UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Saba - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَلَهُ ٱلۡحَمۡدُ فِي ٱلۡأٓخِرَةِۚ وَهُوَ ٱلۡحَكِيمُ ٱلۡخَبِيرُ

सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । जो कि ती सबै कुराको स्वामी हो, जुन आकाशहरूमा छन् र जे धरतीमा छ । र आखिरतमा पनि उसैको लागि प्रशंसा छ । र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
Surah Saba, Verse 1


يَعۡلَمُ مَا يَلِجُ فِي ٱلۡأَرۡضِ وَمَا يَخۡرُجُ مِنۡهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعۡرُجُ فِيهَاۚ وَهُوَ ٱلرَّحِيمُ ٱلۡغَفُورُ

जो धरतीमुनि जान्छ र जो त्यसबाट बाहिर निस्कन्छ र जेजति आकाशबाट तल झर्छ, र जो जति त्यसमाथि चढ्छ (उक्लन्छ) ऊ सबै जान्दछ, र ऊ अत्यन्त दयालु क्षमाशील छ ।
Surah Saba, Verse 2


وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَا تَأۡتِينَا ٱلسَّاعَةُۖ قُلۡ بَلَىٰ وَرَبِّي لَتَأۡتِيَنَّكُمۡ عَٰلِمِ ٱلۡغَيۡبِۖ لَا يَعۡزُبُ عَنۡهُ مِثۡقَالُ ذَرَّةٖ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِ وَلَآ أَصۡغَرُ مِن ذَٰلِكَ وَلَآ أَكۡبَرُ إِلَّا فِي كِتَٰبٖ مُّبِينٖ

काफिरहरूले भन्दछन्ः कि कियामतको समय ‘‘हामीमाथि आउँदैन’’ । तपाई भनिदिनुस् मलाई मेरो पालनकर्ताको कसम , त्यो तिमीहरूमाथि अवश्य आउनेछ । अल्लाहलाई जो अन्र्तयामी छ अदृश्यको ज्ञान छ, कण बराबरको सानो तिनो कुरा पनि उसबाट लुकेको छैन, आकाशहरूमा र नत धरतीमा नत त्योभंदा सानो कुनै कुरा र न ठूलो । सबै कुराहरू स्पष्ट किताबमा अंकित छन् ।
Surah Saba, Verse 3


لِّيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِۚ أُوْلَـٰٓئِكَ لَهُم مَّغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ

ताकि उसले उनीहरूलाई राम्रो पुरस्कार देओस्, जसले ईमान ल्याए र असल कर्म गर्दैरहे । यिनै हुन् जसको निम्ति क्षमा र सम्मानित जीविका छ ।
Surah Saba, Verse 4


وَٱلَّذِينَ سَعَوۡ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَـٰٓئِكَ لَهُمۡ عَذَابٞ مِّن رِّجۡزٍ أَلِيمٞ

र जसले हाम्रा आयातहरूलाई मात गर्न प्रयास गरे, तिनै हुन् जसको निम्ति साह्रै नै नराम्रो प्रकारको दुःखद् यातना छ ।
Surah Saba, Verse 5


وَيَرَى ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ ٱلَّذِيٓ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ هُوَ ٱلۡحَقَّ وَيَهۡدِيٓ إِلَىٰ صِرَٰطِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ

र जसलाई ज्ञान छ, उनीहरूले स्वयम् देख्नेछन् कि जे जति तपाईंको पालनहारको तर्फबाट तपाईतिर अवतरित भएको छ, त्यही नै सत्य हो, र अल्लाह जो सर्वशक्ति सम्पन्न, र विशेषतावाला छ तिनलाई सोझो मार्ग देखाउँछ ।
Surah Saba, Verse 6


وَقَالَ ٱلَّذِينَ كَفَرُواْ هَلۡ نَدُلُّكُمۡ عَلَىٰ رَجُلٖ يُنَبِّئُكُمۡ إِذَا مُزِّقۡتُمۡ كُلَّ مُمَزَّقٍ إِنَّكُمۡ لَفِي خَلۡقٖ جَدِيدٍ

र काफिरहरूले भने (आऊ) ‘‘हामीले तिमीलाई एउटा यस्तो मानिसको बारेमा भनौं, जसले तिमीलाई यो खबर दिइरहेछ कि जब तिमी बिल्कुलै नष्ट भइसक्नेछौ तब फेरि तिमी पुनः जीवित हुनेछौ’’
Surah Saba, Verse 7


أَفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَم بِهِۦ جِنَّةُۢۗ بَلِ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ فِي ٱلۡعَذَابِ وَٱلضَّلَٰلِ ٱلۡبَعِيدِ

(हामी भन्दैनौं कि) के उसले अल्लाहमाथि झूठो दोषारोपण गरेको छ, वा त्यसलाई केही उन्माद छ ? वास्तविकता यो छ जुन मानिसहरूले आखिरतमा विश्वास गर्दैनन्, उनीहरू सजाय पाउनेवाला र मार्गविचलनमा छन् ।
Surah Saba, Verse 8


أَفَلَمۡ يَرَوۡاْ إِلَىٰ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُم مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۚ إِن نَّشَأۡ نَخۡسِفۡ بِهِمُ ٱلۡأَرۡضَ أَوۡ نُسۡقِطۡ عَلَيۡهِمۡ كِسَفٗا مِّنَ ٱلسَّمَآءِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّكُلِّ عَبۡدٖ مُّنِيبٖ

के उनीहरूले आफ्नो अगाडि पछाडि आकाश र धरतीलाई देखेनन् ? हामीले चाहेको अवस्थामा उनीहरूलाई धरतीमा (धंसाउन) गाड्न सक्छौं वा उनीमाथि आकाशबाट केही टुक्राहरू खसाल्न सक्छौं । निश्चय नै यसमा एउटा प्रमाण छ, प्रत्येक त्यस मानिसको लागि जो हृदयबाट प्रवृत्त हुन्छ ।
Surah Saba, Verse 9


۞وَلَقَدۡ ءَاتَيۡنَا دَاوُۥدَ مِنَّا فَضۡلٗاۖ يَٰجِبَالُ أَوِّبِي مَعَهُۥ وَٱلطَّيۡرَۖ وَأَلَنَّا لَهُ ٱلۡحَدِيدَ

र हामीले दाऊद (अलैहिस्सलाम) माथि आफ्नो तर्फबाट कृपा गरेका छौं ‘‘हे पर्वतहरू उसको साथमा गुणगानलाई प्रतिध्वनित गर, र पंक्षीहरू तिमीहरूले पनि’’ । र हामीले उसको निम्ति फलामलाई नरम बनाइदियौं ।
Surah Saba, Verse 10


أَنِ ٱعۡمَلۡ سَٰبِغَٰتٖ وَقَدِّرۡ فِي ٱلسَّرۡدِۖ وَٱعۡمَلُواْ صَٰلِحًاۖ إِنِّي بِمَا تَعۡمَلُونَ بَصِيرٞ

ताकि तिमी ‘‘पूरा कवचहरू बनाइहाल र कडीहरूलाई सही अनुमानले जोड ।’’ र तिमी सबै राम्रो कर्म गर । निश्चित मान कि जे–जति तिमीले गर्दैछौ, त्यसलाई म देख्दैछु ।
Surah Saba, Verse 11


وَلِسُلَيۡمَٰنَ ٱلرِّيحَ غُدُوُّهَا شَهۡرٞ وَرَوَاحُهَا شَهۡرٞۖ وَأَسَلۡنَا لَهُۥ عَيۡنَ ٱلۡقِطۡرِۖ وَمِنَ ٱلۡجِنِّ مَن يَعۡمَلُ بَيۡنَ يَدَيۡهِ بِإِذۡنِ رَبِّهِۦۖ وَمَن يَزِغۡ مِنۡهُمۡ عَنۡ أَمۡرِنَا نُذِقۡهُ مِنۡ عَذَابِ ٱلسَّعِيرِ

र ‘‘सुलैमानको’’ निम्ति हामीले वायुलाई बशीभूत गरिदिएका थियौं । यसको बिहानको अभिष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझको अभिष्ट पनि (एक महिनाको थियो) र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदियौं र जिन्नहरूमध्येबाट पनि केहीलाई (उसको बशीभूत गरिदिएका थियौं) । जसले आफ्नो पालनकर्ताको अनुज्ञाले उसको अगाडि काम गर्दथे । (आदेश थियोः) ‘‘कि उनीहरूमध्ये जसले हाम्रो आदेशको उल्लंघन गर्दछ उसलाई हामीले प्रज्वलित आगोको स्वाद चखाउनेछौं’’ ।
Surah Saba, Verse 12


يَعۡمَلُونَ لَهُۥ مَا يَشَآءُ مِن مَّحَٰرِيبَ وَتَمَٰثِيلَ وَجِفَانٖ كَٱلۡجَوَابِ وَقُدُورٖ رَّاسِيَٰتٍۚ ٱعۡمَلُوٓاْ ءَالَ دَاوُۥدَ شُكۡرٗاۚ وَقَلِيلٞ مِّنۡ عِبَادِيَ ٱلشَّكُورُ

सुलैमानले चाहेको कुरा जिन्नातहरूले तयार गर्दथे । उदाहरणको लागि किलाहरू र प्रतिमाहरू र ठूलो डेक्चीजस्ता तलाब र चूल्होमा अडी रहने डेक्ची । हे दाऊदका सन्तति मेरो कृतज्ञता ज्ञापन गर्न असल कर्म गर ! र मेरा सेवकहरूमा कृतज्ञता ज्ञापन गर्नेहरू थोरै हुन्छन्’’ ।
Surah Saba, Verse 13


فَلَمَّا قَضَيۡنَا عَلَيۡهِ ٱلۡمَوۡتَ مَا دَلَّهُمۡ عَلَىٰ مَوۡتِهِۦٓ إِلَّا دَآبَّةُ ٱلۡأَرۡضِ تَأۡكُلُ مِنسَأَتَهُۥۖ فَلَمَّا خَرَّ تَبَيَّنَتِ ٱلۡجِنُّ أَن لَّوۡ كَانُواْ يَعۡلَمُونَ ٱلۡغَيۡبَ مَا لَبِثُواْ فِي ٱلۡعَذَابِ ٱلۡمُهِينِ

अनि जब हामीले उनको मृत्युको निम्ति आदेश दियौं त ती जिन्नहरूलाई उसको मृत्युको समाचार कसैले दिएन घुनकीरा बाहेक जसले उसको लठ्ठीलाई खाइराखेको थियो । अनि जब उनी खसिहाले, तब जिन्नहरूले थाहा पाए कि यदि उनी परोक्षका कुरा जान्नेवाला भएको भए यस अपमानजनक यातनामा परिराख्ने थिएनन् ।
Surah Saba, Verse 14


لَقَدۡ كَانَ لِسَبَإٖ فِي مَسۡكَنِهِمۡ ءَايَةٞۖ جَنَّتَانِ عَن يَمِينٖ وَشِمَالٖۖ كُلُواْ مِن رِّزۡقِ رَبِّكُمۡ وَٱشۡكُرُواْ لَهُۥۚ بَلۡدَةٞ طَيِّبَةٞ وَرَبٌّ غَفُورٞ

सबाका जातिबन्धुको लागि उनीहरूको निवासस्थानमा नै अल्लाहको शक्तिको एउटा निशानी थियो । उनको बायाँ र दायाँ दुईवटा बगैचा थिए हामीले उनलाई आदेश दिएका थियौं कि ‘‘आफ्नो पालनकर्ताले दिएको जीविका खाऊ, र उसप्रति आभार प्रकट गर । यो शहर पनि राम्रो र पालनकर्ता पनि क्षमाशील’’ छ ।
Surah Saba, Verse 15


فَأَعۡرَضُواْ فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ سَيۡلَ ٱلۡعَرِمِ وَبَدَّلۡنَٰهُم بِجَنَّتَيۡهِمۡ جَنَّتَيۡنِ ذَوَاتَيۡ أُكُلٍ خَمۡطٖ وَأَثۡلٖ وَشَيۡءٖ مِّن سِدۡرٖ قَلِيلٖ

किन्तु तिनीहरूले ध्यान दिएनन् अनि हामीले उनीहरूमाथि ठूलो बाढी पठाइदियौं र उनीहरूको दुईटै बगैंचाको सट्टामा उनीहरूलाई दुइटा अर्कै बगैंचाहरू दियौं, जसका फलहरू बेस्वाद थिए र जसमा केही झ्याउ थिए र केही झरबयरहरू थिए ।
Surah Saba, Verse 16


ذَٰلِكَ جَزَيۡنَٰهُم بِمَا كَفَرُواْۖ وَهَلۡ نُجَٰزِيٓ إِلَّا ٱلۡكَفُورَ

यो प्रतिफल हामीले उनीहरूलाई उनीहरूको अवज्ञाको कारणले दियौं । यस्तो प्रतिफल त हामीले ठूला ठूला कृतघ्न मानिसलाई नै दिन्छौं ।
Surah Saba, Verse 17


وَجَعَلۡنَا بَيۡنَهُمۡ وَبَيۡنَ ٱلۡقُرَى ٱلَّتِي بَٰرَكۡنَا فِيهَا قُرٗى ظَٰهِرَةٗ وَقَدَّرۡنَا فِيهَا ٱلسَّيۡرَۖ سِيرُواْ فِيهَا لَيَالِيَ وَأَيَّامًا ءَامِنِينَ

र हामीले उनीहरूको र ती बस्तीहरूको बीचमा जसलाई हामीले बरकत (पुरस्कार) दिएका थियौं केही अरु बस्तीहरू अबाद गरायौं जुन सार्वजनिक रूपले प्रकट थिए र तिनीहरूमा उनमा यात्राका अभिष्टहरू ठीक अनुमानमा राख्यौं ‘‘उनीहरूमा रातदिन निश्चिन्त भई हिंडडुल गर ।’’
Surah Saba, Verse 18


فَقَالُواْ رَبَّنَا بَٰعِدۡ بَيۡنَ أَسۡفَارِنَا وَظَلَمُوٓاْ أَنفُسَهُمۡ فَجَعَلۡنَٰهُمۡ أَحَادِيثَ وَمَزَّقۡنَٰهُمۡ كُلَّ مُمَزَّقٍۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّكُلِّ صَبَّارٖ شَكُورٖ

किन्तु उनीहरूले भनेः ‘‘हे हाम्रो पालनकर्ता हाम्रा यात्राहरूलाई दूरस्थ बनाइदेऊ । उनीहरूले स्वयम् आफूमाथि नै आफ्नो कुभलो गरे । त्यसकारण हामीले (उनीहरूलाई नष्ट गरेर) उनीहरूलाई कथा बनाइदियौं, र उनीहरूलाई बिल्कुल छिन्न भिन्न गरिदियौं । निश्चय नै यसमा प्रत्येक ठूलो धैर्यवान्, कृतज्ञको निम्ति धेरै शिक्षाहरू छन् ।
Surah Saba, Verse 19


وَلَقَدۡ صَدَّقَ عَلَيۡهِمۡ إِبۡلِيسُ ظَنَّهُۥ فَٱتَّبَعُوهُ إِلَّا فَرِيقٗا مِّنَ ٱلۡمُؤۡمِنِينَ

र इबलीसले (शैताको नायकले) उनको विषयमा आफ्नो अनुमान सत्य साबित गरेर देखाइदियो र ईमानवालाहरूको एउटा समूह बाहेक उनीहरू सबै उसैको अनुयायी बने ।
Surah Saba, Verse 20


وَمَا كَانَ لَهُۥ عَلَيۡهِم مِّن سُلۡطَٰنٍ إِلَّا لِنَعۡلَمَ مَن يُؤۡمِنُ بِٱلۡأٓخِرَةِ مِمَّنۡ هُوَ مِنۡهَا فِي شَكّٖۗ وَرَبُّكَ عَلَىٰ كُلِّ شَيۡءٍ حَفِيظٞ

यद्यपि शैतानको उनीहरूमाथि कुनै जोड र दबाव थिएन, किन्तु यो यसकारण कि हामीले प्रकट गरौं उनीहरूलाई जो आखिरतमाथि ईमान राख्दछन् उनीहरूबाट जो उसको बारेमा कुनै सन्देहमा परिराखेका छन् । र तपाईंको पालनहार प्रत्येक कुराको संरक्षक छ ।
Surah Saba, Verse 21


قُلِ ٱدۡعُواْ ٱلَّذِينَ زَعَمۡتُم مِّن دُونِ ٱللَّهِ لَا يَمۡلِكُونَ مِثۡقَالَ ذَرَّةٖ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِ وَمَا لَهُمۡ فِيهِمَا مِن شِرۡكٖ وَمَا لَهُۥ مِنۡهُم مِّن ظَهِيرٖ

भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ ।
Surah Saba, Verse 22


وَلَا تَنفَعُ ٱلشَّفَٰعَةُ عِندَهُۥٓ إِلَّا لِمَنۡ أَذِنَ لَهُۥۚ حَتَّىٰٓ إِذَا فُزِّعَ عَن قُلُوبِهِمۡ قَالُواْ مَاذَا قَالَ رَبُّكُمۡۖ قَالُواْ ٱلۡحَقَّۖ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ

उसकहाँ कसैको सिफारिश लाग्दैन, किन्तु उसको मात्र जसलाई उसले अनुमति दिएको छ । यहाँसम्म कि जब उनका हृदयहरूबाट घबराहट समाप्त गरिन्छ, त तिनीहरूले सोध्छन्ः कि ‘‘तिम्रो पालनकर्ताले के भन्यो’’ ? (फरिश्ताहरूले) जवाफ दिन्छन् कि ‘‘सत्य भनेको छ ! र त्यो अत्यन्त उच्च र महान् छ’’ ।
Surah Saba, Verse 23


۞قُلۡ مَن يَرۡزُقُكُم مِّنَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ قُلِ ٱللَّهُۖ وَإِنَّآ أَوۡ إِيَّاكُمۡ لَعَلَىٰ هُدًى أَوۡ فِي ضَلَٰلٖ مُّبِينٖ

सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।
Surah Saba, Verse 24


قُل لَّا تُسۡـَٔلُونَ عَمَّآ أَجۡرَمۡنَا وَلَا نُسۡـَٔلُ عَمَّا تَعۡمَلُونَ

भन्नुस् कि ‘‘जुन अपराध हामीले गरेका छौं, त्यसबापत सोधपूछ तिमीसित हुनेछैन र न त त्यस कुराको सोधपूछ हामीसित हुनेछ जुन तिमीले गरिराखेका छौ ।’’
Surah Saba, Verse 25


قُلۡ يَجۡمَعُ بَيۡنَنَا رَبُّنَا ثُمَّ يَفۡتَحُ بَيۡنَنَا بِٱلۡحَقِّ وَهُوَ ٱلۡفَتَّاحُ ٱلۡعَلِيمُ

तिनलाई खबर गरिदिनुस् कि ‘‘हाम्रो पालनकर्ताले हामी सबैलाई एकत्रित गर्नेछ अनि ‘‘हाम्रोबीच ठीक–ठीक फैसला गरिदिनेछ । उही नै राम्रो फैसला गर्नेवाला र अत्यन्त ज्ञानवान् छ’’ ।
Surah Saba, Verse 26


قُلۡ أَرُونِيَ ٱلَّذِينَ أَلۡحَقۡتُم بِهِۦ شُرَكَآءَۖ كَلَّاۚ بَلۡ هُوَ ٱللَّهُ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

भन्नुस् ‘‘मलाई पनि उनीहरूलाई देखाऊ, जसलाई तिमीले साझेदार बनाई अल्लाहसँग संलग्न गरेका छौ ।’’ कोही होइन, बरु उही (एक्लो) अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
Surah Saba, Verse 27


وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا كَآفَّةٗ لِّلنَّاسِ بَشِيرٗا وَنَذِيرٗا وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ

(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) हामीले तपाईंलाई सबै मानिसहरूको लागि शुभसूचना दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका हौं, किन्तु यो सत्य हो कि धेरै मानिसहरूले बुझ्दैनन् ।
Surah Saba, Verse 28


وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ

सोध्छन् कि यदि तिमी साँचो हौ भने यो (कयामतको) वचन कहिले पूरा हुनेछ’’
Surah Saba, Verse 29


قُل لَّكُم مِّيعَادُ يَوۡمٖ لَّا تَسۡتَـٔۡخِرُونَ عَنۡهُ سَاعَةٗ وَلَا تَسۡتَقۡدِمُونَ

जवाफ दिनुस् कि त्यसको निम्ति एक विशेष दिनको अवधि निर्धारित छ, जसबाट न एकछिन तिमी पछि हट्ने छौ न अगाडि बढ्नेछौ’’ ।
Surah Saba, Verse 30


وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَن نُّؤۡمِنَ بِهَٰذَا ٱلۡقُرۡءَانِ وَلَا بِٱلَّذِي بَيۡنَ يَدَيۡهِۗ وَلَوۡ تَرَىٰٓ إِذِ ٱلظَّـٰلِمُونَ مَوۡقُوفُونَ عِندَ رَبِّهِمۡ يَرۡجِعُ بَعۡضُهُمۡ إِلَىٰ بَعۡضٍ ٱلۡقَوۡلَ يَقُولُ ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ لِلَّذِينَ ٱسۡتَكۡبَرُواْ لَوۡلَآ أَنتُمۡ لَكُنَّا مُؤۡمِنِينَ

जुन मानिसहरूले इन्कार गरे उनीहरूले भन्छन्ः ‘‘हामीले यस कुरआनलाई कदापि मान्ने छैनौं र ती (किताबहरू) जुन यसभन्दा अगाडिका छन् । हे आँखावालाहरू क्या राम्रो हुने थियो तिमी त्यसबेला देख्ने भए जब अत्याचारीहरू आफ्नो पालनकर्ताको अगाडि उभ्याइनेछन् र आपसमा एक अर्कामाथि दोषारोपण गरिराख्नेछन् । कमजोर मानिसहरूले ठूला मानिसहरूसँग भन्नेछन्ः ‘‘यदि तिमीहरू नभएको भए हामी अवश्य नै ईमानवाला हुने थियौं ।’’
Surah Saba, Verse 31


قَالَ ٱلَّذِينَ ٱسۡتَكۡبَرُواْ لِلَّذِينَ ٱسۡتُضۡعِفُوٓاْ أَنَحۡنُ صَدَدۡنَٰكُمۡ عَنِ ٱلۡهُدَىٰ بَعۡدَ إِذۡ جَآءَكُمۖ بَلۡ كُنتُم مُّجۡرِمِينَ

ती ठूला मानिसहरूले कमजोर मानिसहरूलाई जवाफ दिने छन् कि ‘‘के हामीले तिमीहरूलाई नसीहत (उपदेश) आइसकेपछि पनि त्यस मार्गबाट रोकेका थियौं, (होइन) बरु तिमी आफै नै अपराधी थियौ ।’’
Surah Saba, Verse 32


وَقَالَ ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ لِلَّذِينَ ٱسۡتَكۡبَرُواْ بَلۡ مَكۡرُ ٱلَّيۡلِ وَٱلنَّهَارِ إِذۡ تَأۡمُرُونَنَآ أَن نَّكۡفُرَ بِٱللَّهِ وَنَجۡعَلَ لَهُۥٓ أَندَادٗاۚ وَأَسَرُّواْ ٱلنَّدَامَةَ لَمَّا رَأَوُاْ ٱلۡعَذَابَۚ وَجَعَلۡنَا ٱلۡأَغۡلَٰلَ فِيٓ أَعۡنَاقِ ٱلَّذِينَ كَفَرُواْۖ هَلۡ يُجۡزَوۡنَ إِلَّا مَا كَانُواْ يَعۡمَلُونَ

कमजोरहरूले यसको प्रतिउत्तरमा ठूलासित भन्नेछन्ः ‘‘(होइन) बरु (तिम्रो)’’ रातदिनको षडयन्त्रहरूले अल्लाहसित हामीले कुफ्र गर्नु र तिम्रो आदेशले उसको साझेदार बनाउनु नै हाम्रो अनास्थाको कारण बन्यो । र जब तिनीहरूले सजाय देख्नेछन् त आफ्नो मनमा लज्जित हुनेछन् । र हामीले काफिरहरूको घाँटीमा (तौक) पट्टा हालिदिनेछौं । जुन कर्म तिनीहरूले गर्दथे, मात्र त्यसैको प्रतिफल पाउनेछन् ।
Surah Saba, Verse 33


وَمَآ أَرۡسَلۡنَا فِي قَرۡيَةٖ مِّن نَّذِيرٍ إِلَّا قَالَ مُتۡرَفُوهَآ إِنَّا بِمَآ أُرۡسِلۡتُم بِهِۦ كَٰفِرُونَ

र हामीले जुन बस्तीमा पनि कुनै सचेतकर्ता पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले यही नै भने कि, जे जति तिमीलाई दिएर पठाइयो, हामीले त्यसलाई मान्नेवाला छैनौं ।
Surah Saba, Verse 34


وَقَالُواْ نَحۡنُ أَكۡثَرُ أَمۡوَٰلٗا وَأَوۡلَٰدٗا وَمَا نَحۡنُ بِمُعَذَّبِينَ

र (यो पनि) भने कि ‘‘हामीसित धेरै मालसम्पत्ति र सन्तानहरू छन् र हामीलाई सजाय हुनेछैन’’ ।
Surah Saba, Verse 35


قُلۡ إِنَّ رَبِّي يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ

भनिदिनुस् कि ‘‘निःसन्देह मेरो पालनकर्ताले जसको निम्ति चाहन्छ, जीविकालाई प्रचूर गरिदिन्छ र (जसको निम्ति चाहन्छ) संकुचित गरिदिन्छ । तर धेरै मानिसहरूले बुझ्दैनन्’’ ।
Surah Saba, Verse 36


وَمَآ أَمۡوَٰلُكُمۡ وَلَآ أَوۡلَٰدُكُم بِٱلَّتِي تُقَرِّبُكُمۡ عِندَنَا زُلۡفَىٰٓ إِلَّا مَنۡ ءَامَنَ وَعَمِلَ صَٰلِحٗا فَأُوْلَـٰٓئِكَ لَهُمۡ جَزَآءُ ٱلضِّعۡفِ بِمَا عَمِلُواْ وَهُمۡ فِي ٱلۡغُرُفَٰتِ ءَامِنُونَ

र न तिम्रा धनसम्पत्ति र नत तिम्रा सन्तानहरू यस्ता छन् जसले तिमीलाई हामीसित दर्जामा निकट गरिदिउन्। हो, जोसुकैले ईमान ल्याए र राम्रो कर्म गरे त यस्ता मानिसहरूको निम्ति त्यसले गरेको कर्मको दुईगुणा बदला छ, र उनीहरू माथिल्लो तहका कक्षहरूमा निश्चिन्ततापूर्वक रहनेछन् ।
Surah Saba, Verse 37


وَٱلَّذِينَ يَسۡعَوۡنَ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَـٰٓئِكَ فِي ٱلۡعَذَابِ مُحۡضَرُونَ

र जुन मानिसहरू हाम्रा आयतहरूको समकक्षता निम्ति प्रयासरत रहन्छन्, उनीहरू ल्याइएर यातनाग्रस्त गरिनेछन् ।
Surah Saba, Verse 38


قُلۡ إِنَّ رَبِّي يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ مِنۡ عِبَادِهِۦ وَيَقۡدِرُ لَهُۥۚ وَمَآ أَنفَقۡتُم مِّن شَيۡءٖ فَهُوَ يُخۡلِفُهُۥۖ وَهُوَ خَيۡرُ ٱلرَّـٰزِقِينَ

भनिदिनुस् कि ‘‘मेरो पालनकर्ता आफ्ना सेवकहरूमध्ये जसको निम्ति चाहन्छ, जीविका फराकिलो गर्दछ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । र जेजति तिमीले अल्लाहको बाटोमा खर्च गर्यौ, त्यसको सट्टा तिमीलाई पूरा पूरा प्रतिफल दिनेछ । र ऊ सबैभन्दा राम्रो जीविका दिनेवाला हो’’ ।
Surah Saba, Verse 39


وَيَوۡمَ يَحۡشُرُهُمۡ جَمِيعٗا ثُمَّ يَقُولُ لِلۡمَلَـٰٓئِكَةِ أَهَـٰٓؤُلَآءِ إِيَّاكُمۡ كَانُواْ يَعۡبُدُونَ

र जुन दिन उसले यी सबैलाई एकत्रित गर्नेछ, अनि फरिश्ताहरूसित भन्नेछः कि ‘‘के यी मानिसहरूले तिमीलाई पूजा गर्दथे’’
Surah Saba, Verse 40


قَالُواْ سُبۡحَٰنَكَ أَنتَ وَلِيُّنَا مِن دُونِهِمۖ بَلۡ كَانُواْ يَعۡبُدُونَ ٱلۡجِنَّۖ أَكۡثَرُهُم بِهِم مُّؤۡمِنُونَ

उनीहरूले भन्नेछन्ः ‘‘पवित्र छौ तिमी, हाम्रो निकटताको मधुर सम्बन्ध त तिमीसितै छ, उनीहरूसित होइन, बरु कुरा यो छ कि उनीहरूले जिन्नहरूको पूजा गर्नेगर्दथे, उनीहरूमध्ये धेरैले तिनीहरूमाथि नै विश्वास गर्दथे’’ ।
Surah Saba, Verse 41


فَٱلۡيَوۡمَ لَا يَمۡلِكُ بَعۡضُكُمۡ لِبَعۡضٖ نَّفۡعٗا وَلَا ضَرّٗا وَنَقُولُ لِلَّذِينَ ظَلَمُواْ ذُوقُواْ عَذَابَ ٱلنَّارِ ٱلَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ

‘‘अतः आज नत तिमी परस्पर एक अर्कालाई लाभ पुर्याउने अधिकार राख्दछौ र नत हानिको’’ । र हामीले ती अत्याचारीहरूसित भन्ने छौं किः ‘‘अब त्यस आगोको यातनाको स्वाद चाख, जसलाई तिमीले असत्य भन्दै आएका छौ ।’’
Surah Saba, Verse 42


وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ قَالُواْ مَا هَٰذَآ إِلَّا رَجُلٞ يُرِيدُ أَن يَصُدَّكُمۡ عَمَّا كَانَ يَعۡبُدُ ءَابَآؤُكُمۡ وَقَالُواْ مَا هَٰذَآ إِلَّآ إِفۡكٞ مُّفۡتَرٗىۚ وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلۡحَقِّ لَمَّا جَآءَهُمۡ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٞ

उनीहरूलाई जब हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ । त उनीहरू भन्दछन्ः कि यो त मात्र यस्तो व्यक्ति हो जसले तिमीलाई तिम्रो पुर्खाका पूज्यहरूबाट रोक्न चाहन्छ । भन्दछन्ः ‘‘यो त एउटा मनगढन्त असत्य हो ।’’ र उनको पासमा सत्य आइसकेपछि पनि उनीहरू, भनिहालेः ‘‘यो त एउटा प्रत्यक्ष जादू हो ।’’
Surah Saba, Verse 43


وَمَآ ءَاتَيۡنَٰهُم مِّن كُتُبٖ يَدۡرُسُونَهَاۖ وَمَآ أَرۡسَلۡنَآ إِلَيۡهِمۡ قَبۡلَكَ مِن نَّذِيرٖ

र यी मक्काबासीहरूलाई हामीले नत किताबहरू दियौं, जसलाई यिनीहरूले पढुन् र न तपाईंभन्दा पहिला उनीहरूतिर कुनै सचेतक पठाएका थियौं ।
Surah Saba, Verse 44


وَكَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ وَمَا بَلَغُواْ مِعۡشَارَ مَآ ءَاتَيۡنَٰهُمۡ فَكَذَّبُواْ رُسُلِيۖ فَكَيۡفَ كَانَ نَكِيرِ

र उनीहरूभन्दा पहिलाका मानिसहरूले पनि हाम्रो कुरालाई झूठा ठहराएका थिए र जेजति हामीले उनीहरूलाई दिएका थियौं यिनीहरू त्यसको दशौं भागसम्म पनि पुगेनन् । अनि उनीहरूले मेरा रसूलहरूलाई झूठा भने, त (हेर) मेरो सजाय कति कडा रह्यो
Surah Saba, Verse 45


۞قُلۡ إِنَّمَآ أَعِظُكُم بِوَٰحِدَةٍۖ أَن تَقُومُواْ لِلَّهِ مَثۡنَىٰ وَفُرَٰدَىٰ ثُمَّ تَتَفَكَّرُواْۚ مَا بِصَاحِبِكُم مِّن جِنَّةٍۚ إِنۡ هُوَ إِلَّا نَذِيرٞ لَّكُم بَيۡنَ يَدَيۡ عَذَابٖ شَدِيدٖ

भनिदिनुस्ः ‘‘म तिमीलाई एउटै कुराको उपदेश गर्दछु कि अल्लाहको निम्ति दुई–दुई र एक–एक गरी उभिहाल, अनि विचार गर । तिम्रो यस साथीलाई कुनै उन्माद छैन । ऊ त एउटा कठोर यातना हुनुभन्दा अगाडि तिमीलाई सचेत गर्नेवाला नै हो’’ ।
Surah Saba, Verse 46


قُلۡ مَا سَأَلۡتُكُم مِّنۡ أَجۡرٖ فَهُوَ لَكُمۡۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱللَّهِۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٞ

भन्नुस्ः मैले तिमीसँग कुनै बद्ला माँगेको छु भने त्यो तिम्रै लागि नै हो । मेरो पुरस्कार त मात्र अल्लाहको जिम्मामा छ र ऊ प्रत्येक कुराको साक्षी र जानकार छ’’ ।
Surah Saba, Verse 47


قُلۡ إِنَّ رَبِّي يَقۡذِفُ بِٱلۡحَقِّ عَلَّـٰمُ ٱلۡغُيُوبِ

भनिदिनुस् कि ‘‘मेरो पालनकर्ताले माथिबाट सत्य वह्य पठाउँछ उसले परोक्ष कुरा जान्दछ’’ ।
Surah Saba, Verse 48


قُلۡ جَآءَ ٱلۡحَقُّ وَمَا يُبۡدِئُ ٱلۡبَٰطِلُ وَمَا يُعِيدُ

भनिदिनुस् ‘‘सत्य आइसकेको छ असत्यले नत अगाडि केही गर्न सक्यो र नगर्न सक्नेछ’’ ।
Surah Saba, Verse 49


قُلۡ إِن ضَلَلۡتُ فَإِنَّمَآ أَضِلُّ عَلَىٰ نَفۡسِيۖ وَإِنِ ٱهۡتَدَيۡتُ فَبِمَا يُوحِيٓ إِلَيَّ رَبِّيٓۚ إِنَّهُۥ سَمِيعٞ قَرِيبٞ

भनिदिनुस्ः ‘‘यदि म विचलित हुन्छु भने मेरो विचलनको दोष ममाथि नै हुनेछ । र यदि म सोझो मार्गमा छु, भने यसको कारण त्यो वह्य हो जुन कि मेरो पालनहारले मतिर पठाउँछ । ऊ सबै कुरा सुन्दछ र धेरै नजिक छ ।
Surah Saba, Verse 50


وَلَوۡ تَرَىٰٓ إِذۡ فَزِعُواْ فَلَا فَوۡتَ وَأُخِذُواْ مِن مَّكَانٖ قَرِيبٖ

र यदि तपाईंले त्यो समय देख्नुहुन्छ जब काफिरहरू आत्तिएका हुनेछन्, अनि बाँचेर भाग्न सक्ने कुनै तरिका हुनेछैन र नजिकबाट समातिनेछन् ।
Surah Saba, Verse 51


وَقَالُوٓاْ ءَامَنَّا بِهِۦ وَأَنَّىٰ لَهُمُ ٱلتَّنَاوُشُ مِن مَّكَانِۭ بَعِيدٖ

यसबेला भन्नेछन्ः कि ‘‘हामीले यस कुरआनमाथि ईमान ल्यायौं ।’’ तर उनीहरूको निम्ति कहाँ सम्भव छ कि यति टाढा उसलाई पाउनसकुन् ।
Surah Saba, Verse 52


وَقَدۡ كَفَرُواْ بِهِۦ مِن قَبۡلُۖ وَيَقۡذِفُونَ بِٱلۡغَيۡبِ مِن مَّكَانِۭ بَعِيدٖ

यसभन्दा पहिला त उनीहरूले यसको इन्कार गरे र टाढाबाट नदेखिकन्, अड्कलबाजी गरिरहे ।
Surah Saba, Verse 53


وَحِيلَ بَيۡنَهُمۡ وَبَيۡنَ مَا يَشۡتَهُونَ كَمَا فُعِلَ بِأَشۡيَاعِهِم مِّن قَبۡلُۚ إِنَّهُمۡ كَانُواْ فِي شَكّٖ مُّرِيبِۭ

उनीहरू र उनीहरूका इच्छाहरूको बीचमा रोक लगाइनेछ, जुन प्रकारले यसभन्दा अगाडि पनि उनका सहमार्गीहरूसँग गरियो । उनी पनि निश्चय नै (उनीहरू जस्तै) सन्देह र असमंजसमा थिए ।
Surah Saba, Verse 54


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 33
>> Surah 35

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai