UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Furqan - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


تَبَارَكَ ٱلَّذِي نَزَّلَ ٱلۡفُرۡقَانَ عَلَىٰ عَبۡدِهِۦ لِيَكُونَ لِلۡعَٰلَمِينَ نَذِيرًا

बडो बरकतवाला छ त्यो अल्लाह जसले यो ‘‘फुर्कान’’ आफ्नो भक्तमाथि अवतरित गर्यो, ताकि संसारका मानिसहरूलाई डराउन सकोस् ।
Surah Al-Furqan, Verse 1


ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَلَمۡ يَتَّخِذۡ وَلَدٗا وَلَمۡ يَكُن لَّهُۥ شَرِيكٞ فِي ٱلۡمُلۡكِ وَخَلَقَ كُلَّ شَيۡءٖ فَقَدَّرَهُۥ تَقۡدِيرٗا

उही अल्लाहको सत्ता छ आकाशहरू र धर्तीमा र उसको नकुनै सन्तान छ र नत सत्तामा उसको कोही साझेदार छ । त्यसले प्रत्येक वस्तुलाई सृष्टि गर्यो, र त्यसलाई ठीक क्रममा व्यवस्थित गर्यो ।
Surah Al-Furqan, Verse 2


وَٱتَّخَذُواْ مِن دُونِهِۦٓ ءَالِهَةٗ لَّا يَخۡلُقُونَ شَيۡـٔٗا وَهُمۡ يُخۡلَقُونَ وَلَا يَمۡلِكُونَ لِأَنفُسِهِمۡ ضَرّٗا وَلَا نَفۡعٗا وَلَا يَمۡلِكُونَ مَوۡتٗا وَلَا حَيَوٰةٗ وَلَا نُشُورٗا

तिनीहरूले अल्लाह बाहेक अरुलाई पूज्य बनाएका छन्, जसले कुनै कुराको सृष्टि गर्दैनन्, बरु तिनीहरू स्वयम् सृष्टि गरिएका छन् ! उनीहरूलाई नत आफ्नो हानिको अधिकार प्राप्त छ नत लाभको । र उनीहरूलाई नत मृत्युको अधिकार प्राप्त छ नत जीवनको । र नत पुनः जीवित भई उठ्ने कुराको ।
Surah Al-Furqan, Verse 3


وَقَالَ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ هَٰذَآ إِلَّآ إِفۡكٌ ٱفۡتَرَىٰهُ وَأَعَانَهُۥ عَلَيۡهِ قَوۡمٌ ءَاخَرُونَۖ فَقَدۡ جَآءُو ظُلۡمٗا وَزُورٗا

र काफिरहरूले भन्दछन्ः कि यो (कुरआन) त उनैले बनाएको मनगढन्त कुरा हो, र अन्य मानिसहरूले यस काममा उसको सहायता गरेका हुन् । यी मानिसहरू वास्तवमा ठूलो अत्याचार र झूठको धरातलमा झरी सकेका छन् ।
Surah Al-Furqan, Verse 4


وَقَالُوٓاْ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ ٱكۡتَتَبَهَا فَهِيَ تُمۡلَىٰ عَلَيۡهِ بُكۡرَةٗ وَأَصِيلٗا

र यो पनि भन्दछन्ः कि यो त अघिका मानिसहरूका कथाहरू हुन, जसलाई उसले लेखाइराखेको छ बस उही बिहान साँझ उनीहरू अगाडि पढेर सुनाइन्छ ।
Surah Al-Furqan, Verse 5


قُلۡ أَنزَلَهُ ٱلَّذِي يَعۡلَمُ ٱلسِّرَّ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ إِنَّهُۥ كَانَ غَفُورٗا رَّحِيمٗا

भनिदिनुस् त्यसलाई त उसले अवतरित गरेको छ, जो आकाशहरू र धर्तीमा लुकेका सबै कुरा जान्दछ । निःसन्देह ऊ बडो, क्षमाशिल, अत्यन्त दयावान छ ।
Surah Al-Furqan, Verse 6


وَقَالُواْ مَالِ هَٰذَا ٱلرَّسُولِ يَأۡكُلُ ٱلطَّعَامَ وَيَمۡشِي فِي ٱلۡأَسۡوَاقِ لَوۡلَآ أُنزِلَ إِلَيۡهِ مَلَكٞ فَيَكُونَ مَعَهُۥ نَذِيرًا

र उनीहरू भन्दछन्ः कि यो कस्तो पैगम्बर हो जसले कि खाना खान्छ र बजारहरूमा हिड्डुल गर्दछ । यसको नजिक (हिदायतको निम्ति) कुनै स्वर्गदूत किन पठाइदैन कि ऊ पनि यसको साथ लागेर डराउनेवाला बन्थ्यो ।
Surah Al-Furqan, Verse 7


أَوۡ يُلۡقَىٰٓ إِلَيۡهِ كَنزٌ أَوۡ تَكُونُ لَهُۥ جَنَّةٞ يَأۡكُلُ مِنۡهَاۚ وَقَالَ ٱلظَّـٰلِمُونَ إِن تَتَّبِعُونَ إِلَّا رَجُلٗا مَّسۡحُورًا

वा यसतिर कुनै खजाना पठाइन्थ्यो वा यसको कुनै बगैचा हुन्थ्यो जसबाट खान्थ्यो, र ती अत्याचारिहरूले भन्दछन्ः कि तिमी त यस्तो व्यक्तिको पछाडि हिँडिराखेका छौ जो जादूबाट प्रभावित छ ।
Surah Al-Furqan, Verse 8


ٱنظُرۡ كَيۡفَ ضَرَبُواْ لَكَ ٱلۡأَمۡثَٰلَ فَضَلُّواْ فَلَا يَسۡتَطِيعُونَ سَبِيلٗا

हेर्नुस् त ! यिनीहरूले तपाईको बारेमा कस्ता कस्ता कुरा गर्दछन् । तसर्थ त्यसबाट यिनीहरू आफै पथविचलित भइरहेका छन् र कुनै हालतमा सही मार्ग प्राप्त गर्न सक्तैनन् ।
Surah Al-Furqan, Verse 9


تَبَارَكَ ٱلَّذِيٓ إِن شَآءَ جَعَلَ لَكَ خَيۡرٗا مِّن ذَٰلِكَ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ وَيَجۡعَل لَّكَ قُصُورَۢا

अल्लाह धेरै बरकतावाला छ, जसले यदि चाहेको भए तपाईलाई यिनीहरूले भनेको भन्दा राम्रा बगैचाहरू प्रदान गर्दथ्यो जसमुनि नहरहरू बगिराखेका हुन्छन् र तपाईको निम्ति महल पनि बनाइदिने थियो ।
Surah Al-Furqan, Verse 10


بَلۡ كَذَّبُواْ بِٱلسَّاعَةِۖ وَأَعۡتَدۡنَا لِمَن كَذَّبَ بِٱلسَّاعَةِ سَعِيرًا

कुरो यो छ कि यिनीहरूले त कियामतलाई नै झूठो भनिराखेका छन् । र हामीले कियामतलाई झूठो भन्नेहरूको निम्ति नर्कमा आगो तयार राखेका छौं ।
Surah Al-Furqan, Verse 11


إِذَا رَأَتۡهُم مِّن مَّكَانِۭ بَعِيدٖ سَمِعُواْ لَهَا تَغَيُّظٗا وَزَفِيرٗا

जब त्यसले (नर्कले) उनीहरूलाई टाढाबाट देख्नेछ, तब यिनीहरूले उसको भयङ्कर रिसको चित्कार सुन्नेछन् ।
Surah Al-Furqan, Verse 12


وَإِذَآ أُلۡقُواْ مِنۡهَا مَكَانٗا ضَيِّقٗا مُّقَرَّنِينَ دَعَوۡاْ هُنَالِكَ ثُبُورٗا

र जब यिनीहरू नर्कको कुनै साङ्गुरो ठाउँमा जंजीरमा हात पछाडि बाँधिएर फालिनेछन् तब (यिनीहरूले) त्यहाँ आफ्नो लागि मृत्युलाई पुकारने छन् ।
Surah Al-Furqan, Verse 13


لَّا تَدۡعُواْ ٱلۡيَوۡمَ ثُبُورٗا وَٰحِدٗا وَٱدۡعُواْ ثُبُورٗا كَثِيرٗا

(उनी सित भनिनेछ) आज एउटा मृत्युलाई मात्र न पुकार, धेरै मृत्युहरूलाई पुकार ।
Surah Al-Furqan, Verse 14


قُلۡ أَذَٰلِكَ خَيۡرٌ أَمۡ جَنَّةُ ٱلۡخُلۡدِ ٱلَّتِي وُعِدَ ٱلۡمُتَّقُونَۚ كَانَتۡ لَهُمۡ جَزَآءٗ وَمَصِيرٗا

तपाई भनिदिनुस् ! कि के यो उत्तम हो वा त्योे सधैंको जन्नत (स्वर्ग), जसको आत्मसंयमिहरूसित वाचा गरिएको छ । जो उनीहरूको (कर्मको) प्रतिफल हो र उनीहरूले बस्ने स्थान हुनेछ ।
Surah Al-Furqan, Verse 15


لَّهُمۡ فِيهَا مَا يَشَآءُونَ خَٰلِدِينَۚ كَانَ عَلَىٰ رَبِّكَ وَعۡدٗا مَّسۡـُٔولٗا

(त्यहाँ) तिनीहरू जे चाहन्छन्, उनीहरूको निम्ति त्यो उपलब्ध हुनेछ, सधैं त्यसमा बास गर्नेछन् । यो तिम्रो पालनकर्ताको जिम्मा यस्तो वचन हो जुन प्रार्थनीय छ ।
Surah Al-Furqan, Verse 16


وَيَوۡمَ يَحۡشُرُهُمۡ وَمَا يَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ فَيَقُولُ ءَأَنتُمۡ أَضۡلَلۡتُمۡ عِبَادِي هَـٰٓؤُلَآءِ أَمۡ هُمۡ ضَلُّواْ ٱلسَّبِيلَ

र जुन दिन अल्लाहले यिनीहरूलाई र अल्लाह बाहेक यिनीहरूले जसको पूजा गर्दछन्, एकत्रित गरेर सोध्नेछ, कि के तिमीले मेरा यी सृष्टिहरूलाई विचलित गरेका थियौ वा यिनीहरू स्वयम् मार्गविचलित भएका थिए
Surah Al-Furqan, Verse 17


قَالُواْ سُبۡحَٰنَكَ مَا كَانَ يَنۢبَغِي لَنَآ أَن نَّتَّخِذَ مِن دُونِكَ مِنۡ أَوۡلِيَآءَ وَلَٰكِن مَّتَّعۡتَهُمۡ وَءَابَآءَهُمۡ حَتَّىٰ نَسُواْ ٱلذِّكۡرَ وَكَانُواْ قَوۡمَۢا بُورٗا

उनीहरूले जवाफ दिनेछन्ः कि पवित्र छौ तिमी, हामीलाई यो कुरा उचित थिएन कि तिमीलाई छाडी अरु कसैलाई पक्षधर (स्रष्टा) बनाऔं, कुरो यो छ कि तिमीले नै उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई अत्यधिक सुख सामग्री प्रदान गर्यौ यहाँसम्म कि उनीहरूले तिम्रो उपदेशलाई बिर्सिदिए र यिनीहरू नष्ट हुनेहरू नै थिए ।
Surah Al-Furqan, Verse 18


فَقَدۡ كَذَّبُوكُم بِمَا تَقُولُونَ فَمَا تَسۡتَطِيعُونَ صَرۡفٗا وَلَا نَصۡرٗاۚ وَمَن يَظۡلِم مِّنكُمۡ نُذِقۡهُ عَذَابٗا كَبِيرٗا

(काफिरहरू !) उनीहरूले त तिमीलाई तिम्रो सबै कुरामा झुठ्लाएका थिए । अब न तिमीमा यातनामा परिवर्तन गर्ने शक्ति छ र नकुनै सहायता नै पाउन सक्तछौ । र तिमीहरूमध्ये जस–जसले पनि अत्याचार गरेका छन् तिनलाई हामीले ठूलो यातनाको स्वाद चखाउँनेछौं ।
Surah Al-Furqan, Verse 19


وَمَآ أَرۡسَلۡنَا قَبۡلَكَ مِنَ ٱلۡمُرۡسَلِينَ إِلَّآ إِنَّهُمۡ لَيَأۡكُلُونَ ٱلطَّعَامَ وَيَمۡشُونَ فِي ٱلۡأَسۡوَاقِۗ وَجَعَلۡنَا بَعۡضَكُمۡ لِبَعۡضٖ فِتۡنَةً أَتَصۡبِرُونَۗ وَكَانَ رَبُّكَ بَصِيرٗا

हामीले तपाईभन्दा पहिला जति पैगम्बरहरू पठाएका छौं, सबै खाना खानथे र बजारहरूमा हिंड्डुल गर्दथे र हामीले तिमीहरूमध्ये हरेकलाई एक अर्काको निम्ति परीक्षाको माध्यम बनायौं । के तिमीले धैर्य गर्दछौ ? तिम्रो पालनकर्ताले सबै (कुरा) देख्दछ ।
Surah Al-Furqan, Verse 20


۞وَقَالَ ٱلَّذِينَ لَا يَرۡجُونَ لِقَآءَنَا لَوۡلَآ أُنزِلَ عَلَيۡنَا ٱلۡمَلَـٰٓئِكَةُ أَوۡ نَرَىٰ رَبَّنَاۗ لَقَدِ ٱسۡتَكۡبَرُواْ فِيٓ أَنفُسِهِمۡ وَعَتَوۡ عُتُوّٗا كَبِيرٗا

र जुन मानिसहरूले हामीसित भेट्ने आशा राख्दैनन्, भन्दछन् कि हाम्रो निम्ति फरिश्ताहरू (स्वर्गदूत) किन उतारिएनन्? वा हामी आफ्नो पालनकर्तालाई (किन) आफ्नो आँखाले दैख्दैनौं ? यिनीहरूले आफैलाई ठूलो अहंकारी सम्झेका छन् र ठूलो विद्रोह गरिराखेका छन् ।
Surah Al-Furqan, Verse 21


يَوۡمَ يَرَوۡنَ ٱلۡمَلَـٰٓئِكَةَ لَا بُشۡرَىٰ يَوۡمَئِذٖ لِّلۡمُجۡرِمِينَ وَيَقُولُونَ حِجۡرٗا مَّحۡجُورٗا

जुन दिन तिनीहरू फरिश्ताहरूलाई देख्नेछन् त्यो दिन अपराधीहरूको निम्ति कुनै खुशीको कुरा हुनेछैन र उनीहरू पुकार्ने छन् हामी बंचित नै वंचित भएका छौं ।
Surah Al-Furqan, Verse 22


وَقَدِمۡنَآ إِلَىٰ مَا عَمِلُواْ مِنۡ عَمَلٖ فَجَعَلۡنَٰهُ هَبَآءٗ مَّنثُورًا

र उनीहरूले जे–जे कर्म गरेका थिए त्यसतर्फ ध्यानाकर्षण भएमा हामीले तिनलाई व्यर्थ बनाइदिनेछौं ।
Surah Al-Furqan, Verse 23


أَصۡحَٰبُ ٱلۡجَنَّةِ يَوۡمَئِذٍ خَيۡرٞ مُّسۡتَقَرّٗا وَأَحۡسَنُ مَقِيلٗا

हो त्यस दिन जन्नतमा बस्नेहरूको बासस्थान राम्रो हुनेछ र आराम गर्ने ठाउँ पनि राम्रो हुनेछ ।
Surah Al-Furqan, Verse 24


وَيَوۡمَ تَشَقَّقُ ٱلسَّمَآءُ بِٱلۡغَمَٰمِ وَنُزِّلَ ٱلۡمَلَـٰٓئِكَةُ تَنزِيلًا

र जुन दिन आकाश बादलको साथ फाट्ने (च्यात्ने) छ र फरिश्ताहरू निरन्तर अवतरित गराइनेछन् ।
Surah Al-Furqan, Verse 25


ٱلۡمُلۡكُ يَوۡمَئِذٍ ٱلۡحَقُّ لِلرَّحۡمَٰنِۚ وَكَانَ يَوۡمًا عَلَى ٱلۡكَٰفِرِينَ عَسِيرٗا

त्यस दिन वास्तविक राज्य अल्लाहको हुनेछ । र इन्कार गर्नेहरूलाई त्यो दिन धेरै कठिन हुनेछ ।
Surah Al-Furqan, Verse 26


وَيَوۡمَ يَعَضُّ ٱلظَّالِمُ عَلَىٰ يَدَيۡهِ يَقُولُ يَٰلَيۡتَنِي ٱتَّخَذۡتُ مَعَ ٱلرَّسُولِ سَبِيلٗا

त्यस दिन अत्याचारीले आफ्नो हात टोक्नेछ र भन्नेछः कि म रसूलको मार्गमा हिंडेको भए कति राम्रो हुने थियो ।
Surah Al-Furqan, Verse 27


يَٰوَيۡلَتَىٰ لَيۡتَنِي لَمۡ أَتَّخِذۡ فُلَانًا خَلِيلٗا

अफशोच ! मैले अमुक व्यक्तिलाई मित्र नबनाएको भए राम्रो हुने थियो ।
Surah Al-Furqan, Verse 28


لَّقَدۡ أَضَلَّنِي عَنِ ٱلذِّكۡرِ بَعۡدَ إِذۡ جَآءَنِيۗ وَكَانَ ٱلشَّيۡطَٰنُ لِلۡإِنسَٰنِ خَذُولٗا

त्यसले त मलाई त्यसपछि विचलित पारिदियो जबकि निर्देशन मेरो पासमा आइसकेको थियो । र शैतानले त समय आएपछि मनुष्यलाई धोखा दिने नै हो ।
Surah Al-Furqan, Verse 29


وَقَالَ ٱلرَّسُولُ يَٰرَبِّ إِنَّ قَوۡمِي ٱتَّخَذُواْ هَٰذَا ٱلۡقُرۡءَانَ مَهۡجُورٗا

र पैगम्बरले भन्ने छन् कि हे मेरो पालनकर्ता निःसन्देह मेरो जातिबन्धुले यस कुरआनलाई त्यागिराखेका थिए ।
Surah Al-Furqan, Verse 30


وَكَذَٰلِكَ جَعَلۡنَا لِكُلِّ نَبِيٍّ عَدُوّٗا مِّنَ ٱلۡمُجۡرِمِينَۗ وَكَفَىٰ بِرَبِّكَ هَادِيٗا وَنَصِيرٗا

र यसैप्रकार हामीले प्रत्येक नबी (संदेष्टा) को निम्ति अपराधीहरूमध्येबाट शत्रु बनायौं । र मार्गदर्शन तथा सहायताको निम्ति त तिम्रो पालनहार नै पर्याप्त छ ।
Surah Al-Furqan, Verse 31


وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَوۡلَا نُزِّلَ عَلَيۡهِ ٱلۡقُرۡءَانُ جُمۡلَةٗ وَٰحِدَةٗۚ كَذَٰلِكَ لِنُثَبِّتَ بِهِۦ فُؤَادَكَۖ وَرَتَّلۡنَٰهُ تَرۡتِيلٗا

र जुन मानिसहरूले इन्कार गरे, उनीहरूको भनाई छ, कि उसमाथि सम्पूर्ण कुरआन एकैपटक किन अवतरित गरिएन ? यसकारण हामीले (अलि–अलि उतार्यौं) ताकि यसद्वारा तिम्रो हृदयलाई दृढ राखौं र हामीले यसलाई रुकी–रुकी नै पढेर सुनाएका हौं ।
Surah Al-Furqan, Verse 32


وَلَا يَأۡتُونَكَ بِمَثَلٍ إِلَّا جِئۡنَٰكَ بِٱلۡحَقِّ وَأَحۡسَنَ تَفۡسِيرًا

र यिनीहरूले तपाई सामु जुन उदाहरण ल्याउँने छन्, हामीले त्यसको सही र धेरै राम्रो जवाफ तपाईलाई बताइदिनेछौं ।
Surah Al-Furqan, Verse 33


ٱلَّذِينَ يُحۡشَرُونَ عَلَىٰ وُجُوهِهِمۡ إِلَىٰ جَهَنَّمَ أُوْلَـٰٓئِكَ شَرّٞ مَّكَانٗا وَأَضَلُّ سَبِيلٗا

जुन मानिसहरू घोप्टो पारी नर्कतिर एकत्रित गरिनेछन्, उनीहरू नराम्रो बासस्थानवाला र पूरै विचलित बाटोवाला हुनेछन् ।
Surah Al-Furqan, Verse 34


وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ وَجَعَلۡنَا مَعَهُۥٓ أَخَاهُ هَٰرُونَ وَزِيرٗا

र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं र उनका सहयात्री भाइ हारूनलाई (मन्त्री) सहायक बनायौं ।
Surah Al-Furqan, Verse 35


فَقُلۡنَا ٱذۡهَبَآ إِلَى ٱلۡقَوۡمِ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا فَدَمَّرۡنَٰهُمۡ تَدۡمِيرٗا

र भन्यौं कि तिमी दुवै ती मानिसहरूतिर जाऊ, जसले हाम्रो आयतहरूलाई असत्य भनिरहेका छन् । फेरि हामीले उनीहरूलाई पूरै नष्ट गरिहाल्यौं ।
Surah Al-Furqan, Verse 36


وَقَوۡمَ نُوحٖ لَّمَّا كَذَّبُواْ ٱلرُّسُلَ أَغۡرَقۡنَٰهُمۡ وَجَعَلۡنَٰهُمۡ لِلنَّاسِ ءَايَةٗۖ وَأَعۡتَدۡنَا لِلظَّـٰلِمِينَ عَذَابًا أَلِيمٗا

र ‘‘नूहको’’ जातिबन्धुले पनि जब पैगम्बरहरूलाई झूठा भने, तब हामीले उनलाई डुबाइदियौं र उनीहरूलाइ मानिसहरूको निम्ति शिक्षा लिने निशानी बनाइदियौं र अत्याचारीहरूको निम्ति हामीले दुःखद् यातना तयार गरिसकेका छौं ।
Surah Al-Furqan, Verse 37


وَعَادٗا وَثَمُودَاْ وَأَصۡحَٰبَ ٱلرَّسِّ وَقُرُونَۢا بَيۡنَ ذَٰلِكَ كَثِيرٗا

र ‘‘आद’’ र ‘‘समूद’’ का जातिबन्धुहरू र इनारवालाहरू र उनीहरूको बीचमा भएका धेरै समूहहरूलाई पनि नष्ट गरिहाल्यौं ।
Surah Al-Furqan, Verse 38


وَكُلّٗا ضَرَبۡنَا لَهُ ٱلۡأَمۡثَٰلَۖ وَكُلّٗا تَبَّرۡنَا تَتۡبِيرٗا

र सबैलाई (सम्झाउनको) निम्ति हामीले उदाहरण बयान गर्यौं र फेरिः प्रत्येकलाई हामीले नष्ट गरिदियौं ।
Surah Al-Furqan, Verse 39


وَلَقَدۡ أَتَوۡاْ عَلَى ٱلۡقَرۡيَةِ ٱلَّتِيٓ أُمۡطِرَتۡ مَطَرَ ٱلسَّوۡءِۚ أَفَلَمۡ يَكُونُواْ يَرَوۡنَهَاۚ بَلۡ كَانُواْ لَا يَرۡجُونَ نُشُورٗا

यिनीहरूले त्यस बस्तीको नजिकबाट पनि अवागमन गरिराखेका छन्, जसमाथि नराम्रो वृष्टि गराइएको थियो, तत्पश्चात पनि के उनीहरूले त्यसलाई देखिराखेका छैनन्,? (होइन) बरु वास्तविकता यो हो कि उनीहरू दोस्रो पटक जीवित भई उठ्ने आशा नै गरिराखेका छैनन्
Surah Al-Furqan, Verse 40


وَإِذَا رَأَوۡكَ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَٰذَا ٱلَّذِي بَعَثَ ٱللَّهُ رَسُولًا

र यिनीहरूले जब तपाईलाई देख्छन्, (त्यतिखेर) तपाईको उपहास गर्दछन्, कि के यही त्यो मानिस हो, जसलाई अल्लाहले पैगम्बर (संदेष्टा) बनाएर पठाएको छ
Surah Al-Furqan, Verse 41


إِن كَادَ لَيُضِلُّنَا عَنۡ ءَالِهَتِنَا لَوۡلَآ أَن صَبَرۡنَا عَلَيۡهَاۚ وَسَوۡفَ يَعۡلَمُونَ حِينَ يَرَوۡنَ ٱلۡعَذَابَ مَنۡ أَضَلُّ سَبِيلًا

यसले त हामीलाई हाम्रा पूज्यहरूबाट विमुख नै पारिदिने थियो, यदि हामी उनीहरूमा दृढ नभएको भए र तिनीहरूले जब यातना देख्नेछन् तब शीघ्र नै उनीहरूलाई थाहा भइहाल्ने छ, कि मार्गबाट को पूरै विचलित भएको थियो ।
Surah Al-Furqan, Verse 42


أَرَءَيۡتَ مَنِ ٱتَّخَذَ إِلَٰهَهُۥ هَوَىٰهُ أَفَأَنتَ تَكُونُ عَلَيۡهِ وَكِيلًا

के तपाईले त्यस व्यक्तिलाई पनि देख्नुभयो, जसले आफ्नो इच्छापूर्तिलाई नै आफ्नो पूज्य बनाइरहेको छ, त के तपाई त्यसको जिम्मेदार बन्नु हुनेछ
Surah Al-Furqan, Verse 43


أَمۡ تَحۡسَبُ أَنَّ أَكۡثَرَهُمۡ يَسۡمَعُونَ أَوۡ يَعۡقِلُونَۚ إِنۡ هُمۡ إِلَّا كَٱلۡأَنۡعَٰمِ بَلۡ هُمۡ أَضَلُّ سَبِيلًا

के तपाईले यही सोच्नु्हुन्छ कि उनीहरूमध्ये धेरैले सुन्दछन्, र बुझ्दछन् ? उनीहरू त एकदम चौपायाहरू जस्तै छन्, बरु तिनीहरूभन्दा पनि धेरै पथभ्रष्ट ।
Surah Al-Furqan, Verse 44


أَلَمۡ تَرَ إِلَىٰ رَبِّكَ كَيۡفَ مَدَّ ٱلظِّلَّ وَلَوۡ شَآءَ لَجَعَلَهُۥ سَاكِنٗا ثُمَّ جَعَلۡنَا ٱلشَّمۡسَ عَلَيۡهِ دَلِيلٗا

के तपाईले देख्नु भएन कि तपाईको पालनहारले छाँयालाई कसरी लम्ब्याएर फिजाइदिनु भएकोछ र यदि त्यसले चाहेको भए (छाँयालाई) स्थिर राख्न सक्दथ्यो । अनि सूर्यलाई त्यसमाथि प्रमाण बनाइदियौं ।
Surah Al-Furqan, Verse 45


ثُمَّ قَبَضۡنَٰهُ إِلَيۡنَا قَبۡضٗا يَسِيرٗا

अनि हामीले त्यसलाई बिस्तारै–बिस्तारै आफ्नोतर्फ तानिहाल्यौं ।
Surah Al-Furqan, Verse 46


وَهُوَ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلَّيۡلَ لِبَاسٗا وَٱلنَّوۡمَ سُبَاتٗا وَجَعَلَ ٱلنَّهَارَ نُشُورٗا

र उही त हो, जसले रातलाई तिम्रो निम्ति पर्दा (वस्त्र) र निद्रालाई सर्वथा विश्राम बनायो र दिनलाई व्युंझि उठ्ने समय बनायो ।
Surah Al-Furqan, Verse 47


وَهُوَ ٱلَّذِيٓ أَرۡسَلَ ٱلرِّيَٰحَ بُشۡرَۢا بَيۡنَ يَدَيۡ رَحۡمَتِهِۦۚ وَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ طَهُورٗا

र उहि त हो, जसले आफ्नो दयालुताको वर्षा अगाडि हावाहरूलाई खुशीयालीको सूचना दिन पठाउँछ र हामीले आकाशबाट पवित्र पानीको वृष्टि गर्दछौं ।
Surah Al-Furqan, Verse 48


لِّنُحۡـِۧيَ بِهِۦ بَلۡدَةٗ مَّيۡتٗا وَنُسۡقِيَهُۥ مِمَّا خَلَقۡنَآ أَنۡعَٰمٗا وَأَنَاسِيَّ كَثِيرٗا

ताकि यसबाट मृत शहरलाई जीवित गरौं, र त्यसलाई धेरै जसो चौपायाहरू र मानिसहरूलाई जसलाई हामीले सृष्टि गरेकाछौं पिलाऔं ।
Surah Al-Furqan, Verse 49


وَلَقَدۡ صَرَّفۡنَٰهُ بَيۡنَهُمۡ لِيَذَّكَّرُواْ فَأَبَىٰٓ أَكۡثَرُ ٱلنَّاسِ إِلَّا كُفُورٗا

र निःसंदेह हामीले यस (कुरआन) लाई विभिन्न तरिकाले मानिसहरूमा वर्णन गर्यौं ताकि उनीहरू ध्यान दिउन् । तर धेरै जसो मानिसहरूले कृतध्न भएर त्यसलाई मानेनन् ।
Surah Al-Furqan, Verse 50


وَلَوۡ شِئۡنَا لَبَعَثۡنَا فِي كُلِّ قَرۡيَةٖ نَّذِيرٗا

र यदि हामीले चाहेको भए हरेक बस्तीमा एक–एक डराउनेवाला पठाइदिन्थ्यौं ।
Surah Al-Furqan, Verse 51


فَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَجَٰهِدۡهُم بِهِۦ جِهَادٗا كَبِيرٗا

तसर्थ तपाई इन्कार गर्नेहरूको भनाई नमान्नुस् र यस (कुरआन) द्वारा उनीहरूसित पूरै शक्तिको साथ ठूलो जिहाद गर्नुस् ।
Surah Al-Furqan, Verse 52


۞وَهُوَ ٱلَّذِي مَرَجَ ٱلۡبَحۡرَيۡنِ هَٰذَا عَذۡبٞ فُرَاتٞ وَهَٰذَا مِلۡحٌ أُجَاجٞ وَجَعَلَ بَيۡنَهُمَا بَرۡزَخٗا وَحِجۡرٗا مَّحۡجُورٗا

र उहि त हो, जसले दुई सागरलाई मिलाइराखेको छ, एउटा मीठो छ, तिर्खा मेटाउनेवाला र अर्को नुनिलो छ छाति पोल्नेवाला, र दुवैको बीचमा एउटा पर्दा र बलियो अवरोध बनाइदियो ।
Surah Al-Furqan, Verse 53


وَهُوَ ٱلَّذِي خَلَقَ مِنَ ٱلۡمَآءِ بَشَرٗا فَجَعَلَهُۥ نَسَبٗا وَصِهۡرٗاۗ وَكَانَ رَبُّكَ قَدِيرٗا

र उही त हो, जसले पानीबाट मनुष्यको सृष्टि गर्यो । अनि उसलाई वंशानुगत सम्बन्धहरू र ससुराली नातावाला बनायो । र निःसन्देह तिम्रो पालनहार बडो सामथ्र्यवान छ ।
Surah Al-Furqan, Verse 54


وَيَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُهُمۡ وَلَا يَضُرُّهُمۡۗ وَكَانَ ٱلۡكَافِرُ عَلَىٰ رَبِّهِۦ ظَهِيرٗا

यिनीहरू अल्लाहलाई छाडि यस्तोको पूजा गर्दछन्, कि जसले उनलाई नत फाइदा पुर्याउन सक्छ नत नोक्सान, र काफिरहरू त छदैछन् आफ्नो पालनकर्ताको विरोधी र अरुको (शैतानको) मदद गर्नेवाला ।
Surah Al-Furqan, Verse 55


وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا مُبَشِّرٗا وَنَذِيرٗا

र हामीले त तपाईलाई एउटा शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं ।
Surah Al-Furqan, Verse 56


قُلۡ مَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍ إِلَّا مَن شَآءَ أَن يَتَّخِذَ إِلَىٰ رَبِّهِۦ سَبِيلٗا

भनिदिनुस् कि म यस कुरआन पुर्याउने कामको निम्ति तिमीसित कुनै पारिश्रमिक माग्दिन । (यस बाहेक कि) जसले चाहन्छ आफ्नो पालनकर्तातिर जाने मार्ग अपनाइहालोस् ।
Surah Al-Furqan, Verse 57


وَتَوَكَّلۡ عَلَى ٱلۡحَيِّ ٱلَّذِي لَا يَمُوتُ وَسَبِّحۡ بِحَمۡدِهِۦۚ وَكَفَىٰ بِهِۦ بِذُنُوبِ عِبَادِهِۦ خَبِيرًا

त्यस (अल्लाह)माथि भरोसा गर जो अमर छ र उसको पवित्रताको गुणगान गर र ऊ आफ्ना दासहरूका पापहरूको पूर्ण जानकारी राख्दछ ।
Surah Al-Furqan, Verse 58


ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ ٱلرَّحۡمَٰنُ فَسۡـَٔلۡ بِهِۦ خَبِيرٗا

उसैले आकाशहरू र धरतीलाई र जे जति उनीहरूको बीचमा छ ६ दिनमा सृष्टि गर्यो, अनि सिंहासन (अर्श) माथि उच्च भयो, ऊ बडो दयावान छ, तसर्थ उसको बारेमा कुनै जानकारसँग सोध ।
Surah Al-Furqan, Verse 59


وَإِذَا قِيلَ لَهُمُ ٱسۡجُدُواْۤ لِلرَّحۡمَٰنِ قَالُواْ وَمَا ٱلرَّحۡمَٰنُ أَنَسۡجُدُ لِمَا تَأۡمُرُنَا وَزَادَهُمۡ نُفُورٗا۩

जब यिनीसित भनिन्छः कि अल्लाह–रहमानलाई ढोग तब उनीहरू भन्छन्ः कि रहमान भनेको के हो ? के जसको बारेमा तपाई भन्नुहुन्छ, उसैलाई हामीले ढोगौं ? र यस आमन्त्रणले उनको घृणालाई अझ बृद्धि गरिदिन्छ ।
Surah Al-Furqan, Verse 60


تَبَارَكَ ٱلَّذِي جَعَلَ فِي ٱلسَّمَآءِ بُرُوجٗا وَجَعَلَ فِيهَا سِرَٰجٗا وَقَمَرٗا مُّنِيرٗا

त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र त्यसमा एउटा सूर्य र एउटा टल्किराखेको चन्द्र बनायो ।
Surah Al-Furqan, Verse 61


وَهُوَ ٱلَّذِي جَعَلَ ٱلَّيۡلَ وَٱلنَّهَارَ خِلۡفَةٗ لِّمَنۡ أَرَادَ أَن يَذَّكَّرَ أَوۡ أَرَادَ شُكُورٗا

र उसैले रात र दिनलाई एक अर्काको पछि लागिरहनेवाला बनायो, त्यस व्यक्तिको उपदेशको लागि जो चेतना चाहन्छ वा कृतज्ञ हुन चाहन्छ ।
Surah Al-Furqan, Verse 62


وَعِبَادُ ٱلرَّحۡمَٰنِ ٱلَّذِينَ يَمۡشُونَ عَلَى ٱلۡأَرۡضِ هَوۡنٗا وَإِذَا خَاطَبَهُمُ ٱلۡجَٰهِلُونَ قَالُواْ سَلَٰمٗا

अल्लाहका प्रिय दासहरू ती हुन् जो धरतीमा नम्रतापूर्वक हिंड्छन् र जब अज्ञानीहरू उनीहरूको सम्मुख अज्ञानतापूर्ण कुरा गर्दछन् त उनीहरूले सलाम होस् भन्दछन् ।
Surah Al-Furqan, Verse 63


وَٱلَّذِينَ يَبِيتُونَ لِرَبِّهِمۡ سُجَّدٗا وَقِيَٰمٗا

र जो आफ्नो पालनकर्ताको अगाडि ढोग्दै र उभिनेगरी रातहरू व्यतीत गर्दछन् ।
Surah Al-Furqan, Verse 64


وَٱلَّذِينَ يَقُولُونَ رَبَّنَا ٱصۡرِفۡ عَنَّا عَذَابَ جَهَنَّمَۖ إِنَّ عَذَابَهَا كَانَ غَرَامًا

र जसले यो प्रार्थना गर्दछन्ः कि हे हाम्रो पालनकर्ता ! नर्कको यातनालाई हामीबाट टाढा गरिदेऊ । निश्चय नै उसको यातना धेरै दुःखदायी छ ।
Surah Al-Furqan, Verse 65


إِنَّهَا سَآءَتۡ مُسۡتَقَرّٗا وَمُقَامٗا

र निश्चय नै त्यो बस्ने दृष्टिकोणले नराम्रो छ र स्थानको दृष्टिकोणले पनि ।
Surah Al-Furqan, Verse 66


وَٱلَّذِينَ إِذَآ أَنفَقُواْ لَمۡ يُسۡرِفُواْ وَلَمۡ يَقۡتُرُواْ وَكَانَ بَيۡنَ ذَٰلِكَ قَوَامٗا

र जसले खर्चगर्दा न अपव्यय गर्दछन् र नत कन्जूस्याई बरु उनीहरू यी दुवैको बीचमा रही संतुलित खर्च गर्दछन् ।
Surah Al-Furqan, Verse 67


وَٱلَّذِينَ لَا يَدۡعُونَ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ وَلَا يَقۡتُلُونَ ٱلنَّفۡسَ ٱلَّتِي حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلۡحَقِّ وَلَا يَزۡنُونَۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ يَلۡقَ أَثَامٗا

र जसले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दैनन् र नाहक कुनै जीवलाई जसको हत्यालाई अल्लाहले वर्जित गरेको छ, मार्दैनन् । र न उनीहरू व्यभिचार गर्दछन् । र जसले यो काम गर्नेछ, गम्भीर पापको दण्डमा पर्नेछ ।
Surah Al-Furqan, Verse 68


يُضَٰعَفۡ لَهُ ٱلۡعَذَابُ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَيَخۡلُدۡ فِيهِۦ مُهَانًا

कियामतको दिन उसलाई दुईगुणा यातना हुनेछ र ऊ अपमानित भई सधैं त्यसमा रहनेछ ।
Surah Al-Furqan, Verse 69


إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ عَمَلٗا صَٰلِحٗا فَأُوْلَـٰٓئِكَ يُبَدِّلُ ٱللَّهُ سَيِّـَٔاتِهِمۡ حَسَنَٰتٖۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا

तर ती मानिसहरू बाहेक जसले तौबा (प्रायश्चित) गरे र विश्वास गरे र असल कर्म गरे, त यस्ता मानिसहरूको पापहरूलाई अल्लाह सत्कर्महरूमा परिणत गरिदिनेछ र अल्लाह त अत्यन्त क्षमाशिल दयावान छ ।
Surah Al-Furqan, Verse 70


وَمَن تَابَ وَعَمِلَ صَٰلِحٗا فَإِنَّهُۥ يَتُوبُ إِلَى ٱللَّهِ مَتَابٗا

र जसले तौबा गर्यो र असल कर्म गर्यो त निःसन्देह त्यो अल्लाहतिर नै प्रवृत हुन्छ ।
Surah Al-Furqan, Verse 71


وَٱلَّذِينَ لَا يَشۡهَدُونَ ٱلزُّورَ وَإِذَا مَرُّواْ بِٱللَّغۡوِ مَرُّواْ كِرَامٗا

र जो झूठो साक्षी दिदैनन् र जब कुनै व्यर्थका कुराहरूको समीप आउँछन्, त सज्जनता पूर्वक गइहाल्छन् ।
Surah Al-Furqan, Verse 72


وَٱلَّذِينَ إِذَا ذُكِّرُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ لَمۡ يَخِرُّواْ عَلَيۡهَا صُمّٗا وَعُمۡيَانٗا

र जब उनीहरूलाई पालनकर्ताका आयतहरू सुनाइन्छ त ती (आयतहरू) माथि उनीहरूले अन्धा र बहिरा जस्तो हुँदैनन् ।
Surah Al-Furqan, Verse 73


وَٱلَّذِينَ يَقُولُونَ رَبَّنَا هَبۡ لَنَا مِنۡ أَزۡوَٰجِنَا وَذُرِّيَّـٰتِنَا قُرَّةَ أَعۡيُنٖ وَٱجۡعَلۡنَا لِلۡمُتَّقِينَ إِمَامًا

र विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई हाम्रा आफ्ना पत्नीहरूबाट र सन्तानहरूबाट आँखाको शीतलता प्रदान गर र हामीलाई आत्मसंयमीहरूको नायक बनाइदेऊ ।
Surah Al-Furqan, Verse 74


أُوْلَـٰٓئِكَ يُجۡزَوۡنَ ٱلۡغُرۡفَةَ بِمَا صَبَرُواْ وَيُلَقَّوۡنَ فِيهَا تَحِيَّةٗ وَسَلَٰمًا

यिनीहरू नै हुन कि जसलाई उनीहरूको धैर्यको प्रति दानस्वरूप (स्वर्गमा) अग्ला–अग्ला महल प्रदान गरिनेछ र त्यहाँ (स्वर्गदूत) उनीहरूलाई दुआ र सलामको साथ स्वागत गर्नेछन् ।
Surah Al-Furqan, Verse 75


خَٰلِدِينَ فِيهَاۚ حَسُنَتۡ مُسۡتَقَرّٗا وَمُقَامٗا

त्यसमा तिनीहरू सधैं रहनेछन् र त्यो बासको निम्ति साह्रै राम्रो र उत्तम ठाउँ हो ।
Surah Al-Furqan, Verse 76


قُلۡ مَا يَعۡبَؤُاْ بِكُمۡ رَبِّي لَوۡلَا دُعَآؤُكُمۡۖ فَقَدۡ كَذَّبۡتُمۡ فَسَوۡفَ يَكُونُ لِزَامَۢا

भनिदिनुस् कि यदि तिम्रो प्रार्थना (पुकार) नभएको भए मेरो पालनकर्ताले तिम्रो कुनै वास्ता गर्ने थिएन । तिमीले त झूठो भनिसकेका छौ तसर्थ त्यसको यातना अवश्य नै तिमीसँग (आई) टाँसिनेछ ।
Surah Al-Furqan, Verse 77


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 24
>> Surah 26

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai