UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Mumenoon - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


قَدۡ أَفۡلَحَ ٱلۡمُؤۡمِنُونَ

निःसन्देह ईमानवालाहरू सफल भइहाले ।
Surah Al-Mumenoon, Verse 1


ٱلَّذِينَ هُمۡ فِي صَلَاتِهِمۡ خَٰشِعُونَ

जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।
Surah Al-Mumenoon, Verse 2


وَٱلَّذِينَ هُمۡ عَنِ ٱللَّغۡوِ مُعۡرِضُونَ

र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
Surah Al-Mumenoon, Verse 3


وَٱلَّذِينَ هُمۡ لِلزَّكَوٰةِ فَٰعِلُونَ

र जो जकात दिन्छन् ।
Surah Al-Mumenoon, Verse 4


وَٱلَّذِينَ هُمۡ لِفُرُوجِهِمۡ حَٰفِظُونَ

र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
Surah Al-Mumenoon, Verse 5


إِلَّا عَلَىٰٓ أَزۡوَٰجِهِمۡ أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ فَإِنَّهُمۡ غَيۡرُ مَلُومِينَ

तर आपल्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।
Surah Al-Mumenoon, Verse 6


فَمَنِ ٱبۡتَغَىٰ وَرَآءَ ذَٰلِكَ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡعَادُونَ

जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
Surah Al-Mumenoon, Verse 7


وَٱلَّذِينَ هُمۡ لِأَمَٰنَٰتِهِمۡ وَعَهۡدِهِمۡ رَٰعُونَ

र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।
Surah Al-Mumenoon, Verse 8


وَٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَوَٰتِهِمۡ يُحَافِظُونَ

र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
Surah Al-Mumenoon, Verse 9


أُوْلَـٰٓئِكَ هُمُ ٱلۡوَٰرِثُونَ

यीनै (मानिसहरू) वारिस हुनेछन् ।
Surah Al-Mumenoon, Verse 10


ٱلَّذِينَ يَرِثُونَ ٱلۡفِرۡدَوۡسَ هُمۡ فِيهَا خَٰلِدُونَ

जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।
Surah Al-Mumenoon, Verse 11


وَلَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ مِن سُلَٰلَةٖ مِّن طِينٖ

र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।
Surah Al-Mumenoon, Verse 12


ثُمَّ جَعَلۡنَٰهُ نُطۡفَةٗ فِي قَرَارٖ مَّكِينٖ

अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा शुक्र बनाएर राख्यौं ।
Surah Al-Mumenoon, Verse 13


ثُمَّ خَلَقۡنَا ٱلنُّطۡفَةَ عَلَقَةٗ فَخَلَقۡنَا ٱلۡعَلَقَةَ مُضۡغَةٗ فَخَلَقۡنَا ٱلۡمُضۡغَةَ عِظَٰمٗا فَكَسَوۡنَا ٱلۡعِظَٰمَ لَحۡمٗا ثُمَّ أَنشَأۡنَٰهُ خَلۡقًا ءَاخَرَۚ فَتَبَارَكَ ٱللَّهُ أَحۡسَنُ ٱلۡخَٰلِقِينَ

फेरि शुक्रको एउटा डल्लो बनायौं, फेरि डल्लोबाट भ्रुण बनायौं, अनि भ्रुणबाट हाडहरू बनायौं, अनि हाडहरूमाथि मासुको पत्र राख्यौं, अनि त्यसलाई नयाँ आकारमा बनाइदियौं तसर्थ अल्लाह साह्रै नै बर्कतवाला,(कल्याणकारी) सबभन्दा उत्तम स्रष्टा हो ।
Surah Al-Mumenoon, Verse 14


ثُمَّ إِنَّكُم بَعۡدَ ذَٰلِكَ لَمَيِّتُونَ

अनि यस पश्चात निश्चितरूपले तिमी सबै मर्छौ ।
Surah Al-Mumenoon, Verse 15


ثُمَّ إِنَّكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ تُبۡعَثُونَ

अनि कियामतको दिन तिमी निश्चय नै उठाइने छौ ।
Surah Al-Mumenoon, Verse 16


وَلَقَدۡ خَلَقۡنَا فَوۡقَكُمۡ سَبۡعَ طَرَآئِقَ وَمَا كُنَّا عَنِ ٱلۡخَلۡقِ غَٰفِلِينَ

हामीले तिमीमाथि सात आकाशहरू सृष्टि गरेका छौं र हामी प्राणीहरूबाट असावधान छैनौं ।
Surah Al-Mumenoon, Verse 17


وَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءَۢ بِقَدَرٖ فَأَسۡكَنَّـٰهُ فِي ٱلۡأَرۡضِۖ وَإِنَّا عَلَىٰ ذَهَابِۭ بِهِۦ لَقَٰدِرُونَ

र हामीले आकाशबाट एउटा ठीक अन्दाजले पानी बर्षाउँछौं, अनि हामीले त्यसलाई धर्तीमा रोक्छौं, र त्यसलाई विलुप्त गर्ने सामथ्र्य पनि हामीमा छ ।
Surah Al-Mumenoon, Verse 18


فَأَنشَأۡنَا لَكُم بِهِۦ جَنَّـٰتٖ مِّن نَّخِيلٖ وَأَعۡنَٰبٖ لَّكُمۡ فِيهَا فَوَٰكِهُ كَثِيرَةٞ وَمِنۡهَا تَأۡكُلُونَ

अनि हामीले त्यसै पानीबाट तिम्रो निम्ति खजूर र अङ्गूरका बगैंचाहरू उत्पन्न गर्यौं । तिम्रो निम्ति त्यसमा धेरै फल–फूल छन् र तिनैबाट तिमीले खान्छौ ।
Surah Al-Mumenoon, Verse 19


وَشَجَرَةٗ تَخۡرُجُ مِن طُورِ سَيۡنَآءَ تَنۢبُتُ بِٱلدُّهۡنِ وَصِبۡغٖ لِّلۡأٓكِلِينَ

र त्यो रुख (पनि हामीले नै सृष्टि गरेका छौं ।) जुन ‘‘तूरे सीना’’ पहाडबाट उत्पन्न हुन्छ जुन खानेहरूको लागि तेल र सालन लिएर उम्रन्छ ।
Surah Al-Mumenoon, Verse 20


وَإِنَّ لَكُمۡ فِي ٱلۡأَنۡعَٰمِ لَعِبۡرَةٗۖ نُّسۡقِيكُم مِّمَّا فِي بُطُونِهَا وَلَكُمۡ فِيهَا مَنَٰفِعُ كَثِيرَةٞ وَمِنۡهَا تَأۡكُلُونَ

र निश्चय नै तिम्रा निम्ति चौपायहरूमा पनि धेरै शिक्षा छ, तिनीहरूको पेटबाट हामीले तिमीलाई दूध खुवाउँछौं । र तिम्रो निम्ति तिनीहरूमा धेरै फाइदाहरू छन् र तिनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।
Surah Al-Mumenoon, Verse 21


وَعَلَيۡهَا وَعَلَى ٱلۡفُلۡكِ تُحۡمَلُونَ

र तिनीहरूमाथि र डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।
Surah Al-Mumenoon, Verse 22


وَلَقَدۡ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦ فَقَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۚ أَفَلَا تَتَّقُونَ

निःसन्देह हामीले नूहलाई उनको समुदायतिर रसूल बनाएर पठायौं, र उनले तिनीहरूसित भनेकि हे समुदायका मानिसहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कोही पूज्य छैन, के तिमी डर्दैनौ ।
Surah Al-Mumenoon, Verse 23


فَقَالَ ٱلۡمَلَؤُاْ ٱلَّذِينَ كَفَرُواْ مِن قَوۡمِهِۦ مَا هَٰذَآ إِلَّا بَشَرٞ مِّثۡلُكُمۡ يُرِيدُ أَن يَتَفَضَّلَ عَلَيۡكُمۡ وَلَوۡ شَآءَ ٱللَّهُ لَأَنزَلَ مَلَـٰٓئِكَةٗ مَّا سَمِعۡنَا بِهَٰذَا فِيٓ ءَابَآئِنَا ٱلۡأَوَّلِينَ

तब उनको समुदायको नायकले जो काफिर थिए, स्पष्टसंग भन्नथालेः कि यो त तिमी जस्तै मानिस हो, तिमीमाथि श्रेष्ठता प्राप्त गर्न चाहन्छ र यदि अल्लाहले चाहेको भए कुनै फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) पठाउने थियो । हामीले त आफ्नो पूर्वजहरूबाट यो कुरा कहिल्यै पनि सुनेनौं ।
Surah Al-Mumenoon, Verse 24


إِنۡ هُوَ إِلَّا رَجُلُۢ بِهِۦ جِنَّةٞ فَتَرَبَّصُواْ بِهِۦ حَتَّىٰ حِينٖ

यो त पक्कै उन्मादग्रस्त व्यक्ति हो अतः एक निश्चित अवधिसम्म तिमीले यसलाई छूट देऊ ।
Surah Al-Mumenoon, Verse 25


قَالَ رَبِّ ٱنصُرۡنِي بِمَا كَذَّبُونِ

(नूहले) प्रार्थना गरे कि हे पालनकर्ता ! उनीहरूले मलाई झूठा भनेका छन्, तिमीले मेरो मद्दत गर ।
Surah Al-Mumenoon, Verse 26


فَأَوۡحَيۡنَآ إِلَيۡهِ أَنِ ٱصۡنَعِ ٱلۡفُلۡكَ بِأَعۡيُنِنَا وَوَحۡيِنَا فَإِذَا جَآءَ أَمۡرُنَا وَفَارَ ٱلتَّنُّورُ فَٱسۡلُكۡ فِيهَا مِن كُلّٖ زَوۡجَيۡنِ ٱثۡنَيۡنِ وَأَهۡلَكَ إِلَّا مَن سَبَقَ عَلَيۡهِ ٱلۡقَوۡلُ مِنۡهُمۡۖ وَلَا تُخَٰطِبۡنِي فِي ٱلَّذِينَ ظَلَمُوٓاْ إِنَّهُم مُّغۡرَقُونَ

तब हामीले उनीतिर ‘‘वह्य’’ पठायौं कि हाम्रो आँखाको अगाडि र हाम्रो ‘‘वह्य’’ अनुसार एउटा डुङ्गा बनाऊ, अनि जब हाम्रो आदेश आउँछ र जब पानीको बाढी आउँछ तब प्रत्येक प्रजातिहरूमध्येबाट एक–एक जोडी त्यसमा राखिहाल, र आफन्तहरूलाई पनि, तर उनी बाहेक जसको विरुद्ध हामीले निर्णय दिइसकेका छौं र अत्याचारीहरूको विषयमा मसित कुरा नगर्नु । तिनीहरू त डुबाइने नै छन् ।
Surah Al-Mumenoon, Verse 27


فَإِذَا ٱسۡتَوَيۡتَ أَنتَ وَمَن مَّعَكَ عَلَى ٱلۡفُلۡكِ فَقُلِ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي نَجَّىٰنَا مِنَ ٱلۡقَوۡمِ ٱلظَّـٰلِمِينَ

र जब तिमी र तिम्रा साथीहरू डुङ्गामा राम्रोसंग बसिहाल्छौ तब (अल्लाहप्रति आभार प्रकट गर्नु र) भन्नु कि प्रशंसा अल्लाहकै लागि हो, जसले कि हामीलाई अत्याचारीहरूबाट छुटकारा प्रदान गर्यो ।
Surah Al-Mumenoon, Verse 28


وَقُل رَّبِّ أَنزِلۡنِي مُنزَلٗا مُّبَارَكٗا وَأَنتَ خَيۡرُ ٱلۡمُنزِلِينَ

र त्यो पनि प्रार्थना गर्नु कि हे पालनकर्ता ! हामीलाई कल्याणकारी ठाउँमा उर्तानु र तिमी नै सबैभन्दा राम्रो उतार्नेवाला हौ ।
Surah Al-Mumenoon, Verse 29


إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ وَإِن كُنَّا لَمُبۡتَلِينَ

निःसन्देह यस (घटना) मा निशानीहरू छन् र हामीले त परीक्षा गर्नुछ ।
Surah Al-Mumenoon, Verse 30


ثُمَّ أَنشَأۡنَا مِنۢ بَعۡدِهِمۡ قَرۡنًا ءَاخَرِينَ

फेरि उनीहरू पश्चात हामीले अरु समुदायहरू पनि सृष्टि गर्यौं ।
Surah Al-Mumenoon, Verse 31


فَأَرۡسَلۡنَا فِيهِمۡ رَسُولٗا مِّنۡهُمۡ أَنِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۚ أَفَلَا تَتَّقُونَ

फेरि उनीहरूमध्येबाटै पैगम्बर सन्देष्टा पठायौं, कि तिमीहरू सबै अल्लाहको पूजा गर, उस बाहेक तिम्रो कोही पूज्य छैन । अनि के तिमी डर्दैनौ
Surah Al-Mumenoon, Verse 32


وَقَالَ ٱلۡمَلَأُ مِن قَوۡمِهِ ٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِلِقَآءِ ٱلۡأٓخِرَةِ وَأَتۡرَفۡنَٰهُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا مَا هَٰذَآ إِلَّا بَشَرٞ مِّثۡلُكُمۡ يَأۡكُلُ مِمَّا تَأۡكُلُونَ مِنۡهُ وَيَشۡرَبُ مِمَّا تَشۡرَبُونَ

अनि उनको समुदायका सरदारहरूले जो काफिर थिए र आखिरतको आगमनलाई झूठा ठान्दथे र जसलाई हामीले सांसारिक जीवनमा सुख प्रदान गरेका थियौं, तिनीहरूले जवाफ दिन थालेः कि यो त तिमी जस्तै एउटा मानिस हो । जुन किसिमले खाना तिमीले खान्छौ, त्यस्तै प्रकारको खाना यसले पनि खान्छ, र जुन पानी तिमी पिउँदछौ, त्यस्तै यसले पनि पिउँछ ।
Surah Al-Mumenoon, Verse 33


وَلَئِنۡ أَطَعۡتُم بَشَرٗا مِّثۡلَكُمۡ إِنَّكُمۡ إِذٗا لَّخَٰسِرُونَ

यदि तिमीले आफू जस्तै एउटा मानिसले भनेको मान्यौ भने तिमी धेरै घाटामा परिहाल्छौ ।
Surah Al-Mumenoon, Verse 34


أَيَعِدُكُمۡ أَنَّكُمۡ إِذَا مِتُّمۡ وَكُنتُمۡ تُرَابٗا وَعِظَٰمًا أَنَّكُم مُّخۡرَجُونَ

के यसले तिमीसित यस कुराको वचन गर्दछ कि जब तिमी मरेर हाँड र माटो भइहाल्छौ तब तिमी फेरि जिन्दा (जीवित) गरिने छौ
Surah Al-Mumenoon, Verse 35


۞هَيۡهَاتَ هَيۡهَاتَ لِمَا تُوعَدُونَ

होइन–होइन जुन कुराको तिमीलाई वचन दिइन्छ, त्यो धेरै धेरै टाढा छ ।
Surah Al-Mumenoon, Verse 36


إِنۡ هِيَ إِلَّا حَيَاتُنَا ٱلدُّنۡيَا نَمُوتُ وَنَحۡيَا وَمَا نَحۡنُ بِمَبۡعُوثِينَ

जिन्दगी भनेको यही हाम्रो संसारिक जीवन नै हो, हामी मर्दै र बाँच्दै रहनेछौं र हामी फेरि उठाइने छैनौं ।
Surah Al-Mumenoon, Verse 37


إِنۡ هُوَ إِلَّا رَجُلٌ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبٗا وَمَا نَحۡنُ لَهُۥ بِمُؤۡمِنِينَ

यो त यस्तो मान्छे हो जसले कि अल्लाहको बारेमा मनगढन्ते कुरा गर्दछ र यसको कुरामाथि हामीले ईमान ल्याउने छैनौं ।
Surah Al-Mumenoon, Verse 38


قَالَ رَبِّ ٱنصُرۡنِي بِمَا كَذَّبُونِ

(पैगम्बरले) भनेः कि पालनकर्ता ! उनीहरूले मलाई झूठा ठान्दछन्, तिमीले मेरो सहायता गर ।
Surah Al-Mumenoon, Verse 39


قَالَ عَمَّا قَلِيلٖ لَّيُصۡبِحُنَّ نَٰدِمِينَ

जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।
Surah Al-Mumenoon, Verse 40


فَأَخَذَتۡهُمُ ٱلصَّيۡحَةُ بِٱلۡحَقِّ فَجَعَلۡنَٰهُمۡ غُثَآءٗۚ فَبُعۡدٗا لِّلۡقَوۡمِ ٱلظَّـٰلِمِينَ

अन्ततः गत्वा न्यायको माँग अनुसार तिनीहरूलाई एउटा प्रचण्ड चित्कारले समातिहाल्यो र तिनीहरूलाई कूडा–करकट बनाइहाल्यौ । अतः धिक्कार छ यस्ता अत्याचारीहरूलाई ।
Surah Al-Mumenoon, Verse 41


ثُمَّ أَنشَأۡنَا مِنۢ بَعۡدِهِمۡ قُرُونًا ءَاخَرِينَ

अनि हामीले तिनीहरू पश्चात अन्य धेरै समुदायहरू (नस्ल)लाई सृष्टि गर्यौं ।
Surah Al-Mumenoon, Verse 42


مَا تَسۡبِقُ مِنۡ أُمَّةٍ أَجَلَهَا وَمَا يَسۡتَـٔۡخِرُونَ

न कुनै पनि समुदाय आफ्नो निर्धारित समयभन्दा अगाडि जान सक्तछ न पछाडि रहन सक्तछ ।
Surah Al-Mumenoon, Verse 43


ثُمَّ أَرۡسَلۡنَا رُسُلَنَا تَتۡرَاۖ كُلَّ مَا جَآءَ أُمَّةٗ رَّسُولُهَا كَذَّبُوهُۖ فَأَتۡبَعۡنَا بَعۡضَهُم بَعۡضٗا وَجَعَلۡنَٰهُمۡ أَحَادِيثَۚ فَبُعۡدٗا لِّقَوۡمٖ لَّا يُؤۡمِنُونَ

अनि हामीले (एकपछि अर्को) निरन्तर आफ्नो रसूलहरू पठायौं । जहिले पनि कुनै समुदायमा उसको रसूल आयो त्यसका मानिसहरूले त्यसलाई असत्य भने । अतः हामीले एकलाई अर्काको पछाडि (विनाशको लागि) लगाउँदै गर्यौं र हामीले उनीहरूलाई यस्तो गरिहाल्यौं, कि उनीहरू कथाहरूको रूपमा मात्र बाँकी रहे । तसर्थ धिक्कार छ तिनीहरूमाथि जसले ईमान ल्याउँदैनन् ।
Surah Al-Mumenoon, Verse 44


ثُمَّ أَرۡسَلۡنَا مُوسَىٰ وَأَخَاهُ هَٰرُونَ بِـَٔايَٰتِنَا وَسُلۡطَٰنٖ مُّبِينٍ

अनि हामीले ‘‘मूसा’’ र उनको भाइ ‘‘हारून’’ लाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाणहरू दिएर पठायौं ।
Surah Al-Mumenoon, Verse 45


إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦ فَٱسۡتَكۡبَرُواْ وَكَانُواْ قَوۡمًا عَالِينَ

फिरऔन र त्यसका सरदारहरूतिर तब उनीहरूले घमण्ड गरे, र उनीहरू अट्टेरी नै थिए ।
Surah Al-Mumenoon, Verse 46


فَقَالُوٓاْ أَنُؤۡمِنُ لِبَشَرَيۡنِ مِثۡلِنَا وَقَوۡمُهُمَا لَنَا عَٰبِدُونَ

(अनि तिनीहरू) भन्न थालेः कि के हामीले आफू जस्तै दुईजना मानिसहरूमाथि ईमान ल्याउँछौं, जबकि उनको समुदाय पनि हाम्रो अधीनमा छ ।
Surah Al-Mumenoon, Verse 47


فَكَذَّبُوهُمَا فَكَانُواْ مِنَ ٱلۡمُهۡلَكِينَ

अतः उनीहरूले ती दुईटैलाई झूठा भने र अन्तमा तिनीहरू पनि नष्ट हुनेहरूमा शम्मिलित भइहाले ।
Surah Al-Mumenoon, Verse 48


وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ لَعَلَّهُمۡ يَهۡتَدُونَ

र हामीले त मूसालाई किताब प्रदान गर्यौं ताकि उनीहरू सही मार्गदर्शन प्राप्त गर्न सकुन् ।
Surah Al-Mumenoon, Verse 49


وَجَعَلۡنَا ٱبۡنَ مَرۡيَمَ وَأُمَّهُۥٓ ءَايَةٗ وَءَاوَيۡنَٰهُمَآ إِلَىٰ رَبۡوَةٖ ذَاتِ قَرَارٖ وَمَعِينٖ

हामीले ‘‘मरियम’’ र उनको छोरा (ईसा) लाई एउटा निशानी बनाएका थियौं र उनीहरूलाई एउटा उच्च ठाउँमा जुन बस्न लायक थियो र जहाँ स्वच्छ पानी बगिराखेको थियो, त्यहाँ शरण प्रदान गर्यौं ।
Surah Al-Mumenoon, Verse 50


يَـٰٓأَيُّهَا ٱلرُّسُلُ كُلُواْ مِنَ ٱلطَّيِّبَٰتِ وَٱعۡمَلُواْ صَٰلِحًاۖ إِنِّي بِمَا تَعۡمَلُونَ عَلِيمٞ

हे पैगम्बरहरू ! पवित्र कुरा खाऊ र असल कर्म गर । जुन क्रियाकलाप तिमीले गर्दछौ, त्यो मलाई थाहा छ ।
Surah Al-Mumenoon, Verse 51


وَإِنَّ هَٰذِهِۦٓ أُمَّتُكُمۡ أُمَّةٗ وَٰحِدَةٗ وَأَنَا۠ رَبُّكُمۡ فَٱتَّقُونِ

तिम्रो यो धर्म निश्चितरूपले वास्तवमा एउटै धर्म हो । र म तिम्रो पालनकर्ता हूँ, तसर्थ मसित डर ।
Surah Al-Mumenoon, Verse 52


فَتَقَطَّعُوٓاْ أَمۡرَهُم بَيۡنَهُمۡ زُبُرٗاۖ كُلُّ حِزۡبِۭ بِمَا لَدَيۡهِمۡ فَرِحُونَ

किन्तु उनीहरूले स्वयम् आफ्नो काम (धर्म) लाई परस्पर टुक्रा–टुक्रा गरिहाले । प्रत्येक समूह त्यसैमा मग्न छ जुन उसको पासमा छ ।
Surah Al-Mumenoon, Verse 53


فَذَرۡهُمۡ فِي غَمۡرَتِهِمۡ حَتَّىٰ حِينٍ

तसर्थ तपाईले उनीहरूलाई एउटा निश्चित समयसम्म उनीहरूकै अज्ञानतामा रहनदिनुस् ।
Surah Al-Mumenoon, Verse 54


أَيَحۡسَبُونَ أَنَّمَا نُمِدُّهُم بِهِۦ مِن مَّالٖ وَبَنِينَ

के यिनीहरूले यो सम्झनछन् कि, हामीले जुन तिनीहरूको सन्तान र धन बढाइरहेका छौं ।
Surah Al-Mumenoon, Verse 55


نُسَارِعُ لَهُمۡ فِي ٱلۡخَيۡرَٰتِۚ بَل لَّا يَشۡعُرُونَ

त यो उनीहरूको हितको निम्ति शीघ्रता गरिराखेका छौं । होइन, बरु उनीहरूलाई यसको अनुभूति छैन ।
Surah Al-Mumenoon, Verse 56


إِنَّ ٱلَّذِينَ هُم مِّنۡ خَشۡيَةِ رَبِّهِم مُّشۡفِقُونَ

निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।
Surah Al-Mumenoon, Verse 57


وَٱلَّذِينَ هُم بِـَٔايَٰتِ رَبِّهِمۡ يُؤۡمِنُونَ

र जसले आफ्नो पालनकर्ताका प्रतीकहरूमाथि आस्था राख्दछन् ।
Surah Al-Mumenoon, Verse 58


وَٱلَّذِينَ هُم بِرَبِّهِمۡ لَا يُشۡرِكُونَ

र जसले आफ्नो पालनकर्तासित अरु कसैको साझेदारी ठहराउँदैनन् ।
Surah Al-Mumenoon, Verse 59


وَٱلَّذِينَ يُؤۡتُونَ مَآ ءَاتَواْ وَّقُلُوبُهُمۡ وَجِلَةٌ أَنَّهُمۡ إِلَىٰ رَبِّهِمۡ رَٰجِعُونَ

र जे दिन सक्दछन् दिन्छन् र उनीहरूको हृदय यस कुराबाट काम्ने गर्दछन् कि उनीहरूलाई आफ्नो पालनकर्तातिर फर्केर जानुछ ।
Surah Al-Mumenoon, Verse 60


أُوْلَـٰٓئِكَ يُسَٰرِعُونَ فِي ٱلۡخَيۡرَٰتِ وَهُمۡ لَهَا سَٰبِقُونَ

यी नै ती मानिसहरू हुन्, जसले भलोको काममा शीघ्रता गर्दछन् र यही त्यसमा अग्रसर रहनेवाला छन् ।
Surah Al-Mumenoon, Verse 61


وَلَا نُكَلِّفُ نَفۡسًا إِلَّا وُسۡعَهَاۚ وَلَدَيۡنَا كِتَٰبٞ يَنطِقُ بِٱلۡحَقِّ وَهُمۡ لَا يُظۡلَمُونَ

हामीले कुनैपनि व्यक्तिलाई उसको क्षमताभन्दा बढी कष्ट दिदैनौं । र हाम्रो साथमा यस्तो किताब छ जुन सत्य बोल्दछ र ती (मानिसहरू) माथि केही अत्याचार गरिनेछैन ।
Surah Al-Mumenoon, Verse 62


بَلۡ قُلُوبُهُمۡ فِي غَمۡرَةٖ مِّنۡ هَٰذَا وَلَهُمۡ أَعۡمَٰلٞ مِّن دُونِ ذَٰلِكَ هُمۡ لَهَا عَٰمِلُونَ

तर उनीहरका हृदय यी (कुराहर) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महर छन् जुन् कि यिनीहर गर्दै गर्नेछन् ।
Surah Al-Mumenoon, Verse 63


حَتَّىٰٓ إِذَآ أَخَذۡنَا مُتۡرَفِيهِم بِٱلۡعَذَابِ إِذَا هُمۡ يَجۡـَٔرُونَ

तर उनीहरूका हृदय यी (कुराहरू) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महरू छन् जुन् कि यिनीहरू गर्दै गर्नेछन् ।
Surah Al-Mumenoon, Verse 64


لَا تَجۡـَٔرُواْ ٱلۡيَوۡمَۖ إِنَّكُم مِّنَّا لَا تُنصَرُونَ

आज विलाप नगर, निश्चय नै तिमीले हाम्रो विरुद्ध कुनै सहायता पाउने छैनौ’’ ।
Surah Al-Mumenoon, Verse 65


قَدۡ كَانَتۡ ءَايَٰتِي تُتۡلَىٰ عَلَيۡكُمۡ فَكُنتُمۡ عَلَىٰٓ أَعۡقَٰبِكُمۡ تَنكِصُونَ

मेरा आयतहरू तिम्रो सामु पढेर सुनाइन्थे, तैपनि तिमीले उल्टै फर्किहाल्थ्यौ ।
Surah Al-Mumenoon, Verse 66


مُسۡتَكۡبِرِينَ بِهِۦ سَٰمِرٗا تَهۡجُرُونَ

अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।
Surah Al-Mumenoon, Verse 67


أَفَلَمۡ يَدَّبَّرُواْ ٱلۡقَوۡلَ أَمۡ جَآءَهُم مَّا لَمۡ يَأۡتِ ءَابَآءَهُمُ ٱلۡأَوَّلِينَ

के उनीहरूले यस कुरामाथि ध्यानै दिएनन् ? वा उनीहरू नजिक त्यो आयो जुन उनको बाबु बाजे नजिक आएको थिएन
Surah Al-Mumenoon, Verse 68


أَمۡ لَمۡ يَعۡرِفُواْ رَسُولَهُمۡ فَهُمۡ لَهُۥ مُنكِرُونَ

वा यिनीहरूले आफ्नो पैगम्बरलाई चिनेनन् यसकारण उसलाई मान्दैनन् ।
Surah Al-Mumenoon, Verse 69


أَمۡ يَقُولُونَ بِهِۦ جِنَّةُۢۚ بَلۡ جَآءَهُم بِٱلۡحَقِّ وَأَكۡثَرُهُمۡ لِلۡحَقِّ كَٰرِهُونَ

वा यो भन्छन् कि यो उन्मादी हो । जबकि उसले उनीहरूको सामु सत्य कुरा लिएर आएको छ । हो, उनीहरूमध्ये अधिकांशलाई सत्य अप्रिय छ ।
Surah Al-Mumenoon, Verse 70


وَلَوِ ٱتَّبَعَ ٱلۡحَقُّ أَهۡوَآءَهُمۡ لَفَسَدَتِ ٱلسَّمَٰوَٰتُ وَٱلۡأَرۡضُ وَمَن فِيهِنَّۚ بَلۡ أَتَيۡنَٰهُم بِذِكۡرِهِمۡ فَهُمۡ عَن ذِكۡرِهِم مُّعۡرِضُونَ

यदि सत्य, उनीहरूको इच्छाको पछि– पछि हिँड्ने भएको भए समस्त आकाश र धर्ती र जे जति उनीहरूको बीचमा छ, सबैमा विगार उत्पन्न भइहाल्ने थियो । होइन, बरु सत्य यो हो कि हामीले उनीहरूको सामु उनीहरूको (भागको) उपदेश पुर्याइदिएका छौं । तर उनीहरू आफ्नो उपदेशबाट मुख फर्काइरहेका छन् ।
Surah Al-Mumenoon, Verse 71


أَمۡ تَسۡـَٔلُهُمۡ خَرۡجٗا فَخَرَاجُ رَبِّكَ خَيۡرٞۖ وَهُوَ خَيۡرُ ٱلرَّـٰزِقِينَ

के तपाईले उनीहरूसित केही पारिश्रमिक माँगी रहनुभएको छ ? यादराख्नुस् तपाईको स्वामीबाट प्रदान गरिएको कुरा नै उत्तम छ र त्यो सबभन्दा राम्रो जीविका प्रदान गर्नेवाला हो ।
Surah Al-Mumenoon, Verse 72


وَإِنَّكَ لَتَدۡعُوهُمۡ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

र वास्तवमा तपाईले उनीहरूलाई सोझो मार्गमा बोलाइरहनु भएको छ ।
Surah Al-Mumenoon, Verse 73


وَإِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ عَنِ ٱلصِّرَٰطِ لَنَٰكِبُونَ

निश्चितरूपले जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् उनीहरू यस मार्गबाट विचलित भई हिड्नेवाला छन् ।
Surah Al-Mumenoon, Verse 74


۞وَلَوۡ رَحِمۡنَٰهُمۡ وَكَشَفۡنَا مَا بِهِم مِّن ضُرّٖ لَّلَجُّواْ فِي طُغۡيَٰنِهِمۡ يَعۡمَهُونَ

र यदि हामीले उनीहरमाथि दया गथ्र्यौ र उनीहरको कष्ट हटायांै भने उनीहर आफ्नो अट्टेरीपनामा अरु बहकी रहनेछन् ।
Surah Al-Mumenoon, Verse 75


وَلَقَدۡ أَخَذۡنَٰهُم بِٱلۡعَذَابِ فَمَا ٱسۡتَكَانُواْ لِرَبِّهِمۡ وَمَا يَتَضَرَّعُونَ

यद्यपि हामीले उनीहरूलाई यातनामा समात्यौं तैपनि उनीहरू न आफ्नो पालनकर्ताको अगाडि नतमस्तक भए नत उनीहरू याचना नै गरे ।
Surah Al-Mumenoon, Verse 76


حَتَّىٰٓ إِذَا فَتَحۡنَا عَلَيۡهِم بَابٗا ذَا عَذَابٖ شَدِيدٍ إِذَا هُمۡ فِيهِ مُبۡلِسُونَ

यहाँसम्म कि हामीले जब उनीहरूमाथि तीव्र सजायको ढोका खोलिदियौं तब त्यसबेला उनीहरू निराश भइहाले ।
Surah Al-Mumenoon, Verse 77


وَهُوَ ٱلَّذِيٓ أَنشَأَ لَكُمُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَٱلۡأَفۡـِٔدَةَۚ قَلِيلٗا مَّا تَشۡكُرُونَ

र त्यही अल्लाह हो जसले तिम्रो लागि कान र आँखाहरू तथा हृदयहरू बनायो । तर तिमीले थोरै कृतज्ञता प्रकट गर्दछौ ।
Surah Al-Mumenoon, Verse 78


وَهُوَ ٱلَّذِي ذَرَأَكُمۡ فِي ٱلۡأَرۡضِ وَإِلَيۡهِ تُحۡشَرُونَ

र उही त हो जसले तिमीलाई सृष्टि गरेर पृथ्वीमा फैलाइदियो र उसैतिर तिमी एकत्रित गरिने छौ ।
Surah Al-Mumenoon, Verse 79


وَهُوَ ٱلَّذِي يُحۡيِۦ وَيُمِيتُ وَلَهُ ٱخۡتِلَٰفُ ٱلَّيۡلِ وَٱلنَّهَارِۚ أَفَلَا تَعۡقِلُونَ

र उही हो जसले जीवन प्रदान गर्दछ, र मृत्यु दिन्छ र एकपछि अर्को आउने रात र दिन उसैको अधिकारमा छ, के तिमीले बुझ्दैनौ
Surah Al-Mumenoon, Verse 80


بَلۡ قَالُواْ مِثۡلَ مَا قَالَ ٱلۡأَوَّلُونَ

कुरा यो छ कि जुन कुरा अघिकाले भन्दथे, उस्तै प्रकारको कुरा यिनीहरूले पनि भन्दछन् ।
Surah Al-Mumenoon, Verse 81


قَالُوٓاْ أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابٗا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ

(भन्दछन्ः) कि जब हामी मरेर माटो र हड्डीहरू भइहाल्नेछौं तै पनि के हामी फेरि उठाइने छौं र
Surah Al-Mumenoon, Verse 82


لَقَدۡ وُعِدۡنَا نَحۡنُ وَءَابَآؤُنَا هَٰذَا مِن قَبۡلُ إِنۡ هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ

यो वाचा हामीसित र हामीभन्दा पहिला हाम्रा बाबु बाजेहरूसित पनि हुँदै आएको छ, यो त मात्र अघिका मानिसहरूका कथाहरू हुन् ।
Surah Al-Mumenoon, Verse 83


قُل لِّمَنِ ٱلۡأَرۡضُ وَمَن فِيهَآ إِن كُنتُمۡ تَعۡلَمُونَ

सोध्नुस् त जमिन, र जेजति जमिनमा छन् (सबै) कसका सम्पत्ति हुन् बताऊ यदि थाह छ
Surah Al-Mumenoon, Verse 84


سَيَقُولُونَ لِلَّهِۚ قُلۡ أَفَلَا تَذَكَّرُونَ

तुरुन्त जवाफ दिनेछन्ः कि अल्लाहको । भन्नुस् त्यसो भए तिमी किन उपदेश मान्दैनौ
Surah Al-Mumenoon, Verse 85


قُلۡ مَن رَّبُّ ٱلسَّمَٰوَٰتِ ٱلسَّبۡعِ وَرَبُّ ٱلۡعَرۡشِ ٱلۡعَظِيمِ

सोध्नुस् किः सात आकाशहरूको स्वामी को हो र महान सत्तासनको मालिक को हो
Surah Al-Mumenoon, Verse 86


سَيَقُولُونَ لِلَّهِۚ قُلۡ أَفَلَا تَتَّقُونَ

उनीहरूले जवाफ दिनेछन्ः कि अल्लाह नै हो, भन्नुस् कि त्यसो भए किन डर मान्दैनौ
Surah Al-Mumenoon, Verse 87


قُلۡ مَنۢ بِيَدِهِۦ مَلَكُوتُ كُلِّ شَيۡءٖ وَهُوَ يُجِيرُ وَلَا يُجَارُ عَلَيۡهِ إِن كُنتُمۡ تَعۡلَمُونَ

सोध्नुस् कि यदि तिमी जान्दछौ भने भनकि त्यो कोहो जसको हातमा हरेक कुराको आधिपत्य छ र उसले शरण दिन्छ र उसको दाँजोमा कसैले कसैलाई शरण दिन सक्दैन ।
Surah Al-Mumenoon, Verse 88


سَيَقُولُونَ لِلَّهِۚ قُلۡ فَأَنَّىٰ تُسۡحَرُونَ

यही जवाफ दिनेछन्ः कि अल्लाह नै हो । भन्नुस् किः त्यसो भए तिमीमाथि जादू कहाँबाट चल्छ
Surah Al-Mumenoon, Verse 89


بَلۡ أَتَيۡنَٰهُم بِٱلۡحَقِّ وَإِنَّهُمۡ لَكَٰذِبُونَ

सत्य यो छ कि हामीले उनीहरूको सामु सत्य कुरा पुर्याइदिएका छौं र यिनीहरू निःसन्देह झूठा छन् ।
Surah Al-Mumenoon, Verse 90


مَا ٱتَّخَذَ ٱللَّهُ مِن وَلَدٖ وَمَا كَانَ مَعَهُۥ مِنۡ إِلَٰهٍۚ إِذٗا لَّذَهَبَ كُلُّ إِلَٰهِۭ بِمَا خَلَقَ وَلَعَلَا بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٖۚ سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يَصِفُونَ

अल्लाहले नत कसैलाई छोरा बनाएको छ र नत उसको साथमा अरु कोही पूज्य छ, अन्यथा प्रत्येक पूज्यले आफ्नो सृष्टिलाई लिएर अलग अलग हिड्ने थियो, र प्रत्येक एक अर्कामाथि आक्रमण गरिहाल्थ्यो । महान र उच्च छ अल्लाह ती कुराहरूबाट जुन उनीहरूले वर्णन गर्छन ।
Surah Al-Mumenoon, Verse 91


عَٰلِمِ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ فَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ

ऊ लुकेको र प्रकट कुरा जान्दछ र जो उसको साथमा अन्यलाई साझेदार ठहराउँदछन् त्यसभन्दा ऊ उच्च छ ।
Surah Al-Mumenoon, Verse 92


قُل رَّبِّ إِمَّا تُرِيَنِّي مَا يُوعَدُونَ

(हे मुहम्मद !) तपाईले प्रार्थना गर्नुस् कि हे पालनकर्ता ! जुन (सजाय) को वचन यिनीहरूसित भएको छ, यदि तिमीले मेरो जिन्दगीमा नै उनीहरूमाथि उतारेर देखाउँछौ ।
Surah Al-Mumenoon, Verse 93


رَبِّ فَلَا تَجۡعَلۡنِي فِي ٱلۡقَوۡمِ ٱلظَّـٰلِمِينَ

भने हे पालनकर्ता ! मलाई यी अत्याचारीहरूको समूहमा शम्मिलित नगर्नु ।
Surah Al-Mumenoon, Verse 94


وَإِنَّا عَلَىٰٓ أَن نُّرِيَكَ مَا نَعِدُهُمۡ لَقَٰدِرُونَ

निश्चय नै हामी यस कुराको सामथ्र्य राख्दछौं कि हामीले उनीहरूसित जुन वचन गरिराखेका छौं त्यो तपाईलाई देखाइहालौं ।
Surah Al-Mumenoon, Verse 95


ٱدۡفَعۡ بِٱلَّتِي هِيَ أَحۡسَنُ ٱلسَّيِّئَةَۚ نَحۡنُ أَعۡلَمُ بِمَا يَصِفُونَ

र नराम्रो कुराको उत्तरमा यस्तो कुरा भन जुनकि धेरै राम्रो होस् यिनीहरूले जेजति वर्णन गर्छन हामीलाई सबै थाहा छ ।
Surah Al-Mumenoon, Verse 96


وَقُل رَّبِّ أَعُوذُ بِكَ مِنۡ هَمَزَٰتِ ٱلشَّيَٰطِينِ

र भन्नुस् हे पालनकर्ता म शैतानहरूको उकसाहटबाट तिम्रो शरण चाहन्छु ।
Surah Al-Mumenoon, Verse 97


وَأَعُوذُ بِكَ رَبِّ أَن يَحۡضُرُونِ

हे पालनकर्ता ! यसकारण पनि तिम्रो शरण माँग्दछु ताकि तिनीहरू मेरो सामु उपस्थित नहोउन् ।
Surah Al-Mumenoon, Verse 98


حَتَّىٰٓ إِذَا جَآءَ أَحَدَهُمُ ٱلۡمَوۡتُ قَالَ رَبِّ ٱرۡجِعُونِ

यहाँसम्म कि जब उनीबाट कसैको मृत्यु नजिक हुन्छ त भन्छन्ः मेरो पालनकर्ता मलाई फर्काइदेऊ ।
Surah Al-Mumenoon, Verse 99


لَعَلِّيٓ أَعۡمَلُ صَٰلِحٗا فِيمَا تَرَكۡتُۚ كَلَّآۚ إِنَّهَا كَلِمَةٌ هُوَ قَآئِلُهَاۖ وَمِن وَرَآئِهِم بَرۡزَخٌ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ

ताकि जुन (संसार)लाई म छोडेर आएको छु त्यसमा म राम्रो काम गरूँ, कदापि यस्तो हुनेछैन । यो त खाली एउटा कुरा हो जुन उसले भन्नेछ (त्यो पूरा हुनेछैन) र उनीहरूको पछाडि एक प्रकारको पर्दा छ, त्यो दिनसम्म जबकि पुनः उठाइनेछन् ।
Surah Al-Mumenoon, Verse 100


فَإِذَا نُفِخَ فِي ٱلصُّورِ فَلَآ أَنسَابَ بَيۡنَهُمۡ يَوۡمَئِذٖ وَلَا يَتَسَآءَلُونَ

अनि जब सूर फूँकिन्छ, तब त्यहाँ तिनीहरूमा नत रिश्ता, नातेदारी रहनेछ नत एक अर्काबीच सोधपूछ ।
Surah Al-Mumenoon, Verse 101


فَمَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ

जसको कर्मको भार गर्हुङ्गो हुनेछ, उनीहरू सफलता प्राप्त गर्नेछन् ।
Surah Al-Mumenoon, Verse 102


وَمَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ فَأُوْلَـٰٓئِكَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ فِي جَهَنَّمَ خَٰلِدُونَ

र जसको भार हर्लुङ्गो हुनेछ, उनीहरू त्यस्ता मानिस हुन् जसले आफूलाई हानिमा पारे, सधैंको लागि नर्कमा रहनेछन् ।
Surah Al-Mumenoon, Verse 103


تَلۡفَحُ وُجُوهَهُمُ ٱلنَّارُ وَهُمۡ فِيهَا كَٰلِحُونَ

आगोले उनीहरूको अनुहारलाई पोलिरहने छ, र त्यसमा उनीहरूको अनुहार विकृत भइराखेका हुन्छन् ।
Surah Al-Mumenoon, Verse 104


أَلَمۡ تَكُنۡ ءَايَٰتِي تُتۡلَىٰ عَلَيۡكُمۡ فَكُنتُم بِهَا تُكَذِّبُونَ

के तिम्रो अगाडी मेरा आयतहरू पढेर सुनाइन्नथे ? र तैपनि तिमीले तिनलाई झूठो मान्थ्यो ।
Surah Al-Mumenoon, Verse 105


قَالُواْ رَبَّنَا غَلَبَتۡ عَلَيۡنَا شِقۡوَتُنَا وَكُنَّا قَوۡمٗا ضَآلِّينَ

(तिनीहरू) भन्नेछन, हे हाम्रो पालनकर्ता । हाम्रो दुर्भाग्य हामीमाथि प्रभावित भयो र हामी पथविचलित मानिस थियौं ।
Surah Al-Mumenoon, Verse 106


رَبَّنَآ أَخۡرِجۡنَا مِنۡهَا فَإِنۡ عُدۡنَا فَإِنَّا ظَٰلِمُونَ

हे हाम्रो पालनकर्ता ! हामीलाई यहाँबाट मुक्ति देऊ अनि यदि तैपनि हामीले पुनः यस्तो गर्छौं भने निश्चय नै हामी अत्याचारी हुनेछौं ।
Surah Al-Mumenoon, Verse 107


قَالَ ٱخۡسَـُٔواْ فِيهَا وَلَا تُكَلِّمُونِ

अल्लाहबाट आदेश हुनेछ, कि यसैमा तिरस्कृत भई बसिराख र मसित कुरा नगर ।
Surah Al-Mumenoon, Verse 108


إِنَّهُۥ كَانَ فَرِيقٞ مِّنۡ عِبَادِي يَقُولُونَ رَبَّنَآ ءَامَنَّا فَٱغۡفِرۡ لَنَا وَٱرۡحَمۡنَا وَأَنتَ خَيۡرُ ٱلرَّـٰحِمِينَ

मेरा भक्तहरूमा केही यस्ता मानिसहरू थिए जसले भन्दैथिएः कि हे हाम्रो पालनकर्ता हामीहरूले ईमान ल्याइसकेका छौं तिमीले हामीलाई क्षमा गरिदेऊ, र हामीमाथि दया गर र तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
Surah Al-Mumenoon, Verse 109


فَٱتَّخَذۡتُمُوهُمۡ سِخۡرِيًّا حَتَّىٰٓ أَنسَوۡكُمۡ ذِكۡرِي وَكُنتُم مِّنۡهُمۡ تَضۡحَكُونَ

तर तिमीले उनको उपहास गर्यौ, यहाँसम्म कि उनको कारण तिमीले मेरो सम्झना पनि बिर्सिहाल्यौ र तिमीेले उनीमाथि हाँस्दै गर्यौ ।
Surah Al-Mumenoon, Verse 110


إِنِّي جَزَيۡتُهُمُ ٱلۡيَوۡمَ بِمَا صَبَرُوٓاْ أَنَّهُمۡ هُمُ ٱلۡفَآئِزُونَ

आज मैले उनीहरूको धैर्यको प्रतिफल प्रदान गरेकोछु । उनीहरू आफ्नो लक्ष्य प्राप्त गरेका छन् ।
Surah Al-Mumenoon, Verse 111


قَٰلَ كَمۡ لَبِثۡتُمۡ فِي ٱلۡأَرۡضِ عَدَدَ سِنِينَ

अल्लाह सोध्नेछः कि तिमी धर्तीमा कति वर्ष बस्यौ
Surah Al-Mumenoon, Verse 112


قَالُواْ لَبِثۡنَا يَوۡمًا أَوۡ بَعۡضَ يَوۡمٖ فَسۡـَٔلِ ٱلۡعَآدِّينَ

उनीहरूले भन्नेछन् कि हामी एक दिन वा एकदिनभन्दा पनि कम बस्यौं । गणना गर्नेवालाहरूसित सोधिहाल्नुस् ।
Surah Al-Mumenoon, Verse 113


قَٰلَ إِن لَّبِثۡتُمۡ إِلَّا قَلِيلٗاۖ لَّوۡ أَنَّكُمۡ كُنتُمۡ تَعۡلَمُونَ

अल्लाहले भन्नेछः कि (त्यहाँ) तिमी साह्रै नै कम बस्यौं । कति राम्रो हुनेथियो यदि तिमीले जानेको भए ।
Surah Al-Mumenoon, Verse 114


أَفَحَسِبۡتُمۡ أَنَّمَا خَلَقۡنَٰكُمۡ عَبَثٗا وَأَنَّكُمۡ إِلَيۡنَا لَا تُرۡجَعُونَ

के तिमीले यो ठानेका छौ, कि हामीले तिमीलाई व्यर्थमा सृष्टि गरेका छौं र यो कि तिमीलाई हामीतिर फर्काइनेछैन
Surah Al-Mumenoon, Verse 115


فَتَعَٰلَى ٱللَّهُ ٱلۡمَلِكُ ٱلۡحَقُّۖ لَآ إِلَٰهَ إِلَّا هُوَ رَبُّ ٱلۡعَرۡشِ ٱلۡكَرِيمِ

अल्लाह, सच्चा सम्राट हो ऊ धेरै उच्च छ । उसबाहेक कोही अन्य सत्य पूज्य छैन, उही स्वामी हो, महिमाशाली सिंहासनको ।
Surah Al-Mumenoon, Verse 116


وَمَن يَدۡعُ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ لَا بُرۡهَٰنَ لَهُۥ بِهِۦ فَإِنَّمَا حِسَابُهُۥ عِندَ رَبِّهِۦٓۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلۡكَٰفِرُونَ

जोसुकै व्यक्तिले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दछ, जसको बारेमा उसको साथमा कुनै प्रमाण छैन, त उसको हिसाब उसको पालनकर्तासित छ । निश्चय नै अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन् ।
Surah Al-Mumenoon, Verse 117


وَقُل رَّبِّ ٱغۡفِرۡ وَٱرۡحَمۡ وَأَنتَ خَيۡرُ ٱلرَّـٰحِمِينَ

र भन्नुस् कि हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदिनुस् र दया गर्नुस् तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
Surah Al-Mumenoon, Verse 118


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 22
>> Surah 24

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai