UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah An-Noor - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


سُورَةٌ أَنزَلۡنَٰهَا وَفَرَضۡنَٰهَا وَأَنزَلۡنَا فِيهَآ ءَايَٰتِۭ بَيِّنَٰتٖ لَّعَلَّكُمۡ تَذَكَّرُونَ

यो एउटा सूरः हो जसलाई हामीले अवतरित गरेका छौं र यसलाई हामीले अनिवार्य गरेका छौं, र यसमा हामीले स्पष्ट आयतहरू अवतरित गरेका छौं, ताकि तिमीले शिक्षा ग्रहण गर ।
Surah An-Noor, Verse 1


ٱلزَّانِيَةُ وَٱلزَّانِي فَٱجۡلِدُواْ كُلَّ وَٰحِدٖ مِّنۡهُمَا مِاْئَةَ جَلۡدَةٖۖ وَلَا تَأۡخُذۡكُم بِهِمَا رَأۡفَةٞ فِي دِينِ ٱللَّهِ إِن كُنتُمۡ تُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۖ وَلۡيَشۡهَدۡ عَذَابَهُمَا طَآئِفَةٞ مِّنَ ٱلۡمُؤۡمِنِينَ

व्यभिचारिणी र व्यभिचारी, स्त्री, पुरुष यी दुवैलाई सय–सय कोर्रा हान र अल्लाहको धर्मको विषयमा तिमीलाई दया नआओस्, यदि तिमी अल्लाह र अन्तिम दिनलाई मान्दछौ, र उनीहरूलाई दण्ड दिने बेलामा मुस्लिमहरूको एक समूह त्यहाँ उपस्थित हुनुपर्छ ।
Surah An-Noor, Verse 2


ٱلزَّانِي لَا يَنكِحُ إِلَّا زَانِيَةً أَوۡ مُشۡرِكَةٗ وَٱلزَّانِيَةُ لَا يَنكِحُهَآ إِلَّا زَانٍ أَوۡ مُشۡرِكٞۚ وَحُرِّمَ ذَٰلِكَ عَلَى ٱلۡمُؤۡمِنِينَ

व्यभिचारी मानिस कुनै व्यभिचारिणी वा बहुदेववादी (मुश्रिक) स्त्रीसित नै विवाहको सम्बन्ध जोड्दछ, र यसैप्रकार व्यभिचारिणी स्त्री कुनै व्यभिचारी वा बहुदेववादी पुरुषसंग मात्र आफ्नो विवाहको सम्बन्ध जोड्दछे, र मोमिनहरूको लागि यी दुबै हराम गरिदिइएका छन् ।
Surah An-Noor, Verse 3


وَٱلَّذِينَ يَرۡمُونَ ٱلۡمُحۡصَنَٰتِ ثُمَّ لَمۡ يَأۡتُواْ بِأَرۡبَعَةِ شُهَدَآءَ فَٱجۡلِدُوهُمۡ ثَمَٰنِينَ جَلۡدَةٗ وَلَا تَقۡبَلُواْ لَهُمۡ شَهَٰدَةً أَبَدٗاۚ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ

र जुन मानिसहरूले सच्चरित्र र पवित्र स्त्रीहरूमाथि व्यभिचारको दोषारोपण गर्दछन् अनि चारजना साक्षीहरू जुटाउन सक्दैनन् भने उनीहरूलाई अस्सी कोर्रा हान, र उनीहरूलाई साक्षीको रूपमा कहिल्यै स्वीकार नगर, तिनै हुन् जो अवज्ञाकारी छन् ।
Surah An-Noor, Verse 4


إِلَّا ٱلَّذِينَ تَابُواْ مِنۢ بَعۡدِ ذَٰلِكَ وَأَصۡلَحُواْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

तर ती मानिसहरू जसले यस पश्चात तौबा (प्रायश्चित) गर्दछन् र सुधार गर्छन । त अल्लाह धेरै क्षमाशील अत्यन्त दयावान छ ।
Surah An-Noor, Verse 5


وَٱلَّذِينَ يَرۡمُونَ أَزۡوَٰجَهُمۡ وَلَمۡ يَكُن لَّهُمۡ شُهَدَآءُ إِلَّآ أَنفُسُهُمۡ فَشَهَٰدَةُ أَحَدِهِمۡ أَرۡبَعُ شَهَٰدَٰتِۭ بِٱللَّهِ إِنَّهُۥ لَمِنَ ٱلصَّـٰدِقِينَ

र जुन मानिसहरू आफ्नो श्रीमतीमाथि व्यभिचारको दोषारोपण गर्दछन् र उनीहरूको सामु स्वयम् उनीहरू बाहेक साक्षीहरू छैनन् भने, उनीहरूमध्येबाट एउटाले (पति) चार पटक अल्लाहको शपथ खाएर यो गवाही देओस् कि त्यो बिल्कुलै सत्य छ ।
Surah An-Noor, Verse 6


وَٱلۡخَٰمِسَةُ أَنَّ لَعۡنَتَ ٱللَّهِ عَلَيۡهِ إِن كَانَ مِنَ ٱلۡكَٰذِبِينَ

र पाँचौं पटक गवाही देओस् कि यदि त्यो असत्य भए त्यसमाथि अल्लाहको तिरस्कार होस् ।
Surah An-Noor, Verse 7


وَيَدۡرَؤُاْ عَنۡهَا ٱلۡعَذَابَ أَن تَشۡهَدَ أَرۡبَعَ شَهَٰدَٰتِۭ بِٱللَّهِ إِنَّهُۥ لَمِنَ ٱلۡكَٰذِبِينَ

र पत्नीबाट पनि यो कुराले सजाय हटाउन सकिन्छ, कि त्यसले चार पटक अल्लाहको शपथ खाएर गवाही देओस् कि उसको पति झूठ बोल्दछ ।
Surah An-Noor, Verse 8


وَٱلۡخَٰمِسَةَ أَنَّ غَضَبَ ٱللَّهِ عَلَيۡهَآ إِن كَانَ مِنَ ٱلصَّـٰدِقِينَ

र पाँचौं पटक यो भनोस्ः कि उसमाथि (स्त्रीमाथि) अल्लाहको प्रकोप होस् यदि उसको (पति) सत्य छ भने ।
Surah An-Noor, Verse 9


وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ وَأَنَّ ٱللَّهَ تَوَّابٌ حَكِيمٌ

यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए (तिमी संकटमा परिहाल्थ्यौ) र अल्लाह तौबा (प्रयश्चित) स्वीकार गर्नेवाला अत्यन्त सूक्ष्मदर्शी छ ।
Surah An-Noor, Verse 10


إِنَّ ٱلَّذِينَ جَآءُو بِٱلۡإِفۡكِ عُصۡبَةٞ مِّنكُمۡۚ لَا تَحۡسَبُوهُ شَرّٗا لَّكُمۖ بَلۡ هُوَ خَيۡرٞ لَّكُمۡۚ لِكُلِّ ٱمۡرِيٕٖ مِّنۡهُم مَّا ٱكۡتَسَبَ مِنَ ٱلۡإِثۡمِۚ وَٱلَّذِي تَوَلَّىٰ كِبۡرَهُۥ مِنۡهُمۡ لَهُۥ عَذَابٌ عَظِيمٞ

जुन मानिसहरूले यो ठूलो लान्छना रचेका छन् उनीहरू पनि तिमीमध्येको एउटा समूह हुन् । तिमीले त्यसलाई आफ्नो निम्ति नराम्रो नठान, बरु त्यो त तिम्रो निम्ति राम्रै छ, तर तिनीहरूमध्ये प्रत्येकको निम्ति त्यति नै पापको भाग छ जति पाप उसले गरेको छ, र उनीहरूमध्येबाट जुन व्यक्तिले उसको ठूलो भाग आफूले सम्पन्न गरेको छ उसको निम्ति ठूलो सजाय पनि छ ।
Surah An-Noor, Verse 11


لَّوۡلَآ إِذۡ سَمِعۡتُمُوهُ ظَنَّ ٱلۡمُؤۡمِنُونَ وَٱلۡمُؤۡمِنَٰتُ بِأَنفُسِهِمۡ خَيۡرٗا وَقَالُواْ هَٰذَآ إِفۡكٞ مُّبِينٞ

यो सुन्ने वित्तिकै मोमिन पुरुष र महिलाले किन आफ्नो हृदयमा राम्रो ठानेनन् र किन भनेनन् कि यो त स्पष्टरूपले आक्षेप हो
Surah An-Noor, Verse 12


لَّوۡلَا جَآءُو عَلَيۡهِ بِأَرۡبَعَةِ شُهَدَآءَۚ فَإِذۡ لَمۡ يَأۡتُواْ بِٱلشُّهَدَآءِ فَأُوْلَـٰٓئِكَ عِندَ ٱللَّهِ هُمُ ٱلۡكَٰذِبُونَ

यो असत्य कुरा (रच्ने) मानिसहरू आफ्नो कुराको (वास्तविकताको) निम्ति चारजना साक्षी किन ल्याएनन्, र जब यिनले साक्षी ल्याउन सकेनन् त यी दोषारोपण गर्नेहरू अल्लाहको नजिक झूठा हुन् ।
Surah An-Noor, Verse 13


وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ لَمَسَّكُمۡ فِي مَآ أَفَضۡتُمۡ فِيهِ عَذَابٌ عَظِيمٌ

यदि दुनियाँ र आखिरतमा तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, निःसन्देह, जुन काममा तिमीहरू लागेका थियौं, त्यसको कारणले तिमीमाथि ठूलो सजाय अवतरित हुने थियो ।
Surah An-Noor, Verse 14


إِذۡ تَلَقَّوۡنَهُۥ بِأَلۡسِنَتِكُمۡ وَتَقُولُونَ بِأَفۡوَاهِكُم مَّا لَيۡسَ لَكُم بِهِۦ عِلۡمٞ وَتَحۡسَبُونَهُۥ هَيِّنٗا وَهُوَ عِندَ ٱللَّهِ عَظِيمٞ

जब तिमी एक अर्कासित त्यस (झूठ) लाई आफ्नो मुखले चर्चा परिचर्चा गरिराखेका थियौ र तिमी आफ्नो मुखबाट त्यो सबै कुरा भन्दै गइराखेका थियौ, जसको विषयमा तिमीलाई कुनै ज्ञान थिएन र यद्यपि तिमीले त्यसलाई एउटा साधारण कुरा ठानिराखेका थियौ, तर अल्लाहको निकट, त्यो एउटा गम्भीर कुरो थियो ।
Surah An-Noor, Verse 15


وَلَوۡلَآ إِذۡ سَمِعۡتُمُوهُ قُلۡتُم مَّا يَكُونُ لَنَآ أَن نَّتَكَلَّمَ بِهَٰذَا سُبۡحَٰنَكَ هَٰذَا بُهۡتَٰنٌ عَظِيمٞ

तिमीले त्यस्तो कुरा सुन्ने वित्तिकै किन भनेनौ कि हामीलाई उचित छैनकि हामी यस्ता कुरा मुखबाट निकालौं । महान र उच्च हौ, तिमी हे अल्लाह ! यो त एउटा ठूलो दोषारोपण हो
Surah An-Noor, Verse 16


يَعِظُكُمُ ٱللَّهُ أَن تَعُودُواْ لِمِثۡلِهِۦٓ أَبَدًا إِن كُنتُم مُّؤۡمِنِينَ

अल्लाहले तिमीलाई उपदेश गर्दछ कि पुनः कहिल्यै त्यसो नगर्नु यदि तिमी मोमिन हौ भने ।
Surah An-Noor, Verse 17


وَيُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِۚ وَٱللَّهُ عَلِيمٌ حَكِيمٌ

अल्लाहले आफ्नो आयतहरूलाई तिम्रो सामु स्पष्टरूपले वर्णन गर्दैछ । र अल्लाह त सर्वज्ञ सूक्ष्मदर्शी छ ।
Surah An-Noor, Verse 18


إِنَّ ٱلَّذِينَ يُحِبُّونَ أَن تَشِيعَ ٱلۡفَٰحِشَةُ فِي ٱلَّذِينَ ءَامَنُواْ لَهُمۡ عَذَابٌ أَلِيمٞ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ

जुन मानिसहरूले मुस्लिमहरूमा अश्लीलता (निर्लज्जता) फैलाउन चाहन्छन् उनीहरूको निम्ति दुनियाँ र आखिरतमा (लोक–परलोकमा) दुखद् यातना छ । र अल्लाह सबै जान्दछ र तिमी केही जान्दैनौ ।
Surah An-Noor, Verse 19


وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ وَأَنَّ ٱللَّهَ رَءُوفٞ رَّحِيمٞ

यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए र यो कि अल्लाह बडो करुणामय अत्यन्त दयावान छ । (त तिमीमाथि यातना अवतरित हुने थियो) ।
Surah An-Noor, Verse 20


۞يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ وَمَن يَتَّبِعۡ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِ فَإِنَّهُۥ يَأۡمُرُ بِٱلۡفَحۡشَآءِ وَٱلۡمُنكَرِۚ وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ مَا زَكَىٰ مِنكُم مِّنۡ أَحَدٍ أَبَدٗا وَلَٰكِنَّ ٱللَّهَ يُزَكِّي مَن يَشَآءُۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٞ

मोमिनहरू ! शैतानका पाइलाहरूमा (बाटोमा) नहिड्नु र जुन व्यक्ति शैतानको पाइलाको अनुशरण गर्दछ भने उसले त निर्लज्जताका कुराहरू र नराम्रा कामहरू नै बताउनेछ । र यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए तिमीमध्ये कसैले पनि पवित्रतालाई प्राप्त गर्न सक्दैनथ्यो, तर अल्लाह जसलाई पवित्र गर्न चाहन्छ गरिदिन्छ र अल्लाह सुन्नेवाला र जान्नेवाला छ ।
Surah An-Noor, Verse 21


وَلَا يَأۡتَلِ أُوْلُواْ ٱلۡفَضۡلِ مِنكُمۡ وَٱلسَّعَةِ أَن يُؤۡتُوٓاْ أُوْلِي ٱلۡقُرۡبَىٰ وَٱلۡمَسَٰكِينَ وَٱلۡمُهَٰجِرِينَ فِي سَبِيلِ ٱللَّهِۖ وَلۡيَعۡفُواْ وَلۡيَصۡفَحُوٓاْۗ أَلَا تُحِبُّونَ أَن يَغۡفِرَ ٱللَّهُ لَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٌ

तिमीमध्ये जो गुणी र समाथ्र्यवान छन् उनीहरूलाई आफ्नो नातेदार, निमुखा, गरिब र अल्लाहको मार्गमा घरबार छाड्नेहरूलाई सहयोग दिनुबाट पन्छिने काम गर्नुहुँदैन, बरु उनीहरूलाई आवश्यक छ कि क्षमा गरिदेउन् र उनीहरूको त्रुटिको वास्ता नगरुन । के तिमी यो चाहदैनौं कि अल्लाहले तिमीलाई क्षमा गरोस् ? अल्लाह गल्तीहरूलाई माफी दिने अत्यन्त दयावान छ
Surah An-Noor, Verse 22


إِنَّ ٱلَّذِينَ يَرۡمُونَ ٱلۡمُحۡصَنَٰتِ ٱلۡغَٰفِلَٰتِ ٱلۡمُؤۡمِنَٰتِ لُعِنُواْ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَلَهُمۡ عَذَابٌ عَظِيمٞ

जुन मानिसहरूले सच्चरित्रवान पवित्र, सोझी, निर्दोष र ईमानवाली स्त्रीहरूमाथि लान्छना लगाउँछन्, उनीहरूमाथि दुनियाँ र आखिरतमा तिरस्कार छ । र उनीहरूको निम्ति एउटा ठूलो यातना छ ।
Surah An-Noor, Verse 23


يَوۡمَ تَشۡهَدُ عَلَيۡهِمۡ أَلۡسِنَتُهُمۡ وَأَيۡدِيهِمۡ وَأَرۡجُلُهُم بِمَا كَانُواْ يَعۡمَلُونَ

(कियामतको दिन) उनीहरूका जिब्रो, हात र खुट्टा सबै उनीहरूका कर्महरूको गवाही दिनेछन् ।
Surah An-Noor, Verse 24


يَوۡمَئِذٖ يُوَفِّيهِمُ ٱللَّهُ دِينَهُمُ ٱلۡحَقَّ وَيَعۡلَمُونَ أَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ ٱلۡمُبِينُ

त्यस दिन अल्लाहले उनीहरूलाई (कर्मको) पूरा पूरा न्यायपूर्ण प्रतिफल दिनेछ र उनीहरूलाई थाहा भइहाल्ने छ कि अल्लाह नै सत्य हो र (सत्यलाई) उही प्रकट गर्नेवाला हो ।
Surah An-Noor, Verse 25


ٱلۡخَبِيثَٰتُ لِلۡخَبِيثِينَ وَٱلۡخَبِيثُونَ لِلۡخَبِيثَٰتِۖ وَٱلطَّيِّبَٰتُ لِلطَّيِّبِينَ وَٱلطَّيِّبُونَ لِلطَّيِّبَٰتِۚ أُوْلَـٰٓئِكَ مُبَرَّءُونَ مِمَّا يَقُولُونَۖ لَهُم مَّغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ

अपवित्र स्वास्नी मानिसहरू अपवित्र लोग्ने मानिसहरूका लागि हुन्, र अपवित्र लोग्ने मानिसहरू अपवित्र स्वास्नी मानिसहरूको निम्ति छन् र पवित्र स्वास्नी मान्छेहरू पवित्र लोग्ने मानिसहरूका लागि हुन् र पवित्र लोग्ने मानिसहरू पवित्र स्वास्नी मानिसहरूको निम्ति हुन् । यस्ता पवित्र मानिसहरूको सम्बन्धमा जुन बकवासहरू (मिथ्या दोषारोपण) गर्दैछन्, उनी यसबाट बिल्कुलै मुक्त छन् । उनको लागि क्षमा र सम्मानित आजीविका छ ।
Surah An-Noor, Verse 26


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَدۡخُلُواْ بُيُوتًا غَيۡرَ بُيُوتِكُمۡ حَتَّىٰ تَسۡتَأۡنِسُواْ وَتُسَلِّمُواْ عَلَىٰٓ أَهۡلِهَاۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ لَعَلَّكُمۡ تَذَكَّرُونَ

हे मोमिनहरू ! आफ्ना घरहरू बाहेक अरुको घरमा प्रवेश नगर जबसम्म कि अनुमति प्राप्त गर्दैनौ, र त्यसमा बस्नेहरूलाई सलाम गर्नेगर । यही नै तिम्रो निम्ति उत्तम छ, यसकारण कि तिमीले ध्यानराख ।
Surah An-Noor, Verse 27


فَإِن لَّمۡ تَجِدُواْ فِيهَآ أَحَدٗا فَلَا تَدۡخُلُوهَا حَتَّىٰ يُؤۡذَنَ لَكُمۡۖ وَإِن قِيلَ لَكُمُ ٱرۡجِعُواْ فَٱرۡجِعُواْۖ هُوَ أَزۡكَىٰ لَكُمۡۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ عَلِيمٞ

यदि तिमीले घरमा कसैलाई उपस्थित पाउदैनौ भने जबसम्म तिमीलाई अनुमति दिइन्न, त्यसमा प्रवेश नगर, र यदि यो भनिन्छ कि फर्किहाल भने तिमी फर्किहाल, यही तिम्रो निम्ति राम्रो कुरा हो । जुन काम तिमीले गर्दछौ अल्लाह त्यो सबै जान्दछ ।
Surah An-Noor, Verse 28


لَّيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَدۡخُلُواْ بُيُوتًا غَيۡرَ مَسۡكُونَةٖ فِيهَا مَتَٰعٞ لَّكُمۡۚ وَٱللَّهُ يَعۡلَمُ مَا تُبۡدُونَ وَمَا تَكۡتُمُونَ

(हो) यदि तिमी कुनै यस्तो घरमा जान्छौ जसमा कोही पनि बस्दैन र त्यसमा तिम्रो सामान राखिएको वा तिमीलाई फाइदा हुन्छ भने तिमीलाई (त्यहाँ जानुमा) कुनै पाप छैन । जेजति तिमीले प्रकट गर्दछौ र जे लुकाउँछौ, अल्लाहलाई सबै थाहा छ ।
Surah An-Noor, Verse 29


قُل لِّلۡمُؤۡمِنِينَ يَغُضُّواْ مِنۡ أَبۡصَٰرِهِمۡ وَيَحۡفَظُواْ فُرُوجَهُمۡۚ ذَٰلِكَ أَزۡكَىٰ لَهُمۡۚ إِنَّ ٱللَّهَ خَبِيرُۢ بِمَا يَصۡنَعُونَ

मोमिन पुरुषहरूसित भनिदिनुस् कि आफ्नो दृष्टि तल राख्ने गरुन् र गोप्याङ्गहरूको रक्षा गरुन्, यो उनीहरूको निम्ति बडो पवित्रताको कुरो हो । मानिसहरू जुन काम गर्छन, अल्लाहलाई त्यो सबै थाहा छ ।
Surah An-Noor, Verse 30


وَقُل لِّلۡمُؤۡمِنَٰتِ يَغۡضُضۡنَ مِنۡ أَبۡصَٰرِهِنَّ وَيَحۡفَظۡنَ فُرُوجَهُنَّ وَلَا يُبۡدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنۡهَاۖ وَلۡيَضۡرِبۡنَ بِخُمُرِهِنَّ عَلَىٰ جُيُوبِهِنَّۖ وَلَا يُبۡدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ أَوۡ ءَابَآئِهِنَّ أَوۡ ءَابَآءِ بُعُولَتِهِنَّ أَوۡ أَبۡنَآئِهِنَّ أَوۡ أَبۡنَآءِ بُعُولَتِهِنَّ أَوۡ إِخۡوَٰنِهِنَّ أَوۡ بَنِيٓ إِخۡوَٰنِهِنَّ أَوۡ بَنِيٓ أَخَوَٰتِهِنَّ أَوۡ نِسَآئِهِنَّ أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُهُنَّ أَوِ ٱلتَّـٰبِعِينَ غَيۡرِ أُوْلِي ٱلۡإِرۡبَةِ مِنَ ٱلرِّجَالِ أَوِ ٱلطِّفۡلِ ٱلَّذِينَ لَمۡ يَظۡهَرُواْ عَلَىٰ عَوۡرَٰتِ ٱلنِّسَآءِۖ وَلَا يَضۡرِبۡنَ بِأَرۡجُلِهِنَّ لِيُعۡلَمَ مَا يُخۡفِينَ مِن زِينَتِهِنَّۚ وَتُوبُوٓاْ إِلَى ٱللَّهِ جَمِيعًا أَيُّهَ ٱلۡمُؤۡمِنُونَ لَعَلَّكُمۡ تُفۡلِحُونَ

र मोमिन स्त्रीहरूसित भनिदिनुस् कि उनीहरूले पनि आफ्ना दृष्टिहरू तल राख्ने गरुन् र आफ्नो पवित्रताको रक्षा गरुन् र आफ्नो श्रृंगार प्रकट नगरुन्, त्यसबाहेक जुन खुला रहन्छ र आफ्नो वक्षस्थललाई दुपट्टाहरूले छोपिराखुन् र आफ्नो श्रृंगार कसैलाई प्रकट नगरुन्, आफ्ना पतिहरू वा आफ्नो बुबा वा आफ्नो पतिको बुबा वा आफ्नो छोरा वा आफ्नो पतिको छोरा वा आफ्ना खासै भाइहरू वा भतिजाहरू वा आफ्ना भान्जिहरू वा आफ्नो मेलजोलका स्त्रीहरू वा जो लौंडीहरू र उनीहरूको अधीनस्थ यस्ता पुरुषहरू जसमा स्त्रीको आवश्यकता हुँदैन, वा ती बच्चाहरू जो कि स्त्रीहरूको कुरोसित परिचित हुँदैनन् तिनीहरू बाहेक । र आफ्ना खुट्टाहरू भूईंमा बजारेर नहिड्नु कि उनीहरूको लुकेको श्रृंगार थाहा भइहालोस् । र मोमिनहरू हो ! तिमी सबै अल्लाहको अगाडि प्रयश्चित गर ताकि तिमी मुक्ति पाउन सक ।
Surah An-Noor, Verse 31


وَأَنكِحُواْ ٱلۡأَيَٰمَىٰ مِنكُمۡ وَٱلصَّـٰلِحِينَ مِنۡ عِبَادِكُمۡ وَإِمَآئِكُمۡۚ إِن يَكُونُواْ فُقَرَآءَ يُغۡنِهِمُ ٱللَّهُ مِن فَضۡلِهِۦۗ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ

र तिमीहरूमध्ये जो स्त्री, पुरुष अविवाहित छन् उनको विवाह गरिदिने गर, र आफ्ना गुलाम र दासीहरूको पनि जो नेक छन् (निकाह गरिदेने गर) र उनीहरू यदि गरिब छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ, र अल्लाह धेरै सुविधादाता सर्वज्ञ छ ।
Surah An-Noor, Verse 32


وَلۡيَسۡتَعۡفِفِ ٱلَّذِينَ لَا يَجِدُونَ نِكَاحًا حَتَّىٰ يُغۡنِيَهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦۗ وَٱلَّذِينَ يَبۡتَغُونَ ٱلۡكِتَٰبَ مِمَّا مَلَكَتۡ أَيۡمَٰنُكُمۡ فَكَاتِبُوهُمۡ إِنۡ عَلِمۡتُمۡ فِيهِمۡ خَيۡرٗاۖ وَءَاتُوهُم مِّن مَّالِ ٱللَّهِ ٱلَّذِيٓ ءَاتَىٰكُمۡۚ وَلَا تُكۡرِهُواْ فَتَيَٰتِكُمۡ عَلَى ٱلۡبِغَآءِ إِنۡ أَرَدۡنَ تَحَصُّنٗا لِّتَبۡتَغُواْ عَرَضَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۚ وَمَن يُكۡرِههُّنَّ فَإِنَّ ٱللَّهَ مِنۢ بَعۡدِ إِكۡرَٰهِهِنَّ غَفُورٞ رَّحِيمٞ

र जसले विवाहको अवसर पाइराखेका छैनन् उनीहरूले सच्चरित्र रहनु आवश्यक छ । यहाँसम्म कि अल्लाहले आफ्नो अनुग्रहबाट उनीहरूलाई समृद्ध गरिहालोस् । र तिम्रो दासहरूमध्ये जसले तिमीलाई केही दिएर स्वतन्त्र भएको लिखत गराउन चाहन्छ, भने तिमी उनीहरूलाई भद्र र नेक पाउँछौ भने उनीहरूसित मुकातबत् (मालिक र दासबीच स्वतन्त्रता सम्बन्धी सम्झौता) गरिहाल र अल्लाहले जुन सम्पति तिमीलाई प्रदान गरेको छ त्यसमध्येबाट उनीहरूलाई पनि देऊ र आफ्नो दासीहरूलाई यदि उनीहरू पवित्र रहन चाहन्छिन्, भने सांसारिक जीवनको फाइदा प्राप्त गर्नुको निम्ति उनीहरूलाई व्यभिचारको लागि बाध्य नगर्नु । र जसले उनलाई बाध्य गर्नेछ । त निश्चय नै उनीहरूलाई बाध्य गरिए पश्चात अल्लाहले उनीहरूको यस गल्तीको लागि क्षमा प्रदान गर्नेवाला छ ।
Surah An-Noor, Verse 33


وَلَقَدۡ أَنزَلۡنَآ إِلَيۡكُمۡ ءَايَٰتٖ مُّبَيِّنَٰتٖ وَمَثَلٗا مِّنَ ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلِكُمۡ وَمَوۡعِظَةٗ لِّلۡمُتَّقِينَ

हामीले तिमीतिर स्पष्ट आयतहरू उतारेका छौं, र जुन मानिसहरू तिमीभन्दा अगाडि गुज्रिसकेका छन्, उनीहरूका दृष्टान्त र संयमीहरूको निम्ति नसिहत (चेतावनी) ।
Surah An-Noor, Verse 34


۞ٱللَّهُ نُورُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ مَثَلُ نُورِهِۦ كَمِشۡكَوٰةٖ فِيهَا مِصۡبَاحٌۖ ٱلۡمِصۡبَاحُ فِي زُجَاجَةٍۖ ٱلزُّجَاجَةُ كَأَنَّهَا كَوۡكَبٞ دُرِّيّٞ يُوقَدُ مِن شَجَرَةٖ مُّبَٰرَكَةٖ زَيۡتُونَةٖ لَّا شَرۡقِيَّةٖ وَلَا غَرۡبِيَّةٖ يَكَادُ زَيۡتُهَا يُضِيٓءُ وَلَوۡ لَمۡ تَمۡسَسۡهُ نَارٞۚ نُّورٌ عَلَىٰ نُورٖۚ يَهۡدِي ٱللَّهُ لِنُورِهِۦ مَن يَشَآءُۚ وَيَضۡرِبُ ٱللَّهُ ٱلۡأَمۡثَٰلَ لِلنَّاسِۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ

अल्लाह आकाशहरू, र धरतीहरूको प्रकाश हो । उसको प्रकाशको उदाहरण यस्तो छ कि एउटा खोपा छ, जसमा टुक्की छ र टुक्की एउटा शीशाको बट्टामा छ, र शीशा यस्तो सफा सुग्घर छ कि चम्किराखेको तारा जस्तै होस् । त्यो दियो जो पवित्र जैतूनको रुखको तेलबाट बालिन्छ, जुन रुख न पूर्वतिर छ न पश्चिमतिर छ । (यस्तो प्रतीत हुन्छ कि) त्यसको तेल चाहे आगोले त्यसलाई नछोएपनि, बल्नलाई तयार छ । प्रकाशमाथि प्रकाश छ । अल्लाहले आफ्नो प्रकाशतर्फ जसलाई चाहन्छ सोझो बाटो देखाउँछ । र अल्लाह मानिसहरूको लागि उदाहरणहरू वर्णन गर्दछ । र अल्लाह प्रत्येक कुरोको अवस्था जान्दछ ।
Surah An-Noor, Verse 35


فِي بُيُوتٍ أَذِنَ ٱللَّهُ أَن تُرۡفَعَ وَيُذۡكَرَ فِيهَا ٱسۡمُهُۥ يُسَبِّحُ لَهُۥ فِيهَا بِٱلۡغُدُوِّ وَٱلۡأٓصَالِ

ती घरहरूमा जसलाई उच्च बनाउन र (त्यहाँ) आफ्नो स्तुति गर्न अल्लाहको हुकुम भएको छ त्यहाँ बिहान र साँझ उसको गुणगान (सुब्हानल्लाह) गरिरहन्छन् ।
Surah An-Noor, Verse 36


رِجَالٞ لَّا تُلۡهِيهِمۡ تِجَٰرَةٞ وَلَا بَيۡعٌ عَن ذِكۡرِ ٱللَّهِ وَإِقَامِ ٱلصَّلَوٰةِ وَإِيتَآءِ ٱلزَّكَوٰةِ يَخَافُونَ يَوۡمٗا تَتَقَلَّبُ فِيهِ ٱلۡقُلُوبُ وَٱلۡأَبۡصَٰرُ

यस्ता मानिसहरू जसलाई अल्लाहको स्मरणबाट, नमाज पढ्न र जकात दिनुबाट नत व्यापारले अल्छी बनाउँछ र नत क्रय–विक्रयले, उनीहरू त्यस दिनसित डर्छन्, जुन दिन अनेक हृदय र आँखाहरू उलट–पलट भइहाल्नेछन् ।
Surah An-Noor, Verse 37


لِيَجۡزِيَهُمُ ٱللَّهُ أَحۡسَنَ مَا عَمِلُواْ وَيَزِيدَهُم مِّن فَضۡلِهِۦۗ وَٱللَّهُ يَرۡزُقُ مَن يَشَآءُ بِغَيۡرِ حِسَابٖ

यस इच्छाले कि अल्लाहले उनीहरूलाई उनीहरूको कर्महरूको धेरै राम्रो फल देओस् र आफ्नो कृपाले केही बढी पनि प्रदान गरोस् र अल्लाहले जसलाई चाहन्छ त्यसलाई असीमित जीविका प्रदान गर्दछ ।
Surah An-Noor, Verse 38


وَٱلَّذِينَ كَفَرُوٓاْ أَعۡمَٰلُهُمۡ كَسَرَابِۭ بِقِيعَةٖ يَحۡسَبُهُ ٱلظَّمۡـَٔانُ مَآءً حَتَّىٰٓ إِذَا جَآءَهُۥ لَمۡ يَجِدۡهُ شَيۡـٔٗا وَوَجَدَ ٱللَّهَ عِندَهُۥ فَوَفَّىٰهُ حِسَابَهُۥۗ وَٱللَّهُ سَرِيعُ ٱلۡحِسَابِ

र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूका कर्महरूको उदाहरण यस्तो छ जस्तै निर्जन मैदानमा बालुवाको कण, कि तिर्खाएकोले पानी सम्झोस् । यहाँसम्म कि जब उसको सामु आउँछ, त त्यसले केही पनि पाउँदैन र अल्लाहलाई नै आफ्नो निकट देख्दछ जसले उसलाई उसको हिसाब पूरापूर चुक्ता गरिदिन्छ । र अल्लाह शीघ्र हिसाब गर्नेवाला छ ।
Surah An-Noor, Verse 39


أَوۡ كَظُلُمَٰتٖ فِي بَحۡرٖ لُّجِّيّٖ يَغۡشَىٰهُ مَوۡجٞ مِّن فَوۡقِهِۦ مَوۡجٞ مِّن فَوۡقِهِۦ سَحَابٞۚ ظُلُمَٰتُۢ بَعۡضُهَا فَوۡقَ بَعۡضٍ إِذَآ أَخۡرَجَ يَدَهُۥ لَمۡ يَكَدۡ يَرَىٰهَاۗ وَمَن لَّمۡ يَجۡعَلِ ٱللَّهُ لَهُۥ نُورٗا فَمَا لَهُۥ مِن نُّورٍ

वा ती गहिरो समुन्द्री अँध्यारो जस्तो छ जसमाथि तरङ्गहरूले छोपिराखेका छन् उसमाथि बादलले ढाकी राखेको छ, अर्थात अँध्यारो नै अँध्यारो छ एउटामाथि अर्को । जब आफ्नो हात निकालोस् त केही देख्न नसकोस् । र (कुरो यो छ कि) जसलाई अल्लाहले नै प्रकाश दिंदैन उसलाई कतैबाट पनि प्रकाश प्राप्त हुनसक्दैन ।
Surah An-Noor, Verse 40


أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يُسَبِّحُ لَهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱلطَّيۡرُ صَـٰٓفَّـٰتٖۖ كُلّٞ قَدۡ عَلِمَ صَلَاتَهُۥ وَتَسۡبِيحَهُۥۗ وَٱللَّهُ عَلِيمُۢ بِمَا يَفۡعَلُونَ

के तिमीले देखेनौ, कि आकाश र पृथ्वीका सबै प्राणी र पखेटा फिंजाएर उड्ने सबै पंछी पनि अल्लाहको स्तुतिमा व्यस्त छन् सबैको नमाज र स्तुति उसलाई थाहा छ । र मानिसहरू जे गर्दछन् सबै अल्लाहलाई थाहा छ ।
Surah An-Noor, Verse 41


وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَإِلَى ٱللَّهِ ٱلۡمَصِيرُ

र आकाश र पृथ्वीको सत्ता अल्लाहकै हो र अल्लाहतिरै फर्केर जानुपर्नेछ ।
Surah An-Noor, Verse 42


أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يُزۡجِي سَحَابٗا ثُمَّ يُؤَلِّفُ بَيۡنَهُۥ ثُمَّ يَجۡعَلُهُۥ رُكَامٗا فَتَرَى ٱلۡوَدۡقَ يَخۡرُجُ مِنۡ خِلَٰلِهِۦ وَيُنَزِّلُ مِنَ ٱلسَّمَآءِ مِن جِبَالٖ فِيهَا مِنۢ بَرَدٖ فَيُصِيبُ بِهِۦ مَن يَشَآءُ وَيَصۡرِفُهُۥ عَن مَّن يَشَآءُۖ يَكَادُ سَنَا بَرۡقِهِۦ يَذۡهَبُ بِٱلۡأَبۡصَٰرِ

के तपाईले देख्नु भएन कि अल्लाह बादलहरूलाई चलाउँछ । फेरि उनीहरूलाई परस्पर मिलाउँछ र फेरि त्यसलाई पत्रपत्रमा पारिदन्छ, फेरि तपाई देख्नुहुन्छ कि बादलबाट पानी निस्कि वृष्टि भइराखेको छ, र आकाशतिरबाट असिनाका पहाडबाट उसैले असिनाहरू खसाल्छ, अनि जसमाथि चाहन्छ, त्यसमाथि खसाल्छ र जसबाट चाहन्छ त्यसलाई हटाइदिन्छ । बादलबाटै निस्कने चट्याङ्गको चमक यस्तो हुन्छ कि आँखाको ज्योति नै खोसिदिनेछ ।
Surah An-Noor, Verse 43


يُقَلِّبُ ٱللَّهُ ٱلَّيۡلَ وَٱلنَّهَارَۚ إِنَّ فِي ذَٰلِكَ لَعِبۡرَةٗ لِّأُوْلِي ٱلۡأَبۡصَٰرِ

अल्लाहले नै राती र दिनलाई फेर्दछ । निश्चय नै देख्ने आँखाहरूका निम्ति यसमा ठूलो शिक्षा छ ।
Surah An-Noor, Verse 44


وَٱللَّهُ خَلَقَ كُلَّ دَآبَّةٖ مِّن مَّآءٖۖ فَمِنۡهُم مَّن يَمۡشِي عَلَىٰ بَطۡنِهِۦ وَمِنۡهُم مَّن يَمۡشِي عَلَىٰ رِجۡلَيۡنِ وَمِنۡهُم مَّن يَمۡشِي عَلَىٰٓ أَرۡبَعٖۚ يَخۡلُقُ ٱللَّهُ مَا يَشَآءُۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

अल्लाहले हरेक जीवधारीलाई पानीबाट सृष्टि गरेको छ, तिनीहरूमध्ये कुनै यस्ता छन् जुनकि घिस्रिएर हिंड्छन् र कुनै दुईखुट्टा टेकि हिड्छन्, कुनै उनीहरूमध्ये चारखुट्टा टेकि हिड्छन्, अल्लाहले जे चाहन्छ सृष्टि गर्दछ । निःसन्देह अल्लाह हरेक चीजमाथि सामथ्र्यवान छ ।
Surah An-Noor, Verse 45


لَّقَدۡ أَنزَلۡنَآ ءَايَٰتٖ مُّبَيِّنَٰتٖۚ وَٱللَّهُ يَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

कुनै संदेह र शंका बेगैर हामीले नै स्पष्ट आयतहरू अवतरित गरेका हौं र अल्लाहले जसलाई चाहन्छ सोझो बाटोतिर मार्गदर्शन गर्दछ ।
Surah An-Noor, Verse 46


وَيَقُولُونَ ءَامَنَّا بِٱللَّهِ وَبِٱلرَّسُولِ وَأَطَعۡنَا ثُمَّ يَتَوَلَّىٰ فَرِيقٞ مِّنۡهُم مِّنۢ بَعۡدِ ذَٰلِكَۚ وَمَآ أُوْلَـٰٓئِكَ بِٱلۡمُؤۡمِنِينَ

र (केही) भन्छन् कि हामीले अल्लाह र रसूलमाथि ईमान ल्यायौं र आज्ञाकारी भयौं फेरि त्यस पश्चात उनीहरूमध्ये एउटा समूह विमुख भइहाल्छ । यी मानिसहरू ईमानवाला हुँदैहैनन् ।
Surah An-Noor, Verse 47


وَإِذَا دُعُوٓاْ إِلَى ٱللَّهِ وَرَسُولِهِۦ لِيَحۡكُمَ بَيۡنَهُمۡ إِذَا فَرِيقٞ مِّنۡهُم مُّعۡرِضُونَ

र जब उनीहरूलाई यस विषयको लागि बोलाइन्छ, कि अल्लाहका रसूलले उनीहरूको बीचको विवादमा फैसला गरिदेउन् तब उनीहरूमध्ये एउटा समूह विमुख भइहाल्छ ।
Surah An-Noor, Verse 48


وَإِن يَكُن لَّهُمُ ٱلۡحَقُّ يَأۡتُوٓاْ إِلَيۡهِ مُذۡعِنِينَ

किन्तु यदि उनीहरूलाई कुनै लाभ प्राप्त हुनेवाला छ भने त्यसतर्फ बड़ो आज्ञाकारी भएर आइहाल्छन् ।
Surah An-Noor, Verse 49


أَفِي قُلُوبِهِم مَّرَضٌ أَمِ ٱرۡتَابُوٓاْ أَمۡ يَخَافُونَ أَن يَحِيفَ ٱللَّهُ عَلَيۡهِمۡ وَرَسُولُهُۥۚ بَلۡ أُوْلَـٰٓئِكَ هُمُ ٱلظَّـٰلِمُونَ

के उनीहरूको हृदयमा रोग छ ? वा यिनीहरू शंका र सन्देहमा छन् ? वा उनलाई यस कुराको भय छ कि उनीहरूमाथि अल्लाह र उसको रसूलले अन्याय गर्नेछन् ? (होइन), बरु यिनीहरू स्वयम् ठूलो अत्याचारी हुन् ।
Surah An-Noor, Verse 50


إِنَّمَا كَانَ قَوۡلَ ٱلۡمُؤۡمِنِينَ إِذَا دُعُوٓاْ إِلَى ٱللَّهِ وَرَسُولِهِۦ لِيَحۡكُمَ بَيۡنَهُمۡ أَن يَقُولُواْ سَمِعۡنَا وَأَطَعۡنَاۚ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ

मोमिनको कुरा त यो हुन्छ कि जब तिनलाई अल्लाह र उसको रसुलतिर बोलाइन्छ, कि अल्लाह र उसको रसूलले उनीहरूको बीचमा फैसला गरिदिउन् त भन्छन्ः कि हामीले (आदेश) सुनिहाल्यौं र मानिहाल्यौं, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।
Surah An-Noor, Verse 51


وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ وَيَخۡشَ ٱللَّهَ وَيَتَّقۡهِ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡفَآئِزُونَ

र जुन व्यक्तिले अल्लाह र उसको रसुलको आज्ञापालन गर्नेछ र अल्लाहसित डर मान्नेछ तिनैले मुक्ति प्राप्त गर्नेवाला हुन् ।
Surah An-Noor, Verse 52


۞وَأَقۡسَمُواْ بِٱللَّهِ جَهۡدَ أَيۡمَٰنِهِمۡ لَئِنۡ أَمَرۡتَهُمۡ لَيَخۡرُجُنَّۖ قُل لَّا تُقۡسِمُواْۖ طَاعَةٞ مَّعۡرُوفَةٌۚ إِنَّ ٱللَّهَ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ

बडो दृढतापूर्वक अल्लाहको शपथ लिएर भन्दछन् कि तपाईको आदेश हुने वित्तिकै (सबै घरहरूबाट) निस्किहाल्छन्, भनिदिनुस् कि शपथ नखाऊ । तिम्रो आज्ञापालनको (वास्तविकता) थाहा छ । जे तिमी गर्दछौ अल्लाह तिम्रा सबै कुराहरूबाट अवगत छ ।
Surah An-Noor, Verse 53


قُلۡ أَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَۖ فَإِن تَوَلَّوۡاْ فَإِنَّمَا عَلَيۡهِ مَا حُمِّلَ وَعَلَيۡكُم مَّا حُمِّلۡتُمۡۖ وَإِن تُطِيعُوهُ تَهۡتَدُواْۚ وَمَا عَلَى ٱلرَّسُولِ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ

भनिदिनुस् कीः अल्लाहको आज्ञापालना गर र रसूलको आदेशको अनुशरण गर । यदि तिमी विमुख हुन्छौ भने रसूलको जिम्मामा त्यति मात्र छ जति उहाँलाई भनिएको छ । र तिमीमाथि त्यसको जवाफदेही छ जुन तिम्रो जिम्मा छ । र यदि रसूलको आदेश अनुसार हिंड्ने छौ भने सिधा मार्ग प्राप्त हुनेछ । र रसूलको जिम्मामा त स्पष्टरूपले (आदेशलाई) पुर्याइदिने सम्म मात्र हो ।
Surah An-Noor, Verse 54


وَعَدَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ مِنكُمۡ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ لَيَسۡتَخۡلِفَنَّهُمۡ فِي ٱلۡأَرۡضِ كَمَا ٱسۡتَخۡلَفَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ وَلَيُمَكِّنَنَّ لَهُمۡ دِينَهُمُ ٱلَّذِي ٱرۡتَضَىٰ لَهُمۡ وَلَيُبَدِّلَنَّهُم مِّنۢ بَعۡدِ خَوۡفِهِمۡ أَمۡنٗاۚ يَعۡبُدُونَنِي لَا يُشۡرِكُونَ بِي شَيۡـٔٗاۚ وَمَن كَفَرَ بَعۡدَ ذَٰلِكَ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ

अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूसित, जसले ईमान ल्याए र असल कर्म गरे, वचन दिएको छः कि उसले उनीहरूलाई धर्तीमा अवश्य नै सत्ताधिकार प्रदान गर्नेछ, जसरी उसले उनीहरूभन्दा अगाडिका मानिसहरूलाई सत्ताधिकार प्रदान गरेको थियो र उनीहरूको धर्मलाई जुन उनीहरूको निम्ति रुचाएको छ त्यसलाई दृढ र बलियो बनाउनेछ, र निश्चय नै उनीहरूको वर्तमान भयको बदलामा उसले उनीहरूलाई शान्ति प्रदान गराउने छ । उनीहरूले मेरो अराधना गर्नेछन्, (र) मेरो साथमा कसैको साझेदारी ठहराउँने छैनन् र जसले यस पश्चात पनि कृतध्नता र कुफ्र गर्दछन् तिनी निश्चितरूपले अवज्ञाकारी हुन् ।
Surah An-Noor, Verse 55


وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَأَطِيعُواْ ٱلرَّسُولَ لَعَلَّكُمۡ تُرۡحَمُونَ

र नमाज पढिराख र जकात दिइराख र अल्लाहको पैगÞम्बरको आदेश अनुसार हिंड्ने गर ताकि तिमीमाथि कृपा गरियोस् ।
Surah An-Noor, Verse 56


لَا تَحۡسَبَنَّ ٱلَّذِينَ كَفَرُواْ مُعۡجِزِينَ فِي ٱلۡأَرۡضِۚ وَمَأۡوَىٰهُمُ ٱلنَّارُۖ وَلَبِئۡسَ ٱلۡمَصِيرُ

काफिरहरू यस्तो कहिले नठानुन् कि उनीहरू हामीलाई जमिनमा हराउने छन् (नियन्त्रित गर्नेछन्), यिनीहरूको बासस्थान त नर्क नै हो र त्यो साह्रै नराम्रो बासस्थान हो ।
Surah An-Noor, Verse 57


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لِيَسۡتَـٔۡذِنكُمُ ٱلَّذِينَ مَلَكَتۡ أَيۡمَٰنُكُمۡ وَٱلَّذِينَ لَمۡ يَبۡلُغُواْ ٱلۡحُلُمَ مِنكُمۡ ثَلَٰثَ مَرَّـٰتٖۚ مِّن قَبۡلِ صَلَوٰةِ ٱلۡفَجۡرِ وَحِينَ تَضَعُونَ ثِيَابَكُم مِّنَ ٱلظَّهِيرَةِ وَمِنۢ بَعۡدِ صَلَوٰةِ ٱلۡعِشَآءِۚ ثَلَٰثُ عَوۡرَٰتٖ لَّكُمۡۚ لَيۡسَ عَلَيۡكُمۡ وَلَا عَلَيۡهِمۡ جُنَاحُۢ بَعۡدَهُنَّۚ طَوَّـٰفُونَ عَلَيۡكُم بَعۡضُكُمۡ عَلَىٰ بَعۡضٖۚ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

हे मोमिनहरू ! तिमीमध्येका तिम्रा दास, दासीहरू र नाबालकहरूको लागि आवश्यक छ कि तीन समयहरूमा तिमीसित अनुमति लिइहालुन् प्रभातकालिन नमाजे फज्रभन्दा अगाडि, र जब दिउँसो तिमीले आरामको निम्ति आफ्ना लुगाहरू फुकाइदिन्छौ, र (तेस्रो) इशाको नमाज पश्चात । (यी) तीन समय तिम्रो एकान्त र पर्दाका हुन् । यी समय बाहेक (अन्य समयहरूमा) न तिमीमाथि कुनै दोष छ र न उनीहरू माथि । जुन कि (कामको लागि) एक अर्काको पासमा आइरहन्छौ । यसप्रकार अल्लाहले आफ्नो आयतहरूलाई स्पष्टरूपले वर्णन गर्दछ र अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।
Surah An-Noor, Verse 58


وَإِذَا بَلَغَ ٱلۡأَطۡفَٰلُ مِنكُمُ ٱلۡحُلُمَ فَلۡيَسۡتَـٔۡذِنُواْ كَمَا ٱسۡتَـٔۡذَنَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ ءَايَٰتِهِۦۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

र जब तिम्रो बच्चाहरू युवावस्था प्राप्त गर्दछन् तब उनीहरूलाई आवश्यक छ कि अनुमति लिएर (तिम्रो कोठामा) प्रवेश गर्ने गरुन् जुनप्रकारले उनीहरूभन्दा अगाडिका मानिसहरूले अनुमति लिंदै गरेका थिए । यसप्रकार अल्लाहले तिम्रो निम्ति आफ्ना आयतहरू स्पष्ट पार्दछ । अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।
Surah An-Noor, Verse 59


وَٱلۡقَوَٰعِدُ مِنَ ٱلنِّسَآءِ ٱلَّـٰتِي لَا يَرۡجُونَ نِكَاحٗا فَلَيۡسَ عَلَيۡهِنَّ جُنَاحٌ أَن يَضَعۡنَ ثِيَابَهُنَّ غَيۡرَ مُتَبَرِّجَٰتِۭ بِزِينَةٖۖ وَأَن يَسۡتَعۡفِفۡنَ خَيۡرٞ لَّهُنَّۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٞ

र ठूलो उमेरकी स्त्रीहरू जसलाई विवाहको आशा र इच्छा छैन, र उनीहरूले लुगा फुकाएर टाउको खुला गर्ने गर्दछिन् भने उनीहरूमाथि कुनै दोष छैन, तर यस शर्तमा कि उनीहरूले आफ्नो श्रृंगारको प्रदर्शन गर्ने होइनन् । तैपनि यदि यसबाट पनि सावधानी राख्छिन भने (यो) उनीहरूको निम्ति राम्रो हुन्छ र अल्लाह राम्ररी सुन्दछ, जान्दछ ।
Surah An-Noor, Verse 60


لَّيۡسَ عَلَى ٱلۡأَعۡمَىٰ حَرَجٞ وَلَا عَلَى ٱلۡأَعۡرَجِ حَرَجٞ وَلَا عَلَى ٱلۡمَرِيضِ حَرَجٞ وَلَا عَلَىٰٓ أَنفُسِكُمۡ أَن تَأۡكُلُواْ مِنۢ بُيُوتِكُمۡ أَوۡ بُيُوتِ ءَابَآئِكُمۡ أَوۡ بُيُوتِ أُمَّهَٰتِكُمۡ أَوۡ بُيُوتِ إِخۡوَٰنِكُمۡ أَوۡ بُيُوتِ أَخَوَٰتِكُمۡ أَوۡ بُيُوتِ أَعۡمَٰمِكُمۡ أَوۡ بُيُوتِ عَمَّـٰتِكُمۡ أَوۡ بُيُوتِ أَخۡوَٰلِكُمۡ أَوۡ بُيُوتِ خَٰلَٰتِكُمۡ أَوۡ مَا مَلَكۡتُم مَّفَاتِحَهُۥٓ أَوۡ صَدِيقِكُمۡۚ لَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَأۡكُلُواْ جَمِيعًا أَوۡ أَشۡتَاتٗاۚ فَإِذَا دَخَلۡتُم بُيُوتٗا فَسَلِّمُواْ عَلَىٰٓ أَنفُسِكُمۡ تَحِيَّةٗ مِّنۡ عِندِ ٱللَّهِ مُبَٰرَكَةٗ طَيِّبَةٗۚ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَعۡقِلُونَ

अन्धाको लागि, लङ्गडोको लागि र रोगीको लागि र तिम्रो आफैको निम्ति कुनै दोष छैन कि आफ्ना घरहरूबाट खान्छौ वा आफ्नो पिताहरूका घरहरूबाट वा आफ्नो आमाको घरबाट वा आफनो दाइभाइहरूका घरहरूबाट वा आफ्नो दिदी बहिनीहरूका घरहरूबाट वा आफ्नो काकाहरूका घरहरूबाट वा आफ्नो फुपूmहरूका घरबाट वा आफ्नो मामाहरूका घरहरूबाट वा आफ्नो (खालाहरू) आमाको दिदी बहिनीहरूका घरहरूबाट वा जसको साँचोहरूको तिमी स्वामी भएका छौ वा आफ्नो मित्रहरूकहाँ, यस कुरामा तिमीलाई कुनै दोष छैन, कि तिमी मिलीजुली खान्छौ, अथवा अलग–अलग । र जब तिमी घरहरूमा प्रवेश गर्दछौ, तब आफ्ना घरवालाहरूलाई सलाम गर्नेगर । (यो) अल्लाहको तर्फबाट प्रदान अत्यन्त फाइदावाला पवित्र उपहार हो । यसप्रकार स्पष्टरूपले आफ्नो पवित्र वाणीलाई अल्लाहले वर्णन गर्दछ ताकि तिमी बुद्धिले काम लेऊ ।
Surah An-Noor, Verse 61


إِنَّمَا ٱلۡمُؤۡمِنُونَ ٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَإِذَا كَانُواْ مَعَهُۥ عَلَىٰٓ أَمۡرٖ جَامِعٖ لَّمۡ يَذۡهَبُواْ حَتَّىٰ يَسۡتَـٔۡذِنُوهُۚ إِنَّ ٱلَّذِينَ يَسۡتَـٔۡذِنُونَكَ أُوْلَـٰٓئِكَ ٱلَّذِينَ يُؤۡمِنُونَ بِٱللَّهِ وَرَسُولِهِۦۚ فَإِذَا ٱسۡتَـٔۡذَنُوكَ لِبَعۡضِ شَأۡنِهِمۡ فَأۡذَن لِّمَن شِئۡتَ مِنۡهُمۡ وَٱسۡتَغۡفِرۡ لَهُمُ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

मोमिन त ती नै हुन् जसले अल्लाह र उसको रसूलमा पूर्ण विश्वास गर्दछन् । र जब कुनै सामूहिक विषयको लागि एकत्रित हुन्छन्, तब उनीसित अनुमति न लिइकन कहिंपनि गइहाल्दैनन् । हे पैगम्बर ! जुन मानिसहरू तिमीसित अनुमति प्राप्त गर्दछन् ती नै अल्लाह र त्यसको रसूलमा विश्वास गर्नेहरू हुन्छन् । तसर्थ जब यिनीहरू तिमीसित कुनै कामको लागि अनुमति चाहन्छन्, त्यस वखत तिनीहरूमध्ये जसलाई चाहन्छौ, अनुमति दिने गर र उनीहरूको लागि अल्लाहसँग क्षमाको प्रार्थना गर्नेगर । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Surah An-Noor, Verse 62


لَّا تَجۡعَلُواْ دُعَآءَ ٱلرَّسُولِ بَيۡنَكُمۡ كَدُعَآءِ بَعۡضِكُم بَعۡضٗاۚ قَدۡ يَعۡلَمُ ٱللَّهُ ٱلَّذِينَ يَتَسَلَّلُونَ مِنكُمۡ لِوَاذٗاۚ فَلۡيَحۡذَرِ ٱلَّذِينَ يُخَالِفُونَ عَنۡ أَمۡرِهِۦٓ أَن تُصِيبَهُمۡ فِتۡنَةٌ أَوۡ يُصِيبَهُمۡ عَذَابٌ أَلِيمٌ

मोमिनहरू ! तिमीहरूले अल्लाहको रसूलले बोलाएकोलाई तिमी आपसमा एक अर्कालाई बोलाए जस्तो नठान । निःसन्देह अल्लाहलाई ती मानिसहरूबारे थाहा छ, जो तिमीहरूमध्ये आँखा छलेर बेवास्ता गरी गोप्यरूपले हिंडिहाल्छन्, हेर जसले उनको आदेशको अवहेलना गर्दछन्, उनीहरूलाई तर्सनुपर्छ कि कहीं यस्तो नहोस्, कि उनीहरूमाथि कुनै ठूलो विपत्ति आइपरोस् अथवा उनीहरूमाथि कुनै दुःखद् यातना आइलागोस् ।
Surah An-Noor, Verse 63


أَلَآ إِنَّ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ قَدۡ يَعۡلَمُ مَآ أَنتُمۡ عَلَيۡهِ وَيَوۡمَ يُرۡجَعُونَ إِلَيۡهِ فَيُنَبِّئُهُم بِمَا عَمِلُواْۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمُۢ

(हेर) ! सावधान रहनु जे जति आकाशहरू र पृथ्वीमा छ, सबै अल्लाह कै हो । जुन (अवस्थामा) तिमी छौ, त्यो उसलाई राम्ररी थाहा छ र जुन दिन मानिसहरू उसतिर फर्काइनेछन्, त उनीहरूले जेजति गर्दछन् त्यसबारे उसले उनीहरूलाई अवगत गराउने छ र अल्लाह प्रत्येक कुरा जान्दछ ।
Surah An-Noor, Verse 64


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 23
>> Surah 25

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai