UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Hajj - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


يَـٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُواْ رَبَّكُمۡۚ إِنَّ زَلۡزَلَةَ ٱلسَّاعَةِ شَيۡءٌ عَظِيمٞ

हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर । निश्चय नै कियामतको भूकम्प साह्रै भयङ्कर कुरो हो ।
Surah Al-Hajj, Verse 1


يَوۡمَ تَرَوۡنَهَا تَذۡهَلُ كُلُّ مُرۡضِعَةٍ عَمَّآ أَرۡضَعَتۡ وَتَضَعُ كُلُّ ذَاتِ حَمۡلٍ حَمۡلَهَا وَتَرَى ٱلنَّاسَ سُكَٰرَىٰ وَمَا هُم بِسُكَٰرَىٰ وَلَٰكِنَّ عَذَابَ ٱللَّهِ شَدِيدٞ

जुन दिन त्यसलाई तिमीले देख्नेछौ, (अवस्था यो हुन्छ कि) प्रत्येक दूध ख्वाउने (आमा) आफ्ना दूध खाने बच्चाहरूलाई बिर्सिदिने छिन् र प्रत्येक गर्भवतीको गर्भपात भइजाने छ । र तिमीले मानिसहरूलाई नशा लगेको अवस्थामा देख्नेछौ, जबकि तिनीहरू नशा लागेको हुने छैनन् । तर अल्लाहको सजाय बडो कठोर कुरो हो ।
Surah Al-Hajj, Verse 2


وَمِنَ ٱلنَّاسِ مَن يُجَٰدِلُ فِي ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَيَتَّبِعُ كُلَّ شَيۡطَٰنٖ مَّرِيدٖ

केही मानिसहरूले अल्लाहको विषयमा ज्ञान नभए पनि कुरो बनाउँछन् र अवज्ञाकारी शैतानको अनुशरण गर्दछन् ।
Surah Al-Hajj, Verse 3


كُتِبَ عَلَيۡهِ أَنَّهُۥ مَن تَوَلَّاهُ فَأَنَّهُۥ يُضِلُّهُۥ وَيَهۡدِيهِ إِلَىٰ عَذَابِ ٱلسَّعِيرِ

त्यसको लागि अल्लाको फैसला लेखिसकिएको छ कि जसले ऊसँग (शैतानसँग) मित्रताको सम्बन्ध राख्नेछ त्यसलाई उसले पथभ्रष्ट गरेर नै छाड्नेछ र त्यसलाई उसले दन्किराखेको आगोको यातनातिर लैजानेछ ।
Surah Al-Hajj, Verse 4


يَـٰٓأَيُّهَا ٱلنَّاسُ إِن كُنتُمۡ فِي رَيۡبٖ مِّنَ ٱلۡبَعۡثِ فَإِنَّا خَلَقۡنَٰكُم مِّن تُرَابٖ ثُمَّ مِن نُّطۡفَةٖ ثُمَّ مِنۡ عَلَقَةٖ ثُمَّ مِن مُّضۡغَةٖ مُّخَلَّقَةٖ وَغَيۡرِ مُخَلَّقَةٖ لِّنُبَيِّنَ لَكُمۡۚ وَنُقِرُّ فِي ٱلۡأَرۡحَامِ مَا نَشَآءُ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى ثُمَّ نُخۡرِجُكُمۡ طِفۡلٗا ثُمَّ لِتَبۡلُغُوٓاْ أَشُدَّكُمۡۖ وَمِنكُم مَّن يُتَوَفَّىٰ وَمِنكُم مَّن يُرَدُّ إِلَىٰٓ أَرۡذَلِ ٱلۡعُمُرِ لِكَيۡلَا يَعۡلَمَ مِنۢ بَعۡدِ عِلۡمٖ شَيۡـٔٗاۚ وَتَرَى ٱلۡأَرۡضَ هَامِدَةٗ فَإِذَآ أَنزَلۡنَا عَلَيۡهَا ٱلۡمَآءَ ٱهۡتَزَّتۡ وَرَبَتۡ وَأَنۢبَتَتۡ مِن كُلِّ زَوۡجِۭ بَهِيجٖ

हे मानिसहरू ! यदि तिमीलाई (मृत्यु पश्चात) पुर्नजीवित हुने विषयमा कुनै सन्देह छ भने सोच, हामीले तिमीलाई माटोबाट सृष्टि गर्यौं, अनि वीर्यबाट, अनि रगतको डल्लोबाट (भ्रुणबाट) अनि मासुको डल्लोबाट जुन आकार दिइएको थियो जसको कुनै रूप थिएन ताकि हामीले तिमीलाई स्पष्ट पारिदिऊँ, र हामीले जसलाई चाहन्छौं एक निर्धारित समयसम्म आमाको पेटमा राखिरहन्छौं । अनि त्यसपछि तिमीलाई एउटा बच्चाको रूपमा दुनियाँमा ल्याउँछौं । अनि तिमीले आफ्नो युवावस्था प्राप्त गर र तिमीमध्ये कोही त पहिले नै मरिहाल्छन् र केही बुढेसको जीर्ण अवस्थातिर लगिन्छन् । जसलेगर्दा धेरै कुराको ज्ञान भएर पनि अज्ञान हुन्छन् । तिमीले देख्छौ कि जमिन सुखिसकेको बन्जर छ । फेरि जब हामीले त्यसमाथि पानीको वर्षा गराउँछौं तब त्यसमा हरियाली हुन्छ र त्यसमा सजीवता आउँछ र यो हरेक प्रकारको रुख बिरुवाबाट शोभायमान हुन्छ ।
Surah Al-Hajj, Verse 5


ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ وَأَنَّهُۥ يُحۡيِ ٱلۡمَوۡتَىٰ وَأَنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

यो यसकारण हो कि अल्लाह नै सत्य छ र उसैले मृतकहरूलाई जीवित गर्दछ र उसलाई प्रत्येक कुराको लागि सामथ्र्य छ ।
Surah Al-Hajj, Verse 6


وَأَنَّ ٱلسَّاعَةَ ءَاتِيَةٞ لَّا رَيۡبَ فِيهَا وَأَنَّ ٱللَّهَ يَبۡعَثُ مَن فِي ٱلۡقُبُورِ

र यो कि कियामत निश्चितरूपले आउनेवाला छ, यसमा कुनै सन्देह छैन र यो कि अवश्य महान अल्लाह सबै मानिसहरूलाई, जुन कि कब्रमा(चिहानमा) छन्, पुनः जीवित पारी उठाउनेछ ।
Surah Al-Hajj, Verse 7


وَمِنَ ٱلنَّاسِ مَن يُجَٰدِلُ فِي ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَلَا هُدٗى وَلَا كِتَٰبٖ مُّنِيرٖ

केही मानिसहरू जो कुनै ज्ञान, मार्गदर्शन र किताब बिना अल्लाहको बारेमा झगडा गर्दछन् ।
Surah Al-Hajj, Verse 8


ثَانِيَ عِطۡفِهِۦ لِيُضِلَّ عَن سَبِيلِ ٱللَّهِۖ لَهُۥ فِي ٱلدُّنۡيَا خِزۡيٞۖ وَنُذِيقُهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ عَذَابَ ٱلۡحَرِيقِ

केही यस्ता छन् कि घमण्डले तर्कन्छन् ताकि अल्लाहको बाटोबाट विचलित गरिदेओस्, उसको लागि संसारमा अपमान छ र कियामतको दिन पनि हामीले उसलाई नर्कमा आगोको यातनाको स्वाद चखाउनेछौं ।
Surah Al-Hajj, Verse 9


ذَٰلِكَ بِمَا قَدَّمَتۡ يَدَاكَ وَأَنَّ ٱللَّهَ لَيۡسَ بِظَلَّـٰمٖ لِّلۡعَبِيدِ

‘‘यो त्यस कर्मको कारणले हो जुन कि तिम्रा हातहरूले अगाडि पठाएका थिए र यसकारण कि अल्लाह भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्नेछैन ।
Surah Al-Hajj, Verse 10


وَمِنَ ٱلنَّاسِ مَن يَعۡبُدُ ٱللَّهَ عَلَىٰ حَرۡفٖۖ فَإِنۡ أَصَابَهُۥ خَيۡرٌ ٱطۡمَأَنَّ بِهِۦۖ وَإِنۡ أَصَابَتۡهُ فِتۡنَةٌ ٱنقَلَبَ عَلَىٰ وَجۡهِهِۦ خَسِرَ ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةَۚ ذَٰلِكَ هُوَ ٱلۡخُسۡرَانُ ٱلۡمُبِينُ

केही मानिसहरू यस्ता पनि छन् जो कि एउटा छेउमा रहेर अल्लाहको उपासना गर्दछन् । यदि उसलाई लाभ पुग्यो भने त्यसबाट सन्तुष्ट हुने गर्दछन् र यदि कुनै विपत्ति आइपर्यो भने उसैबेला विमुख भइहाल्छन् । उनीहरूले संसार पनि गुमाए र आखिरत पनि, यही हो खुल्ला घाटा ।
Surah Al-Hajj, Verse 11


يَدۡعُواْ مِن دُونِ ٱللَّهِ مَا لَا يَضُرُّهُۥ وَمَا لَا يَنفَعُهُۥۚ ذَٰلِكَ هُوَ ٱلضَّلَٰلُ ٱلۡبَعِيدُ

(उनीहरूले) अल्लाहलाई छाडी त्यसलाई पुकार्दछन् जसले उनलाई न हानि पुर्याउन सक्छ र न त्यसलाई लाभ पुर्याउन सक्छ, यो नै ठूलो मार्गविचलन हो ।
Surah Al-Hajj, Verse 12


يَدۡعُواْ لَمَن ضَرُّهُۥٓ أَقۡرَبُ مِن نَّفۡعِهِۦۚ لَبِئۡسَ ٱلۡمَوۡلَىٰ وَلَبِئۡسَ ٱلۡعَشِيرُ

त्यसलाई पुकार्दछन् जसबाट पुग्ने हानि त्यसबाट अपेक्षित लाभको अपेक्षा अधिक निकट छ । यी साह्रै नै नराम्रो संरक्षक हुन् र साह्रै नराम्रो साथी ।
Surah Al-Hajj, Verse 13


إِنَّ ٱللَّهَ يُدۡخِلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۚ إِنَّ ٱللَّهَ يَفۡعَلُ مَا يُرِيدُ

आस्थावान र असल कर्म गर्ने मानिसहरूलाई अल्लाह यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछ, जसमुनि नहरहरू बगिराखेका हुनेछन् निःसन्देह अल्लाहले जे चाहन्छ त्यो गर्दछ ।
Surah Al-Hajj, Verse 14


مَن كَانَ يَظُنُّ أَن لَّن يَنصُرَهُ ٱللَّهُ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ فَلۡيَمۡدُدۡ بِسَبَبٍ إِلَى ٱلسَّمَآءِ ثُمَّ لۡيَقۡطَعۡ فَلۡيَنظُرۡ هَلۡ يُذۡهِبَنَّ كَيۡدُهُۥ مَا يَغِيظُ

जसले यो ठान्दछ कि अल्लाहले आफ्नो रसूलको मद्दत यस संसार र आखिरत दुवै ठाउँमा गर्नेछैन, त उसले अग्लो ठाउँमा आफ्नो घाँटीमा डोरी बाँधेर (आफ्नो) घाँटी काटोस्, अनि हेरोस् कि उसको चालले त्यो कुरा अलग भइहाल्छ जुन उसलाई छट्पटाइराखेको छ ।
Surah Al-Hajj, Verse 15


وَكَذَٰلِكَ أَنزَلۡنَٰهُ ءَايَٰتِۭ بَيِّنَٰتٖ وَأَنَّ ٱللَّهَ يَهۡدِي مَن يُرِيدُ

यसैप्रकार हामीले यस कुरआनलाई स्पष्ट आयतहरूको रूपमा अवतरित गर्यौं र अल्लाहले जसलाई चाहन्छ मार्ग देखाउँछ ।
Surah Al-Hajj, Verse 16


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَٱلَّذِينَ هَادُواْ وَٱلصَّـٰبِـِٔينَ وَٱلنَّصَٰرَىٰ وَٱلۡمَجُوسَ وَٱلَّذِينَ أَشۡرَكُوٓاْ إِنَّ ٱللَّهَ يَفۡصِلُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ

निःसन्देह जुन ईमानवाला मोमिनहरू र यहूदी र साबी र ईसाई र मजूसी र अल्लाहको साझेदार ठह्र्याउने (मुश्रिकहरू) छन्, यी सबैमा कियामतको दिन अल्लाहले निसाफ गरिदिनेछ । अल्लाह हरेक कुरोको साक्षी छ ।
Surah Al-Hajj, Verse 17


أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يَسۡجُدُۤ لَهُۥۤ مَن فِي ٱلسَّمَٰوَٰتِ وَمَن فِي ٱلۡأَرۡضِ وَٱلشَّمۡسُ وَٱلۡقَمَرُ وَٱلنُّجُومُ وَٱلۡجِبَالُ وَٱلشَّجَرُ وَٱلدَّوَآبُّ وَكَثِيرٞ مِّنَ ٱلنَّاسِۖ وَكَثِيرٌ حَقَّ عَلَيۡهِ ٱلۡعَذَابُۗ وَمَن يُهِنِ ٱللَّهُ فَمَا لَهُۥ مِن مُّكۡرِمٍۚ إِنَّ ٱللَّهَ يَفۡعَلُ مَا يَشَآءُ۩

के तिमीले देखेनौ कि आकाशहरूमा भएका र पृथ्वीमा भएकाहरू सूर्य र चन्द्र र ताराहरू र पहाडहरू र रुखहरू र चौपायाहरू र धेरै जसो मानिसहरू अल्लाहलाई ढोग्दैछन् र धेरै यस्ता छन् जसको सम्बन्धमा यातना प्रमाणित भइसकेको छ, र जुन मानिसलाई अल्लाहले अपमानित गर्दछ, त्यसलाई कसैले प्रतिष्ठा प्रदान गर्नसक्दैन । निःसन्देह अल्लाहले जे चाहन्छ, गर्दछ ।
Surah Al-Hajj, Verse 18


۞هَٰذَانِ خَصۡمَانِ ٱخۡتَصَمُواْ فِي رَبِّهِمۡۖ فَٱلَّذِينَ كَفَرُواْ قُطِّعَتۡ لَهُمۡ ثِيَابٞ مِّن نَّارٖ يُصَبُّ مِن فَوۡقِ رُءُوسِهِمُ ٱلۡحَمِيمُ

यी दुई (समूह) आफ्नो पालनकर्ताको बारेमा विवाद गर्दछन्, अतः जुन मानिसहरूले कुफ्र गरे तिनीहरूको निमित्त आगोको वस्त्र काटिसकिएको छ । उनीहरूका टाउकोमाथी उम्लिराखेको पानी खन्याइने छ ।
Surah Al-Hajj, Verse 19


يُصۡهَرُ بِهِۦ مَا فِي بُطُونِهِمۡ وَٱلۡجُلُودُ

यसबाट जे जति उनका पेटमा भएका कुराहरू र छालाहरू पनि पग्लिहाल्नेछ ।
Surah Al-Hajj, Verse 20


وَلَهُم مَّقَٰمِعُ مِنۡ حَدِيدٖ

र उनीहरूको दण्डको लागि फलामका हथौडाहरू हुनेछन् ।
Surah Al-Hajj, Verse 21


كُلَّمَآ أَرَادُوٓاْ أَن يَخۡرُجُواْ مِنۡهَا مِنۡ غَمٍّ أُعِيدُواْ فِيهَا وَذُوقُواْ عَذَابَ ٱلۡحَرِيقِ

जतिखेर पनि उनीहरू आत्तिएर त्यहाँको कष्टबाट भाग्न चाहन्छन् त उतिखेर फेरि फर्काइनेछन् र भनिनेछ ‘‘आगोमा जल्ने यातनाको स्वाद चाखिराख’’।
Surah Al-Hajj, Verse 22


إِنَّ ٱللَّهَ يُدۡخِلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ يُحَلَّوۡنَ فِيهَا مِنۡ أَسَاوِرَ مِن ذَهَبٖ وَلُؤۡلُؤٗاۖ وَلِبَاسُهُمۡ فِيهَا حَرِيرٞ

(निःसन्देह) अल्लाहले ईमानवालाहरूलाई र असल कर्म गर्नेवालाहरूलाई, यस्ता स्वर्गका बगैंचाहरूमा प्रवेश गराउनेछ जसको रुखमुनि नहरहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरू सुन र मोतीबाट आभूषित गरिनेछन् र त्यहाँ उनीहरूको भेषभूषा असली रेशमी हुनेछ ।
Surah Al-Hajj, Verse 23


وَهُدُوٓاْ إِلَى ٱلطَّيِّبِ مِنَ ٱلۡقَوۡلِ وَهُدُوٓاْ إِلَىٰ صِرَٰطِ ٱلۡحَمِيدِ

उनीहरूलाई पवित्र कुराको मार्गदर्शन गरियो र उनीहरूलाई प्रशंसित अल्लाहको मार्ग देखाइसकिएको छ ।
Surah Al-Hajj, Verse 24


إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ ٱلَّذِي جَعَلۡنَٰهُ لِلنَّاسِ سَوَآءً ٱلۡعَٰكِفُ فِيهِ وَٱلۡبَادِۚ وَمَن يُرِدۡ فِيهِ بِإِلۡحَادِۭ بِظُلۡمٖ نُّذِقۡهُ مِنۡ عَذَابٍ أَلِيمٖ

जुन मानिसहरूले अविश्वास गरे र अल्लाहको मार्गबाट रोक्दछन् र त्यस प्रतिष्ठित मस्जिद कअ्बाबाट पनि, जसलाई हामीले मानिसहरूको निम्ति त्यहाँका बासिन्दा होस् वा बाहिरबाट आएका सबैका लागि समान गरिदिएका छौं, जुन व्यक्तिले त्यस (प्रतिष्ठित मस्जिद) मा अत्याचारको साथ विभेद गर्न चाहन्छ भने, त्यसलाई हामीले कष्टपूर्ण यातनाको स्वाद चखाउनेछौं ।
Surah Al-Hajj, Verse 25


وَإِذۡ بَوَّأۡنَا لِإِبۡرَٰهِيمَ مَكَانَ ٱلۡبَيۡتِ أَن لَّا تُشۡرِكۡ بِي شَيۡـٔٗا وَطَهِّرۡ بَيۡتِيَ لِلطَّآئِفِينَ وَٱلۡقَآئِمِينَ وَٱلرُّكَّعِ ٱلسُّجُودِ

स्मरण गर जब हामीले इब्राहीमको निम्ति अल्लाहको घर (कअ्बा) ठेगाना बनायौं, यस आदेशको साथ कि मेरो दाँजोमा कसैलाई साझेदार नठहराउनु मेरो घरलाई तवाफ (परिक्रमा) गर्ने, उपासना गर्ने नमाज पढ्ने (रुकूअ् र सिज्दा गर्नेहरू) हरूको निम्ति पवित्र राख ।
Surah Al-Hajj, Verse 26


وَأَذِّن فِي ٱلنَّاسِ بِٱلۡحَجِّ يَأۡتُوكَ رِجَالٗا وَعَلَىٰ كُلِّ ضَامِرٖ يَأۡتِينَ مِن كُلِّ فَجٍّ عَمِيقٖ

र मानिसहरूमा हज्जको निम्ति उद्घोषणा गरिदिनु कि तिनीहरू तिम्रो पासमा टाढा–टाढाबाट, पैदल पनि आउनेछन् र दुबला पातला ऊँटहरूबाट सवार भई अनेक बाटो भएर आउँनेछन् ।
Surah Al-Hajj, Verse 27


لِّيَشۡهَدُواْ مَنَٰفِعَ لَهُمۡ وَيَذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ فِيٓ أَيَّامٖ مَّعۡلُومَٰتٍ عَلَىٰ مَا رَزَقَهُم مِّنۢ بَهِيمَةِ ٱلۡأَنۡعَٰمِۖ فَكُلُواْ مِنۡهَا وَأَطۡعِمُواْ ٱلۡبَآئِسَ ٱلۡفَقِيرَ

(तिनीहरूले) आफ्नो लाभ प्राप्त गर्न आउन् र ती निश्चित दिनहरूमा ती चौपायाहरूमाथि अल्लाहको नाम लिउँन्, जुन पाल्तू छन् । अनि त्यसबाट स्वयम् पनि खाऊ र गरीब निमुखाहरूलाई पनि खुवाऊ ।
Surah Al-Hajj, Verse 28


ثُمَّ لۡيَقۡضُواْ تَفَثَهُمۡ وَلۡيُوفُواْ نُذُورَهُمۡ وَلۡيَطَّوَّفُواْ بِٱلۡبَيۡتِ ٱلۡعَتِيقِ

फेरि उनीहरूलाई आवश्यक छ कि आफ्ना फोहोर–मैला खतम पारुन् (कपाल इत्यादि सफा गरुन्) र आफ्ना कबोल गरेका कुराहरू (मन्नतहरू) पूरा गरुन् र अल्लाहको यस पूरातन घरको तवाफ (परिक्रमा) गरुन् ।
Surah Al-Hajj, Verse 29


ذَٰلِكَۖ وَمَن يُعَظِّمۡ حُرُمَٰتِ ٱللَّهِ فَهُوَ خَيۡرٞ لَّهُۥ عِندَ رَبِّهِۦۗ وَأُحِلَّتۡ لَكُمُ ٱلۡأَنۡعَٰمُ إِلَّا مَا يُتۡلَىٰ عَلَيۡكُمۡۖ فَٱجۡتَنِبُواْ ٱلرِّجۡسَ مِنَ ٱلۡأَوۡثَٰنِ وَٱجۡتَنِبُواْ قَوۡلَ ٱلزُّورِ

यी कुराहरूको ध्यानराख र जो कोही अल्लाहद्वारा निर्धारित मर्यादाहरूको आदर गर्दछ, यो उसको पालनकर्ताकहाँ उसैको निम्ति राम्रो हुनेछ, र तिम्रो निम्ति चौपाया पशुहरू हलाल गरिएका छन्, ती बाहेक जुन कि तिमीलाई भनिसकिएको छ । तसर्थ तिमीहरूले मूर्तिहरूको अपवित्रताबाट बच्नुपर्छ र झूठो कुराहरूबाट पनि बच्नुपर्छ ।
Surah Al-Hajj, Verse 30


حُنَفَآءَ لِلَّهِ غَيۡرَ مُشۡرِكِينَ بِهِۦۚ وَمَن يُشۡرِكۡ بِٱللَّهِ فَكَأَنَّمَا خَرَّ مِنَ ٱلسَّمَآءِ فَتَخۡطَفُهُ ٱلطَّيۡرُ أَوۡ تَهۡوِي بِهِ ٱلرِّيحُ فِي مَكَانٖ سَحِيقٖ

अल्लाहको एकात्मकतालाई स्वीकार गर्दै उसको साथमा साझेदार नठहराउँदै र जुन अल्लाहको साथमा साझेदार ठहराउँन्छ त्यो मानिस यस्तो छ कि जस्तो आकाशबाट खसिसकेको छ, अब त्यसलाई चाहे कुनै पंक्षीले लगिदेओस् अथवा वायुले कुनै दूरस्त स्थानमा फ्याँकिदिनेछ ।
Surah Al-Hajj, Verse 31


ذَٰلِكَۖ وَمَن يُعَظِّمۡ شَعَـٰٓئِرَ ٱللَّهِ فَإِنَّهَا مِن تَقۡوَى ٱلۡقُلُوبِ

यो सुन्यौ अब यी कुराहरूलाई ध्यान देऊ, जुन व्यक्तिले अल्लाहका निशानीहरूको आदर र सम्मान गर्दछ, निःसन्देह ती कुराहरू उसको हृदयको धर्मपरायणतासित सम्बन्ध राख्दछन् ।
Surah Al-Hajj, Verse 32


لَكُمۡ فِيهَا مَنَٰفِعُ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى ثُمَّ مَحِلُّهَآ إِلَى ٱلۡبَيۡتِ ٱلۡعَتِيقِ

यसमा एक निश्चित समयसम्मको लागि तिम्रो निम्ति फाइदाहरू छन् । अनि उनीहरूलाई हलाल गर्ने ठाउँ (कुर्बानीको लागि) कअ्बा नै हो ।
Surah Al-Hajj, Verse 33


وَلِكُلِّ أُمَّةٖ جَعَلۡنَا مَنسَكٗا لِّيَذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ عَلَىٰ مَا رَزَقَهُم مِّنۢ بَهِيمَةِ ٱلۡأَنۡعَٰمِۗ فَإِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞ فَلَهُۥٓ أَسۡلِمُواْۗ وَبَشِّرِ ٱلۡمُخۡبِتِينَ

र हामीले प्रत्येक समुदायको लागि कुर्बानीको तरिका निर्धारित गरेका छौं ताकि अल्लाहले जुन पशुहरू उनीहरूलाई दिएको छ त्यसमाथि (हलाल गर्ने बेला) अल्लाहको नाम लेउन् । अतः बुझिराख तिम्रो पूज्य एउटै छ । तसर्थ उसैको आज्ञाकारी बन र विनम्रता अपनाउनेहरूलाई शुभसूचना सुनाइदिनु ।
Surah Al-Hajj, Verse 34


ٱلَّذِينَ إِذَا ذُكِرَ ٱللَّهُ وَجِلَتۡ قُلُوبُهُمۡ وَٱلصَّـٰبِرِينَ عَلَىٰ مَآ أَصَابَهُمۡ وَٱلۡمُقِيمِي ٱلصَّلَوٰةِ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ

यी त्यस्ता मानिसहरू हुन् कि जब अल्लाहको स्मरण गरिन्छ तब तिनका मुटुहरू काम्छन् र जुन दुःख उनीहरूमाथि आउँछ त्यसमा धैर्यले काम गर्छन् र नमाजलाई कायम राख्दछन्, र जे जति हामीले दिएका छौं त्यसबाट पनि खर्च गर्दछन् ।
Surah Al-Hajj, Verse 35


وَٱلۡبُدۡنَ جَعَلۡنَٰهَا لَكُم مِّن شَعَـٰٓئِرِ ٱللَّهِ لَكُمۡ فِيهَا خَيۡرٞۖ فَٱذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ عَلَيۡهَا صَوَآفَّۖ فَإِذَا وَجَبَتۡ جُنُوبُهَا فَكُلُواْ مِنۡهَا وَأَطۡعِمُواْ ٱلۡقَانِعَ وَٱلۡمُعۡتَرَّۚ كَذَٰلِكَ سَخَّرۡنَٰهَا لَكُمۡ لَعَلَّكُمۡ تَشۡكُرُونَ

र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर ।
Surah Al-Hajj, Verse 36


لَن يَنَالَ ٱللَّهَ لُحُومُهَا وَلَا دِمَآؤُهَا وَلَٰكِن يَنَالُهُ ٱلتَّقۡوَىٰ مِنكُمۡۚ كَذَٰلِكَ سَخَّرَهَا لَكُمۡ لِتُكَبِّرُواْ ٱللَّهَ عَلَىٰ مَا هَدَىٰكُمۡۗ وَبَشِّرِ ٱلۡمُحۡسِنِينَ

कुर्बानीको मासु अल्लाहछेउ पुग्दैन नत उनीहरूको रगत अपितु उसलाई त तिम्रो हृदयको धर्मपरायणता पुग्दछ । यसप्रकार उसले उनीहरूलाई तिम्रो अधीनमा गरेको छ, ताकि तिमीले उसको मार्गदर्शनको लागि अल्लाहको प्रशंसा गर । र असल कर्म गर्नेहरूलाई शुभसूचना सुनाइदिनु ।
Surah Al-Hajj, Verse 37


۞إِنَّ ٱللَّهَ يُدَٰفِعُ عَنِ ٱلَّذِينَ ءَامَنُوٓاْۗ إِنَّ ٱللَّهَ لَا يُحِبُّ كُلَّ خَوَّانٖ كَفُورٍ

(हे पैगम्बर !) सुनिराख सच्चा मोमिनहरूबाट शत्रुलाई स्वयम् अल्लाहले हटाइराख्दछ । अल्लाहले कदापि कुनै विश्वासघाती, कृतध्नलाई मनपराउँदैन ।
Surah Al-Hajj, Verse 38


أُذِنَ لِلَّذِينَ يُقَٰتَلُونَ بِأَنَّهُمۡ ظُلِمُواْۚ وَإِنَّ ٱللَّهَ عَلَىٰ نَصۡرِهِمۡ لَقَدِيرٌ

जुन (मुसलमानहरू) सित (काफिरहरू) युद्ध गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू अत्याचार (बाट) पीडीत भइराखेका छन् र निश्चय नै अल्लाह उनीहरूको सहायताको निम्ति पूर्णरूपले सामथ्र्यवान छ ।
Surah Al-Hajj, Verse 39


ٱلَّذِينَ أُخۡرِجُواْ مِن دِيَٰرِهِم بِغَيۡرِ حَقٍّ إِلَّآ أَن يَقُولُواْ رَبُّنَا ٱللَّهُۗ وَلَوۡلَا دَفۡعُ ٱللَّهِ ٱلنَّاسَ بَعۡضَهُم بِبَعۡضٖ لَّهُدِّمَتۡ صَوَٰمِعُ وَبِيَعٞ وَصَلَوَٰتٞ وَمَسَٰجِدُ يُذۡكَرُ فِيهَا ٱسۡمُ ٱللَّهِ كَثِيرٗاۗ وَلَيَنصُرَنَّ ٱللَّهُ مَن يَنصُرُهُۥٓۚ إِنَّ ٱللَّهَ لَقَوِيٌّ عَزِيزٌ

यी ती मानिसहरू हुन् जसलाई आफ्ना घरहरूबाट बिनाकारण निकालियो, मात्र यस कुराको लागि कि तिनीहरू भन्छन् कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो ।’’ यदि अल्लाहले मानिसहरूलाई एक अर्कोबाट नहटाइराखेको भए उपासना स्थलहरू गिर्जाघर र मस्जिद, यहूदी प्रार्थना भवन र ती मस्जिदहरू पनि ढालिने थिए जसमा अल्लाहको बेस्सरी नाम लिइन्छ । अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ, जसले उसको सहायता गर्दछ निश्चय नै अल्लाह ठूलो बलशाली सर्वशक्ति सम्पन्न छ ।
Surah Al-Hajj, Verse 40


ٱلَّذِينَ إِن مَّكَّنَّـٰهُمۡ فِي ٱلۡأَرۡضِ أَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ وَأَمَرُواْ بِٱلۡمَعۡرُوفِ وَنَهَوۡاْ عَنِ ٱلۡمُنكَرِۗ وَلِلَّهِ عَٰقِبَةُ ٱلۡأُمُورِ

यी ती मानिसहरू हुन् कि यदि धरतीमा हामीले उनीहरूलाई सत्ता प्रदान गर्दछौं भने उनीहरू नमाज कायम गर्नेछन् र जकात दिनेछन् र भलाईको आदेश गर्नेछन् र नराम्रो कामबाट रोक्नेछन्, र सबै कुराहरूको अन्तिम परिणाम अल्लाहको हातमा छ ।
Surah Al-Hajj, Verse 41


وَإِن يُكَذِّبُوكَ فَقَدۡ كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ وَعَادٞ وَثَمُودُ

र यदि यिनीहरूले तपाईलाई झूठ्ठो भन्दछन् भने (कुनै आश्चर्य छैन) उनीहरूभन्दा पहिला नूहको कौम र आद र समूद (ले पनि त्यस्तै गरे) ।
Surah Al-Hajj, Verse 42


وَقَوۡمُ إِبۡرَٰهِيمَ وَقَوۡمُ لُوطٖ

र इब्राहीमको समुदाय र लूतको समुदायले पनि (झूठ ठाने)
Surah Al-Hajj, Verse 43


وَأَصۡحَٰبُ مَدۡيَنَۖ وَكُذِّبَ مُوسَىٰۖ فَأَمۡلَيۡتُ لِلۡكَٰفِرِينَ ثُمَّ أَخَذۡتُهُمۡۖ فَكَيۡفَ كَانَ نَكِيرِ

र मद्यनवालाहरूले पनि आ–आफ्ना पैगम्बरहरूलाई झूठ्ठा भनिसकेका छन्, मूसालाई पनि झूठ्ठा भनिसकिएको छ । किन्तु मैले इन्कार गर्नेहरूलाई अलिकति मोहलत दिएँ, अनि तिनीहरूलाई समातिहालें, त (हेरिहाल कि) फेरि मेरो सजाय कस्तो (कठोर) थियो
Surah Al-Hajj, Verse 44


فَكَأَيِّن مِّن قَرۡيَةٍ أَهۡلَكۡنَٰهَا وَهِيَ ظَالِمَةٞ فَهِيَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا وَبِئۡرٖ مُّعَطَّلَةٖ وَقَصۡرٖ مَّشِيدٍ

धेरै बस्तीहरू छन् जसलाई कि हामीले नष्ट गरिहालेका थियौं किनभने तिनीहरू अत्यचारी थिए, ती सबै आफ्नो छतमुनि घोप्टे परेका छन् । र (धेरै) इनारहरू बेकार छन् र (धेरै) पक्की र उच्च महलहरू सुनसान भएका छन् ।
Surah Al-Hajj, Verse 45


أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَتَكُونَ لَهُمۡ قُلُوبٞ يَعۡقِلُونَ بِهَآ أَوۡ ءَاذَانٞ يَسۡمَعُونَ بِهَاۖ فَإِنَّهَا لَا تَعۡمَى ٱلۡأَبۡصَٰرُ وَلَٰكِن تَعۡمَى ٱلۡقُلُوبُ ٱلَّتِي فِي ٱلصُّدُورِ

के तिनीहरूले धरतीमा हिंडडुल गरेनन्, ताकि उनका हृदयले यी कुराहरू बुझ्न सक्थे, अथवा कान (यस्ता) हुन्थे कि जसबाट सुन्नसक्थे । कुरो यो छ कि आँखा मात्र अन्धो हुँदैन बरु ती हृदयहरू पनि, जुन छातीहरूमा छन् अन्धो बन्दछन् ।
Surah Al-Hajj, Verse 46


وَيَسۡتَعۡجِلُونَكَ بِٱلۡعَذَابِ وَلَن يُخۡلِفَ ٱللَّهُ وَعۡدَهُۥۚ وَإِنَّ يَوۡمًا عِندَ رَبِّكَ كَأَلۡفِ سَنَةٖ مِّمَّا تَعُدُّونَ

र तिनीहरूले तपाईसित यातनाको निम्ति हतार गरिराखेका छन् ! अल्लाहले कदापि आफ्नो वचनलाई टार्नेछैन , किन्तु तपाईको पालनकर्ता नजिक एकदिन, तिम्रो गणना अनुसार, एकहजार वर्षको हुनेछ ।
Surah Al-Hajj, Verse 47


وَكَأَيِّن مِّن قَرۡيَةٍ أَمۡلَيۡتُ لَهَا وَهِيَ ظَالِمَةٞ ثُمَّ أَخَذۡتُهَا وَإِلَيَّ ٱلۡمَصِيرُ

कति यस्ता बस्तीहरू थिए जसलाई मैले मोहलत दिएँ र तिनीहरू उल्लघंनकारी थिए । अनि मैले उनीहरूलाई समातिहालें र मतिर नै फर्किआउनु पर्नेछ ।
Surah Al-Hajj, Verse 48


قُلۡ يَـٰٓأَيُّهَا ٱلنَّاسُ إِنَّمَآ أَنَا۠ لَكُمۡ نَذِيرٞ مُّبِينٞ

(हे पैगम्बर !) भनिदिनुस् कि मानिसहरू ! म तिमीहरूलाई खुल्लारूपले चेतावानी दिनेवाला नै हूँ ।
Surah Al-Hajj, Verse 49


فَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ لَهُم مَّغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ

तसर्थ जसले ईमान ल्याएका छन् र असल काम गरे, उनीहरूको निम्ति क्षमादान छ र सम्मानपूर्ण जीविका छ ।
Surah Al-Hajj, Verse 50


وَٱلَّذِينَ سَعَوۡاْ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَحِيمِ

र जुन मानिसहरूले हाम्रा निशानीहरूलाई तल्लोस्तरमा झार्ने प्रयास गरे, तिनीहरू नर्कवाला हुन् ।
Surah Al-Hajj, Verse 51


وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ مِن رَّسُولٖ وَلَا نَبِيٍّ إِلَّآ إِذَا تَمَنَّىٰٓ أَلۡقَى ٱلشَّيۡطَٰنُ فِيٓ أُمۡنِيَّتِهِۦ فَيَنسَخُ ٱللَّهُ مَا يُلۡقِي ٱلشَّيۡطَٰنُ ثُمَّ يُحۡكِمُ ٱللَّهُ ءَايَٰتِهِۦۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

तपाईभन्दा अगाडि जुन रसूल र नबीलाई हामीले पठायौं, त उनीहरूसित यस्तो भयो कि जतिखेर पनि उनले कुनै इच्छा गरे शैतानले उनको कामनामा केही मिसाइदियो । यसप्रकार जेजति पनि शैतानले मिसाउँछ अल्लाहले त्यसलाई हटाइदिन्छ । अनि अल्लाहले आफ्ना आयतहरूलाई सुदृढ गरिदिन्छ । अल्लाह सर्वज्ञ, बडो तत्वदर्शी छ ।
Surah Al-Hajj, Verse 52


لِّيَجۡعَلَ مَا يُلۡقِي ٱلشَّيۡطَٰنُ فِتۡنَةٗ لِّلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ وَٱلۡقَاسِيَةِ قُلُوبُهُمۡۗ وَإِنَّ ٱلظَّـٰلِمِينَ لَفِي شِقَاقِۭ بَعِيدٖ

यो यसकारण हो कि जुन (बाधा) शैतानले पुर्याउँछ, त्यसलाई उनीहरूको निम्ति, जसका हृदयहरूमा रोगहरू छन् र जसका हृदय कठोर छन्, अल्लाहले परीक्षाको माध्यम बनाउँछ । निःसन्देह अत्याचारीहरू नितान्त विरोधमा व्यस्त छन् ।
Surah Al-Hajj, Verse 53


وَلِيَعۡلَمَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ أَنَّهُ ٱلۡحَقُّ مِن رَّبِّكَ فَيُؤۡمِنُواْ بِهِۦ فَتُخۡبِتَ لَهُۥ قُلُوبُهُمۡۗ وَإِنَّ ٱللَّهَ لَهَادِ ٱلَّذِينَ ءَامَنُوٓاْ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

र यसकारण पनि कि जसलाई ज्ञान प्रदान गरिएको छ, तिनीहरू विश्वास गरुन् कि यो तपाईको पालनकर्ताको तर्फबाटै नै सत्य छ, । अतः उनीहरू यसमाथि ईमान ल्याउन् र उनीहरूका हृदय अल्लाहको अगाडि नतमस्तक होउन् र जुन मानिसहरूले ईमान ल्याएका छन्, अल्लाहले उनीहरूलाई सोझो बाटोतिर मार्गनिर्देशित गर्दछ ।
Surah Al-Hajj, Verse 54


وَلَا يَزَالُ ٱلَّذِينَ كَفَرُواْ فِي مِرۡيَةٖ مِّنۡهُ حَتَّىٰ تَأۡتِيَهُمُ ٱلسَّاعَةُ بَغۡتَةً أَوۡ يَأۡتِيَهُمۡ عَذَابُ يَوۡمٍ عَقِيمٍ

काफिरहरू सदैंव यस अल्लाहको सन्देशतर्फबाट सन्देहमा परिरहनेछन्, यहाँसम्म कि कियामतको समय एक्कासी उनीमाथि आइपर्छ अथवा एउटा अशुभ दिनको यातना उनीमाथि आइपर्छ ।
Surah Al-Hajj, Verse 55


ٱلۡمُلۡكُ يَوۡمَئِذٖ لِّلَّهِ يَحۡكُمُ بَيۡنَهُمۡۚ فَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ فِي جَنَّـٰتِ ٱلنَّعِيمِ

त्यस दिन अल्लाहकै शासन हुनेछ । उसैले तिनीहरूबीच इन्साफ गर्नेछ । त जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरे, उनीहरू पुरस्कारले भरिएको बहिश्तहरू (स्वर्गमा) मा हुनेछन् ।
Surah Al-Hajj, Verse 56


وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَا فَأُوْلَـٰٓئِكَ لَهُمۡ عَذَابٞ مُّهِينٞ

र जुन मानिसहरूले ईमान ल्याउन इन्कार गरे र हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको निम्ति अपमानजनक यातना हुनेछ ।
Surah Al-Hajj, Verse 57


وَٱلَّذِينَ هَاجَرُواْ فِي سَبِيلِ ٱللَّهِ ثُمَّ قُتِلُوٓاْ أَوۡ مَاتُواْ لَيَرۡزُقَنَّهُمُ ٱللَّهُ رِزۡقًا حَسَنٗاۚ وَإِنَّ ٱللَّهَ لَهُوَ خَيۡرُ ٱلرَّـٰزِقِينَ

र जुन मानिसहरूले अल्लाहको मार्गमा हिजरत गरे अर्थात् घरबार छोडे, अनि मारिए वा मरिहाले, त अल्लाहले अवश्य नै उनीहरूलाई राम्रो आजीविका प्रदान गर्नेछ । र निःसन्देह अल्लाह नै उत्तम आजीविका प्रदान गर्नेवाला छ ।
Surah Al-Hajj, Verse 58


لَيُدۡخِلَنَّهُم مُّدۡخَلٗا يَرۡضَوۡنَهُۥۚ وَإِنَّ ٱللَّهَ لَعَلِيمٌ حَلِيمٞ

उसले उनीहरूलाई यस्तो ठाउँमा पुर्याउनेछ जसबाट उनीहरू प्रसन्न भइहाल्नेछन् । निश्चय नै अल्लाह सर्वज्ञ, अत्यन्त सहनशील छ ।
Surah Al-Hajj, Verse 59


۞ذَٰلِكَۖ وَمَنۡ عَاقَبَ بِمِثۡلِ مَا عُوقِبَ بِهِۦ ثُمَّ بُغِيَ عَلَيۡهِ لَيَنصُرَنَّهُ ٱللَّهُۚ إِنَّ ٱللَّهَ لَعَفُوٌّ غَفُورٞ

कुरो यही हो, जसले प्रतिशोध लियो, त्यस्तै जस्तो कि उसको साथमा गरिएको थियो र पुनः त्यसमाथि ज्यादती गरियो भने अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ , निश्चय नै अल्लाह माफ गरिदिनेवाला अत्यन्त क्षमाशील छ ।
Surah Al-Hajj, Verse 60


ذَٰلِكَ بِأَنَّ ٱللَّهَ يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِ وَأَنَّ ٱللَّهَ سَمِيعُۢ بَصِيرٞ

यो यसकारणले कि अल्लाह रातलाई दिनमा प्रवेश गराउँदछ र दिनलाई रातमा प्रवेश गराउँदछ । र निःसन्देह अल्लाह सुन्दछ, देख्दछ ।
Surah Al-Hajj, Verse 61


ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ وَأَنَّ مَا يَدۡعُونَ مِن دُونِهِۦ هُوَ ٱلۡبَٰطِلُ وَأَنَّ ٱللَّهَ هُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ

यी सबै यसकारणले कि अल्लाह नै सत्य छ र उस बाहेक जसलाई पनि यिनीहरूले पुकार्दछन् त्यो असत्य छ, र यो कि अल्लाह नै सर्वोच्च र महान छ ।
Surah Al-Hajj, Verse 62


أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَتُصۡبِحُ ٱلۡأَرۡضُ مُخۡضَرَّةًۚ إِنَّ ٱللَّهَ لَطِيفٌ خَبِيرٞ

के तिमीले देखेनौ कि अल्लाह आकाशबाट पानी वर्षाउँछ तब धरती हराभरा भइहाल्छ निःसन्देह अल्लाह दयालु र सबै कुराको ज्ञाता छ ।
Surah Al-Hajj, Verse 63


لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَإِنَّ ٱللَّهَ لَهُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ

उसैको हो जे आकाशहरूमा र जेजति धरतीमा छन् । निःसन्देह अल्लाह नै निष्पृह र प्रशंसनीय छ ।
Surah Al-Hajj, Verse 64


أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ سَخَّرَ لَكُم مَّا فِي ٱلۡأَرۡضِ وَٱلۡفُلۡكَ تَجۡرِي فِي ٱلۡبَحۡرِ بِأَمۡرِهِۦ وَيُمۡسِكُ ٱلسَّمَآءَ أَن تَقَعَ عَلَى ٱلۡأَرۡضِ إِلَّا بِإِذۡنِهِۦٓۚ إِنَّ ٱللَّهَ بِٱلنَّاسِ لَرَءُوفٞ رَّحِيمٞ

के तपाईले देख्नुभएन कि धरतीमा जेजति छ त्यसलाई अल्लाहले नै तिम्रो निम्ति बशीभूत गरिहालेको छ र डुङ्गा पनि उसको आदेशबाट समुद्रमा चल्छन् र उसैले आकाशलाई उसको आदेश बिना धरतीमा खस्नुबाट रोकेको छ । निःसन्देह अल्लाह मानिसहरूको लागि बडो करुणाशील र दयावान छ ।
Surah Al-Hajj, Verse 65


وَهُوَ ٱلَّذِيٓ أَحۡيَاكُمۡ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يُحۡيِيكُمۡۗ إِنَّ ٱلۡإِنسَٰنَ لَكَفُورٞ

उसैले तिमीलाई जीवन प्रदान गर्यो । अनि उसैले तिमीलाई मृत्यु दिन्छ र फेरि उसैले तिमीलाई जीवित पार्नेछ । निःसन्देह मानव अकृतज्ञ छ ।
Surah Al-Hajj, Verse 66


لِّكُلِّ أُمَّةٖ جَعَلۡنَا مَنسَكًا هُمۡ نَاسِكُوهُۖ فَلَا يُنَٰزِعُنَّكَ فِي ٱلۡأَمۡرِۚ وَٱدۡعُ إِلَىٰ رَبِّكَۖ إِنَّكَ لَعَلَىٰ هُدٗى مُّسۡتَقِيمٖ

प्रत्येक समुदायको निम्ति हामीले उपासनाको एउटा रीति (पद्धति) निर्धारित गरिसकेका छौं जसको पालना उनीहरूले गर्दछन् । तसर्थ यिनीहरूले तपाईसित यस कुरामा झगडा नगरुन् र तपाईले (मानिसहरूलाई) आफ्नो पालनकर्तातिर बोलाउँदै गर्नु , निःसन्देह तिमी सोझो मार्गमा छौ ।
Surah Al-Hajj, Verse 67


وَإِن جَٰدَلُوكَ فَقُلِ ٱللَّهُ أَعۡلَمُ بِمَا تَعۡمَلُونَ

फेरि पनि यदि यिनीहरूले तपाईसित झगडा गर्दछन् भने, तपाई भनिदिनुस् कि तिमीहरूको कर्म अल्लाह राम्ररी जान्दछ ।
Surah Al-Hajj, Verse 68


ٱللَّهُ يَحۡكُمُ بَيۡنَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ

निःसन्देह तिमीहरूको विवादहरूको निर्णय अल्लाहले कियामतको दिन गरिदिनेछ ।
Surah Al-Hajj, Verse 69


أَلَمۡ تَعۡلَمۡ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا فِي ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۚ إِنَّ ذَٰلِكَ فِي كِتَٰبٍۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ

के तपाईलाई थाहा भएन कि जे जति आकाश र धरतीमा छ अल्लाह सबै जान्दछ । निश्चय नै त्यो (कर्मपत्र) एउटा किताबमा अंकित छ, निःसन्देह त्यो (निर्णय) अल्लाहको निम्ति अत्यन्त सरल छ ।
Surah Al-Hajj, Verse 70


وَيَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَمۡ يُنَزِّلۡ بِهِۦ سُلۡطَٰنٗا وَمَا لَيۡسَ لَهُم بِهِۦ عِلۡمٞۗ وَمَا لِلظَّـٰلِمِينَ مِن نَّصِيرٖ

र तिनीहरूले अल्लाह बाहेक उनीहरूको उपासना गर्दछन्, जसको निम्ति नत कुनै अल्लाहद्वारा प्रमाण उतरेको छ नत उनीहरूलाई नै त्यसको विषयमा कुनै ज्ञान छ र यी अत्याचारीहरूको कोही मद्दत गर्नेछैन ।
Surah Al-Hajj, Verse 71


وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ تَعۡرِفُ فِي وُجُوهِ ٱلَّذِينَ كَفَرُواْ ٱلۡمُنكَرَۖ يَكَادُونَ يَسۡطُونَ بِٱلَّذِينَ يَتۡلُونَ عَلَيۡهِمۡ ءَايَٰتِنَاۗ قُلۡ أَفَأُنَبِّئُكُم بِشَرّٖ مِّن ذَٰلِكُمُۚ ٱلنَّارُ وَعَدَهَا ٱللَّهُ ٱلَّذِينَ كَفَرُواْۖ وَبِئۡسَ ٱلۡمَصِيرُ

जब उनीहरू सामु हाम्रा स्पष्ट आयातहरू पढेर सुनाइन्छन् तब तपाईले तिनीहरूको अनुहारहरूमा स्पष्टरूपले अप्रसन्नताका चिन्हहरू देख्नुहुनेछ । यस्तो लाग्छ कि जसले उनीहरूलाई हाम्रो आयातहरू पढेर सुनाउँछन्, उनीहरूमाथि जाइलाग्नेछन् । भनिदिनुस् कि के म तिनीहरूलाई यसभन्दा पनि बढी नराम्रो समाचार देऊँ । त्यो नर्कको आगो हो जसको वचन अल्लाहले काफिरहरूसित गरिसकेको छ, र त्यो अत्यन्त नराम्रो ठाउँ हो ।
Surah Al-Hajj, Verse 72


يَـٰٓأَيُّهَا ٱلنَّاسُ ضُرِبَ مَثَلٞ فَٱسۡتَمِعُواْ لَهُۥٓۚ إِنَّ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِ لَن يَخۡلُقُواْ ذُبَابٗا وَلَوِ ٱجۡتَمَعُواْ لَهُۥۖ وَإِن يَسۡلُبۡهُمُ ٱلذُّبَابُ شَيۡـٔٗا لَّا يَسۡتَنقِذُوهُ مِنۡهُۚ ضَعُفَ ٱلطَّالِبُ وَٱلۡمَطۡلُوبُ

हे मानिसहरू ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, कि तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरूले एउटा झिंगा पनि बनाउन सक्दैनन् । यद्यपि त्यसको निम्ति सबै एकत्रित भइहालुन् र यदि झिङ्गाले उनीहरूसित कुनै कुरा खोसेर लिएर जान्छ भने त्यसबाट तिनीहरूले त्यसलाई छोडाउन पनि सक्दैनन् । जो याचक छ ऊ पनि असमर्थ छ र जसबाट (तिनीहरूले) याचना गर्दछन् ऊ पनि असहाय छ ।
Surah Al-Hajj, Verse 73


مَا قَدَرُواْ ٱللَّهَ حَقَّ قَدۡرِهِۦٓۚ إِنَّ ٱللَّهَ لَقَوِيٌّ عَزِيزٌ

उनीहरूले अल्लाहको हैसियत अनुसार उसको सम्मान गर्न जानेनन् । अल्लाह निश्चय नै ठूलो बलवान् र अधिपत्यशाली छ ।
Surah Al-Hajj, Verse 74


ٱللَّهُ يَصۡطَفِي مِنَ ٱلۡمَلَـٰٓئِكَةِ رُسُلٗا وَمِنَ ٱلنَّاسِۚ إِنَّ ٱللَّهَ سَمِيعُۢ بَصِيرٞ

अल्लाहले फरिश्ताहरूमध्येबाट र मानिसहरूमध्येबाट सन्देशबाहक रोज्दछ । निश्चय नै अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
Surah Al-Hajj, Verse 75


يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ

जुन उनको अगाडि छ र जुन उनको पछाडि छ अल्लाह सबै जान्दछ । र सबै कामहरू अल्लाहतिर नै फर्कन्छन् ।
Surah Al-Hajj, Verse 76


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱرۡكَعُواْ وَٱسۡجُدُواْۤ وَٱعۡبُدُواْ رَبَّكُمۡ وَٱفۡعَلُواْ ٱلۡخَيۡرَ لَعَلَّكُمۡ تُفۡلِحُونَ۩

हे मोमिनहरू नतमस्तक हुने र ढोग्ने गर र आफ्नो पालनकर्ताको उपासनामा लागी रहनेगर र भलो कार्य गर्नेगर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
Surah Al-Hajj, Verse 77


وَجَٰهِدُواْ فِي ٱللَّهِ حَقَّ جِهَادِهِۦۚ هُوَ ٱجۡتَبَىٰكُمۡ وَمَا جَعَلَ عَلَيۡكُمۡ فِي ٱلدِّينِ مِنۡ حَرَجٖۚ مِّلَّةَ أَبِيكُمۡ إِبۡرَٰهِيمَۚ هُوَ سَمَّىٰكُمُ ٱلۡمُسۡلِمِينَ مِن قَبۡلُ وَفِي هَٰذَا لِيَكُونَ ٱلرَّسُولُ شَهِيدًا عَلَيۡكُمۡ وَتَكُونُواْ شُهَدَآءَ عَلَى ٱلنَّاسِۚ فَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَٱعۡتَصِمُواْ بِٱللَّهِ هُوَ مَوۡلَىٰكُمۡۖ فَنِعۡمَ ٱلۡمَوۡلَىٰ وَنِعۡمَ ٱلنَّصِيرُ

र अल्लाहको मार्गमा त्यस्तै जिहाद गर, जस्तो कि जिहाद गर्नुपर्दछ । उसैले तिमीलाई रोजेको छ र धर्मको कुरामा तिमीमाथि कुनै कुरा संकुचित पारेको छैन र तिम्रो निम्ति तिम्रो बाबु इब्राहीमको धर्मलाई रुचायो । उसले यसभन्दा अगाडि नै र यस कुरआनमा पनि तिम्रो नाम मुस्लिम (आज्ञाकारी) राखेको छ । यस उद्देश्यले ताकि रसूल तिम्रो निम्ति साक्षी होउन् । र तिमी अरु मानिसहरूको साक्षी होऊ । अतः तिमीले नमाजको आयोजना गर र जकात देऊ, र अल्लाहसँग आफ्नो सम्बन्धलाई बलियो रूपले समातिराख उही नै तिम्रो सबभन्दा राम्रो संरक्षक र मालिक हो । आहा कति राम्रो मालिक र कती उत्तम मद्दत गर्नेवाला छ ।
Surah Al-Hajj, Verse 78


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 21
>> Surah 23

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai