Surah Luqman - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
الٓمٓ
अलिफ–लाम–मीम् ।
Surah Luqman, Verse 1
تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡحَكِيمِ
यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।
Surah Luqman, Verse 2
هُدٗى وَرَحۡمَةٗ لِّلۡمُحۡسِنِينَ
जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।
Surah Luqman, Verse 3
ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ يُوقِنُونَ
जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।
Surah Luqman, Verse 4
أُوْلَـٰٓئِكَ عَلَىٰ هُدٗى مِّن رَّبِّهِمۡۖ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
यिनै हुन् जो आफ्नो पालनकर्ताको तर्फबाट सत्यमार्गमा छन् र तिनै सफल हुनेछन् ।
Surah Luqman, Verse 5
وَمِنَ ٱلنَّاسِ مَن يَشۡتَرِي لَهۡوَ ٱلۡحَدِيثِ لِيُضِلَّ عَن سَبِيلِ ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَيَتَّخِذَهَا هُزُوًاۚ أُوْلَـٰٓئِكَ لَهُمۡ عَذَابٞ مُّهِينٞ
र कोही यस्ता पनि छन्, जसले कपोलकल्पित कुराहरू किन्दछन्, ताकि मानिसहरूलाई अज्ञानताको साथ अल्लाहको मार्गबाट विचलित गरुन् र त्यसको उपहास गरुन । यी नै हुन् जसका निम्ति अपमानजनक यातना छ ।
Surah Luqman, Verse 6
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِ ءَايَٰتُنَا وَلَّىٰ مُسۡتَكۡبِرٗا كَأَن لَّمۡ يَسۡمَعۡهَا كَأَنَّ فِيٓ أُذُنَيۡهِ وَقۡرٗاۖ فَبَشِّرۡهُ بِعَذَابٍ أَلِيمٍ
जब उसको सामु हाम्रा आयतहरूलाई सुनाइन्छ तब घमण्डले यसरी मुख फर्काइहाल्छ, जस्तोकि सुनेकै छैन, मानौ उनका कानहरूमा बिर्काे लागेका छन्, तसर्थ उसलाई तपाईंले दुःखद यातनाको सूचना सुनाइदिनुस् ।
Surah Luqman, Verse 7
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ لَهُمۡ جَنَّـٰتُ ٱلنَّعِيمِ
निःसन्देह जसले ईमान ल्याए र असल कामहरू गरिरहे, उनीहरूको निम्ति उपहारयुक्त स्वर्गहरू छन् ।
Surah Luqman, Verse 8
خَٰلِدِينَ فِيهَاۖ وَعۡدَ ٱللَّهِ حَقّٗاۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
तिनीहरू सधैं त्यसमा बास गर्नेछन् । अल्लाहको यो सत्य वचन हो, जो अत्यन्त सम्मानित र अधिपत्यशाली र तत्वदर्शी छ ।
Surah Luqman, Verse 9
خَلَقَ ٱلسَّمَٰوَٰتِ بِغَيۡرِ عَمَدٖ تَرَوۡنَهَاۖ وَأَلۡقَىٰ فِي ٱلۡأَرۡضِ رَوَٰسِيَ أَن تَمِيدَ بِكُمۡ وَبَثَّ فِيهَا مِن كُلِّ دَآبَّةٖۚ وَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَنۢبَتۡنَا فِيهَا مِن كُلِّ زَوۡجٖ كَرِيمٍ
उसैले आकाशहरूलाई स्तम्भ बिना सृष्टि गर्यो जस्तो तिमीले देख्दछौ, र उसले धरतीमा पहाड स्थापित गरिदियो, ताकि यसले तिमीलाई नहल्लाइदेओस्, र त्यसमा हरेक प्रकारका जनावरहरू फैलाइदियो, र हामीले आकाशबाट पानी बर्षाएर पृथ्वीमा हरेक किसिमका सुन्दर जोडाहरू उत्पादन गर्यौं ।
Surah Luqman, Verse 10
هَٰذَا خَلۡقُ ٱللَّهِ فَأَرُونِي مَاذَا خَلَقَ ٱلَّذِينَ مِن دُونِهِۦۚ بَلِ ٱلظَّـٰلِمُونَ فِي ضَلَٰلٖ مُّبِينٖ
यो हो अल्लाहको सृष्टि । अब तिमीहरूले मलाई अल्लाह बाहेक अरु (पूज्यहरू) को कुनै सृष्टि देखाऊ । (त्यस्तो केही छैन) सत्य त यो छ कि यी अत्याचारीहरू स्पष्टरूपले मार्गविचलित छन् ।
Surah Luqman, Verse 11
وَلَقَدۡ ءَاتَيۡنَا لُقۡمَٰنَ ٱلۡحِكۡمَةَ أَنِ ٱشۡكُرۡ لِلَّهِۚ وَمَن يَشۡكُرۡ فَإِنَّمَا يَشۡكُرُ لِنَفۡسِهِۦۖ وَمَن كَفَرَ فَإِنَّ ٱللَّهَ غَنِيٌّ حَمِيدٞ
र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका थियौं, कि तिमीले अल्लाहप्रति कृतज्ञता दर्शाऊ, र जसले कृतज्ञता प्रकट गर्दछ, त्यो आफ्नो भलोको लागि नै गर्दछ । र जसले कृतज्ञता देखाउँदैन ऊ जानिराखोस् कि अल्लाह वास्तवमा निस्पृह र प्रशंसनीय छ ।
Surah Luqman, Verse 12
وَإِذۡ قَالَ لُقۡمَٰنُ لِٱبۡنِهِۦ وَهُوَ يَعِظُهُۥ يَٰبُنَيَّ لَا تُشۡرِكۡ بِٱللَّهِۖ إِنَّ ٱلشِّرۡكَ لَظُلۡمٌ عَظِيمٞ
र (स्मरण गर) जब लुकमानले आफ्नो छोरालाई उपदेश गर्दै भनेः कि मेरो प्यारो छोरा ! अल्लाहको साथमा कसैलाई साझेदार नठहराउनु, निश्चय नै शिर्क (बहुदेववाद) ठूलो अत्याचार हो ।
Surah Luqman, Verse 13
وَوَصَّيۡنَا ٱلۡإِنسَٰنَ بِوَٰلِدَيۡهِ حَمَلَتۡهُ أُمُّهُۥ وَهۡنًا عَلَىٰ وَهۡنٖ وَفِصَٰلُهُۥ فِي عَامَيۡنِ أَنِ ٱشۡكُرۡ لِي وَلِوَٰلِدَيۡكَ إِلَيَّ ٱلۡمَصِيرُ
र हामीले मानिसलाई उसको आमा–बाबुको सम्बन्धमा सचेत गरेकाछौं, कि यसको आमाले कष्टमाथि कष्ट सहेर उसलाई गर्भमा बोकी राख्छे र दुई वर्षमा उसको दूध छोडाउनु पर्नेहुन्छ ! जसबाट तिमीले मेरो र आफ्नो आमा बाबुको कृतज्ञता प्रकट गर । (किनकि) मतिरै फर्कि आउनु पर्नेछ ।
Surah Luqman, Verse 14
وَإِن جَٰهَدَاكَ عَلَىٰٓ أَن تُشۡرِكَ بِي مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٞ فَلَا تُطِعۡهُمَاۖ وَصَاحِبۡهُمَا فِي ٱلدُّنۡيَا مَعۡرُوفٗاۖ وَٱتَّبِعۡ سَبِيلَ مَنۡ أَنَابَ إِلَيَّۚ ثُمَّ إِلَيَّ مَرۡجِعُكُمۡ فَأُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ
र यदि ती दुवैले तिमीहरूमाथि यसकुराको दबाव दिन्छन्, कि तिमीले कसैलाई मेरो साथमा साझीदार ठहराऊ जसको तिमीलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान्नु र सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु, र जुन व्यक्ति मतिर प्रवृत्त हुन्छ, उसको मार्गमा हिंड्नु । र तिमी सबैलाई मतिर फर्कि आउनु छ । अनि जुन काम तिमी गरिराखेका हुन्छौ, म तिमीलाई सबै बताउनेछु ।
Surah Luqman, Verse 15
يَٰبُنَيَّ إِنَّهَآ إِن تَكُ مِثۡقَالَ حَبَّةٖ مِّنۡ خَرۡدَلٖ فَتَكُن فِي صَخۡرَةٍ أَوۡ فِي ٱلسَّمَٰوَٰتِ أَوۡ فِي ٱلۡأَرۡضِ يَأۡتِ بِهَا ٱللَّهُۚ إِنَّ ٱللَّهَ لَطِيفٌ خَبِيرٞ
(लुकमानले भने कि) प्यारो छोरा ! यदि कुनै कुरा रायोको दाना (गेडा) बराबर होस् र त्यो कुनै चट्टानको बीचमा होस् वा आकाशहरूमा वा धरतीमा होस्, अल्लाहले त्यसलाई उपस्थित गर्नेछ । निःसन्देह अल्लाह अत्यन्त सूक्ष्मदर्शी (र) जानकार पनि छ ।
Surah Luqman, Verse 16
يَٰبُنَيَّ أَقِمِ ٱلصَّلَوٰةَ وَأۡمُرۡ بِٱلۡمَعۡرُوفِ وَٱنۡهَ عَنِ ٱلۡمُنكَرِ وَٱصۡبِرۡ عَلَىٰ مَآ أَصَابَكَۖ إِنَّ ذَٰلِكَ مِنۡ عَزۡمِ ٱلۡأُمُورِ
हे मेरो प्यारो छोरो ! तिमी नमाजको आयोजन गर, भलाईको आदेश दिनेगर नराम्रो कर्मबाट रोक र जुनसुकै दुःख पनि तिमीमाथि आइपरे त्यसमा धैर्य राख, निःसन्देह यी अनिवार्य र दृढ संकल्पका काम हुन् ।
Surah Luqman, Verse 17
وَلَا تُصَعِّرۡ خَدَّكَ لِلنَّاسِ وَلَا تَمۡشِ فِي ٱلۡأَرۡضِ مَرَحًاۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ كُلَّ مُخۡتَالٖ فَخُورٖ
मानिसहरू सम्मुख मुख नफुलाऊ र धरतीमा अहंकार गरी नहिंडनु । निश्चयनै अल्लाहले कुनै अहंकारी र घमण्डीलाई रुचाउँदैन ।
Surah Luqman, Verse 18
وَٱقۡصِدۡ فِي مَشۡيِكَ وَٱغۡضُضۡ مِن صَوۡتِكَۚ إِنَّ أَنكَرَ ٱلۡأَصۡوَٰتِ لَصَوۡتُ ٱلۡحَمِيرِ
आफ्नो चालमा सहजता र सन्तुलन कायम राख र आफ्नो आवाज नरम राख ! निःसन्देह आवाजहरूमध्ये सबैभन्दा नराम्रो स्वर, गधहाहरूको स्वर हुन्छ ।
Surah Luqman, Verse 19
أَلَمۡ تَرَوۡاْ أَنَّ ٱللَّهَ سَخَّرَ لَكُم مَّا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَأَسۡبَغَ عَلَيۡكُمۡ نِعَمَهُۥ ظَٰهِرَةٗ وَبَاطِنَةٗۗ وَمِنَ ٱلنَّاسِ مَن يُجَٰدِلُ فِي ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَلَا هُدٗى وَلَا كِتَٰبٖ مُّنِيرٖ
के तिमीले देखेनौं, कि अल्लाहले, जे जति आकाशहरू र धरतीमा छन्, सबैलाई तिम्रो काममा लगाइराखेको छ र उसले तिमीमाथि आफ्नो प्रत्यक्ष र परोक्ष अनुकम्पाहरू पूरै दिइराखेको छ ? केही मानिसहरूले अल्लाहको विषयमा बिना कुनै ज्ञान, बिना कुनै मार्गदर्शन र बिना कुनै प्रकाशमान किताबको आधारमा, झगडा गर्दछन् ।
Surah Luqman, Verse 20
وَإِذَا قِيلَ لَهُمُ ٱتَّبِعُواْ مَآ أَنزَلَ ٱللَّهُ قَالُواْ بَلۡ نَتَّبِعُ مَا وَجَدۡنَا عَلَيۡهِ ءَابَآءَنَآۚ أَوَلَوۡ كَانَ ٱلشَّيۡطَٰنُ يَدۡعُوهُمۡ إِلَىٰ عَذَابِ ٱلسَّعِيرِ
र जब उनीहरूसित भनिन्छ, ‘‘कि त्यस कुराको अनुशरण गर जुन कि अल्लाहले वह्य मार्फत अवतरित गरेको छ’’, तब भन्छन् कि ‘‘(होइन) बरु हामीले त त्यस कुराको अनुशरण गर्नेछौं, जसमा हामीले आफ्नो बाउ–बाजेलाई पाएका छौैं ।’’ यद्यपि शैतानले उनीहरूलाई नर्कको यातनातिर बोलाउँदछ, (तैपनि)
Surah Luqman, Verse 21
۞وَمَن يُسۡلِمۡ وَجۡهَهُۥٓ إِلَى ٱللَّهِ وَهُوَ مُحۡسِنٞ فَقَدِ ٱسۡتَمۡسَكَ بِٱلۡعُرۡوَةِ ٱلۡوُثۡقَىٰۗ وَإِلَى ٱللَّهِ عَٰقِبَةُ ٱلۡأُمُورِ
र जसले आज्ञाकारिताको साथ आफूलाई अल्लाहको अधीन गर्दछ र ऊ असल काम गर्ने पनि होओस् त उसले बलियो सहारा समातिहाल्यो । सम्पूर्ण कुराहरूको परिणति अल्लाहतिर नै छ ।
Surah Luqman, Verse 22
وَمَن كَفَرَ فَلَا يَحۡزُنكَ كُفۡرُهُۥٓۚ إِلَيۡنَا مَرۡجِعُهُمۡ فَنُنَبِّئُهُم بِمَا عَمِلُوٓاْۚ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ
काफिरहरूको इन्कारबाट तपार्इं दुःखी नहुनुस्, अन्ततः हाम्रैतर्फ उनीहरूले फर्केर आउनु छ । अनि जे जति उनीहरूले गरिराखेका छन्, हामीहरूले उनीहरूलाई अवगत गराउनेछौं । निःसन्देह अल्लाह (हृदय) छातीभित्र (लुके)को कुरार्लाइ पनि जान्दछ ।
Surah Luqman, Verse 23
نُمَتِّعُهُمۡ قَلِيلٗا ثُمَّ نَضۡطَرُّهُمۡ إِلَىٰ عَذَابٍ غَلِيظٖ
हामीले उनीहरूलाई त्यसै केही फाइदा गराइदिन्छौं । तर (अन्तमा) हामीले उनीहरूलाई विवश पारी एउटा कठोर यातनातिर तानेर लैजानेछौं ।
Surah Luqman, Verse 24
وَلَئِن سَأَلۡتَهُم مَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ لَيَقُولُنَّ ٱللَّهُۚ قُلِ ٱلۡحَمۡدُ لِلَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ
यदि तपार्इं उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीको सृष्टिकर्ता को हो? त उनीहरूले अवश्य भनिहाल्नेछन्ः कि ‘‘अल्लाह हो’’ अनि भनिदिनुस्ः कि सबै प्रशंसा पनि अल्लाहकै निम्ति हो ! तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।
Surah Luqman, Verse 25
لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ إِنَّ ٱللَّهَ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ
जे जति आकाश र धरतीमा छ सबै अल्लाहकै हो निःसन्देह अल्लाह ठूलो निस्पृह, र प्रशंसित छ ।
Surah Luqman, Verse 26
وَلَوۡ أَنَّمَا فِي ٱلۡأَرۡضِ مِن شَجَرَةٍ أَقۡلَٰمٞ وَٱلۡبَحۡرُ يَمُدُّهُۥ مِنۢ بَعۡدِهِۦ سَبۡعَةُ أَبۡحُرٖ مَّا نَفِدَتۡ كَلِمَٰتُ ٱللَّهِۚ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ
धरतीमा जति रुखहरू छन्, यदि ती सबै कलम भइहालुन् र समस्त समुद्र(का पानी) त्यसका मसी भइहालोस् त्यसपछि सात अन्य समुंद्र होउन् तै पनि अल्लाहका कुराहरू समाप्त हुनसक्ने छैनन् निःसन्देह अल्लाह अत्यन्त अधिपत्यशाली र तत्वदर्शी छ ।
Surah Luqman, Verse 27
مَّا خَلۡقُكُمۡ وَلَا بَعۡثُكُمۡ إِلَّا كَنَفۡسٖ وَٰحِدَةٍۚ إِنَّ ٱللَّهَ سَمِيعُۢ بَصِيرٌ
तिमी सबैको सृष्टि गर्नु र तिमी सबैलाई मृत्युपछि पुनः जीवित गर्नु त यस्तो छ, जस्तो कि एउटा जीउलाई सृष्टि गर्नु । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
Surah Luqman, Verse 28
أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ يَجۡرِيٓ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى وَأَنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
के तपाईं देख्नुहुन्न कि अल्लाहले रातलाई दिनमा प्रविष्ट गर्दछ र दिनलाई रातमा प्रविष्ट गर्दछ ! र उसले सूर्य र चन्द्रलाई आज्ञाकारी बनाइराखेको छ कि प्रत्येक एक निर्धारित समयसम्म चलिराखेको छ । र तिमीले जेजति गर्दछौ, अल्लाह त्यसको पूर्ण जानकारी राख्दछ ।
Surah Luqman, Verse 29
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ وَأَنَّ مَا يَدۡعُونَ مِن دُونِهِ ٱلۡبَٰطِلُ وَأَنَّ ٱللَّهَ هُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ
यी सबै (प्रबन्धहरू) यस कारण छन्, कि अल्लाह नै सत्य हो र उसलाई छाडेर जस जसलाई यिनीहरू पुकार्दछन्, उनीहरू असत्य छन् । र निश्चय नै अल्लाह सर्वोच्च र शानवाला छ ।
Surah Luqman, Verse 30
أَلَمۡ تَرَ أَنَّ ٱلۡفُلۡكَ تَجۡرِي فِي ٱلۡبَحۡرِ بِنِعۡمَتِ ٱللَّهِ لِيُرِيَكُم مِّنۡ ءَايَٰتِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّكُلِّ صَبَّارٖ شَكُورٖ
के तिमी यसमा विचार गर्दैनौ कि समुद्रमा अल्लाहकै अनुग्रहबाट डुङ्गाहरू चल्छन्, ताकि उसले तिमीहरूलाई आफ्ना केही निशानीहरू देखाओस् । निःसन्देह यसमा प्रत्येक धैर्यवान, र कृतज्ञको निम्ति धेरै निशानीहरू छन् ।
Surah Luqman, Verse 31
وَإِذَا غَشِيَهُم مَّوۡجٞ كَٱلظُّلَلِ دَعَوُاْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ فَلَمَّا نَجَّىٰهُمۡ إِلَى ٱلۡبَرِّ فَمِنۡهُم مُّقۡتَصِدٞۚ وَمَا يَجۡحَدُ بِـَٔايَٰتِنَآ إِلَّا كُلُّ خَتَّارٖ كَفُورٖ
र जब (समुंद्रका) तरङ्गहरूले तिनीहरूलाई छायाछत्र (पाल) जस्तै छोपिहाल्छन् तब उनले विश्वासको साथ अल्लाहलाई नै पुकार्छन्, अनि जब अल्लाहले उनीहरूलाई बचाएर स्थलसम्म पुर्याइदिन्छ, तब उनीहरूमध्ये केही मानिसहरू मात्र सन्तुलित मार्गमा हिंडछन्, र हाम्रा आयतहरूको इन्कार ती व्यक्तिहरूले मात्र गर्दछन् जो विश्वासघाती, र कृतघ्न हुन्छन् ।
Surah Luqman, Verse 32
يَـٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُواْ رَبَّكُمۡ وَٱخۡشَوۡاْ يَوۡمٗا لَّا يَجۡزِي وَالِدٌ عَن وَلَدِهِۦ وَلَا مَوۡلُودٌ هُوَ جَازٍ عَن وَالِدِهِۦ شَيۡـًٔاۚ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞۖ فَلَا تَغُرَّنَّكُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا وَلَا يَغُرَّنَّكُم بِٱللَّهِ ٱلۡغَرُورُ
हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर मान र त्यस दिनसित पनि तर्स जब कि नत बाबु आफ्नो छोराको कुनै काम आउनेछ, नत छोरा बाबुको कुनै काम आउने छ । निश्चय नै अल्लाहको वचन सत्य छ । (हेर) सांसारिक जीवनले कदापि तिमीलाई धोकामा नपारोस्, र नत अल्लाहको विषयमा धोकेबाज (शैतान)ले तिमीलाई भ्रममा पारोस् ।
Surah Luqman, Verse 33
إِنَّ ٱللَّهَ عِندَهُۥ عِلۡمُ ٱلسَّاعَةِ وَيُنَزِّلُ ٱلۡغَيۡثَ وَيَعۡلَمُ مَا فِي ٱلۡأَرۡحَامِۖ وَمَا تَدۡرِي نَفۡسٞ مَّاذَا تَكۡسِبُ غَدٗاۖ وَمَا تَدۡرِي نَفۡسُۢ بِأَيِّ أَرۡضٖ تَمُوتُۚ إِنَّ ٱللَّهَ عَلِيمٌ خَبِيرُۢ
निःसन्देह कियामत (अन्तिमदिन) को ज्ञान अल्लाहलाई नै छ । र उसैले जल बृष्टि गराउँछ र उसैले गर्भाशयहरूमा भएको कुरा जान्दछ (अर्थात नर छ कि मादा) । र कुनै व्यक्तिलाई थाहा छैन कि भोली उसले के गर्नेछ । र कुनै मानिसलाई थाहा छैन कि कुन भू–भागमा उसको मृत्यु हुने छ । (यादराख)अल्लाह नै सबै जान्नेवाला, र प्रत्येक कुरोसित अवगत छ ।
Surah Luqman, Verse 34