Surah Yusuf - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
الٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡمُبِينِ
अलिफ–लाम–रा, यो स्पष्ट ग्रन्थका आयतहरू (श्लोकहरू) हुन् ।
Surah Yusuf, Verse 1
إِنَّآ أَنزَلۡنَٰهُ قُرۡءَٰنًا عَرَبِيّٗا لَّعَلَّكُمۡ تَعۡقِلُونَ
निःसन्देह हामीले यस कुरआनलाई अरबीमा उतारेका छौं ताकि तिमीले बुझ्न सक ।
Surah Yusuf, Verse 2
نَحۡنُ نَقُصُّ عَلَيۡكَ أَحۡسَنَ ٱلۡقَصَصِ بِمَآ أَوۡحَيۡنَآ إِلَيۡكَ هَٰذَا ٱلۡقُرۡءَانَ وَإِن كُنتَ مِن قَبۡلِهِۦ لَمِنَ ٱلۡغَٰفِلِينَ
हामी तपाई सामु सर्वोत्कृष्ट बृतान्त प्रस्तुत गर्दछौं, यस कारण कि हामीले तपाईतिर यो कुरआन वह्यको माध्यमबाट उतारेकाछौं र निःसन्देह यसभन्दा अगाडि तपाई अज्ञानहरूमध्येका हुनुहुन्थ्यो ।
Surah Yusuf, Verse 3
إِذۡ قَالَ يُوسُفُ لِأَبِيهِ يَـٰٓأَبَتِ إِنِّي رَأَيۡتُ أَحَدَ عَشَرَ كَوۡكَبٗا وَٱلشَّمۡسَ وَٱلۡقَمَرَ رَأَيۡتُهُمۡ لِي سَٰجِدِينَ
जब यूसुफले आफ्नो पितासँग भने कि बुबा ! मैले (सपनामा) एघारा ताराहरू, र सूर्य र चन्द्र देखेको छु कि तिनीहरूले मलाई ढोगिराखेका छन् ।
Surah Yusuf, Verse 4
قَالَ يَٰبُنَيَّ لَا تَقۡصُصۡ رُءۡيَاكَ عَلَىٰٓ إِخۡوَتِكَ فَيَكِيدُواْ لَكَ كَيۡدًاۖ إِنَّ ٱلشَّيۡطَٰنَ لِلۡإِنسَٰنِ عَدُوّٞ مُّبِينٞ
यअ्कूबले भने प्यारो छोरा ! आफ्नो यस सपनाको चर्चा आफ्ना दाजुभाइहरूसँग नगर्नु, नत्र तिनीहरू तिम्रो लागि षड्यन्त्रपूर्ण चाल चल्नेछन् । कुनै सन्देह छैन कि शैतान मानिसको स्पष्टरूपमा शत्रु हो ।
Surah Yusuf, Verse 5
وَكَذَٰلِكَ يَجۡتَبِيكَ رَبُّكَ وَيُعَلِّمُكَ مِن تَأۡوِيلِ ٱلۡأَحَادِيثِ وَيُتِمُّ نِعۡمَتَهُۥ عَلَيۡكَ وَعَلَىٰٓ ءَالِ يَعۡقُوبَ كَمَآ أَتَمَّهَا عَلَىٰٓ أَبَوَيۡكَ مِن قَبۡلُ إِبۡرَٰهِيمَ وَإِسۡحَٰقَۚ إِنَّ رَبَّكَ عَلِيمٌ حَكِيمٞ
र यसै प्रकार अल्लाहले तिमीलाई विशेष रूपमा रोज्नेछ, र सपनाको अर्थको ज्ञान गराउनेछ, र जुन किसिमले उसले आफ्नो वरदान अघि तिम्रो बाजे–बराजु, इब्राहीम तथा ‘‘इस्हाक’’ लाई प्रदान गरेको थियो, त्यसै प्रकारले तिमीमाथि र यअ्कूबको सन्ततिलाई पनि प्रदान गर्नेछ । निःसन्देह तिम्रो पालनकर्ता (सर्व) ज्ञाता र तत्वदर्शी छ ।
Surah Yusuf, Verse 6
۞لَّقَدۡ كَانَ فِي يُوسُفَ وَإِخۡوَتِهِۦٓ ءَايَٰتٞ لِّلسَّآئِلِينَ
हो, यूसुफ र तिनका दाजुभाइहरूमा सोध गर्ने मानिसहरूका निम्ति धेरै निशानीहरू छन् ।
Surah Yusuf, Verse 7
إِذۡ قَالُواْ لَيُوسُفُ وَأَخُوهُ أَحَبُّ إِلَىٰٓ أَبِينَا مِنَّا وَنَحۡنُ عُصۡبَةٌ إِنَّ أَبَانَا لَفِي ضَلَٰلٖ مُّبِينٍ
जब तिनीहरूले (आपसमा) चर्चा गरेः कि यूसुफ र उनको भाइ पितालाई हामीभन्दा धेरै प्रिय छन् । हुन त हामीहरू शक्तिशाली जत्तथा छौं, निश्चय नै हाम्रा पिता ठूलो भ्रममा हुनुहुन्छ ।
Surah Yusuf, Verse 8
ٱقۡتُلُواْ يُوسُفَ أَوِ ٱطۡرَحُوهُ أَرۡضٗا يَخۡلُ لَكُمۡ وَجۡهُ أَبِيكُمۡ وَتَكُونُواْ مِنۢ بَعۡدِهِۦ قَوۡمٗا صَٰلِحِينَ
तसर्थ यूसुफलाई त मारिहाल वा कुनै अज्ञात ठाउँमा फालिहाल, जसबाट तिम्रो पिताज्यूको ध्यान मात्र तिमीतिर हुनेछ, र यस पश्चात तिमी राम्रो अवस्थामा भइहाल ।
Surah Yusuf, Verse 9
قَالَ قَآئِلٞ مِّنۡهُمۡ لَا تَقۡتُلُواْ يُوسُفَ وَأَلۡقُوهُ فِي غَيَٰبَتِ ٱلۡجُبِّ يَلۡتَقِطۡهُ بَعۡضُ ٱلسَّيَّارَةِ إِن كُنتُمۡ فَٰعِلِينَ
तिनीहरूमध्ये एउटाले भन्योः ‘‘कि यूसुफको ज्यान नमार, बरु गहिरो इनारमा फालिदेऊ यसरी कि कुनै बटुवाले निकालेर लैजाओस् । यदि तिमीले गर्नुछ भने यसरी नै गर ।’’
Surah Yusuf, Verse 10
قَالُواْ يَـٰٓأَبَانَا مَا لَكَ لَا تَأۡمَ۬نَّا عَلَىٰ يُوسُفَ وَإِنَّا لَهُۥ لَنَٰصِحُونَ
भन्न थालेकिः ‘‘पिताज्यू ! के कारण छ कि हजुरले यूसुफको बारेमा हामीलाई विश्वास गर्नुहुन्न, जबकि हामी उसका शुभचिन्तक हौं ।’’
Surah Yusuf, Verse 11
أَرۡسِلۡهُ مَعَنَا غَدٗا يَرۡتَعۡ وَيَلۡعَبۡ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ
भोलि उसलाई खूबै आनन्द गर्न, खेल्न र खानपीन गर्न हाम्रो साथमा पठाइदिनुस् । हामी उसको सुरक्षाको जिम्मेवार छौं ।
Surah Yusuf, Verse 12
قَالَ إِنِّي لَيَحۡزُنُنِيٓ أَن تَذۡهَبُواْ بِهِۦ وَأَخَافُ أَن يَأۡكُلَهُ ٱلذِّئۡبُ وَأَنتُمۡ عَنۡهُ غَٰفِلُونَ
यअ्कूब (अलैहिस्सलाम)ले भनेः ‘‘कि यो कुरा मलाई दुःखी तुल्याइदिन्छ कि तिमीहरूले उसलाई लग, र मलाई यो पनि डर छ, कि तिम्रो असावधानीबाट उसलाई ब्वाँसोले खाइदिनेछ ।
Surah Yusuf, Verse 13
قَالُواْ لَئِنۡ أَكَلَهُ ٱلذِّئۡبُ وَنَحۡنُ عُصۡبَةٌ إِنَّآ إِذٗا لَّخَٰسِرُونَ
तिनीहरूले भने कि हाम्रो शक्तिशाली उपस्थितिमा पनि यदि उसलाई ब्वाँसोले खायो भने त हामी पूर्ण बेकम्मा हुनेछौं ।
Surah Yusuf, Verse 14
فَلَمَّا ذَهَبُواْ بِهِۦ وَأَجۡمَعُوٓاْ أَن يَجۡعَلُوهُ فِي غَيَٰبَتِ ٱلۡجُبِّۚ وَأَوۡحَيۡنَآ إِلَيۡهِ لَتُنَبِّئَنَّهُم بِأَمۡرِهِمۡ هَٰذَا وَهُمۡ لَا يَشۡعُرُونَ
फेरि जब तिनीहरूले उनलाई लगे, र सबै एकमत भए कि उनलाई एउटा एकान्तको गहिरो इनारमा हालिदियौ, त हामीले यूसुफ (अलैस्सिलाम) तिर त्यही सन्देश पठायांै कि एक समय यस्तो आउँनेछ कि तिमीले तिनीहरूसित यसको बारेमा भन्नेछौ र तिनीहरूलाई तिम्रो बारेमा कुनै ज्ञान हुनेछैन ।
Surah Yusuf, Verse 15
وَجَآءُوٓ أَبَاهُمۡ عِشَآءٗ يَبۡكُونَ
तिनीहरू रातिको समयमा पिताको समीपमा रुँदै आए ।
Surah Yusuf, Verse 16
قَالُواْ يَـٰٓأَبَانَآ إِنَّا ذَهَبۡنَا نَسۡتَبِقُ وَتَرَكۡنَا يُوسُفَ عِندَ مَتَٰعِنَا فَأَكَلَهُ ٱلذِّئۡبُۖ وَمَآ أَنتَ بِمُؤۡمِنٖ لَّنَا وَلَوۡ كُنَّا صَٰدِقِينَ
र भन्नथालेः ‘‘कि पिताज्यू ! हामी त परस्पर दगुर्नुमा एक अर्कासित अगाडि हुनुमा लागिहाल्यौं, र यूसुफलाई आफ्नो सामानको नजिकमा छाड्दियौं, अनि ब्वाँसोले उसलाई खाइहाल्यो हाम्रो कुरालाई तपाईले पत्याउनुहुन्न, जबकि हामीले सत्य भनिराखेका छौं ।
Surah Yusuf, Verse 17
وَجَآءُو عَلَىٰ قَمِيصِهِۦ بِدَمٖ كَذِبٖۚ قَالَ بَلۡ سَوَّلَتۡ لَكُمۡ أَنفُسُكُمۡ أَمۡرٗاۖ فَصَبۡرٞ جَمِيلٞۖ وَٱللَّهُ ٱلۡمُسۡتَعَانُ عَلَىٰ مَا تَصِفُونَ
र यूसुफको कमिजमा झूठो रगतको दागपनि लगाएर ल्याएका थिए । पिताले भने यो होइन, बरु तिमीहरू आफैंले मनगढन्ते कुरा बनाएर ल्याएका छौ । त राम्रो धैर्य नै उचित छ र जे तिमीले भनिराखेका छौ त्यस सम्बन्धमा अल्लाहबाट नै मद्दत चाहिन्छ ।
Surah Yusuf, Verse 18
وَجَآءَتۡ سَيَّارَةٞ فَأَرۡسَلُواْ وَارِدَهُمۡ فَأَدۡلَىٰ دَلۡوَهُۥۖ قَالَ يَٰبُشۡرَىٰ هَٰذَا غُلَٰمٞۚ وَأَسَرُّوهُ بِضَٰعَةٗۚ وَٱللَّهُ عَلِيمُۢ بِمَا يَعۡمَلُونَ
एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।
Surah Yusuf, Verse 19
وَشَرَوۡهُ بِثَمَنِۭ بَخۡسٖ دَرَٰهِمَ مَعۡدُودَةٖ وَكَانُواْ فِيهِ مِنَ ٱلزَّـٰهِدِينَ
र उसलाई उनीहरूले सानो मूल्यमा केही दिरहमहरूमा बेचीहाले, तिनीहरूको त यूसुफको बारेमा केही चाहना थिएन ।
Surah Yusuf, Verse 20
وَقَالَ ٱلَّذِي ٱشۡتَرَىٰهُ مِن مِّصۡرَ لِٱمۡرَأَتِهِۦٓ أَكۡرِمِي مَثۡوَىٰهُ عَسَىٰٓ أَن يَنفَعَنَآ أَوۡ نَتَّخِذَهُۥ وَلَدٗاۚ وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي ٱلۡأَرۡضِ وَلِنُعَلِّمَهُۥ مِن تَأۡوِيلِ ٱلۡأَحَادِيثِۚ وَٱللَّهُ غَالِبٌ عَلَىٰٓ أَمۡرِهِۦ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाका कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।
Surah Yusuf, Verse 21
وَلَمَّا بَلَغَ أَشُدَّهُۥٓ ءَاتَيۡنَٰهُ حُكۡمٗا وَعِلۡمٗاۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
र जब उनले आफ्नो वयस्क अवस्था प्राप्त गरे, तब हामीले उनलाई शक्ति र ज्ञान प्रदान गर्यौं, र असल कर्म गर्नेहरूलाई हामीले यस्तै किसिमले पुरस्कार प्रदान गर्ने गर्दछौं ।
Surah Yusuf, Verse 22
وَرَٰوَدَتۡهُ ٱلَّتِي هُوَ فِي بَيۡتِهَا عَن نَّفۡسِهِۦ وَغَلَّقَتِ ٱلۡأَبۡوَٰبَ وَقَالَتۡ هَيۡتَ لَكَۚ قَالَ مَعَاذَ ٱللَّهِۖ إِنَّهُۥ رَبِّيٓ أَحۡسَنَ مَثۡوَايَۖ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلظَّـٰلِمُونَ
तर जुन स्त्रीको घरमा यूसुफ बस्दथे, उसले आफूतिर आकृष्ट गर्न खोजी र ढोका थुनि भन्नथाली (यूसुफ !) छिटो आऊ । उनले भने कि अल्लाहले, शरण प्रदान गरोस्, उही मेरो पालनकर्ता हो, उसले मलाई राम्ररी राखेको छ निःसन्देह अत्याचारी मानिसहरू कहिल्यै सफलता प्राप्त गर्दैनन् ।
Surah Yusuf, Verse 23
وَلَقَدۡ هَمَّتۡ بِهِۦۖ وَهَمَّ بِهَا لَوۡلَآ أَن رَّءَا بُرۡهَٰنَ رَبِّهِۦۚ كَذَٰلِكَ لِنَصۡرِفَ عَنۡهُ ٱلسُّوٓءَ وَٱلۡفَحۡشَآءَۚ إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُخۡلَصِينَ
र त्यस स्त्रीले उत्सुकतापूर्वक उनको कामना गरी र उनले पनि त्यसको इच्छा गरिहाल्थे यदि उनले आफ्नो पालनकर्ताको निशानी नदेखेको भए । यस्तो यसकारणले कि हामीले उनलाई नराम्रो र लज्जाजनक कुरोबाट टाडा राख्न सकौं । निःसन्देह ऊ हाम्रो विशिष्ट सेवकहरूमध्येको थियो ।
Surah Yusuf, Verse 24
وَٱسۡتَبَقَا ٱلۡبَابَ وَقَدَّتۡ قَمِيصَهُۥ مِن دُبُرٖ وَأَلۡفَيَا سَيِّدَهَا لَدَا ٱلۡبَابِۚ قَالَتۡ مَا جَزَآءُ مَنۡ أَرَادَ بِأَهۡلِكَ سُوٓءًا إِلَّآ أَن يُسۡجَنَ أَوۡ عَذَابٌ أَلِيمٞ
दुवै ढोकातिर दगुरे र ती महिलाले उनको कमिज पछाडिबाट समाती च्यातिहाली, र दुवैको ढोकानिर ती स्त्रीको पतिसित भेट भइहाल्यो, अनि भन्नथाली कि जुन मानिसले तिम्रो स्वास्नीप्रति यस्तो नराम्रो भावना राख्दछ, उसको दण्ड यो छ कि उसलाई कैद गरियोस् अथवा अरु कुनै दुःखपूर्ण सजाय दिइयोस् ।
Surah Yusuf, Verse 25
قَالَ هِيَ رَٰوَدَتۡنِي عَن نَّفۡسِيۚ وَشَهِدَ شَاهِدٞ مِّنۡ أَهۡلِهَآ إِن كَانَ قَمِيصُهُۥ قُدَّ مِن قُبُلٖ فَصَدَقَتۡ وَهُوَ مِنَ ٱلۡكَٰذِبِينَ
यूसुफले भनेः यस स्वास्नी मानिसले नै मलाई आफूतिर बहकाउन खोजेको थियो र सोही महिलाको आफन्तहरूमध्ये एकजना गवाहले यो भन्योः कि यदि उसको कमिज अगाडिबाट च्यातिएको छ भने यो साँचो छे र यूसुफ झूठ बोल्ने हो ।
Surah Yusuf, Verse 26
وَإِن كَانَ قَمِيصُهُۥ قُدَّ مِن دُبُرٖ فَكَذَبَتۡ وَهُوَ مِنَ ٱلصَّـٰدِقِينَ
र यदि कमिज पछाडिबाट च्यातिएको छ भने यो स्त्री झूठो (छे) र यूसुफ साँचो हो ।
Surah Yusuf, Verse 27
فَلَمَّا رَءَا قَمِيصَهُۥ قُدَّ مِن دُبُرٖ قَالَ إِنَّهُۥ مِن كَيۡدِكُنَّۖ إِنَّ كَيۡدَكُنَّ عَظِيمٞ
तसर्थ जब उसले देख्योः कि कमिज पछाडिबाट च्यातिएको छ, तब उसले भन्योः कि यो तिम्रै षडयन्त्र हो र सन्देह छैन तिमी आईमाईहरूको चालबाजी ठूलो हुन्छ ।
Surah Yusuf, Verse 28
يُوسُفُ أَعۡرِضۡ عَنۡ هَٰذَاۚ وَٱسۡتَغۡفِرِي لِذَنۢبِكِۖ إِنَّكِ كُنتِ مِنَ ٱلۡخَاطِـِٔينَ
यूसुफ ! यस कुराको तिमी वास्ता नगर र स्त्री ! तिमी आफ्नो दुष्कर्मको निम्ति क्षमायाचना गर, निःसन्देह दोष तिम्रो नै छ ।
Surah Yusuf, Verse 29
۞وَقَالَ نِسۡوَةٞ فِي ٱلۡمَدِينَةِ ٱمۡرَأَتُ ٱلۡعَزِيزِ تُرَٰوِدُ فَتَىٰهَا عَن نَّفۡسِهِۦۖ قَدۡ شَغَفَهَا حُبًّاۖ إِنَّا لَنَرَىٰهَا فِي ضَلَٰلٖ مُّبِينٖ
र शहरमा आईमाईहरूले कुरा गर्न थालिन् कि ‘‘अजीजकी’’ स्वास्नी आफ्नो युवा दासलाई आफूतिर प्रवृत्त गर्न चाहन्छिन्, र यूसुफको माया उसको हृदयलाई गहिरो रूपमा प्रभावित गरिसकेको छ । हामीले देख्दछौ कि त्यो सरासर मार्गविचलित भइराखेकी छे ।
Surah Yusuf, Verse 30
فَلَمَّا سَمِعَتۡ بِمَكۡرِهِنَّ أَرۡسَلَتۡ إِلَيۡهِنَّ وَأَعۡتَدَتۡ لَهُنَّ مُتَّكَـٔٗا وَءَاتَتۡ كُلَّ وَٰحِدَةٖ مِّنۡهُنَّ سِكِّينٗا وَقَالَتِ ٱخۡرُجۡ عَلَيۡهِنَّۖ فَلَمَّا رَأَيۡنَهُۥٓ أَكۡبَرۡنَهُۥ وَقَطَّعۡنَ أَيۡدِيَهُنَّ وَقُلۡنَ حَٰشَ لِلَّهِ مَا هَٰذَا بَشَرًا إِنۡ هَٰذَآ إِلَّا مَلَكٞ كَرِيمٞ
उसले (जुलेखाले) जब यी आईमाईहरूको मक्कारीको कुरा सुन्यो, तब उनलाई बोलाउन सन्देश पठायो, र उनको लागि बैठकको आयोजना गर्याे, र हरेकलाई एउटा एउटा छुरी दियो, र भन्यो कि हे यूसुफ उनको सामुन्ने आऊ, जब आईमाईहरूले देखिन् त आश्चर्यचकित भइन् र आफ्नो हात काटिहालिन् । र उनीहरूले भनिन् कि अल्लाह धन्य छ ! यो मनुष्य होइन, अवश्य कुनै मर्यादित स्वर्गदूत हो ।
Surah Yusuf, Verse 31
قَالَتۡ فَذَٰلِكُنَّ ٱلَّذِي لُمۡتُنَّنِي فِيهِۖ وَلَقَدۡ رَٰوَدتُّهُۥ عَن نَّفۡسِهِۦ فَٱسۡتَعۡصَمَۖ وَلَئِن لَّمۡ يَفۡعَلۡ مَآ ءَامُرُهُۥ لَيُسۡجَنَنَّ وَلَيَكُونٗا مِّنَ ٱلصَّـٰغِرِينَ
अनि अजीजे मिस्रकी पत्नीले भनी, यो त्यही हो जसको बारेमा तिमीहरूले मलाई दोष लगाउँदैथ्यौ र निःसन्देह मैले उसलाई आफूतिर प्रवृत्त गर्न खोजेको हो, तर यो विचलित भएन र यदि यसले त्यो काम गर्दैन जुन मैले यसलाई भनें त यो बन्दी बनाइनेछ र अपमानित हुनेछ ।
Surah Yusuf, Verse 32
قَالَ رَبِّ ٱلسِّجۡنُ أَحَبُّ إِلَيَّ مِمَّا يَدۡعُونَنِيٓ إِلَيۡهِۖ وَإِلَّا تَصۡرِفۡ عَنِّي كَيۡدَهُنَّ أَصۡبُ إِلَيۡهِنَّ وَأَكُن مِّنَ ٱلۡجَٰهِلِينَ
यूसुफले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! जुन कामतिर यिनीहरूले मलाई बोलाइराखेछिन् त्यसको सट्टामा मलाई कैद स्वीकार छ, र एकदम यदि तिमीले मबाट उनीहरूको षड्यन्त्र हटाएनौ भने म तिनीहरूतिर प्रवृत्त भइहाल्नेछु र अज्ञानीहरूमध्येको भइहाल्नेछु ।
Surah Yusuf, Verse 33
فَٱسۡتَجَابَ لَهُۥ رَبُّهُۥ فَصَرَفَ عَنۡهُ كَيۡدَهُنَّۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
अनि अल्लाहले उनको प्रार्थना स्वीकार गरिहाल्यो, र उनीबाट आईमाईहरूको जाल समाप्त गरिहाल्यो । निःसन्देह ऊ सुन्ने (र) जान्नेवाला छ ।
Surah Yusuf, Verse 34
ثُمَّ بَدَا لَهُم مِّنۢ بَعۡدِ مَا رَأَوُاْ ٱلۡأٓيَٰتِ لَيَسۡجُنُنَّهُۥ حَتَّىٰ حِينٖ
तर यसको बावजूद कि तिनीहरूले धेरै निशानीहरू देखिसकेका थिए तैपनि उनीहरू यसै कुरामा सहमत भएकि केही दिनको लागि कैदमा नै राखियोस् ।
Surah Yusuf, Verse 35
وَدَخَلَ مَعَهُ ٱلسِّجۡنَ فَتَيَانِۖ قَالَ أَحَدُهُمَآ إِنِّيٓ أَرَىٰنِيٓ أَعۡصِرُ خَمۡرٗاۖ وَقَالَ ٱلۡأٓخَرُ إِنِّيٓ أَرَىٰنِيٓ أَحۡمِلُ فَوۡقَ رَأۡسِي خُبۡزٗا تَأۡكُلُ ٱلطَّيۡرُ مِنۡهُۖ نَبِّئۡنَا بِتَأۡوِيلِهِۦٓۖ إِنَّا نَرَىٰكَ مِنَ ٱلۡمُحۡسِنِينَ
र उनको साथमा अरु दुई युवकहरू पनि जेलमा प्रवेश गरे । तिनीहरूमध्ये एउटाले भन्यो कि मैले सपना देखेको छुः कि म मदिराको निम्ति अंगूर निचोरिराखेको छु । अर्कोले भन्योः कि मैले पनि सपना देखेको छु मैले आफ्नो टाउकोमा रोटीहरू बोकेको छु र पंक्षीहरूले त्यसबाट खाइराखेका छन् । तसर्थ हामीलाई यसको अर्थ भनिदिनुस् किनभने हामीले तपाईलाई असल मानिसको रूपमा देखिराखेका छौं ।
Surah Yusuf, Verse 36
قَالَ لَا يَأۡتِيكُمَا طَعَامٞ تُرۡزَقَانِهِۦٓ إِلَّا نَبَّأۡتُكُمَا بِتَأۡوِيلِهِۦ قَبۡلَ أَن يَأۡتِيَكُمَاۚ ذَٰلِكُمَا مِمَّا عَلَّمَنِي رَبِّيٓۚ إِنِّي تَرَكۡتُ مِلَّةَ قَوۡمٖ لَّا يُؤۡمِنُونَ بِٱللَّهِ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ كَٰفِرُونَ
यूसुफले भनेः कि जुन खाना तिमीलाई प्राप्त हुनेवाला छ, त्यो आउनुभन्दा अगाडि नै मैले तिमीलाई त्यसको अर्थ र वास्तविकता भनिदिनेछु । यी ती कुराहरूमध्येका हुन्, जुन मेरो पालनकर्ताले मलाई सिकाउनु भएको छ । जुन मानिसहरू अल्लाहमाथि विश्वास गर्दैनन् र परलोकको दिनलाई नकार्दछन्, मैले तिनीहरूको धर्म छोडिसकेको छु ।
Surah Yusuf, Verse 37
وَٱتَّبَعۡتُ مِلَّةَ ءَابَآءِيٓ إِبۡرَٰهِيمَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَۚ مَا كَانَ لَنَآ أَن نُّشۡرِكَ بِٱللَّهِ مِن شَيۡءٖۚ ذَٰلِكَ مِن فَضۡلِ ٱللَّهِ عَلَيۡنَا وَعَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَشۡكُرُونَ
र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी हूँ । हामीलाई उचित छैन, कि कुनै कुरालाई अल्लाहको साथमा दाँजौं । यो अल्लाहको अनुकम्पा हो, हामीमाथि पनि र अरु मानिसहरू माथि पनि, तर धेरै मानिसहरूले आभार प्रकट गर्दैनन् ।
Surah Yusuf, Verse 38
يَٰصَٰحِبَيِ ٱلسِّجۡنِ ءَأَرۡبَابٞ مُّتَفَرِّقُونَ خَيۡرٌ أَمِ ٱللَّهُ ٱلۡوَٰحِدُ ٱلۡقَهَّارُ
मेरो जेलमा बस्ने साथीहरू ! के कैयौं पूज्यहरू (हुनु) राम्रो हुन्छ वा एक अल्लाह जो महान् र सर्वशक्तिमान छ ।
Surah Yusuf, Verse 39
مَا تَعۡبُدُونَ مِن دُونِهِۦٓ إِلَّآ أَسۡمَآءٗ سَمَّيۡتُمُوهَآ أَنتُمۡ وَءَابَآؤُكُم مَّآ أَنزَلَ ٱللَّهُ بِهَا مِن سُلۡطَٰنٍۚ إِنِ ٱلۡحُكۡمُ إِلَّا لِلَّهِ أَمَرَ أَلَّا تَعۡبُدُوٓاْ إِلَّآ إِيَّاهُۚ ذَٰلِكَ ٱلدِّينُ ٱلۡقَيِّمُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
जुन कुराहरूलाई तिमीले अल्लाह बाहेक पूजा गर्दछौ तिनीहरू मात्र नाम हुन्, जुन तिमीले र तिम्रा पुर्खाहरूले नामाकरण गरिहालेका छौ । किनभने अल्लाहले तिनीहरूको कुनै प्रमाण पठाएको छैन । सुनिराख कि अल्लाह बाहेक अरु कसैको सत्ता छैन । उसले आदेश गरेको छ, कि उस बाहेक कसैको पूजा नगर, यही सोझो धर्म हो तर धेरै मानिसहरू जान्दैनन् ।
Surah Yusuf, Verse 40
يَٰصَٰحِبَيِ ٱلسِّجۡنِ أَمَّآ أَحَدُكُمَا فَيَسۡقِي رَبَّهُۥ خَمۡرٗاۖ وَأَمَّا ٱلۡأٓخَرُ فَيُصۡلَبُ فَتَأۡكُلُ ٱلطَّيۡرُ مِن رَّأۡسِهِۦۚ قُضِيَ ٱلۡأَمۡرُ ٱلَّذِي فِيهِ تَسۡتَفۡتِيَانِ
मेरा जेलका साथीहरू हो ! तिमीमध्ये एउटा त आफ्नो मालिकलाई मदिरा खुवाउन नियुक्त हुनेछ र जुन दोस्रो छ त्यसलाई फाँसिमा झुण्ड्याइने छ र पंक्षीहरूले उसको टाउको लुछेर खानेछन् । जुन कुरा तिमीले मसित सोध्दैछौ त्यसको निर्णय भइसकेको छ ।
Surah Yusuf, Verse 41
وَقَالَ لِلَّذِي ظَنَّ أَنَّهُۥ نَاجٖ مِّنۡهُمَا ٱذۡكُرۡنِي عِندَ رَبِّكَ فَأَنسَىٰهُ ٱلشَّيۡطَٰنُ ذِكۡرَ رَبِّهِۦ فَلَبِثَ فِي ٱلسِّجۡنِ بِضۡعَ سِنِينَ
र दुवै मानिसहरूमध्येबाट जसको बारेमा (यूसुफले) ठानेका थिए कि त्यसले मुक्ति पाइहाल्नेछ, उससित उनले भने कि आफ्नो मालिकसँग मेरो चर्चा पनि गर्नु, तर शैतानले उसलाई आफ्नो राजासँग उनको चर्चा गर्न भुलाइदियो, र यूसुफ कैयौं वर्ष जेलमा नै रहीरहे ।
Surah Yusuf, Verse 42
وَقَالَ ٱلۡمَلِكُ إِنِّيٓ أَرَىٰ سَبۡعَ بَقَرَٰتٖ سِمَانٖ يَأۡكُلُهُنَّ سَبۡعٌ عِجَافٞ وَسَبۡعَ سُنۢبُلَٰتٍ خُضۡرٖ وَأُخَرَ يَابِسَٰتٖۖ يَـٰٓأَيُّهَا ٱلۡمَلَأُ أَفۡتُونِي فِي رُءۡيَٰيَ إِن كُنتُمۡ لِلرُّءۡيَا تَعۡبُرُونَ
र राजाले भने कि मैले (सपना देखेको छु), कि सातवटा मोटी गाईहरू छन् जसलाई सातवटा दुब्ली गाईहरूले खाइराखेका छन्, र अन्नका सातवटा हरिया बाली छन् र (सात) सुकेका । हे दरवारीहरू ! यदि तिमीहरू सपनाहरूको अर्थ भन्न सक्छौ भने मलाई मेरो सपनाको अर्थ बताऊ ।
Surah Yusuf, Verse 43
قَالُوٓاْ أَضۡغَٰثُ أَحۡلَٰمٖۖ وَمَا نَحۡنُ بِتَأۡوِيلِ ٱلۡأَحۡلَٰمِ بِعَٰلِمِينَ
उनले भने, यी त अन्यौलमा पार्ने सपनाहरू हुन्, र हामीलाई यस्ता सपनाहरूको अर्थ आउँदैन ।
Surah Yusuf, Verse 44
وَقَالَ ٱلَّذِي نَجَا مِنۡهُمَا وَٱدَّكَرَ بَعۡدَ أُمَّةٍ أَنَا۠ أُنَبِّئُكُم بِتَأۡوِيلِهِۦ فَأَرۡسِلُونِ
अहिले त्यो मानिस जुन दुई कैदिहरूमध्येबाट छुटकारा पाइसकेको थियो र जसलाई एउटा अन्तराल पश्चात त्यस कुराको स्मरण भयो, उसले भन्यो कि म, तपाईलाई यसको अर्थ बताउँछु । मलाई (कारागारमा) जाने अनुमति दिुनस् ।
Surah Yusuf, Verse 45
يُوسُفُ أَيُّهَا ٱلصِّدِّيقُ أَفۡتِنَا فِي سَبۡعِ بَقَرَٰتٖ سِمَانٖ يَأۡكُلُهُنَّ سَبۡعٌ عِجَافٞ وَسَبۡعِ سُنۢبُلَٰتٍ خُضۡرٖ وَأُخَرَ يَابِسَٰتٖ لَّعَلِّيٓ أَرۡجِعُ إِلَى ٱلنَّاسِ لَعَلَّهُمۡ يَعۡلَمُونَ
(त्यो यूसुफको समीपमा आयो र भन्न थाल्यो) यूसुफ ! हे सत्यनिष्ठ हामीलाई (यस सपनाको अर्थ) भन्नुस् कि सातवटा मोटी गाइहरूलाई सातवटा दुब्ली गाईहरूले खाईराखेका छन् र सातवटा बालीहरू हरिया छन् र सातवटा सुकेका जसबाट म मानिसहरूको समीपमा गई अर्थ भनू, हुनसक्छ कि तिनीहरूले जानुन् ।
Surah Yusuf, Verse 46
قَالَ تَزۡرَعُونَ سَبۡعَ سِنِينَ دَأَبٗا فَمَا حَصَدتُّمۡ فَذَرُوهُ فِي سُنۢبُلِهِۦٓ إِلَّا قَلِيلٗا مِّمَّا تَأۡكُلُونَ
यूसुफले भनेः कि तिमीहरूले सात वर्षसम्म लगातार खेती गर्दै रह, अनि बाली काटेर बालीसमेत रहनदिनु केही अन्न बाहेक जुन तिमीले खान्छौ ।
Surah Yusuf, Verse 47
ثُمَّ يَأۡتِي مِنۢ بَعۡدِ ذَٰلِكَ سَبۡعٞ شِدَادٞ يَأۡكُلۡنَ مَا قَدَّمۡتُمۡ لَهُنَّ إِلَّا قَلِيلٗا مِّمَّا تُحۡصِنُونَ
अनि यस पश्चात सात वर्षसम्म अत्यन्त गम्भीर अनिकाल आउनेछ यसमा जुन अनाज तिमीले जम्मा गरेर राखेका छौ, तिनीहरूले त्यो सबै खानेछन्, मात्र त्यही अलिकति बाँकी रहनेछ जुनकि तिमीले जतनले राखिरहने छौ ।
Surah Yusuf, Verse 48
ثُمَّ يَأۡتِي مِنۢ بَعۡدِ ذَٰلِكَ عَامٞ فِيهِ يُغَاثُ ٱلنَّاسُ وَفِيهِ يَعۡصِرُونَ
अनि यस पश्चात एक वर्ष यस्तो आउनेछ कि जसमा निकै बृष्टि हुनेछ र मानिसहरू त्यसबाट (अंगूर समेतको) धेरै रस निचोर्नेछन् ।
Surah Yusuf, Verse 49
وَقَالَ ٱلۡمَلِكُ ٱئۡتُونِي بِهِۦۖ فَلَمَّا جَآءَهُ ٱلرَّسُولُ قَالَ ٱرۡجِعۡ إِلَىٰ رَبِّكَ فَسۡـَٔلۡهُ مَا بَالُ ٱلنِّسۡوَةِ ٱلَّـٰتِي قَطَّعۡنَ أَيۡدِيَهُنَّۚ إِنَّ رَبِّي بِكَيۡدِهِنَّ عَلِيمٞ
(यो अर्थ सुनेर) राजाले आदेश दियोः ‘‘कि यूसुफलाई मेरो पासमा ल्याऊ ।’’ जब सन्देशबाहक उनको पासमा गयो त उनले भनेकि आफ्नो मालिकको सामु फर्केर जाऊ र तिनीसित सोध कि ती आईमाईहरूको वास्तविक हाल के छ, जसले कि आफ्ना हात काटेका थिइन् । निःसन्देह मेरो पालनकर्ता तिनीहरूको षड्यन्त्रलाई राम्ररी जान्दछ ।
Surah Yusuf, Verse 50
قَالَ مَا خَطۡبُكُنَّ إِذۡ رَٰوَدتُّنَّ يُوسُفَ عَن نَّفۡسِهِۦۚ قُلۡنَ حَٰشَ لِلَّهِ مَا عَلِمۡنَا عَلَيۡهِ مِن سُوٓءٖۚ قَالَتِ ٱمۡرَأَتُ ٱلۡعَزِيزِ ٱلۡـَٰٔنَ حَصۡحَصَ ٱلۡحَقُّ أَنَا۠ رَٰوَدتُّهُۥ عَن نَّفۡسِهِۦ وَإِنَّهُۥ لَمِنَ ٱلصَّـٰدِقِينَ
राजाले महिलाहरूसित सोध्योः कि त्यसबेलाको सत्य घटना के थियो, जब तिमीहरूले यूसुफलाई आफूतिर आकृष्ट गर्न चाह्यौ । सबैले भने कि ‘‘अल्लाहले हाम्रो संरक्षण गरुन्’’ हामीले यूसुफमा कुनै नराम्रो कुरो पाएनौं । अनि अजीजकी स्वास्नीले पनि भनिन् अब त साँचो कुरा प्रकट भइसकेको छ, मैले नै उसलाई आफूतिर प्रवृत्त गर्न चाहेको थिएँ र ऊ निःसन्देह साँचोहरूमध्येको हो ।
Surah Yusuf, Verse 51
ذَٰلِكَ لِيَعۡلَمَ أَنِّي لَمۡ أَخُنۡهُ بِٱلۡغَيۡبِ وَأَنَّ ٱللَّهَ لَا يَهۡدِي كَيۡدَ ٱلۡخَآئِنِينَ
(यूसुफले भनेकि) यो यसकारण (सोधेको हो) की अजीजलाई विश्वास होस् कि मैले उसको अनुपस्थितिमा उसप्रति विश्वासघात गरेको छैन र यो पनि कि अल्लाह जाल रची दुष्टकर्म गर्नेहरूलाई सफल हुन दिंदैन ।
Surah Yusuf, Verse 52
۞وَمَآ أُبَرِّئُ نَفۡسِيٓۚ إِنَّ ٱلنَّفۡسَ لَأَمَّارَةُۢ بِٱلسُّوٓءِ إِلَّا مَا رَحِمَ رَبِّيٓۚ إِنَّ رَبِّي غَفُورٞ رَّحِيمٞ
(यूसुफले भने) म आफ्नो पवित्रताको बखान गर्दिन, निःसंकोच यो भन्न सक्छु कि मनले त नराम्रो कुरालाई वढ़ावा दिने गर्दछ । तर मेरो पालनकर्ताले दया गरेमा कुरो बेग्लै हुन्छ । वस्तुतः मेरो पालनकर्ता धेरै दया गर्नेवाला र ज्यादै कृपा गर्नेवाला छ ।
Surah Yusuf, Verse 53
وَقَالَ ٱلۡمَلِكُ ٱئۡتُونِي بِهِۦٓ أَسۡتَخۡلِصۡهُ لِنَفۡسِيۖ فَلَمَّا كَلَّمَهُۥ قَالَ إِنَّكَ ٱلۡيَوۡمَ لَدَيۡنَا مَكِينٌ أَمِينٞ
राजाले आदेश दियो ‘‘उसलाई मेरो नजिक ल्याऊ’’ कि म उसलाई आफ्नो खास कार्यको लागि नियुक्त गरुँला । फेरि बादशाहले (राजाले) जब उनीसंग कुराकानी गरे, त्यसपछि बादशाहले भन्यो ‘‘तपाई म कहाँ आजैदेखि प्रतिष्ठित र सम्मानित हुनुहुन्छ’’ ।
Surah Yusuf, Verse 54
قَالَ ٱجۡعَلۡنِي عَلَىٰ خَزَآئِنِ ٱلۡأَرۡضِۖ إِنِّي حَفِيظٌ عَلِيمٞ
यूसुफले भने, तपाईले मलाई राष्ट्रको ढुकुटीपाल नियुक्त गर्नुहोस् म त्यसलाई रक्षा गर्नेवाला तथा त्यसबाट चनाखो रहुँला ।
Surah Yusuf, Verse 55
وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي ٱلۡأَرۡضِ يَتَبَوَّأُ مِنۡهَا حَيۡثُ يَشَآءُۚ نُصِيبُ بِرَحۡمَتِنَا مَن نَّشَآءُۖ وَلَا نُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ
यसरी मैले यूसुफलाई राष्ट्रको अख्तियारी दिएँ उनी जहाँ पनि चाहे अनुसार रहन र गर्न सक्ने भए । म जसलाई चाहन्छु त्यसलाई आफ्नो दया पुर्याइदिन्छु । म राम्रो कार्य गर्नेवालाको राम्रोपनालाई त्यसै खेर जान दिन्न ।
Surah Yusuf, Verse 56
وَلَأَجۡرُ ٱلۡأٓخِرَةِ خَيۡرٞ لِّلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ
निःसन्देह ईमानदार र डर मान्नेवालाहरूको अन्तिम पुण्य अत्यन्त वेश छ ।
Surah Yusuf, Verse 57
وَجَآءَ إِخۡوَةُ يُوسُفَ فَدَخَلُواْ عَلَيۡهِ فَعَرَفَهُمۡ وَهُمۡ لَهُۥ مُنكِرُونَ
यूसुफको दाजुभाइ आए र यूसुफनिर गए अनि उनले उनीहरूलाई चिने, तर तिनीहरूले चिन्न सकेनन् ।
Surah Yusuf, Verse 58
وَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمۡ قَالَ ٱئۡتُونِي بِأَخٖ لَّكُم مِّنۡ أَبِيكُمۡۚ أَلَا تَرَوۡنَ أَنِّيٓ أُوفِي ٱلۡكَيۡلَ وَأَنَا۠ خَيۡرُ ٱلۡمُنزِلِينَ
जब उनले तिनीहरूलाई सामग्री प्रदान गर्नु भयो त भन्नु भयो ‘‘तिमी आफ्नो भाइलाई पनि ल्याऊ जुन तिम्रो पिताबाट छ । के तिमीले देखेनौ ? कि म पूरा नापजोख गरी दिन्छु र म राम्रो आतिथ्य सत्कार पनि गर्दछु ।
Surah Yusuf, Verse 59
فَإِن لَّمۡ تَأۡتُونِي بِهِۦ فَلَا كَيۡلَ لَكُمۡ عِندِي وَلَا تَقۡرَبُونِ
फेरि यदि तिमीहरूले उसलाई मेरो नजिक ल्याएनौं भने तब तिमीहरूलाई मेरो तर्फबाट केही खाद्यान्न मिल्दैन बरु तिमीहरू मेरो नजिक कदापि नआउनु ।
Surah Yusuf, Verse 60
قَالُواْ سَنُرَٰوِدُ عَنۡهُ أَبَاهُ وَإِنَّا لَفَٰعِلُونَ
उनीहरूले भनेः कि ठीक छ हामी उसको पितालाई यसबापत राजी गर्नेछौं र पूरा प्रयत्न गरौंला’’ ।
Surah Yusuf, Verse 61
وَقَالَ لِفِتۡيَٰنِهِ ٱجۡعَلُواْ بِضَٰعَتَهُمۡ فِي رِحَالِهِمۡ لَعَلَّهُمۡ يَعۡرِفُونَهَآ إِذَا ٱنقَلَبُوٓاْ إِلَىٰٓ أَهۡلِهِمۡ لَعَلَّهُمۡ يَرۡجِعُونَ
र आफ्ना सेवकहरूलाई भन्नु भयो ‘‘कि यिनीहरूको रकम र सामान बोराहरूमा राखिदिनु, कि जब उनीहरू आफ्नो घरपरिवारमा पुगुन् र त्यसलाई चिनुन् तब धेरै सम्भव छ कि तिनीहरू फर्केर आउन् ।
Surah Yusuf, Verse 62
فَلَمَّا رَجَعُوٓاْ إِلَىٰٓ أَبِيهِمۡ قَالُواْ يَـٰٓأَبَانَا مُنِعَ مِنَّا ٱلۡكَيۡلُ فَأَرۡسِلۡ مَعَنَآ أَخَانَا نَكۡتَلۡ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ
जब उनीहरू फर्केर आफ्नो पितानिर पुगे, अनि भन्न थालेः, कि पिताजी हाम्रो लागि खाद्यान्न सामग्री रोकिदिइएको छ । त्यसकारण हाम्रो भाइलाई हाम्रो साथ जान दिनुस्, त्यसबाट हामीलाई खाद्यान्न सामग्री मिलोस् । र हामी उसको पूरा सुरक्षा गर्नेछौं ।
Surah Yusuf, Verse 63
قَالَ هَلۡ ءَامَنُكُمۡ عَلَيۡهِ إِلَّا كَمَآ أَمِنتُكُمۡ عَلَىٰٓ أَخِيهِ مِن قَبۡلُ فَٱللَّهُ خَيۡرٌ حَٰفِظٗاۖ وَهُوَ أَرۡحَمُ ٱلرَّـٰحِمِينَ
यअ्कूबले भनेः कि मलाई यसबापत तिम्रो बस त्यस्तै विश्वास छ जस्तो यसभन्दा अगाडि उसको दाजुको बारेमा थियो । तर अल्लाह नै सबैभन्दा राम्रो संरक्षक छ, र त्यो सबै दयावानभन्दा असीम दयालु छ ।
Surah Yusuf, Verse 64
وَلَمَّا فَتَحُواْ مَتَٰعَهُمۡ وَجَدُواْ بِضَٰعَتَهُمۡ رُدَّتۡ إِلَيۡهِمۡۖ قَالُواْ يَـٰٓأَبَانَا مَا نَبۡغِيۖ هَٰذِهِۦ بِضَٰعَتُنَا رُدَّتۡ إِلَيۡنَاۖ وَنَمِيرُ أَهۡلَنَا وَنَحۡفَظُ أَخَانَا وَنَزۡدَادُ كَيۡلَ بَعِيرٖۖ ذَٰلِكَ كَيۡلٞ يَسِيرٞ
जब उनीहरूले आफ्नो सामान खोले, तब आफ्नो रकम त्यहीँ रहेको पाए, जुन उनीहरूलाई नै फर्काइदिइएको थियो । भन्न थाले हे पिता जी ! अब हामीलाई अरु के चाहिन्छ ? हेर्नुस हाम्रो आफ्नो रकम पनि फर्काइदिइएको छ । हामी आफ्नो घर परिवारको लागि खाद्यान्य ल्याउने छौं, र आफ्नो भाइको सुरक्षा गर्नेछौं । र एक ऊँटभरी खाद्यान्न बढ़ी ल्याउनेछौं । र यो ल्याउन धेरै सजिलो छ ।
Surah Yusuf, Verse 65
قَالَ لَنۡ أُرۡسِلَهُۥ مَعَكُمۡ حَتَّىٰ تُؤۡتُونِ مَوۡثِقٗا مِّنَ ٱللَّهِ لَتَأۡتُنَّنِي بِهِۦٓ إِلَّآ أَن يُحَاطَ بِكُمۡۖ فَلَمَّآ ءَاتَوۡهُ مَوۡثِقَهُمۡ قَالَ ٱللَّهُ عَلَىٰ مَا نَقُولُ وَكِيلٞ
यअ्कूबले भने ! मैले त कुनै पनि हालतमा उसलाई तिम्रो साथ पठाउँदिन, जबसम्म कि तिमी अल्लाहलाई बीचमा साक्षी राखी वाचा गर्दैनौं, कि तिमीले उसलाई मेरो पास (सुरक्षित) पुर्याईदिने छौं, यो अर्काे कुरो हो कि तिमीहरू सबै समातिने छौ । (अतः) जब उनीहरूले पक्का वाचा दिए, तब उनले भने कि म जुन कुरो भन्दछु त्यसमाथि अल्लाह नै संरक्षक छ ।
Surah Yusuf, Verse 66
وَقَالَ يَٰبَنِيَّ لَا تَدۡخُلُواْ مِنۢ بَابٖ وَٰحِدٖ وَٱدۡخُلُواْ مِنۡ أَبۡوَٰبٖ مُّتَفَرِّقَةٖۖ وَمَآ أُغۡنِي عَنكُم مِّنَ ٱللَّهِ مِن شَيۡءٍۖ إِنِ ٱلۡحُكۡمُ إِلَّا لِلَّهِۖ عَلَيۡهِ تَوَكَّلۡتُۖ وَعَلَيۡهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُتَوَكِّلُونَ
र (यअ्कूबले) भन्नु भयोः हे मेरा पुत्रहरू ! तिमी सबै एउटै ढोकाबाट नजानु बरु बेग्लाबेग्लै ढोकाबाट प्रवेश गर्नु । म अल्लाहको तर्फबाट आउने कुनै पनि चिजलाई तिमीहरूबाट हटाउन सक्तिन । हुकुम मात्र अल्लाहको चल्दछ । मेरो पूर्ण भरोसा उसै माथि छ, हरेक भरोसा गर्नेवालालाई उसैमाथि भरोसा गर्नुपर्दछ ।
Surah Yusuf, Verse 67
وَلَمَّا دَخَلُواْ مِنۡ حَيۡثُ أَمَرَهُمۡ أَبُوهُم مَّا كَانَ يُغۡنِي عَنۡهُم مِّنَ ٱللَّهِ مِن شَيۡءٍ إِلَّا حَاجَةٗ فِي نَفۡسِ يَعۡقُوبَ قَضَىٰهَاۚ وَإِنَّهُۥ لَذُو عِلۡمٖ لِّمَا عَلَّمۡنَٰهُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
जब तिनीहरूले त्यही बाटोबाट जसको आदेश उनको पिताले उनलाई दिएका थिए गए । केही पनि यस्तो थिएन कि अल्लाहले जुन कुरो निश्चित गरिदिएको छ त्यो उसबाट उसलाई अलिकति पनि बचाउन सकोस् । परन्तु यअ्कूबको मनमा यो बिचार आयो, जसलाई उसले पूरा गर्यो । निःसन्देह ऊ मैले सिकाएको ज्ञानको ज्ञाता थियो, परन्तु साधारणतया मानिसहरू जान्दैनन् ।
Surah Yusuf, Verse 68
وَلَمَّا دَخَلُواْ عَلَىٰ يُوسُفَ ءَاوَىٰٓ إِلَيۡهِ أَخَاهُۖ قَالَ إِنِّيٓ أَنَا۠ أَخُوكَ فَلَا تَبۡتَئِسۡ بِمَا كَانُواْ يَعۡمَلُونَ
यिनीहरू सबै जब युसूफको नजिक पुगे तब उसले आफ्नो भाइलाई आफ्नो नजिक बसाल्यो, र भन्योः ‘‘कि म तिम्रो भाइ (यूसुफ) हूँ,’’ पुनः भने यिनीहरूले जे पनि गरेका छन् त्यसमाथि दुःख नगर ।
Surah Yusuf, Verse 69
فَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمۡ جَعَلَ ٱلسِّقَايَةَ فِي رَحۡلِ أَخِيهِ ثُمَّ أَذَّنَ مُؤَذِّنٌ أَيَّتُهَا ٱلۡعِيرُ إِنَّكُمۡ لَسَٰرِقُونَ
फेरि जब उनलाई उनको सामान तथा रकमहरू ठिक ठाक गरी दिनुभयो, तब आफ्नो भाइको झोलामा पानी खाने भाडो राखिदिनुभयो, फेरि एउटा बोलाउने मान्छेले कराएर भन्योः समूह वालाहरू हो ! तिमीहरू त चोर हौ ।
Surah Yusuf, Verse 70
قَالُواْ وَأَقۡبَلُواْ عَلَيۡهِم مَّاذَا تَفۡقِدُونَ
उनीहरूले उनीतर्फ मुख पल्टाएर भने कि तिम्रो कुन वस्तु हराएको छ
Surah Yusuf, Verse 71
قَالُواْ نَفۡقِدُ صُوَاعَ ٱلۡمَلِكِ وَلِمَن جَآءَ بِهِۦ حِمۡلُ بَعِيرٖ وَأَنَا۠ بِهِۦ زَعِيمٞ
उत्तर दिइयो कि ‘‘शाही पैमाना हराइसकेको छ । जसले त्यसलाई ल्याइदिन्छ त्यस व्यक्तिलाई एउटा ऊँटको भार बराबर खाद्यान्न मिल्नेछ, यस प्रतिज्ञाको म जमानती हूँ ।
Surah Yusuf, Verse 72
قَالُواْ تَٱللَّهِ لَقَدۡ عَلِمۡتُم مَّا جِئۡنَا لِنُفۡسِدَ فِي ٱلۡأَرۡضِ وَمَا كُنَّا سَٰرِقِينَ
उनीहरूले भनेः अल्लाहको कसम ! तिमीलाई पूर्ण ज्ञात छ कि हामी यस राष्ट्रमा झैं झगडा फैलाउनको लागि आएका होइनौं, र न हामी चोर हौं ।
Surah Yusuf, Verse 73
قَالُواْ فَمَا جَزَـٰٓؤُهُۥٓ إِن كُنتُمۡ كَٰذِبِينَ
उनले भने अब बताऊ, ‘‘चोरको दण्ड के हुन्छ ?’’ यदि तिमी झूठो छौ ।
Surah Yusuf, Verse 74
قَالُواْ جَزَـٰٓؤُهُۥ مَن وُجِدَ فِي رَحۡلِهِۦ فَهُوَ جَزَـٰٓؤُهُۥۚ كَذَٰلِكَ نَجۡزِي ٱلظَّـٰلِمِينَ
उत्तर दिए कि जसको थैलाबाट पैमाना (अङ्गखोरा) प्राप्त हुनेछ उही नै त्यसको भरपाई हुनेछ । हामी त यस्ता दुष्टहरूलाई यस्तै दण्ड दिन्छौं ।
Surah Yusuf, Verse 75
فَبَدَأَ بِأَوۡعِيَتِهِمۡ قَبۡلَ وِعَآءِ أَخِيهِ ثُمَّ ٱسۡتَخۡرَجَهَا مِن وِعَآءِ أَخِيهِۚ كَذَٰلِكَ كِدۡنَا لِيُوسُفَۖ مَا كَانَ لِيَأۡخُذَ أَخَاهُ فِي دِينِ ٱلۡمَلِكِ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ نَرۡفَعُ دَرَجَٰتٖ مَّن نَّشَآءُۗ وَفَوۡقَ كُلِّ ذِي عِلۡمٍ عَلِيمٞ
तब यूसुफले उनीहरूको सामानको खानातलाशी प्रारम्भ गरे, आफ्नो भाइको सामान खानतलाशी गर्नुभन्दा पहिला, त्यसपछि त्यस पैमानालाई आफ्नो भाइको सामानबाट बरामद गरे । हामीले (अल्लाह) यूसुफको लागि यस्तै युक्ति निकालें । त्यस राजाको राजकीय कानून अनुसार उहाँ आफ्नो भाइलाई राख्न सक्तैनथे । परन्तु यदि यो अल्लाहलाई स्वीकार भयो भने, हामीले, (अल्लाह) जसलाई चाहान्छौं त्यसको मर्यादा बढाइदिन्छौं । प्रत्येक ज्ञातामाथि अर्को ज्ञानवान हुन्छ ।
Surah Yusuf, Verse 76
۞قَالُوٓاْ إِن يَسۡرِقۡ فَقَدۡ سَرَقَ أَخٞ لَّهُۥ مِن قَبۡلُۚ فَأَسَرَّهَا يُوسُفُ فِي نَفۡسِهِۦ وَلَمۡ يُبۡدِهَا لَهُمۡۚ قَالَ أَنتُمۡ شَرّٞ مَّكَانٗاۖ وَٱللَّهُ أَعۡلَمُ بِمَا تَصِفُونَ
उनीहरूले भने कि यदि उसले चोरी गर्यो भने (कुनै आश्चर्यको कुरा होइन) त्यसभन्दा अगावै उसको दाजुले पनि चोरी गरिसकेको छ यूसुफले यस कुरालाई आफ्नो मुटुमै राखिलिए र त्यस कुरालाई उनको अगाडि बिल्कुलै प्रकट गरेनन्, भनेः कि तिमी खराब ठाँउमा छौ, र जुन तिमी बयान गर्दछौ उसलाई अल्लाह नै सूक्ष्मरूपले बेस्सरी जान्दछ ।
Surah Yusuf, Verse 77
قَالُواْ يَـٰٓأَيُّهَا ٱلۡعَزِيزُ إِنَّ لَهُۥٓ أَبٗا شَيۡخٗا كَبِيرٗا فَخُذۡ أَحَدَنَا مَكَانَهُۥٓۖ إِنَّا نَرَىٰكَ مِنَ ٱلۡمُحۡسِنِينَ
उनीहरूले भनेः हे अजीजे मिश्र (यूसुफ !) उसको पिता लामो उमेरको निकै पाको वृद्ध व्यक्ति हुनुहुन्छ तपाई यसको सट्टा हामीमध्येबाट कसैलाई लिई लिनुहोस् हामी देख्दछौ कि तपाई धेरै पवित्रआत्मा हुनुहुन्छ ।
Surah Yusuf, Verse 78
قَالَ مَعَاذَ ٱللَّهِ أَن نَّأۡخُذَ إِلَّا مَن وَجَدۡنَا مَتَٰعَنَا عِندَهُۥٓ إِنَّآ إِذٗا لَّظَٰلِمُونَ
यूसुफले भने कि मैले जससँग आफ्नो वस्तु पाएको छुं उस वाहेक कसैलाई गिरफ्तारी गर्नाले अल्लाहको आज्ञा उल्लघंनबाट बच्न चाहन्छु । यदि यस्तै गरेको भए म निःसन्देह अन्यायकारी हुनेछु ।
Surah Yusuf, Verse 79
فَلَمَّا ٱسۡتَيۡـَٔسُواْ مِنۡهُ خَلَصُواْ نَجِيّٗاۖ قَالَ كَبِيرُهُمۡ أَلَمۡ تَعۡلَمُوٓاْ أَنَّ أَبَاكُمۡ قَدۡ أَخَذَ عَلَيۡكُم مَّوۡثِقٗا مِّنَ ٱللَّهِ وَمِن قَبۡلُ مَا فَرَّطتُمۡ فِي يُوسُفَۖ فَلَنۡ أَبۡرَحَ ٱلۡأَرۡضَ حَتَّىٰ يَأۡذَنَ لِيٓ أَبِيٓ أَوۡ يَحۡكُمَ ٱللَّهُ لِيۖ وَهُوَ خَيۡرُ ٱلۡحَٰكِمِينَ
जब यसबाट उनी निराश भए, तब एकान्तमा बसेर सल्लाह गर्न लागे त्यसमध्ये जो सबैमा जेष्ठ थियो त्यसले भन्यो’’ तिमीलाई थाहा छैन कि पिताले तिमीबाट अल्लाहको कसम लिएर पुनः प्रतिज्ञा गराएका छन्, र त्यसभन्दा अगाडि यूसुफको बारेमा तिमी भूल गरिसकेका छौ । फेरि म त्यस राष्ट्रबाट जाँदिन जब सम्मकि पिताजी आफै मलाई इजाजत नदिउन, वा अल्लाह नै मेरो बारेमा फैसला गरोस् । त्यो नै असल फैसला गर्नेवाला हो ।
Surah Yusuf, Verse 80
ٱرۡجِعُوٓاْ إِلَىٰٓ أَبِيكُمۡ فَقُولُواْ يَـٰٓأَبَانَآ إِنَّ ٱبۡنَكَ سَرَقَ وَمَا شَهِدۡنَآ إِلَّا بِمَا عَلِمۡنَا وَمَا كُنَّا لِلۡغَيۡبِ حَٰفِظِينَ
तिमी सबै पिताजीको सेवामा फिर्ता वापस जाऊ र भनः ‘‘कि पिताजी ! तपाईको पुत्रले चोरी गर्यो र हामीले त्यही गवाही दिएका थियौ जुन हामीलाई थाहा थियो हामीलाई आन्तरीक कुरो ज्ञात थिएन’’ ।
Surah Yusuf, Verse 81
وَسۡـَٔلِ ٱلۡقَرۡيَةَ ٱلَّتِي كُنَّا فِيهَا وَٱلۡعِيرَ ٱلَّتِيٓ أَقۡبَلۡنَا فِيهَاۖ وَإِنَّا لَصَٰدِقُونَ
तपाई त्यस नगरका नगरवासीहरूसित सोधपूछ गरीलिनुहोस् जहाँ हामी थियौं र त्यस समूहसित पनि सोधिलिनुहोस् जससँग हामी आएका छौं र वस्तुतः हामी बिल्कुलै सत्यनिष्ठि छौं ।
Surah Yusuf, Verse 82
قَالَ بَلۡ سَوَّلَتۡ لَكُمۡ أَنفُسُكُمۡ أَمۡرٗاۖ فَصَبۡرٞ جَمِيلٌۖ عَسَى ٱللَّهُ أَن يَأۡتِيَنِي بِهِمۡ جَمِيعًاۚ إِنَّهُۥ هُوَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ
(यअ्कूबले) भने यो त होइन, कि तिमीहरूले आफ्नो तर्फबाट कुरो बनायौ । फेरि अब धैर्य नै वेश हुनेछ नजिक छ कि अल्लाह उनी सबैलाई मेरो नजिक नै पुर्याइदेओस् निःसन्देह त्यो अति ज्ञानी र कौशल सम्पन्न छ ।’’
Surah Yusuf, Verse 83
وَتَوَلَّىٰ عَنۡهُمۡ وَقَالَ يَـٰٓأَسَفَىٰ عَلَىٰ يُوسُفَ وَٱبۡيَضَّتۡ عَيۡنَاهُ مِنَ ٱلۡحُزۡنِ فَهُوَ كَظِيمٞ
फेरि उनीबाट आफ्नो मुख फर्काइलिए, र भनेः हाय यसुफ ! हार्दिक शोक र दुःखको कारण उनका आँखा एकदमै सेतो भइसकेका थिए र उनी शोकलाई थिचिराखेका थिए ।
Surah Yusuf, Verse 84
قَالُواْ تَٱللَّهِ تَفۡتَؤُاْ تَذۡكُرُ يُوسُفَ حَتَّىٰ تَكُونَ حَرَضًا أَوۡ تَكُونَ مِنَ ٱلۡهَٰلِكِينَ
छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागि रहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ ।
Surah Yusuf, Verse 85
قَالَ إِنَّمَآ أَشۡكُواْ بَثِّي وَحُزۡنِيٓ إِلَى ٱللَّهِ وَأَعۡلَمُ مِنَ ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
उहाँले भन्नु भयोः कि, मैले त आफ्नो शोक र कठिनाईको अल्लाहसँग पुकार गरिरहेको छुँ, मलाई अल्लाहको तर्फबाट त्यो कुरो ज्ञात छ, जुन तिमीलाई थाहा छैन ।
Surah Yusuf, Verse 86
يَٰبَنِيَّ ٱذۡهَبُواْ فَتَحَسَّسُواْ مِن يُوسُفَ وَأَخِيهِ وَلَا تَاْيۡـَٔسُواْ مِن رَّوۡحِ ٱللَّهِۖ إِنَّهُۥ لَا يَاْيۡـَٔسُ مِن رَّوۡحِ ٱللَّهِ إِلَّا ٱلۡقَوۡمُ ٱلۡكَٰفِرُونَ
मेरा प्यारा पुत्रहरू ! तिमी जाऊ र यूसुफलाई र उसको भाइलाई पूर्णरूपेण खोज गर । र अल्लाहको अनुकम्पाबाट निराश नबन, निश्चितरूपले पालनकर्ताको अनुकम्पाबाट उनै निराश हुन्छन् जो काफिर हुन्छन् ।
Surah Yusuf, Verse 87
فَلَمَّا دَخَلُواْ عَلَيۡهِ قَالُواْ يَـٰٓأَيُّهَا ٱلۡعَزِيزُ مَسَّنَا وَأَهۡلَنَا ٱلضُّرُّ وَجِئۡنَا بِبِضَٰعَةٖ مُّزۡجَىٰةٖ فَأَوۡفِ لَنَا ٱلۡكَيۡلَ وَتَصَدَّقۡ عَلَيۡنَآۖ إِنَّ ٱللَّهَ يَجۡزِي ٱلۡمُتَصَدِّقِينَ
फेरि यिनीहरू जब यूसुफनिर पुगे, अनि भन्न थालेः ‘‘हे अजीज ! हामीलाई र हाम्रो परिवारलाई दुःख पुगेको छ, हामी सानो पूँजी लिएर आएका छौं, हामीलाई पूरै खाद्यान्न नापिदिनुस्, र हामीमाथि दान गर्नुहोस्, अल्लाह दान गर्नेवालाहरूलाई राम्रो फल दिन्छ ।
Surah Yusuf, Verse 88
قَالَ هَلۡ عَلِمۡتُم مَّا فَعَلۡتُم بِيُوسُفَ وَأَخِيهِ إِذۡ أَنتُمۡ جَٰهِلُونَ
यसुफले भने जान्दछौ ? तिमीले यसुफ र उसको भाइको साथ आफ्नो अज्ञानताको अवस्थामा के गरेका छौ
Surah Yusuf, Verse 89
قَالُوٓاْ أَءِنَّكَ لَأَنتَ يُوسُفُۖ قَالَ أَنَا۠ يُوسُفُ وَهَٰذَآ أَخِيۖ قَدۡ مَنَّ ٱللَّهُ عَلَيۡنَآۖ إِنَّهُۥ مَن يَتَّقِ وَيَصۡبِرۡ فَإِنَّ ٱللَّهَ لَا يُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ
उनीहरूले भनेः के तिमी नै यूसुफ हौ । उत्तर दियो कि हो म नै यूसुफ हूँ र यो मेरो भाइ हो, अल्लाहले हामीमाथि दया गरेको छ, कुरो यो छ कि जो पनि धैर्य धारण गर्छ र सहनशिलता ग्रहण गर्छ, त अल्लाह कुनै पुण्यकारकलाई पुरस्कारबाट वञ्चित गर्दैन ।
Surah Yusuf, Verse 90
قَالُواْ تَٱللَّهِ لَقَدۡ ءَاثَرَكَ ٱللَّهُ عَلَيۡنَا وَإِن كُنَّا لَخَٰطِـِٔينَ
उनीहरूले भनेः अल्लाहको कसम, अल्लाहले तिमीलाई हामीभन्दा उच्चदर्जा प्रदान गरेको छ, र यो कि हामी नै अपराधी थियौं ।
Surah Yusuf, Verse 91
قَالَ لَا تَثۡرِيبَ عَلَيۡكُمُ ٱلۡيَوۡمَۖ يَغۡفِرُ ٱللَّهُ لَكُمۡۖ وَهُوَ أَرۡحَمُ ٱلرَّـٰحِمِينَ
उत्तर दिए ‘‘आज तिमीमाथि कुनै दोषारोपण छैन अल्लाह तिमीहरूलाई क्षमागरोस्, ऊ सबै दयालुभन्दा ठूलो दयावान छ ।’’
Surah Yusuf, Verse 92
ٱذۡهَبُواْ بِقَمِيصِي هَٰذَا فَأَلۡقُوهُ عَلَىٰ وَجۡهِ أَبِي يَأۡتِ بَصِيرٗا وَأۡتُونِي بِأَهۡلِكُمۡ أَجۡمَعِينَ
मेरो यो कमिज तिमी लैजाऊ र त्यसलाई मेरो पिताको मुखमाथि राखीदेऊः कि उनी हेर्न लागुन्, र आफ्नो सबै सन्ततिलाई मेरो नजिक लिएर आऊ ।
Surah Yusuf, Verse 93
وَلَمَّا فَصَلَتِ ٱلۡعِيرُ قَالَ أَبُوهُمۡ إِنِّي لَأَجِدُ رِيحَ يُوسُفَۖ لَوۡلَآ أَن تُفَنِّدُونِ
जब यो समह अलग भयो (प्रस्थान गर्यो) तब उनको पिताले भन्नु भयो मलाई त यसुफको सुगन्ध आइरहेको छ, यदि तिमीले मलाई कर्तब्य विमुढ़ नभन्ने हौ भने ।
Surah Yusuf, Verse 94
قَالُواْ تَٱللَّهِ إِنَّكَ لَفِي ضَلَٰلِكَ ٱلۡقَدِيمِ
उनीहरूले भन्न थालेः अल्लाह कसम तपाई आफ्नो उही पूरानो कल्पनामै मग्न हुनुहुन्छ ।
Surah Yusuf, Verse 95
فَلَمَّآ أَن جَآءَ ٱلۡبَشِيرُ أَلۡقَىٰهُ عَلَىٰ وَجۡهِهِۦ فَٱرۡتَدَّ بَصِيرٗاۖ قَالَ أَلَمۡ أَقُل لَّكُمۡ إِنِّيٓ أَعۡلَمُ مِنَ ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
जब शुभसन्देश दिनेहरू पुगेर उनको मुखमाथि त्यो ‘‘कमिज’’ हालिदिए त्यसै बेला उनका आखाँ ज्योतिमय भए, उनले भने ! के म तिमीसित भन्दैन्थें कि म अल्लाहको तर्फबाट त्यो कुरो जान्दछु जुन तिमीलाई थाहा छैन ।
Surah Yusuf, Verse 96
قَالُواْ يَـٰٓأَبَانَا ٱسۡتَغۡفِرۡ لَنَا ذُنُوبَنَآ إِنَّا كُنَّا خَٰطِـِٔينَ
उनीहरूले भनेः ‘‘पिताजी ! हाम्रो अपराध क्षमाको लागि (अल्लाहसंग) प्रार्थना गर्नुस् निःसन्देह हामी कसूरवार छौं ।
Surah Yusuf, Verse 97
قَالَ سَوۡفَ أَسۡتَغۡفِرُ لَكُمۡ رَبِّيٓۖ إِنَّهُۥ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ
भनेः ‘‘म छिटै तिम्रो लागि आफ्नो अल्लाहबाट क्षमादान माँगूला । ऊ ठूलो क्षमादान दिनेवाला र अत्यन्त दया गर्नेवाला छ ।’’
Surah Yusuf, Verse 98
فَلَمَّا دَخَلُواْ عَلَىٰ يُوسُفَ ءَاوَىٰٓ إِلَيۡهِ أَبَوَيۡهِ وَقَالَ ٱدۡخُلُواْ مِصۡرَ إِن شَآءَ ٱللَّهُ ءَامِنِينَ
जब यो पूरा खानदान यूसुफनिर पुग्यो, तब यूसुफले आफ्नो आमा–बुबालाई आफ्नो नजिक ठाँउ दिए र भने ‘‘कि अल्लाहलाई स्वीकार छ भने तपाईहरू शान्तिको साथ मिश्रमा आउनुहोस्’’ ।
Surah Yusuf, Verse 99
وَرَفَعَ أَبَوَيۡهِ عَلَى ٱلۡعَرۡشِ وَخَرُّواْ لَهُۥ سُجَّدٗاۖ وَقَالَ يَـٰٓأَبَتِ هَٰذَا تَأۡوِيلُ رُءۡيَٰيَ مِن قَبۡلُ قَدۡ جَعَلَهَا رَبِّي حَقّٗاۖ وَقَدۡ أَحۡسَنَ بِيٓ إِذۡ أَخۡرَجَنِي مِنَ ٱلسِّجۡنِ وَجَآءَ بِكُم مِّنَ ٱلۡبَدۡوِ مِنۢ بَعۡدِ أَن نَّزَغَ ٱلشَّيۡطَٰنُ بَيۡنِي وَبَيۡنَ إِخۡوَتِيٓۚ إِنَّ رَبِّي لَطِيفٞ لِّمَا يَشَآءُۚ إِنَّهُۥ هُوَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ
र आफ्ना बा, आमालाई उच्च आसनमा बसाले र सबै उनका अगाडि नत्मस्तक भइहाले, र भने पिता ज्यू ! ‘‘यो मेरो पहिलेको सपना साकार भएको हो । मेरो प्रतिपालकले उसलाई सत्य साबित गरी देखाइदियो । उसले मेरो साथमा ठूलो उपकार गर्यो, उसले कारागरबाट मलाई निकाल्यो, र तपाईहरूलाई गाँउबस्तीबाट ल्याइदियो, त्यस घटनापछि जो शैतानले ममा र मेरा भाइहरूमा फूट हालेको थियो, मेरो पालनकर्ताले जे चाहन्छ उसको लागि राम्रो उपाय गर्दछ । र ऊ ठूलो ज्ञानी र तत्वदर्शी छ ।
Surah Yusuf, Verse 100
۞رَبِّ قَدۡ ءَاتَيۡتَنِي مِنَ ٱلۡمُلۡكِ وَعَلَّمۡتَنِي مِن تَأۡوِيلِ ٱلۡأَحَادِيثِۚ فَاطِرَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ أَنتَ وَلِيِّۦ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۖ تَوَفَّنِي مُسۡلِمٗا وَأَلۡحِقۡنِي بِٱلصَّـٰلِحِينَ
हे मेरो पलनकर्ता ! तिमीले मलाई राष्ट्र प्रदान गर्यौ, र तिमीले मलाई सपनालाई विश्लेषण गर्न सीप सिकाइदियौ, हे पृथ्वी र आकाशको निर्माता ! तिमी नै दुनियाँ र अन्त्यमा मेरो संरक्षक हौ । तिमी मलाई इस्लामको अवस्था मै मृत्यु देऊ, र सत्कर्मीहरूमा शम्मिलित गर ।
Surah Yusuf, Verse 101
ذَٰلِكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهِ إِلَيۡكَۖ وَمَا كُنتَ لَدَيۡهِمۡ إِذۡ أَجۡمَعُوٓاْ أَمۡرَهُمۡ وَهُمۡ يَمۡكُرُونَ
यो गोप्य सूचनाहरूमध्ये हो, जसलाई हामी तपाईतर्फ सन्देशित गरिरहेका छौं, र तपाई उनीहरू नजिक थिएनौ जबकि उनीहरूले आफ्नो सबै उपाय गरेपछि (यूसुफको खिलाफ) षडयंत्र गर्न लागेका थिए ।
Surah Yusuf, Verse 102
وَمَآ أَكۡثَرُ ٱلنَّاسِ وَلَوۡ حَرَصۡتَ بِمُؤۡمِنِينَ
तपाईले जति चाहे पनि सबै ईमान्दार हुन सक्दैनन् ।
Surah Yusuf, Verse 103
وَمَا تَسۡـَٔلُهُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍۚ إِنۡ هُوَ إِلَّا ذِكۡرٞ لِّلۡعَٰلَمِينَ
तपाईंले यसको साटो कुनै पारितोषिक माँगीरहनु भएको छैन यो त सम्पूर्ण संसारको लागि खुल्लम खुल्ला निर्देशन हो ।
Surah Yusuf, Verse 104
وَكَأَيِّن مِّنۡ ءَايَةٖ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ يَمُرُّونَ عَلَيۡهَا وَهُمۡ عَنۡهَا مُعۡرِضُونَ
आकाश र पृथ्वीमा धेरै चिन्हहरू छन्, जसबाट यिनीहरू मुख फर्काएर अगाडि गइहाल्छन् ।
Surah Yusuf, Verse 105
وَمَا يُؤۡمِنُ أَكۡثَرُهُم بِٱللَّهِ إِلَّا وَهُم مُّشۡرِكُونَ
तिनीहरूमध्ये अधिकांश व्यक्ति अल्लाहमा ईमानवाला नभई मुश्रिक नै हुन् ।
Surah Yusuf, Verse 106
أَفَأَمِنُوٓاْ أَن تَأۡتِيَهُمۡ غَٰشِيَةٞ مِّنۡ عَذَابِ ٱللَّهِ أَوۡ تَأۡتِيَهُمُ ٱلسَّاعَةُ بَغۡتَةٗ وَهُمۡ لَا يَشۡعُرُونَ
के तिनीहरू यस कुराबाट निडर भइसकेका छन, कि उनीमाथि अल्लाहको सजायहरूमध्ये कुनै सजाय आइलागोस्, अथवा उनीमाथि एक्कासी कियामतको दिन आई परोस् र उनीहरू अन्जान नै बनिरहुन् ।
Surah Yusuf, Verse 107
قُلۡ هَٰذِهِۦ سَبِيلِيٓ أَدۡعُوٓاْ إِلَى ٱللَّهِۚ عَلَىٰ بَصِيرَةٍ أَنَا۠ وَمَنِ ٱتَّبَعَنِيۖ وَسُبۡحَٰنَ ٱللَّهِ وَمَآ أَنَا۠ مِنَ ٱلۡمُشۡرِكِينَ
तपाई भनिदिनुस् ! मेरो बाटो यही हो, म र मेरो आदेशपालकहरू अल्लाहतिर बोलाइरहेका छौं, पूरै विश्वास र भरोसाको साथ, र अल्लाह पवित्र छन्, र म मुश्रिकहरूमध्येको होइन ।
Surah Yusuf, Verse 108
وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ إِلَّا رِجَالٗا نُّوحِيٓ إِلَيۡهِم مِّنۡ أَهۡلِ ٱلۡقُرَىٰٓۗ أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۗ وَلَدَارُ ٱلۡأٓخِرَةِ خَيۡرٞ لِّلَّذِينَ ٱتَّقَوۡاْۚ أَفَلَا تَعۡقِلُونَ
तपाईंभन्दा पहिले मैले गाँउलेहरूमा जति पैगम्बर पठाएँ, सबै पुरुष नै थिए । उनीहरूतर्फ मैले सन्देश (वह्य) दिदैगएँ । के तिनीहरू पृथ्वीमा हिलडुल गरेर देखेनन् ? कि उनीभन्दा पहिलेका व्यक्तिहरूको के कस्तो परिणाम भयो । वास्तवमा अन्तिम घर सहनशीलहरूको लागि धेरै राम्रा छन् । तै पनि तिनी सम्झन सक्तैनन् ।
Surah Yusuf, Verse 109
حَتَّىٰٓ إِذَا ٱسۡتَيۡـَٔسَ ٱلرُّسُلُ وَظَنُّوٓاْ أَنَّهُمۡ قَدۡ كُذِبُواْ جَآءَهُمۡ نَصۡرُنَا فَنُجِّيَ مَن نَّشَآءُۖ وَلَا يُرَدُّ بَأۡسُنَا عَنِ ٱلۡقَوۡمِ ٱلۡمُجۡرِمِينَ
यहाँसम्म कि जब पैगम्बर निराश हुन लाग्नु भयो र त्यस कौमका मानिसहरू सोच्न लागे कि उनीलाई झूठो भनियोस्, तुरुन्त नै हाम्रो सहयोग उनीनिर आइपुग्यो । जसलाई मैले चाहें त्यसलाई मुक्ति दिएँ, कुरो यो छ कि हाम्रो सजाय अपराधीहरूवाट फिर्ता आउँदैन ।
Surah Yusuf, Verse 110
لَقَدۡ كَانَ فِي قَصَصِهِمۡ عِبۡرَةٞ لِّأُوْلِي ٱلۡأَلۡبَٰبِۗ مَا كَانَ حَدِيثٗا يُفۡتَرَىٰ وَلَٰكِن تَصۡدِيقَ ٱلَّذِي بَيۡنَ يَدَيۡهِ وَتَفۡصِيلَ كُلِّ شَيۡءٖ وَهُدٗى وَرَحۡمَةٗ لِّقَوۡمٖ يُؤۡمِنُونَ
निश्चय नै उनको वर्णनमा बुद्धिमानहरूको लागि शिक्षा र सुझाव छन् । यो कुरआन झूठो बनाएको कुरो होइन । बरु यो प्रमाणित गर्दछ , ती पुस्तकहरूको जुन यसभन्दा अगाडिका छन् । र खुल्लारूपमा बयान गर्नेवाला छ हरेक वस्तुको, र ईमानदार मान्छेहरूको लागि निर्देशन र रहमत छ ।
Surah Yusuf, Verse 111