Surah As-Sajda - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
الٓمٓ
अलिफ–लाम्–मीम् ।
Surah As-Sajda, Verse 1
تَنزِيلُ ٱلۡكِتَٰبِ لَا رَيۡبَ فِيهِ مِن رَّبِّ ٱلۡعَٰلَمِينَ
यसमा कुनै सन्देह छैन कि यस किताबको अवतरण सम्पूर्ण संसारको पालनकर्ताको तर्फबाट हो ।
Surah As-Sajda, Verse 2
أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۚ بَلۡ هُوَ ٱلۡحَقُّ مِن رَّبِّكَ لِتُنذِرَ قَوۡمٗا مَّآ أَتَىٰهُم مِّن نَّذِيرٖ مِّن قَبۡلِكَ لَعَلَّهُمۡ يَهۡتَدُونَ
के यिनीहरूले भन्छन् कि उसले ‘‘(पैगम्बरले) यसलाई स्वयं रचेका हुन् ?’’ (होइन) बरु त्यो तिम्रो पालनकर्ताको तर्फबाट सत्य हो, ताकि तपार्इंले तिनीहरूलाई सावधान गर्नुस्, जसको पासमा तपाईंभन्दा पहिला कोही सावधान गर्नेवाला आएन । ताकि यिनीहरूले सही मार्ग प्राप्त गर्न सकुन् ।
Surah As-Sajda, Verse 3
ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ مَا لَكُم مِّن دُونِهِۦ مِن وَلِيّٖ وَلَا شَفِيعٍۚ أَفَلَا تَتَذَكَّرُونَ
अल्लाह नै त हो जसले आकाशहरू र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, सबैलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि सत्तासन(अर्श) माथि उच्च भयो । उस बाहेक तिम्रो लागि कोही मद्दत गर्ने र सिफारिश गर्नेवाला छैन, के तैपनि तिमी उपदेश ग्रहण गर्दैनौ
Surah As-Sajda, Verse 4
يُدَبِّرُ ٱلۡأَمۡرَ مِنَ ٱلسَّمَآءِ إِلَى ٱلۡأَرۡضِ ثُمَّ يَعۡرُجُ إِلَيۡهِ فِي يَوۡمٖ كَانَ مِقۡدَارُهُۥٓ أَلۡفَ سَنَةٖ مِّمَّا تَعُدُّونَ
उसैले आकाशदेखि धरतीसम्म प्रत्येक कार्यको व्यवस्था गर्दछ । अनि (सबैकाम) एक यस्तो दिनमा उसतर्फ प्रवृत हुन्छ, जसको गन्ती तिम्रो गणना अनुसार एक हजार वर्ष बराबर हुनेछ ।
Surah As-Sajda, Verse 5
ذَٰلِكَ عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ
उही त परोक्ष र प्रत्यक्षको ज्ञाता हो सर्वशक्ति सम्पन्न ठूलो दयावान् (अल्लाह) हो ।
Surah As-Sajda, Verse 6
ٱلَّذِيٓ أَحۡسَنَ كُلَّ شَيۡءٍ خَلَقَهُۥۖ وَبَدَأَ خَلۡقَ ٱلۡإِنسَٰنِ مِن طِينٖ
जसले सृष्टि गरेको प्रत्येक कुरोलाई राम्रो बनायो र उसले मानिसको रचना माटोबाट शुरू गर्यो ।
Surah As-Sajda, Verse 7
ثُمَّ جَعَلَ نَسۡلَهُۥ مِن سُلَٰلَةٖ مِّن مَّآءٖ مَّهِينٖ
अनि उसको वंश एक तुच्छ पानीको थोपाले चलायो ।
Surah As-Sajda, Verse 8
ثُمَّ سَوَّىٰهُ وَنَفَخَ فِيهِ مِن رُّوحِهِۦۖ وَجَعَلَ لَكُمُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَٱلۡأَفۡـِٔدَةَۚ قَلِيلٗا مَّا تَشۡكُرُونَ
अनि त्यसलाई ठीक–ठीक गरेर त्यसमा आफ्नो आत्मा संचारित गर्यो । उसैले तिम्रो कान आँखा र हृदय बनायो, तापनि तिमीले साह्रै कम कृतज्ञता प्रकट गर्दछौ ।
Surah As-Sajda, Verse 9
وَقَالُوٓاْ أَءِذَا ضَلَلۡنَا فِي ٱلۡأَرۡضِ أَءِنَّا لَفِي خَلۡقٖ جَدِيدِۭۚ بَلۡ هُم بِلِقَآءِ رَبِّهِمۡ كَٰفِرُونَ
र उनीहरूले भन्न थालेः कि ‘‘जब हामी धरतीमा मिसिइसक्नेछौं त के फेरि नयाँ रूपमा जीवित हुनेछौं ? बरु साँचो कुरो त यो हो कि, यी मानिसहरू आफ्नो पालनकर्तासितको साक्षात्कारलाई नकारिराखेका छन् ।
Surah As-Sajda, Verse 10
۞قُلۡ يَتَوَفَّىٰكُم مَّلَكُ ٱلۡمَوۡتِ ٱلَّذِي وُكِّلَ بِكُمۡ ثُمَّ إِلَىٰ رَبِّكُمۡ تُرۡجَعُونَ
भनिदिनुस् ! ‘‘कि तिमीलाई मृत्युको स्वर्गदूत (इज्राईल) ले जुन कि तिमीमाथि नियुक्त छ, त्यसले मार्नेछ । अनि तिमी सबै आफ्नो पालनकर्तातिर फर्काइने छौ ।’’
Surah As-Sajda, Verse 11
وَلَوۡ تَرَىٰٓ إِذِ ٱلۡمُجۡرِمُونَ نَاكِسُواْ رُءُوسِهِمۡ عِندَ رَبِّهِمۡ رَبَّنَآ أَبۡصَرۡنَا وَسَمِعۡنَا فَٱرۡجِعۡنَا نَعۡمَلۡ صَٰلِحًا إِنَّا مُوقِنُونَ
कति राम्रो हुन्थ्यो तपार्इंले देख्ने भए जब कि अपराधीहरू आफ्नो पालनकर्ताको अगाडि टाउको निहुराइराखेका हुनेछन् र भन्ने छन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीले देखिहाल्यौं र सुनीहाल्यौं । अब तिमीले हामीलाई (संसारमा) फिर्ता पठाइदेऊ, ताकि असल कर्म गरौं, हामी आस्था राख्नेवाला हौं ।’’
Surah As-Sajda, Verse 12
وَلَوۡ شِئۡنَا لَأٓتَيۡنَا كُلَّ نَفۡسٍ هُدَىٰهَا وَلَٰكِنۡ حَقَّ ٱلۡقَوۡلُ مِنِّي لَأَمۡلَأَنَّ جَهَنَّمَ مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ أَجۡمَعِينَ
यदि हामीले चाहेको भए प्रत्येक व्यक्तिलाई उपदेश ग्रहण गराइदिन्थ्यौं, तर मेरो तर्फबाट यो कुरो बिल्कुल सत्य प्रमाणित भइसकेको छ कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।
Surah As-Sajda, Verse 13
فَذُوقُواْ بِمَا نَسِيتُمۡ لِقَآءَ يَوۡمِكُمۡ هَٰذَآ إِنَّا نَسِينَٰكُمۡۖ وَذُوقُواْ عَذَابَ ٱلۡخُلۡدِ بِمَا كُنتُمۡ تَعۡمَلُونَ
(तसर्थ) अब तिमीले त्यस दिनको साक्षात्कारलाई बिर्सेको नतीजा (परिणाम) भोग, (आज) हामीले पनि तिमीलाई विर्सिदियौं । र जुन काम तिमीले गर्दथ्यौ त्यसको सजायमा सधैंको यातनाको स्वाद चाखिराख ।
Surah As-Sajda, Verse 14
إِنَّمَا يُؤۡمِنُ بِـَٔايَٰتِنَا ٱلَّذِينَ إِذَا ذُكِّرُواْ بِهَا خَرُّواْۤ سُجَّدٗاۤ وَسَبَّحُواْ بِحَمۡدِ رَبِّهِمۡ وَهُمۡ لَا يَسۡتَكۡبِرُونَ۩
हाम्रा आयतहरूमा उनैले ईमान ल्याउने गर्दछन् जसलाई जब उपदेश गरिन्छ तब सज्दामा (ढोगमा) जान्छन् र आफ्नो पालनकर्ताको प्रशंसाका साथ उसको गुणगान गर्दछन् र घमण्ड गर्दैनन् ।
Surah As-Sajda, Verse 15
تَتَجَافَىٰ جُنُوبُهُمۡ عَنِ ٱلۡمَضَاجِعِ يَدۡعُونَ رَبَّهُمۡ خَوۡفٗا وَطَمَعٗا وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ
उनीहरूको लेटाई आफ्ना ओछ्यानहरूबाट अलग हुन्छन्, उनीहरू आफ्नो पालनकर्तालाई भय र आशाले पुकार्दछन् र जुन (सम्पत्ति) हामीले उनलाई दिएका छौं, त्यसबाट खर्च गर्दछन् ।
Surah As-Sajda, Verse 16
فَلَا تَعۡلَمُ نَفۡسٞ مَّآ أُخۡفِيَ لَهُم مِّن قُرَّةِ أَعۡيُنٖ جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ
(अनि अल्लाह बाहेक) कसैलाई थाहा छैन कि उनीहरूको निम्ति उनको आँखाका शितलता लुकाएर राखिदिएका छौं यो उनीहरूका कर्महरूको पुरस्कार हो, जुन उनीहरूले गर्नेगर्दथे ।
Surah As-Sajda, Verse 17
أَفَمَن كَانَ مُؤۡمِنٗا كَمَن كَانَ فَاسِقٗاۚ لَّا يَسۡتَوُۥنَ
के जो मोमिन छ, ऊ त्यस व्यक्ति सरह हुन सक्छ जो अवज्ञाकारी छ ? दुवै समान हुन सक्दैनन् ।
Surah As-Sajda, Verse 18
أَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ فَلَهُمۡ جَنَّـٰتُ ٱلۡمَأۡوَىٰ نُزُلَۢا بِمَا كَانُواْ يَعۡمَلُونَ
जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई सँधैं बस्नको निम्ति (जन्नत) स्वर्गका बागबगैंचाहरू छन्, ती कामहरूको प्रतिफलमा आतिथ्यता छ , जुन कि उनीहरूले गर्दथे ।
Surah As-Sajda, Verse 19
وَأَمَّا ٱلَّذِينَ فَسَقُواْ فَمَأۡوَىٰهُمُ ٱلنَّارُۖ كُلَّمَآ أَرَادُوٓاْ أَن يَخۡرُجُواْ مِنۡهَآ أُعِيدُواْ فِيهَا وَقِيلَ لَهُمۡ ذُوقُواْ عَذَابَ ٱلنَّارِ ٱلَّذِي كُنتُم بِهِۦ تُكَذِّبُونَ
तर जसले आज्ञा उल्लंघन गरे उनीहरूको ठेगाना नर्क हो । जब कुनै बेला उनले त्यसबाट बाहिर निस्किन चाहनेछन् त त्यसैमा फर्काइनेछन् र (उनीहरूसित) भनिनेछ कि (जुन दोजखको यातनालाई) तिमीले झूठो ठान्दथ्यौ त्यसको बदलामा आगोको सजाय चाख ।’’
Surah As-Sajda, Verse 20
وَلَنُذِيقَنَّهُم مِّنَ ٱلۡعَذَابِ ٱلۡأَدۡنَىٰ دُونَ ٱلۡعَذَابِ ٱلۡأَكۡبَرِ لَعَلَّهُمۡ يَرۡجِعُونَ
र निःसन्देह हामीले उनीहरूलाई (कयामतको) ठूलो सजाय बाहेक (संसारका) सानो यातनाको स्वाद चखाउने छौं, ताकि कदाचित तिनीहरू (हाम्रो तर्फ) फर्किआउन् ।
Surah As-Sajda, Verse 21
وَمَنۡ أَظۡلَمُ مِمَّن ذُكِّرَ بِـَٔايَٰتِ رَبِّهِۦ ثُمَّ أَعۡرَضَ عَنۡهَآۚ إِنَّا مِنَ ٱلۡمُجۡرِمِينَ مُنتَقِمُونَ
र त्यस व्यक्तिभन्दा बढी अत्याचारी को छ? जसलाई उसको पालनकर्ताका आयातहरूबाट सावधान गरिएको थियो । तैपनि उसले मुख फर्कायो ? निश्चित जान कि हामीले पनि अपराधीहरूसित बदला लिनेवाला छौं ।
Surah As-Sajda, Verse 22
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ فَلَا تَكُن فِي مِرۡيَةٖ مِّن لِّقَآئِهِۦۖ وَجَعَلۡنَٰهُ هُدٗى لِّبَنِيٓ إِسۡرَـٰٓءِيلَ
निःसन्देह हामीले ‘‘मूसा (अलैहिस्सलाम)लाई’’ किताब प्रदान गर्यौं । अतः तपाईंले कदापि ऊसँगको साक्षात्कारमा सन्देह नगर्नु, र हामीले उसलाई इस्राईलका सन्तानको पथप्रदर्शनको माध्यम बनाएका थियौं ।
Surah As-Sajda, Verse 23
وَجَعَلۡنَا مِنۡهُمۡ أَئِمَّةٗ يَهۡدُونَ بِأَمۡرِنَا لَمَّا صَبَرُواْۖ وَكَانُواْ بِـَٔايَٰتِنَا يُوقِنُونَ
र जब उनीहरूले धैर्य गरे तब हामीले उनीहरूमध्ये यस्ता नायक बनायौं, जसले हाम्रो आदेशबाट मानिसहरूलाई सही मार्ग देखाउँथे, र हाम्रा आयतहरूमाथि आस्था राख्दथे ।
Surah As-Sajda, Verse 24
إِنَّ رَبَّكَ هُوَ يَفۡصِلُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ
निश्चय नै तिम्रो पालनकर्ताले कियामतको दिन उनीहरूको बीचका ती कुराहरूको निर्णय गर्नेछ, जसमा उनीहरूले विवाद गर्दै आएका छन् ।
Surah As-Sajda, Verse 25
أَوَلَمۡ يَهۡدِ لَهُمۡ كَمۡ أَهۡلَكۡنَا مِن قَبۡلِهِم مِّنَ ٱلۡقُرُونِ يَمۡشُونَ فِي مَسَٰكِنِهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍۚ أَفَلَا يَسۡمَعُونَ
के यस कुराले पनि तिनीहरूलाई उपदेश दिएन कि उनीहरूभन्दा पहिला कैयन् नस्लहरूलाई (समूहहरूलाई) हामीले नष्ट गरिसकेका छौं, जसका सहनका ठाउँहरूमा उनीहरू हिंडडुल गर्दैछन् ? यसमा त धेरै निशानीहरू छन् । अनि के उनीहरू सुन्दैनन्
Surah As-Sajda, Verse 26
أَوَلَمۡ يَرَوۡاْ أَنَّا نَسُوقُ ٱلۡمَآءَ إِلَى ٱلۡأَرۡضِ ٱلۡجُرُزِ فَنُخۡرِجُ بِهِۦ زَرۡعٗا تَأۡكُلُ مِنۡهُ أَنۡعَٰمُهُمۡ وَأَنفُسُهُمۡۚ أَفَلَا يُبۡصِرُونَ
के उनीहरूले देख्दैनन् कि हामीले यस बाँझो भूमितिर पानी बगाएर लैजान्छौं, अनि त्यसबाट हामीले खेती उमार्छौं, जसबाट उनीहरूका चौपायाहरू खान्छन् र उनीहरू स्वयम् पनि खान्छन्, अनि के यिनीहरूले तैपनि देख्दैनन्
Surah As-Sajda, Verse 27
وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡفَتۡحُ إِن كُنتُمۡ صَٰدِقِينَ
र भन्दछन्ः कि ‘‘यदि तिमी साँचो हौ भने बताऊ यो फैसला कहिले हुनेछ
Surah As-Sajda, Verse 28
قُلۡ يَوۡمَ ٱلۡفَتۡحِ لَا يَنفَعُ ٱلَّذِينَ كَفَرُوٓاْ إِيمَٰنُهُمۡ وَلَا هُمۡ يُنظَرُونَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘फैसलाको दिन ईमान ल्याउनुले काफिरहरूलाई कुनै पनि फाइदा पुर्याउने छैन र न उनीहरूलाई कुनै मोहलत दिइनेछ ।’’
Surah As-Sajda, Verse 29
فَأَعۡرِضۡ عَنۡهُمۡ وَٱنتَظِرۡ إِنَّهُم مُّنتَظِرُونَ
(तसर्थ) अब तपाईले उनीहरूलाई उनीहरूकै अवस्थामा छाडिदिनुस्, र प्रतीक्षा गर्नुस् ! उनीहरू पनि प्रतीक्षक छन् ।
Surah As-Sajda, Verse 30