Surah Ar-Rad Verse 17 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Ar-Radأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَسَالَتۡ أَوۡدِيَةُۢ بِقَدَرِهَا فَٱحۡتَمَلَ ٱلسَّيۡلُ زَبَدٗا رَّابِيٗاۖ وَمِمَّا يُوقِدُونَ عَلَيۡهِ فِي ٱلنَّارِ ٱبۡتِغَآءَ حِلۡيَةٍ أَوۡ مَتَٰعٖ زَبَدٞ مِّثۡلُهُۥۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ ٱلۡحَقَّ وَٱلۡبَٰطِلَۚ فَأَمَّا ٱلزَّبَدُ فَيَذۡهَبُ جُفَآءٗۖ وَأَمَّا مَا يَنفَعُ ٱلنَّاسَ فَيَمۡكُثُ فِي ٱلۡأَرۡضِۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ ٱلۡأَمۡثَالَ
उसैले आकाशबाट पानी वर्सायो फेरि आफ्नो–आफ्नो क्षमता अनुसार खोलाहरू बग्न थाले, फेरि पानीको भेलले माथि चढेको कूडालाई बगाएर लग्यो । र यस्तै फींज त्यस धातुमा पनि उठीहाल्छ जुन आगोमा हालेर खारिए पछि आभूषण वा अर्काे (सजावटका) समान बन्दछन् । यस्तै किसिमले अल्लाह सत्य–असत्यको उदाहरण प्रस्तुत गर्दछ, । अब फीज त व्यर्थ भएर बगी हाल्छ, परन्तु जुन मान्छेलाई फाइदा पुर्याउने वस्तु छ, त्यो पृथ्वीमा अडी रहन्छ । अल्लाह यस्तै उदाहरणको वर्णन गर्दछ ।