَن يُشۡرِكۡ بِٱللَّهِ فَقَدِ ٱفۡتَرَىٰٓ إِثۡمًا عَظِيمًا

निःसन्देह अल्लाह आफ्नो साझेदार बनाउनेलाई क्षमा गर्ने छैन र उस बाहेक अन्य जसलाई चाहन्छ माफ गरिदिन्छ र जसले उसँग कसैको साझेदारी ठहराउँछ, त्यसले जघन्य अपराध गर्दछ ।
Surah An-Nisa, Verse 48


أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ يُزَكُّونَ أَنفُسَهُمۚ بَلِ ٱللَّهُ يُزَكِّي مَن يَشَآءُ وَلَا يُظۡلَمُونَ فَتِيلًا

के तिमीले तिनीहरूलाई देखेनौ जसले कि आफूलाई पवित्र ठान्दछन् । बरु अल्लाहले जसलाई चाहन्छ पवित्र गर्दछ र कसैमाथि सूत बराबर पनि अन्याय हुनेछैन ।
Surah An-Nisa, Verse 49


ٱنظُرۡ كَيۡفَ يَفۡتَرُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَۖ وَكَفَىٰ بِهِۦٓ إِثۡمٗا مُّبِينًا

हेर, यिनीहरू अल्लाहमाथि कस्तो प्रकारले दोषारोपण गर्दछन् र यो क्रिया स्वयम् खुल्लारूपमा पाप हुन पर्याप्त छ ।
Surah An-Nisa, Verse 50


أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ أُوتُواْ نَصِيبٗا مِّنَ ٱلۡكِتَٰبِ يُؤۡمِنُونَ بِٱلۡجِبۡتِ وَٱلطَّـٰغُوتِ وَيَقُولُونَ لِلَّذِينَ كَفَرُواْ هَـٰٓؤُلَآءِ أَهۡدَىٰ مِنَ ٱلَّذِينَ ءَامَنُواْ سَبِيلًا

के तिमीले तिनीहरूलाई देखेनौ जसलाई किताबको केही अंश दिइएको छ ? जसले मूर्ति र शैतानलाई मान्दछन् र काफिरहरूको पक्षमा बोल्छन् कि यिनीहरू मोमिनहरूको दाँजोमा बढी सही मार्गमा छन् ।
Surah An-Nisa, Verse 51


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ لَعَنَهُمُ ٱللَّهُۖ وَمَن يَلۡعَنِ ٱللَّهُ فَلَن تَجِدَ لَهُۥ نَصِيرًا

यी तिनै मानिसहरू हुन् जसमाथि अल्लाहको अभिशाप छ । र जसलाई अल्लाह अभिशप्त गर्यो, उसको कसैलाई पनि सहायता गर्नेवाला पाउने छैनौ ।
Surah An-Nisa, Verse 52


أَمۡ لَهُمۡ نَصِيبٞ مِّنَ ٱلۡمُلۡكِ فَإِذٗا لَّا يُؤۡتُونَ ٱلنَّاسَ نَقِيرًا

के तिनीहरूको राजकाजमा केही भाग छ ? यदि त्यसो भए त तिनीहरूले कसैलाई खजूरको कोयाको खोटो जति पनि दिने छैनन् ।
Surah An-Nisa, Verse 53


أَمۡ يَحۡسُدُونَ ٱلنَّاسَ عَلَىٰ مَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦۖ فَقَدۡ ءَاتَيۡنَآ ءَالَ إِبۡرَٰهِيمَ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَءَاتَيۡنَٰهُم مُّلۡكًا عَظِيمٗا

अथवा अल्लाहले मानिसहरूलाई आफ्नो कृपाले जे प्रदान गरेको छ त्यसमाथि यिनीहरूले ईष्र्या गर्दछन्, तर हामीले इब्राहीमको वंशजलाई अघि नै किताब र बुद्धि प्रदान गरेका थियौं र ठूलो राज्यसत्ता पनि दिएका थियौं ।
Surah An-Nisa, Verse 54


فَمِنۡهُم مَّنۡ ءَامَنَ بِهِۦ وَمِنۡهُم مَّن صَدَّ عَنۡهُۚ وَكَفَىٰ بِجَهَنَّمَ سَعِيرًا

फेरि तिनीहरूमध्ये केहीले त किताबलाई माने तर केहीले इन्कार गरेर टाढा नै रहे, र तिनीहरूलाई नर्कमा जलिरहनु नै पर्याप्त छ ।
Surah An-Nisa, Verse 55


إِنَّ ٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِنَا سَوۡفَ نُصۡلِيهِمۡ نَارٗا كُلَّمَا نَضِجَتۡ جُلُودُهُم بَدَّلۡنَٰهُمۡ جُلُودًا غَيۡرَهَا لِيَذُوقُواْ ٱلۡعَذَابَۗ إِنَّ ٱللَّهَ كَانَ عَزِيزًا حَكِيمٗا

जुन मानिसहरूले हाम्रा आयतहरूलाई नकारेका छन्, तिनलाई हामीले निश्चय नै आगोमा हाल्ने छौं । जब जब तिनका छालाहरू पोलिसक्ने छन्, हामीले अर्कै छाला फेर्नेछौं जसले कि तिनीहरू सजायको स्वाद चाखिराखुन् । निःसन्देह अल्लाह सर्वशक्तिमान र बुद्धिमत्ता सम्पन्न छ ।
Surah An-Nisa, Verse 56


وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ سَنُدۡخِلُهُمۡ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ لَّهُمۡ فِيهَآ أَزۡوَٰجٞ مُّطَهَّرَةٞۖ وَنُدۡخِلُهُمۡ ظِلّٗا ظَلِيلًا

र जुन मानिसहरूले ईमान ल्याएर सत्कर्म गर्दछन्, तिनीहरूलाई हामीले चाँडै वहिश्तमा (स्वर्ग) प्रवेश गराउँछौ जसको धारामुनि नहरहरू बगिराखेका हुन्छन् । तिनीहरू त्यसमा सधैंका लागि बास पाउनेछन् । त्यहाँ तिनीहरूका लागि पवित्र स्वास्नीहरू हुनेछिन् र हामीले तिनलाई छायाकुञ्ज र शीतल छहारीमा प्रवेश दिनेछौं ।
Surah An-Nisa, Verse 57


۞إِنَّ ٱللَّهَ يَأۡمُرُكُمۡ أَن تُؤَدُّواْ ٱلۡأَمَٰنَٰتِ إِلَىٰٓ أَهۡلِهَا وَإِذَا حَكَمۡتُم بَيۡنَ ٱلنَّاسِ أَن تَحۡكُمُواْ بِٱلۡعَدۡلِۚ إِنَّ ٱللَّهَ نِعِمَّا يَعِظُكُم بِهِۦٓۗ إِنَّ ٱللَّهَ كَانَ سَمِيعَۢا بَصِيرٗا

अल्लाह तिमीलाई आदेश गर्दछ कि नासोवालाहरूलाई तिनको नासो पुर्याऊ र मानिसहरूको कुरोमा निर्णय गर्दा, न्यायपूर्ण ढंगले फैसला गर । निःसन्देह त्यो राम्रो कुरा हो जसको नसीहत (उपदेश) अल्लाहले तिमीलाई गर्दैछ । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ र सबै देख्दछ ।
Surah An-Nisa, Verse 58


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَ وَأُوْلِي ٱلۡأَمۡرِ مِنكُمۡۖ فَإِن تَنَٰزَعۡتُمۡ فِي شَيۡءٖ فَرُدُّوهُ إِلَى ٱللَّهِ وَٱلرَّسُولِ إِن كُنتُمۡ تُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ ذَٰلِكَ خَيۡرٞ وَأَحۡسَنُ تَأۡوِيلًا

हे मोमिनहरू ! अल्लाहको आदेश पालना गर र उसका रसूलका आदेशहरूको पालना गर र तिमीहरूमध्ये अधिकार भएकाहरूको । फेरि यदि तिमीहरूमा आपसी मतभेद भएको अवस्थामा, यदि तिमी अल्लाह र आखिरतको दिनमाथि ईमान राख्दछौ भने त्यस कुरालाई अल्लाह र त्यसका रसूलतिर फर्काइदेऊ यो साह्रै राम्रो कुरा हो, र यसको परिणाम पनि राम्रो हुन्छ ।
Surah An-Nisa, Verse 59


أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ يَزۡعُمُونَ أَنَّهُمۡ ءَامَنُواْ بِمَآ أُنزِلَ إِلَيۡكَ وَمَآ أُنزِلَ مِن قَبۡلِكَ يُرِيدُونَ أَن يَتَحَاكَمُوٓاْ إِلَى ٱلطَّـٰغُوتِ وَقَدۡ أُمِرُوٓاْ أَن يَكۡفُرُواْ بِهِۦۖ وَيُرِيدُ ٱلشَّيۡطَٰنُ أَن يُضِلَّهُمۡ ضَلَٰلَۢا بَعِيدٗا

के तपाईले तिनीहरूलाई देखनु भएन ? जसले दावी त गर्दछन् कि जुन (ग्रन्थहरू) तपाईलाई प्रदान गरिएको छ र जुन ग्रन्थहरू तपाईभन्दा पहिला उतारिएका थिए ती सबैमा तिनले ईमान राख्दछन् तर वास्तवमा तिनीहरूले आफ्ना विवादका कुराहरू निसाफको लागि अल्लाह बाहेक अन्यतिर लग्न चाहन्छन्, जबकि तिनलाई आदेश गरिएको थियो कि शैतानलाई विश्वास नगरुन् र शैतानले चाहन्छ कि तिनलाई सही मार्गबाट विचलित गराइहालोस् ।
Surah An-Nisa, Verse 60


وَإِذَا قِيلَ لَهُمۡ تَعَالَوۡاْ إِلَىٰ مَآ أَنزَلَ ٱللَّهُ وَإِلَى ٱلرَّسُولِ رَأَيۡتَ ٱلۡمُنَٰفِقِينَ يَصُدُّونَ عَنكَ صُدُودٗا

र जब तिनीहरूलाई भन्निछ कि अल्लाहले जे आदेश गरेको छ त्यतातिर र पैगम्बर (स.) तिर लाग, त तिमीले देख्नेछौ कि मुनाफिकहरूले (कपटीहरुले) आफ्ना मुख फर्काई अर्कैतिर लाग्दछन् ।
Surah An-Nisa, Verse 61


فَكَيۡفَ إِذَآ أَصَٰبَتۡهُم مُّصِيبَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ ثُمَّ جَآءُوكَ يَحۡلِفُونَ بِٱللَّهِ إِنۡ أَرَدۡنَآ إِلَّآ إِحۡسَٰنٗا وَتَوۡفِيقًا

तसर्थ यो कस्तो कुरा हो कि तिनीहरूमाथि कुनै प्रकारको विपत्ति आइपरे पछि तिनीहरूले तपाई समक्ष आएर अल्लाहको शपथ खान्छन् कि हाम्रो उद्देश्य त सौहार्द र सम्झौता बाहेक अरु केही थिएन ।
Surah An-Nisa, Verse 62


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ يَعۡلَمُ ٱللَّهُ مَا فِي قُلُوبِهِمۡ فَأَعۡرِضۡ عَنۡهُمۡ وَعِظۡهُمۡ وَقُل لَّهُمۡ فِيٓ أَنفُسِهِمۡ قَوۡلَۢا بَلِيغٗا

यी ती मानिस हुन् कि तिनका हृदयहरूमा जे जति छ, त्यो सबै अल्लाह राम्ररी जान्दछ । तपाईले तिनीहरूलाई नदेखे जस्तो गर्नुस् र तिनलाई नसीहत दिदै गर्नुस् र यस्ता कुरा भन्नुस् जसले कि तिनका हृदयमा प्रभाव पारोस् ।
Surah An-Nisa, Verse 63


وَمَآ أَرۡسَلۡنَا مِن رَّسُولٍ إِلَّا لِيُطَاعَ بِإِذۡنِ ٱللَّهِۚ وَلَوۡ أَنَّهُمۡ إِذ ظَّلَمُوٓاْ أَنفُسَهُمۡ جَآءُوكَ فَٱسۡتَغۡفَرُواْ ٱللَّهَ وَٱسۡتَغۡفَرَ لَهُمُ ٱلرَّسُولُ لَوَجَدُواْ ٱللَّهَ تَوَّابٗا رَّحِيمٗا

हामीले प्रत्येक सन्देष्टालाई यसकारण पठायौं कि अल्लाहको आज्ञा अनुसार उसको आज्ञापालन गरियोस् । तिनीहरूले जब आफूप्रति नै अन्याय गरिरहेका थिए, तपाईतिर आएर पश्चाताप गरेको भए र अल्लाहसँग क्षमायाचना गरेको भए र रसूलले पनि तिनीहरूको निम्ति माफीको याचना गरेको भए, अल्लाहलाई क्षमादाता र अत्यन्त दयालु पाउने थिए ।
Surah An-Nisa, Verse 64


فَلَا وَرَبِّكَ لَا يُؤۡمِنُونَ حَتَّىٰ يُحَكِّمُوكَ فِيمَا شَجَرَ بَيۡنَهُمۡ ثُمَّ لَا يَجِدُواْ فِيٓ أَنفُسِهِمۡ حَرَجٗا مِّمَّا قَضَيۡتَ وَيُسَلِّمُواْ تَسۡلِيمٗا

यसर्थ तिम्रो रबको शपथ लिन्छु कि, यिनीहरू जबसम्म आफ्ना सम्पूर्ण विवादमा तपाईलाई इन्साफकर्ता स्वीकार गर्दैनन् र तपाईले गरेको निर्णयप्रति हृदयमा कुनै संकुचित विचार नराखी प्रसन्नतापूर्वक त्यसलाई अंगीकार गर्दैनन्, तबसम्म मोमिन (आस्थावान) हुन सक्दैनन् ।
Surah An-Nisa, Verse 65


وَلَوۡ أَنَّا كَتَبۡنَا عَلَيۡهِمۡ أَنِ ٱقۡتُلُوٓاْ أَنفُسَكُمۡ أَوِ ٱخۡرُجُواْ مِن دِيَٰرِكُم مَّا فَعَلُوهُ إِلَّا قَلِيلٞ مِّنۡهُمۡۖ وَلَوۡ أَنَّهُمۡ فَعَلُواْ مَا يُوعَظُونَ بِهِۦ لَكَانَ خَيۡرٗا لَّهُمۡ وَأَشَدَّ تَثۡبِيتٗا

र यदि हामीले तिनीहरूलाई आफ्नो जीवनको बलि दिन अथवा आफ्नो घर छोड्न आदेश दिएको भए तिनीहरूमध्ये केहीले मात्र त्यस्तो गर्ने थिए । तर यदि तिनीहरूले त्यो आदेश जुनकि तिनीहरूलाई दिइएको थियो पालन गरेको भए तिनीहरूको निम्ति यही सर्वोत्तम हुने थियो र तिनीहरूको लागि धेरै धेरै सघाउ पुग्ने थियो ।
Surah An-Nisa, Verse 66


وَإِذٗا لَّأٓتَيۡنَٰهُم مِّن لَّدُنَّآ أَجۡرًا عَظِيمٗا

र तब त हामीले आफ्नो तर्फबाट तिनीहरूलाई ठूलो पुरस्कार दिने थियौं ।
Surah An-Nisa, Verse 67


وَلَهَدَيۡنَٰهُمۡ صِرَٰطٗا مُّسۡتَقِيمٗا

र निःसन्देह सही बाटो पनि देखाउने थियौं ।
Surah An-Nisa, Verse 68


وَمَن يُطِعِ ٱللَّهَ وَٱلرَّسُولَ فَأُوْلَـٰٓئِكَ مَعَ ٱلَّذِينَ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِم مِّنَ ٱلنَّبِيِّـۧنَ وَٱلصِّدِّيقِينَ وَٱلشُّهَدَآءِ وَٱلصَّـٰلِحِينَۚ وَحَسُنَ أُوْلَـٰٓئِكَ رَفِيقٗا

जुन मानिसहरू अल्लाह र उसको रसूल(स.)को आज्ञापालन गर्दछन्, तिनीहरू ती मानिसहरूको साथमा हुनेछन् जसलाई कि अल्लाहले पुरस्कृत गरेको छ । उदाहरणको लागि नबी र सत्यनिष्ठ र शहीद र सत्यकर्मीहरू । यिनीहरू सर्वोत्तम साथी हुन् ।
Surah An-Nisa, Verse 69


ذَٰلِكَ ٱلۡفَضۡلُ مِنَ ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ عَلِيمٗا

यो अल्लाहको दानशीलता हो ! र यो पर्याप्त छ कि अल्लाह सबै कुराको ज्ञाता छ ।
Surah An-Nisa, Verse 70


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ خُذُواْ حِذۡرَكُمۡ فَٱنفِرُواْ ثُبَاتٍ أَوِ ٱنفِرُواْ جَمِيعٗا

हे मोमिनहरू ! आफ्नो रक्षाको साधन लिइहाल, अनि त्यसपछि समूह–समूहमा प्रस्थान गर अथवा सबै एकै साथमा निस्किहाल ।
Surah An-Nisa, Verse 71


وَإِنَّ مِنكُمۡ لَمَن لَّيُبَطِّئَنَّ فَإِنۡ أَصَٰبَتۡكُم مُّصِيبَةٞ قَالَ قَدۡ أَنۡعَمَ ٱللَّهُ عَلَيَّ إِذۡ لَمۡ أَكُن مَّعَهُمۡ شَهِيدٗا

र निश्चयनै तिमीमध्ये कोही यस्तो पनि छ जो जाउँ कि नजाउँ जस्तो गर्दछ, फेरि यदि तिमीमाथि कुनै कष्ट आइपर्दछ भने भन्दछ कि अल्लाहले ममाथि ठूलो कृपा गरेको छ कि म तिनीहरूको साथमा उपस्थित थिएन ।
Surah An-Nisa, Verse 72


وَلَئِنۡ أَصَٰبَكُمۡ فَضۡلٞ مِّنَ ٱللَّهِ لَيَقُولَنَّ كَأَن لَّمۡ تَكُنۢ بَيۡنَكُمۡ وَبَيۡنَهُۥ مَوَدَّةٞ يَٰلَيۡتَنِي كُنتُ مَعَهُمۡ فَأَفُوزَ فَوۡزًا عَظِيمٗا

र यदि अल्लाह तिमीमाथि कृपा गर्दछ भने यस्तो भन्दछ कि उनको र तिम्रो कुनै मित्रता नै थिएन, पश्चाताप गर्दै भन्दछ कि यदि म पनि तिनीहरूको साथमा गएको भए ठूलो सफलता प्राप्त हुने थियो ।
Surah An-Nisa, Verse 73


۞فَلۡيُقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِ ٱلَّذِينَ يَشۡرُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا بِٱلۡأٓخِرَةِۚ وَمَن يُقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِ فَيُقۡتَلۡ أَوۡ يَغۡلِبۡ فَسَوۡفَ نُؤۡتِيهِ أَجۡرًا عَظِيمٗا

तसर्थ जसले संसारिक जीवनलाई आखिरतको जीवनका लागि बेचेका छन्, तिनीहरूलाई आवश्यक छ कि अल्लाहको मार्गमा युद्ध गरुन् र जो मानिस अल्लाहको मार्गमा युद्ध गर्दै शहीद हुन्छ अथवा विजयी हुन्छ निश्चय नै हामीले उसलाई बहुमूल्य पुरस्कार प्रदान गर्नेछौं ।
Surah An-Nisa, Verse 74


وَمَا لَكُمۡ لَا تُقَٰتِلُونَ فِي سَبِيلِ ٱللَّهِ وَٱلۡمُسۡتَضۡعَفِينَ مِنَ ٱلرِّجَالِ وَٱلنِّسَآءِ وَٱلۡوِلۡدَٰنِ ٱلَّذِينَ يَقُولُونَ رَبَّنَآ أَخۡرِجۡنَا مِنۡ هَٰذِهِ ٱلۡقَرۡيَةِ ٱلظَّالِمِ أَهۡلُهَا وَٱجۡعَل لَّنَا مِن لَّدُنكَ وَلِيّٗا وَٱجۡعَل لَّنَا مِن لَّدُنكَ نَصِيرًا

आखिर के कारण छ कि अल्लाहको मार्गमा, ती निःसहाय लोग्ने मानिसहरू, र स्वास्नी मानिसहरू र बच्चाहरू मुक्त गराउनका लागि तिमी युद्ध गर्दैनौ ? जसले प्रार्थना गर्ने गर्दछन् कि हे रब ! हामीलाई अत्याचारीहरूको शहरबाट निकालिहाल र हाम्रो निम्ति आफ्ना विशेष रक्षक नियुक्त गर र हाम्रो निम्ति खास आफ्नैतर्फबाट सहयोगी बनाइदेऊ ।
Surah An-Nisa, Verse 75


ٱلَّذِينَ ءَامَنُواْ يُقَٰتِلُونَ فِي سَبِيلِ ٱللَّهِۖ وَٱلَّذِينَ كَفَرُواْ يُقَٰتِلُونَ فِي سَبِيلِ ٱلطَّـٰغُوتِ فَقَٰتِلُوٓاْ أَوۡلِيَآءَ ٱلشَّيۡطَٰنِۖ إِنَّ كَيۡدَ ٱلشَّيۡطَٰنِ كَانَ ضَعِيفًا

जुन मानिसहरूले ईमान ल्याएका छन् तिनीहरूले अल्लाहको मार्गमा युद्ध गर्दछन् र जो काफिर छन् तिनीहरूले अल्लाह बाहेक अरुको मार्गमा युद्ध गर्दछन् । तसर्थ तिमीहरू शैतानका सहयोगीहरूको विरुद्ध युद्ध गर, विश्वास गर कि शैतानको षड्यन्त्र अति कमजोर छ ।
Surah An-Nisa, Verse 76


أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ قِيلَ لَهُمۡ كُفُّوٓاْ أَيۡدِيَكُمۡ وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ فَلَمَّا كُتِبَ عَلَيۡهِمُ ٱلۡقِتَالُ إِذَا فَرِيقٞ مِّنۡهُمۡ يَخۡشَوۡنَ ٱلنَّاسَ كَخَشۡيَةِ ٱللَّهِ أَوۡ أَشَدَّ خَشۡيَةٗۚ وَقَالُواْ رَبَّنَا لِمَ كَتَبۡتَ عَلَيۡنَا ٱلۡقِتَالَ لَوۡلَآ أَخَّرۡتَنَآ إِلَىٰٓ أَجَلٖ قَرِيبٖۗ قُلۡ مَتَٰعُ ٱلدُّنۡيَا قَلِيلٞ وَٱلۡأٓخِرَةُ خَيۡرٞ لِّمَنِ ٱتَّقَىٰ وَلَا تُظۡلَمُونَ فَتِيلًا

के तिमीले तिनीहरूलाई देखेनौ जसलाई आदेश भएको थियो कि आफ्ना हात धर्मयुद्धबाट रोक र नमाज पढ्दै र जकात दिंदै गर । पछि जब धर्मयुद्ध गर्ने आदेश जारी गरियो त तिनीहरूमध्ये एउटा समूह मानिसहरूसंग यस्तो तर्सन थाले जस्तो कि अल्लाहको डर हो बरु त्यसभन्दा पनि बढ्ता र भन्न थाले कि हे हाम्रो अल्लाह तिमीले हामीमाथि जिहाद किन अनिवार्य गरिहाल्यौ ? केही समय अझै हामीलाई हाम्रो जीवन जिउन किन दिएनौ ? (हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि संसारको लाभ बहुतै कम छ र परहेजगारको निम्ति त सबभन्दा राम्रो कुरा आखिरत नै हो र तिमीमाथि एउटा धागो जतिको पनि अन्याय गरिने छैन ।
Surah An-Nisa, Verse 77


أَيۡنَمَا تَكُونُواْ يُدۡرِككُّمُ ٱلۡمَوۡتُ وَلَوۡ كُنتُمۡ فِي بُرُوجٖ مُّشَيَّدَةٖۗ وَإِن تُصِبۡهُمۡ حَسَنَةٞ يَقُولُواْ هَٰذِهِۦ مِنۡ عِندِ ٱللَّهِۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةٞ يَقُولُواْ هَٰذِهِۦ مِنۡ عِندِكَۚ قُلۡ كُلّٞ مِّنۡ عِندِ ٱللَّهِۖ فَمَالِ هَـٰٓؤُلَآءِ ٱلۡقَوۡمِ لَا يَكَادُونَ يَفۡقَهُونَ حَدِيثٗا

तिमी जुन ठाउँमा भए पनि मृत्यु आएर तिमीलाई समातिहाल्छ, चाहे तिमी बलियो किल्लामा नै किन नबस । यदि तिनीहरूलाई कुनै फाइदाजनक कुरा प्राप्त हुन्छ भने भन्दछन् कि यो अल्लाहको तर्फबाट हो र यदि कुनै कष्ट पुग्दछ भने पुकारीहाल्छन् कि यो तिम्रो कारणले हो । भनिदेऊ कि सबै अल्लाहको तर्फबाट नै हो, यिनीहरूलाई के भएको छ कि कुनै कुरा बुझ्ने नजिक पनि छैनन् ।
Surah An-Nisa, Verse 78


مَّآ أَصَابَكَ مِنۡ حَسَنَةٖ فَمِنَ ٱللَّهِۖ وَمَآ أَصَابَكَ مِن سَيِّئَةٖ فَمِن نَّفۡسِكَۚ وَأَرۡسَلۡنَٰكَ لِلنَّاسِ رَسُولٗاۚ وَكَفَىٰ بِٱللَّهِ شَهِيدٗا

तिमीलाई जुन भलाई प्राप्त हुन्छ, त्यो अल्लाहबाटै हो र जे नराम्रो हुन्छ त्यो तिम्रै आफ्नै कारणले आउँछ । हामीले तपाईलाई सबै मानिसहरूसम्म सन्देश पुर्याउनका लागि पैगम्बरको रूपमा पठाएका छौं र (यस कुराको) साक्षी अल्लाह नै पर्याप्त छ ।
Surah An-Nisa, Verse 79


مَّن يُطِعِ ٱلرَّسُولَ فَقَدۡ أَطَاعَ ٱللَّهَۖ وَمَن تَوَلَّىٰ فَمَآ أَرۡسَلۡنَٰكَ عَلَيۡهِمۡ حَفِيظٗا

जुन मानिसले रसूल(स.)को आज्ञापालन गर्दछ, उसैले अल्लाहको आज्ञापालन गरे सरह मानिन्छ र जसले आज्ञा उल्लंघन गर्दछन् र विमुख हुन्छन् हे पैगम्बर(स.) ! तपाईलाई यिनीहरूमाथि रक्षक बनाई पठाइएको छैन ।
Surah An-Nisa, Verse 80


وَيَقُولُونَ طَاعَةٞ فَإِذَا بَرَزُواْ مِنۡ عِندِكَ بَيَّتَ طَآئِفَةٞ مِّنۡهُمۡ غَيۡرَ ٱلَّذِي تَقُولُۖ وَٱللَّهُ يَكۡتُبُ مَا يُبَيِّتُونَۖ فَأَعۡرِضۡ عَنۡهُمۡ وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلًا

यी मानिसहरू मुखले त भन्दछन् कि (तपाईको) आज्ञाकारी हौं, तर तपाईबाट अलग भएर गइसकेपछि तिनीहरूमध्ये एक समूहले रातिमा तपाईको कुराको विरोधमा सरसल्लाह गर्दछन् । र अल्लाहले उनीहरूको रातीका कुराहरू लेखिराखेको छ । तसर्थ यिनीहरूको वास्ता नगर्नुस् र अल्लाहमाथि भरोसा गर्नुस् र अल्लाह नै सबै काम पुरा गर्न सक्षम छ ।
Surah An-Nisa, Verse 81


أَفَلَا يَتَدَبَّرُونَ ٱلۡقُرۡءَانَۚ وَلَوۡ كَانَ مِنۡ عِندِ غَيۡرِ ٱللَّهِ لَوَجَدُواْ فِيهِ ٱخۡتِلَٰفٗا كَثِيرٗا

के यिनीहरू कुरआनमा चिन्तन–मनन् गर्दैनन् ? यदि यो अल्लाह बाहेक अरु कसैको तर्फबाट भएको भए त्यसमा निःसन्देह (धेरै) विरोधाभाषपूर्ण कुराहरू पाउने थिए ।
Surah An-Nisa, Verse 82


وَإِذَا جَآءَهُمۡ أَمۡرٞ مِّنَ ٱلۡأَمۡنِ أَوِ ٱلۡخَوۡفِ أَذَاعُواْ بِهِۦۖ وَلَوۡ رَدُّوهُ إِلَى ٱلرَّسُولِ وَإِلَىٰٓ أُوْلِي ٱلۡأَمۡرِ مِنۡهُمۡ لَعَلِمَهُ ٱلَّذِينَ يَسۡتَنۢبِطُونَهُۥ مِنۡهُمۡۗ وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ لَٱتَّبَعۡتُمُ ٱلشَّيۡطَٰنَ إِلَّا قَلِيلٗا

जब तिनीहरूकहाँ अमन वा भयको कुनै समाचार आउँछ भने त्यसलाई प्रसारित गर्न थाल्छन् जब कि त्यो समाचारलाई पैगम्बर (स.) र आफ्ना बुद्धिजीविहरूकहाँ सुम्पेको भए त उनीहरूले परिाणाम निकालिएको कुराको तथ्य थाहा पाउँदथे । र यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए त केही बाहेक सबै शैतानका अनुयायी हुने थिए ।
Surah An-Nisa, Verse 83


فَقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِ لَا تُكَلَّفُ إِلَّا نَفۡسَكَۚ وَحَرِّضِ ٱلۡمُؤۡمِنِينَۖ عَسَى ٱللَّهُ أَن يَكُفَّ بَأۡسَ ٱلَّذِينَ كَفَرُواْۚ وَٱللَّهُ أَشَدُّ بَأۡسٗا وَأَشَدُّ تَنكِيلٗا

तसर्थ (हे मुहम्मद स. !) तपाई अल्लाहको मार्गमा धर्मयुद्ध गर्नुस् । तपाई उपर आफू बाहेक अरु कसैको जिम्मेवारी छैन र मोमिनहरूलाई पनि प्रोत्साहित गर्ने गर्नु । सम्भव छ कि निकट भविष्यमै अल्लाहले काफिरहरूको युद्ध रोकिदेओस् र अल्लाह सर्वशक्ति सम्पन्न र कठोर सजाय दिनेवाला छ ।
Surah An-Nisa, Verse 84


مَّن يَشۡفَعۡ شَفَٰعَةً حَسَنَةٗ يَكُن لَّهُۥ نَصِيبٞ مِّنۡهَاۖ وَمَن يَشۡفَعۡ شَفَٰعَةٗ سَيِّئَةٗ يَكُن لَّهُۥ كِفۡلٞ مِّنۡهَاۗ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ مُّقِيتٗا

जुन व्यक्तिले असल कामको लागि सिफारिश गर्दछ, उसले पनि त्यसबाट केही भाग प्राप्त गर्नेछ र जसले नराम्रो कुराको सिफारिश गर्नेछ उसले त्यसको केही अंश पाउनु पर्नेछ । र अल्लाह प्रत्येक कुरोमाथि सर्वशक्ति सम्पन्न छ ।
Surah An-Nisa, Verse 85


وَإِذَا حُيِّيتُم بِتَحِيَّةٖ فَحَيُّواْ بِأَحۡسَنَ مِنۡهَآ أَوۡ رُدُّوهَآۗ إِنَّ ٱللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيۡءٍ حَسِيبًا

र जब कुनै व्यक्तिले तिमीलाई सलाम गरोस् त तिमीले पनि त्योभन्दा राम्रो शब्दमा जवाफ देऊ वा तिनै शब्दमा सलाम फर्काऊ । निःसन्देह अल्लाह सबै हिसाब गर्नेवाला छ ।
Surah An-Nisa, Verse 86


ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۚ لَيَجۡمَعَنَّكُمۡ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ لَا رَيۡبَ فِيهِۗ وَمَنۡ أَصۡدَقُ مِنَ ٱللَّهِ حَدِيثٗا

अल्लाह त्यो वास्तविक रब हो जस बाहेक अरु कोही पूजा योग्य छैन । उसले निःसन्देह कियामतको दिन तिमी सबैलाई एकत्रित गर्नेछ जसको आउनुमा कुनै शंका छैन । र अल्लाहभन्दा बढी सच्चा को छ
Surah An-Nisa, Verse 87


۞فَمَا لَكُمۡ فِي ٱلۡمُنَٰفِقِينَ فِئَتَيۡنِ وَٱللَّهُ أَرۡكَسَهُم بِمَا كَسَبُوٓاْۚ أَتُرِيدُونَ أَن تَهۡدُواْ مَنۡ أَضَلَّ ٱللَّهُۖ وَمَن يُضۡلِلِ ٱللَّهُ فَلَن تَجِدَ لَهُۥ سَبِيلٗا

तिमीहरूलाई के भएको छ कि तिमी मुनाफिकहरूको सम्बन्धमा दुई समूहमा विभाजित भइरहेका छौ । अल्लाहले तिनीहरूलाई तिनकै क्रियाकलापले गर्दा तिरस्कृत गरिहालेको छ । के तिमीहरूले अब यो योजना बनाउँदैछौ कि जसलाई अल्लाहले वास्तविक बाटोबाट टाढा फ्याँकिसकेको छ उसलाई तिमीहरूले सही बाटोमा ल्याउने छौ ? जसलाई अल्लाहले मार्गभ्रष्ट गरिसक्यो त्यसलाई तिमीले कहिल्यै सही बाटोमा ल्याउन सक्दैनौ ।
Surah An-Nisa, Verse 88


وَدُّواْ لَوۡ تَكۡفُرُونَ كَمَا كَفَرُواْ فَتَكُونُونَ سَوَآءٗۖ فَلَا تَتَّخِذُواْ مِنۡهُمۡ أَوۡلِيَآءَ حَتَّىٰ يُهَاجِرُواْ فِي سَبِيلِ ٱللَّهِۚ فَإِن تَوَلَّوۡاْ فَخُذُوهُمۡ وَٱقۡتُلُوهُمۡ حَيۡثُ وَجَدتُّمُوهُمۡۖ وَلَا تَتَّخِذُواْ مِنۡهُمۡ وَلِيّٗا وَلَا نَصِيرًا

तिनीहरूले त यो चाहन्छन् कि जुन प्रकारले तिनीहरू आफै काफिर छन्, त्यस्तै तिमी पनि अवज्ञाकारी भई सबै एकनास भइहाल, तसर्थ जबसम्म अल्लाहको मार्गमा यिनीहरू प्रवास (हिजरत) गर्दैनन तबसम्म तिनीहरूमध्ये कसैलाई वास्तविक मित्र नबनाउनु । फेरि विरोधी भएपछि जहाँ फेला पर्छन्, समातेर मारिहाल र तिनीहरूमध्ये कसैलाई आफ्नो हितैषी र साथी नबनाऊ ।
Surah An-Nisa, Verse 89


إِلَّا ٱلَّذِينَ يَصِلُونَ إِلَىٰ قَوۡمِۭ بَيۡنَكُمۡ وَبَيۡنَهُم مِّيثَٰقٌ أَوۡ جَآءُوكُمۡ حَصِرَتۡ صُدُورُهُمۡ أَن يُقَٰتِلُوكُمۡ أَوۡ يُقَٰتِلُواْ قَوۡمَهُمۡۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَسَلَّطَهُمۡ عَلَيۡكُمۡ فَلَقَٰتَلُوكُمۡۚ فَإِنِ ٱعۡتَزَلُوكُمۡ فَلَمۡ يُقَٰتِلُوكُمۡ وَأَلۡقَوۡاْ إِلَيۡكُمُ ٱلسَّلَمَ فَمَا جَعَلَ ٱللَّهُ لَكُمۡ عَلَيۡهِمۡ سَبِيلٗا

तर ती मानिसहरू बाहेक जसले कि यस्तो समूहसँग जसको र तिम्रो बीचमा सम्झौता भइसकेको छ, अथवा तिनिहरू तिमीनिर यसरी आएका छन् कि तिनीहरूका हृदय तिमीसँग अथवा आफ्नो समूहसँग युद्ध गर्न सक्दैनन् र यदि अल्लाहले चाहेको भए तिनीहरूले तिमीमाथि वर्चस्व राख्न सक्दथे र तिनीहरूले अवश्य नै युद्ध गर्दथे । तसर्थ यदि तिनीहरूले तिमीसँग युद्ध गर्नुबाट पन्छिन्छन् र तिमीकहाँ (शान्ति) सम्झौताको सन्देश पठाउँछन् भने अल्लाहले तिम्रो निम्ति तिनीहरूसँग युद्ध गर्न कुनै बाटो खोलेको छैन ।
Surah An-Nisa, Verse 90


سَتَجِدُونَ ءَاخَرِينَ يُرِيدُونَ أَن يَأۡمَنُوكُمۡ وَيَأۡمَنُواْ قَوۡمَهُمۡ كُلَّ مَا رُدُّوٓاْ إِلَى ٱلۡفِتۡنَةِ أُرۡكِسُواْ فِيهَاۚ فَإِن لَّمۡ يَعۡتَزِلُوكُمۡ وَيُلۡقُوٓاْ إِلَيۡكُمُ ٱلسَّلَمَ وَيَكُفُّوٓاْ أَيۡدِيَهُمۡ فَخُذُوهُمۡ وَٱقۡتُلُوهُمۡ حَيۡثُ ثَقِفۡتُمُوهُمۡۚ وَأُوْلَـٰٓئِكُمۡ جَعَلۡنَا لَكُمۡ عَلَيۡهِمۡ سُلۡطَٰنٗا مُّبِينٗا

तिमीले केही अन्य यस्ता मानिसहरू पनि पाउने छौ जो चाहन्छन् कि तिमीसित पनि शान्तिपूर्वक रहुन् र आफ्नो कौममा (जातिमा) पनि सुरक्षित रहुन् तर जब दंगा फसाद उत्पन्न गर्न बोलाइन्छन् त त्यसमा आकृष्ट भई सक्रिय भइहाल्छन् । तसर्थ यस्ता मानिसहहरू यदि तिमीसित संयम नअपनाई तिमीतिर शान्तिका लागि संवाद गर्दैनन् र आफ्ना हातलाई रोक्दैनन् भने जहाँ पाए पनि तिनलाई समातेर मार । यी तिनै हुन् जसमाथि हामीले तिम्रो अधिपत्य (वर्चस्व) निश्चित गरेका छौं ।
Surah An-Nisa, Verse 91


وَمَا كَانَ لِمُؤۡمِنٍ أَن يَقۡتُلَ مُؤۡمِنًا إِلَّا خَطَـٔٗاۚ وَمَن قَتَلَ مُؤۡمِنًا خَطَـٔٗا فَتَحۡرِيرُ رَقَبَةٖ مُّؤۡمِنَةٖ وَدِيَةٞ مُّسَلَّمَةٌ إِلَىٰٓ أَهۡلِهِۦٓ إِلَّآ أَن يَصَّدَّقُواْۚ فَإِن كَانَ مِن قَوۡمٍ عَدُوّٖ لَّكُمۡ وَهُوَ مُؤۡمِنٞ فَتَحۡرِيرُ رَقَبَةٖ مُّؤۡمِنَةٖۖ وَإِن كَانَ مِن قَوۡمِۭ بَيۡنَكُمۡ وَبَيۡنَهُم مِّيثَٰقٞ فَدِيَةٞ مُّسَلَّمَةٌ إِلَىٰٓ أَهۡلِهِۦ وَتَحۡرِيرُ رَقَبَةٖ مُّؤۡمِنَةٖۖ فَمَن لَّمۡ يَجِدۡ فَصِيَامُ شَهۡرَيۡنِ مُتَتَابِعَيۡنِ تَوۡبَةٗ مِّنَ ٱللَّهِۗ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا

कुनै मोमिनले अर्को मोमिनलाई मार्नु कुनै अवस्थामा पनि उचित छैन, तर गल्तीबाट मारिहालेको छ भने अर्को कुरा हो र कसैले भूलबाट मार्दछ भने अल्लाहको आदेश छ कि त्यसले एउटा मुसलमान दासलाई मुक्त गरोस् र साथै मृतकका उत्तराधिकारीहरूलाई रगत बगाए बापतको क्षतिपूर्ति रकम दिइयोस् । तर हो, यदि तिनीहरूले माफ गरिदिन्छन् भने यो उनीहरूको आफ्नो इच्छाको कुरो हो । यदि मारिएको मानिस तिम्रा शत्रुको समूहको छ र त्यो स्वयं मोमिन छ भने एउटा मुसलमान गुलामलाई मुक्त गर्नुपर्दछ र यदि मारिएको व्यक्ति यस्ता मानिसहरूमध्येको छ जोसँग तिम्रो कुनै मैत्रि सन्धि छ भने उसको उत्तराधिकारीहरूलाई रगतको क्षतिपूर्ति रकमका साथै एउटा मुसलमान दासलाई मुक्त गर्नुपर्छ । अतः जसलाई साधन र क्षमता छैन, तिनीहरूले अनिवार्यरूपले दुई महिनाको व्रत बस्नु पर्छ । यो पश्चाताप अल्लाहबाट माफी पाउनका लागि हो र अल्लाह सर्वज्ञानी र बडो बुद्धिमत्ता सम्पन्न छ ।
Surah An-Nisa, Verse 92


وَمَن يَقۡتُلۡ مُؤۡمِنٗا مُّتَعَمِّدٗا فَجَزَآؤُهُۥ جَهَنَّمُ خَٰلِدٗا فِيهَا وَغَضِبَ ٱللَّهُ عَلَيۡهِ وَلَعَنَهُۥ وَأَعَدَّ لَهُۥ عَذَابًا عَظِيمٗا

यदि कुनै मानिस जानी बुझिकन कुनै मुसलमानलाई मारिदिन्छ भने उसको सजाय नर्क हो । जहाँ ऊ सधैं बास पाउने छ र अल्लाहको क्रोध र अभिशापको पात्र हुनेछ र यस्तो मानिसको लागि उसले कठोर सजाय तयार राखेको छ ।
Surah An-Nisa, Verse 93


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا ضَرَبۡتُمۡ فِي سَبِيلِ ٱللَّهِ فَتَبَيَّنُواْ وَلَا تَقُولُواْ لِمَنۡ أَلۡقَىٰٓ إِلَيۡكُمُ ٱلسَّلَٰمَ لَسۡتَ مُؤۡمِنٗا تَبۡتَغُونَ عَرَضَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا فَعِندَ ٱللَّهِ مَغَانِمُ كَثِيرَةٞۚ كَذَٰلِكَ كُنتُم مِّن قَبۡلُ فَمَنَّ ٱللَّهُ عَلَيۡكُمۡ فَتَبَيَّنُوٓاْۚ إِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا

हे मोमिनहरू ! जब तिमी अल्लाहको मार्गमा (जिहादको लागि) जान्छौ त बडो छानविनले काम गर्ने गर र जुन मानिसले तिमीसित अस्सालमुअलैकुम भन्दछ उसलाई तिमी मोमिन होइनौ भनि नभन । र, जसबाट तिम्रो उद्देश्य सांसारिक लाभ प्राप्त गर्नु छ भने अल्लाहसित यस्ता फाइदाका सामग्रीहरू थुप्रै छन् । तिमी पनि त पहिला यस्तै थियौ र पछि अल्लाहले तिमीमाथि आफ्नो कृपा गर्याे । तसर्थ तिमी राम्ररी छानबिन गर्ने गर । निःसन्देह जुन कर्महरू तिमीले गर्दछौ, सबै अल्लाहलाई थाहा छ ।
Surah An-Nisa, Verse 94


لَّا يَسۡتَوِي ٱلۡقَٰعِدُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ غَيۡرُ أُوْلِي ٱلضَّرَرِ وَٱلۡمُجَٰهِدُونَ فِي سَبِيلِ ٱللَّهِ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡۚ فَضَّلَ ٱللَّهُ ٱلۡمُجَٰهِدِينَ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ عَلَى ٱلۡقَٰعِدِينَ دَرَجَةٗۚ وَكُلّٗا وَعَدَ ٱللَّهُ ٱلۡحُسۡنَىٰۚ وَفَضَّلَ ٱللَّهُ ٱلۡمُجَٰهِدِينَ عَلَى ٱلۡقَٰعِدِينَ أَجۡرًا عَظِيمٗا

अल्लाहको मार्गमा आफ्ना सम्पत्ति र ज्यानले युद्ध गर्ने मोमिन र बिना उचित कारण बसिरहने मोमिन एक समान हुन सक्दैनन् । अल्लाहले, आफ्ना ज्यान र मालसित युद्ध गर्ने मोमिनलाई त्यसै बसिराख्ने माथि धेरै श्रेष्ठता प्रदान गरेको छ, यद्यपि अल्लाहले सबै मोमिनलाई राम्रो स्थानको वचन दिएको छ तर ठूलो पुरस्कारको दृष्टिकोणले अल्लाहले जिहाद गर्नेहरूलाई, बसिराख्नेमाथि महानता प्रदान गरेको छ ।
Surah An-Nisa, Verse 95


دَرَجَٰتٖ مِّنۡهُ وَمَغۡفِرَةٗ وَرَحۡمَةٗۚ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمًا

(अर्थात) आफ्नो तर्फबाट प्रदान गरिएका दर्जा पनि, पुरस्कार पनि र कृपा पनि छ र अल्लाह क्षमादाता दयालु छ ।
Surah An-Nisa, Verse 96


إِنَّ ٱلَّذِينَ تَوَفَّىٰهُمُ ٱلۡمَلَـٰٓئِكَةُ ظَالِمِيٓ أَنفُسِهِمۡ قَالُواْ فِيمَ كُنتُمۡۖ قَالُواْ كُنَّا مُسۡتَضۡعَفِينَ فِي ٱلۡأَرۡضِۚ قَالُوٓاْ أَلَمۡ تَكُنۡ أَرۡضُ ٱللَّهِ وَٰسِعَةٗ فَتُهَاجِرُواْ فِيهَاۚ فَأُوْلَـٰٓئِكَ مَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَسَآءَتۡ مَصِيرًا

जुन मानिस आफूमाथि अत्याचार गर्नेवाला छन्, जब तिनका प्राण निकाल्ने बेलामा फरिश्ताहरूले सोध्छन् तिमी कुन अवस्थामा थियौ त भन्दछन् कि हामी आफ्नो ठाउँमा कमजोर र असहाय अवस्थामा थियौं । (अनि) फरिश्ताहरूले सोध्छन् कि त्यहाँबाट बसाई सर्न के अल्लाहको धरती फराकिलो थिएन ? त्यस्ता मानिसहरूको बासस्थान नर्क हुनेछ, र त्यो जानु पर्ने अति नराम्रो ठाउँ हो ।
Surah An-Nisa, Verse 97


إِلَّا ٱلۡمُسۡتَضۡعَفِينَ مِنَ ٱلرِّجَالِ وَٱلنِّسَآءِ وَٱلۡوِلۡدَٰنِ لَا يَسۡتَطِيعُونَ حِيلَةٗ وَلَا يَهۡتَدُونَ سَبِيلٗا

तर ती पुरुष, र स्त्री र केटाकेटीहरू बाहेक जो साँच्चै कमजोर र अशक्त छन्, जोसँग न त कुनै साधन छ, न त कुनै जाने बाटोको ज्ञान ।
Surah An-Nisa, Verse 98


فَأُوْلَـٰٓئِكَ عَسَى ٱللَّهُ أَن يَعۡفُوَ عَنۡهُمۡۚ وَكَانَ ٱللَّهُ عَفُوًّا غَفُورٗا

धेरै सम्भव छ कि यस्तालाई अल्लाहले क्षमा गरिदेओस्, अल्लाह क्षमादाता (र) माफी प्रदान गर्नेवाला छ ।
Surah An-Nisa, Verse 99


۞وَمَن يُهَاجِرۡ فِي سَبِيلِ ٱللَّهِ يَجِدۡ فِي ٱلۡأَرۡضِ مُرَٰغَمٗا كَثِيرٗا وَسَعَةٗۚ وَمَن يَخۡرُجۡ مِنۢ بَيۡتِهِۦ مُهَاجِرًا إِلَى ٱللَّهِ وَرَسُولِهِۦ ثُمَّ يُدۡرِكۡهُ ٱلۡمَوۡتُ فَقَدۡ وَقَعَ أَجۡرُهُۥ عَلَى ٱللَّهِۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا

जुन मानिस आफ्नो घरबार छाडि अल्लाहको बाटोमा लाग्छ उसले धर्तीमा शरणको निम्ति प्रशस्त ठाउँ र जीविका पनि पाउने छ र जुन मानिस आफ्नो घर छाडि अल्लाह र त्यसको रसूलको मार्गमा लाग्नेछ, यदि उसको मृत्यु प्रवासमा हुन्छ भने त्यसको पुरस्कार पनि अल्लाह छेउ निश्चित भइहाल्यो र अल्लाह बडो क्षमा प्रदान गर्नेवाला दयालु छ ।
Surah An-Nisa, Verse 100


وَإِذَا ضَرَبۡتُمۡ فِي ٱلۡأَرۡضِ فَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَقۡصُرُواْ مِنَ ٱلصَّلَوٰةِ إِنۡ خِفۡتُمۡ أَن يَفۡتِنَكُمُ ٱلَّذِينَ كَفَرُوٓاْۚ إِنَّ ٱلۡكَٰفِرِينَ كَانُواْ لَكُمۡ عَدُوّٗا مُّبِينٗا

जब तिमी (घर छाडि) यात्राको निम्ति बाहिर जान्छौ त त्यसबेला नमाजमा कमी (कस्र) गरी पढे पनि कुनै गुनाह छैन, यदि तिमीलाई डर छ कि तिमीलाई काफिरबाट दुःख दिइनेछ निःसन्देह काफिरहरू तिम्रो खुल्लमखुल्ला शत्रु हुन् ।
Surah An-Nisa, Verse 101


وَإِذَا كُنتَ فِيهِمۡ فَأَقَمۡتَ لَهُمُ ٱلصَّلَوٰةَ فَلۡتَقُمۡ طَآئِفَةٞ مِّنۡهُم مَّعَكَ وَلۡيَأۡخُذُوٓاْ أَسۡلِحَتَهُمۡۖ فَإِذَا سَجَدُواْ فَلۡيَكُونُواْ مِن وَرَآئِكُمۡ وَلۡتَأۡتِ طَآئِفَةٌ أُخۡرَىٰ لَمۡ يُصَلُّواْ فَلۡيُصَلُّواْ مَعَكَ وَلۡيَأۡخُذُواْ حِذۡرَهُمۡ وَأَسۡلِحَتَهُمۡۗ وَدَّ ٱلَّذِينَ كَفَرُواْ لَوۡ تَغۡفُلُونَ عَنۡ أَسۡلِحَتِكُمۡ وَأَمۡتِعَتِكُمۡ فَيَمِيلُونَ عَلَيۡكُم مَّيۡلَةٗ وَٰحِدَةٗۚ وَلَا جُنَاحَ عَلَيۡكُمۡ إِن كَانَ بِكُمۡ أَذٗى مِّن مَّطَرٍ أَوۡ كُنتُم مَّرۡضَىٰٓ أَن تَضَعُوٓاْ أَسۡلِحَتَكُمۡۖ وَخُذُواْ حِذۡرَكُمۡۗ إِنَّ ٱللَّهَ أَعَدَّ لِلۡكَٰفِرِينَ عَذَابٗا مُّهِينٗا

जब तिमी तिनीहरूमा हुन्छौ र तिनीहरूलाई नमाज पढाउँदछौ भने, यो आवश्यक छ कि एउटा समूह तिम्रो साथमा हतियार सहित उभिराखोस् जब यस समूहले ढोग गरिसकोस् तब त्यहाँबाट हटेर तिम्रो पछाडी आओस् र अर्को समूह जसले नमाज पढेको छैन, त्यस ठाउँमा आओस् र (सतर्क र सशस्त्र भई) तिम्रो साथमा नमाज पढोस् । काफिरहरू चाहन्छन् कि कुनै प्रकारले तिमी आफ्नो हतियार र सामानहरूप्रति अलिकति पनि असावधान होउ, अनि तिनीहरूले तिमीमाथि एक्कासि आक्रमण गरुन् । हो, यदि तिमी वर्षाको कारण कुनै कष्टमा वा विरामी छौ भने आफूसँग भएको हतियार नबोक्नुमा कुनै गुनाह छैन, तर आफ्नो सुरक्षाको सामान साथमा राख्नु । निश्चय नै अल्लाहले काफिरहरूको निम्ति तिरस्कारपूर्ण दण्ड तयार गरेको छ ।
Surah An-Nisa, Verse 102


فَإِذَا قَضَيۡتُمُ ٱلصَّلَوٰةَ فَٱذۡكُرُواْ ٱللَّهَ قِيَٰمٗا وَقُعُودٗا وَعَلَىٰ جُنُوبِكُمۡۚ فَإِذَا ٱطۡمَأۡنَنتُمۡ فَأَقِيمُواْ ٱلصَّلَوٰةَۚ إِنَّ ٱلصَّلَوٰةَ كَانَتۡ عَلَى ٱلۡمُؤۡمِنِينَ كِتَٰبٗا مَّوۡقُوتٗا

तिमीले नमाज पढिसकेपछि उठ्दा, बस्दा र पल्टदा प्रत्येक अवस्थामा अल्लाहलाई याद गर्ने गर । फेरि जब संतुष्ट होऊ तब नमाज पढ्दै गर । निःसन्देह मोमिनहरूलाई निर्धारित समयमा नमाज पढ्नु अनिवार्य छ ।
Surah An-Nisa, Verse 103


وَلَا تَهِنُواْ فِي ٱبۡتِغَآءِ ٱلۡقَوۡمِۖ إِن تَكُونُواْ تَأۡلَمُونَ فَإِنَّهُمۡ يَأۡلَمُونَ كَمَا تَأۡلَمُونَۖ وَتَرۡجُونَ مِنَ ٱللَّهِ مَا لَا يَرۡجُونَۗ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمًا

उनीहरूलाई पछ्याउनबाट हार मानेर नबस्नु । यदि तिमीलाई कुनै कष्ट हुन्छ भने त्यस्ता कष्टहरू तिनीहरूलाई पनि हुन्छ, तर तिमीलाई अल्लाहबाट यस्ता आशाहरू छन्, जुनकि तिनीहरूलाई छैन । र अल्लाह सबै कुराको ज्ञाता र कौशल सम्पन्न छ ।
Surah An-Nisa, Verse 104


إِنَّآ أَنزَلۡنَآ إِلَيۡكَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ لِتَحۡكُمَ بَيۡنَ ٱلنَّاسِ بِمَآ أَرَىٰكَ ٱللَّهُۚ وَلَا تَكُن لِّلۡخَآئِنِينَ خَصِيمٗا

निःसन्देह हामीले तिमीलाई सत्यताको साथ आफ्नो किताब पठाएका छौं, ताकि अल्लाहले तिमीलाई दिएको ज्ञान अनुसार तिमी मानिसहरूका मुद्दाको निसाफ गर्न सक र धोकेबाजहरूको समर्थन नगर्नु ।
Surah An-Nisa, Verse 105


وَٱسۡتَغۡفِرِ ٱللَّهَۖ إِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا

र अल्लाहसँग क्षमाको लागि प्रार्थना गर । निःसन्देह अल्लाह क्षमादाता, अत्यन्त दयालु छ ।
Surah An-Nisa, Verse 106


وَلَا تُجَٰدِلۡ عَنِ ٱلَّذِينَ يَخۡتَانُونَ أَنفُسَهُمۡۚ إِنَّ ٱللَّهَ لَا يُحِبُّ مَن كَانَ خَوَّانًا أَثِيمٗا

र जुन मानिस आफूबाटै कपट राख्दछन्, त्यस्ताको तर्फबाट विवाद नगर्नु, किनभने अल्लाहले कपट गर्ने र बेईमानहरूलाई प्रेम गर्दैन ।
Surah An-Nisa, Verse 107


يَسۡتَخۡفُونَ مِنَ ٱلنَّاسِ وَلَا يَسۡتَخۡفُونَ مِنَ ٱللَّهِ وَهُوَ مَعَهُمۡ إِذۡ يُبَيِّتُونَ مَا لَا يَرۡضَىٰ مِنَ ٱلۡقَوۡلِۚ وَكَانَ ٱللَّهُ بِمَا يَعۡمَلُونَ مُحِيطًا

तिनीहरू मानिसहरूबाट त लुक्न सक्दछन् तर अल्लाहबाट लुक्न सक्दैनन् । जब यिनीहरू रातिराति आपसमा ती कुराहरूबारे छलफल गर्दछन्, जसलाई अल्लाहले रुचाउँदैनन् । त्यतिखेर पनि अल्लाह यिनीहरूको नजीक हुने गर्दछ । अल्लाहले यिनीहरूका सम्पूर्ण क्रियाकलापलाई आफ्नो घेरामा राखेको छ ।
Surah An-Nisa, Verse 108


هَـٰٓأَنتُمۡ هَـٰٓؤُلَآءِ جَٰدَلۡتُمۡ عَنۡهُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا فَمَن يُجَٰدِلُ ٱللَّهَ عَنۡهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ أَم مَّن يَكُونُ عَلَيۡهِمۡ وَكِيلٗا

हो तिमी त्यही नै हौ जसले सांसारिक जीवनमा त तिनीहरूको पक्ष लियौ, तर कियामतको दिन (प्रलयको दिन) तिनीहरूको तर्फबाट अल्लाहसँग कसले पक्ष लिने छ ? र त्यो को हो जसले तिनीहरूको वकालत गर्न सकोस्
Surah An-Nisa, Verse 109


وَمَن يَعۡمَلۡ سُوٓءًا أَوۡ يَظۡلِمۡ نَفۡسَهُۥ ثُمَّ يَسۡتَغۡفِرِ ٱللَّهَ يَجِدِ ٱللَّهَ غَفُورٗا رَّحِيمٗا

जुन मानिसले कुनै गुनाह गर्छ वा आफूलाई नै नराम्रो हुने कुनै काम गर्दछ र पछि अल्लाहसँग क्षमा माँग्दछ भने त्यसले अल्लाहलाई क्षमादाता दयालु पाउनेछ ।
Surah An-Nisa, Verse 110


وَمَن يَكۡسِبۡ إِثۡمٗا فَإِنَّمَا يَكۡسِبُهُۥ عَلَىٰ نَفۡسِهِۦۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا

र यदि कसैले गुनाह गर्दछ भने त्यसको भारी उसैमाथि छ र अल्लाह सर्वज्ञाता र सर्वबुद्धि सम्पन्न छ ।
Surah An-Nisa, Verse 111


وَمَن يَكۡسِبۡ خَطِيٓـَٔةً أَوۡ إِثۡمٗا ثُمَّ يَرۡمِ بِهِۦ بَرِيٓـٔٗا فَقَدِ ٱحۡتَمَلَ بُهۡتَٰنٗا وَإِثۡمٗا مُّبِينٗا

र जुन मानिसले कुनै गल्ती वा पाप गरेर त्यसको आरोप कुनै निर्दोषमाथि थोपार्दछ, उसले खुला गुनाह र झूठो आरोपको भारी आफ्नै टाउकोमा बोकिहाल्यो ।
Surah An-Nisa, Verse 112


وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكَ وَرَحۡمَتُهُۥ لَهَمَّت طَّآئِفَةٞ مِّنۡهُمۡ أَن يُضِلُّوكَ وَمَا يُضِلُّونَ إِلَّآ أَنفُسَهُمۡۖ وَمَا يَضُرُّونَكَ مِن شَيۡءٖۚ وَأَنزَلَ ٱللَّهُ عَلَيۡكَ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَعَلَّمَكَ مَا لَمۡ تَكُن تَعۡلَمُۚ وَكَانَ فَضۡلُ ٱللَّهِ عَلَيۡكَ عَظِيمٗا

यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, तिनीहरूमध्ये एउटा समूहले तिमीलाई मार्गबाट विचलित गराउन प्रण नै गरिसकेको थियो तर वास्तवमा तिनीहरू आफूलाई नै कुबाटोमा लगाइरहेका छन् । र यिनीहरूले तिम्रो केही पनि बिगार्न सक्दैनन् । अल्लाह तिमीलाई ग्रन्थ र बुद्धिमत्ता प्रदान गर्याे र तिमीलाई ती कुराहरूको ज्ञान दियो जुनकि तिमीलाई थाहा थिएन र तिमीमाथि अल्लाहको ठूलो कृपा छ ।
Surah An-Nisa, Verse 113


۞لَّا خَيۡرَ فِي كَثِيرٖ مِّن نَّجۡوَىٰهُمۡ إِلَّا مَنۡ أَمَرَ بِصَدَقَةٍ أَوۡ مَعۡرُوفٍ أَوۡ إِصۡلَٰحِۭ بَيۡنَ ٱلنَّاسِۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ ٱبۡتِغَآءَ مَرۡضَاتِ ٱللَّهِ فَسَوۡفَ نُؤۡتِيهِ أَجۡرًا عَظِيمٗا

तिनीहरूका धेरै जसो गोप्य छलफलमा भलाई छैन । तर हो, त्यस मानिसको सरसल्लाहमा छ, जसले दान वा असल काम वा आपसमा मेलमिलापको कुरा गर्दछ, जसले अल्लाहको प्रसन्ताको लागि यो काम गर्दछ भने हामीले त्यसलाई ठूलो पुरस्कार प्रदान गर्ने छौं ।
Surah An-Nisa, Verse 114


وَمَن يُشَاقِقِ ٱلرَّسُولَ مِنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُ ٱلۡهُدَىٰ وَيَتَّبِعۡ غَيۡرَ سَبِيلِ ٱلۡمُؤۡمِنِينَ نُوَلِّهِۦ مَا تَوَلَّىٰ وَنُصۡلِهِۦ جَهَنَّمَۖ وَسَآءَتۡ مَصِيرًا

यदि कुनै मानिस सही बाटो थाहा पाइसकेपछि पनि रसूलको विरोध गर्दछ र अन्य मोमिनहरूको बाटो छाडि आर्को बाटोमा लाग्दछ भने हामीले त्यसलाई सोही बाटोमा छाडिदिन्छौं, र त्यसलाई जहन्नममा हाल्नेछौं र त्यो जानु पर्ने अति नै नराम्रो ठाउँ हो ।
Surah An-Nisa, Verse 115


إِنَّ ٱللَّهَ لَا يَغۡفِرُ أَن يُشۡرَكَ بِهِۦ وَيَغۡفِرُ مَا دُونَ ذَٰلِكَ لِمَن يَشَآءُۚ وَمَن يُشۡرِكۡ بِٱللَّهِ فَقَدۡ ضَلَّ ضَلَٰلَۢا بَعِيدًا

अल्लाहले उसलाई क्षमा गर्दैन जसले कसैलाई अल्लाहको साझेदार बनाउँछ तर यस बाहेक अन्य जस पापलाई चाहन्छ, क्षमा गर्नेछ र जसले कसैलाई अल्लाहको साझेदार ठह्रायो, त्यसले आफ्नो सही बाटो छाडि धेरै कुबाटोमा लागिसकेको हुन्छ ।
Surah An-Nisa, Verse 116


إِن يَدۡعُونَ مِن دُونِهِۦٓ إِلَّآ إِنَٰثٗا وَإِن يَدۡعُونَ إِلَّا شَيۡطَٰنٗا مَّرِيدٗا

यिनीहरूले त अल्लाहलाई छोडेर स्त्रीहरूलाई पुकार्दछन् र वास्तवमा यिनीहरू उदण्ड शैतानलाई मात्र पूज्दछन् ।
Surah An-Nisa, Verse 117


لَّعَنَهُ ٱللَّهُۘ وَقَالَ لَأَتَّخِذَنَّ مِنۡ عِبَادِكَ نَصِيبٗا مَّفۡرُوضٗا

र अल्लाहले त्यसलाई धिक्कृत गर्याे तर उसले अल्लाहका सेवकहरूमध्येबाट एउटा निश्चित भाग लिने कम्मर कसेको छ ।
Surah An-Nisa, Verse 118


وَلَأُضِلَّنَّهُمۡ وَلَأُمَنِّيَنَّهُمۡ وَلَأٓمُرَنَّهُمۡ فَلَيُبَتِّكُنَّ ءَاذَانَ ٱلۡأَنۡعَٰمِ وَلَأٓمُرَنَّهُمۡ فَلَيُغَيِّرُنَّ خَلۡقَ ٱللَّهِۚ وَمَن يَتَّخِذِ ٱلشَّيۡطَٰنَ وَلِيّٗا مِّن دُونِ ٱللَّهِ فَقَدۡ خَسِرَ خُسۡرَانٗا مُّبِينٗا

र (शैतानले भन्दछ) तिनीहरूलाई सही बाटोबाट विचलित गराइरहने छु र अनुचित आशा दिलाइरहने छु र तिनलाई सिकाउने छु कि जनावरहरूको कान चिर्ने गर र भन्ने गर्दछु कि अल्लाहबाट रचना गरिएको रूपलाई बिगार्ने गर । हेर जसले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाउँछ, त्यो खुलारूपमा हानिमा पर्नेछ ।
Surah An-Nisa, Verse 119


يَعِدُهُمۡ وَيُمَنِّيهِمۡۖ وَمَا يَعِدُهُمُ ٱلشَّيۡطَٰنُ إِلَّا غُرُورًا

त्यसले तिनीहरूलाई झूठो वचन दिंदैरहने छ र आशा दिलाइरहने छ । र शैतानले जे जति वचन तिनीहरूलाई दिन्छ, ती सबै धोका बाहेक अरु केही पनि होइन ।
Surah An-Nisa, Verse 120


أُوْلَـٰٓئِكَ مَأۡوَىٰهُمۡ جَهَنَّمُ وَلَا يَجِدُونَ عَنۡهَا مَحِيصٗا

यस्ता मानिसहरूको बासस्थान जहन्नम (नर्क) हो र तिनीहरूले त्यहाँबाट कुनै मुक्तिको ठाउँ पाउँने छैनन् ।
Surah An-Nisa, Verse 121


وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ سَنُدۡخِلُهُمۡ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ وَعۡدَ ٱللَّهِ حَقّٗاۚ وَمَنۡ أَصۡدَقُ مِنَ ٱللَّهِ قِيلٗا

र जसले ईमान ल्याउँछन् र सत्कर्म गर्दछन्, तिनलाई हामीले ती स्वर्गमा प्रवेश दिनेछौं, जसमुनि नहरहरू बगिराखेका छन् । यिनी सधैं त्यसैमा रहनेछन् । यो अल्लाहको सत्य वाचा हो र अल्लाहभन्दा वचनको पक्का को हुनसक्दछ
Surah An-Nisa, Verse 122


لَّيۡسَ بِأَمَانِيِّكُمۡ وَلَآ أَمَانِيِّ أَهۡلِ ٱلۡكِتَٰبِۗ مَن يَعۡمَلۡ سُوٓءٗا يُجۡزَ بِهِۦ وَلَا يَجِدۡ لَهُۥ مِن دُونِ ٱللَّهِ وَلِيّٗا وَلَا نَصِيرٗا

वास्तविक स्थिति न त तिम्रो इच्छा अनुसार हुन्छ, न त अहले–किताबको इच्छामा निर्भर हुन्छ । जसले नराम्रो कर्म गर्नेछ, त्यसले सोही अनुसारको दण्ड पाउने छ र उसले कसैलाई पाउने छैन जसले अल्लाह समक्ष उसको सिफारिश वा मद्दत गर्न सकोस् ।
Surah An-Nisa, Verse 123


وَمَن يَعۡمَلۡ مِنَ ٱلصَّـٰلِحَٰتِ مِن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٞ فَأُوْلَـٰٓئِكَ يَدۡخُلُونَ ٱلۡجَنَّةَ وَلَا يُظۡلَمُونَ نَقِيرٗا

जसले सद्कर्म गर्दछ, चाहे त्यो पुरुष होस् वा स्त्री, ईमान भएको छ भने यस्ता मानिसहरूले जन्नतमा (स्वर्गमा) प्रवेश पाउने छन् र तिनीहरूप्रति खजूरको गुठलीको फाँक बराबर (अलिकति) पनि अन्याय गरिने छैन ।
Surah An-Nisa, Verse 124


وَمَنۡ أَحۡسَنُ دِينٗا مِّمَّنۡ أَسۡلَمَ وَجۡهَهُۥ لِلَّهِ وَهُوَ مُحۡسِنٞ وَٱتَّبَعَ مِلَّةَ إِبۡرَٰهِيمَ حَنِيفٗاۗ وَٱتَّخَذَ ٱللَّهُ إِبۡرَٰهِيمَ خَلِيلٗا

त्यो मानिसभन्दा राम्रो कसको धर्म हुन सक्दछ जसले अल्लाहको आदेश स्वीकार गर्दछ र सद्कर्म पनि गर्दछ र साथै इब्राहीम (अलैहिस्सलाम)को धर्मको पनि अनुपालन गर्दछ जुन एकेश्वरवादी हुनु हुन्थियो अल्लाहले इब्राहीमलाई आफ्नो मित्र बनाएको छ ।
Surah An-Nisa, Verse 125


وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ بِكُلِّ شَيۡءٖ مُّحِيطٗا

आकाशहरू र पृथ्वीमा जे जति छ सबै अल्लाहको हो र सम्पूर्ण ब्रह्माण्ड उसैको घेरामा छ ।
Surah An-Nisa, Verse 126


وَيَسۡتَفۡتُونَكَ فِي ٱلنِّسَآءِۖ قُلِ ٱللَّهُ يُفۡتِيكُمۡ فِيهِنَّ وَمَا يُتۡلَىٰ عَلَيۡكُمۡ فِي ٱلۡكِتَٰبِ فِي يَتَٰمَى ٱلنِّسَآءِ ٱلَّـٰتِي لَا تُؤۡتُونَهُنَّ مَا كُتِبَ لَهُنَّ وَتَرۡغَبُونَ أَن تَنكِحُوهُنَّ وَٱلۡمُسۡتَضۡعَفِينَ مِنَ ٱلۡوِلۡدَٰنِ وَأَن تَقُومُواْ لِلۡيَتَٰمَىٰ بِٱلۡقِسۡطِۚ وَمَا تَفۡعَلُواْ مِنۡ خَيۡرٖ فَإِنَّ ٱللَّهَ كَانَ بِهِۦ عَلِيمٗا

तपाईसँग स्त्रीहरूको बारेमा आदेश माँग्दछन्, भनिदिनुस् कि अल्लाह आफैले तिनीहरूको सम्बन्धमा आदेश दिइरहेको छ र कुरआनका जो आयतहरू जुन अनाथ स्त्रीहरूको बारेमा छ, जसलाई तिमीले तिनले पाउनु पर्ने हक (मेहर) दिदैनौ र तिनीहरूसँग निकाह गरिहाल्ने इच्छा राख्दछौ र साथै निःसहाय केटाकेटीहरूको बारेमा र अनाथहरूको साथ न्यायपूर्ण व्यवहार गर्ने गर । तिमीले जे जति उपकारको काम गर्दछौ, त्यो सबै अल्लाहलाई थाहा छ ।
Surah An-Nisa, Verse 127


وَإِنِ ٱمۡرَأَةٌ خَافَتۡ مِنۢ بَعۡلِهَا نُشُوزًا أَوۡ إِعۡرَاضٗا فَلَا جُنَاحَ عَلَيۡهِمَآ أَن يُصۡلِحَا بَيۡنَهُمَا صُلۡحٗاۚ وَٱلصُّلۡحُ خَيۡرٞۗ وَأُحۡضِرَتِ ٱلۡأَنفُسُ ٱلشُّحَّۚ وَإِن تُحۡسِنُواْ وَتَتَّقُواْ فَإِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا

यदि कुनै स्त्रीलाई आफ्नो लोग्नेबाट अन्याय वा लापरवाहीको भय छ भने लोग्ने स्वास्नीले आपसमा जे सम्झौता गर्दछन् दुवैलाई कुनै गुनाह छैन, समझ्दारी बहुत राम्रो कुरा हो । सबै मानिसको मनमा लोभ प्रवृत्ति भरिएको छ । यदि तिमी असल व्यवहार र आत्मसंयमी बन्दछौ भने अल्लाहलाई तिम्रा सम्पूर्ण क्रियाकलापबारे थाहा छ ।
Surah An-Nisa, Verse 128


وَلَن تَسۡتَطِيعُوٓاْ أَن تَعۡدِلُواْ بَيۡنَ ٱلنِّسَآءِ وَلَوۡ حَرَصۡتُمۡۖ فَلَا تَمِيلُواْ كُلَّ ٱلۡمَيۡلِ فَتَذَرُوهَا كَٱلۡمُعَلَّقَةِۚ وَإِن تُصۡلِحُواْ وَتَتَّقُواْ فَإِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا

तिमीबाट यो सम्भव छैन कि आफ्ना सबै स्वास्नीहरूसित चाहँदा चाहँदै पनि समान रूपले न्याय गर्न सक, तसर्थ एउटैतिर ढल्केर अर्कोलाई अधकल्चोमा नछोडने गर र यदि तिमी सुधार गर्दछौ र आत्मसंयमी बन्दछौ भने अल्लाह निश्चय नै ठूलो क्षमादाता र दयावान छ ।
Surah An-Nisa, Verse 129


وَإِن يَتَفَرَّقَا يُغۡنِ ٱللَّهُ كُلّٗا مِّن سَعَتِهِۦۚ وَكَانَ ٱللَّهُ وَٰسِعًا حَكِيمٗا

यदि लोग्ने र स्वास्नी एक अर्काबाट छुटिन्छन् भने अल्लाहले प्रत्येकलाई आफ्नो अति दानशीलताले प्रशस्त साधन प्रदान गर्नेछ र अल्लाह अति उदारकर्ता र बुद्धिमत्ता सम्पन्न छ ।
Surah An-Nisa, Verse 130


وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَلَقَدۡ وَصَّيۡنَا ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلِكُمۡ وَإِيَّاكُمۡ أَنِ ٱتَّقُواْ ٱللَّهَۚ وَإِن تَكۡفُرُواْ فَإِنَّ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ غَنِيًّا حَمِيدٗا

आकाशहरू र धरतीका सबै वस्तु अल्लाहकै सम्पत्ति हुन् र वास्तवमा जसलाई तिमीभन्दा अगाडि ग्रन्थ प्रदान गरिएको थियो, तिनीहरूलाई र तिमीलाई पनि यही आदेश गरिएको छ कि अल्लाहसित डर मान्ने गर ? र यदि मान्दैनौ भने (यादराख कि) जे जति आकाशहरूमा र पृथ्वीमा छ, सबै अल्लाहकै हो । र अल्लाह सबै आवश्यकताहरूबाट मुक्त र सम्पूर्ण प्रशंसित छ ।
Surah An-Nisa, Verse 131


وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلًا

जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै अधीनमा छन् र सम्पूर्ण कार्य सम्पन्नताको लागि अल्लाह नै पर्याप्त छ ।
Surah An-Nisa, Verse 132


إِن يَشَأۡ يُذۡهِبۡكُمۡ أَيُّهَا ٱلنَّاسُ وَيَأۡتِ بِـَٔاخَرِينَۚ وَكَانَ ٱللَّهُ عَلَىٰ ذَٰلِكَ قَدِيرٗا

हे मानिसहरू ! अल्लाहले चाहेको खण्डमा तिमीहरू सबैलाई समाप्त गर्न सक्दछ । र अरु मानिसहरूलाई सृष्टि गरी ल्याउन सक्दछ र अल्लाह यस कुरामा सर्वशक्ति सम्पन्न छ ।
Surah An-Nisa, Verse 133


مَّن كَانَ يُرِيدُ ثَوَابَ ٱلدُّنۡيَا فَعِندَ ٱللَّهِ ثَوَابُ ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۚ وَكَانَ ٱللَّهُ سَمِيعَۢا بَصِيرٗا

यदि कुनै मानिस संसारिक लाभ प्राप्त गर्न चाहन्छ, भने अल्लाहसित संसार र परलोक (दुवै) को लागि पुरस्कार तयार छ । र अल्लाह धेरै सुन्ने र देख्नेवाला हो ।
Surah An-Nisa, Verse 134


۞يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُونُواْ قَوَّـٰمِينَ بِٱلۡقِسۡطِ شُهَدَآءَ لِلَّهِ وَلَوۡ عَلَىٰٓ أَنفُسِكُمۡ أَوِ ٱلۡوَٰلِدَيۡنِ وَٱلۡأَقۡرَبِينَۚ إِن يَكُنۡ غَنِيًّا أَوۡ فَقِيرٗا فَٱللَّهُ أَوۡلَىٰ بِهِمَاۖ فَلَا تَتَّبِعُواْ ٱلۡهَوَىٰٓ أَن تَعۡدِلُواْۚ وَإِن تَلۡوُۥٓاْ أَوۡ تُعۡرِضُواْ فَإِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا

हे मोमिनहरू ! न्यायमा ढृदताका साथ कायम रहनेवालाहरू र अल्लाहको प्रसन्नताको लागि साँचो गवाही दिनेवाला बन । त्यो तिम्रो वा तिम्रो आमा–बुवा वा नातेदारहरूको विरुद्ध नै किन नहोस् । त्यो मानिस चाहे धनी होस् अथवा निर्धन, अल्लाह दुवैको हितैषी छ । तसर्थ तिमीले आफ्नै स्वार्थको पछि लागि न्यायलाई नछाडिदिनु । यदि तिमीले कुरा बङ्ग्याएर गवाही दिन्छौ वा साक्षी दिनुबाट पन्छिन्छौ भने (यादराख) अल्लाह तिम्रो सबै क्रियाकलाप राम्ररी जान्दछ ।
Surah An-Nisa, Verse 135


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ ءَامِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَٱلۡكِتَٰبِ ٱلَّذِي نَزَّلَ عَلَىٰ رَسُولِهِۦ وَٱلۡكِتَٰبِ ٱلَّذِيٓ أَنزَلَ مِن قَبۡلُۚ وَمَن يَكۡفُرۡ بِٱللَّهِ وَمَلَـٰٓئِكَتِهِۦ وَكُتُبِهِۦ وَرُسُلِهِۦ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ فَقَدۡ ضَلَّ ضَلَٰلَۢا بَعِيدًا

हे मोमिनहरू ! अल्लाहमाथि र उसको रसूलमाथि र जुन ग्रन्थ अल्लाहले आफ्नो पैगम्बरलाई प्रदान गरेको छ, र त्यसमाथि जुन ग्रन्थहरू त्यसभन्दा अगाडि उतारेको थियो, सबैमाथि आस्था राख । र जसले अल्लाह र फरिश्ताहरू र उसका ग्रन्थहरू र उसका पैगम्बरहरू र अंतिम दिनको इनकार गर्दछ ऊ पथभ्रष्ट भई वास्तविक मार्गबाट धेरै टाढा पुगिसकेको हुन्छ ।
Surah An-Nisa, Verse 136


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ ثُمَّ كَفَرُواْ ثُمَّ ءَامَنُواْ ثُمَّ كَفَرُواْ ثُمَّ ٱزۡدَادُواْ كُفۡرٗا لَّمۡ يَكُنِ ٱللَّهُ لِيَغۡفِرَ لَهُمۡ وَلَا لِيَهۡدِيَهُمۡ سَبِيلَۢا

जुन मानिसहरूले मुसलमान भएर फेरि काफिर भए, फेरि मुसलमान भए अनि फेरि काफिर भए फेरि अनास्थातर्फ बढदै गए त्यस्तालाई अल्लाहले न क्षमा गर्ने छ न त सही बाटो देखाउने छ ।
Surah An-Nisa, Verse 137


بَشِّرِ ٱلۡمُنَٰفِقِينَ بِأَنَّ لَهُمۡ عَذَابًا أَلِيمًا

कपटीहरूलाई यसबारे समाचार सुनाइदिनु कि तिनीहरूको निम्ति कष्टदायक सजाय निश्चित छ ।
Surah An-Nisa, Verse 138


ٱلَّذِينَ يَتَّخِذُونَ ٱلۡكَٰفِرِينَ أَوۡلِيَآءَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۚ أَيَبۡتَغُونَ عِندَهُمُ ٱلۡعِزَّةَ فَإِنَّ ٱلۡعِزَّةَ لِلَّهِ جَمِيعٗا

जसले मोमिनहरूलाई छाडि काफिरहरूलाई मित्र बनाउने गर्दछन् । के तिनीहरूकहाँ सम्मान प्राप्ति गर्न जान्छन ? सम्पूर्ण सम्मान त अल्लाहकै नियन्त्रणमा छ ।
Surah An-Nisa, Verse 139


وَقَدۡ نَزَّلَ عَلَيۡكُمۡ فِي ٱلۡكِتَٰبِ أَنۡ إِذَا سَمِعۡتُمۡ ءَايَٰتِ ٱللَّهِ يُكۡفَرُ بِهَا وَيُسۡتَهۡزَأُ بِهَا فَلَا تَقۡعُدُواْ مَعَهُمۡ حَتَّىٰ يَخُوضُواْ فِي حَدِيثٍ غَيۡرِهِۦٓ إِنَّكُمۡ إِذٗا مِّثۡلُهُمۡۗ إِنَّ ٱللَّهَ جَامِعُ ٱلۡمُنَٰفِقِينَ وَٱلۡكَٰفِرِينَ فِي جَهَنَّمَ جَمِيعًا

र अल्लाहले तिमीलाई प्रदान गरेको ग्रन्थमा आदेश गरिसकेको छ कि जब तिमी कुनै सभा वा बैठकमा अल्लाहका आयतहरूलाई अस्वीकार गरिराखेको वा तिनको उपहास गरिराखेको सुन, तब त्यस सभामा तिनीहरूको साथमा नबस, जबसम्म तिनीहरू अर्को कुरा गर्न थाल्दैनन् । (अन्यथा) तिमी पनि त्यसबेला तिनीहरू जस्तै भइहाल्नेछौ । यसमा कुनै सन्देह छैन कि अल्लाह सबै मुनाफिक र काफिरहरूलाई नर्कमा एकत्रित गर्नेछ ।
Surah An-Nisa, Verse 140


ٱلَّذِينَ يَتَرَبَّصُونَ بِكُمۡ فَإِن كَانَ لَكُمۡ فَتۡحٞ مِّنَ ٱللَّهِ قَالُوٓاْ أَلَمۡ نَكُن مَّعَكُمۡ وَإِن كَانَ لِلۡكَٰفِرِينَ نَصِيبٞ قَالُوٓاْ أَلَمۡ نَسۡتَحۡوِذۡ عَلَيۡكُمۡ وَنَمۡنَعۡكُم مِّنَ ٱلۡمُؤۡمِنِينَۚ فَٱللَّهُ يَحۡكُمُ بَيۡنَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ وَلَن يَجۡعَلَ ٱللَّهُ لِلۡكَٰفِرِينَ عَلَى ٱلۡمُؤۡمِنِينَ سَبِيلًا

यिनीहरूले तिम्रो परिणाम हेरिराखेका हुन्छन्, फेरि यदि अल्लाहको तर्फबाट तिमीलाई विजय प्राप्त हुन्छ भने तिनीहरू भन्दछन कि के हामी तिम्रो साथमा थिएनौ । र यदि काफिरहरूलाई अलिकति वर्चस्व प्राप्त हुन्छ भने तिनीहरूसित भन्दछन् कि के हामीले जीत प्राप्त गर्न लागेका थिएनौ र के तिमीहरूलाई हामीले मुसलमानहरूबाट बचाएका थिएनौ ? तर अल्लाह तिनीहरूको निर्णय कियामतको दिन गर्ने छ । र अल्लाहले कहिल्यै पनि मुसलमानहरूमाथि काफिरहरूलाई विजय प्रदान गर्नेछैन ।
Surah An-Nisa, Verse 141


إِنَّ ٱلۡمُنَٰفِقِينَ يُخَٰدِعُونَ ٱللَّهَ وَهُوَ خَٰدِعُهُمۡ وَإِذَا قَامُوٓاْ إِلَى ٱلصَّلَوٰةِ قَامُواْ كُسَالَىٰ يُرَآءُونَ ٱلنَّاسَ وَلَا يَذۡكُرُونَ ٱللَّهَ إِلَّا قَلِيلٗا

मुनाफिक (कप्टीहरू) अल्लाहलाई झुक्याउन खोज्छन् तर उसले तिनीहरूलाई यस झुक्यानको बदला दिनेछ । र जब नमाज पढ्न उभिन्छन् त्यतिखेर अल्छी भई उभिन्छन् अरुलाई देखाउनको लागि मात्र गर्दछन्, र अल्लाहलाई नाममात्रका लागि स्मरण गर्दछन् ।
Surah An-Nisa, Verse 142


مُّذَبۡذَبِينَ بَيۡنَ ذَٰلِكَ لَآ إِلَىٰ هَـٰٓؤُلَآءِ وَلَآ إِلَىٰ هَـٰٓؤُلَآءِۚ وَمَن يُضۡلِلِ ٱللَّهُ فَلَن تَجِدَ لَهُۥ سَبِيلٗا

तिनीहरू बीचमा परी झुण्डिराखेका छन् न तिनीहरूतिर पूरै हुन्छन् न यिनीहरूतिर, र जसलाई अल्लाहले मार्गबाट विचलित गर्दछ त्यसको निम्ति तिमीले कहिल्यै बाटो पाउँदैनौ ।
Surah An-Nisa, Verse 143


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ ٱلۡكَٰفِرِينَ أَوۡلِيَآءَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۚ أَتُرِيدُونَ أَن تَجۡعَلُواْ لِلَّهِ عَلَيۡكُمۡ سُلۡطَٰنٗا مُّبِينًا

हे इमानवालाहरू ! मुसलमानहरूलाई छाडि काफिरहरूलाई आफ्ना मित्र नबनाऊ । के तिमी खुल्लारूपमा अल्लाहको दोषी बन्न चाहन्छौ
Surah An-Nisa, Verse 144


إِنَّ ٱلۡمُنَٰفِقِينَ فِي ٱلدَّرۡكِ ٱلۡأَسۡفَلِ مِنَ ٱلنَّارِ وَلَن تَجِدَ لَهُمۡ نَصِيرًا

यसमा कुनै सन्देह छैन कि मुनाफिकहरू दोजखको (नर्कको) सबैभन्दा तल्लो भागमा ठाउँ पाउनेछन् । र तिमीले कसैलाई तिनीहरूको सहायता गरेको पाउने असम्भव छ ।
Surah An-Nisa, Verse 145


إِلَّا ٱلَّذِينَ تَابُواْ وَأَصۡلَحُواْ وَٱعۡتَصَمُواْ بِٱللَّهِ وَأَخۡلَصُواْ دِينَهُمۡ لِلَّهِ فَأُوْلَـٰٓئِكَ مَعَ ٱلۡمُؤۡمِنِينَۖ وَسَوۡفَ يُؤۡتِ ٱللَّهُ ٱلۡمُؤۡمِنِينَ أَجۡرًا عَظِيمٗا

हो जसले पश्चाताप गरिहाले र आफ्नो अवस्थामा सुधार गरे र अल्लाहमाथि पूरै विश्वास गरे र खास अल्लाहकै लागि संसारमा धार्मिक कर्म गर्दछन् भने त्यस्ता मानिसहरू मोमिनहरूको साथमा हुनेछन् । र अल्लाहले मोमिनहरूलाई ठूलो पुरस्कार प्रदान गर्नेछ ।
Surah An-Nisa, Verse 146


مَّا يَفۡعَلُ ٱللَّهُ بِعَذَابِكُمۡ إِن شَكَرۡتُمۡ وَءَامَنتُمۡۚ وَكَانَ ٱللَّهُ شَاكِرًا عَلِيمٗا

यदि तिमी अल्लाहप्रति कृतज्ञ हुन्छौ र त्यसमा विश्वास गर्दछौ भने तिमीलाई अल्लाहले किन सजाय दिने छ ? र अल्लाह ठूलो गुणपारखी र परम् ज्ञानी छ ।
Surah An-Nisa, Verse 147


۞لَّا يُحِبُّ ٱللَّهُ ٱلۡجَهۡرَ بِٱلسُّوٓءِ مِنَ ٱلۡقَوۡلِ إِلَّا مَن ظُلِمَۚ وَكَانَ ٱللَّهُ سَمِيعًا عَلِيمًا

अन्याय भएको व्यक्ति बाहेक अरु (कसै) लाई नराम्रो कार्यको समर्थनमा आवाज उठाउनु अल्लाह मनपराउँदैनन् । र अल्लाह राम्ररी सुनने र जाननेवाला छ ।
Surah An-Nisa, Verse 148


إِن تُبۡدُواْ خَيۡرًا أَوۡ تُخۡفُوهُ أَوۡ تَعۡفُواْ عَن سُوٓءٖ فَإِنَّ ٱللَّهَ كَانَ عَفُوّٗا قَدِيرًا

चाहे तिमीहरू राम्रो काम खुलमखुल्ला वा छिपाएर गर अथवा नराम्रो कामलाई क्षमा गर्दछौ त निःसन्देह अल्लाह ठूलो क्षमा दाता, अति शक्तिशाली छ ।
Surah An-Nisa, Verse 149


إِنَّ ٱلَّذِينَ يَكۡفُرُونَ بِٱللَّهِ وَرُسُلِهِۦ وَيُرِيدُونَ أَن يُفَرِّقُواْ بَيۡنَ ٱللَّهِ وَرُسُلِهِۦ وَيَقُولُونَ نُؤۡمِنُ بِبَعۡضٖ وَنَكۡفُرُ بِبَعۡضٖ وَيُرِيدُونَ أَن يَتَّخِذُواْ بَيۡنَ ذَٰلِكَ سَبِيلًا

जुन मानिसहरूले अल्लाह र उसका पैगम्बरहरूलाई इन्कार गर्दछन् र अल्लाह र उसको पैगम्बरहरूबीच विभाजन गर्न चाहन्छन् र भन्दछन् कि हामीले केही नबीहरूलाई मान्दछौं र केहीलाई मान्दैनौं र ईमान र कुफ्रको बीचमा एउटा बाटो निकाल्न चाहन्छन् ।
Surah An-Nisa, Verse 150


أُوْلَـٰٓئِكَ هُمُ ٱلۡكَٰفِرُونَ حَقّٗاۚ وَأَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ عَذَابٗا مُّهِينٗا

उनीहरू निःसन्देह काफिर हुन् र काफिरहरूको लागि हामीले अपमानित सजाय तयार गरिसकेका छौं ।
Surah An-Nisa, Verse 151


وَٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦ وَلَمۡ يُفَرِّقُواْ بَيۡنَ أَحَدٖ مِّنۡهُمۡ أُوْلَـٰٓئِكَ سَوۡفَ يُؤۡتِيهِمۡ أُجُورَهُمۡۚ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا

र जुन मानिसहरू अल्लाह र उसका सबै पैगम्बरहरूमाथि विश्वास राख्दछन् र तिनीहरूमा कुनै भेदभाव गर्दैनन्, यिनीहरू नै ती मानिस हुन जसलाई अल्लाहले छिटै तिनीहरूको (राम्रो कर्मको) फल प्रदान गर्ने छ र अल्लाह क्षमादाता र दयावान छ ।
Surah An-Nisa, Verse 152


يَسۡـَٔلُكَ أَهۡلُ ٱلۡكِتَٰبِ أَن تُنَزِّلَ عَلَيۡهِمۡ كِتَٰبٗا مِّنَ ٱلسَّمَآءِۚ فَقَدۡ سَأَلُواْ مُوسَىٰٓ أَكۡبَرَ مِن ذَٰلِكَ فَقَالُوٓاْ أَرِنَا ٱللَّهَ جَهۡرَةٗ فَأَخَذَتۡهُمُ ٱلصَّـٰعِقَةُ بِظُلۡمِهِمۡۚ ثُمَّ ٱتَّخَذُواْ ٱلۡعِجۡلَ مِنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ فَعَفَوۡنَا عَن ذَٰلِكَۚ وَءَاتَيۡنَا مُوسَىٰ سُلۡطَٰنٗا مُّبِينٗا

(हे मुहम्मद) तपाईसित ‘‘अहले किताब’’ (यहूदी–ईसाई) माँग गर्दछन् कि तपाईले तिनीहरूका लागि आकाशबाट कुनै ग्रन्थ प्रदान गराउनुस् । यिनीहरू त मूसा (पैगम्बर)सँग यो भन्दा ठूला ठूला माँग गरेका थिए, कि अल्लाहलाई हाम्रो सामु ल्याऊ (अर्थात हाम्रो आँखाको अगाडि ल्याई प्रत्यक्ष देखाऊ) तसर्थ तिनीहरूको यस अत्याचारको कारण तिनीहरूमाथि ठूलो चट्याङ्ग खस्यो । अनि स्पष्टरूपले निशानीहरू आए पछि पनि तिनीहरू बाछोलाई आफ्नो पूज्य बनाए तर हामीले तिनीहरूलाई क्षमा गर्यौं र मूसालाई प्रत्यक्ष प्रमाणसहित अधिकार प्रदान गर्यौं ।
Surah An-Nisa, Verse 153


وَرَفَعۡنَا فَوۡقَهُمُ ٱلطُّورَ بِمِيثَٰقِهِمۡ وَقُلۡنَا لَهُمُ ٱدۡخُلُواْ ٱلۡبَابَ سُجَّدٗا وَقُلۡنَا لَهُمۡ لَا تَعۡدُواْ فِي ٱلسَّبۡتِ وَأَخَذۡنَا مِنۡهُم مِّيثَٰقًا غَلِيظٗا

र तिनीहरूसित वाचा लिदैं हामीले तिनीहरू सामुन्ने तूर पर्वतलाई खड़ा गर्यौं र तिनीहरूलाई आदेश गर्यौं कि ढोकाभित्र ढोगदै प्रवेश गर र यो पनि आदेश दिऔं कि शनिवारको दिन आदेशको उल्लंघन नगर र तिनीहरूबाट हामीले दृढ प्रतिज्ञा लिऔं ।
Surah An-Nisa, Verse 154


فَبِمَا نَقۡضِهِم مِّيثَٰقَهُمۡ وَكُفۡرِهِم بِـَٔايَٰتِ ٱللَّهِ وَقَتۡلِهِمُ ٱلۡأَنۢبِيَآءَ بِغَيۡرِ حَقّٖ وَقَوۡلِهِمۡ قُلُوبُنَا غُلۡفُۢۚ بَلۡ طَبَعَ ٱللَّهُ عَلَيۡهَا بِكُفۡرِهِمۡ فَلَا يُؤۡمِنُونَ إِلَّا قَلِيلٗا

यो सजाय पनि तिनीहरूको वचन भंग गर्नाले र अल्लाहका आयतहरूबाट इन्कार गर्नाले र नबीहरूको (अल्लाहकादूतको) अवज्ञा गरी बिना कारण हत्या गर्नाले र यो भन्नाले कि हाम्रो हृदय आवरणले ढाकिएका छन्, अपितु उनीहरूको कुफ्र (अवज्ञा) को कारण तिनीहरूको हृदयलाई अल्लाहले मोहरबन्द गरिदिएका छन त्यस कारण तिनीहरूले कमै ईमान ल्याउँछन् ।
Surah An-Nisa, Verse 155


وَبِكُفۡرِهِمۡ وَقَوۡلِهِمۡ عَلَىٰ مَرۡيَمَ بُهۡتَٰنًا عَظِيمٗا

र तिनीहरूको नास्तिकतालेगर्दा र मरियममाथि गम्भीर दोषारोपणको कारणले पनि ।
Surah An-Nisa, Verse 156


وَقَوۡلِهِمۡ إِنَّا قَتَلۡنَا ٱلۡمَسِيحَ عِيسَى ٱبۡنَ مَرۡيَمَ رَسُولَ ٱللَّهِ وَمَا قَتَلُوهُ وَمَا صَلَبُوهُ وَلَٰكِن شُبِّهَ لَهُمۡۚ وَإِنَّ ٱلَّذِينَ ٱخۡتَلَفُواْ فِيهِ لَفِي شَكّٖ مِّنۡهُۚ مَا لَهُم بِهِۦ مِنۡ عِلۡمٍ إِلَّا ٱتِّبَاعَ ٱلظَّنِّۚ وَمَا قَتَلُوهُ يَقِينَۢا

र यो भन्नाको कारणले कि हामीले मरियमको छोरा अल्लाहको रसूल ईसा मसीहलाई हत्या गरिसकेका छौं जबकि न तिनीहरूले ईसाको हत्या गरे न त उनलाई सूलीमा चढाए बरु तिनीहरूलाई उनीकै (ईसा मसीह) रूप जस्तो प्रतीत हुने आकार बनाइएको थियो । विश्वास गर जुन मानिसहरू उनको सम्बन्धमा मतभेद गर्दछन् तिनीहरू उनको वास्तविक स्थितिबारे शंकामा परेका छन् र भ्रम बाहेक तिनीहरूलाई अरु कुनै ज्ञान छैन, र तिनीहरूले निःसन्देह ईसाको हत्या गर्न सकेनन् ।
Surah An-Nisa, Verse 157


بَل رَّفَعَهُ ٱللَّهُ إِلَيۡهِۚ وَكَانَ ٱللَّهُ عَزِيزًا حَكِيمٗا

बरु अल्लाहले उनलाई आफूतिर उठाई लग्यो र अल्लाह सर्वशक्तिशाली तत्वदर्शी हो ।
Surah An-Nisa, Verse 158


وَإِن مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ إِلَّا لَيُؤۡمِنَنَّ بِهِۦ قَبۡلَ مَوۡتِهِۦۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ يَكُونُ عَلَيۡهِمۡ شَهِيدٗا

र ‘‘अहले किताबमध्ये कोही बाँकी रहनेछैन जसले हजरत ईसाको मुत्युभन्दा अगाडि नै उनीमाथि विश्वास’’ नगरोस् र कियामतको दिन उनी तिनीहरू विरुद्ध साक्षी हुनेछन् ।
Surah An-Nisa, Verse 159


فَبِظُلۡمٖ مِّنَ ٱلَّذِينَ هَادُواْ حَرَّمۡنَا عَلَيۡهِمۡ طَيِّبَٰتٍ أُحِلَّتۡ لَهُمۡ وَبِصَدِّهِمۡ عَن سَبِيلِ ٱللَّهِ كَثِيرٗا

तसर्थ यहुदीहरूको अत्याचारको कारणले धेरै जसो वैध (हलाल) वस्तुहरूलाई तिनीहरूको निम्ति हराम (अवैध) बनाइदिऔं र यस कारणले पनि कि तिनीहरू धेरै मानिसहरूलाई अल्लाहको मार्गबाट रोकदैथे ।
Surah An-Nisa, Verse 160


وَأَخۡذِهِمُ ٱلرِّبَوٰاْ وَقَدۡ نُهُواْ عَنۡهُ وَأَكۡلِهِمۡ أَمۡوَٰلَ ٱلنَّاسِ بِٱلۡبَٰطِلِۚ وَأَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ مِنۡهُمۡ عَذَابًا أَلِيمٗا

र यस कारणले पनि कि निषेधित गरिए तापनि सूद (व्याज) लिने गर्दथे र यस कारणले पनि कि अरुको धन–सम्पत्ति गलत तरिकाले खाइदिन्थे र तिनीहरूमध्ये जो काफिर छन्, तिनका निम्ति हामीले कष्ट दायक सजाय तयार गरिसकेका छौं ।
Surah An-Nisa, Verse 161


لَّـٰكِنِ ٱلرَّـٰسِخُونَ فِي ٱلۡعِلۡمِ مِنۡهُمۡ وَٱلۡمُؤۡمِنُونَ يُؤۡمِنُونَ بِمَآ أُنزِلَ إِلَيۡكَ وَمَآ أُنزِلَ مِن قَبۡلِكَۚ وَٱلۡمُقِيمِينَ ٱلصَّلَوٰةَۚ وَٱلۡمُؤۡتُونَ ٱلزَّكَوٰةَ وَٱلۡمُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ أُوْلَـٰٓئِكَ سَنُؤۡتِيهِمۡ أَجۡرًا عَظِيمًا

तर तिनीहरूमध्ये जो राम्रो ज्ञानी छन् र जो मोमिन छन्, तिनीहरूले यस किताबमाथि जुन तपाईमाथि उतारियो र जुन किताब तपाईभन्दा पहिला उतारिए सबैमाथि आस्था राख्दछन् र नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र अल्लाह र कियामतको दिनमाथि आस्था राख्दछन्, तिनीहरूलाई हामीले (शीघ्र नै) ठूलो पुरस्कार प्रदान गर्नेछौं ।
Surah An-Nisa, Verse 162


۞إِنَّآ أَوۡحَيۡنَآ إِلَيۡكَ كَمَآ أَوۡحَيۡنَآ إِلَىٰ نُوحٖ وَٱلنَّبِيِّـۧنَ مِنۢ بَعۡدِهِۦۚ وَأَوۡحَيۡنَآ إِلَىٰٓ إِبۡرَٰهِيمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطِ وَعِيسَىٰ وَأَيُّوبَ وَيُونُسَ وَهَٰرُونَ وَسُلَيۡمَٰنَۚ وَءَاتَيۡنَا دَاوُۥدَ زَبُورٗا

(हे मुहम्मद !) हामीले तपाईलाई त्यस्तै प्रकारले अल्लाहको सन्देश (वह्य) पठाएका छौं, जुन किसिमले नूह (अलैहिस्सलाम) र उनीभन्दा पछिका पैगम्बरहरूतर्फ पठायौं, र हामीले अल्लाहको सन्देश इब्राहीम (अलैहिस्सलाम) इस्माईल (अलैहिस्सलाम), इस्हाक (अलैहिस्सलाम), यअ्कूब (अलैहिस्सलाम) र उनका सन्तानहरूमाथि तथा ईसा (अलैहिस्सलाम), अय्यूब (अलैहिस्सलाम), यूनुस (अलैहिस्सलाम), हारून (अलैहिस्सलाम) र सुलैमानतर्फ पठायौं र हामीले दाऊद (अलैहिस्सलाम)लाई ‘‘जबूर’’ प्रदान गर्यौं ।
Surah An-Nisa, Verse 163


وَرُسُلٗا قَدۡ قَصَصۡنَٰهُمۡ عَلَيۡكَ مِن قَبۡلُ وَرُسُلٗا لَّمۡ نَقۡصُصۡهُمۡ عَلَيۡكَۚ وَكَلَّمَ ٱللَّهُ مُوسَىٰ تَكۡلِيمٗا

र धेरै पैगम्बरहरू यस्ता छन् जसको बारेमा हामीले तपाईसित यसभन्दा अघि नै भनिसकेका छौं र धेरै यस्ता छन् जसको सम्बन्धमा तपाईलाई केही भनेका छैनौं । र मूसासित त अल्लाहले प्रत्यक्ष कुरा पनि गर्यो ।
Surah An-Nisa, Verse 164


رُّسُلٗا مُّبَشِّرِينَ وَمُنذِرِينَ لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَى ٱللَّهِ حُجَّةُۢ بَعۡدَ ٱلرُّسُلِۚ وَكَانَ ٱللَّهُ عَزِيزًا حَكِيمٗا

हामीले उनीलाई रसूल बनायौं । सुसमाचार सुनाउने र सावधानकर्ता ताकि पैगम्बरहरूको आगमनपछि मानिसहरूलाई अल्लाहमाथि दोष लगाउने मौका र विवाद नहोस् र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ ।
Surah An-Nisa, Verse 165


لَّـٰكِنِ ٱللَّهُ يَشۡهَدُ بِمَآ أَنزَلَ إِلَيۡكَۖ أَنزَلَهُۥ بِعِلۡمِهِۦۖ وَٱلۡمَلَـٰٓئِكَةُ يَشۡهَدُونَۚ وَكَفَىٰ بِٱللَّهِ شَهِيدًا

अल्लाहले जे जति तपाईतिर उतारेको छ उसको बारेमा स्वयम् गवाही दिन्छ कि उसले आफ्नो ज्ञानले उतारेको छ र फरिशताहरू पनि गवाही दिन्छन् र स्वयम् अल्लाह नै साक्षी पर्याप्त छ ।
Surah An-Nisa, Verse 166


إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ قَدۡ ضَلُّواْ ضَلَٰلَۢا بَعِيدًا

जसले कुफ्र गरे र (मानिसहरूलाई) अल्लाहको बाटोमा जानुबाट रोके, तिनीहरू आफै विचलित भई सही मार्गबाट धेरै पर पुगे ।
Surah An-Nisa, Verse 167


إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَظَلَمُواْ لَمۡ يَكُنِ ٱللَّهُ لِيَغۡفِرَ لَهُمۡ وَلَا لِيَهۡدِيَهُمۡ طَرِيقًا

जसले कुफ्र गरे र अन्याय गरिरहे, अल्लाहले निश्चय नै तिनलाई न क्षमा गर्नेछ न त तिनको मार्ग–दर्शन गर्नेछ ।
Surah An-Nisa, Verse 168


إِلَّا طَرِيقَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٗا

हो, नर्कको बाटो, जसमा तिनीहरू सधैं सधैं रहनेछन् र अल्लाहको लागि यो सजिलो छ ।
Surah An-Nisa, Verse 169


يَـٰٓأَيُّهَا ٱلنَّاسُ قَدۡ جَآءَكُمُ ٱلرَّسُولُ بِٱلۡحَقِّ مِن رَّبِّكُمۡ فَـَٔامِنُواْ خَيۡرٗا لَّكُمۡۚ وَإِن تَكۡفُرُواْ فَإِنَّ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا

हे मानिसहरू ! अल्लाहको पैगम्बर तिमीहरूछेउ सत्य कुरा लिएर आएका छन् तसर्थ तिमीहरू ईमान ल्याऊ यही नै तिम्रो निम्ति हितकर छ । र यदि तिमी काफिर भयो भने (यादराख) कि जे जति आकाशहरूमा र जमिनमा छन् सबै अल्लाहकै हुन् । र अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छ ।
Surah An-Nisa, Verse 170


يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لَا تَغۡلُواْ فِي دِينِكُمۡ وَلَا تَقُولُواْ عَلَى ٱللَّهِ إِلَّا ٱلۡحَقَّۚ إِنَّمَا ٱلۡمَسِيحُ عِيسَى ٱبۡنُ مَرۡيَمَ رَسُولُ ٱللَّهِ وَكَلِمَتُهُۥٓ أَلۡقَىٰهَآ إِلَىٰ مَرۡيَمَ وَرُوحٞ مِّنۡهُۖ فَـَٔامِنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۖ وَلَا تَقُولُواْ ثَلَٰثَةٌۚ ٱنتَهُواْ خَيۡرٗا لَّكُمۡۚ إِنَّمَا ٱللَّهُ إِلَٰهٞ وَٰحِدٞۖ سُبۡحَٰنَهُۥٓ أَن يَكُونَ لَهُۥ وَلَدٞۘ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَكَفَىٰ بِٱللَّهِ وَكِيلٗا

हे अहले किताब ! (यहूदी–ईसाई) आफ्नो धर्मको सीमोल्लङघन नगर र अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभन । मरियमका छोरा ईसा मसीह (न त अल्लाह थिए न अल्लाहका छोरा बरु) अल्लाहका रसूल मात्र र उसको पवित्र सन्देशवाहक मात्र थिए, जो अल्लाहको वाणीबाट सृष्टि भए जसलाई अल्लाहले मरियमलाई प्रदान गरेको थियो र उसको तर्फबाट पठाइएका एउटा रूह (आत्मा) थिए, तसर्थ तिमीहरूले अल्लाह र उसका सबै रसूलहरूमाथि आस्था राख र नभन कि अल्लाह तीनवटा छन् र यो धारणाबाट टाढा रह किनकि तिम्रो निम्ति यही नै राम्रो छ । अल्लाह एउटै मात्र पूजनीय छ र यस कुरासँग उसको कुनै सम्बन्ध छैन कि उसका सन्तान छन् । जे जति आकाशहरूमा र जमिनमा छन् सबै उसैको हुन् र अल्लाह नै संरक्षक स्वरूप पर्याप्त छ ।
Surah An-Nisa, Verse 171


لَّن يَسۡتَنكِفَ ٱلۡمَسِيحُ أَن يَكُونَ عَبۡدٗا لِّلَّهِ وَلَا ٱلۡمَلَـٰٓئِكَةُ ٱلۡمُقَرَّبُونَۚ وَمَن يَسۡتَنكِفۡ عَنۡ عِبَادَتِهِۦ وَيَسۡتَكۡبِرۡ فَسَيَحۡشُرُهُمۡ إِلَيۡهِ جَمِيعٗا

मसिहले अल्लाहको भक्त हुनुमा कदापि अपमान ठान्दैनन् र नत सान्निघ्य फरिशताहरूले उसको उपासनालाई आफ्नो अपमान ठान्छन् र जसले उसको उपासनालाई आफनो अपमान ठान्छन् र घमण्ड गर्छन अल्लाह उनी सबैलाई आफूनिर एकत्रित गर्नेछ ।
Surah An-Nisa, Verse 172


فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ فَيُوَفِّيهِمۡ أُجُورَهُمۡ وَيَزِيدُهُم مِّن فَضۡلِهِۦۖ وَأَمَّا ٱلَّذِينَ ٱسۡتَنكَفُواْ وَٱسۡتَكۡبَرُواْ فَيُعَذِّبُهُمۡ عَذَابًا أَلِيمٗا وَلَا يَجِدُونَ لَهُم مِّن دُونِ ٱللَّهِ وَلِيّٗا وَلَا نَصِيرٗا

यसर्थ जसले ईमान ल्याएका छन् र सत्कर्म गरेका छन्, उसले तिनलाई पूरा प्रतिफल प्रदान गर्नेछ र आफ्नो कृपाले अरु बढी नै प्रदान गर्नेछ र जसले अपमान ठाने र घमण्ड गरे, तिनलाई कष्टदायक सजाय दिनेछ र यिनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो समर्थक र सहयोगी पाउँने छैनन् ।
Surah An-Nisa, Verse 173


يَـٰٓأَيُّهَا ٱلنَّاسُ قَدۡ جَآءَكُم بُرۡهَٰنٞ مِّن رَّبِّكُمۡ وَأَنزَلۡنَآ إِلَيۡكُمۡ نُورٗا مُّبِينٗا

हे मानिसहरू ! तिम्रो रबबाट तिम्रो पासमा स्पष्ट प्रमाण आइसकेको छ र हामीले तिमीतिर चम्किने प्रकाश पठाइसकेका छौं ।
Surah An-Nisa, Verse 174


فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَٱعۡتَصَمُواْ بِهِۦ فَسَيُدۡخِلُهُمۡ فِي رَحۡمَةٖ مِّنۡهُ وَفَضۡلٖ وَيَهۡدِيهِمۡ إِلَيۡهِ صِرَٰطٗا مُّسۡتَقِيمٗا

तसर्थ जसले अल्लाहमाथि आस्था राखे र उसलाई दृघतापुर्वक समातिराखे त त्यसले तिनलाई आफ्नो दया र कृपा छिटै प्रदान गर्नेछ र तिनलाई आफूतिर (पुग्नुको लागि) सोझो बाटो देखाउनेछ ।
Surah An-Nisa, Verse 175


يَسۡتَفۡتُونَكَ قُلِ ٱللَّهُ يُفۡتِيكُمۡ فِي ٱلۡكَلَٰلَةِۚ إِنِ ٱمۡرُؤٌاْ هَلَكَ لَيۡسَ لَهُۥ وَلَدٞ وَلَهُۥٓ أُخۡتٞ فَلَهَا نِصۡفُ مَا تَرَكَۚ وَهُوَ يَرِثُهَآ إِن لَّمۡ يَكُن لَّهَا وَلَدٞۚ فَإِن كَانَتَا ٱثۡنَتَيۡنِ فَلَهُمَا ٱلثُّلُثَانِ مِمَّا تَرَكَۚ وَإِن كَانُوٓاْ إِخۡوَةٗ رِّجَالٗا وَنِسَآءٗ فَلِلذَّكَرِ مِثۡلُ حَظِّ ٱلۡأُنثَيَيۡنِۗ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ أَن تَضِلُّواْۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمُۢ

(हे पैगम्बर !) मानिसहरूले तपाईसँग कलालाको सम्बन्धमा (कलाला भनेको त्यो व्यक्ति हो जसको वारिसको रूपमा बाबू र सन्तान नहोउन) अल्लाहको आदेश जान्न खोज्दै छन् । भनिदिनुस् कि अल्लाह आफैले कलालाको सम्बन्धमा यो आदेश गर्दछ कि यदि कुनै यस्तो व्यक्तिको मृत्यु हुन्छ जसको कुनै सन्तान छैन र त्यसको एउटी बहिनी अथवा दिदी छिन् भने मृतकको सम्पत्तिबाट आधा भाग पाउने छिन्, र यदि तिनको मृत्यु हुन्छ र कुनै सन्तान छैन भने तिनको (मृतक दिदी अथवा बहिनी) वारिस तिनकै भाइ हुनेछ र यदि दाजु वा भाइको मृत्यु हुन्छ र उसका दुईटा बहिनी अथवा दिदी वा दिदी बहिनी छिन् भने ती दुवैले (मृतकले छाडेर गएको सम्पत्तिको) दुई तिहाई भागको हकवाला हुनेछिन् र यदि भाइ र बहिनी अर्थात लोग्ने मान्छे र स्वास्नी मानिसहरू वारिस छन् भने लोग्ने मानिसको भाग, स्वास्नी मानिसको भागको दुईगुणा हुनेछ । अल्लाहले (यी आदेशहरू) तिमीसित यस कारणले वर्णन गर्दछ कि तिमीले भूल गर्दै नहिंड र अल्लाह हरेक कुराको ज्ञाता छ ।
Surah An-Nisa, Verse 176


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 3
>> Surah 5

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai