Surah Al-Hajj Verse 78 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Hajjوَجَٰهِدُواْ فِي ٱللَّهِ حَقَّ جِهَادِهِۦۚ هُوَ ٱجۡتَبَىٰكُمۡ وَمَا جَعَلَ عَلَيۡكُمۡ فِي ٱلدِّينِ مِنۡ حَرَجٖۚ مِّلَّةَ أَبِيكُمۡ إِبۡرَٰهِيمَۚ هُوَ سَمَّىٰكُمُ ٱلۡمُسۡلِمِينَ مِن قَبۡلُ وَفِي هَٰذَا لِيَكُونَ ٱلرَّسُولُ شَهِيدًا عَلَيۡكُمۡ وَتَكُونُواْ شُهَدَآءَ عَلَى ٱلنَّاسِۚ فَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَٱعۡتَصِمُواْ بِٱللَّهِ هُوَ مَوۡلَىٰكُمۡۖ فَنِعۡمَ ٱلۡمَوۡلَىٰ وَنِعۡمَ ٱلنَّصِيرُ
र अल्लाहको मार्गमा त्यस्तै जिहाद गर, जस्तो कि जिहाद गर्नुपर्दछ । उसैले तिमीलाई रोजेको छ र धर्मको कुरामा तिमीमाथि कुनै कुरा संकुचित पारेको छैन र तिम्रो निम्ति तिम्रो बाबु इब्राहीमको धर्मलाई रुचायो । उसले यसभन्दा अगाडि नै र यस कुरआनमा पनि तिम्रो नाम मुस्लिम (आज्ञाकारी) राखेको छ । यस उद्देश्यले ताकि रसूल तिम्रो निम्ति साक्षी होउन् । र तिमी अरु मानिसहरूको साक्षी होऊ । अतः तिमीले नमाजको आयोजना गर र जकात देऊ, र अल्लाहसँग आफ्नो सम्बन्धलाई बलियो रूपले समातिराख उही नै तिम्रो सबभन्दा राम्रो संरक्षक र मालिक हो । आहा कति राम्रो मालिक र कती उत्तम मद्दत गर्नेवाला छ ।