Surah Al-Ahqaf Verse 35 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Ahqafفَٱصۡبِرۡ كَمَا صَبَرَ أُوْلُواْ ٱلۡعَزۡمِ مِنَ ٱلرُّسُلِ وَلَا تَسۡتَعۡجِل لَّهُمۡۚ كَأَنَّهُمۡ يَوۡمَ يَرَوۡنَ مَا يُوعَدُونَ لَمۡ يَلۡبَثُوٓاْ إِلَّا سَاعَةٗ مِّن نَّهَارِۭۚ بَلَٰغٞۚ فَهَلۡ يُهۡلَكُ إِلَّا ٱلۡقَوۡمُ ٱلۡفَٰسِقُونَ
अतः (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) धैर्यधारण गर, जुन किसिमले संकल्पवान रसूलहरूले धैर्य गरे । र उनीहरूको लागि यातनाको निम्ति हतार नगर । जुनदिन यिनीहरूले त्यस कुरालाई देख्नेछन्, जसको उनीहरूसित वाचा गरिन्छ , (तब महसूस गर्नेछन्) कि मानौं संसारमा दिनको एकछिनको लागि मात्र बसेका थिए । यो कुरआन सन्देश हो, तसर्थ (अब) तिनीहरू नै नष्ट हुनेछन् जो अवज्ञाकारी थिए ।