Surah Al-Ahzab - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ ٱتَّقِ ٱللَّهَ وَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَٱلۡمُنَٰفِقِينَۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا
हे पैगम्बर । अल्लाहसित डराइराख्नुस् र काफिर र मुनाफिकहरूको (कपटीहरूको) भनाईमा नलाग्नुस् । निःसंदेह अल्लाह ठूलो सर्वज्ञाता र तत्वदर्शी छ ।
Surah Al-Ahzab, Verse 1
وَٱتَّبِعۡ مَا يُوحَىٰٓ إِلَيۡكَ مِن رَّبِّكَۚ إِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا
र त्यस कुराको अनुशरण गर्नु जुन तपार्इंको पालनकर्ताको तर्फबाट तपाईंलाई वह्य गरिन्छ । निःसन्देह अल्लाह तपार्इंको सबै कर्महरूसित अवगत छ ।
Surah Al-Ahzab, Verse 2
وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلٗا
र तपाईंले अल्लाहमाथि नै भरोसा गर्नुस् । ऊ भरोसाको निम्ति पर्याप्त छ ।
Surah Al-Ahzab, Verse 3
مَّا جَعَلَ ٱللَّهُ لِرَجُلٖ مِّن قَلۡبَيۡنِ فِي جَوۡفِهِۦۚ وَمَا جَعَلَ أَزۡوَٰجَكُمُ ٱلَّـٰٓـِٔي تُظَٰهِرُونَ مِنۡهُنَّ أُمَّهَٰتِكُمۡۚ وَمَا جَعَلَ أَدۡعِيَآءَكُمۡ أَبۡنَآءَكُمۡۚ ذَٰلِكُمۡ قَوۡلُكُم بِأَفۡوَٰهِكُمۡۖ وَٱللَّهُ يَقُولُ ٱلۡحَقَّ وَهُوَ يَهۡدِي ٱلسَّبِيلَ
अल्लाहले कुनै व्यक्तिको छातीभित्र दुई मुटु बनाएको छैन र न उसले तिम्रा पत्नीहरूलाई जसलाई तिमीले आमा भनिहाल्छौ, तिम्रो साँच्चैआमा बनायो, र उसले तिमीले मुखले भनेको छोराहरूलाई वास्तविक छोराहरू बनाएन । यी तिम्रा मुखका कुराहरू हुन्, किन्तु अल्लाहले साँचो कुरा भन्दछ र उसैले सोझो मार्ग देखाउँछ ।
Surah Al-Ahzab, Verse 4
ٱدۡعُوهُمۡ لِأٓبَآئِهِمۡ هُوَ أَقۡسَطُ عِندَ ٱللَّهِۚ فَإِن لَّمۡ تَعۡلَمُوٓاْ ءَابَآءَهُمۡ فَإِخۡوَٰنُكُمۡ فِي ٱلدِّينِ وَمَوَٰلِيكُمۡۚ وَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٞ فِيمَآ أَخۡطَأۡتُم بِهِۦ وَلَٰكِن مَّا تَعَمَّدَتۡ قُلُوبُكُمۡۚ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمًا
उनीहरूलाई (धर्मपुत्रलाई) उनीहरूका वास्तविक पिताहरूको नामबाट जोडेर पुकार । अल्लाहकहाँ यही पूरा न्यायसँगत कुरा हो । र यदि तिमीलाई उनीहरूको वास्तविक पिताको ज्ञान छैन भने धर्ममा उनीहरू तिम्रा धर्मभाइ र मित्र पनि हुन् । यस प्रसंगमा तिमीबाट कुनै भूल वा गल्ती भएको हुन्छ भने त्यसमा तिमीमाथि कुनै पाप छैन, किन्तु जसको संकल्प तिम्रो हृदयले गरिहाल्यो, त्यसको पाप लाग्दछ । र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।
Surah Al-Ahzab, Verse 5
ٱلنَّبِيُّ أَوۡلَىٰ بِٱلۡمُؤۡمِنِينَ مِنۡ أَنفُسِهِمۡۖ وَأَزۡوَٰجُهُۥٓ أُمَّهَٰتُهُمۡۗ وَأُوْلُواْ ٱلۡأَرۡحَامِ بَعۡضُهُمۡ أَوۡلَىٰ بِبَعۡضٖ فِي كِتَٰبِ ٱللَّهِ مِنَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُهَٰجِرِينَ إِلَّآ أَن تَفۡعَلُوٓاْ إِلَىٰٓ أَوۡلِيَآئِكُم مَّعۡرُوفٗاۚ كَانَ ذَٰلِكَ فِي ٱلۡكِتَٰبِ مَسۡطُورٗا
नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।
Surah Al-Ahzab, Verse 6
وَإِذۡ أَخَذۡنَا مِنَ ٱلنَّبِيِّـۧنَ مِيثَٰقَهُمۡ وَمِنكَ وَمِن نُّوحٖ وَإِبۡرَٰهِيمَ وَمُوسَىٰ وَعِيسَى ٱبۡنِ مَرۡيَمَۖ وَأَخَذۡنَا مِنۡهُم مِّيثَٰقًا غَلِيظٗا
(र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित र ‘‘नूह’’ र ‘‘इब्राहीम’’ र ‘‘मूसा’’ र मरियमको छोरा ‘‘ईसासित’’ पनि ! यी सबैसित हामीले दृढ वचन लिऔं ।
Surah Al-Ahzab, Verse 7
لِّيَسۡـَٔلَ ٱلصَّـٰدِقِينَ عَن صِدۡقِهِمۡۚ وَأَعَدَّ لِلۡكَٰفِرِينَ عَذَابًا أَلِيمٗا
ताकि अल्लाहले सत्य मानिसहरूसित उनीहरूको सत्यताबारे सोधोस् । र इन्कार गर्नेवालाहरूको निम्ति त उसले दुःखद यातना तयार गरेर राखेकै छ ।
Surah Al-Ahzab, Verse 8
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱذۡكُرُواْ نِعۡمَةَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ جَآءَتۡكُمۡ جُنُودٞ فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ رِيحٗا وَجُنُودٗا لَّمۡ تَرَوۡهَاۚ وَكَانَ ٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرًا
हे मोमिनहरू (आस्थावानहरू) ! अल्लाहले जुन भलाई तिमीमाथि गर्यो, त्यसलाई स्मरण गर जबकि सेनाहरू तिमीमाथि आक्रमणको निम्ति (अहजाब युद्धमा) आए, तब हामीले उनीहरूमाथि एक तीव्र हावा पठाइदियौं र यस्ता सेनाहरू पनि, जसलाई तिमीले देख्न सक्दैनथियौ ! र जुन काम तिमीले गर्दछौ, अल्लाहले सबैथोक देखिराखेको छ ।
Surah Al-Ahzab, Verse 9
إِذۡ جَآءُوكُم مِّن فَوۡقِكُمۡ وَمِنۡ أَسۡفَلَ مِنكُمۡ وَإِذۡ زَاغَتِ ٱلۡأَبۡصَٰرُ وَبَلَغَتِ ٱلۡقُلُوبُ ٱلۡحَنَاجِرَ وَتَظُنُّونَ بِٱللَّهِ ٱلظُّنُونَا۠
(स्मरण गर) जब शत्रुहरू तिम्रोमाथितिरबाट र तिम्रो तलतिरबाट पनि तिमीमाथि आइलागे, र जब आँखाहरू एकटक भइहाले र हृदय कण्ठमा आइपुग्यो ! र तिमीले अल्लाहको बारेमा विभिन्न प्रकारका कल्पनाहरू गर्न थालेका थियौ ।
Surah Al-Ahzab, Verse 10
هُنَالِكَ ٱبۡتُلِيَ ٱلۡمُؤۡمِنُونَ وَزُلۡزِلُواْ زِلۡزَالٗا شَدِيدٗا
यहाँ ईमानवालाहरू परीक्षणमा परे र तिनीहरू पूरै हल्लाइए ।
Surah Al-Ahzab, Verse 11
وَإِذۡ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ مَّا وَعَدَنَا ٱللَّهُ وَرَسُولُهُۥٓ إِلَّا غُرُورٗا
र त्यसबखत जब कपटी र ती मानिसहरू जसका हृदयमा रोग छन् भन्न थाले कि ‘‘अल्लाह र उसको रसूलले हामीसित जुन वचन गरेका थिए त्यो त धोका मात्र थियो ।’’
Surah Al-Ahzab, Verse 12
وَإِذۡ قَالَت طَّآئِفَةٞ مِّنۡهُمۡ يَـٰٓأَهۡلَ يَثۡرِبَ لَا مُقَامَ لَكُمۡ فَٱرۡجِعُواْۚ وَيَسۡتَـٔۡذِنُ فَرِيقٞ مِّنۡهُمُ ٱلنَّبِيَّ يَقُولُونَ إِنَّ بُيُوتَنَا عَوۡرَةٞ وَمَا هِيَ بِعَوۡرَةٍۖ إِن يُرِيدُونَ إِلَّا فِرَارٗا
र उनीहरूमध्येबाटै एउटा समूहले भन्योः कि हे मदीनावालाहरू ! यहाँ तिम्रो निम्ति ठाउँ छैन, तसर्थ फर्किहाल, र उनको एउटा अर्को समूहले पैगम्बरसित यो भनेर जाने अनुमति माँग्न थाल्यो कि ‘‘हाम्रा घर असुरक्षित छन्’’ । यद्यपि तिनीहरू खुल्ला र असुरक्षित थिएनन्, तर उनीहरू त केवल भाग्न चाहन्थे ।
Surah Al-Ahzab, Verse 13
وَلَوۡ دُخِلَتۡ عَلَيۡهِم مِّنۡ أَقۡطَارِهَا ثُمَّ سُئِلُواْ ٱلۡفِتۡنَةَ لَأٓتَوۡهَا وَمَا تَلَبَّثُواْ بِهَآ إِلَّا يَسِيرٗا
र यदि मदीनाको चारैतिरबाट उनीहरूमाथि आक्रमण हुन्थ्यो, अनि त्यसबेला उनीहरूसित उपद्रवको निम्ति भनिएको भए उनीहरूले त्यस्तो गरिहाल्थे र केही बेर बाहेक लड्ने थिएनन् ।
Surah Al-Ahzab, Verse 14
وَلَقَدۡ كَانُواْ عَٰهَدُواْ ٱللَّهَ مِن قَبۡلُ لَا يُوَلُّونَ ٱلۡأَدۡبَٰرَۚ وَكَانَ عَهۡدُ ٱللَّهِ مَسۡـُٔولٗا
यद्यपि यसभन्दा पहिला उनीहरूले अल्लाहलाई वचन दिइसकेका थिए कि उनीहरूले पिठ्युँ फर्काउने छैनन्, र अल्लाहसित, जुन वचन गरिन्छ, त्यसको अवश्य सोधपूछ हुनेछ ।
Surah Al-Ahzab, Verse 15
قُل لَّن يَنفَعَكُمُ ٱلۡفِرَارُ إِن فَرَرۡتُم مِّنَ ٱلۡمَوۡتِ أَوِ ٱلۡقَتۡلِ وَإِذٗا لَّا تُمَتَّعُونَ إِلَّا قَلِيلٗا
भनिदिनुस् ! कि ‘‘यदि तिमी मर्न वा मारिनुबाट भाग्दछौ त यो भाग्नुबाट तिमीले कदापि लाभ पाउने छैनौ ! र त्यस अवस्थामा पनि तिमीले बहुतै कम फाइदा पाउने छौ ।
Surah Al-Ahzab, Verse 16
قُلۡ مَن ذَا ٱلَّذِي يَعۡصِمُكُم مِّنَ ٱللَّهِ إِنۡ أَرَادَ بِكُمۡ سُوٓءًا أَوۡ أَرَادَ بِكُمۡ رَحۡمَةٗۚ وَلَا يَجِدُونَ لَهُم مِّن دُونِ ٱللَّهِ وَلِيّٗا وَلَا نَصِيرٗا
सोध्नुस् ! ‘‘कि यदि अल्लाहले तिमीमाथि कुनै नराम्रो कुराको विचार गर्दछ वा तिमीमाथि कुनै कृपा गर्न चाहन्छ त को छ जसले तिमीलाई त्यसबाट बचाउन सक्दछ, वा तिमीबाट कृपा रोक्न सक्छ ? यिनीहरूले अल्लाह बाहेक कसैलाई न आफ्नो मित्र पाउनेछन् न सहायक ।
Surah Al-Ahzab, Verse 17
۞قَدۡ يَعۡلَمُ ٱللَّهُ ٱلۡمُعَوِّقِينَ مِنكُمۡ وَٱلۡقَآئِلِينَ لِإِخۡوَٰنِهِمۡ هَلُمَّ إِلَيۡنَاۖ وَلَا يَأۡتُونَ ٱلۡبَأۡسَ إِلَّا قَلِيلًا
अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूलाई (राम्ररी) जान्दछ, जसले (युद्धबाट) अरुलाई रोक्दछन् र आफ्ना भाइहरूसित भन्दछन्ः कि हाम्रो साथमा आइहाल । र लडाईमा कहिलेकांही मात्र आउँछन् ।
Surah Al-Ahzab, Verse 18
أَشِحَّةً عَلَيۡكُمۡۖ فَإِذَا جَآءَ ٱلۡخَوۡفُ رَأَيۡتَهُمۡ يَنظُرُونَ إِلَيۡكَ تَدُورُ أَعۡيُنُهُمۡ كَٱلَّذِي يُغۡشَىٰ عَلَيۡهِ مِنَ ٱلۡمَوۡتِۖ فَإِذَا ذَهَبَ ٱلۡخَوۡفُ سَلَقُوكُم بِأَلۡسِنَةٍ حِدَادٍ أَشِحَّةً عَلَى ٱلۡخَيۡرِۚ أُوْلَـٰٓئِكَ لَمۡ يُؤۡمِنُواْ فَأَحۡبَطَ ٱللَّهُ أَعۡمَٰلَهُمۡۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٗا
(यी) तिम्रो सहायतामा पूरै कन्जूस्याई गर्दछन् । अनि जब भय र डरको समय आउँछ त तपार्इंले उनलाई हेर्नुहुनेछ कि तपार्इंतिर हेरिराखेका हुन्छन्, र उनका आँखाहरू यसरी घुम्छन् जस्तो कि कसैलाई मृत्युको मुर्छा भइराखेको छ । किन्तु जब भय समाप्त हुन्छ तब उनीहरूले आफ्ना तिखो जिब्रोले ठूल ठूला कुरा गर्न थाल्छन् । यिनीहरू धनका धेरै लोभी हुन्छन्, यिनीहरूले ईमान ल्याएकै छैनन् । तसर्थ अल्लाहले उनीहरूको सबै कर्मलाई नाश पारिदिएको छ र यो अल्लाहको लागि धेरै सजिलो छ ।
Surah Al-Ahzab, Verse 19
يَحۡسَبُونَ ٱلۡأَحۡزَابَ لَمۡ يَذۡهَبُواْۖ وَإِن يَأۡتِ ٱلۡأَحۡزَابُ يَوَدُّواْ لَوۡ أَنَّهُم بَادُونَ فِي ٱلۡأَعۡرَابِ يَسۡـَٔلُونَ عَنۡ أَنۢبَآئِكُمۡۖ وَلَوۡ كَانُواْ فِيكُم مَّا قَٰتَلُوٓاْ إِلَّا قَلِيلٗا
उनीहरूले ठानिराखेका छन् कि (शत्रुका) सैन्यदल अझै गएका छैनन्, र यदि ती सेनाहरू फेरि आउँछन् भने तिनीहरूले चाहन्छन् कि कुनै प्रकार बाहिर (मरुस्थलमा) बद्दूहरूको साथमा भएको भए र त्यहींबाट तिम्रो बारेमा समाचार सोधिराख्ने थिए । र यदि उनीहरू तिम्रो साथमा उपस्थित भएपनि लडाईमा नाममात्रको नै भाग लिन्थे ।
Surah Al-Ahzab, Verse 20
لَّقَدۡ كَانَ لَكُمۡ فِي رَسُولِ ٱللَّهِ أُسۡوَةٌ حَسَنَةٞ لِّمَن كَانَ يَرۡجُواْ ٱللَّهَ وَٱلۡيَوۡمَ ٱلۡأٓخِرَ وَذَكَرَ ٱللَّهَ كَثِيرٗا
निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ ।
Surah Al-Ahzab, Verse 21
وَلَمَّا رَءَا ٱلۡمُؤۡمِنُونَ ٱلۡأَحۡزَابَ قَالُواْ هَٰذَا مَا وَعَدَنَا ٱللَّهُ وَرَسُولُهُۥ وَصَدَقَ ٱللَّهُ وَرَسُولُهُۥۚ وَمَا زَادَهُمۡ إِلَّآ إِيمَٰنٗا وَتَسۡلِيمٗا
र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्न थालेः कि ‘‘यसै कुराको वाचा त अल्लाह र उसको रसूलले हामीलाई दिएका थिए । अल्लाह र उसको रसूलले सत्य भनेका थिए । यस कुराले उनीहरूको ईमान र आज्ञाकारीतालाई झनै बढाइदियो ।
Surah Al-Ahzab, Verse 22
مِّنَ ٱلۡمُؤۡمِنِينَ رِجَالٞ صَدَقُواْ مَا عَٰهَدُواْ ٱللَّهَ عَلَيۡهِۖ فَمِنۡهُم مَّن قَضَىٰ نَحۡبَهُۥ وَمِنۡهُم مَّن يَنتَظِرُۖ وَمَا بَدَّلُواْ تَبۡدِيلٗا
ईमानवालाहरूमा यस्ता मानिसहरू पनि छन् कि जुन प्रतिज्ञा उनीहरूले अल्लाहसित गरेका थिए त्यसलाई पूरा गरी देखाए । उनीहरूमध्ये केहीले त आफ्नो (प्रतिज्ञा) पूरा गरिसके र उनीहरूमा केही प्रतीक्षामा छन् । र उनीहरूले (आफ्नो कुरो) अलिकति पनि परिवर्तन गरेनन् ।
Surah Al-Ahzab, Verse 23
لِّيَجۡزِيَ ٱللَّهُ ٱلصَّـٰدِقِينَ بِصِدۡقِهِمۡ وَيُعَذِّبَ ٱلۡمُنَٰفِقِينَ إِن شَآءَ أَوۡ يَتُوبَ عَلَيۡهِمۡۚ إِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا
ताकि (यसको परिणाम स्वरूप) अल्लाहले सत्यनिष्ठहरूलाई उनीहरूको सत्यताको पुरस्कार देओस् र कप्टाचारीलाई चाहन्छ भने यातना देओस् वा उनीहरूको तौबा (प्रायश्चित) स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र अति दयावान् छ ।
Surah Al-Ahzab, Verse 24
وَرَدَّ ٱللَّهُ ٱلَّذِينَ كَفَرُواْ بِغَيۡظِهِمۡ لَمۡ يَنَالُواْ خَيۡرٗاۚ وَكَفَى ٱللَّهُ ٱلۡمُؤۡمِنِينَ ٱلۡقِتَالَۚ وَكَانَ ٱللَّهُ قَوِيًّا عَزِيزٗا
र काफीरहरूलाई अल्लाहले रिसाएकै अवस्थामा त्यसै फर्काइदियो तिनीहरूले कुनै भलाई प्राप्त गर्न सकेनन् । अल्लाहले स्वयम् मोमिनहरूको लागि यस युद्धमा पर्याप्त भयो । अल्लाह त बडो शक्तिमान् र अधिपत्यशाली छ ।
Surah Al-Ahzab, Verse 25
وَأَنزَلَ ٱلَّذِينَ ظَٰهَرُوهُم مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ مِن صَيَاصِيهِمۡ وَقَذَفَ فِي قُلُوبِهِمُ ٱلرُّعۡبَ فَرِيقٗا تَقۡتُلُونَ وَتَأۡسِرُونَ فَرِيقٗا
र जुन किताबवालाहरूले उनीहरूको सहायता गरेका थिए, तिनीहरूलाई उनको गढहरूबाट अल्लाहले तल ल्यायो र उनीहरूको हृदयमा भय हालिदियो कि तिमीले उनको एउटा समूहलाई हत्या गर्दैछौ र एउटा समूहलाई बन्दी बनाउँदैछौ ।
Surah Al-Ahzab, Verse 26
وَأَوۡرَثَكُمۡ أَرۡضَهُمۡ وَدِيَٰرَهُمۡ وَأَمۡوَٰلَهُمۡ وَأَرۡضٗا لَّمۡ تَطَـُٔوهَاۚ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٗا
र उसले तिमीलाई उनीहरूको जमिन र उनीहरूको घर र उनीहरूको मालसम्पत्तिको उत्तराधिकारी बनाइदियो र त्यस भूभागको पनि जसलाई तिमीले जीतेका थिएनौ । र अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।
Surah Al-Ahzab, Verse 27
يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّأَزۡوَٰجِكَ إِن كُنتُنَّ تُرِدۡنَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا وَزِينَتَهَا فَتَعَالَيۡنَ أُمَتِّعۡكُنَّ وَأُسَرِّحۡكُنَّ سَرَاحٗا جَمِيلٗا
हे नबी ! आफ्नो पत्नीहरूसित भनिदिनुस् कि ‘‘यदि तिमी सांसरिक जीवन र यसको शोभा लिन चाहन्छौ भने आऊ, म तिमीलाई केही दिएर राम्ररी विदा गरिदेऊँ ।
Surah Al-Ahzab, Verse 28
وَإِن كُنتُنَّ تُرِدۡنَ ٱللَّهَ وَرَسُولَهُۥ وَٱلدَّارَ ٱلۡأٓخِرَةَ فَإِنَّ ٱللَّهَ أَعَدَّ لِلۡمُحۡسِنَٰتِ مِنكُنَّ أَجۡرًا عَظِيمٗا
किन्तु यदि तिमीले अल्लाह र उसका रसूल र आखिरतको घर चाहन्छौ भने निश्चय नै अल्लाहले तिमीहरूमध्ये राम्रो काम गर्ने स्त्रहिरूको निम्ति ठूलो प्रतिफल राखिछाडेको छ ।’’
Surah Al-Ahzab, Verse 29
يَٰنِسَآءَ ٱلنَّبِيِّ مَن يَأۡتِ مِنكُنَّ بِفَٰحِشَةٖ مُّبَيِّنَةٖ يُضَٰعَفۡ لَهَا ٱلۡعَذَابُ ضِعۡفَيۡنِۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٗا
हे पैगम्बरका स्त्रीहरू ! तिमीमध्ये जसले पनि कुनै प्रत्यक्ष निर्लज्जताको कर्म गर्नेछ त त्यसको लागि उसलाई दोहोरो यातना हुनेछ र यो अल्लाहको लागि धेरै सरल छ ।
Surah Al-Ahzab, Verse 30
۞وَمَن يَقۡنُتۡ مِنكُنَّ لِلَّهِ وَرَسُولِهِۦ وَتَعۡمَلۡ صَٰلِحٗا نُّؤۡتِهَآ أَجۡرَهَا مَرَّتَيۡنِ وَأَعۡتَدۡنَا لَهَا رِزۡقٗا كَرِيمٗا
(तर) तिमीमध्ये जो अल्लाह र उसको रसूलप्रति निष्ठापूर्वक आज्ञाकारीताको नीति अपनाउँनेछिन् र असलकर्म गर्दछिन, त्यसलाई हामीले दुईगुणा प्रतिफल प्रदान गर्नेछौं र त्यसको निम्ति हामीले सम्मानपूर्ण आजीविका तयार गरेका छौं ।
Surah Al-Ahzab, Verse 31
يَٰنِسَآءَ ٱلنَّبِيِّ لَسۡتُنَّ كَأَحَدٖ مِّنَ ٱلنِّسَآءِ إِنِ ٱتَّقَيۡتُنَّۚ فَلَا تَخۡضَعۡنَ بِٱلۡقَوۡلِ فَيَطۡمَعَ ٱلَّذِي فِي قَلۡبِهِۦ مَرَضٞ وَقُلۡنَ قَوۡلٗا مَّعۡرُوفٗا
हे नबीका स्त्रीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि तिमी परहेजगार (संयमी) रहन चाहन्छौ भने, (व्यक्तिहरूसित) लोचपूर्ण कुरा नगर, कि त्यो व्यक्ति जसको हृदयमा कुनै प्रकारको रोग छ, कुनै नराम्रो विचार गरोस् ! र उनीहरूसित सामान्यरूपमा कुरा गर्नेगर ।
Surah Al-Ahzab, Verse 32
وَقَرۡنَ فِي بُيُوتِكُنَّ وَلَا تَبَرَّجۡنَ تَبَرُّجَ ٱلۡجَٰهِلِيَّةِ ٱلۡأُولَىٰۖ وَأَقِمۡنَ ٱلصَّلَوٰةَ وَءَاتِينَ ٱلزَّكَوٰةَ وَأَطِعۡنَ ٱللَّهَ وَرَسُولَهُۥٓۚ إِنَّمَا يُرِيدُ ٱللَّهُ لِيُذۡهِبَ عَنكُمُ ٱلرِّجۡسَ أَهۡلَ ٱلۡبَيۡتِ وَيُطَهِّرَكُمۡ تَطۡهِيرٗا
र आफ्नो घरमा राम्रोसंग बसिराख र विगत अज्ञानकाल जस्तो सज–धज गरी नदेखाऊ । नमाजको आयोजन गर्दैगर जकात दिनेगर । र अल्लाह र उसको रसूलको आज्ञा पालनगर । हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् ।
Surah Al-Ahzab, Verse 33
وَٱذۡكُرۡنَ مَا يُتۡلَىٰ فِي بُيُوتِكُنَّ مِنۡ ءَايَٰتِ ٱللَّهِ وَٱلۡحِكۡمَةِۚ إِنَّ ٱللَّهَ كَانَ لَطِيفًا خَبِيرًا
र तिम्रा घरहरूमा जुन अल्लाहका आयतहरू र रसूलका हदीसहरू पढिन्छन् तिनको चर्चा गर्नेगर । निश्चय नै अल्लाह अत्यन्त सूक्ष्मदर्शी, जानकार छ ।
Surah Al-Ahzab, Verse 34
إِنَّ ٱلۡمُسۡلِمِينَ وَٱلۡمُسۡلِمَٰتِ وَٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ وَٱلۡقَٰنِتِينَ وَٱلۡقَٰنِتَٰتِ وَٱلصَّـٰدِقِينَ وَٱلصَّـٰدِقَٰتِ وَٱلصَّـٰبِرِينَ وَٱلصَّـٰبِرَٰتِ وَٱلۡخَٰشِعِينَ وَٱلۡخَٰشِعَٰتِ وَٱلۡمُتَصَدِّقِينَ وَٱلۡمُتَصَدِّقَٰتِ وَٱلصَّـٰٓئِمِينَ وَٱلصَّـٰٓئِمَٰتِ وَٱلۡحَٰفِظِينَ فُرُوجَهُمۡ وَٱلۡحَٰفِظَٰتِ وَٱلذَّـٰكِرِينَ ٱللَّهَ كَثِيرٗا وَٱلذَّـٰكِرَٰتِ أَعَدَّ ٱللَّهُ لَهُم مَّغۡفِرَةٗ وَأَجۡرًا عَظِيمٗا
बिना सन्देह मुस्लिम पुरुष र मुस्लिम स्त्रीहरू, ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरू, निष्ठापूर्वक, आज्ञापालन गर्ने पुरुष र निष्ठावान स्त्रीहरू, र सत्यवादी पुरुषहरू र सत्यवादी स्त्रीहरू, धैर्यवान् पुरुषहरू र धैर्य गर्ने स्त्रीहरू, विनम्रता देखाउने पुरुषहरू र विनम्रता देखाउने स्त्रीहरू, सद्का (दान) दिने पुरुष, र दान दिने स्त्रीहरू, रोजा (व्रत) बस्ने पुरुष र रोजा बस्ने स्त्रीहरू, आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्ने पुरुष र रक्षा गर्ने स्त्रीहरू र अल्लाहलाई धेरै स्मरण गर्ने पुरुष र स्मरण गर्ने स्त्रीहरू यिनीहरूका निम्ति अल्लाहले क्षमा र ठूलो प्रतिफल तयार गरेको छ ।
Surah Al-Ahzab, Verse 35
وَمَا كَانَ لِمُؤۡمِنٖ وَلَا مُؤۡمِنَةٍ إِذَا قَضَى ٱللَّهُ وَرَسُولُهُۥٓ أَمۡرًا أَن يَكُونَ لَهُمُ ٱلۡخِيَرَةُ مِنۡ أَمۡرِهِمۡۗ وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ فَقَدۡ ضَلَّ ضَلَٰلٗا مُّبِينٗا
र हेर कुनै मोमिन् पुरुष र मोमिन स्त्रीलाई जब अल्लाहले र उसको रसूलले कुनै कुराको फैसला निर्धारित गरिदिन्छन्, त उनीहरूको यस काममा अन्यथा केही हक बाँकी रहँदैन । जोसुकैले अल्लाह र उसको रसूलको अवज्ञा गर्नेेछ, त्यो स्पष्टरूपले मार्गविचलित भइहाल्यो ।
Surah Al-Ahzab, Verse 36
وَإِذۡ تَقُولُ لِلَّذِيٓ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِ وَأَنۡعَمۡتَ عَلَيۡهِ أَمۡسِكۡ عَلَيۡكَ زَوۡجَكَ وَٱتَّقِ ٱللَّهَ وَتُخۡفِي فِي نَفۡسِكَ مَا ٱللَّهُ مُبۡدِيهِ وَتَخۡشَى ٱلنَّاسَ وَٱللَّهُ أَحَقُّ أَن تَخۡشَىٰهُۖ فَلَمَّا قَضَىٰ زَيۡدٞ مِّنۡهَا وَطَرٗا زَوَّجۡنَٰكَهَا لِكَيۡ لَا يَكُونَ عَلَى ٱلۡمُؤۡمِنِينَ حَرَجٞ فِيٓ أَزۡوَٰجِ أَدۡعِيَآئِهِمۡ إِذَا قَضَوۡاْ مِنۡهُنَّ وَطَرٗاۚ وَكَانَ أَمۡرُ ٱللَّهِ مَفۡعُولٗا
(हे नबी) स्मरण गर्नुस् जबकि तपाईंले त्यस व्यक्तिसँग भनिराख्नु भएको थियो जसमाथि अल्लाहले अनुकम्पा गर्यो, र जसमाथि तपाईंले पनि अनुकम्पा गर्नु भयो कि ‘‘आफ्नो पत्नीलाई आफूसँग राख र अल्लाहसित डर र तपाईं आफ्नो मनमा त्यस कुरालाई लुकाइराख्नु भएको थियो, जसलाई अल्लाह प्रकट गर्नेवाला थियो । तपाईं मानिसहरूसँग भय खानु हुन्थ्यौ, जबकि अल्लाह त्यस कुराको अधिक हकदार थियो कि तिमी ऊसित डर’’ । अतः जब जैदले ऊसित (स्त्रीसित) आफ्नो आवश्यकता पूरा गरिसक्यो त हामीले तिमीसित उसको विवाह गरिदियौं, ताकि ईमानवालाहरूलाई आफ्ना धर्मपुत्रहरूको पत्नीहरूको सम्बन्धमा कुनै प्रकारको अपठ्यारो नरहोस् जबकि उनीहरूले तिनीहरूसित आफ्नो आवश्यकता पूरा गरिसकेका हुन्छन् । अल्लाहको आदेश त पूरा भएर रहनेछ ।
Surah Al-Ahzab, Verse 37
مَّا كَانَ عَلَى ٱلنَّبِيِّ مِنۡ حَرَجٖ فِيمَا فَرَضَ ٱللَّهُ لَهُۥۖ سُنَّةَ ٱللَّهِ فِي ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلُۚ وَكَانَ أَمۡرُ ٱللَّهِ قَدَرٗا مَّقۡدُورًا
जुन कुराहरू अल्लाहले आफ्नो नबीको लागि निर्धारित गरेको छ, तिनीहरूमा नबीको लागि कुनै हर्ज छैन । अल्लाहको यही स्वीकृत मान्यता ती मानिसहरूको सम्बन्धमा पनि रहेको छ, जुन पहिला गुज्रिसकेका छन् र अल्लाहको आदेश निश्चित भएको हुन्छ ।
Surah Al-Ahzab, Verse 38
ٱلَّذِينَ يُبَلِّغُونَ رِسَٰلَٰتِ ٱللَّهِ وَيَخۡشَوۡنَهُۥ وَلَا يَخۡشَوۡنَ أَحَدًا إِلَّا ٱللَّهَۗ وَكَفَىٰ بِٱللَّهِ حَسِيبٗا
उनीहरूले अल्लाहको सन्देश पुर्याउँदथे र उसैसित डर मान्दथे र अल्लाह बाहेक कसैसित डराउन्नथे । र हिसाब लिनुको निम्ति अल्लाह नै पर्याप्त छ ।
Surah Al-Ahzab, Verse 39
مَّا كَانَ مُحَمَّدٌ أَبَآ أَحَدٖ مِّن رِّجَالِكُمۡ وَلَٰكِن رَّسُولَ ٱللَّهِ وَخَاتَمَ ٱلنَّبِيِّـۧنَۗ وَكَانَ ٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٗا
(मानिसहरू हो ! ) मुहम्मद तिम्रा पुरुषहरूमध्ये कसैको पिता होइनन्, बरु उनी अल्लाहका रसूल र नबीहरूका समापक (अन्तिम नबी) हुन् । र अल्लाहलाई प्रत्येक कुराको पूर्ण ज्ञान छ ।
Surah Al-Ahzab, Verse 40
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱذۡكُرُواْ ٱللَّهَ ذِكۡرٗا كَثِيرٗا
हे आस्थावानहरू ! अल्लाहलाई धेरै स्मरण गर्नेगर ।
Surah Al-Ahzab, Verse 41
وَسَبِّحُوهُ بُكۡرَةٗ وَأَصِيلًا
र बिहान र बेलुका उसको गुणगान गर्नेगर ।
Surah Al-Ahzab, Verse 42
هُوَ ٱلَّذِي يُصَلِّي عَلَيۡكُمۡ وَمَلَـٰٓئِكَتُهُۥ لِيُخۡرِجَكُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۚ وَكَانَ بِٱلۡمُؤۡمِنِينَ رَحِيمٗا
उही त हो, जसले तिमीमाथि रहमत (कृपा) पठाउँछ र उसका स्वर्गदूतहरूले पनि (तिम्रो लागि शान्ति र अनुकम्पाको प्रार्थना गर्दछन्) ताकि उसले तिमीलाई अँध्यारोबाट निकालेर उज्यालोतिर लगोस् र अल्लाह मोमिनहरूमाथि धेरै कृपालु छ ।
Surah Al-Ahzab, Verse 43
تَحِيَّتُهُمۡ يَوۡمَ يَلۡقَوۡنَهُۥ سَلَٰمٞۚ وَأَعَدَّ لَهُمۡ أَجۡرٗا كَرِيمٗا
जुन दिन उनीहरू अल्लाहसँग भेट्नेछन्, उनको उपहार (अभिवादन) सलाम हुनेछ र उनीहरूको निम्ति प्रतिष्ठापूर्ण प्रतिफल तयार गरिसकेको छ ।
Surah Al-Ahzab, Verse 44
يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ إِنَّآ أَرۡسَلۡنَٰكَ شَٰهِدٗا وَمُبَشِّرٗا وَنَذِيرٗا
हे पैगम्बर ! निश्चय नै हामीले नै तपार्इंलाई रसूल बनाएर साक्षी, र शुभसूचना दिनेवाला र सचेत गर्नेवाला बनाएर पठाएका छौं ।
Surah Al-Ahzab, Verse 45
وَدَاعِيًا إِلَى ٱللَّهِ بِإِذۡنِهِۦ وَسِرَاجٗا مُّنِيرٗا
र अल्लाहको हुकुमबाट अल्लाहतिर बोलाउनेवाला र प्रकाशमान्, ज्योति बनाएर ।
Surah Al-Ahzab, Verse 46
وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ بِأَنَّ لَهُم مِّنَ ٱللَّهِ فَضۡلٗا كَبِيرٗا
र तपाईंले मोमिनहरूलाई शुभसूचना सुनाइदिनुस् कि अल्लाहको तर्फबाट तिनीहरूका लागि ठूलो पुरस्कार (फजल) छ ।
Surah Al-Ahzab, Verse 47
وَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَٱلۡمُنَٰفِقِينَ وَدَعۡ أَذَىٰهُمۡ وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلٗا
र इन्कार गर्नेहरू र कपटीहरूको भनाई नमान्नु । र उनीहरूले दिएको दुःखलाई वास्ता नगर्नु । र अल्लाहमा भरोसा गर्नु ! र अल्लाह कुनै कामलाई पनि परिणाममुखी बनाउन पर्याप्त छ ।
Surah Al-Ahzab, Verse 48
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا نَكَحۡتُمُ ٱلۡمُؤۡمِنَٰتِ ثُمَّ طَلَّقۡتُمُوهُنَّ مِن قَبۡلِ أَن تَمَسُّوهُنَّ فَمَا لَكُمۡ عَلَيۡهِنَّ مِنۡ عِدَّةٖ تَعۡتَدُّونَهَاۖ فَمَتِّعُوهُنَّ وَسَرِّحُوهُنَّ سَرَاحٗا جَمِيلٗا
हे ईमानवालाहरू ! जब तिमी ईमानवाली स्त्रीहरूसँग विवाह गर्दछौ फेरि उनीहरूलाई स्पर्श गर्नुभन्दा अगाडि नै तलाक (पारपाचुके) दिन्छौ भने तिम्रो निम्ति उनीहरूमाथि कुनै इद्दतको अधिकार छैन जसको तिमी गन्ती गर । उनीहरूलाई केही फाइदा (खर्च) दिएर राम्रो तरिकाले बिदा गर ।
Surah Al-Ahzab, Verse 49
يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ إِنَّآ أَحۡلَلۡنَا لَكَ أَزۡوَٰجَكَ ٱلَّـٰتِيٓ ءَاتَيۡتَ أُجُورَهُنَّ وَمَا مَلَكَتۡ يَمِينُكَ مِمَّآ أَفَآءَ ٱللَّهُ عَلَيۡكَ وَبَنَاتِ عَمِّكَ وَبَنَاتِ عَمَّـٰتِكَ وَبَنَاتِ خَالِكَ وَبَنَاتِ خَٰلَٰتِكَ ٱلَّـٰتِي هَاجَرۡنَ مَعَكَ وَٱمۡرَأَةٗ مُّؤۡمِنَةً إِن وَهَبَتۡ نَفۡسَهَا لِلنَّبِيِّ إِنۡ أَرَادَ ٱلنَّبِيُّ أَن يَسۡتَنكِحَهَا خَالِصَةٗ لَّكَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۗ قَدۡ عَلِمۡنَا مَا فَرَضۡنَا عَلَيۡهِمۡ فِيٓ أَزۡوَٰجِهِمۡ وَمَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ لِكَيۡلَا يَكُونَ عَلَيۡكَ حَرَجٞۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا
हे नबी ! हामीले तपाईको निम्ति ती पत्नीहरू ग्राह्य गरिदिएका छौं जसका महर तपाईंले दिइसक्नु भएको छ, र ती दासीहरूलाई पनि जुन अल्लाहले तपाईंको अधीनमा (धर्मयुद्धबाट) गनिमतको मालको रूपमा दियो र तपार्इंको काकाका छोरीहरू र फुफूहरूका छोरीहरू र मामाका छोरीहरू र तपाईंको आमाका दिदी बहिनीका छोरीहरू जसले तपाईको साथमा प्रवास (हिजरत) गरेका छिन् र त्यो ईमानवाली स्त्री जसले आफूलाई नबीको निम्ति अर्पित गर्दछे, यदि नबीले उसित बिहे गर्न चाहनुहुन्छ । त (हे मुहम्मद !) यो खासगरी तपाईंको लागि हो, सबै मुसलमानहरूको लागि होइन, हामीले उनीहरूका स्त्रीहरू र दासीहरूको बारेमा जुन नियमहरू निर्धारित गरेका छौं, हामीलाई थाहा छ । यो यसकारण कि तपार्इंलाई कुनै अप्ठ्यारो नहोस् । र अल्लाह धेरै क्षमाशील, दयावान् छ ।
Surah Al-Ahzab, Verse 50
۞تُرۡجِي مَن تَشَآءُ مِنۡهُنَّ وَتُـٔۡوِيٓ إِلَيۡكَ مَن تَشَآءُۖ وَمَنِ ٱبۡتَغَيۡتَ مِمَّنۡ عَزَلۡتَ فَلَا جُنَاحَ عَلَيۡكَۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَن تَقَرَّ أَعۡيُنُهُنَّ وَلَا يَحۡزَنَّ وَيَرۡضَيۡنَ بِمَآ ءَاتَيۡتَهُنَّ كُلُّهُنَّۚ وَٱللَّهُ يَعۡلَمُ مَا فِي قُلُوبِكُمۡۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَلِيمٗا
यीमध्ये जुन स्त्रीलाई चाहन्छौ अलग्गै राख र जसलाई चाहन्छौ आफ्नो साथमा राख । र कसैलाई तपाईंले अलग्गै राख्नु भएपछि यदि उसलाई फेरि आफ्नो पासमा बोलाउँनु हुन्छ भने तपाईंलाई कुनै पाप (गुनाह) छैन । यो यसकारण कि ती स्त्रीहरूका आँखाहरू शीतल रहुन्, र उनीहरू दुःखी नरहुन् र जे–जति तपाईंले उनलाई दिनुहुन्छ उसलाई लिएर सब सहमत रहुन् र जे–जति तिम्रा हृदयमा छन् अल्लाहलाई त्यसको बारेमा थाहा छ अल्लाह त सर्वज्ञ र धेरै सहनशील छ ।
Surah Al-Ahzab, Verse 51
لَّا يَحِلُّ لَكَ ٱلنِّسَآءُ مِنۢ بَعۡدُ وَلَآ أَن تَبَدَّلَ بِهِنَّ مِنۡ أَزۡوَٰجٖ وَلَوۡ أَعۡجَبَكَ حُسۡنُهُنَّ إِلَّا مَا مَلَكَتۡ يَمِينُكَۗ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ رَّقِيبٗا
(हे पैगम्बर !) यी बाहेक अन्य स्त्रीहरू तपाईंका लागि वैध छैनन् र न यो ठीक छ कि तपार्इंले यिनको बदलामा अन्य पत्नीहरू ल्यानुस्, उनको सौन्दर्य राम्रा लागे पनि । उनीहरूको कुरा अर्कै छ जो तिम्रा सम्पत्ति (दासी) हुन् । वास्तवमा अल्लाहको दृष्टि हरेक कुरोमाथि छ ।
Surah Al-Ahzab, Verse 52
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَدۡخُلُواْ بُيُوتَ ٱلنَّبِيِّ إِلَّآ أَن يُؤۡذَنَ لَكُمۡ إِلَىٰ طَعَامٍ غَيۡرَ نَٰظِرِينَ إِنَىٰهُ وَلَٰكِنۡ إِذَا دُعِيتُمۡ فَٱدۡخُلُواْ فَإِذَا طَعِمۡتُمۡ فَٱنتَشِرُواْ وَلَا مُسۡتَـٔۡنِسِينَ لِحَدِيثٍۚ إِنَّ ذَٰلِكُمۡ كَانَ يُؤۡذِي ٱلنَّبِيَّ فَيَسۡتَحۡيِۦ مِنكُمۡۖ وَٱللَّهُ لَا يَسۡتَحۡيِۦ مِنَ ٱلۡحَقِّۚ وَإِذَا سَأَلۡتُمُوهُنَّ مَتَٰعٗا فَسۡـَٔلُوهُنَّ مِن وَرَآءِ حِجَابٖۚ ذَٰلِكُمۡ أَطۡهَرُ لِقُلُوبِكُمۡ وَقُلُوبِهِنَّۚ وَمَا كَانَ لَكُمۡ أَن تُؤۡذُواْ رَسُولَ ٱللَّهِ وَلَآ أَن تَنكِحُوٓاْ أَزۡوَٰجَهُۥ مِنۢ بَعۡدِهِۦٓ أَبَدًاۚ إِنَّ ذَٰلِكُمۡ كَانَ عِندَ ٱللَّهِ عَظِيمًا
हे ईमानवालाहरू नबीको घरमा अनुमति प्राप्त नगरेसम्म खानको लागि नजानु कि पाक्ने बेलासम्म प्रतीक्षा गर्नुपरोस् तर जब निमन्त्रण हुन्छ तब जाऊ र खाना खाइसकेपछि हिँडिहाल र त्यहीं कुराहरूमा अल्झेर नबस । तिम्रो यो कुराले पैगम्बरलाई कष्ट दिन्छ र उनी तिम्रो लिहाज मान्छन्, तर अल्लाह साँचो कुरा गर्न कसैको लिहाज गर्दैन । र जब तिमी नबीका पत्नीहरूसँग केही माँग्दछौ भने उनीहरूसित पर्दाको पछाडिबाट माँग । यो धेरै शुद्धताको कुरा हो, तिम्रा हृदयहरूको लागि र उनीहरूका हृदयको लागि पनि । तिम्रो निम्ति यो कुरा वैध छैन कि, तिमी अल्लाहका रसूललाई दुःख पुर्याऊ र न यो वैध छ कि उहाँ (नबी) पश्चात कहिल्यै उनका पत्नीहरूसित विवाह गर । यादराख निश्चय नै अल्लाहको दृष्टिमा यो गम्भीर अपराध हो ।
Surah Al-Ahzab, Verse 53
إِن تُبۡدُواْ شَيۡـًٔا أَوۡ تُخۡفُوهُ فَإِنَّ ٱللَّهَ كَانَ بِكُلِّ شَيۡءٍ عَلِيمٗا
तिमीले चाहे कुनै कुरालाई व्यक्त गर वा त्यसलाई लुकाऊ, अल्लाहलाई त हरेक कुराको ज्ञान छ ।
Surah Al-Ahzab, Verse 54
لَّا جُنَاحَ عَلَيۡهِنَّ فِيٓ ءَابَآئِهِنَّ وَلَآ أَبۡنَآئِهِنَّ وَلَآ إِخۡوَٰنِهِنَّ وَلَآ أَبۡنَآءِ إِخۡوَٰنِهِنَّ وَلَآ أَبۡنَآءِ أَخَوَٰتِهِنَّ وَلَا نِسَآئِهِنَّ وَلَا مَا مَلَكَتۡ أَيۡمَٰنُهُنَّۗ وَٱتَّقِينَ ٱللَّهَۚ إِنَّ ٱللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدًا
ती स्त्रीहरूलाई आफ्ना बुबाहरूसित आफ्ना छोराहरूसित, र आफ्ना भाइहरूसित, र आफ्ना भतिजाहरूसित, र आफ्ना भान्जिहरूसित, र आफ्ना मेलका स्त्रीहरूसित र न उनीहरूसित जसलाई उनीहरूमाथि स्वामित्वको अधिकार प्राप्त छ पर्दा नगर्नुमा कुनै पाप छैन । स्त्रीहरू ! अल्लाहसित डर, निश्चय नै अल्लाह हरेक कुराको साक्षी छ ।
Surah Al-Ahzab, Verse 55
إِنَّ ٱللَّهَ وَمَلَـٰٓئِكَتَهُۥ يُصَلُّونَ عَلَى ٱلنَّبِيِّۚ يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ صَلُّواْ عَلَيۡهِ وَسَلِّمُواْ تَسۡلِيمًا
अल्लाह र उसका फरिश्ताहरू यस नबीमाथि रहमत (सलाम–शान्ति) पठाउँदछन् । हे ईमानवालाहरू तिमी पनि उनीमाथि धेरै सलाम र दरूद पठाउने गर ।
Surah Al-Ahzab, Verse 56
إِنَّ ٱلَّذِينَ يُؤۡذُونَ ٱللَّهَ وَرَسُولَهُۥ لَعَنَهُمُ ٱللَّهُ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَأَعَدَّ لَهُمۡ عَذَابٗا مُّهِينٗا
जुन मानिसहरूले अल्लाह र उसको रसूललाई दुःख पुर्याउँछन्, अल्लाहले उनलाई दुनियाँ र आखिरतमा तिरस्कृत गरेको छ र उनीहरूको निम्ति अपमानजनक यातना तयार गरेको छ ।
Surah Al-Ahzab, Verse 57
وَٱلَّذِينَ يُؤۡذُونَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ بِغَيۡرِ مَا ٱكۡتَسَبُواْ فَقَدِ ٱحۡتَمَلُواْ بُهۡتَٰنٗا وَإِثۡمٗا مُّبِينٗا
र जुन मासिनहरूले ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूलाई, बिना कुनै कारण यस्तो कुराको आरोप लगाएर दुःख पुर्याएका छन्, जुनकि उनीहरूले गरेका छैनन्, भने उनीहरूले त ठूलो मित्थ्यारोपण र प्रत्यक्ष पापको बोझ आफूमाथि उठाएका छन् ।
Surah Al-Ahzab, Verse 58
يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّأَزۡوَٰجِكَ وَبَنَاتِكَ وَنِسَآءِ ٱلۡمُؤۡمِنِينَ يُدۡنِينَ عَلَيۡهِنَّ مِن جَلَٰبِيبِهِنَّۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَن يُعۡرَفۡنَ فَلَا يُؤۡذَيۡنَۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا
हे पैगम्बर ! आफ्ना पत्नीहरू र आफ्ना छोरीहरू र ईमानवाली स्त्रीहरूसँग भनिदिनुस् कि तिनीहरू आफुमाथि ‘‘आफ्ना च्यादर हाल्ने गरुन्’’ । यसबाट छिटै उनीहरूको (भद्रताको) पहिचान भइहाल्छ र उनले दुःख भोग्नु पर्दैन र अल्लाह बडो क्षमाशील, दयावान छ ।
Surah Al-Ahzab, Verse 59
۞لَّئِن لَّمۡ يَنتَهِ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ وَٱلۡمُرۡجِفُونَ فِي ٱلۡمَدِينَةِ لَنُغۡرِيَنَّكَ بِهِمۡ ثُمَّ لَا يُجَاوِرُونَكَ فِيهَآ إِلَّا قَلِيلٗا
यदि अहिले पनि मुनाफिक र ती मानिसहरू, जसको हृदयमा रोग छन् र जसले मदीना (शहरमा) मिथ्या अफवाह फैलाइराखेका छन्, त्यसो गर्न छाडेनन् भने हामीले तपाईलाई उनीहरूको बर्बादीको लागि लगाइदिने छौं, । अनि तिनीहरू केही दिनको लागि मात्र तपाईसंग यहाँ रहनसक्ने छन् ।
Surah Al-Ahzab, Verse 60
مَّلۡعُونِينَۖ أَيۡنَمَا ثُقِفُوٓاْ أُخِذُواْ وَقُتِّلُواْ تَقۡتِيلٗا
यिनीहरू तिरस्कृत रहनेछन् । जहाँ कहीं भेटिनेछन्, समातिनेछन् र नराम्रो तरिकाले मारिनेछन् ।
Surah Al-Ahzab, Verse 61
سُنَّةَ ٱللَّهِ فِي ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلُۖ وَلَن تَجِدَ لِسُنَّةِ ٱللَّهِ تَبۡدِيلٗا
अल्लाहको यहि रीति ती मानिसहरूको विषयमा पनि रहेको छ जो पहिला गुज्रिसकेका छन् ! र तपाईंले अल्लाहको रीतिमा कहिल्यै परिवर्तन पाउने छैनौ ।
Surah Al-Ahzab, Verse 62
يَسۡـَٔلُكَ ٱلنَّاسُ عَنِ ٱلسَّاعَةِۖ قُلۡ إِنَّمَا عِلۡمُهَا عِندَ ٱللَّهِۚ وَمَا يُدۡرِيكَ لَعَلَّ ٱلسَّاعَةَ تَكُونُ قَرِيبًا
मानिसहरूले तपाईंसँग कियामतको (समयको) बारेमा सोध्छन् । भनिदिनुस् ‘‘यसको ज्ञान त अल्लाहलाई मात्र छ र तपाईलाई के थाहा ? शायद कियामत नजिकै आइपुगेको छ’’ ।
Surah Al-Ahzab, Verse 63
إِنَّ ٱللَّهَ لَعَنَ ٱلۡكَٰفِرِينَ وَأَعَدَّ لَهُمۡ سَعِيرًا
अल्लाहले इन्कार गर्नेहरूलाई अभिशप्त गरेको छ र उनीहरूको निम्ति (जहन्नमको) आगो तयार गरिराखेको छ ।
Surah Al-Ahzab, Verse 64
خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ لَّا يَجِدُونَ وَلِيّٗا وَلَا نَصِيرٗا
जसमा उनीहरू सधैं सधैं रहनेछन् । उनीहरूले त्यहाँ कुनै समर्थक र सहायक पाउने छैनन् ।
Surah Al-Ahzab, Verse 65
يَوۡمَ تُقَلَّبُ وُجُوهُهُمۡ فِي ٱلنَّارِ يَقُولُونَ يَٰلَيۡتَنَآ أَطَعۡنَا ٱللَّهَ وَأَطَعۡنَا ٱلرَّسُولَا۠
त्यस दिन उनीहरूका अनुहार आगोमा उल्टाइने, पल्टाइनेछ त उनीहरूले भन्नेछन्ः ‘‘कति राम्रो हुनथ्यो यदि हामीले अल्लाहको आज्ञापालन गरेको भए र रसूलको आज्ञापालन गरेको भए’’ ।
Surah Al-Ahzab, Verse 66
وَقَالُواْ رَبَّنَآ إِنَّآ أَطَعۡنَا سَادَتَنَا وَكُبَرَآءَنَا فَأَضَلُّونَا ٱلسَّبِيلَا۠
र उनीहरूले भन्नेछन् ‘‘हे हाम्रो पालनकर्ता ! वास्तवमा हामीले आफ्ना नाइकेहरू र आफ्ना ठूला बडाको आज्ञापालन गर्यौं र उनीहरूले हामीलाई सही मार्गबाट विचलित गरिदिए ।’’
Surah Al-Ahzab, Verse 67
رَبَّنَآ ءَاتِهِمۡ ضِعۡفَيۡنِ مِنَ ٱلۡعَذَابِ وَٱلۡعَنۡهُمۡ لَعۡنٗا كَبِيرٗا
हे हाम्रो स्वामी ! ‘‘उनीहरूलाई तिमी दोहोरो यातना देऊ र उनीहरूलाई ठूलो तिरस्कृत गर’’ ।
Surah Al-Ahzab, Verse 68
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَكُونُواْ كَٱلَّذِينَ ءَاذَوۡاْ مُوسَىٰ فَبَرَّأَهُ ٱللَّهُ مِمَّا قَالُواْۚ وَكَانَ عِندَ ٱللَّهِ وَجِيهٗا
हे मोमिनहरू ! ‘‘तिमीहरू ती मानिसहरू जस्तो नहुनु, जसले मूसालाई (दोष लगाएर) दुःख पुर्याए, तर अल्लाहले उनलाई दोषरहित प्रमाणित गर्यो । उनी अल्लाहकहाँ सम्मानित भएका थिए’’ ।
Surah Al-Ahzab, Verse 69
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَقُولُواْ قَوۡلٗا سَدِيدٗا
हे मोमिनहरू ! अल्लाहसित डर मान्नेगर र सोझो सोझो साँचो कुरा भन्नेगर ।
Surah Al-Ahzab, Verse 70
يُصۡلِحۡ لَكُمۡ أَعۡمَٰلَكُمۡ وَيَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡۗ وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ فَقَدۡ فَازَ فَوۡزًا عَظِيمًا
ताकि अल्लाह तिम्रा कर्महरूलाई राम्रो पारोस् र तिम्रा पापहरूलाई क्षमा गरिदेओस् । र जसले पनि अल्लाह र उसको रसूलको आज्ञापालन गर्यो, त्यसले ठूलो सफलता प्राप्त गरिसक्ने छ ।
Surah Al-Ahzab, Verse 71
إِنَّا عَرَضۡنَا ٱلۡأَمَانَةَ عَلَى ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱلۡجِبَالِ فَأَبَيۡنَ أَن يَحۡمِلۡنَهَا وَأَشۡفَقۡنَ مِنۡهَا وَحَمَلَهَا ٱلۡإِنسَٰنُۖ إِنَّهُۥ كَانَ ظَلُومٗا جَهُولٗا
हामीले आफ्नो नासोलाई आकाशहरू र धरती र पर्वतहरूमाथि प्रस्तुत गर्यौं, तर उनीहरूले त्यसलाई उठाउन इन्कार गरिदिए र त्यससित तर्सिहाले । (तर) मानिसले त्यसलाई उठाइहाल्यो । (निश्चय नै ऊ) ठूलो अत्याचारी र अज्ञानी छ ।
Surah Al-Ahzab, Verse 72
لِّيُعَذِّبَ ٱللَّهُ ٱلۡمُنَٰفِقِينَ وَٱلۡمُنَٰفِقَٰتِ وَٱلۡمُشۡرِكِينَ وَٱلۡمُشۡرِكَٰتِ وَيَتُوبَ ٱللَّهُ عَلَى ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمَۢا
यो यस कारण कि अल्लाहले कपटी पुरुष र स्त्रीहरू र बहुदेववादी पुरुषहरू र बहुदेववादी स्त्रीहरूलाई सजाय देओस्, र ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूको प्रायश्चित स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र दयालु छ ।
Surah Al-Ahzab, Verse 73