UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Maryam - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


كٓهيعٓصٓ

काफ–हा–या–ऐन–स्वाद ।
Surah Maryam, Verse 1


ذِكۡرُ رَحۡمَتِ رَبِّكَ عَبۡدَهُۥ زَكَرِيَّآ

यो हो तिम्रो पालनकर्ताको त्यस कृपाको चर्चा जुन उसले आफ्नो सेवक ‘‘जकरीया’’ माथि गरेको थियो ।
Surah Maryam, Verse 2


إِذۡ نَادَىٰ رَبَّهُۥ نِدَآءً خَفِيّٗا

जब उनले आफ्नो पालनकर्तासँग गोप्यरूपले प्रार्थना गर्नुभएको थियो ।
Surah Maryam, Verse 3


قَالَ رَبِّ إِنِّي وَهَنَ ٱلۡعَظۡمُ مِنِّي وَٱشۡتَعَلَ ٱلرَّأۡسُ شَيۡبٗا وَلَمۡ أَكُنۢ بِدُعَآئِكَ رَبِّ شَقِيّٗا

कि हे मेरो पालनकर्ता मेरा हड्डीहरू कमजोर भइसकेका छन् र टाउकोका कपालहरू सेता भई टल्कन थालेका छन् तर म तिमीसँग याचना गरेपछि कहिल्यै वञ्चित भएको छैन ।
Surah Maryam, Verse 4


وَإِنِّي خِفۡتُ ٱلۡمَوَٰلِيَ مِن وَرَآءِي وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرٗا فَهَبۡ لِي مِن لَّدُنكَ وَلِيّٗا

मलाई आफ्नो मृत्यु पश्चात मेरो आफन्त र नजिकका मानिसहरूको बारेमा भय छ र मेरी स्वास्नी पनि बाँझो छे, तसर्थ मलाई आफ्नो तर्फबाट एउटा उत्तराधिकारी प्रदान गर ।
Surah Maryam, Verse 5


يَرِثُنِي وَيَرِثُ مِنۡ ءَالِ يَعۡقُوبَۖ وَٱجۡعَلۡهُ رَبِّ رَضِيّٗا

जो मेरो पनि उत्तराधिकारी होस् र ‘‘यअ्कूबको’’ सन्ततिको पनि उत्तराधिकारी होस्, र हे मेरो पालनकर्ता तिमीले त्यसलाई आफ्नो प्रिय भक्त बनाऊ ।
Surah Maryam, Verse 6


يَٰزَكَرِيَّآ إِنَّا نُبَشِّرُكَ بِغُلَٰمٍ ٱسۡمُهُۥ يَحۡيَىٰ لَمۡ نَجۡعَل لَّهُۥ مِن قَبۡلُ سَمِيّٗا

हे जकरीया हामीले तिमीलाई एउटा पुत्र प्राप्तिको शुभसन्देश दिन्छौं, जसको नाम ‘‘यह्या’’ हो । यसभन्दा अगाडि हामीले यो नाम भएको कुनै व्यक्तिको सृष्टि गरेका छैनौं ।
Surah Maryam, Verse 7


قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٞ وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرٗا وَقَدۡ بَلَغۡتُ مِنَ ٱلۡكِبَرِ عِتِيّٗا

उनले (जकरिया अलैहिस्सलामले) भने, पालनकर्ता मकहाँ कसरी पुत्र जन्मने छ, जब कि मेरी स्वास्नी बाँझो छे र म वृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको छु ।
Surah Maryam, Verse 8


قَالَ كَذَٰلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ هَيِّنٞ وَقَدۡ خَلَقۡتُكَ مِن قَبۡلُ وَلَمۡ تَكُ شَيۡـٔٗا

आदेश भयो कि यस्तै (हुनेछ) तिम्रो पालनकर्ताको आदेश भएको छ, मेरो लागि यो कुरो एकदम सजिलो छ र मैले अघि तिम्रो पनि सृष्टि गरिसकेको छु जब तिमी केही पनि थिएनौं
Surah Maryam, Verse 9


قَالَ رَبِّ ٱجۡعَل لِّيٓ ءَايَةٗۖ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَٰثَ لَيَالٖ سَوِيّٗا

भन्न थाले कि मेरो पालनकर्ता मेरो निम्ति कुनै प्रतीक निर्धारित गर । आदेश भयो कि तिम्रो लागि प्रतीक यो छ कि तिमी लाटो न भएपनि कुनै मानिससँग तीन दिनसम्म नबोल्नु ।
Surah Maryam, Verse 10


فَخَرَجَ عَلَىٰ قَوۡمِهِۦ مِنَ ٱلۡمِحۡرَابِ فَأَوۡحَىٰٓ إِلَيۡهِمۡ أَن سَبِّحُواْ بُكۡرَةٗ وَعَشِيّٗا

तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः र साँझ अल्लाहको गुणगान गर ।
Surah Maryam, Verse 11


يَٰيَحۡيَىٰ خُذِ ٱلۡكِتَٰبَ بِقُوَّةٖۖ وَءَاتَيۡنَٰهُ ٱلۡحُكۡمَ صَبِيّٗا

‘‘हे यह्या मेरो किताबलाई बलियो तरिकाले समातिराख’’ र हामीले यसलाई बाल्यकालदेखि नै ज्ञान (बुद्धिमत्ता) प्रदान गर्यौं ।
Surah Maryam, Verse 12


وَحَنَانٗا مِّن لَّدُنَّا وَزَكَوٰةٗۖ وَكَانَ تَقِيّٗا

र आफ्नो तर्फबाट सबै दया र पवित्रता पनि प्रदान गर्यौं, त्यो निष्ठावान मानिस थियो ।
Surah Maryam, Verse 13


وَبَرَّۢا بِوَٰلِدَيۡهِ وَلَمۡ يَكُن جَبَّارًا عَصِيّٗا

र आफ्नो माता–पितासँग असल व्यवहार गर्ने मानिस थियो । ऊ अट्टेरी र अवज्ञाकारी थिएन ।
Surah Maryam, Verse 14


وَسَلَٰمٌ عَلَيۡهِ يَوۡمَ وُلِدَ وَيَوۡمَ يَمُوتُ وَيَوۡمَ يُبۡعَثُ حَيّٗا

र जुन दिन उसले जन्म लियो र जुन दिन उसको मृत्यु हुनेछ र जुन दिन पुनर्जीवित गरी उठाइनेछ, उनीमाथि शान्ति (सलाम) होस् ।
Surah Maryam, Verse 15


وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ مَرۡيَمَ إِذِ ٱنتَبَذَتۡ مِنۡ أَهۡلِهَا مَكَانٗا شَرۡقِيّٗا

यस किताबमा मरियमको कथा पनि वर्णन गर, जब कि तिनी आफ्नो परिवारबाट अलग्गिएर पूर्वतिर लागिन् ।
Surah Maryam, Verse 16


فَٱتَّخَذَتۡ مِن دُونِهِمۡ حِجَابٗا فَأَرۡسَلۡنَآ إِلَيۡهَا رُوحَنَا فَتَمَثَّلَ لَهَا بَشَرٗا سَوِيّٗا

र तिनीहरूबाट अदृश्य हुन एउटा आवरण (पर्दा) हालिन्, त्यस बेला हामीले तिनको समीपमा आफ्नो रूह (जिब्राईल) लाई पठायौं अनि उनी तिनको अगाडि पूर्णरूपमा मानिस बनी प्रकट भए ।
Surah Maryam, Verse 17


قَالَتۡ إِنِّيٓ أَعُوذُ بِٱلرَّحۡمَٰنِ مِنكَ إِن كُنتَ تَقِيّٗا

(मरियमले) भनिन् कि यदि तिमी आत्मसंयमी हौ भने म तिमीबाट रहमानको शरण चाहन्छु ।
Surah Maryam, Verse 18


قَالَ إِنَّمَآ أَنَا۠ رَسُولُ رَبِّكِ لِأَهَبَ لَكِ غُلَٰمٗا زَكِيّٗا

उनले भने कि म तिम्रो पालनकर्ताबाट पठाइएको (स्वर्गदूत) हूँ, तिमीलाई एउटा पवित्र पुत्र दिन आएको हूँ ।
Surah Maryam, Verse 19


قَالَتۡ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٞ وَلَمۡ يَمۡسَسۡنِي بَشَرٞ وَلَمۡ أَكُ بَغِيّٗا

भन्न थालिन् कि मबाट पुत्र कसरी जन्मन सक्छ ? मलाई त अहिलेसम्म कुनै मानिसले स्पर्श गरेको छैन र म चरित्रहीन पनि होइन ।
Surah Maryam, Verse 20


قَالَ كَذَٰلِكِ قَالَ رَبُّكِ هُوَ عَلَيَّ هَيِّنٞۖ وَلِنَجۡعَلَهُۥٓ ءَايَةٗ لِّلنَّاسِ وَرَحۡمَةٗ مِّنَّاۚ وَكَانَ أَمۡرٗا مَّقۡضِيّٗا

उनले भने कि कुरा त यही नै हो तर तिम्रो पालनकर्ताको आदेश छ कि यो मेरो लागि सजिलो छ । र हामीले त यसलाई मानिसहरूको निम्ति एउटा निशानी बनाउने छौं र आफ्नो विशेष वरदान, र यो त एउटा निश्चित कुरो हो ।
Surah Maryam, Verse 21


۞فَحَمَلَتۡهُ فَٱنتَبَذَتۡ بِهِۦ مَكَانٗا قَصِيّٗا

अनि तिनी गर्भवती भइहालिन् र यस कारण एउटा टाढा ठाउँतिर लागिन् ।
Surah Maryam, Verse 22


فَأَجَآءَهَا ٱلۡمَخَاضُ إِلَىٰ جِذۡعِ ٱلنَّخۡلَةِ قَالَتۡ يَٰلَيۡتَنِي مِتُّ قَبۡلَ هَٰذَا وَكُنتُ نَسۡيٗا مَّنسِيّٗا

त्यसपछि प्रसवपीडाले तिनलाई एउटा खजूरको हाँगामुनि ल्यायो । भन्न थालिन् कि काश म यसभन्दा अगाडि नै मरिसकेको भए र मानिसको सम्झना र विस्मृत भइहालेको भए राम्रो हुने थियो ।
Surah Maryam, Verse 23


فَنَادَىٰهَا مِن تَحۡتِهَآ أَلَّا تَحۡزَنِي قَدۡ جَعَلَ رَبُّكِ تَحۡتَكِ سَرِيّٗا

त्यतिखेर मुनिबाट फरिश्ताले (स्वर्गदूतले) तिनलाई आवाज दियो कि चिन्तित नहोऊ । तिम्रो पालनकर्ताले तिम्रो खुट्टा मुनिबाट एउटा पानीको मूल बगाइदिएको छ ।
Surah Maryam, Verse 24


وَهُزِّيٓ إِلَيۡكِ بِجِذۡعِ ٱلنَّخۡلَةِ تُسَٰقِطۡ عَلَيۡكِ رُطَبٗا جَنِيّٗا

र त्यस खजूरको हाँगोलाई आफूतिर हल्लाऊ, यसले तिम्रो अगाडि खजूरको ताजा फल खसालिदिन्छ ।
Surah Maryam, Verse 25


فَكُلِي وَٱشۡرَبِي وَقَرِّي عَيۡنٗاۖ فَإِمَّا تَرَيِنَّ مِنَ ٱلۡبَشَرِ أَحَدٗا فَقُولِيٓ إِنِّي نَذَرۡتُ لِلرَّحۡمَٰنِ صَوۡمٗا فَلَنۡ أُكَلِّمَ ٱلۡيَوۡمَ إِنسِيّٗا

अब निश्चिन्त भई खाऊ पिऊ र आँखालाई शीतल पार (अर्थात नवजात शिशुलाई आफ्ना आँखाले हेरेर सन्तुष्टि प्राप्त गर) । यदि कुनै मानिस देखिन्छ भने, भनिदिनु कि मैले अल्लाह, अत्यन्त दयालुको नाममा व्रतको भाकल गरेको छु । तसर्थ म आज कोहीसित बोल्दिन ।
Surah Maryam, Verse 26


فَأَتَتۡ بِهِۦ قَوۡمَهَا تَحۡمِلُهُۥۖ قَالُواْ يَٰمَرۡيَمُ لَقَدۡ جِئۡتِ شَيۡـٔٗا فَرِيّٗا

अब तिनी हजरत ‘‘ईसा’’ (अलैहिस्सलाम) लाई लिई आफ्नो समुदायतिर आइन् । तिनीहरूले भन्न थाले मरियम यो त तिमीले साह्रै नराम्रो काम गरिस् ।
Surah Maryam, Verse 27


يَـٰٓأُخۡتَ هَٰرُونَ مَا كَانَ أَبُوكِ ٱمۡرَأَ سَوۡءٖ وَمَا كَانَتۡ أُمُّكِ بَغِيّٗا

हे हारूनकी बहिनी नत तिम्रो बाबु नराम्रो थियो नत तिम्री आमा नै चरित्रहीन थिइन् ।
Surah Maryam, Verse 28


فَأَشَارَتۡ إِلَيۡهِۖ قَالُواْ كَيۡفَ نُكَلِّمُ مَن كَانَ فِي ٱلۡمَهۡدِ صَبِيّٗا

त्यसपछि मरियमले आफ्नो बालकतिर संकेत गरिन् । तिनीहरूले भने कि लौ हामीले काँखको बच्चासँग कसरी कुरा गर्न सक्तछौं
Surah Maryam, Verse 29


قَالَ إِنِّي عَبۡدُ ٱللَّهِ ءَاتَىٰنِيَ ٱلۡكِتَٰبَ وَجَعَلَنِي نَبِيّٗا

बच्चाले तुरुन्त बोल्यो कि म अल्लाहको सेवक हूँ, उसले मलाई ग्रन्थ प्रदान गरेको छ र मलाई आफ्नो संदेष्टा बनाएको छ ।
Surah Maryam, Verse 30


وَجَعَلَنِي مُبَارَكًا أَيۡنَ مَا كُنتُ وَأَوۡصَٰنِي بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ مَا دُمۡتُ حَيّٗا

र म जहाँ छु (र जुन अवस्थामा छु) उसले मलाई वरदानप्राप्त बनाएको छ र जबसम्म म जीवित छु मलाई नमाज र दान (जकात) को आदेश गरेको छ ।
Surah Maryam, Verse 31


وَبَرَّۢا بِوَٰلِدَتِي وَلَمۡ يَجۡعَلۡنِي جَبَّارٗا شَقِيّٗا

र उसले मलाई आफ्नी आमाको सेवा गर्नेवाला बनाएको छ र मलाई अटेरी र अभागा बनाएको होइन ।
Surah Maryam, Verse 32


وَٱلسَّلَٰمُ عَلَيَّ يَوۡمَ وُلِدتُّ وَيَوۡمَ أَمُوتُ وَيَوۡمَ أُبۡعَثُ حَيّٗا

र जुन दिन मैले जन्म लिएँ र जुन दिन म मर्नेछु, र जुन दिन जीवित भई उठाइने छु, ममाथि शान्ति नै शान्ति छ ।
Surah Maryam, Verse 33


ذَٰلِكَ عِيسَى ٱبۡنُ مَرۡيَمَۖ قَوۡلَ ٱلۡحَقِّ ٱلَّذِي فِيهِ يَمۡتَرُونَ

यो हो वास्तविक कथाघटना ईसा पुत्र मरियमको यही नै त्यो साँचो कुरो हो जसमाथि मानिसहरूले शंका उपशंका गर्दछन् ।
Surah Maryam, Verse 34


مَا كَانَ لِلَّهِ أَن يَتَّخِذَ مِن وَلَدٖۖ سُبۡحَٰنَهُۥٓۚ إِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ

अल्लाहको गौरवलाई यो सुहाउँदैन कि उसको आफ्नो सन्तान होस् । ऊ त एकदम पवित्र छ । जब कुनै कुराको इच्छा गर्दछ, तब त्यसलाई यति मात्र भन्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।
Surah Maryam, Verse 35


وَإِنَّ ٱللَّهَ رَبِّي وَرَبُّكُمۡ فَٱعۡبُدُوهُۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ

अल्लाह नै मेरो र तिमी सबैको पालनकर्ता हो, तसर्थ तिमीहरू उसैको पूजा गर । यही नै सोझो मार्ग हो ।
Surah Maryam, Verse 36


فَٱخۡتَلَفَ ٱلۡأَحۡزَابُ مِنۢ بَيۡنِهِمۡۖ فَوَيۡلٞ لِّلَّذِينَ كَفَرُواْ مِن مَّشۡهَدِ يَوۡمٍ عَظِيمٍ

अनि यी समुदायहरूले आपसमा मतभेदका कुरा गर्नथाले । तसर्थ काफिरहरूलाई एउटा ठूलो भयङ्कर दिन आउनाको कारणले खराबी, (धिक्कार) छ ।
Surah Maryam, Verse 37


أَسۡمِعۡ بِهِمۡ وَأَبۡصِرۡ يَوۡمَ يَأۡتُونَنَا لَٰكِنِ ٱلظَّـٰلِمُونَ ٱلۡيَوۡمَ فِي ضَلَٰلٖ مُّبِينٖ

तिनीहरू जुन दिन हाम्रो सामु आउँनेछन् । राम्ररी सुन्ने र देख्नेवाला हुनेछन्, तर अत्याचारीहरू आज खुल्लारूपले मार्गविचलित छन् ।
Surah Maryam, Verse 38


وَأَنذِرۡهُمۡ يَوۡمَ ٱلۡحَسۡرَةِ إِذۡ قُضِيَ ٱلۡأَمۡرُ وَهُمۡ فِي غَفۡلَةٖ وَهُمۡ لَا يُؤۡمِنُونَ

तपाईले तिनीहरूलाई त्यस दुःख र पश्चतापको भयबाट खबरदार गरिदिनुस् जब कुराको टुङ्गो लाग्ने छ र तिनीहरू लापरवाहीमा नै रहीरहने छन् र तिनीहरू ईमान ल्याउने छैनन् ।
Surah Maryam, Verse 39


إِنَّا نَحۡنُ نَرِثُ ٱلۡأَرۡضَ وَمَنۡ عَلَيۡهَا وَإِلَيۡنَا يُرۡجَعُونَ

हामी नै पृथ्वी र त्यसमा बस्नेहरू सबैको वारिस हुनेछौं र सबै मानिसहरू हामीतिर नै फर्काएर ल्याइने छन् ।
Surah Maryam, Verse 40


وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِبۡرَٰهِيمَۚ إِنَّهُۥ كَانَ صِدِّيقٗا نَّبِيًّا

यस किताबमा इब्राहीम (अलैहिस्सलाम) को घटना बयान गर । निःसन्देह उनी एउटा सत्यनिष्ठ पैगम्बर थिए ।
Surah Maryam, Verse 41


إِذۡ قَالَ لِأَبِيهِ يَـٰٓأَبَتِ لِمَ تَعۡبُدُ مَا لَا يَسۡمَعُ وَلَا يُبۡصِرُ وَلَا يُغۡنِي عَنكَ شَيۡـٔٗا

जब उनले आफ्नो पितासित भने बुबा तपाईले यस्ता कुराहरूको पूजा किन गर्नुहुन्छ, जसले कि न सुन्दछन्, न देख्दछन् ? र न त तपाईको कुनै फाइदा पुर्याउन सक्तछन्
Surah Maryam, Verse 42


يَـٰٓأَبَتِ إِنِّي قَدۡ جَآءَنِي مِنَ ٱلۡعِلۡمِ مَا لَمۡ يَأۡتِكَ فَٱتَّبِعۡنِيٓ أَهۡدِكَ صِرَٰطٗا سَوِيّٗا

मेरो बुवा तपाई हेर्नुस् मलाई यस्तो ज्ञान प्राप्त भएको छ जुन तपाईलाई भएको छैन तसर्थ तपाईले मेरो कुरा मान्नुस्, मैले तपाईलाई एकदम सोझो मार्गमा हिंडाउने छु
Surah Maryam, Verse 43


يَـٰٓأَبَتِ لَا تَعۡبُدِ ٱلشَّيۡطَٰنَۖ إِنَّ ٱلشَّيۡطَٰنَ كَانَ لِلرَّحۡمَٰنِ عَصِيّٗا

पिताज्यू शैतानको पूजा नगर्नुस् । निःसन्देह शैतान त दयालु अल्लाहको आज्ञाको उल्लघंनकारी हो ।
Surah Maryam, Verse 44


يَـٰٓأَبَتِ إِنِّيٓ أَخَافُ أَن يَمَسَّكَ عَذَابٞ مِّنَ ٱلرَّحۡمَٰنِ فَتَكُونَ لِلشَّيۡطَٰنِ وَلِيّٗا

पिताज्यू मलाई डर लाग्छ कि यस्तो नहोस् कि अल्लाहको सजाय तपाईमाथि आइलागोस् र त्यसपछि तपाई शैतानको साथी भइहाल्नुहोस् ।
Surah Maryam, Verse 45


قَالَ أَرَاغِبٌ أَنتَ عَنۡ ءَالِهَتِي يَـٰٓإِبۡرَٰهِيمُۖ لَئِن لَّمۡ تَنتَهِ لَأَرۡجُمَنَّكَۖ وَٱهۡجُرۡنِي مَلِيّٗا

उसले जवाफ दियो कि हे इब्राहीम के तिमी हाम्रा देवताहरूबाट विमुख भइराखेका छौ, यदि तिमीले आफ्नो बाटो त्यागेनौं भने मैले तिमीलाई ढुङ्गाले हानि मारिदिनेछु, गइहाल, मबाट एउटा लामो अवधिसम्म अलग्गै बस ।
Surah Maryam, Verse 46


قَالَ سَلَٰمٌ عَلَيۡكَۖ سَأَسۡتَغۡفِرُ لَكَ رَبِّيٓۖ إِنَّهُۥ كَانَ بِي حَفِيّٗا

(इब्राहीमले) भने ठीक छ ‘‘सलामुन् अलैकुम’’ तिमीमाथि शान्ति होस् म त आफ्नो पालनकर्तासँग तपाईको छुटकराको निम्ति प्रार्थना गरिरहने छु । ऊ ममाथि अत्यन्त दयावान छ ।
Surah Maryam, Verse 47


وَأَعۡتَزِلُكُمۡ وَمَا تَدۡعُونَ مِن دُونِ ٱللَّهِ وَأَدۡعُواْ رَبِّي عَسَىٰٓ أَلَّآ أَكُونَ بِدُعَآءِ رَبِّي شَقِيّٗا

म त तपाईहरू र जस–जसलाई तपाईले अल्लाह बाहेक पुकार्नु हुन्छ, सबैलाई त्यागिराखेको छु र म मात्र आफ्नो पालनकर्तालाई पुकार्दछु । मलाई विश्वास छ म आफ्नो पालनकर्तासित प्रार्थना गरेपछि वञ्चित रहनेछैन ।
Surah Maryam, Verse 48


فَلَمَّا ٱعۡتَزَلَهُمۡ وَمَا يَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ وَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَۖ وَكُلّٗا جَعَلۡنَا نَبِيّٗا

जब इब्राहीम उनीहरू र उनीहरूले पूजा गर्दै आएका अल्लाह बाहेकका अरुलाई छाँडेर अलग्ग भइहाले तब हामीले उनलाई ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र दुवैलाई नबी (संदेष्टा) बनायौं ।
Surah Maryam, Verse 49


وَوَهَبۡنَا لَهُم مِّن رَّحۡمَتِنَا وَجَعَلۡنَا لَهُمۡ لِسَانَ صِدۡقٍ عَلِيّٗا

र उनीहरूलाई आफ्नो कृपाले धेरै कुराहरू प्रदान गर्यौं, र हामीले उनको सत्य वचनलाई उच्च सम्मान प्रदान गर्यौं ।
Surah Maryam, Verse 50


وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ مُوسَىٰٓۚ إِنَّهُۥ كَانَ مُخۡلَصٗا وَكَانَ رَسُولٗا نَّبِيّٗا

यस किताबमा मूसा (अलैहिस्सलाम) को पनि चर्चा गर्नुस् । जो छानिएर पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
Surah Maryam, Verse 51


وَنَٰدَيۡنَٰهُ مِن جَانِبِ ٱلطُّورِ ٱلۡأَيۡمَنِ وَقَرَّبۡنَٰهُ نَجِيّٗا

हामीले उहाँलाई तूर पर्वतको दाहिनेतिरबाट पुकार्यौं र कुरा गर्नुको निम्ति उनलाई नजिक बोलायौं ।
Surah Maryam, Verse 52


وَوَهَبۡنَا لَهُۥ مِن رَّحۡمَتِنَآ أَخَاهُ هَٰرُونَ نَبِيّٗا

र आफ्नो विशेष कृपाबाट उनलाई र उनको भाइ हारूनलाई संदेष्टा र पैगम्बरको (जिम्मेवारी) प्रदान गर्यौं ।
Surah Maryam, Verse 53


وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِسۡمَٰعِيلَۚ إِنَّهُۥ كَانَ صَادِقَ ٱلۡوَعۡدِ وَكَانَ رَسُولٗا نَّبِيّٗا

यस किताबमा इस्माईल (अलैहिस्सलाम)को पनि चर्चा गर्नुस् । उनी आफ्नो वचनको एकदम पक्का र हामीबाट पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
Surah Maryam, Verse 54


وَكَانَ يَأۡمُرُ أَهۡلَهُۥ بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ وَكَانَ عِندَ رَبِّهِۦ مَرۡضِيّٗا

उनले आफ्नो घरका मानिसहरूलाई सधै नमाज र जकातको निर्देशन गर्दथे र आफ्नो पालनकर्ताको दृष्टिमा मनपराइएका र मर्यादित पनि थिए ।
Surah Maryam, Verse 55


وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِدۡرِيسَۚ إِنَّهُۥ كَانَ صِدِّيقٗا نَّبِيّٗا

र यस किताबमा ‘‘इदरिस (अलैहिस्सलाम) को’’ पनि चर्चा गर्नुस् । उनी पनि अत्यन्त असल आचरणको नबी थिए ।
Surah Maryam, Verse 56


وَرَفَعۡنَٰهُ مَكَانًا عَلِيًّا

हामीले उनलाई उच्च ठाउँमा उठायौं ।
Surah Maryam, Verse 57


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِم مِّنَ ٱلنَّبِيِّـۧنَ مِن ذُرِّيَّةِ ءَادَمَ وَمِمَّنۡ حَمَلۡنَا مَعَ نُوحٖ وَمِن ذُرِّيَّةِ إِبۡرَٰهِيمَ وَإِسۡرَـٰٓءِيلَ وَمِمَّنۡ هَدَيۡنَا وَٱجۡتَبَيۡنَآۚ إِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُ ٱلرَّحۡمَٰنِ خَرُّواْۤ سُجَّدٗاۤ وَبُكِيّٗا۩

यिनै ती नबीहरू हुन् जसलाई अल्लाहले आफ्नो कृपा र पुरस्कार प्रदान गर्यो जो आदमका सन्ततिमध्येबाट र ती मानिसहरूको जातिबाट हुन् जसलाई हामीले नूह (अलैहिस्सलाम) को साथमा डुङ्गामा सवार गरायौं र ‘‘इब्राहीम’’ र ‘‘यअ्कूबका’’ सन्ततिहरूमध्येबाट र ती मानिसहरूमध्येबाट हुन् जसलाई हामीले मार्गदर्शन गर्यौं, जब उनको अगाडि हाम्रा आयतहरू पढिन्थे त यिनीहरू ढोग्दथे र रोइरहन्थे र गिड्गिडाएर ढलिहाल्थे ।
Surah Maryam, Verse 58


۞فَخَلَفَ مِنۢ بَعۡدِهِمۡ خَلۡفٌ أَضَاعُواْ ٱلصَّلَوٰةَ وَٱتَّبَعُواْ ٱلشَّهَوَٰتِۖ فَسَوۡفَ يَلۡقَوۡنَ غَيًّا

अनि उनीहरूपछि उनका केही यस्ता सन्तान आए जसले नमाज छोडिहाले र कामवासनाको पूर्तिमा लागिहाले त्यसकारण छिट्टै तिनीहरूको क्षति तिनीहरूको सामुन्ने आउनेछ ।
Surah Maryam, Verse 59


إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحٗا فَأُوْلَـٰٓئِكَ يَدۡخُلُونَ ٱلۡجَنَّةَ وَلَا يُظۡلَمُونَ شَيۡـٔٗا

तर हो, जसले प्रायश्चित गरे र ईमान ल्याए र सत्कर्म गरे, तिनीहरू बहिश्त (स्वर्ग) मा प्रवेश पाउनेछन् र तिनीहरूको केही पनि हानि नोक्सानी गरिने छैन ।
Surah Maryam, Verse 60


جَنَّـٰتِ عَدۡنٍ ٱلَّتِي وَعَدَ ٱلرَّحۡمَٰنُ عِبَادَهُۥ بِٱلۡغَيۡبِۚ إِنَّهُۥ كَانَ وَعۡدُهُۥ مَأۡتِيّٗا

सधैंको स्वर्गमा जसको बारेमा अल्लाहले आफ्ना भक्तहरूलाई परोक्षमा वचन दिएको छ । निःसन्देह उसको वचन पूरा हुनेछ ।
Surah Maryam, Verse 61


لَّا يَسۡمَعُونَ فِيهَا لَغۡوًا إِلَّا سَلَٰمٗاۖ وَلَهُمۡ رِزۡقُهُمۡ فِيهَا بُكۡرَةٗ وَعَشِيّٗا

तिनीहरूले त्यसमा कुनै अनर्गल कुरा सुन्ने छैनन्, मात्र शान्तिको कुरा सुन्नेछन् र तिनीहरूको निम्ति विहान–बेलुकी जीविका (खाना) तयार रहनेछ ।
Surah Maryam, Verse 62


تِلۡكَ ٱلۡجَنَّةُ ٱلَّتِي نُورِثُ مِنۡ عِبَادِنَا مَن كَانَ تَقِيّٗا

यो हो त्यो जन्नत (स्वर्ग) जसको वारिस हामीले आफ्ना भक्तहरूमध्ये त्यस्तालाई बनाउँछौं, जो आत्मसंयमी हुन्छन् ।
Surah Maryam, Verse 63


وَمَا نَتَنَزَّلُ إِلَّا بِأَمۡرِ رَبِّكَۖ لَهُۥ مَا بَيۡنَ أَيۡدِينَا وَمَا خَلۡفَنَا وَمَا بَيۡنَ ذَٰلِكَۚ وَمَا كَانَ رَبُّكَ نَسِيّٗا

हामी तिम्रो पालनकर्ताको आज्ञा नभई अवतरित हुन सक्दैनौं, जेजति हाम्रो अगाडि छ र जेजति हाम्रो पछाडि छ र जे जति त्यसको मध्यमा छ सबै उसैको हो र तिम्रो पालनकर्ता बिर्सनेवाला छैन ।
Surah Maryam, Verse 64


رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا فَٱعۡبُدۡهُ وَٱصۡطَبِرۡ لِعِبَٰدَتِهِۦۚ هَلۡ تَعۡلَمُ لَهُۥ سَمِيّٗا

आकाश र धरती र जे दुईटैको माँझमा छ सबैको मालिक उही हो, तिमी उसैको पूजा गर र उसैको आराधनामा दृढ रह, के तिम्रो जानकारीमा उस जस्तो नाम (र क्षमता) वाला छ? (कदापि छैन ।)
Surah Maryam, Verse 65


وَيَقُولُ ٱلۡإِنسَٰنُ أَءِذَا مَا مِتُّ لَسَوۡفَ أُخۡرَجُ حَيًّا

मानिसले भन्दछ कि के जब म मरिहाल्छु, त फेरि जीवित गराई बाहिर निकालिने छु
Surah Maryam, Verse 66


أَوَلَا يَذۡكُرُ ٱلۡإِنسَٰنُ أَنَّا خَلَقۡنَٰهُ مِن قَبۡلُ وَلَمۡ يَكُ شَيۡـٔٗا

के यो मानिस यति पनि स्मरण गर्दैन कि हामीले उसलाई पहिले पनि सृष्टि गरेका थियौं जबकि ऊ केही पनि थिएन ।
Surah Maryam, Verse 67


فَوَرَبِّكَ لَنَحۡشُرَنَّهُمۡ وَٱلشَّيَٰطِينَ ثُمَّ لَنُحۡضِرَنَّهُمۡ حَوۡلَ جَهَنَّمَ جِثِيّٗا

तिम्रो पालनकर्ताको शपथ हामीले तिनीहरूलाई र शैतानलाई एकत्रित पार्नेछौं र यी सबैलाई जहन्नमको छेउमा उपस्थित गराउने छौं (तिनीहरूले) घुँडा टेकिराखेका हुनेछन् ।
Surah Maryam, Verse 68


ثُمَّ لَنَنزِعَنَّ مِن كُلِّ شِيعَةٍ أَيُّهُمۡ أَشَدُّ عَلَى ٱلرَّحۡمَٰنِ عِتِيّٗا

अनि प्रत्येक समूहबाट हामीले त्यस्तालाई निकालेर उभ्याउने छौं, जसले जाहिर हुन्छ कि उनीहरूमध्येको अल्लाहको आदेशको गम्भीर अवज्ञा गर्दथे ।
Surah Maryam, Verse 69


ثُمَّ لَنَحۡنُ أَعۡلَمُ بِٱلَّذِينَ هُمۡ أَوۡلَىٰ بِهَا صِلِيّٗا

फेरि हामी तिनीहरूलाई राम्ररी जान्दछौं जो नर्कमा प्रवेशको सजाय भोग्नेवाला छन् ।
Surah Maryam, Verse 70


وَإِن مِّنكُمۡ إِلَّا وَارِدُهَاۚ كَانَ عَلَىٰ رَبِّكَ حَتۡمٗا مَّقۡضِيّٗا

तिमीमध्ये हरेक अवश्य नै त्यहाँ पुग्नेवाला छ, यो तिम्रो पालनकर्ताको निश्चितरूपले पूरा हुने आदेश हो ।
Surah Maryam, Verse 71


ثُمَّ نُنَجِّي ٱلَّذِينَ ٱتَّقَواْ وَّنَذَرُ ٱلظَّـٰلِمِينَ فِيهَا جِثِيّٗا

अनि हामीले आत्मसंयमीहरूलाई बचाउने छौं र अवज्ञकारीहरूलाई त्यहीं घुँडाटेकेको अवस्थामा छाडिदिनेछौं ।
Surah Maryam, Verse 72


وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُوٓاْ أَيُّ ٱلۡفَرِيقَيۡنِ خَيۡرٞ مَّقَامٗا وَأَحۡسَنُ نَدِيّٗا

जब तिमीहरूको अगाडि हाम्रा स्पष्ट आयतहरूको पाठ गरिन्छ त काफिरहरूले मुसलमानहरूसित भन्दछन् कि भन हाम्रा र तिम्रा समूहहरूमध्ये कुन चाहिँ उच्च स्थानप्राप्त छ ? र कसको भेला शानदार छ
Surah Maryam, Verse 73


وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هُمۡ أَحۡسَنُ أَثَٰثٗا وَرِءۡيٗا

हामीले त तिनीहरू भन्दाअगाडिका कैयौं समूहहरूको नाश गरिसकेका छौं । जो साधन सम्पन्नतामा र नाममा उनीहरूभन्दा धेरै बढी थिए ।
Surah Maryam, Verse 74


قُلۡ مَن كَانَ فِي ٱلضَّلَٰلَةِ فَلۡيَمۡدُدۡ لَهُ ٱلرَّحۡمَٰنُ مَدًّاۚ حَتَّىٰٓ إِذَا رَأَوۡاْ مَا يُوعَدُونَ إِمَّا ٱلۡعَذَابَ وَإِمَّا ٱلسَّاعَةَ فَسَيَعۡلَمُونَ مَنۡ هُوَ شَرّٞ مَّكَانٗا وَأَضۡعَفُ جُندٗا

भनिदिनुस्ः कि जुन मानिस मार्गविचलनमा छ, रहमान त्यसलाई बिस्तारै लामो छूट दिइराखेको हुन्छ, जबसम्म कि तिनीहरूले ती कुराहरू देख्दैनन्, जसको वचन दिइन्छ अर्थात सजाय वा प्रलय (कियामत) । त्यतिखेर उनीहरूलाई राम्ररी थाहा हुनेछ कि को निम्न श्रेणीको छ र कुन चाहिँ कमजोर समूहको छ ।
Surah Maryam, Verse 75


وَيَزِيدُ ٱللَّهُ ٱلَّذِينَ ٱهۡتَدَوۡاْ هُدٗىۗ وَٱلۡبَٰقِيَٰتُ ٱلصَّـٰلِحَٰتُ خَيۡرٌ عِندَ رَبِّكَ ثَوَابٗا وَخَيۡرٞ مَّرَدًّا

र जसले मार्ग पाइहालेका छन्, अल्लाहले तिनीहरूको मार्गदर्शनमा अभिवृद्धि गर्दछ र शेष रहने असल कर्महरू तिम्रो पालनकर्ताकहाँको पुरस्कार र अन्तिम परिणामको दृष्टिकोणले उत्तम छन् ।
Surah Maryam, Verse 76


أَفَرَءَيۡتَ ٱلَّذِي كَفَرَ بِـَٔايَٰتِنَا وَقَالَ لَأُوتَيَنَّ مَالٗا وَوَلَدًا

के तिमीले त्यस व्यक्तिलाई पनि देखेका छौं जसले हाम्रा आयतहरूलाई इन्कार गर्यो र भन्न थाल्यो कि (यदि म पुनर्जीवित भएँ) त मलाई यही सम्पत्ति र सन्तान (त्यहाँ) अवश्य प्राप्त हुनेछन् ।
Surah Maryam, Verse 77


أَطَّلَعَ ٱلۡغَيۡبَ أَمِ ٱتَّخَذَ عِندَ ٱلرَّحۡمَٰنِ عَهۡدٗا

के उसले अदृश्यको समाचार पाइसकेको छ, वा अल्लाहकहाँबाट वाचा प्राप्त गरिसकेको छ
Surah Maryam, Verse 78


كَلَّاۚ سَنَكۡتُبُ مَا يَقُولُ وَنَمُدُّ لَهُۥ مِنَ ٱلۡعَذَابِ مَدّٗا

कदापि होइन यसले जे भन्दैछ हामीले त्यसलाई अवश्य लेख्दै जानेछौं र उसको लागि बिस्तारै सजायमा वृद्धि गर्दै जानेछौं ।
Surah Maryam, Verse 79


وَنَرِثُهُۥ مَا يَقُولُ وَيَأۡتِينَا فَرۡدٗا

उसले जुन कुराहरूबारे भनिराखेको छ, ती सबै हामीले पछि लिइहाल्ने छौं र त्यो एक्लै हाम्रो सामु उपस्थित हुनेछ ।
Surah Maryam, Verse 80


وَٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ ءَالِهَةٗ لِّيَكُونُواْ لَهُمۡ عِزّٗا

उनीहरूले अल्लाह बाहेक आफ्ना केही अन्य पूज्य बनाइराखेका छन्, ताकि तिनीहरू उनीहरूको निम्ति सम्मानको कारण बनुन् ।
Surah Maryam, Verse 81


كَلَّاۚ سَيَكۡفُرُونَ بِعِبَادَتِهِمۡ وَيَكُونُونَ عَلَيۡهِمۡ ضِدًّا

तर यस्तो कदापि हुनेछैन, ती झूठा पूज्यहरू उनीहरूको पूजाबाट इन्कार गर्नेछन्, र उल्टै उनका शत्रु भइहाल्ने छन् ।
Surah Maryam, Verse 82


أَلَمۡ تَرَ أَنَّآ أَرۡسَلۡنَا ٱلشَّيَٰطِينَ عَلَى ٱلۡكَٰفِرِينَ تَؤُزُّهُمۡ أَزّٗا

के तिमीले देखेनौ कि हामीले काफिरहरूको पासमा शैतानहरूलाई पठाउँछौं, जसले तिनीहरूलाई निकै उचाल्ने गर्दछन् ।
Surah Maryam, Verse 83


فَلَا تَعۡجَلۡ عَلَيۡهِمۡۖ إِنَّمَا نَعُدُّ لَهُمۡ عَدّٗا

तिमीले तिनीहरूको बारेमा हतार नगर । हामीले त स्वयं तिनीहरूको निम्ति दिनको गणना गरिराखेका छौं ।
Surah Maryam, Verse 84


يَوۡمَ نَحۡشُرُ ٱلۡمُتَّقِينَ إِلَى ٱلرَّحۡمَٰنِ وَفۡدٗا

(त्यस दिनलाई स्मरण गर) जब हामीले परहेजगराहरूलाई रहमानको समक्ष अतिथिको रूपमा एकत्रित गर्नेछौं ।
Surah Maryam, Verse 85


وَنَسُوقُ ٱلۡمُجۡرِمِينَ إِلَىٰ جَهَنَّمَ وِرۡدٗا

र अपराधिहरूलाई निकै तिर्खाएको अवस्थामा नर्कतिर धपाउँदै लग्नेछौं ।
Surah Maryam, Verse 86


لَّا يَمۡلِكُونَ ٱلشَّفَٰعَةَ إِلَّا مَنِ ٱتَّخَذَ عِندَ ٱلرَّحۡمَٰنِ عَهۡدٗا

कसैलाई उनीहरूको सिफारिशगर्ने अधिकार प्राप्त हुनेछैन । तर हो त्यो व्यक्ति यातनाबाट सुरक्षित रहनेछ जसले रहमानकहाँबाट अनुमोदन प्राप्त गरिसकेको छ ।
Surah Maryam, Verse 87


وَقَالُواْ ٱتَّخَذَ ٱلرَّحۡمَٰنُ وَلَدٗا

उनीहरूले भन्दछन्ः रहमानले (अल्लाहले) आफ्नो सन्तान बनाएको छ ।
Surah Maryam, Verse 88


لَّقَدۡ جِئۡتُمۡ شَيۡـًٔا إِدّٗا

निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।
Surah Maryam, Verse 89


تَكَادُ ٱلسَّمَٰوَٰتُ يَتَفَطَّرۡنَ مِنۡهُ وَتَنشَقُّ ٱلۡأَرۡضُ وَتَخِرُّ ٱلۡجِبَالُ هَدًّا

निकट छ यस कुराबाट आकाशमा विष्फोट भइहालोस् र धरती टुक्रा–टुक्रा भइहालोस् र पहाडहरू क्षतविक्षत भई खसिहालोस् ।
Surah Maryam, Verse 90


أَن دَعَوۡاْ لِلرَّحۡمَٰنِ وَلَدٗا

किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।
Surah Maryam, Verse 91


وَمَا يَنۢبَغِي لِلرَّحۡمَٰنِ أَن يَتَّخِذَ وَلَدًا

यो कुरा अल्लाहको प्रतिष्ठाको प्रतिकूल छ कि उसले कसैलाई आफ्नो सन्तान बनाओस् ।
Surah Maryam, Verse 92


إِن كُلُّ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ إِلَّآ ءَاتِي ٱلرَّحۡمَٰنِ عَبۡدٗا

आकाशहरू र धरतीमा जो पनि छन् सबै अल्लाहका दासका रूपमा आउनेवाला छन् ।
Surah Maryam, Verse 93


لَّقَدۡ أَحۡصَىٰهُمۡ وَعَدَّهُمۡ عَدّٗا

त्यसले तिनीहरूको आँकलन गरिसकेको छ र तिनीहरूको राम्ररी गणना गरिसकेको छ ।
Surah Maryam, Verse 94


وَكُلُّهُمۡ ءَاتِيهِ يَوۡمَ ٱلۡقِيَٰمَةِ فَرۡدًا

तिनीहरू सबका सब कियामतको दिन एक्लै त्यस (रहमान) को सामु उपस्थित हुनेछन् ।
Surah Maryam, Verse 95


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ سَيَجۡعَلُ لَهُمُ ٱلرَّحۡمَٰنُ وُدّٗا

निःसन्देह जसले ईमान ल्याएका छन् र असल कर्म गरे, शीघ्र नै अल्लाहले तिनीहरूको निम्ति प्रेम उत्पन्न गरिदिने छ ।
Surah Maryam, Verse 96


فَإِنَّمَا يَسَّرۡنَٰهُ بِلِسَانِكَ لِتُبَشِّرَ بِهِ ٱلۡمُتَّقِينَ وَتُنذِرَ بِهِۦ قَوۡمٗا لُّدّٗا

हामीले यस कुरआनलाई तपाईको भाषामा निकै सरल बनाइदिएका छौं, ताकि यसबाट तपाईले डर मान्नेहरूलाई शुभसूचना दिनुस् र झगडा गर्नेहरूलाई यसबाट डराउनुस् ।
Surah Maryam, Verse 97


وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هَلۡ تُحِسُّ مِنۡهُم مِّنۡ أَحَدٍ أَوۡ تَسۡمَعُ لَهُمۡ رِكۡزَۢا

हामीले उनीहरूभन्दा अघिका धेरै समुदायहरूलाई नष्ट गरिसकेका छौं । के तिनीहरूमध्ये कुनै एकको बारेमा तिमी चाल पाउँछौ अथवा तिनीहरूको आवाज तिम्रो कानहरूले सुन्दछन्
Surah Maryam, Verse 98


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 18
>> Surah 20

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai