UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Anbiya - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


ٱقۡتَرَبَ لِلنَّاسِ حِسَابُهُمۡ وَهُمۡ فِي غَفۡلَةٖ مُّعۡرِضُونَ

मानिसहरूको (कर्मको) लेखाजोखाको समय नजिक आइपुगको छ तैपनि उनीहरू असावधान भई पन्छिइराखेका छन् ।
Surah Al-Anbiya, Verse 1


مَا يَأۡتِيهِم مِّن ذِكۡرٖ مِّن رَّبِّهِم مُّحۡدَثٍ إِلَّا ٱسۡتَمَعُوهُ وَهُمۡ يَلۡعَبُونَ

उनीहरूको पासमा उनीहरूको पालनकर्ताको तर्फबाट जुन नयाँ–नयाँ उपदेश आउँछ त्यसलाई तिनीहरूले ख्याल ठट्टाका साथ नै सुन्दछन् ।
Surah Al-Anbiya, Verse 2


لَاهِيَةٗ قُلُوبُهُمۡۗ وَأَسَرُّواْ ٱلنَّجۡوَى ٱلَّذِينَ ظَلَمُواْ هَلۡ هَٰذَآ إِلَّا بَشَرٞ مِّثۡلُكُمۡۖ أَفَتَأۡتُونَ ٱلسِّحۡرَ وَأَنتُمۡ تُبۡصِرُونَ

तिनीहरूका हृदय अत्यन्त लापरवाहीमा छन् र यी अत्याचारीहरूले गोप्यरूपले कानेखुसी गरे कि ऊ मात्र तिमी जस्तै मानिस हो, अनि के कारण छ कि तिमी आँखा देख्ने भएर पनि जादूको चक्करमा आउँछौ ।
Surah Al-Anbiya, Verse 3


قَالَ رَبِّي يَعۡلَمُ ٱلۡقَوۡلَ فِي ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

पैगम्बरले भने कि जुन कुरा आकाश र जमिनमा छन् मेरो पालनकर्ताले त्यसलाई जान्दछ र त्यो सुन्नेवाला र जान्नेवाला छ ।
Surah Al-Anbiya, Verse 4


بَلۡ قَالُوٓاْ أَضۡغَٰثُ أَحۡلَٰمِۭ بَلِ ٱفۡتَرَىٰهُ بَلۡ هُوَ شَاعِرٞ فَلۡيَأۡتِنَا بِـَٔايَةٖ كَمَآ أُرۡسِلَ ٱلۡأَوَّلُونَ

यति मात्र होइन, बरु तिनीहरूले त भन्छन्, कि यो ‘‘कुरआन’’ त संभ्रामित सपनाहरूको पोको हो, बरु उसले यसलाई आफै रचिहालेको छ, बरु यो एउटा कवि हो, अन्यथा उनले त हाम्रो सामु कुनै यस्तो निशानी लिएर आउने थिए, जस्तो कि पहिलाका रसूलहरूका लागि पठाइएका थिए ।’’
Surah Al-Anbiya, Verse 5


مَآ ءَامَنَتۡ قَبۡلَهُم مِّن قَرۡيَةٍ أَهۡلَكۡنَٰهَآۖ أَفَهُمۡ يُؤۡمِنُونَ

तिनीहरूभन्दा अघि जति बस्तीलाइै हामीले नष्ट पार्यौं ती सबै ईमान ल्याएका थिएनन् त के यिनीहरूले अब ईमान ल्याउनेछन्
Surah Al-Anbiya, Verse 6


وَمَآ أَرۡسَلۡنَا قَبۡلَكَ إِلَّا رِجَالٗا نُّوحِيٓ إِلَيۡهِمۡۖ فَسۡـَٔلُوٓاْ أَهۡلَ ٱلذِّكۡرِ إِن كُنتُمۡ لَا تَعۡلَمُونَ

तिमीभन्दा पहिला पनि जति पैगम्बर हामीले पठायौं सबै पुरुष थिए जसलाई हामीले ‘‘वह्य’’ पठाउने गर्दथ्यौं । तसर्थ तिमीलाई स्वयं ज्ञान छैन भने किताबवालासित सोधिहाल
Surah Al-Anbiya, Verse 7


وَمَا جَعَلۡنَٰهُمۡ جَسَدٗا لَّا يَأۡكُلُونَ ٱلطَّعَامَ وَمَا كَانُواْ خَٰلِدِينَ

र हामीले तिनीहरूका यस्ता शरीर बनाएनौं कि खाना नखाउन्, र नत तिनीहरू सधैं रहनेवाला थिए ।
Surah Al-Anbiya, Verse 8


ثُمَّ صَدَقۡنَٰهُمُ ٱلۡوَعۡدَ فَأَنجَيۡنَٰهُمۡ وَمَن نَّشَآءُ وَأَهۡلَكۡنَا ٱلۡمُسۡرِفِينَ

अनि हामीले उनीहरूसित गरेका सबै वाचाहरू वास्तविकतामा परिणत गर्यौं र हामीले उनलाई र जसलाई हामीले चाहें त्यसलाई छुटकारा दियौं । र उल्लंघनकारीहरूलाई हामीले नष्ट गरिदियौं ।
Surah Al-Anbiya, Verse 9


لَقَدۡ أَنزَلۡنَآ إِلَيۡكُمۡ كِتَٰبٗا فِيهِ ذِكۡرُكُمۡۚ أَفَلَا تَعۡقِلُونَ

निःसन्देह हामीले तिमीतिर यस्तो किताब अवतरित गरेका छौं जसमा तिम्रो लागि सदुपदेश छ, के तिमीले तैपनि बुझ्दैनौ
Surah Al-Anbiya, Verse 10


وَكَمۡ قَصَمۡنَا مِن قَرۡيَةٖ كَانَتۡ ظَالِمَةٗ وَأَنشَأۡنَا بَعۡدَهَا قَوۡمًا ءَاخَرِينَ

र धेरै बस्तीहरू हामीले नष्ट गरिदियौं जो अत्याचारी थिए र उनीहरूपछि हामीले अर्को समुदायको सृष्टि गरिदियौं ।
Surah Al-Anbiya, Verse 11


فَلَمَّآ أَحَسُّواْ بَأۡسَنَآ إِذَا هُم مِّنۡهَا يَرۡكُضُونَ

जब उनीहरूलाई हाम्रो यातनाको आभास भयो त त्यसबाट भाग्न थाले ।
Surah Al-Anbiya, Verse 12


لَا تَرۡكُضُواْ وَٱرۡجِعُوٓاْ إِلَىٰ مَآ أُتۡرِفۡتُمۡ فِيهِ وَمَسَٰكِنِكُمۡ لَعَلَّكُمۡ تُسۡـَٔلُونَ

भाग–दौड नगर फर्किहाल, त्यही भोग विलासतिर जुन तिमीलाई उपलब्ध थियो र आफ्नो घरतिर गइहाल जसबाट तिमीहरूसंग सोधपूछ त गरियोस् ।
Surah Al-Anbiya, Verse 13


قَالُواْ يَٰوَيۡلَنَآ إِنَّا كُنَّا ظَٰلِمِينَ

भन्नथालेः ‘‘हाय अफशोच हाम्रो दुर्भाग्य ! निःसन्देह हामी अत्याचारी थियौं ।
Surah Al-Anbiya, Verse 14


فَمَا زَالَت تِّلۡكَ دَعۡوَىٰهُمۡ حَتَّىٰ جَعَلۡنَٰهُمۡ حَصِيدًا خَٰمِدِينَ

अनि तिनीहरू सधैं यस्तै पुकार्दैगरे, यहाँसम्म कि हामीले तिनीहरूलाई जरैदेखि काटिएको खेती र निभेको आगो (जस्तै) गरिदियौं ।
Surah Al-Anbiya, Verse 15


وَمَا خَلَقۡنَا ٱلسَّمَآءَ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا لَٰعِبِينَ

हामीले आकाश र जमिन र जे जति यिनीहरूको मध्यमा छन्, त्यसलाई खेल तमाशाको निम्ति सृष्टि गरेका होइन ।
Surah Al-Anbiya, Verse 16


لَوۡ أَرَدۡنَآ أَن نَّتَّخِذَ لَهۡوٗا لَّٱتَّخَذۡنَٰهُ مِن لَّدُنَّآ إِن كُنَّا فَٰعِلِينَ

यदि हामीले कुनै खेल तमाशा गर्न चाहेको भए आफ्नै तर्फबाट गरिहाल्थ्यौं, यदि हामी यस्तो गर्नेवाला नै भएको भए ।
Surah Al-Anbiya, Verse 17


بَلۡ نَقۡذِفُ بِٱلۡحَقِّ عَلَى ٱلۡبَٰطِلِ فَيَدۡمَغُهُۥ فَإِذَا هُوَ زَاهِقٞۚ وَلَكُمُ ٱلۡوَيۡلُ مِمَّا تَصِفُونَ

बरु हामीले सत्यबाट असत्यमाथि प्रहार गर्दछौं अनि सत्यले असत्यको टाउको कुल्चिदिन्छ र असत्य त्यसैबेला नष्ट भइहाल्छ र जुन कुरा तिमीले मनगढन्त रूपमा बनाउँछौ, त्यसबाट तिम्रै बर्बादी हुन्छ ।
Surah Al-Anbiya, Verse 18


وَلَهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَمَنۡ عِندَهُۥ لَا يَسۡتَكۡبِرُونَ عَنۡ عِبَادَتِهِۦ وَلَا يَسۡتَحۡسِرُونَ

आकाशहरू र जमिनमा जे छन्, सबै उसैको (अल्लाहको) हो । र जो उसको समीपमा छन् तिनीहरू उसको सेवा–भक्तिबाट न अट्टेरिपना गर्छन् र नत थाकछन् ।
Surah Al-Anbiya, Verse 19


يُسَبِّحُونَ ٱلَّيۡلَ وَٱلنَّهَارَ لَا يَفۡتُرُونَ

तिनीहरू दिनरात उसैको गुणगान गर्छन् र अलिकति पनि ढिलासुस्ती गर्दैनन् ।
Surah Al-Anbiya, Verse 20


أَمِ ٱتَّخَذُوٓاْ ءَالِهَةٗ مِّنَ ٱلۡأَرۡضِ هُمۡ يُنشِرُونَ

के तिनीहरूले धरती (का प्राणीहरूमध्ये) बाट जसलाई पूज्य बनाइराखेका छन्, तिनीहरूले (कसैलाई) जीवित गर्छन्
Surah Al-Anbiya, Verse 21


لَوۡ كَانَ فِيهِمَآ ءَالِهَةٌ إِلَّا ٱللَّهُ لَفَسَدَتَاۚ فَسُبۡحَٰنَ ٱللَّهِ رَبِّ ٱلۡعَرۡشِ عَمَّا يَصِفُونَ

यदि आकाश र धरतीमा अल्लाह बाहेक अरु कोही पूज्य भएको भए यी दुवैको व्यवस्था अस्तब्यस्त हुने थियो, अतः महान् र उच्च छ अल्लाह, सत्तासनको स्वामी, ती कुराहरूबाट पवित्र छ जुन यी मुश्रिकहरूले वर्णन गर्दछन्
Surah Al-Anbiya, Verse 22


لَا يُسۡـَٔلُ عَمَّا يَفۡعَلُ وَهُمۡ يُسۡـَٔلُونَ

ऊ आफ्ना कामहरूको निम्ति (कसैको अगाडि) जवाफदेही छैन र सबै (उसको अगाडि) जवाफदेही छन् ।
Surah Al-Anbiya, Verse 23


أَمِ ٱتَّخَذُواْ مِن دُونِهِۦٓ ءَالِهَةٗۖ قُلۡ هَاتُواْ بُرۡهَٰنَكُمۡۖ هَٰذَا ذِكۡرُ مَن مَّعِيَ وَذِكۡرُ مَن قَبۡلِيۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ ٱلۡحَقَّۖ فَهُم مُّعۡرِضُونَ

के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो पूज्य बनाइराखेका छन् । उनीहरूसित भन कि आफ्नो प्रमाण प्रस्तुत गर, यो मेरो साथवालाको किताब हो र मभन्दा अगाडिकाहरूको प्रमाण । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश मानिसहरू सत्य कुरा जान्दैनन् र यसैले (उसबाट) विमुख भइहाल्छन् ।
Surah Al-Anbiya, Verse 24


وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ مِن رَّسُولٍ إِلَّا نُوحِيٓ إِلَيۡهِ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّآ أَنَا۠ فَٱعۡبُدُونِ

र जुन पैगम्बरलाई पनि हामीले तिमीभन्दा अगाडि पठायौं, तिनीहरूतिर यही (वह्य) सन्देश पठायौं कि म बाहेक कोही सत्य पूज्य छैन, तसर्थ तिमी सबै मेरो उपासना गर ।
Surah Al-Anbiya, Verse 25


وَقَالُواْ ٱتَّخَذَ ٱلرَّحۡمَٰنُ وَلَدٗاۗ سُبۡحَٰنَهُۥۚ بَلۡ عِبَادٞ مُّكۡرَمُونَ

(मुश्रिकहरू) भन्छन् कि अल्लाहको सन्तान छ ऊ पवित्रछ । बरु तिनीहरू उसको प्रतिष्ठित भक्तहरू हुन् ।
Surah Al-Anbiya, Verse 26


لَا يَسۡبِقُونَهُۥ بِٱلۡقَوۡلِ وَهُم بِأَمۡرِهِۦ يَعۡمَلُونَ

उसभन्दा अगाडि बढेर कुनै कुरा गर्दैनन् र उसको आदेशको पालना गर्दछन् ।
Surah Al-Anbiya, Verse 27


يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡ وَلَا يَشۡفَعُونَ إِلَّا لِمَنِ ٱرۡتَضَىٰ وَهُم مِّنۡ خَشۡيَتِهِۦ مُشۡفِقُونَ

उनीहरूको अगाडि–पछाडि जे कुराहरू भइसकेका छन् र जे पछि हुनेछन्, उसलाई सबै थाहा छ । र उनीहरूले उसको समीपमा कसैको सिफारिश गर्न सक्दैनन्, तर उस व्यक्ति बाहेक, जोसित अल्लाह प्रसन्न छ र उनीहरू स्वयम् उसको भयले भयभीत छन् ।
Surah Al-Anbiya, Verse 28


۞وَمَن يَقُلۡ مِنۡهُمۡ إِنِّيٓ إِلَٰهٞ مِّن دُونِهِۦ فَذَٰلِكَ نَجۡزِيهِ جَهَنَّمَۚ كَذَٰلِكَ نَجۡزِي ٱلظَّـٰلِمِينَ

उनीहरूमध्ये यदि कुनै व्यक्तिले यो भन्दछ कि अल्लाह बाहेक म पूजाको योग्य छु भने त्यसलाई हामीले नर्कको दण्ड दिनेछौं र अत्याचारीहरूलाई हामीले यस्तै किसिमका सजाय दिने गर्दछौं ।
Surah Al-Anbiya, Verse 29


أَوَلَمۡ يَرَ ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ كَانَتَا رَتۡقٗا فَفَتَقۡنَٰهُمَاۖ وَجَعَلۡنَا مِنَ ٱلۡمَآءِ كُلَّ شَيۡءٍ حَيٍّۚ أَفَلَا يُؤۡمِنُونَ

के ती मानिसहरूले जसले इन्कार गरे, यो देखेनन् कि यी आकाश र धरती एक आपसमा जोडिएका थिए । अनि हामीले तिनलाई अलग–अलग गर्यौं । र सम्पूर्ण जानदारहरूलाई हामीले पानीबाट सृष्टि गर्यौं । तैपनि यी मानिसहरूले ईमान किन ल्याउँदैनन्
Surah Al-Anbiya, Verse 30


وَجَعَلۡنَا فِي ٱلۡأَرۡضِ رَوَٰسِيَ أَن تَمِيدَ بِهِمۡ وَجَعَلۡنَا فِيهَا فِجَاجٗا سُبُلٗا لَّعَلَّهُمۡ يَهۡتَدُونَ

र हामीले धरतीमा पहाडहरू उभ्याइदिऔं ताकि त्यसले प्राणीहरूलाई हल्लाउन नसकोस् र हामीले त्यसमा फराकिला बाटोहरू बनायौं ताकि तिनीहरूले मार्ग प्राप्त गर्न सकुन् ।
Surah Al-Anbiya, Verse 31


وَجَعَلۡنَا ٱلسَّمَآءَ سَقۡفٗا مَّحۡفُوظٗاۖ وَهُمۡ عَنۡ ءَايَٰتِهَا مُعۡرِضُونَ

र हामीले आकाशलाई एउटा सुरक्षित छत बनायौं, तैपनि तिनीहरूले हाम्रा निशानीहरूबाट विमुख भइराखेका छन् ।
Surah Al-Anbiya, Verse 32


وَهُوَ ٱلَّذِي خَلَقَ ٱلَّيۡلَ وَٱلنَّهَارَ وَٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ فِي فَلَكٖ يَسۡبَحُونَ

उही अल्लाह नै हो जसले दिन र राती बनायो र सूर्य र चन्द्र पनि, प्रत्येक आ–आफ्ना कक्षमा परिक्रमा गरिराखेका छन् ।
Surah Al-Anbiya, Verse 33


وَمَا جَعَلۡنَا لِبَشَرٖ مِّن قَبۡلِكَ ٱلۡخُلۡدَۖ أَفَإِيْن مِّتَّ فَهُمُ ٱلۡخَٰلِدُونَ

हामीले तपाईभन्दा पहिला पनि कसैलाई अमरता प्रदान गरेका छैनौं । अनि के तपाईको मृत्यु भयोे भने तिनीहरू सधैं बाँची रहनेछन्
Surah Al-Anbiya, Verse 34


كُلُّ نَفۡسٖ ذَآئِقَةُ ٱلۡمَوۡتِۗ وَنَبۡلُوكُم بِٱلشَّرِّ وَٱلۡخَيۡرِ فِتۡنَةٗۖ وَإِلَيۡنَا تُرۡجَعُونَ

प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्नेछ र हामीले राम्रो नराम्रो परिस्थितिहरूमा पारेर तिमी सबैको परीक्षा लिन्छौ । अन्ततः तिमी सबैले हामीतिरै फर्केर आउनु छ ।
Surah Al-Anbiya, Verse 35


وَإِذَا رَءَاكَ ٱلَّذِينَ كَفَرُوٓاْ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَٰذَا ٱلَّذِي يَذۡكُرُ ءَالِهَتَكُمۡ وَهُم بِذِكۡرِ ٱلرَّحۡمَٰنِ هُمۡ كَٰفِرُونَ

यी अवज्ञाकारीहरूले जब तपाईलाई देख्दछन् तब तिम्रो उपहास नै गर्दछन् कि ‘‘के यही नै त्यो व्यक्ति हो जसले तिम्रा पूज्यहरूको नराम्रो शब्दमा चर्चा गर्दछ ।’’ र तिनीहरू स्वयम् रहमान (संसारको स्वामी) को स्मरण गर्नुबाट इन्कार गर्दछन् ।
Surah Al-Anbiya, Verse 36


خُلِقَ ٱلۡإِنسَٰنُ مِنۡ عَجَلٖۚ سَأُوْرِيكُمۡ ءَايَٰتِي فَلَا تَسۡتَعۡجِلُونِ

मनुष्य हतारिने प्राणी हो । मैले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछु । अतः तिमी मसित हतार नगर ।
Surah Al-Anbiya, Verse 37


وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ

(तिनीहरूले भन्छन्) कि यदि तिमी साँचो हौ भने बताऊ यो वाचा कहिले पूरा हुनेछ
Surah Al-Anbiya, Verse 38


لَوۡ يَعۡلَمُ ٱلَّذِينَ كَفَرُواْ حِينَ لَا يَكُفُّونَ عَن وُجُوهِهِمُ ٱلنَّارَ وَلَا عَن ظُهُورِهِمۡ وَلَا هُمۡ يُنصَرُونَ

काश ! यी काफिरहरूले बुझ्ने भए कि त्यस वखत नत यिनीहरूले आगोलाई आफ्नो अगाडिबाट हटाउन सक्नेछन् र नत आफ्नो पछाडिबाट र नत यिनको सहायता नै गरिनेछ ।
Surah Al-Anbiya, Verse 39


بَلۡ تَأۡتِيهِم بَغۡتَةٗ فَتَبۡهَتُهُمۡ فَلَا يَسۡتَطِيعُونَ رَدَّهَا وَلَا هُمۡ يُنظَرُونَ

(हो) ! वाचाको समय उनको पासमा एक्कासी आउनेछ र तिनीहरूलाई अचम्म पारिदिनेछ, अनि नत यी मानिसहरूले त्यसलाई टार्नसक्छन् र न अलिकति पनि उनीहरूलाई मोहलत (समय) दिइनेछ ।
Surah Al-Anbiya, Verse 40


وَلَقَدِ ٱسۡتُهۡزِئَ بِرُسُلٖ مِّن قَبۡلِكَ فَحَاقَ بِٱلَّذِينَ سَخِرُواْ مِنۡهُم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

र तपाईभन्दा अघिका रसूलहरूसँग पनि हाँसो ठट्टा गरियो, अनि हाँसो गर्नेवालाहरूलाई नै त्यो कुराले घेरिहाल्यो जसको कि तिनीहरू हाँसो ठट्टा गर्दथे ।
Surah Al-Anbiya, Verse 41


قُلۡ مَن يَكۡلَؤُكُم بِٱلَّيۡلِ وَٱلنَّهَارِ مِنَ ٱلرَّحۡمَٰنِۚ بَلۡ هُمۡ عَن ذِكۡرِ رَبِّهِم مُّعۡرِضُونَ

यिनीहरूसित सोध्नुस् कि रात र दिनमा अल्लाहबाट कसले तिम्रो रक्षा गर्न सक्दछ ? कुरो यो छ कि यिनीहरू आफ्नो पालनकर्ताको स्मरणबाट विमुख भएका छन् ।
Surah Al-Anbiya, Verse 42


أَمۡ لَهُمۡ ءَالِهَةٞ تَمۡنَعُهُم مِّن دُونِنَاۚ لَا يَسۡتَطِيعُونَ نَصۡرَ أَنفُسِهِمۡ وَلَا هُم مِّنَّا يُصۡحَبُونَ

के हामी बाहेक यिनीहरूका अन्य पूज्य छन् जसले यिनीहरूलाई विपत्तिबाट बचाउन सक्छन् तिनीहरू त स्वयम् आफ्नो सहायता गर्न सक्दैनन् र नत हाम्रो तर्फबाट कसैले तिनीहरूको साथ दिनेछ ।
Surah Al-Anbiya, Verse 43


بَلۡ مَتَّعۡنَا هَـٰٓؤُلَآءِ وَءَابَآءَهُمۡ حَتَّىٰ طَالَ عَلَيۡهِمُ ٱلۡعُمُرُۗ أَفَلَا يَرَوۡنَ أَنَّا نَأۡتِي ٱلۡأَرۡضَ نَنقُصُهَا مِنۡ أَطۡرَافِهَآۚ أَفَهُمُ ٱلۡغَٰلِبُونَ

बरु (कुरो यो छ कि) हामीले उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई जीवनका सुख सुविधाका सामाग्री प्रदान गर्यौं, यहाँसम्म कि उनीहरूको लामो उमेर बितिहाल्यो । त के तिनीहरूले देख्दैनन् कि हामीले धरतीलाई त्यसका किनाराहरूबाट घटाउँदै आइराखेका छौं, अनि के तिनीहरू अभिमानी रहनेछन्
Surah Al-Anbiya, Verse 44


قُلۡ إِنَّمَآ أُنذِرُكُم بِٱلۡوَحۡيِۚ وَلَا يَسۡمَعُ ٱلصُّمُّ ٱلدُّعَآءَ إِذَا مَا يُنذَرُونَ

भनिदिनुस् ! कि म त अल्लाहको सन्देशबाट तिमीहरूलाई नसीहत (सर्तक) गर्दछु तर बहिराहरूले कुरा सुन्दैनन् जब तिनीहरूलाई उपदेश गरिन्छ ।
Surah Al-Anbiya, Verse 45


وَلَئِن مَّسَّتۡهُمۡ نَفۡحَةٞ مِّنۡ عَذَابِ رَبِّكَ لَيَقُولُنَّ يَٰوَيۡلَنَآ إِنَّا كُنَّا ظَٰلِمِينَ

यदि उनीहरूलाई तिम्रो पालनकर्ताको सजायको सानो झोको पनि लाग्छ त तिनीहरूले भन्नेछन् कि हाय अफशोच कस्तो दुर्भाग्य ! हामी निःसन्देह पापी थियौं ।
Surah Al-Anbiya, Verse 46


وَنَضَعُ ٱلۡمَوَٰزِينَ ٱلۡقِسۡطَ لِيَوۡمِ ٱلۡقِيَٰمَةِ فَلَا تُظۡلَمُ نَفۡسٞ شَيۡـٔٗاۖ وَإِن كَانَ مِثۡقَالَ حَبَّةٖ مِّنۡ خَرۡدَلٍ أَتَيۡنَا بِهَاۗ وَكَفَىٰ بِنَا حَٰسِبِينَ

र हामीले कियामतको दिन निसाफको तराजू बीचमा राख्नेछौं अनि कुनै पनि व्यक्तिप्रति अन्याय हुनेछैन । र एउटा रायोको दाना बराबर पनि कर्म छ भने हामीले त्यसलाई उपस्थित गराउनेछौं, र हामी हिसाब गर्नको निमित्त पर्याप्त छौं ।
Surah Al-Anbiya, Verse 47


وَلَقَدۡ ءَاتَيۡنَا مُوسَىٰ وَهَٰرُونَ ٱلۡفُرۡقَانَ وَضِيَآءٗ وَذِكۡرٗا لِّلۡمُتَّقِينَ

यो सत्य हो कि हामीले मूसा र ‘‘हारूनलाई’’ इन्साफ गर्ने प्रकाश र संयमीहरूको लागि उपदेश र नसीहतको लागि किताब प्रदान गर्यौं ।
Surah Al-Anbiya, Verse 48


ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُم بِٱلۡغَيۡبِ وَهُم مِّنَ ٱلسَّاعَةِ مُشۡفِقُونَ

तिनीहरू जो नदेखे पनि आफ्नो पालनकर्तासित तर्सन्छन् र कियामतको कल्पनाबाटै भयले काम्पने गर्दछन् ।
Surah Al-Anbiya, Verse 49


وَهَٰذَا ذِكۡرٞ مُّبَارَكٌ أَنزَلۡنَٰهُۚ أَفَأَنتُمۡ لَهُۥ مُنكِرُونَ

र यो उपदेश र वरदानयुक्त कुरआन हामीले अवतरित गरेका छौं । के तिमीले तैपनि यसलाई अस्वीकार गर्दछौ
Surah Al-Anbiya, Verse 50


۞وَلَقَدۡ ءَاتَيۡنَآ إِبۡرَٰهِيمَ رُشۡدَهُۥ مِن قَبۡلُ وَكُنَّا بِهِۦ عَٰلِمِينَ

निःसन्देह हामीले इब्राहीम (अलैहिस्सलाम) लाई यस अघि नै सदाचार र सोच समझ प्रदान गरेका थियौं र हामीलाई उनको अवस्थाबारे राम्ररी थाहा थियो ।
Surah Al-Anbiya, Verse 51


إِذۡ قَالَ لِأَبِيهِ وَقَوۡمِهِۦ مَا هَٰذِهِ ٱلتَّمَاثِيلُ ٱلَّتِيٓ أَنتُمۡ لَهَا عَٰكِفُونَ

जब उनले आफ्नो पिता र आफ्नो समुदायसित भनेः ‘‘यी मूर्तिहरू को हुन्, जसको तिमीहरू एकाग्रभई पूजा गर्दछौ ?’’
Surah Al-Anbiya, Verse 52


قَالُواْ وَجَدۡنَآ ءَابَآءَنَا لَهَا عَٰبِدِينَ

तिनीहरू जवाफदिन थाले कि हामीले आफ्ना बाबु–बाजेहरूलाई यिनैको पूजा गरेको देखेका छौं ।
Surah Al-Anbiya, Verse 53


قَالَ لَقَدۡ كُنتُمۡ أَنتُمۡ وَءَابَآؤُكُمۡ فِي ضَلَٰلٖ مُّبِينٖ

इब्राहीमले भने ! कि निःसन्देह तिमी र तिम्रा बाबु–बाजे पनि अज्ञानताबाट ग्रस्त रहयौ ।
Surah Al-Anbiya, Verse 54


قَالُوٓاْ أَجِئۡتَنَا بِٱلۡحَقِّ أَمۡ أَنتَ مِنَ ٱللَّـٰعِبِينَ

तिनीहरूले भने कि के साँच्चै तपाईले हाम्रो पासमा सत्य कुरा ल्याउनुभएको छ वा त्यसै हाँसो ख्याल गरी रहनुभएको छ ।
Surah Al-Anbiya, Verse 55


قَالَ بَل رَّبُّكُمۡ رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ ٱلَّذِي فَطَرَهُنَّ وَأَنَا۠ عَلَىٰ ذَٰلِكُم مِّنَ ٱلشَّـٰهِدِينَ

(इब्राहीमले) भने, (होइन) बरु वास्तवमै तिमी सबैको पालनकर्ता त्यो हो जो आकाशहरू र धरतीको मालिक हो, जसले तिनीहरूलाई सृष्टि गरेका हो र म यस कुराको साक्षी छु र यसलाई स्वीकार गर्दछु ।
Surah Al-Anbiya, Verse 56


وَتَٱللَّهِ لَأَكِيدَنَّ أَصۡنَٰمَكُم بَعۡدَ أَن تُوَلُّواْ مُدۡبِرِينَ

र अल्लाहको शपथ ! तिमीहरू विमुख भई फर्केर गएपछि म तिम्रा देवताहरूसित एउटा चाल चाल्नेछु ।
Surah Al-Anbiya, Verse 57


فَجَعَلَهُمۡ جُذَٰذًا إِلَّا كَبِيرٗا لَّهُمۡ لَعَلَّهُمۡ إِلَيۡهِ يَرۡجِعُونَ

फेरि उहाँ (इब्राहीम) ले तिनीहरूलाई (फुटालेर) टुक्रा–टुक्रा पारिदिए, तर एउटा ठूलो मूर्तिलाई छाडिदिए यो पनि यसकारण कि उनीहरू त्यसतिर प्रवृत्त होउन् ।
Surah Al-Anbiya, Verse 58


قَالُواْ مَن فَعَلَ هَٰذَا بِـَٔالِهَتِنَآ إِنَّهُۥ لَمِنَ ٱلظَّـٰلِمِينَ

उनीहरूले भन्न थाले कि हाम्रा देवताहरूसित यस्तो व्यवहार कसले गर्यो निश्चय नै त्यो कुनै अत्याचारी हुनुपर्छ ।
Surah Al-Anbiya, Verse 59


قَالُواْ سَمِعۡنَا فَتٗى يَذۡكُرُهُمۡ يُقَالُ لَهُۥٓ إِبۡرَٰهِيمُ

तिनीहरूले भनेः हामीले एउटा युवकलाई उनको बारेमा चर्चा गरेको सुनेका थियौं, जसलाई इब्राहीम भनिन्छ ।
Surah Al-Anbiya, Verse 60


قَالُواْ فَأۡتُواْ بِهِۦ عَلَىٰٓ أَعۡيُنِ ٱلنَّاسِ لَعَلَّهُمۡ يَشۡهَدُونَ

तिनीहरूले भने कि ठीक छ उसलाई सभामा मानिसहरूको अगाडि ल्याऊ कि तिनलाई सबैले हेर्नसकुन् ।
Surah Al-Anbiya, Verse 61


قَالُوٓاْ ءَأَنتَ فَعَلۡتَ هَٰذَا بِـَٔالِهَتِنَا يَـٰٓإِبۡرَٰهِيمُ

(इब्राहीम आएपछि) उनीहरूले भनेः हे इब्राहीम ! के तिमीले नै हाम्रा देवताहरूसित यस्तो कर्म गरेको हो
Surah Al-Anbiya, Verse 62


قَالَ بَلۡ فَعَلَهُۥ كَبِيرُهُمۡ هَٰذَا فَسۡـَٔلُوهُمۡ إِن كَانُواْ يَنطِقُونَ

(इब्राहीमले) जवाफ दिए बरु यो उनीहरूभन्दा ठूलोले गरेको छ, यदि यिनीहरू बोल्छन् भने आफ्ना यी पूज्यहरूसित नै सोध ।
Surah Al-Anbiya, Verse 63


فَرَجَعُوٓاْ إِلَىٰٓ أَنفُسِهِمۡ فَقَالُوٓاْ إِنَّكُمۡ أَنتُمُ ٱلظَّـٰلِمُونَ

अनि तिनीहरू आफ्ना टाउको टेकेर पल्टेर भन्न थालेः अत्याचारी त तिमी नै हौ ।
Surah Al-Anbiya, Verse 64


ثُمَّ نُكِسُواْ عَلَىٰ رُءُوسِهِمۡ لَقَدۡ عَلِمۡتَ مَا هَـٰٓؤُلَآءِ يَنطِقُونَ

अनि तिनीहरू लज्जाले व्याकुल भए र (भन्न थाले) कि यो तिमीलाई पनि थाहा छ कि यिनीहरू (यी मूर्तिहरू) बोल्दैनन् ।
Surah Al-Anbiya, Verse 65


قَالَ أَفَتَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُكُمۡ شَيۡـٔٗا وَلَا يَضُرُّكُمۡ

त्यसपछि (इब्राहीमले) भनेः कि ‘‘त्यसो भए तिमीहरूले अल्लाहलाई छाडी यस्ताकुराको पूजा किन गर्दछौ जसले (पूजा गरेमा) तिमीलाई नकुनै लाभ पुर्याउन सक्तछन् र पूजा नगरेमा नकुनै हानि ?’’
Surah Al-Anbiya, Verse 66


أُفّٖ لَّكُمۡ وَلِمَا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِۚ أَفَلَا تَعۡقِلُونَ

धिक्कार छ तिमीहरूलाई र उनीहरूलाई पनि, जसलाई तिमीहरूले अल्लाह बाहेक पूजा गर्दछौ, के तिमीहरूसँग यति पनि बुद्धि छैन
Surah Al-Anbiya, Verse 67


قَالُواْ حَرِّقُوهُ وَٱنصُرُوٓاْ ءَالِهَتَكُمۡ إِن كُنتُمۡ فَٰعِلِينَ

(तिनीहरूले) भन्न थाले कि यदि तिमीहरूले देवताहरूको प्रतिशोधको लागि केही गर्नुछ भने यस (इब्राहीम) लाई जलाइहाल र आफ्ना देवताहरूको सहायता गर ।
Surah Al-Anbiya, Verse 68


قُلۡنَا يَٰنَارُ كُونِي بَرۡدٗا وَسَلَٰمًا عَلَىٰٓ إِبۡرَٰهِيمَ

हामीले आदेश गर्यौं कि हे आगो ! तिमी (इब्राहीमको निम्ति) चिसो भइजा र आराम र सुरक्षाको साधन बनिहाल ।
Surah Al-Anbiya, Verse 69


وَأَرَادُواْ بِهِۦ كَيۡدٗا فَجَعَلۡنَٰهُمُ ٱلۡأَخۡسَرِينَ

तिनीहरूले उनको कुभलो गर्न चाहे, तर हामीले तिनीहरूलाई असफल गरिदियौं ।
Surah Al-Anbiya, Verse 70


وَنَجَّيۡنَٰهُ وَلُوطًا إِلَى ٱلۡأَرۡضِ ٱلَّتِي بَٰرَكۡنَا فِيهَا لِلۡعَٰلَمِينَ

र हामीले ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र ‘‘लूत (अलैस्सिलाम) लाई’’ बचाएर धरतीको त्यो भागतिर लग्यौं जसमा हामीले संसारका मानिसहरूको निम्ति वरदान राखेका थियौं ।
Surah Al-Anbiya, Verse 71


وَوَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَ نَافِلَةٗۖ وَكُلّٗا جَعَلۡنَا صَٰلِحِينَ

र हामीले ‘‘इब्राहीमलाई इस्हाक’’ र ‘‘यअ्कुब’’ प्रदान गर्यौं र यसको अतिरिक्त उपहारस्वरूप हरेकलाई असल मानिस बनायौं ।
Surah Al-Anbiya, Verse 72


وَجَعَلۡنَٰهُمۡ أَئِمَّةٗ يَهۡدُونَ بِأَمۡرِنَا وَأَوۡحَيۡنَآ إِلَيۡهِمۡ فِعۡلَ ٱلۡخَيۡرَٰتِ وَإِقَامَ ٱلصَّلَوٰةِ وَإِيتَآءَ ٱلزَّكَوٰةِۖ وَكَانُواْ لَنَا عَٰبِدِينَ

र हामीले उनीहरूलाई नायक बनायौं कि हाम्रो आदेशले मार्गनिर्देशन गरुन् र तिनीहरूलाई असल कर्म गर्न र नमाज पढ्न र दान दिनुको निम्ति आदेश पठायौं र तिनीहरू सबै हाम्रो उपासना गर्ने सेवक थिए ।
Surah Al-Anbiya, Verse 73


وَلُوطًا ءَاتَيۡنَٰهُ حُكۡمٗا وَعِلۡمٗا وَنَجَّيۡنَٰهُ مِنَ ٱلۡقَرۡيَةِ ٱلَّتِي كَانَت تَّعۡمَلُ ٱلۡخَبَـٰٓئِثَۚ إِنَّهُمۡ كَانُواْ قَوۡمَ سَوۡءٖ فَٰسِقِينَ

हामीले ‘‘लूत (अलैहिस्सलाम) लाई’’ पनि आदेश र ज्ञान प्रदान गर्यौं र उनलाई त्यस बस्तीबाट छुटकारा दिलायौं जहाँका मानिसहरू नराम्रो कर्म गर्दथिए । वास्तवमा तिनीहरू साह्रै नै नराम्रो र उल्लघंनकारी थिए ।
Surah Al-Anbiya, Verse 74


وَأَدۡخَلۡنَٰهُ فِي رَحۡمَتِنَآۖ إِنَّهُۥ مِنَ ٱلصَّـٰلِحِينَ

र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए ।
Surah Al-Anbiya, Verse 75


وَنُوحًا إِذۡ نَادَىٰ مِن قَبۡلُ فَٱسۡتَجَبۡنَا لَهُۥ فَنَجَّيۡنَٰهُ وَأَهۡلَهُۥ مِنَ ٱلۡكَرۡبِ ٱلۡعَظِيمِ

र ‘‘नूहको’’ त्यस समयको पनि स्मरण गर्नुस्, जबकि उनले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए, तब हामीले उनको प्रार्थना स्वीकार गर्यौं र हामीले उनलाई र उनका घरवालाहरूलाई ठूलो क्लेशबाट छुटकारा दिलायौं ।
Surah Al-Anbiya, Verse 76


وَنَصَرۡنَٰهُ مِنَ ٱلۡقَوۡمِ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَآۚ إِنَّهُمۡ كَانُواْ قَوۡمَ سَوۡءٖ فَأَغۡرَقۡنَٰهُمۡ أَجۡمَعِينَ

र जुन मानिसहरूले हाम्रा आयतहरूलाई झुठ्ठा भनिराखेका थिए तिनीहरूको दाँजोमा हामीले उनको मद्दत गर्यौं, वास्तवमा तिनीहरू नराम्रा मानिसहरू थिए । अतः हामीले ती सबैलाई डुबाइदियौं ।
Surah Al-Anbiya, Verse 77


وَدَاوُۥدَ وَسُلَيۡمَٰنَ إِذۡ يَحۡكُمَانِ فِي ٱلۡحَرۡثِ إِذۡ نَفَشَتۡ فِيهِ غَنَمُ ٱلۡقَوۡمِ وَكُنَّا لِحُكۡمِهِمۡ شَٰهِدِينَ

र ‘‘दाऊद’’(अलैहिस्सलाम) र ‘‘सुलैमान’’ (अलैहिस्सलाम)लाई सम्झनुस् जबकि उनीहरू खेत सम्बन्धी कुरामा निर्णय गरिराखेका थिए त्यतिखेर केही मानिसहरूका बाख्राहरू त्यसमा चरेका थिए, र तिनीहरूको निर्णयमा हामी उपस्थित थियौं ।
Surah Al-Anbiya, Verse 78


فَفَهَّمۡنَٰهَا سُلَيۡمَٰنَۚ وَكُلًّا ءَاتَيۡنَا حُكۡمٗا وَعِلۡمٗاۚ وَسَخَّرۡنَا مَعَ دَاوُۥدَ ٱلۡجِبَالَ يُسَبِّحۡنَ وَٱلطَّيۡرَۚ وَكُنَّا فَٰعِلِينَ

अनि हामीले त्यस विवादको सही निर्णय सुलैमानलाई सम्झाइदियौं । र हामीले दुवैलाई निर्णयशक्ति र ज्ञान प्रदान गरेका थियौं र हामीले पहाडहरूलाई र चराहरूलाई पनि दाऊदको अधीनमा गरिदिएका थियौं जसले कि उनीसँगै अल्लाहको स्तुति गर्दथे र यस्तो गर्नेवाला हामी नै थियौं ।
Surah Al-Anbiya, Verse 79


وَعَلَّمۡنَٰهُ صَنۡعَةَ لَبُوسٖ لَّكُمۡ لِتُحۡصِنَكُم مِّنۢ بَأۡسِكُمۡۖ فَهَلۡ أَنتُمۡ شَٰكِرُونَ

र हामीले उनलाई तिमीहरूको लागी परिधान (अर्थात कवचको शिल्पकला) पनि सिकाएका थियौं ताकि युद्धको क्षतिबाट तिम्रो रक्षा होस्, त के तिमी अनुग्रहित बन्ने छौ
Surah Al-Anbiya, Verse 80


وَلِسُلَيۡمَٰنَ ٱلرِّيحَ عَاصِفَةٗ تَجۡرِي بِأَمۡرِهِۦٓ إِلَى ٱلۡأَرۡضِ ٱلَّتِي بَٰرَكۡنَا فِيهَاۚ وَكُنَّا بِكُلِّ شَيۡءٍ عَٰلِمِينَ

सुलैमानको अधीनमा हामीले तीव्र वायुलाई वशीभूत गरिदिएका थियौं, जुन उनको आदेश अनुसार यस भू–भागतिर चल्थ्यो जहाँ हामीले बरकत प्रदान गरेका थियौं । र हामी त हरेक कुराको ज्ञाता हौं ।
Surah Al-Anbiya, Verse 81


وَمِنَ ٱلشَّيَٰطِينِ مَن يَغُوصُونَ لَهُۥ وَيَعۡمَلُونَ عَمَلٗا دُونَ ذَٰلِكَۖ وَكُنَّا لَهُمۡ حَٰفِظِينَ

यस्तै अनेक शैतानका समूहहरूलाई पनि उनको अधीनमा गरेका थियौं, जो उनको आदेशबाट डुबुल्की र यसका अतिरिक्त अरु काम पनि गर्दथे, र तिनीहरूलाई सम्हाल्नेवाला हामी नै थियौं ।
Surah Al-Anbiya, Verse 82


۞وَأَيُّوبَ إِذۡ نَادَىٰ رَبَّهُۥٓ أَنِّي مَسَّنِيَ ٱلضُّرُّ وَأَنتَ أَرۡحَمُ ٱلرَّـٰحِمِينَ

अय्यूब (अलैहिस्सलाम) को अवस्थालाई पनि सम्झ, जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि मलाई यो रोग लागेको छ र तिमी सबैभन्दा ठूला दयावान हौ ।
Surah Al-Anbiya, Verse 83


فَٱسۡتَجَبۡنَا لَهُۥ فَكَشَفۡنَا مَا بِهِۦ مِن ضُرّٖۖ وَءَاتَيۡنَٰهُ أَهۡلَهُۥ وَمِثۡلَهُم مَّعَهُمۡ رَحۡمَةٗ مِّنۡ عِندِنَا وَذِكۡرَىٰ لِلۡعَٰبِدِينَ

अतः हामीले उनको प्रार्थना स्वीकार गर्यौं र उनलाई जुन कष्ट थियो त्यो हामीले समाप्त गरिहाल्यौं र उनलाई परिवार र सन्तान प्रदान गर्यौं, र तिनीहरू जस्तै अरु पनि आफ्नो विशेष कृपाले प्रदान गर्यौं, ताकि सच्चा सेवकहरूको लागि उपदेश होस् ।
Surah Al-Anbiya, Verse 84


وَإِسۡمَٰعِيلَ وَإِدۡرِيسَ وَذَا ٱلۡكِفۡلِۖ كُلّٞ مِّنَ ٱلصَّـٰبِرِينَ

र ‘‘इसमाईल’’ र ‘‘इदरीस’’ र ‘‘जुलकिफ्ल’’ (माथि पनि कृपादृष्टि गर्यौं) यी सबै धैर्यवान थिए ।
Surah Al-Anbiya, Verse 85


وَأَدۡخَلۡنَٰهُمۡ فِي رَحۡمَتِنَآۖ إِنَّهُم مِّنَ ٱلصَّـٰلِحِينَ

उनीहरूलाई हामीले आफ्नो दयालुतामा प्रवेश गरायौं यी सबै असल मानिसहरू थिए ।
Surah Al-Anbiya, Verse 86


وَذَا ٱلنُّونِ إِذ ذَّهَبَ مُغَٰضِبٗا فَظَنَّ أَن لَّن نَّقۡدِرَ عَلَيۡهِ فَنَادَىٰ فِي ٱلظُّلُمَٰتِ أَن لَّآ إِلَٰهَ إِلَّآ أَنتَ سُبۡحَٰنَكَ إِنِّي كُنتُ مِنَ ٱلظَّـٰلِمِينَ

र ‘‘जन्नून’’ (यूनूस) लाई सम्झ ! जब उनी क्रोधको अवस्थामा हिँडिहाले र ठानेकि हामीले उनलाई समात्न सक्ने छैनौ अन्ततः उनले अँध्यारोबाट पुकारिहाले कि हे अल्लाह ! तिमी बाहेक अरु कोही सत्य पूज्य छैन, तिमी पवित्र छौ निःसन्देह म नै अपराधी थिएँ ।
Surah Al-Anbiya, Verse 87


فَٱسۡتَجَبۡنَا لَهُۥ وَنَجَّيۡنَٰهُ مِنَ ٱلۡغَمِّۚ وَكَذَٰلِكَ نُـۨجِي ٱلۡمُؤۡمِنِينَ

अनि हामीले उनको प्रार्थना स्वीकार गरिहालें र चिन्ताबाट उनलाई मुक्त गरें र ईमानवालाहरूलाई हामीले यस्तै प्रकारले छुटकारा दिलाउँछौं ।
Surah Al-Anbiya, Verse 88


وَزَكَرِيَّآ إِذۡ نَادَىٰ رَبَّهُۥ رَبِّ لَا تَذَرۡنِي فَرۡدٗا وَأَنتَ خَيۡرُ ٱلۡوَٰرِثِينَ

र ‘‘जÞकरीया’’ (अलैहिस्सलाम) लाई सम्झ जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! मलाई एक्लो नछाड, तिमी सबैभन्दा असल वारिस छौ ।
Surah Al-Anbiya, Verse 89


فَٱسۡتَجَبۡنَا لَهُۥ وَوَهَبۡنَا لَهُۥ يَحۡيَىٰ وَأَصۡلَحۡنَا لَهُۥ زَوۡجَهُۥٓۚ إِنَّهُمۡ كَانُواْ يُسَٰرِعُونَ فِي ٱلۡخَيۡرَٰتِ وَيَدۡعُونَنَا رَغَبٗا وَرَهَبٗاۖ وَكَانُواْ لَنَا خَٰشِعِينَ

हामीले उनको पुकार प्रार्थना स्वीकार गरेर उनलाई ‘‘यह्या’’ प्रदान गर्यौं र उनकी श्रीमतीलाई सन्तानको योग्य बनाइहाल्यौं । यी भलो मानिसहरू असल कामतिर हतार गर्दथे र हामीलाई आशा र डरले पुकार्दथे र हाम्रो अगाडि याचना गर्दथे ।
Surah Al-Anbiya, Verse 90


وَٱلَّتِيٓ أَحۡصَنَتۡ فَرۡجَهَا فَنَفَخۡنَا فِيهَا مِن رُّوحِنَا وَجَعَلۡنَٰهَا وَٱبۡنَهَآ ءَايَةٗ لِّلۡعَٰلَمِينَ

र ती पवित्र आचारणवाली स्त्री (मरियम) जसले आफ्नो पवित्रताको रक्षा गरिन् (तब) हामीले उसभित्र आफ्नो रूह फूकिदियौं र उनलाई तथा उनको पुत्रलाई संसारका मानिसहरूको लागि निशानी बनाइदियौं ।
Surah Al-Anbiya, Verse 91


إِنَّ هَٰذِهِۦٓ أُمَّتُكُمۡ أُمَّةٗ وَٰحِدَةٗ وَأَنَا۠ رَبُّكُمۡ فَٱعۡبُدُونِ

यो तिम्रो समुदाय हो जो वास्तवमा एउटै समुदाय हो, र म तिमीसबैको पालनकर्ता हूँ, तसर्थ तिमीहरू मेरो नै पूजा गर्नेगर ।
Surah Al-Anbiya, Verse 92


وَتَقَطَّعُوٓاْ أَمۡرَهُم بَيۡنَهُمۡۖ كُلٌّ إِلَيۡنَا رَٰجِعُونَ

तर यी मानिसहरू आफ्ना कुराहरूमा आपसमा समूहहरूमा विभाजित भइहाले (तर) सबै हामीतिरै फर्कनेवाला हुन् ।
Surah Al-Anbiya, Verse 93


فَمَن يَعۡمَلۡ مِنَ ٱلصَّـٰلِحَٰتِ وَهُوَ مُؤۡمِنٞ فَلَا كُفۡرَانَ لِسَعۡيِهِۦ وَإِنَّا لَهُۥ كَٰتِبُونَ

फेरि जसले असल कर्म गर्छ र ऊ ईमानवाला पनि छ भने उसको प्रयास खेर जानेछैन र हामीले उसको निम्ति (कर्मको फल) लेखिराखेका छौं ।
Surah Al-Anbiya, Verse 94


وَحَرَٰمٌ عَلَىٰ قَرۡيَةٍ أَهۡلَكۡنَٰهَآ أَنَّهُمۡ لَا يَرۡجِعُونَ

र जुन बस्तीलाई हामीले नष्ट पारिदियौं उसको लागि यो निश्चित छ कि त्यहाँका मानिसहरू फर्केर आउने छैनन् ।
Surah Al-Anbiya, Verse 95


حَتَّىٰٓ إِذَا فُتِحَتۡ يَأۡجُوجُ وَمَأۡجُوجُ وَهُم مِّن كُلِّ حَدَبٖ يَنسِلُونَ

यहाँसम्म कि ‘‘याजूज’’ र ‘‘माजूज’’ छाडिनेछन् र उनीहरू प्रत्येक उच्च पहाडबाट दुगुर्दै आउनेछन् ।
Surah Al-Anbiya, Verse 96


وَٱقۡتَرَبَ ٱلۡوَعۡدُ ٱلۡحَقُّ فَإِذَا هِيَ شَٰخِصَةٌ أَبۡصَٰرُ ٱلَّذِينَ كَفَرُواْ يَٰوَيۡلَنَا قَدۡ كُنَّا فِي غَفۡلَةٖ مِّنۡ هَٰذَا بَلۡ كُنَّا ظَٰلِمِينَ

र सच्चा वादा (वाचा) नजिक आउनेछ, त्यसबेला काफिरहरूका आँखा आश्चर्यचकित हुनेछन्, कि ‘‘अफशोच, हाम्रो दुर्भाग्य हामी यसतिर असावधान रह्यौं, बरु हामी नै अपराधी थियौं ।’’
Surah Al-Anbiya, Verse 97


إِنَّكُمۡ وَمَا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ حَصَبُ جَهَنَّمَ أَنتُمۡ لَهَا وَٰرِدُونَ

(काफिरहरू !) तिमी र अल्लाह बाहेक जस–जसको तिमी पूजा गर्दछौ सबै नर्कका इन्धन हुनेछौ । तिमी सबै त्यसमा प्रवेश गर्नेछौ ।
Surah Al-Anbiya, Verse 98


لَوۡ كَانَ هَـٰٓؤُلَآءِ ءَالِهَةٗ مَّا وَرَدُوهَاۖ وَكُلّٞ فِيهَا خَٰلِدُونَ

यदि यिनीहरू सच्चा पूज्य भएको भए नर्कमा प्रवेश गर्ने थिएनन्, सबै त्यसमा सधैं बसिराख्ने छन् ।
Surah Al-Anbiya, Verse 99


لَهُمۡ فِيهَا زَفِيرٞ وَهُمۡ فِيهَا لَا يَسۡمَعُونَ

त्यहाँ तिनीहरू चिच्याइराखेका हुनेछन् र त्यहाँ केही पनि सुन्न सक्ने छैनन् ।
Surah Al-Anbiya, Verse 100


إِنَّ ٱلَّذِينَ سَبَقَتۡ لَهُم مِّنَّا ٱلۡحُسۡنَىٰٓ أُوْلَـٰٓئِكَ عَنۡهَا مُبۡعَدُونَ

तर जसलाई हाम्रो तर्फबाट अघि नै पुरस्कारको वाचा भइसकेको छ, तिनीहरू त्यसबाट टाढा राखिनेछन् ।
Surah Al-Anbiya, Verse 101


لَا يَسۡمَعُونَ حَسِيسَهَاۖ وَهُمۡ فِي مَا ٱشۡتَهَتۡ أَنفُسُهُمۡ خَٰلِدُونَ

उनीहरूले त नर्कको आहट पनि सुन्नेछैनन् र जुन कुराको तिनीहरूलाई इच्छा हुन्छ त्यसैमा रमाइरहनेछन् ।
Surah Al-Anbiya, Verse 102


لَا يَحۡزُنُهُمُ ٱلۡفَزَعُ ٱلۡأَكۡبَرُ وَتَتَلَقَّىٰهُمُ ٱلۡمَلَـٰٓئِكَةُ هَٰذَا يَوۡمُكُمُ ٱلَّذِي كُنتُمۡ تُوعَدُونَ

उनीहरूलाई (यस दिनको) ठूलो त्रासले पनि चिन्तित गर्नेछैन र फरिश्ताहरूले तिनीहरूको स्वागत गर्नेछन् (र भन्नेछन) कि यही त्यो दिन हो जसको तिमीसित वाचा गर्ने गरिन्थ्यो ।
Surah Al-Anbiya, Verse 103


يَوۡمَ نَطۡوِي ٱلسَّمَآءَ كَطَيِّ ٱلسِّجِلِّ لِلۡكُتُبِۚ كَمَا بَدَأۡنَآ أَوَّلَ خَلۡقٖ نُّعِيدُهُۥۚ وَعۡدًا عَلَيۡنَآۚ إِنَّا كُنَّا فَٰعِلِينَ

जुन दिन हामीले आकाशलाई यसरी बेर्नेछौं, जसरी पञ्जीकामा दस्तावेजका पानाहरू बेरिन्छन् । जसरी हामीले सृष्टिको प्रारम्भ गरेका थियौं त्यस्तै हामीले त्यसको पुनरावृत्ति गर्नेछौं । यो हाम्रो जिम्मामा भएको एउटा वाचा हो, निश्चय नै हामीलाई यो (पूरा) गर्नु नै छ ।
Surah Al-Anbiya, Verse 104


وَلَقَدۡ كَتَبۡنَا فِي ٱلزَّبُورِ مِنۢ بَعۡدِ ٱلذِّكۡرِ أَنَّ ٱلۡأَرۡضَ يَرِثُهَا عِبَادِيَ ٱلصَّـٰلِحُونَ

हामीले ‘‘जबूरमा’’ (दाऊदमाथि उत्रेको किताब) उपदेश पछि यो लेखिसकेका छौं कि धरतीको उत्तराधिकारी मेरा असल भक्तहरू हुनेछन् ।’’
Surah Al-Anbiya, Verse 105


إِنَّ فِي هَٰذَا لَبَلَٰغٗا لِّقَوۡمٍ عَٰبِدِينَ

उपासना गर्ने सेवकहरूको लागि यसमा एउटा ठूलो सन्देश छ ।
Surah Al-Anbiya, Verse 106


وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا رَحۡمَةٗ لِّلۡعَٰلَمِينَ

र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) हामीले तपाईलाई सम्पूर्ण जगतको निम्ति सर्वथा दयाको प्रतीक बनाएर पठाएका छौं ।
Surah Al-Anbiya, Verse 107


قُلۡ إِنَّمَا يُوحَىٰٓ إِلَيَّ أَنَّمَآ إِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞۖ فَهَلۡ أَنتُم مُّسۡلِمُونَ

भनिदिनुस् ‘‘मेरो पासमा ‘‘वह्य’’ (अल्लाहको संदेश) आउँछ कि तिम्रो पूज्य एउटै छ त के तिमी उसको आज्ञापालन गर्नेवाला छौ
Surah Al-Anbiya, Verse 108


فَإِن تَوَلَّوۡاْ فَقُلۡ ءَاذَنتُكُمۡ عَلَىٰ سَوَآءٖۖ وَإِنۡ أَدۡرِيٓ أَقَرِيبٌ أَم بَعِيدٞ مَّا تُوعَدُونَ

फेरि यदि यिनीहरू विमुख हुन्छन् भने भनिदिनुस् कि ‘‘मैले तिमी सबैलाई सामान्य रूपले सावधान गरिसकेको छु । मलाई यो कुरा थाहा छैन कि जुन कुराको तिमीसित वाचा गरिदैछ त्यो निकट छ वा टाढा’’।
Surah Al-Anbiya, Verse 109


إِنَّهُۥ يَعۡلَمُ ٱلۡجَهۡرَ مِنَ ٱلۡقَوۡلِ وَيَعۡلَمُ مَا تَكۡتُمُونَ

तर अल्लाह प्रत्यक्ष र परोक्ष सबै कुरा जान्दछ र जुन तिमी लुकाएर गर्दछौ, त्यसलाई पनि जान्दछ ।
Surah Al-Anbiya, Verse 110


وَإِنۡ أَدۡرِي لَعَلَّهُۥ فِتۡنَةٞ لَّكُمۡ وَمَتَٰعٌ إِلَىٰ حِينٖ

मलाई यो पनि थाहा छैन कि कदाचित यो तिम्रो निम्ति एउटा परीक्षा हो र एउटा निश्चित समयसम्मको लागि फाइदा (पुर्याउनु) हो
Surah Al-Anbiya, Verse 111


قَٰلَ رَبِّ ٱحۡكُم بِٱلۡحَقِّۗ وَرَبُّنَا ٱلرَّحۡمَٰنُ ٱلۡمُسۡتَعَانُ عَلَىٰ مَا تَصِفُونَ

संदेष्टा (पैगम्बर) स्वयम्ले भने कि हे मेरो पालनकर्ता ! इन्साफको साथ निर्णय गरिदेऊ र हाम्रो पालनहार बडो दयावान छ, जसबाट मद्दतको लागि याचना गरिन्छ ती कुराहरूमा जुन तिमीले वर्णन गर्दछौ ।
Surah Al-Anbiya, Verse 112


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 20
>> Surah 22

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai