Surah Al-Humaza - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَيۡلٞ لِّكُلِّ هُمَزَةٖ لُّمَزَةٍ
बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
Surah Al-Humaza, Verse 1
ٱلَّذِي جَمَعَ مَالٗا وَعَدَّدَهُۥ
जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
Surah Al-Humaza, Verse 2
يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
Surah Al-Humaza, Verse 3
كَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ
कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
Surah Al-Humaza, Verse 4
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ
र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
Surah Al-Humaza, Verse 5
نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ
त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
Surah Al-Humaza, Verse 6
ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ
जो छातीमाथि चढ्दै जानेछ ।
Surah Al-Humaza, Verse 7
إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةٞ
र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।
Surah Al-Humaza, Verse 8
فِي عَمَدٖ مُّمَدَّدَةِۭ
ठूलाठूला स्तम्भहरूमा ।
Surah Al-Humaza, Verse 9