Surah Taha Verse 40 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Tahaإِذۡ تَمۡشِيٓ أُخۡتُكَ فَتَقُولُ هَلۡ أَدُلُّكُمۡ عَلَىٰ مَن يَكۡفُلُهُۥۖ فَرَجَعۡنَٰكَ إِلَىٰٓ أُمِّكَ كَيۡ تَقَرَّ عَيۡنُهَا وَلَا تَحۡزَنَۚ وَقَتَلۡتَ نَفۡسٗا فَنَجَّيۡنَٰكَ مِنَ ٱلۡغَمِّ وَفَتَنَّـٰكَ فُتُونٗاۚ فَلَبِثۡتَ سِنِينَ فِيٓ أَهۡلِ مَدۡيَنَ ثُمَّ جِئۡتَ عَلَىٰ قَدَرٖ يَٰمُوسَىٰ
(स्मरण गर) जबकि तिम्री बहिनी गइराखेकी थिइन् र भनिरहेकी थिइन्ः कि यदि तिमी भन्छौ भने त्यसको बारेमा म उसलाई बताइदिन्छु जसले उसको पालनपोषण गर्नेछ । यस उपायबाट हामीले फेरि तिमीलाई तिम्री आमाको पासमा पुर्याइदियौं ताकि उसको आँखा शीतल होउन् र उनी शोकाकुल नहोऊन्, र (यादगर) तिमीले एउटा व्यक्तिको हत्या गरिदिएका थियौ । तैपनि हामीले तिमीलाई दुःखबाट छुट्कारा दिलायौं र हामीले तिमीलाई राम्ररी जाँच्यौ । अनि तिमी कैयौं वर्षसम्म मदयनका मानिसहरूसँग बसिराख्यौ, फेरि तिमी हे मूसा अल्लाहको अनुकम्पाले निर्धारित समयमा आइपुग्यौ ।