Surah Al-Ahzab Verse 53 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Ahzabيَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَدۡخُلُواْ بُيُوتَ ٱلنَّبِيِّ إِلَّآ أَن يُؤۡذَنَ لَكُمۡ إِلَىٰ طَعَامٍ غَيۡرَ نَٰظِرِينَ إِنَىٰهُ وَلَٰكِنۡ إِذَا دُعِيتُمۡ فَٱدۡخُلُواْ فَإِذَا طَعِمۡتُمۡ فَٱنتَشِرُواْ وَلَا مُسۡتَـٔۡنِسِينَ لِحَدِيثٍۚ إِنَّ ذَٰلِكُمۡ كَانَ يُؤۡذِي ٱلنَّبِيَّ فَيَسۡتَحۡيِۦ مِنكُمۡۖ وَٱللَّهُ لَا يَسۡتَحۡيِۦ مِنَ ٱلۡحَقِّۚ وَإِذَا سَأَلۡتُمُوهُنَّ مَتَٰعٗا فَسۡـَٔلُوهُنَّ مِن وَرَآءِ حِجَابٖۚ ذَٰلِكُمۡ أَطۡهَرُ لِقُلُوبِكُمۡ وَقُلُوبِهِنَّۚ وَمَا كَانَ لَكُمۡ أَن تُؤۡذُواْ رَسُولَ ٱللَّهِ وَلَآ أَن تَنكِحُوٓاْ أَزۡوَٰجَهُۥ مِنۢ بَعۡدِهِۦٓ أَبَدًاۚ إِنَّ ذَٰلِكُمۡ كَانَ عِندَ ٱللَّهِ عَظِيمًا
हे ईमानवालाहरू नबीको घरमा अनुमति प्राप्त नगरेसम्म खानको लागि नजानु कि पाक्ने बेलासम्म प्रतीक्षा गर्नुपरोस् तर जब निमन्त्रण हुन्छ तब जाऊ र खाना खाइसकेपछि हिँडिहाल र त्यहीं कुराहरूमा अल्झेर नबस । तिम्रो यो कुराले पैगम्बरलाई कष्ट दिन्छ र उनी तिम्रो लिहाज मान्छन्, तर अल्लाह साँचो कुरा गर्न कसैको लिहाज गर्दैन । र जब तिमी नबीका पत्नीहरूसँग केही माँग्दछौ भने उनीहरूसित पर्दाको पछाडिबाट माँग । यो धेरै शुद्धताको कुरा हो, तिम्रा हृदयहरूको लागि र उनीहरूका हृदयको लागि पनि । तिम्रो निम्ति यो कुरा वैध छैन कि, तिमी अल्लाहका रसूललाई दुःख पुर्याऊ र न यो वैध छ कि उहाँ (नबी) पश्चात कहिल्यै उनका पत्नीहरूसित विवाह गर । यादराख निश्चय नै अल्लाहको दृष्टिमा यो गम्भीर अपराध हो ।