Surah Yusuf Verse 76 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Yusufفَبَدَأَ بِأَوۡعِيَتِهِمۡ قَبۡلَ وِعَآءِ أَخِيهِ ثُمَّ ٱسۡتَخۡرَجَهَا مِن وِعَآءِ أَخِيهِۚ كَذَٰلِكَ كِدۡنَا لِيُوسُفَۖ مَا كَانَ لِيَأۡخُذَ أَخَاهُ فِي دِينِ ٱلۡمَلِكِ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ نَرۡفَعُ دَرَجَٰتٖ مَّن نَّشَآءُۗ وَفَوۡقَ كُلِّ ذِي عِلۡمٍ عَلِيمٞ
तब यूसुफले उनीहरूको सामानको खानातलाशी प्रारम्भ गरे, आफ्नो भाइको सामान खानतलाशी गर्नुभन्दा पहिला, त्यसपछि त्यस पैमानालाई आफ्नो भाइको सामानबाट बरामद गरे । हामीले (अल्लाह) यूसुफको लागि यस्तै युक्ति निकालें । त्यस राजाको राजकीय कानून अनुसार उहाँ आफ्नो भाइलाई राख्न सक्तैनथे । परन्तु यदि यो अल्लाहलाई स्वीकार भयो भने, हामीले, (अल्लाह) जसलाई चाहान्छौं त्यसको मर्यादा बढाइदिन्छौं । प्रत्येक ज्ञातामाथि अर्को ज्ञानवान हुन्छ ।