Surah Ar-Room - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
الٓمٓ
अलिफ् : लाम्. – मीम. ।
Surah Ar-Room, Verse 1
غُلِبَتِ ٱلرُّومُ
रूमीहरू परास्त भइसकेका छन्
Surah Ar-Room, Verse 2
فِيٓ أَدۡنَى ٱلۡأَرۡضِ وَهُم مِّنۢ بَعۡدِ غَلَبِهِمۡ سَيَغۡلِبُونَ
निकटवर्ती क्षेत्रहरूमा र उनीहरू परास्त भएपछि छिटै प्रभावी भइहाल्नेछन् ।
Surah Ar-Room, Verse 3
فِي بِضۡعِ سِنِينَۗ لِلَّهِ ٱلۡأَمۡرُ مِن قَبۡلُ وَمِنۢ بَعۡدُۚ وَيَوۡمَئِذٖ يَفۡرَحُ ٱلۡمُؤۡمِنُونَ
केही वर्षमै । यसभन्दा पहिला र यसपछि पनि अख्तियार अल्लाहकै छ, र त्यस दिन मोमीनहरू खुशी हुनेछन् ।
Surah Ar-Room, Verse 4
بِنَصۡرِ ٱللَّهِۚ يَنصُرُ مَن يَشَآءُۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ
अल्लाहले जसलाई चाहन्छ सहायता दिन्छ । त्यो सर्वशक्ति सम्पन्न, दयावान् छ ।
Surah Ar-Room, Verse 5
وَعۡدَ ٱللَّهِۖ لَا يُخۡلِفُ ٱللَّهُ وَعۡدَهُۥ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
यो अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लङ्घन गर्दैन ! किन्तु अधिकांश मानिसहरूले बुझ्दैनन् ।
Surah Ar-Room, Verse 6
يَعۡلَمُونَ ظَٰهِرٗا مِّنَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَهُمۡ عَنِ ٱلۡأٓخِرَةِ هُمۡ غَٰفِلُونَ
उनीहरूले त सांसारिक जीवनको केवल वाह्यरूप जान्दछन् । र आखिरत (अन्तिमदिन) बाट बिल्कुलै असावधान छन् ।
Surah Ar-Room, Verse 7
أَوَلَمۡ يَتَفَكَّرُواْ فِيٓ أَنفُسِهِمۗ مَّا خَلَقَ ٱللَّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّ وَأَجَلٖ مُّسَمّٗىۗ وَإِنَّ كَثِيرٗا مِّنَ ٱلنَّاسِ بِلِقَآيِٕ رَبِّهِمۡ لَكَٰفِرُونَ
के उनीहरूले आफ्नो मनमा सोचविचार गर्दैनन् ? कि अल्लाहले आकाशहरू र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, सत्यका साथ एउटा निश्चित अवधिसम्मको लागि मात्र सृष्टि गरेको छ । किन्तु धेरैजसो मानिसहरू त आफ्नो पालनहारको मिलनको कुराबाट इन्कार गर्दछन् ।
Surah Ar-Room, Verse 8
أَوَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَانُوٓاْ أَشَدَّ مِنۡهُمۡ قُوَّةٗ وَأَثَارُواْ ٱلۡأَرۡضَ وَعَمَرُوهَآ أَكۡثَرَ مِمَّا عَمَرُوهَا وَجَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِۖ فَمَا كَانَ ٱللَّهُ لِيَظۡلِمَهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ
के उनीहरूले धरतीमा हिड्डुल गरेर यो देखेनन् कि उनीहरूभन्दा पहिलाका मानिसहरूको कस्तो (नराम्रो) परिणाम भयो ? उनीहरू शक्तिमा यिनीहरूभन्दा बढी बलवान थिए, र उनीहरूले धरतीमा खेतीपाती गरे र यिनीभन्दा अधिक त्यसलाई आबाद गरेका थिए, र उनीहरूको पासमा उनीहरूका रसूलले प्रत्यक्ष प्रमाण लिएर आएका थिए । अल्लाहले उनीहरूमाथि अत्याचार गर्नु त असम्भव थियो । किन्तु उनीहरू स्वयं आफूमाथि अत्याचार गर्दथे ।
Surah Ar-Room, Verse 9
ثُمَّ كَانَ عَٰقِبَةَ ٱلَّذِينَ أَسَـٰٓـُٔواْ ٱلسُّوٓأَىٰٓ أَن كَذَّبُواْ بِـَٔايَٰتِ ٱللَّهِ وَكَانُواْ بِهَا يَسۡتَهۡزِءُونَ
अन्ततः नराम्रो गर्नेहरूको परिणाम नराम्रो भयो, किनभने उनीहरूले अल्लाहका आयतहरूलाई झूठो भनेर उनीहरूको उपहास गर्दथे ।
Surah Ar-Room, Verse 10
ٱللَّهُ يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ ثُمَّ إِلَيۡهِ تُرۡجَعُونَ
अल्लाहले नै सृष्टिको आरम्भ गर्दछ । अनि त्यसैले उसको पुनराबृत्ति गर्नेछ । अनि उसैतिर तिमी फर्कनेछौ ।
Surah Ar-Room, Verse 11
وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يُبۡلِسُ ٱلۡمُجۡرِمُونَ
र जुन दिन कयामत (अन्तिम दिन) आइपुग्नेछ, त्यस दिन अपराधीहरू आश्चर्यचकित भइहाल्नेछन् ।
Surah Ar-Room, Verse 12
وَلَمۡ يَكُن لَّهُم مِّن شُرَكَآئِهِمۡ شُفَعَـٰٓؤُاْ وَكَانُواْ بِشُرَكَآئِهِمۡ كَٰفِرِينَ
र उनीहरूले ठहराएका समस्त साझेदारहरूमध्ये कोही पनि सिफारिश गर्नेवाला हुनेछैन र उनीहरू आफै पनि आफ्ना साझेदारहरूलाई अस्वीकार गर्नेछन् ।
Surah Ar-Room, Verse 13
وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يَوۡمَئِذٖ يَتَفَرَّقُونَ
र जुन दिन प्रलय (कयामत) हुनेछ, त्यसदिन उनीहरू (विभिन्न समूह) अलग–अलग भइहाल्नेछन् ।
Surah Ar-Room, Verse 14
فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ فَهُمۡ فِي رَوۡضَةٖ يُحۡبَرُونَ
र जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गमा प्रसन्नतापूर्वक राखिनेछन् ।
Surah Ar-Room, Verse 15
وَأَمَّا ٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَا وَلِقَآيِٕ ٱلۡأٓخِرَةِ فَأُوْلَـٰٓئِكَ فِي ٱلۡعَذَابِ مُحۡضَرُونَ
तर जुन मानिसहरूले इन्कार गरेका थिए र हाम्रा आयतहरू र आखिरतको साक्षात्कारलाई झूठो भनेका थिए उनीहरू सबै यातनामा पर्नेछन् ।
Surah Ar-Room, Verse 16
فَسُبۡحَٰنَ ٱللَّهِ حِينَ تُمۡسُونَ وَحِينَ تُصۡبِحُونَ
यसर्थ जब साँझ पर्छ र जुन बेला बिहान हुन्छ, तिमीहरू अल्लाहको सतुति (तस्बीह) पढ्नेगर ।
Surah Ar-Room, Verse 17
وَلَهُ ٱلۡحَمۡدُ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَعَشِيّٗا وَحِينَ تُظۡهِرُونَ
र आकाशहरू र धरतीमा सबै प्रशंसा योग्य उही मात्र छ । अप्रान्हमा पनि र मध्यान्हपछि पनि (उसको पवित्रताको वर्णन गर) ।
Surah Ar-Room, Verse 18
يُخۡرِجُ ٱلۡحَيَّ مِنَ ٱلۡمَيِّتِ وَيُخۡرِجُ ٱلۡمَيِّتَ مِنَ ٱلۡحَيِّ وَيُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَاۚ وَكَذَٰلِكَ تُخۡرَجُونَ
उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको मृत्युपश्चात उसैले जीवन प्रदान गर्दछ । यसै प्रकार तिमी पनि पुनः धरतीबाट निकालिने छौ ।
Surah Ar-Room, Verse 19
وَمِنۡ ءَايَٰتِهِۦٓ أَنۡ خَلَقَكُم مِّن تُرَابٖ ثُمَّ إِذَآ أَنتُم بَشَرٞ تَنتَشِرُونَ
(र यो) उसको निशानीहरूमध्ये हो कि उसले तिमीलाई माटोबाट सृष्टि गर्यो । अनि अब तिमी मानिस भई ठाउँ ठाउँमा फैलिराखेका छौ ।
Surah Ar-Room, Verse 20
وَمِنۡ ءَايَٰتِهِۦٓ أَنۡ خَلَقَ لَكُم مِّنۡ أَنفُسِكُمۡ أَزۡوَٰجٗا لِّتَسۡكُنُوٓاْ إِلَيۡهَا وَجَعَلَ بَيۡنَكُم مَّوَدَّةٗ وَرَحۡمَةًۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَتَفَكَّرُونَ
र (यो पनि) उसको निशानीहरूमध्ये हो कि उसले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (स्वास्नीहरू) सृष्टि गर्यो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उसले तिम्रोबीचमा प्रेम र सहानुभूति सृष्टि गर्यो, निश्चयनै यसमा धेरै निशानीहरू छन्, उनको लागि जो सोचविचार गर्दछन् ।
Surah Ar-Room, Verse 21
وَمِنۡ ءَايَٰتِهِۦ خَلۡقُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱخۡتِلَٰفُ أَلۡسِنَتِكُمۡ وَأَلۡوَٰنِكُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّلۡعَٰلِمِينَ
उसको क्षमताका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृजना र तिम्रो भाषा र तिम्रा रंगहरूको विविधता पनि हो । निःसन्देह यसमा ज्ञानी र चिन्तनशीलहरूको निम्ति धेरै निशानीहरू छन् ।
Surah Ar-Room, Verse 22
وَمِنۡ ءَايَٰتِهِۦ مَنَامُكُم بِٱلَّيۡلِ وَٱلنَّهَارِ وَٱبۡتِغَآؤُكُم مِّن فَضۡلِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَسۡمَعُونَ
र उसको शक्तिको निशानीहरूमध्ये राती र दिनको निद्रा पनि हो र उसको अनुग्रह (जीविका) लाई तिमीले तलाश गर्नु (खोज्नु) पनि हो । निश्चय नै यसमा निशानीहरू छन्, ती मानिसहरूको निम्ति जो सुन्दछन् ।
Surah Ar-Room, Verse 23
وَمِنۡ ءَايَٰتِهِۦ يُرِيكُمُ ٱلۡبَرۡقَ خَوۡفٗا وَطَمَعٗا وَيُنَزِّلُ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَيُحۡيِۦ بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَعۡقِلُونَ
र उसकै निशानीहरूमध्ये एक यो पनि हो कि उसले तिमीलाई बिजुलीको चमक, भय र आशा उत्पन्न गर्नको निम्ति देखाउँछ र आकाशबाट पानी वर्षाउछ । त्यसबाट निर्जीव धरतीलाई जीवन प्रदान गर्दछ । यसमा पनि बुद्धिमानहरूको निम्ति धेरै निशानीहरू छन् ।
Surah Ar-Room, Verse 24
وَمِنۡ ءَايَٰتِهِۦٓ أَن تَقُومَ ٱلسَّمَآءُ وَٱلۡأَرۡضُ بِأَمۡرِهِۦۚ ثُمَّ إِذَا دَعَاكُمۡ دَعۡوَةٗ مِّنَ ٱلۡأَرۡضِ إِذَآ أَنتُمۡ تَخۡرُجُونَ
र अर्को निशानी यो पनि छ कि आकाश र धरती उसैको आदेशले कायम छन् । अनि जब उसले तिमीलाई आवाज दिनेछ, तब एउटै आवाजबाट तिमी तुरुन्तै धरतीबाट निस्किहाल्ने छौ ।
Surah Ar-Room, Verse 25
وَلَهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ كُلّٞ لَّهُۥ قَٰنِتُونَ
र आकाश र जमिनका सबै कुराहरू उसैको सम्पत्ति हुन र सबै उसैको आदेशको अधीन छन् ।
Surah Ar-Room, Verse 26
وَهُوَ ٱلَّذِي يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ وَهُوَ أَهۡوَنُ عَلَيۡهِۚ وَلَهُ ٱلۡمَثَلُ ٱلۡأَعۡلَىٰ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
र उही त हो जसले सर्वप्रथम सृष्टिको आरम्भ गर्दछ, अनि उसैले उसको पुनराबृत्ति गर्नेछ । यो उसको निम्ति धेरै सजिलो छ, आकाशहरू र जमिनमा उसको शान (गुण) सर्वोच्च छ र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
Surah Ar-Room, Verse 27
ضَرَبَ لَكُم مَّثَلٗا مِّنۡ أَنفُسِكُمۡۖ هَل لَّكُم مِّن مَّا مَلَكَتۡ أَيۡمَٰنُكُم مِّن شُرَكَآءَ فِي مَا رَزَقۡنَٰكُمۡ فَأَنتُمۡ فِيهِ سَوَآءٞ تَخَافُونَهُمۡ كَخِيفَتِكُمۡ أَنفُسَكُمۡۚ كَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَعۡقِلُونَ
अल्लाहले तिम्रो लागि स्वयम् तिम्रो एउटा उदाहरणको वर्णन गरेको छ । जे जति मैले तिमीलाई दिइराखेको छु के तिम्रो दासहरूमध्येको पनि कोही त्यसमा हकदार छ ? कि तिमी र तिनी त्यसमा बराबर भागीदार छौ ? र तिमीले उनीसित यस्तो डराउँछौ जस्तो तिमी आफ्नै (भाइ–अंशियारहरू) सित डराउँछौ हामीले बुद्धिमानहरूको लागि यस्तै स्पष्ट गरी–गरी आयतहरू वर्णन गर्दछौं ।
Surah Ar-Room, Verse 28
بَلِ ٱتَّبَعَ ٱلَّذِينَ ظَلَمُوٓاْ أَهۡوَآءَهُم بِغَيۡرِ عِلۡمٖۖ فَمَن يَهۡدِي مَنۡ أَضَلَّ ٱللَّهُۖ وَمَا لَهُم مِّن نَّـٰصِرِينَ
अपितु कुरो यो हो कि यी अन्यायीहरू बिना ज्ञान त्यस्तै स्वार्थपूर्तिमा लागेका छन् । त्यसलाई कसले बाटो (सही बाटो) देखाउन सक्दछ जसलाई अल्लाहले मार्गविचलित गरिदिन्छन् । यिनीहरूको एउटा पनि मद्दत गर्नेवाला हुँदैन ।
Surah Ar-Room, Verse 29
فَأَقِمۡ وَجۡهَكَ لِلدِّينِ حَنِيفٗاۚ فِطۡرَتَ ٱللَّهِ ٱلَّتِي فَطَرَ ٱلنَّاسَ عَلَيۡهَاۚ لَا تَبۡدِيلَ لِخَلۡقِ ٱللَّهِۚ ذَٰلِكَ ٱلدِّينُ ٱلۡقَيِّمُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
तसर्थ तपार्इं दत्तचित्त भएर आफूलाई दीन (इस्लाम) तर्फ लगाउँदै गर्नुस्, अल्लाहको त्यो विशेषता जसमाथि उसले मानिसहरूको सृष्टि गरेको छ । अल्लाहले बनाएको (लाई) नबदल्नु, यही सोझो धर्म हो । तर धेरैले बुझ्दैनन् ।
Surah Ar-Room, Verse 30
۞مُنِيبِينَ إِلَيۡهِ وَٱتَّقُوهُ وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَلَا تَكُونُواْ مِنَ ٱلۡمُشۡرِكِينَ
(मानिसहरू हो !) अल्लाहतर्फ लागेर ऊसित डर मान्ने गर र नमाज पढ्ने गर र मुश्रिकहरूमध्येबाट नबन्नु ।
Surah Ar-Room, Verse 31
مِنَ ٱلَّذِينَ فَرَّقُواْ دِينَهُمۡ وَكَانُواْ شِيَعٗاۖ كُلُّ حِزۡبِۭ بِمَا لَدَيۡهِمۡ فَرِحُونَ
उनीहरूमध्येबाट जसले आफ्नो धर्मलाई टुक्रा–टुक्रा गरिदिए र स्वयम् पनि समूह–समूहमा विभाजित भए, प्रत्येक समूह आफूसंग भएको चीज–वस्तुमा प्रसन्न छ ।
Surah Ar-Room, Verse 32
وَإِذَا مَسَّ ٱلنَّاسَ ضُرّٞ دَعَوۡاْ رَبَّهُم مُّنِيبِينَ إِلَيۡهِ ثُمَّ إِذَآ أَذَاقَهُم مِّنۡهُ رَحۡمَةً إِذَا فَرِيقٞ مِّنۡهُم بِرَبِّهِمۡ يُشۡرِكُونَ
जब मानिसहरूलाई कुनै कष्ट पुगदछ, त आफ्नो पालनकर्तातर्फ प्रवृत्त भएर प्रार्थना गर्दछन् । अनि जब उसले उनीहरूलाई आफ्नो दयालुताको रसास्वादन गराइदिन्छ तब उनीहरूमध्ये केही मानिसहरूले (एउटा समूहले) आफ्नो पालनकर्ताको साझेदार ठहराउन थाल्दछन् ।
Surah Ar-Room, Verse 33
لِيَكۡفُرُواْ بِمَآ ءَاتَيۡنَٰهُمۡۚ فَتَمَتَّعُواْ فَسَوۡفَ تَعۡلَمُونَ
ताकि उनीहरूले त्यसप्रति अकृतज्ञता देखाऊन् जुन हामीले उनीहरूलाई प्रदान गरेका छौं, ठीकै छ तिमी फाइदा उठाइहाल । अति शीघ्र नै तिमीलाई (परिणाम) थाहा भइहाल्नेछ ।
Surah Ar-Room, Verse 34
أَمۡ أَنزَلۡنَا عَلَيۡهِمۡ سُلۡطَٰنٗا فَهُوَ يَتَكَلَّمُ بِمَا كَانُواْ بِهِۦ يُشۡرِكُونَ
के हामीले उनीहरूलाई कुनै यस्तो प्रमाण उतारेका छौं जसले उनलाई स्पष्ट गरी अल्लाहको साथ शिर्क गर्न सिकाउँछ ।
Surah Ar-Room, Verse 35
وَإِذَآ أَذَقۡنَا ٱلنَّاسَ رَحۡمَةٗ فَرِحُواْ بِهَاۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ إِذَا هُمۡ يَقۡنَطُونَ
र जब हामीले मानिसहरूलाई आफ्नो दयालुताको रसास्वादन गराउँदछौं त अत्यन्त खुशी भइहाल्छन् र यदि उनकै हातले गरेको उनीहरूका कर्महरूको कारणले कुनै कष्ट पुग्दछ भने निराश भइहाल्दछन् ।
Surah Ar-Room, Verse 36
أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ
के उनीहरूले यो देखेनन् कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको निम्ति चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह यसमा पनि ईमानवालाहरूको निम्ति निशानीहरू छन् ।
Surah Ar-Room, Verse 37
فَـَٔاتِ ذَا ٱلۡقُرۡبَىٰ حَقَّهُۥ وَٱلۡمِسۡكِينَ وَٱبۡنَ ٱلسَّبِيلِۚ ذَٰلِكَ خَيۡرٞ لِّلَّذِينَ يُرِيدُونَ وَجۡهَ ٱللَّهِۖ وَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
तसर्थ नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक दिनेगर, जुन मानिसहरू अल्लाहको प्रसन्नताको इच्छुक छन, यो उनीहरूको हकमा राम्रो छ, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।
Surah Ar-Room, Verse 38
وَمَآ ءَاتَيۡتُم مِّن رِّبٗا لِّيَرۡبُوَاْ فِيٓ أَمۡوَٰلِ ٱلنَّاسِ فَلَا يَرۡبُواْ عِندَ ٱللَّهِۖ وَمَآ ءَاتَيۡتُم مِّن زَكَوٰةٖ تُرِيدُونَ وَجۡهَ ٱللَّهِ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُضۡعِفُونَ
तिमीले जुन व्याजमा दिन्छौ, ताकि त्यो मानिसको मालमा शम्मिलित भई बढ्ने गरोस्, त त्यो अल्लाहकहाँ बढ्दैन, तर जुन जकात तिमीले अल्लाहको प्रसन्नता प्राप्त गर्नको निम्ति दियौ, त यस्ता मानिसहरूले नै (अल्लाहकहाँ) आफ्नो मालमा वृद्धि गर्छन् ।
Surah Ar-Room, Verse 39
ٱللَّهُ ٱلَّذِي خَلَقَكُمۡ ثُمَّ رَزَقَكُمۡ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يُحۡيِيكُمۡۖ هَلۡ مِن شُرَكَآئِكُم مَّن يَفۡعَلُ مِن ذَٰلِكُم مِّن شَيۡءٖۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ
अल्लाह नै त हो जसले तिमीलाई सृष्टि गर्यो, अनि तिमीलाई जीविका दियो, अनि तिमीलाई उसले मृत्यु दिनेछ अनि तिमीलाई जीवित गर्नेछ । के तिमीले साझेदार ठहराकाहरूमध्ये पनि कोही यस्तो छ, जसले यी कामहरूमध्ये केही गर्न सकोस् । अल्लाहको लागि पवित्रता र श्रेष्ठता छ उनीहरूका साझेदारहरूबाट ।
Surah Ar-Room, Verse 40
ظَهَرَ ٱلۡفَسَادُ فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِ بِمَا كَسَبَتۡ أَيۡدِي ٱلنَّاسِ لِيُذِيقَهُم بَعۡضَ ٱلَّذِي عَمِلُواْ لَعَلَّهُمۡ يَرۡجِعُونَ
थल, र जलमा मानिसहरूका गलत क्रियाकलापलेगर्दा दंगा फैलिसक्यो ताकि अल्लाहले उनीहरूलाई उनीहरूको करतूतहरूको केहि स्वाद चखाओस् । कदाचित तिनीहरू नराम्रो कामबाट रुकुन् ।
Surah Ar-Room, Verse 41
قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلُۚ كَانَ أَكۡثَرُهُم مُّشۡرِكِينَ
धरतीमा हिंडडुल गरेर हेर कि जुन मानिसहरू तिमीभन्दा पहिला थिए, उनीहरूको परिणाम कस्तो भयो ? उनीहरूमा धेरै जसो मुश्रिक नै थिए ।
Surah Ar-Room, Verse 42
فَأَقِمۡ وَجۡهَكَ لِلدِّينِ ٱلۡقَيِّمِ مِن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٞ لَّا مَرَدَّ لَهُۥ مِنَ ٱللَّهِۖ يَوۡمَئِذٖ يَصَّدَّعُونَ
अतः तपार्इं आफ्नो अनुहार यस सत्य धर्मतिर नै राख्नु होस् यसभन्दा अगाडि कि अल्लाहको तर्फबाट त्यो दिन आइहालोस्, जुन टर्नेवाला छैन । (मानिसहरू) त्यस दिन सबै यताउता (तितर–बित्तर) भइदिन्छन् ।
Surah Ar-Room, Verse 43
مَن كَفَرَ فَعَلَيۡهِ كُفۡرُهُۥۖ وَمَنۡ عَمِلَ صَٰلِحٗا فَلِأَنفُسِهِمۡ يَمۡهَدُونَ
जसले इन्कार गर्यो त उसको इन्कार उसैको लागि घातक सिद्ध हुनेछ र जसले राम्रो कर्म गरे, उनीहरूले आफ्नै आरामको साधन जुटाइराखेका छन् ।
Surah Ar-Room, Verse 44
لِيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ مِن فَضۡلِهِۦٓۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡكَٰفِرِينَ
ताकि जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई अल्लाहले आफ्नो दयालुताले पुरस्कार देओस् । निःसन्देह त्यसले काफिरहरूलाई प्रेम गर्दैन ।
Surah Ar-Room, Verse 45
وَمِنۡ ءَايَٰتِهِۦٓ أَن يُرۡسِلَ ٱلرِّيَاحَ مُبَشِّرَٰتٖ وَلِيُذِيقَكُم مِّن رَّحۡمَتِهِۦ وَلِتَجۡرِيَ ٱلۡفُلۡكُ بِأَمۡرِهِۦ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ
र उसको निशानीहरूमध्ये शुभ समाचार दिन हावा चलाउनु पनि हो । जसबाट उसले तिमीलाई आफ्नो दयालुताको स्वाद चखाओस् र ताकि उसको आदेशबाट डुंगाहरू चलुन्, र ताकि तिमीले उसको अनुग्रह (जीविका) खोज, र त्यसहेतु तिमीले कृतज्ञता प्रकट गर ।
Surah Ar-Room, Verse 46
وَلَقَدۡ أَرۡسَلۡنَا مِن قَبۡلِكَ رُسُلًا إِلَىٰ قَوۡمِهِمۡ فَجَآءُوهُم بِٱلۡبَيِّنَٰتِ فَٱنتَقَمۡنَا مِنَ ٱلَّذِينَ أَجۡرَمُواْۖ وَكَانَ حَقًّا عَلَيۡنَا نَصۡرُ ٱلۡمُؤۡمِنِينَ
र हामीले तपाईंभन्दा पहिला पनि रसूलहरूलाई (संदेशवाहकहरूलाई) उनीहरूको जातिबन्धुतिर पठायौं, र उनीहरूले तिनीहरूको पासमा खुल्ला प्रमाणहरू लिएर आए अनि अपराधीहरूबाट हामीले प्रतिशोध लियौं। (तसर्थ) जुन मानिसहरूले ईमान ल्याए तिनीहरूको सहायता गर्नु हामीलाई जरुरी थियो ।
Surah Ar-Room, Verse 47
ٱللَّهُ ٱلَّذِي يُرۡسِلُ ٱلرِّيَٰحَ فَتُثِيرُ سَحَابٗا فَيَبۡسُطُهُۥ فِي ٱلسَّمَآءِ كَيۡفَ يَشَآءُ وَيَجۡعَلُهُۥ كِسَفٗا فَتَرَى ٱلۡوَدۡقَ يَخۡرُجُ مِنۡ خِلَٰلِهِۦۖ فَإِذَآ أَصَابَ بِهِۦ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦٓ إِذَا هُمۡ يَسۡتَبۡشِرُونَ
अल्लाहले नै वायुहरूलाई चलाउँछ उनीहरूले बादललाई उठाउँछन्, अनि जुन प्रकारले चाहन्छ उनीहरूलाई आकाशमा फिंजाइदिन्छ र तिनीहरूलाई विभिन्न पत्रहरू र टुक्राहरूको रूप दिन्छ । अनि तपाईंले देख्नु हुन्छ कि तिनीहरूको बीचबाट वर्षाका बूँदहरू झर्छन् । अनि जसलाई चाहन्छ त्यस सेवकमाथि पानी वर्षाउँछ, तब उनीहरू प्रसन्न भइहाल्छन् ।
Surah Ar-Room, Verse 48
وَإِن كَانُواْ مِن قَبۡلِ أَن يُنَزَّلَ عَلَيۡهِم مِّن قَبۡلِهِۦ لَمُبۡلِسِينَ
निश्चित मान्नुस् कि वर्षा हुनुभन्दा अगाडि उनीहरू निराश भइराखेका थिए ।
Surah Ar-Room, Verse 49
فَٱنظُرۡ إِلَىٰٓ ءَاثَٰرِ رَحۡمَتِ ٱللَّهِ كَيۡفَ يُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ ذَٰلِكَ لَمُحۡيِ ٱلۡمَوۡتَىٰۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
अतः तपाईंले अल्लाहको दयालुताका लक्षणहरू हेर्नुस् कि त्यसले कुन प्रकारले पृथ्वीलाई उसको मृत्यु पश्चात जीवित गर्दछ, निश्चय नै उसैले मृतहरूलाई जीवित पार्नेवाला हो र ऊ प्रत्येक कुरामाथि सामथ्र्यवान छ ।
Surah Ar-Room, Verse 50
وَلَئِنۡ أَرۡسَلۡنَا رِيحٗا فَرَأَوۡهُ مُصۡفَرّٗا لَّظَلُّواْ مِنۢ بَعۡدِهِۦ يَكۡفُرُونَ
र, यदि हामीले एउटा आँधीवेरी पठाउँछौं (जसको प्रभावबाट) त्यस खेतीलाई पहेलो भएको देख्छन्, तब यस पश्चात उनीहरूले कृतध्नता प्रकट गर्न थाल्छन् ।
Surah Ar-Room, Verse 51
فَإِنَّكَ لَا تُسۡمِعُ ٱلۡمَوۡتَىٰ وَلَا تُسۡمِعُ ٱلصُّمَّ ٱلدُّعَآءَ إِذَا وَلَّوۡاْ مُدۡبِرِينَ
निःसन्देह तपाईले मृतकहरूलाई (कुरा) सुनाउन सक्नुहुन्न र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काएर मुडिसकेका छन् ।
Surah Ar-Room, Verse 52
وَمَآ أَنتَ بِهَٰدِ ٱلۡعُمۡيِ عَن ضَلَٰلَتِهِمۡۖ إِن تُسۡمِعُ إِلَّا مَن يُؤۡمِنُ بِـَٔايَٰتِنَا فَهُم مُّسۡلِمُونَ
र नत तपार्इं अन्धाहरूलाई उनीहरूको मार्ग विचलनबाट (निकालेर) सोझो बाटोमा ल्याउन सक्नुहुन्छ । तपाईंले मात्र उनीहरूलाई सुनाउन सक्नुहुन्छ, जसले हाम्रा आयतहरूमाथि ईमान राख्दछन्, तसर्थ तिनीहरू नै आज्ञाकारी हुन् ।
Surah Ar-Room, Verse 53
۞ٱللَّهُ ٱلَّذِي خَلَقَكُم مِّن ضَعۡفٖ ثُمَّ جَعَلَ مِنۢ بَعۡدِ ضَعۡفٖ قُوَّةٗ ثُمَّ جَعَلَ مِنۢ بَعۡدِ قُوَّةٖ ضَعۡفٗا وَشَيۡبَةٗۚ يَخۡلُقُ مَا يَشَآءُۚ وَهُوَ ٱلۡعَلِيمُ ٱلۡقَدِيرُ
अल्लाह नै हो, जसले तिमीलाई निर्वल सृष्टि गर्यो, अनि निर्वलता पश्चात् शक्ति प्रदान गर्यो, अनि शक्ति पश्चात निर्वलता र बृद्धावस्था दियो । (त्यसले) जे चाहन्छ सृष्टि गर्दछ, ऊ सबै जान्नेवाला र सबैमाथि सामथ्र्यवान छ ।
Surah Ar-Room, Verse 54
وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يُقۡسِمُ ٱلۡمُجۡرِمُونَ مَا لَبِثُواْ غَيۡرَ سَاعَةٖۚ كَذَٰلِكَ كَانُواْ يُؤۡفَكُونَ
र जुन दिन कियामत (प्रलयको अन्तिम दिन) आइपुग्नेछ, त्यतिखेर अपराधीहरूले शपथ खानेछन् कि उनीहरू यस दुनियाँमा एक घडीभन्दा (क्षणभन्दा) बढी रहेनन्, यसै प्रकारले उनीहरू भ्रमित नै रहे ।
Surah Ar-Room, Verse 55
وَقَالَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ وَٱلۡإِيمَٰنَ لَقَدۡ لَبِثۡتُمۡ فِي كِتَٰبِ ٱللَّهِ إِلَىٰ يَوۡمِ ٱلۡبَعۡثِۖ فَهَٰذَا يَوۡمُ ٱلۡبَعۡثِ وَلَٰكِنَّكُمۡ كُنتُمۡ لَا تَعۡلَمُونَ
तर जुन मानिसहरूलाई ज्ञान र ईमान प्रदान गरिएको थियो, उनीहरूले भन्नेछन् कि अल्लाहको किताब अनुसार तिमी कियामतसम्म रहेका छौ र यो कियामतको दिन नै हो, तर तिमीलाई त यसको विश्वासै थिएन ।
Surah Ar-Room, Verse 56
فَيَوۡمَئِذٖ لَّا يَنفَعُ ٱلَّذِينَ ظَلَمُواْ مَعۡذِرَتُهُمۡ وَلَا هُمۡ يُسۡتَعۡتَبُونَ
अतः त्यस दिन अत्याचारीहरूलाई उनीहरूको बहाना–सफाई कुनै काम आउने छैन, र उनीहरूबाट तौबा (प्रायश्चित) र कर्म पनि स्वीकार गरिने छैन ।
Surah Ar-Room, Verse 57
وَلَقَدۡ ضَرَبۡنَا لِلنَّاسِ فِي هَٰذَا ٱلۡقُرۡءَانِ مِن كُلِّ مَثَلٖۚ وَلَئِن جِئۡتَهُم بِـَٔايَةٖ لَّيَقُولَنَّ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ أَنتُمۡ إِلَّا مُبۡطِلُونَ
निःसंदेह हामीले मानिसहरू समक्ष यस कुरआनमा हर प्रकारका उदाहरणहरू वर्णन गरिदिएका छौं, तपार्इंले उनीहरूको अगाडि कुनै पनि निशानी प्रस्तुत गर्नुस्, यी काफिरहरूले भनिहाल्नेछन् कि तिमी झूठा हौ ।
Surah Ar-Room, Verse 58
كَذَٰلِكَ يَطۡبَعُ ٱللَّهُ عَلَىٰ قُلُوبِ ٱلَّذِينَ لَا يَعۡلَمُونَ
यसै प्रकार अल्लाहले ती मानिसहरूको हृदयमा जो बुझ्दैनन् छाप लगाइदिन्छ ।
Surah Ar-Room, Verse 59
فَٱصۡبِرۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞۖ وَلَا يَسۡتَخِفَّنَّكَ ٱلَّذِينَ لَا يُوقِنُونَ
अतः तपाईं धैर्य गर्नुस् निःसन्देह अल्लाहको वाचा सत्य छ र तपार्इंलाई उनीहरूले जसले ईमान राख्दैनन्, असंतोषी नबनाइदेउन् ।
Surah Ar-Room, Verse 60