Surah Taha - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
طه
ताहा
Surah Taha, Verse 1
مَآ أَنزَلۡنَا عَلَيۡكَ ٱلۡقُرۡءَانَ لِتَشۡقَىٰٓ
(हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् ।
Surah Taha, Verse 2
إِلَّا تَذۡكِرَةٗ لِّمَن يَخۡشَىٰ
अपितु उसको नसहितको (उपदेशको) निम्ति जो अल्लाहसँग डर्छ ।
Surah Taha, Verse 3
تَنزِيلٗا مِّمَّنۡ خَلَقَ ٱلۡأَرۡضَ وَٱلسَّمَٰوَٰتِ ٱلۡعُلَى
यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ ।
Surah Taha, Verse 4
ٱلرَّحۡمَٰنُ عَلَى ٱلۡعَرۡشِ ٱسۡتَوَىٰ
जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।
Surah Taha, Verse 5
لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا وَمَا تَحۡتَ ٱلثَّرَىٰ
जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो ।
Surah Taha, Verse 6
وَإِن تَجۡهَرۡ بِٱلۡقَوۡلِ فَإِنَّهُۥ يَعۡلَمُ ٱلسِّرَّ وَأَخۡفَى
तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।
Surah Taha, Verse 7
ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۖ لَهُ ٱلۡأَسۡمَآءُ ٱلۡحُسۡنَىٰ
उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् ।
Surah Taha, Verse 8
وَهَلۡ أَتَىٰكَ حَدِيثُ مُوسَىٰٓ
तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ
Surah Taha, Verse 9
إِذۡ رَءَا نَارٗا فَقَالَ لِأَهۡلِهِ ٱمۡكُثُوٓاْ إِنِّيٓ ءَانَسۡتُ نَارٗا لَّعَلِّيٓ ءَاتِيكُم مِّنۡهَا بِقَبَسٍ أَوۡ أَجِدُ عَلَى ٱلنَّارِ هُدٗى
जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ ।
Surah Taha, Verse 10
فَلَمَّآ أَتَىٰهَا نُودِيَ يَٰمُوسَىٰٓ
जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा
Surah Taha, Verse 11
إِنِّيٓ أَنَا۠ رَبُّكَ فَٱخۡلَعۡ نَعۡلَيۡكَ إِنَّكَ بِٱلۡوَادِ ٱلۡمُقَدَّسِ طُوٗى
निःसन्देह म नै तेरो पालनकर्ता हूँ । आफ्नो जुत्ता फुकालिदेऊ, तिमी पवित्र घाटी ‘तुवा’ मा छौ ।
Surah Taha, Verse 12
وَأَنَا ٱخۡتَرۡتُكَ فَٱسۡتَمِعۡ لِمَا يُوحَىٰٓ
र मैले तिमीलाई रोजीसकेको छु । अब जे (वह्य) अल्लाहको सन्देश गरिन्छ, त्यसलाई राम्ररी सुन ।
Surah Taha, Verse 13
إِنَّنِيٓ أَنَا ٱللَّهُ لَآ إِلَٰهَ إِلَّآ أَنَا۠ فَٱعۡبُدۡنِي وَأَقِمِ ٱلصَّلَوٰةَ لِذِكۡرِيٓ
निःसन्देह म नै अल्लाह हूँ, म बाहेक अरु कोही सत्य पूज्य छैन, तसर्थ, तिमीले मेरो उपासना गर्नेगर र मेरो स्मरणको निम्ति नमाज पढ्नेगर ।
Surah Taha, Verse 14
إِنَّ ٱلسَّاعَةَ ءَاتِيَةٌ أَكَادُ أُخۡفِيهَا لِتُجۡزَىٰ كُلُّ نَفۡسِۭ بِمَا تَسۡعَىٰ
निश्चय नै कियामत आउनेवाला छ, जसलाई म गोप्य राख्न चाहन्छु ताकि प्रत्येक मानिसलाई त्यो प्रतिफल प्रदान गरियोस् जसको उसले प्रयास गरेको छ ।
Surah Taha, Verse 15
فَلَا يَصُدَّنَّكَ عَنۡهَا مَن لَّا يُؤۡمِنُ بِهَا وَٱتَّبَعَ هَوَىٰهُ فَتَرۡدَىٰ
अतः अब त्यसको विश्वासबाट तिमीलाई कुनै यस्तो व्यक्तिले नरोकोस् जसले कि यसमा विश्वास गर्दैन र आफ्नो इच्छाको पूर्तिमा लागेको छ, अन्यथा तिमी नष्ट भइहाल्नेछौ ।
Surah Taha, Verse 16
وَمَا تِلۡكَ بِيَمِينِكَ يَٰمُوسَىٰ
हे मूसा ‘‘तिम्रो यस दायाँ हातमा के छ’’
Surah Taha, Verse 17
قَالَ هِيَ عَصَايَ أَتَوَكَّؤُاْ عَلَيۡهَا وَأَهُشُّ بِهَا عَلَىٰ غَنَمِي وَلِيَ فِيهَا مَـَٔارِبُ أُخۡرَىٰ
उसले जवाफ दियो कि ‘‘यो मेरो लठ्ठी हो । म यसमा अडेस लगाउछु र यसबाट आफ्नो बाख्राहरूको निम्ति पातहरू झार्छु र यसबाट मेरा अन्य आवश्यकताहरू पनि पूरा हुन्छन् ।’’
Surah Taha, Verse 18
قَالَ أَلۡقِهَا يَٰمُوسَىٰ
आदेश दियो, ‘‘हे मूसा त्यसलाई हातबाट तल खसालिदेऊ’’ ।
Surah Taha, Verse 19
فَأَلۡقَىٰهَا فَإِذَا هِيَ حَيَّةٞ تَسۡعَىٰ
खसाल्ने बित्तिकै त्यो सर्प बनेर चल्न थाल्यो ।
Surah Taha, Verse 20
قَالَ خُذۡهَا وَلَا تَخَفۡۖ سَنُعِيدُهَا سِيرَتَهَا ٱلۡأُولَىٰ
आदेश भयो ‘‘निर्भीक भई त्यसलाई समातिहाल, हामीले यसलाई त्यही पहिलेकै अवस्थामा ल्याइदिनेछौं’’ ।
Surah Taha, Verse 21
وَٱضۡمُمۡ يَدَكَ إِلَىٰ جَنَاحِكَ تَخۡرُجۡ بَيۡضَآءَ مِنۡ غَيۡرِ سُوٓءٍ ءَايَةً أُخۡرَىٰ
र आफ्नो हात आफ्नो छेउमा राख, अनि त्यो बिना कुनै अवगुण चम्किदै अर्को चमत्कारको रूपमा निस्कनेछ ।
Surah Taha, Verse 22
لِنُرِيَكَ مِنۡ ءَايَٰتِنَا ٱلۡكُبۡرَى
यो यसकारण कि हामीले आफ्ना ठूला ठूला निशानीहरू तिमीलाई देखाउन चाहन्छौं ।
Surah Taha, Verse 23
ٱذۡهَبۡ إِلَىٰ فِرۡعَوۡنَ إِنَّهُۥ طَغَىٰ
अब तिमी फिरऔनकहाँ जाऊ उसले ठूलो उत्पात मचाइरहेको छ ।
Surah Taha, Verse 24
قَالَ رَبِّ ٱشۡرَحۡ لِي صَدۡرِي
(मूसाले भने) मेरो पालनकर्ता मेरो छाती मेरो निम्ति खोलिदेऊ ।
Surah Taha, Verse 25
وَيَسِّرۡ لِيٓ أَمۡرِي
र मेरो काम मेरो निम्ति सजिलो बनाइदेऊ ।
Surah Taha, Verse 26
وَٱحۡلُلۡ عُقۡدَةٗ مِّن لِّسَانِي
र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।
Surah Taha, Verse 27
يَفۡقَهُواْ قَوۡلِي
जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् ।
Surah Taha, Verse 28
وَٱجۡعَل لِّي وَزِيرٗا مِّنۡ أَهۡلِي
र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।
Surah Taha, Verse 29
هَٰرُونَ أَخِي
मेरो भाइ हारूनालाई ।
Surah Taha, Verse 30
ٱشۡدُدۡ بِهِۦٓ أَزۡرِي
उसबाट मेरो शक्ति सुदृढ गर ।
Surah Taha, Verse 31
وَأَشۡرِكۡهُ فِيٓ أَمۡرِي
र उसलाई मेरो काममा शामेल गराइदेऊ
Surah Taha, Verse 32
كَيۡ نُسَبِّحَكَ كَثِيرٗا
जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।
Surah Taha, Verse 33
وَنَذۡكُرَكَ كَثِيرًا
र तिमीलाई हामीले धेरै याद गरौं ।
Surah Taha, Verse 34
إِنَّكَ كُنتَ بِنَا بَصِيرٗا
निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।
Surah Taha, Verse 35
قَالَ قَدۡ أُوتِيتَ سُؤۡلَكَ يَٰمُوسَىٰ
अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।
Surah Taha, Verse 36
وَلَقَدۡ مَنَنَّا عَلَيۡكَ مَرَّةً أُخۡرَىٰٓ
हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं ।
Surah Taha, Verse 37
إِذۡ أَوۡحَيۡنَآ إِلَىٰٓ أُمِّكَ مَا يُوحَىٰٓ
जबकि हामीले तिम्री आमाको हृदयमा त्यो प्रेरणा दियौं जसको चर्चा अब गरिदै छ ।
Surah Taha, Verse 38
أَنِ ٱقۡذِفِيهِ فِي ٱلتَّابُوتِ فَٱقۡذِفِيهِ فِي ٱلۡيَمِّ فَلۡيُلۡقِهِ ٱلۡيَمُّ بِٱلسَّاحِلِ يَأۡخُذۡهُ عَدُوّٞ لِّي وَعَدُوّٞ لَّهُۥۚ وَأَلۡقَيۡتُ عَلَيۡكَ مَحَبَّةٗ مِّنِّي وَلِتُصۡنَعَ عَلَىٰ عَيۡنِيٓ
‘‘कि उसलाई तिमीले सन्दुकमा राखेर समुद्रमा हालिदेऊ, त्यसपछि समुद्रले उसलाई किनारामा लगिदिन्छ ताकि उसलाई मेरो र उसको शत्रुले उठाइलिनेछ’’ । र मैले आफ्नो तर्फबाट तिमीलाई आफ्नो प्रेम प्रदान गर्यौं, ताकि मेरो आँखाको अगाडि तिम्रो पालनपोषण होस् ।
Surah Taha, Verse 39
إِذۡ تَمۡشِيٓ أُخۡتُكَ فَتَقُولُ هَلۡ أَدُلُّكُمۡ عَلَىٰ مَن يَكۡفُلُهُۥۖ فَرَجَعۡنَٰكَ إِلَىٰٓ أُمِّكَ كَيۡ تَقَرَّ عَيۡنُهَا وَلَا تَحۡزَنَۚ وَقَتَلۡتَ نَفۡسٗا فَنَجَّيۡنَٰكَ مِنَ ٱلۡغَمِّ وَفَتَنَّـٰكَ فُتُونٗاۚ فَلَبِثۡتَ سِنِينَ فِيٓ أَهۡلِ مَدۡيَنَ ثُمَّ جِئۡتَ عَلَىٰ قَدَرٖ يَٰمُوسَىٰ
(स्मरण गर) जबकि तिम्री बहिनी गइराखेकी थिइन् र भनिरहेकी थिइन्ः कि यदि तिमी भन्छौ भने त्यसको बारेमा म उसलाई बताइदिन्छु जसले उसको पालनपोषण गर्नेछ । यस उपायबाट हामीले फेरि तिमीलाई तिम्री आमाको पासमा पुर्याइदियौं ताकि उसको आँखा शीतल होउन् र उनी शोकाकुल नहोऊन्, र (यादगर) तिमीले एउटा व्यक्तिको हत्या गरिदिएका थियौ । तैपनि हामीले तिमीलाई दुःखबाट छुट्कारा दिलायौं र हामीले तिमीलाई राम्ररी जाँच्यौ । अनि तिमी कैयौं वर्षसम्म मदयनका मानिसहरूसँग बसिराख्यौ, फेरि तिमी हे मूसा अल्लाहको अनुकम्पाले निर्धारित समयमा आइपुग्यौ ।
Surah Taha, Verse 40
وَٱصۡطَنَعۡتُكَ لِنَفۡسِي
र मैले तिमीलाई विशेष आफ्नो लागि मनपराएको छु ।
Surah Taha, Verse 41
ٱذۡهَبۡ أَنتَ وَأَخُوكَ بِـَٔايَٰتِي وَلَا تَنِيَا فِي ذِكۡرِي
अब तिमी आफ्नो भाइसहीत मेरा निशानीहरू साथमा लिएर जाऊ, र याद रहोस् मेरो स्मरणमा ढिलासुस्ती नगर्नु ।
Surah Taha, Verse 42
ٱذۡهَبَآ إِلَىٰ فِرۡعَوۡنَ إِنَّهُۥ طَغَىٰ
तिमी दुवै फिरऔनको पासमा जाऊ । त्यसले गम्भीर अवज्ञा गरेको छ ।
Surah Taha, Verse 43
فَقُولَا لَهُۥ قَوۡلٗا لَّيِّنٗا لَّعَلَّهُۥ يَتَذَكَّرُ أَوۡ يَخۡشَىٰ
त्यसलाई नम्रतापूर्वक सम्झाऊ, ताकि सम्भव छ त्यसले सम्झिहालोस् वा त्रसित भइहालोस् ।
Surah Taha, Verse 44
قَالَا رَبَّنَآ إِنَّنَا نَخَافُ أَن يَفۡرُطَ عَلَيۡنَآ أَوۡ أَن يَطۡغَىٰ
दुवैले भने ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई यसको भय छ कि कतै त्यसले हामीमाथि कुनै अत्याचार नगरोस् अथवा उसको उदण्डता बढेर नजाओस् ।’’
Surah Taha, Verse 45
قَالَ لَا تَخَافَآۖ إِنَّنِي مَعَكُمَآ أَسۡمَعُ وَأَرَىٰ
(अल्लाहको) आदेश भयो तिमी अलिकति पनि नडराऊ, म तिम्रो साथमा छु र सुन्दछु र देख्दछु ।
Surah Taha, Verse 46
فَأۡتِيَاهُ فَقُولَآ إِنَّا رَسُولَا رَبِّكَ فَأَرۡسِلۡ مَعَنَا بَنِيٓ إِسۡرَـٰٓءِيلَ وَلَا تُعَذِّبۡهُمۡۖ قَدۡ جِئۡنَٰكَ بِـَٔايَةٖ مِّن رَّبِّكَۖ وَٱلسَّلَٰمُ عَلَىٰ مَنِ ٱتَّبَعَ ٱلۡهُدَىٰٓ
तिमी उसको पासमा जाऊ र भनः ‘कि हामी तिम्रो पालनकर्ताका संदेष्टा हौं । तिमी हाम्रो साथमा इस्राईलका सन्तानलाई पठाइदेऊ र उनीहरूलाई यातना नदेऊ । हामी तिम्रो पासमा तिम्रो पालनहारका निशानीहरू लिएर आएका छौं । र जसले सही मार्गदर्शनको कुरा मान्दछ त्यसैलाई सलामती (प्रशान्ति) प्राप्त हुनेछ ।
Surah Taha, Verse 47
إِنَّا قَدۡ أُوحِيَ إِلَيۡنَآ أَنَّ ٱلۡعَذَابَ عَلَىٰ مَن كَذَّبَ وَتَوَلَّىٰ
हामीतिर यो ‘‘वह्य’’ (अल्लाहको प्रकाशना) आएको छ कि जसले त्यसलाई झुठो भन्छ र विमुख हुन्छ, त्यसको निम्ति यातना तयार छ ।
Surah Taha, Verse 48
قَالَ فَمَن رَّبُّكُمَا يَٰمُوسَىٰ
फिरऔनले सोध्यो कि, हे मूसा तिमी दुवैको पालनहार को हो
Surah Taha, Verse 49
قَالَ رَبُّنَا ٱلَّذِيٓ أَعۡطَىٰ كُلَّ شَيۡءٍ خَلۡقَهُۥ ثُمَّ هَدَىٰ
उसले(मूसाले) जवाफ दिए कि हाम्रो पालनहार त्यो हो जसले हरेकलाई एउटा विशेष रूप, आकार, प्रदान गर्यो र मार्गदर्शन गरायो ।
Surah Taha, Verse 50
قَالَ فَمَا بَالُ ٱلۡقُرُونِ ٱلۡأُولَىٰ
उसले भन्यो कि, ठीक छ यो त बताऊ कि पहिलो पिढीहरूको अवस्था कस्तो हुनेवाला छ ।
Surah Taha, Verse 51
قَالَ عِلۡمُهَا عِندَ رَبِّي فِي كِتَٰبٖۖ لَّا يَضِلُّ رَبِّي وَلَا يَنسَى
जवाफ दिए कि ‘‘त्यसको ज्ञान मेरो पालनहारको पासमा किताबमा सुरक्षित छ, मेरो पालनहारबाट न गलती हुन्छ र नत ऊ भूल गर्छ’’ ।
Surah Taha, Verse 52
ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ مَهۡدٗا وَسَلَكَ لَكُمۡ فِيهَا سُبُلٗا وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجۡنَا بِهِۦٓ أَزۡوَٰجٗا مِّن نَّبَاتٖ شَتَّىٰ
उसैले तिम्रो निम्ति धर्तीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू निकालेको छ र आकाशबाट पानी पनि उसैले बर्साउँछ । फेरि हामीले त्यस पानीबाट विभिन्न प्रकारका बोट विरुवाहरू उमार्छौं ।
Surah Taha, Verse 53
كُلُواْ وَٱرۡعَوۡاْ أَنۡعَٰمَكُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّأُوْلِي ٱلنُّهَىٰ
तिमी स्वयम् खाऊ र आफ्ना जनावरहरूलाई पनि चराऊ । निःसन्देह यसमा बुद्धिमानहरूको लागि (धेरै) निशानीहरू छन् ।
Surah Taha, Verse 54
۞مِنۡهَا خَلَقۡنَٰكُمۡ وَفِيهَا نُعِيدُكُمۡ وَمِنۡهَا نُخۡرِجُكُمۡ تَارَةً أُخۡرَىٰ
यसै धरतीबाट हामीले तिम्रो सृष्टि गर्यौं र यसैमा तिमीलाई फेरि फर्काउने छौं र यसैबाट अर्कोपल्ट तिमीहरू सबैलाइ निकाल्ने छौं ।
Surah Taha, Verse 55
وَلَقَدۡ أَرَيۡنَٰهُ ءَايَٰتِنَا كُلَّهَا فَكَذَّبَ وَأَبَىٰ
हामीले फिरऔनलाई आफ्ना सबै निशानीहरू देखायौं तर तैपनि उसले झूठो भन्यो र इन्कार गर्यो ।
Surah Taha, Verse 56
قَالَ أَجِئۡتَنَا لِتُخۡرِجَنَا مِنۡ أَرۡضِنَا بِسِحۡرِكَ يَٰمُوسَىٰ
भन्न थाल्यो कि हे मूसा के तिमी हाम्रो पासमा यसकारण आएका हौ ताकि आफ्नो जादूको शक्तिले हामीलाई हाम्रो देशबाट निकालिदेऊ ।
Surah Taha, Verse 57
فَلَنَأۡتِيَنَّكَ بِسِحۡرٖ مِّثۡلِهِۦ فَٱجۡعَلۡ بَيۡنَنَا وَبَيۡنَكَ مَوۡعِدٗا لَّا نُخۡلِفُهُۥ نَحۡنُ وَلَآ أَنتَ مَكَانٗا سُوٗى
ठीक छ हामीले पनि तिम्रो दाँजोमा यस्तै जादू ल्याउने छौं तसर्थ हाम्रो र आफ्नो बीचमा एउटा समय निर्धारित गरिहाल, ताकि नत हामीले त्यसको विपरीत गरौं नत तिमी, र यो प्रतिस्पर्धा एउटा सफा फाँटमा (मैदान) हुनेछ ।
Surah Taha, Verse 58
قَالَ مَوۡعِدُكُمۡ يَوۡمُ ٱلزِّينَةِ وَأَن يُحۡشَرَ ٱلنَّاسُ ضُحٗى
मूसाले भने उत्सवको दिनको वचन छ र यो कि मानिसहरू सूर्योदयपछि एकत्रित भइहालुन् ।’’
Surah Taha, Verse 59
فَتَوَلَّىٰ فِرۡعَوۡنُ فَجَمَعَ كَيۡدَهُۥ ثُمَّ أَتَىٰ
अनि फिरऔन फर्केर गयो र आफ्ना सर–सामान जम्मा पारी फेरि आयो ।
Surah Taha, Verse 60
قَالَ لَهُم مُّوسَىٰ وَيۡلَكُمۡ لَا تَفۡتَرُواْ عَلَى ٱللَّهِ كَذِبٗا فَيُسۡحِتَكُم بِعَذَابٖۖ وَقَدۡ خَابَ مَنِ ٱفۡتَرَىٰ
मूसाले ती (जादूगरहरू) सित भने कि अफशोच तिम्रो दुर्भाग्य छ, अल्लाहको बारेमा असत्य वा मनगढन्त कुरा नभन अन्यथा उसले तिमीलाई सजाय गरेर नष्ट पारिदिनेछ । यादराख जसले असत्य र मनगढन्ते कुरा गर्यो त्यो कहिले सफल हुनेछैन ।
Surah Taha, Verse 61
فَتَنَٰزَعُوٓاْ أَمۡرَهُم بَيۡنَهُمۡ وَأَسَرُّواْ ٱلنَّجۡوَىٰ
तिनीहरू एक आपसमा सरसल्लाह गर्दै अलग–अलग रायमा विभाजित भएर बिस्तारै कानेखुसी गर्नथाले ।
Surah Taha, Verse 62
قَالُوٓاْ إِنۡ هَٰذَٰنِ لَسَٰحِرَٰنِ يُرِيدَانِ أَن يُخۡرِجَاكُم مِّنۡ أَرۡضِكُم بِسِحۡرِهِمَا وَيَذۡهَبَا بِطَرِيقَتِكُمُ ٱلۡمُثۡلَىٰ
भन्न थाले ‘‘यी दुवै मात्र जादूगर हुन्, र चाहन्छन् कि आफ्नो जादूको बलले तिमीलाई तिम्रो राज्यबाट बाहिर निकालिदेउन्, र तिम्रो उत्तम धर्मलाई तहस नहस पारिदेउन् ।
Surah Taha, Verse 63
فَأَجۡمِعُواْ كَيۡدَكُمۡ ثُمَّ ٱئۡتُواْ صَفّٗاۚ وَقَدۡ أَفۡلَحَ ٱلۡيَوۡمَ مَنِ ٱسۡتَعۡلَىٰ
अतः तिमी पनि आफनो कुनै उपाय बाँकी नराख अनि पंक्तिवद्ध भएर आऊ । आज जो प्रभावी भयो, उसैले सफलता
Surah Taha, Verse 64
قَالُواْ يَٰمُوسَىٰٓ إِمَّآ أَن تُلۡقِيَ وَإِمَّآ أَن نَّكُونَ أَوَّلَ مَنۡ أَلۡقَىٰ
तिनीहरूले भनेः ‘‘हे मूसा या त तिमीले पहिला चाल फ्याँक, वा हामीले पहिले फ्याँक्छौं ।’’
Surah Taha, Verse 65
قَالَ بَلۡ أَلۡقُواْۖ فَإِذَا حِبَالُهُمۡ وَعِصِيُّهُمۡ يُخَيَّلُ إِلَيۡهِ مِن سِحۡرِهِمۡ أَنَّهَا تَسۡعَىٰ
मूसाले उत्तर दिए किः ‘‘होइन बरु तिमीले नै पहिला फ्याँक ।’’ अब त मूसालाई यो भान हुन थाल्यो कि उनका डोरी र लठ्ठीहरू उनको जादूको जोडले यताउता दगुरिराखेका छन् ।
Surah Taha, Verse 66
فَأَوۡجَسَ فِي نَفۡسِهِۦ خِيفَةٗ مُّوسَىٰ
(त्यस वखत) मूसाले आफ्नो हृदयमा भय महसूस गरे ।
Surah Taha, Verse 67
قُلۡنَا لَا تَخَفۡ إِنَّكَ أَنتَ ٱلۡأَعۡلَىٰ
हामीले भन्यौं, केही भय नगर, निःसन्देह तिमी नै प्रभावी हुनेछौ ।
Surah Taha, Verse 68
وَأَلۡقِ مَا فِي يَمِينِكَ تَلۡقَفۡ مَا صَنَعُوٓاْۖ إِنَّمَا صَنَعُواْ كَيۡدُ سَٰحِرٖۖ وَلَا يُفۡلِحُ ٱلسَّاحِرُ حَيۡثُ أَتَىٰ
र जुन कुरो (लठ्ठी) तिम्रो दाहिने हातमा छ त्यसलाई फ्याँकिदेऊ, उनीहरूले जेजति बनाएका छन् त्यो सबैलाई निलीहाल्छ । जेजति तिनीहरूले बनाएका छन्, (यो त) जादूगरहरूको हत्कण्डा हो र जादूगरहरू जहाँबाट पनि आउनेछन् सफल हुनेछैनन् ।
Surah Taha, Verse 69
فَأُلۡقِيَ ٱلسَّحَرَةُ سُجَّدٗا قَالُوٓاْ ءَامَنَّا بِرَبِّ هَٰرُونَ وَمُوسَىٰ
अब त सबै जादूगरहरू नतमस्तक भई ढोगिहाले र ठूलो स्वरमा भने कि हामीले त हारून र मूसाको पालनकर्तामाथि ईमान ल्यायौं ।
Surah Taha, Verse 70
قَالَ ءَامَنتُمۡ لَهُۥ قَبۡلَ أَنۡ ءَاذَنَ لَكُمۡۖ إِنَّهُۥ لَكَبِيرُكُمُ ٱلَّذِي عَلَّمَكُمُ ٱلسِّحۡرَۖ فَلَأُقَطِّعَنَّ أَيۡدِيَكُمۡ وَأَرۡجُلَكُم مِّنۡ خِلَٰفٖ وَلَأُصَلِّبَنَّكُمۡ فِي جُذُوعِ ٱلنَّخۡلِ وَلَتَعۡلَمُنَّ أَيُّنَآ أَشَدُّ عَذَابٗا وَأَبۡقَىٰ
फिरऔनले भन्न थाल्यो कि के मेरो अनुमति बिना नै तिमीहरूले उसमाथि ईमान ल्याइहाल्यौ ? निःसन्देह यही तिम्रो प्रमुख हो जसले तिमीलाई जादू सिकाएको छ, ठीक छ, अब म तिम्रा हात र खुट्टा उल्टा–सीधा कटाएर तिमीहरूलाई खजूरको रुखमा फाँसीमा झुण्ड्याइदिनेछु । र तिमीहरूलाई अवश्य थाहा भइहाल्ने छ कि हामीमध्ये कसको यातना धेरै कठोर र स्थायी छ ।’’
Surah Taha, Verse 71
قَالُواْ لَن نُّؤۡثِرَكَ عَلَىٰ مَا جَآءَنَا مِنَ ٱلۡبَيِّنَٰتِ وَٱلَّذِي فَطَرَنَاۖ فَٱقۡضِ مَآ أَنتَ قَاضٍۖ إِنَّمَا تَقۡضِي هَٰذِهِ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَآ
उनीहरूले भने कि जुन प्रमाणहरू हाम्रो सामु आइपुगेका छन्, तिनीहरूको मद्देनजर जसले हामीलाई सृष्टि गरेको छ, त्यस अल्लाह विरुद्ध हामीले तिमीलाई कहिल्यै प्राथमिकता दिने छैनौं, तसर्थ अब तिमीले जे गर्न चाहन्छौ गरिहाल । र तिमी जुन आदेश दिन सक्छौ, त्यो मात्र यसै सांसारिक जिन्दगीमा दिन सक्छौ ।
Surah Taha, Verse 72
إِنَّآ ءَامَنَّا بِرَبِّنَا لِيَغۡفِرَ لَنَا خَطَٰيَٰنَا وَمَآ أَكۡرَهۡتَنَا عَلَيۡهِ مِنَ ٱلسِّحۡرِۗ وَٱللَّهُ خَيۡرٞ وَأَبۡقَىٰٓ
हामीले आफ्नो पालनकर्तामाथि यस आशामा ईमान ल्यायौं कि उसले हाम्रा पापहरूलाई माफ गरोस् र (त्यो पनि) जुन कि तिमीले हामीबाट जबरजस्ती जादू गरायौ । र अल्लाह नै उत्तम र सधैं रहीरहनेछ ।
Surah Taha, Verse 73
إِنَّهُۥ مَن يَأۡتِ رَبَّهُۥ مُجۡرِمٗا فَإِنَّ لَهُۥ جَهَنَّمَ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ
कुरो यो छ कि जो कोही अल्लाहको सामु पापी भएर आउनेछ उसको निम्ति नर्क छ, जसमा न मर्नु नत बाँच्नु हुनेछ ।
Surah Taha, Verse 74
وَمَن يَأۡتِهِۦ مُؤۡمِنٗا قَدۡ عَمِلَ ٱلصَّـٰلِحَٰتِ فَأُوْلَـٰٓئِكَ لَهُمُ ٱلدَّرَجَٰتُ ٱلۡعُلَىٰ
र जो उसको सामु ईमानवाला भएर आउनेछ र उसले कर्म पनि असल गरेको छ त यस्ताको लागि उच्च दर्जाहरू छन् ।
Surah Taha, Verse 75
جَنَّـٰتُ عَدۡنٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ جَزَآءُ مَن تَزَكَّىٰ
सधैं बासको निम्ति स्वर्गका बगैंचा जसका मुनि धरातलमा नहरहरू बगिराखेका छन्, सधैं तिनीहरू त्यहाँ बास गर्नेछन् । र यो नै त्यस्तो प्रत्येक व्यक्तिको पुरस्कार हो जो पवित्र भयो ।
Surah Taha, Verse 76
وَلَقَدۡ أَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰٓ أَنۡ أَسۡرِ بِعِبَادِي فَٱضۡرِبۡ لَهُمۡ طَرِيقٗا فِي ٱلۡبَحۡرِ يَبَسٗا لَّا تَخَٰفُ دَرَكٗا وَلَا تَخۡشَىٰ
हामीले मूसातिर वह्य (सन्देश) पठायौं कि हाम्रा भक्तहरूलाई रातैरात लगिहाल, अनि तिनीहरूको निम्ति समुद्रमा लठ्ठी हानी बाटो बनाइहाल, त्यसपछि तिमीलाई नकसैले आइसमात्ने भय हुनेछ र नत (डुब्ने) डर ।
Surah Taha, Verse 77
فَأَتۡبَعَهُمۡ فِرۡعَوۡنُ بِجُنُودِهِۦ فَغَشِيَهُم مِّنَ ٱلۡيَمِّ مَا غَشِيَهُمۡ
फिरऔनले आफ्नो लाव लश्करको साथ तिनीहरूलाई पछ्यायो तब समुद्रका तरङ्गहरू तिनीहरूलाई छोपिहाले (डुबाइहाले) ।
Surah Taha, Verse 78
وَأَضَلَّ فِرۡعَوۡنُ قَوۡمَهُۥ وَمَا هَدَىٰ
र फिरऔनले आफ्नो समुदायलाई पथभ्रष्ट गर्यो र सही बाटो देखाएन ।
Surah Taha, Verse 79
يَٰبَنِيٓ إِسۡرَـٰٓءِيلَ قَدۡ أَنجَيۡنَٰكُم مِّنۡ عَدُوِّكُمۡ وَوَٰعَدۡنَٰكُمۡ جَانِبَ ٱلطُّورِ ٱلۡأَيۡمَنَ وَنَزَّلۡنَا عَلَيۡكُمُ ٱلۡمَنَّ وَٱلسَّلۡوَىٰ
हे बनी इस्राईल हेर, हामीले तिमीलाई तिम्रो शत्रुबाट छुटकारा दिलायौं र तिमीसित तूर पर्वतको दाहिनेतिरको वचन दियौं र तिमी माथि ‘‘मन्न र सलवा’’ उतार्यौं ।
Surah Taha, Verse 80
كُلُواْ مِن طَيِّبَٰتِ مَا رَزَقۡنَٰكُمۡ وَلَا تَطۡغَوۡاْ فِيهِ فَيَحِلَّ عَلَيۡكُمۡ غَضَبِيۖ وَمَن يَحۡلِلۡ عَلَيۡهِ غَضَبِي فَقَدۡ هَوَىٰ
तिमीले हामीबाट प्रदान गरिएको पवित्र कुराहरू खाऊ, र यसमा सीमा न नाघ, अन्यथा तिमीमाथि मेरो प्रकोप पर्नेछ, र जसमाथि मेरो प्रकोप पर्यो त्यो निःसन्देह बर्बाद भयो ।
Surah Taha, Verse 81
وَإِنِّي لَغَفَّارٞ لِّمَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحٗا ثُمَّ ٱهۡتَدَىٰ
र त्यो जसले प्रायश्चित गर्यो र ईमान ल्यायो र असल कर्म गर्यो अनि असल मार्गमा हिड्दै गर्यो, त्यसको लागि निश्चय नै म अत्यन्त क्षमाशील छु ।
Surah Taha, Verse 82
۞وَمَآ أَعۡجَلَكَ عَن قَوۡمِكَ يَٰمُوسَىٰ
हे मूसा तिमीलाई आफ्नो कौम छाडी शीघ्र आउनुमा कुन कुरोले उक्सायो ।
Surah Taha, Verse 83
قَالَ هُمۡ أُوْلَآءِ عَلَىٰٓ أَثَرِي وَعَجِلۡتُ إِلَيۡكَ رَبِّ لِتَرۡضَىٰ
भने कि उनीहरू पनि मेरो पछि पछि आइराखेका छन् र हे मेरो पालनकर्ता मैले तिमीतिर आउनुमा शीघ्रता यसकारणले गरें ताकि तिमी प्रसन्न भइहाल ।
Surah Taha, Verse 84
قَالَ فَإِنَّا قَدۡ فَتَنَّا قَوۡمَكَ مِنۢ بَعۡدِكَ وَأَضَلَّهُمُ ٱلسَّامِرِيُّ
आदेश भयोः ‘‘हामीले तिमीपछि तिम्रो कौमलाई परीक्षामा पार्यौं । र सामरीले तिनीहरूलाई पथभ्रष्ट गरिहाल्यो ।’’
Surah Taha, Verse 85
فَرَجَعَ مُوسَىٰٓ إِلَىٰ قَوۡمِهِۦ غَضۡبَٰنَ أَسِفٗاۚ قَالَ يَٰقَوۡمِ أَلَمۡ يَعِدۡكُمۡ رَبُّكُمۡ وَعۡدًا حَسَنًاۚ أَفَطَالَ عَلَيۡكُمُ ٱلۡعَهۡدُ أَمۡ أَرَدتُّمۡ أَن يَحِلَّ عَلَيۡكُمۡ غَضَبٞ مِّن رَّبِّكُمۡ فَأَخۡلَفۡتُم مَّوۡعِدِي
अनि मूसा क्रोध र दुःखको अवस्थामा आफ्नो समुदायतिर फर्केर आए र भन्न थाले कि हे मेरो समुदायका मानिसहरू के तिम्रो पालनकर्ताले तिमीलाई राम्रो वचन दिएको थिएन ? के उसको तर्फबाट आउने मद्दत तिमीलाई लामो प्रतीत भयो वा तिमीले चाह्यौ कि तिमीमाथि तिम्रो पालनकर्ताको तर्फबाट प्रकोप परोस ? र (यसैकारणले) तिमीले मसित जुन वाचा गरेका थियौ त्यसको उल्लंघन गर्यौ ।
Surah Taha, Verse 86
قَالُواْ مَآ أَخۡلَفۡنَا مَوۡعِدَكَ بِمَلۡكِنَا وَلَٰكِنَّا حُمِّلۡنَآ أَوۡزَارٗا مِّن زِينَةِ ٱلۡقَوۡمِ فَقَذَفۡنَٰهَا فَكَذَٰلِكَ أَلۡقَى ٱلسَّامِرِيُّ
तिनीहरूले जवाफ दिए कि ‘‘हामीले आफ्नो खुशीले तपाईंसित गरेको वाचाको उल्लंघन गरेका होइनौं, बरु समुदायका आभूषणहरूको जुन् बोझ उठाएका थियौं, हामीले त्यसलाई आगोमा फ्याँकिदियौं र यस्तै सामरीले पनि गर्यो ।’’
Surah Taha, Verse 87
فَأَخۡرَجَ لَهُمۡ عِجۡلٗا جَسَدٗا لَّهُۥ خُوَارٞ فَقَالُواْ هَٰذَآ إِلَٰهُكُمۡ وَإِلَٰهُ مُوسَىٰ فَنَسِيَ
अनि त्यसले तिनीहरूको निम्ति एउटा बाछो निकालेर उभ्यायो अर्थात बाछोको आकृति जसको कि गाईको जस्तो आवाज पनि थियो अनि भन्न थाले कि यही तिम्रो पूजनीय हो ? र मूसाको पनि पूज्य तर मूसाले बिर्सिसकेको छ ।
Surah Taha, Verse 88
أَفَلَا يَرَوۡنَ أَلَّا يَرۡجِعُ إِلَيۡهِمۡ قَوۡلٗا وَلَا يَمۡلِكُ لَهُمۡ ضَرّٗا وَلَا نَفۡعٗا
के यी पथविचलित मानिसहरूले यो पनि देख्दैनन् कि त्यसले नकुनै उत्तर दिन्छ र नत उसलाई तिनीहरूको हानि र लाभको कुनै अधिकार प्राप्त छ ।
Surah Taha, Verse 89
وَلَقَدۡ قَالَ لَهُمۡ هَٰرُونُ مِن قَبۡلُ يَٰقَوۡمِ إِنَّمَا فُتِنتُم بِهِۦۖ وَإِنَّ رَبَّكُمُ ٱلرَّحۡمَٰنُ فَٱتَّبِعُونِي وَأَطِيعُوٓاْ أَمۡرِي
र हारून (अलैहिस्सलाम) ले उनीहरूसित पहिले नै भनिदिएका थिए कि हे मेरो समुदायका मानिसहरू यस बाछोबाट त मात्र तिमीहरूको परीक्षा गरिएको हो, र तिम्रो वास्तविक पालनकर्ता त अल्लाह रहमान नै हो, तसर्थ तिमी सबैले मेरो अनुशरण गर र मेरो कुरा मान्दैगर ।
Surah Taha, Verse 90
قَالُواْ لَن نَّبۡرَحَ عَلَيۡهِ عَٰكِفِينَ حَتَّىٰ يَرۡجِعَ إِلَيۡنَا مُوسَىٰ
तिनीहरूले जवाफ दिए कि जबसम्म मूसा हाम्रो पासमा आउँदैनन् हामी त त्यसैको पूजामा दृढ रहनेछौं ।
Surah Taha, Verse 91
قَالَ يَٰهَٰرُونُ مَا مَنَعَكَ إِذۡ رَأَيۡتَهُمۡ ضَلُّوٓاْ
अनि मूसाले भने कि हे हारून जब तिमीले देख्यौ कि यिनीहरू पथभ्रष्ट भइरहेका छन् त कुन कुराले तिमीलाई रोकेको थियो ।
Surah Taha, Verse 92
أَلَّا تَتَّبِعَنِۖ أَفَعَصَيۡتَ أَمۡرِي
कुन कुरालेगर्दा तिमीले मेरो अनुशरण गरेनौ, के तिमीले पनि मेरो आदेशको उल्लंघन गर्यौ
Surah Taha, Verse 93
قَالَ يَبۡنَؤُمَّ لَا تَأۡخُذۡ بِلِحۡيَتِي وَلَا بِرَأۡسِيٓۖ إِنِّي خَشِيتُ أَن تَقُولَ فَرَّقۡتَ بَيۡنَ بَنِيٓ إِسۡرَـٰٓءِيلَ وَلَمۡ تَرۡقُبۡ قَوۡلِي
हारून अलैहिस्सलामले भनेः कि हे ‘‘मेरो आमाबाटै जन्मेको भाइ मेरो दाढी र कपाल नसमात्नुस्, म त यो कुराबाट डराएँ कि तपाईंले यो नभन्नुहोस् कि मैले बनी इस्राईलमा झगडा गराइदिएँ र तपाईंको कुरालाई ध्यान दिएन ।’’
Surah Taha, Verse 94
قَالَ فَمَا خَطۡبُكَ يَٰسَٰمِرِيُّ
(अनि सामरीसित) मूसाले भन्न थाले कि ‘‘सामरी’’ तिम्रो हाल के छ
Surah Taha, Verse 95
قَالَ بَصُرۡتُ بِمَا لَمۡ يَبۡصُرُواْ بِهِۦ فَقَبَضۡتُ قَبۡضَةٗ مِّنۡ أَثَرِ ٱلرَّسُولِ فَنَبَذۡتُهَا وَكَذَٰلِكَ سَوَّلَتۡ لِي نَفۡسِي
उसले भन्यो कि मैले यस्तो कुरा देखें जुन कि अरुले देखेनन्, अनि मैले फरिश्ताको पदचिन्हबाट एक मुठ्ठी माटो लिइहालें, र त्यसमा (बाछोमा) हालिदिए र मलाई मेरो मनले यस कामलाई राम्रो भन्यो ।
Surah Taha, Verse 96
قَالَ فَٱذۡهَبۡ فَإِنَّ لَكَ فِي ٱلۡحَيَوٰةِ أَن تَقُولَ لَا مِسَاسَۖ وَإِنَّ لَكَ مَوۡعِدٗا لَّن تُخۡلَفَهُۥۖ وَٱنظُرۡ إِلَىٰٓ إِلَٰهِكَ ٱلَّذِي ظَلۡتَ عَلَيۡهِ عَاكِفٗاۖ لَّنُحَرِّقَنَّهُۥ ثُمَّ لَنَنسِفَنَّهُۥ فِي ٱلۡيَمِّ نَسۡفًا
(मूसाले) भने, जाऊ तिमीलाई संसारको जिन्दगीमा यो सजाय छ कि तिमी भन्दैगर कि, ‘‘मलाई नछोऊ ।’’ र तिम्रो निम्ति अर्को वचन पनि छ जुन तिमीबाट टार्न सकिनेछैन र जुन मअ्बूद (को पूजा) मा तिमी (कायम) थियौ, त्यसलाई पनि अब हेर, हामीले त्यसलाई जलाएर त्यस (को खरानी) उडाएर समुद्रमा छरिदिनेछौं ।
Surah Taha, Verse 97
إِنَّمَآ إِلَٰهُكُمُ ٱللَّهُ ٱلَّذِي لَآ إِلَٰهَ إِلَّا هُوَۚ وَسِعَ كُلَّ شَيۡءٍ عِلۡمٗا
वास्तविक कुरा यो छ कि तिम्रो सत्य मअ्बूद अल्लाह नै हो, जस बाहेक अरु कोही सत्य पूजनीय छैन, उसको ज्ञान सबै कुरामाथि हावी छ ।
Surah Taha, Verse 98
كَذَٰلِكَ نَقُصُّ عَلَيۡكَ مِنۡ أَنۢبَآءِ مَا قَدۡ سَبَقَۚ وَقَدۡ ءَاتَيۡنَٰكَ مِن لَّدُنَّا ذِكۡرٗا
यस प्रकार हामीले तिमीलाई विगतका वृतान्त सुनाउँदैछौं, र हामीले निश्चिय नै तिमीलाई आफ्नो तर्फबाट एक मार्गदर्शन प्रदान गरिसकेका छौं ।
Surah Taha, Verse 99
مَّنۡ أَعۡرَضَ عَنۡهُ فَإِنَّهُۥ يَحۡمِلُ يَوۡمَ ٱلۡقِيَٰمَةِ وِزۡرًا
जुन मानिस यसबाट विमुख हुन्छ, त्यसले कियामतको दिन आफ्नो गरुङ्गो बोझ उठाइरहेनेछ ।
Surah Taha, Verse 100
خَٰلِدِينَ فِيهِۖ وَسَآءَ لَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ حِمۡلٗا
सधैं सोहीमा रहनेछन् । र यो बोझ कियामतको दिन तिनीहरूको निम्ति नराम्रो हुनेछ ।
Surah Taha, Verse 101
يَوۡمَ يُنفَخُ فِي ٱلصُّورِۚ وَنَحۡشُرُ ٱلۡمُجۡرِمِينَ يَوۡمَئِذٖ زُرۡقٗا
जुन दिन सूर (सिंगा) फूँकिनेछ र हामीले पापीहरूलाई एकत्रित गर्नेछौं र (डरले) तिनीहरूका आँखा निला र पहेलो हुनेछन् ।
Surah Taha, Verse 102
يَتَخَٰفَتُونَ بَيۡنَهُمۡ إِن لَّبِثۡتُمۡ إِلَّا عَشۡرٗا
तिनीहरू आपसमा एक अर्कासित बिस्तारै भन्नेछन् कि हामी त (संसारमा) मात्र दश दिन बसेका थियौं ।
Surah Taha, Verse 103
نَّحۡنُ أَعۡلَمُ بِمَا يَقُولُونَ إِذۡ يَقُولُ أَمۡثَلُهُمۡ طَرِيقَةً إِن لَّبِثۡتُمۡ إِلَّا يَوۡمٗا
जुन कुरा यिनीहरूले गर्नेछन्, त्यसको वास्तविकतासँग हामी राम्ररी परिचित छौं । त्यसबेला तिनीहरूमध्ये सबभन्दा राम्रो मार्गमा हिँड्नेवालाले भन्नेछ कि होइन, बरु एकदिन मात्र बसेका थियौं ।
Surah Taha, Verse 104
وَيَسۡـَٔلُونَكَ عَنِ ٱلۡجِبَالِ فَقُلۡ يَنسِفُهَا رَبِّي نَسۡفٗا
तिनीहरू तपाईसित पहाडहरूको बारेमा सोध्छन्, भनीदिनुस् कि अल्लाहले तिनीहरूलाई साना–साना कणहरू पारी छरिदिनेछ ।
Surah Taha, Verse 105
فَيَذَرُهَا قَاعٗا صَفۡصَفٗا
र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।
Surah Taha, Verse 106
لَّا تَرَىٰ فِيهَا عِوَجٗا وَلَآ أَمۡتٗا
जसमा तिमीले न कहिँ मोड (बाङो टिङ्गो) देख्नेछौ नत ओरालो उकालो ।
Surah Taha, Verse 107
يَوۡمَئِذٖ يَتَّبِعُونَ ٱلدَّاعِيَ لَا عِوَجَ لَهُۥۖ وَخَشَعَتِ ٱلۡأَصۡوَاتُ لِلرَّحۡمَٰنِ فَلَا تَسۡمَعُ إِلَّا هَمۡسٗا
जुन दिन मानिसहरू एउटा पुकार गर्नेवालाको पछि हिड्नेछन् र उसको अनुशरणबाट कोही कति पनि पन्छिन सक्नेछैन र अल्लाहको अगाडि सबै आवाजहरू दबिरहनेछन्, एउटा कानेखुसी बाहेक केही सुन्ने छैनौ ।
Surah Taha, Verse 108
يَوۡمَئِذٖ لَّا تَنفَعُ ٱلشَّفَٰعَةُ إِلَّا مَنۡ أَذِنَ لَهُ ٱلرَّحۡمَٰنُ وَرَضِيَ لَهُۥ قَوۡلٗا
त्यसदिन सिफारिश केही फाइदा पुर्याउने छैन, तर त्यस व्यक्ति बाहेक जसलाई अल्लाहले इजाजत (अनुमति) प्रदान गर्दछ र उसको कुरा मनपराउनेछ ।
Surah Taha, Verse 109
يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡ وَلَا يُحِيطُونَ بِهِۦ عِلۡمٗا
जे जति उनीहरूको अगाडि पछाडि छ, अल्लाह त्यो सबै जान्दछ कुनै प्रणीको ज्ञान उसमाथि हावी हुनसक्दैन ।
Surah Taha, Verse 110
۞وَعَنَتِ ٱلۡوُجُوهُ لِلۡحَيِّ ٱلۡقَيُّومِۖ وَقَدۡ خَابَ مَنۡ حَمَلَ ظُلۡمٗا
सबै अनुहारहरू त्यस अविनाशी सधैं कायम रहने वर्चस्वता सम्पन्न अल्लाहको अगाडि ब्याकुल भएर निहुरिएको हुनेछन् । निःसन्देह असफल त्यो भयो जसले अत्याचारको बोझ उठायो ।
Surah Taha, Verse 111
وَمَن يَعۡمَلۡ مِنَ ٱلصَّـٰلِحَٰتِ وَهُوَ مُؤۡمِنٞ فَلَا يَخَافُ ظُلۡمٗا وَلَا هَضۡمٗا
र जसले असल काम गर्नेछ र मोमिन पनि हुनेछ, त त्यसलाई न अन्यायको डर हुनेछ र न नोक्सानीको ।
Surah Taha, Verse 112
وَكَذَٰلِكَ أَنزَلۡنَٰهُ قُرۡءَانًا عَرَبِيّٗا وَصَرَّفۡنَا فِيهِ مِنَ ٱلۡوَعِيدِ لَعَلَّهُمۡ يَتَّقُونَ أَوۡ يُحۡدِثُ لَهُمۡ ذِكۡرٗا
यसप्रकार हामीले तिमीलाई अरबी कुरआनको रूपमा अवतरित गरेका छौं र हामीले यसमा विभिन्न प्रकारले चेतावनीहरू दिएका छौं ताकि मानिसहरू आत्मसंयमी बनुन् वा अल्लाहले उनीहरूको लागि सोच्ने सम्झने क्षमता उत्पन्न गरोस् ।
Surah Taha, Verse 113
فَتَعَٰلَى ٱللَّهُ ٱلۡمَلِكُ ٱلۡحَقُّۗ وَلَا تَعۡجَلۡ بِٱلۡقُرۡءَانِ مِن قَبۡلِ أَن يُقۡضَىٰٓ إِلَيۡكَ وَحۡيُهُۥۖ وَقُل رَّبِّ زِدۡنِي عِلۡمٗا
अतः अल्लाह गोरवपूर्ण र सच्चा सम्राट हो । कुरआनको ‘‘वह्य’’ जुन तिमीतिर पठाइन्छ, त्यो पूरा हुनुभन्दा अगाडि कुरआनलाई पढ्नुको निम्ति हतार गर्ने नगर र भनः ‘‘मेरो पालनकर्ता, मलाई ज्ञानमा अभिवृद्धि प्रदान गरोस्’’ ।
Surah Taha, Verse 114
وَلَقَدۡ عَهِدۡنَآ إِلَىٰٓ ءَادَمَ مِن قَبۡلُ فَنَسِيَ وَلَمۡ نَجِدۡ لَهُۥ عَزۡمٗا
हामीले यसभन्दा पहिला आदमलाई एउटा निश्चित आदेश दिएका थियौं तर उसले बिर्सिहाल्यो र हामीले त्यसमा कुनै संतोष र दृढता देखेनौं ।
Surah Taha, Verse 115
وَإِذۡ قُلۡنَا لِلۡمَلَـٰٓئِكَةِ ٱسۡجُدُواْ لِأٓدَمَ فَسَجَدُوٓاْ إِلَّآ إِبۡلِيسَ أَبَىٰ
र जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, तब इब्लीस बाहेक सबैले सज्दा गरे तर इब्लीसले सो गर्नुबाट पूरै इन्कार गर्यो ।
Surah Taha, Verse 116
فَقُلۡنَا يَـٰٓـَٔادَمُ إِنَّ هَٰذَا عَدُوّٞ لَّكَ وَلِزَوۡجِكَ فَلَا يُخۡرِجَنَّكُمَا مِنَ ٱلۡجَنَّةِ فَتَشۡقَىٰٓ
अनि हामीले भन्यौं कि हे आदम निश्चय नै यो तिमी र तिम्रो पत्नीको शत्रु हो । ध्यान गर यस्तो नहोस् कि यसले तिमी दुवैलाई जन्नतबाट निष्कासित गराइदेओस् र तिमी कष्टमा परिहाल ।
Surah Taha, Verse 117
إِنَّ لَكَ أَلَّا تَجُوعَ فِيهَا وَلَا تَعۡرَىٰ
यहाँ तिमीलाई यो आराम छ कि न तिमी भोको रहेनेछौ न नाङ्गो रहनेछौ ।
Surah Taha, Verse 118
وَأَنَّكَ لَا تَظۡمَؤُاْ فِيهَا وَلَا تَضۡحَىٰ
र यो पनि कि न तिमी यहाँ तिर्खाएको रहनेछौ नत गरमीको कष्ट भोग्नेछौ ।
Surah Taha, Verse 119
فَوَسۡوَسَ إِلَيۡهِ ٱلشَّيۡطَٰنُ قَالَ يَـٰٓـَٔادَمُ هَلۡ أَدُلُّكَ عَلَىٰ شَجَرَةِ ٱلۡخُلۡدِ وَمُلۡكٖ لَّا يَبۡلَىٰ
त्यसपछि शैतानले उनलाई उक्सायो, भन्नथाल्योः (हे आदम)के मैले तिमीलाई शाश्वत जीवनको वृक्षको बारेमा भनूँ र यस्तो राज्यको सम्बन्धमा जो कहिल्यै पूरानो हुँदैन ?’’
Surah Taha, Verse 120
فَأَكَلَا مِنۡهَا فَبَدَتۡ لَهُمَا سَوۡءَٰتُهُمَا وَطَفِقَا يَخۡصِفَانِ عَلَيۡهِمَا مِن وَرَقِ ٱلۡجَنَّةِۚ وَعَصَىٰٓ ءَادَمُ رَبَّهُۥ فَغَوَىٰ
अन्ततः ती दुवैले त्यस वृक्षबाट केही खाइहाले, जसको परिणामस्वरूप तिनीहरूका लुकाउने कुरा (गोप्य अंगहरू) तिनीहरूको अगाडि खुल्ला भइहाले र ती दुवैले आफना अंग जन्नतका (स्वर्गका) पातहरूले छोप्न थाले र आदमले आफ्नो पालनकर्ताको (आदेशको) उल्लघंन गरे अनि मार्गविचलित भइहाले ।
Surah Taha, Verse 121
ثُمَّ ٱجۡتَبَٰهُ رَبُّهُۥ فَتَابَ عَلَيۡهِ وَهَدَىٰ
अनि उनको पालनकर्ताले उनलाई रोज्यो, र उनको प्रायश्चित स्वीकार गर्यो र उनको मार्गदर्शन, गर्यो ।
Surah Taha, Verse 122
قَالَ ٱهۡبِطَا مِنۡهَا جَمِيعَۢاۖ بَعۡضُكُمۡ لِبَعۡضٍ عَدُوّٞۖ فَإِمَّا يَأۡتِيَنَّكُم مِّنِّي هُدٗى فَمَنِ ٱتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشۡقَىٰ
आदेश भयो तिमी दुवै यहाँबाट तल झर । तिमी आपसमा एक अर्काको शत्रु हौ । अब जहिले पनि मेरो तर्फबाट मार्गदर्शन जानेछ तब जसले मेरो मार्गदर्शनको अनुपालन गर्दछ, ऊ नत पथभ्रष्ट हुनेछ र न कष्टमा पर्नेछ ।
Surah Taha, Verse 123
وَمَنۡ أَعۡرَضَ عَن ذِكۡرِي فَإِنَّ لَهُۥ مَعِيشَةٗ ضَنكٗا وَنَحۡشُرُهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ أَعۡمَىٰ
र जसले मेरो स्मृतिबाट विमुख हुनेछ त्यसको जीवन कष्टमय हुनेछ र कियामतको दिन त्यसलाई हामीले अन्धा बनाएर उठाउने छौं ।
Surah Taha, Verse 124
قَالَ رَبِّ لِمَ حَشَرۡتَنِيٓ أَعۡمَىٰ وَقَدۡ كُنتُ بَصِيرٗا
उसले भन्नेछ किः मेरो पालनकर्ता तिमीले मलाई अन्धो पारेर किन उठायौ, जबकि म त आँखा देख्नेवाला थिएँ
Surah Taha, Verse 125
قَالَ كَذَٰلِكَ أَتَتۡكَ ءَايَٰتُنَا فَنَسِيتَهَاۖ وَكَذَٰلِكَ ٱلۡيَوۡمَ تُنسَىٰ
(अल्लाहबाट जवाफ आउनेछ) यस्तै हुनुपथ्र्यो तिम्रो नजिकमा जब हाम्रा आयतहरू आए तब तिमीले बिर्सिदियौ, यस्तै किसिमले आज हामीले तिमीलाई बिर्सिदिने गर्छौ ।
Surah Taha, Verse 126
وَكَذَٰلِكَ نَجۡزِي مَنۡ أَسۡرَفَ وَلَمۡ يُؤۡمِنۢ بِـَٔايَٰتِ رَبِّهِۦۚ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَشَدُّ وَأَبۡقَىٰٓ
यस्तै किसिमले हामीले त्यसलाई प्रतिफल दिन्छौं जसले मर्यादाको उल्लंघन गर्दछ र आफ्नो पालनकर्ताको आयतहरूमाथि ईमान ल्याउँदैन । र निःसंदेह आखिरतको यातना त अत्यन्त कठोर र निकै स्थायी हुनेछ ।
Surah Taha, Verse 127
أَفَلَمۡ يَهۡدِ لَهُمۡ كَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّنَ ٱلۡقُرُونِ يَمۡشُونَ فِي مَسَٰكِنِهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّأُوْلِي ٱلنُّهَىٰ
अनि के उनीहरूलाई यस कुराबाट पनि मार्ग प्राप्त भएन कि हामी उनीहरूभन्दा पहिला कैयन् पुस्ताहरूलाई नष्ट गरिसकेका छौं, जसका बस्तीहरूमा यिनीहरूले हिंड्डुल गरिराखेका छन् ? निश्चय नै बुद्धिमानहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
Surah Taha, Verse 128
وَلَوۡلَا كَلِمَةٞ سَبَقَتۡ مِن رَّبِّكَ لَكَانَ لِزَامٗا وَأَجَلٞ مُّسَمّٗى
यदि तिम्रो पालनकर्ताबाट पहिले नै एउटा कुरा निश्चित नभइसकेको भए र एउटा अवधि निश्चित नगरिसकिइएको भए, अवश्य नै तिमीहरूलाई यातनाले तुरुन्तै समातिहाल्ने थियो ।
Surah Taha, Verse 129
فَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ قَبۡلَ طُلُوعِ ٱلشَّمۡسِ وَقَبۡلَ غُرُوبِهَاۖ وَمِنۡ ءَانَآيِٕ ٱلَّيۡلِ فَسَبِّحۡ وَأَطۡرَافَ ٱلنَّهَارِ لَعَلَّكَ تَرۡضَىٰ
अतः जे जति तिनीहरूले भन्छन त्यसमाथि धैर्य गर, र आफ्नो पालनकर्ताको गुणगान गर्दैगर, सूर्योदयभन्दा अगाडि, र त्यो अस्ताउनुभन्दा अगाडि र रातीको समयमा पनि तसबीह (गुणगान) गर, र दिनका अनेक भागहरूमा पनि सम्भव छ तिमी सहमत हुनसक ।
Surah Taha, Verse 130
وَلَا تَمُدَّنَّ عَيۡنَيۡكَ إِلَىٰ مَا مَتَّعۡنَا بِهِۦٓ أَزۡوَٰجٗا مِّنۡهُمۡ زَهۡرَةَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا لِنَفۡتِنَهُمۡ فِيهِۚ وَرِزۡقُ رَبِّكَ خَيۡرٞ وَأَبۡقَىٰ
र ती कुराहरूतिर आफ्नो आँखा उठाएर पटक्कै नहेर, जुन हामीले तिनीहरूमध्ये विभिन्न मानिसहरूलाई संसारमा उपभोगको निम्ति दिएका छौं, ताकि हामीले त्यसबाट उनीहरूको परीक्षा लिन सकौं । त्यो त मात्र सांसारिक जीवनको शोभा हो । तर तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको जीविका मात्र उत्तम र स्थायी छ ।
Surah Taha, Verse 131
وَأۡمُرۡ أَهۡلَكَ بِٱلصَّلَوٰةِ وَٱصۡطَبِرۡ عَلَيۡهَاۖ لَا نَسۡـَٔلُكَ رِزۡقٗاۖ نَّحۡنُ نَرۡزُقُكَۗ وَٱلۡعَٰقِبَةُ لِلتَّقۡوَىٰ
आफ्नो घरका मानिसहरूलाई नमाजको आदेश गर र स्वयम् पनि त्यसमा लागिराख । हामीले तिमीसँग जीविका माँग्दैनौं बरु हामीले स्वयम् तिमीलाई जीविका दिन्छौं, र राम्रो परिणाम त धर्म परायणताकै लागि निश्चित छ ।
Surah Taha, Verse 132
وَقَالُواْ لَوۡلَا يَأۡتِينَا بِـَٔايَةٖ مِّن رَّبِّهِۦٓۚ أَوَلَمۡ تَأۡتِهِم بَيِّنَةُ مَا فِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ
तिनीहरूले भने किः यस नबीले आफ्नो पालनकर्ताको तर्फबाट हामीतर्फ कुनै निशानी किन ल्याएको छैन ? के तिनीहरूसम्म त्यसको स्पष्ट प्रमाण आइपुगेन, जुन पहिलेको पुस्तकहरूमा उल्लेखित छन् ?’’
Surah Taha, Verse 133
وَلَوۡ أَنَّآ أَهۡلَكۡنَٰهُم بِعَذَابٖ مِّن قَبۡلِهِۦ لَقَالُواْ رَبَّنَا لَوۡلَآ أَرۡسَلۡتَ إِلَيۡنَا رَسُولٗا فَنَتَّبِعَ ءَايَٰتِكَ مِن قَبۡلِ أَن نَّذِلَّ وَنَخۡزَىٰ
र यदि हामीले त्यसभन्दा पहिला नै यिनीहरूलाई कुनै यातनाबाट नष्ट गरिदिएको भए, निःसन्देह यिनीहरूले भन्थे कि ‘‘हे हाम्रो पालनकर्ता, तिमीले हाम्रो पासमा कुनै रसूल किन पठाएनौ ? ताकि हामी अपमानित र निराश हुनुभन्दा अगाडि तिम्रा आयतहरूको अनुपालन गर्ने थियौं ?’’
Surah Taha, Verse 134
قُلۡ كُلّٞ مُّتَرَبِّصٞ فَتَرَبَّصُواْۖ فَسَتَعۡلَمُونَ مَنۡ أَصۡحَٰبُ ٱلصِّرَٰطِ ٱلسَّوِيِّ وَمَنِ ٱهۡتَدَىٰ
भनिदिनुस्ः प्रत्येक परिणामको प्रतीक्षामा छ । अतः अब तिमी पनि प्रतीक्षा गर शीघ्र नै तिमीले थाहा पाइहाल्ने छौ कि को सीधा मार्गवाला छन् र कसलाई मार्गदर्शन प्राप्त छ ।’’
Surah Taha, Verse 135