Surah Ar-Rad Verse 16 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Ar-Radقُلۡ مَن رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ قُلِ ٱللَّهُۚ قُلۡ أَفَٱتَّخَذۡتُم مِّن دُونِهِۦٓ أَوۡلِيَآءَ لَا يَمۡلِكُونَ لِأَنفُسِهِمۡ نَفۡعٗا وَلَا ضَرّٗاۚ قُلۡ هَلۡ يَسۡتَوِي ٱلۡأَعۡمَىٰ وَٱلۡبَصِيرُ أَمۡ هَلۡ تَسۡتَوِي ٱلظُّلُمَٰتُ وَٱلنُّورُۗ أَمۡ جَعَلُواْ لِلَّهِ شُرَكَآءَ خَلَقُواْ كَخَلۡقِهِۦ فَتَشَٰبَهَ ٱلۡخَلۡقُ عَلَيۡهِمۡۚ قُلِ ٱللَّهُ خَٰلِقُ كُلِّ شَيۡءٖ وَهُوَ ٱلۡوَٰحِدُ ٱلۡقَهَّـٰرُ
तपाईं सोध्नुस्ः ‘‘कि आकाशहरू र पृथ्वीको पालनकर्ता को हो ?’’। भनिदिनुस् ! ‘‘अल्लाह’’ । सोध्नुस्ः ! ‘‘के तिमी फेरि पनि उसबाहेक अरुलाई सहयोगी बनाइरहेका छौ ? जो स्वयं आफ्नो जीव ज्यानको राम्रो नराम्रोबारे कुनै अख्तियारी राख्दैनन्’’ । सोधः ‘‘के अन्धो र आँखावाला बराबर हुन सक्छन् ? के अन्धकार र प्रकाश समान हुन सक्छन् ? के जसलाई उनी अल्लाहको साझेदार ठहर्याइरहेका छन, उनले पनि अल्लाह जस्तै प्राणीहरू निर्माण गरेका छन्, जसले उनको दृष्टिमा निर्माणको फर्क शंकाको घेरा भित्र आइसकेको छ’’, भनिदिनुस्ः ‘‘मात्र अल्लाह नै सबै प्राणीहरूको जन्मदाता हो त्यो एक मात्र एक्लो छ र विशाल शक्तिशाली छ ।’’