Surah Al-Ahqaf - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
حمٓ
हा. मीम
Surah Al-Ahqaf, Verse 1
تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ
यस किताबको अवतरण अल्लाहको तर्फबाट हो, जो अधिपत्यशाली, अत्यन्त तत्वदर्शी छ ।
Surah Al-Ahqaf, Verse 2
مَا خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّ وَأَجَلٖ مُّسَمّٗىۚ وَٱلَّذِينَ كَفَرُواْ عَمَّآ أُنذِرُواْ مُعۡرِضُونَ
हामीले आकाशहरू र धरतीलाई र जे जति यी दुवैको बीचमा छन्, उच्चतम कुशलताको साथ र एउटा निश्चित अवधिसम्मको लागि सृष्टि गरेका छौं, तर जुन मानिसहरूले इन्कार गरेका छन्, तिनीहरूले त्यो कुरामा ध्यान दिंदैनन् जसबाट उनीहरूलाई सावधान गरिएको छ ।
Surah Al-Ahqaf, Verse 3
قُلۡ أَرَءَيۡتُم مَّا تَدۡعُونَ مِن دُونِ ٱللَّهِ أَرُونِي مَاذَا خَلَقُواْ مِنَ ٱلۡأَرۡضِ أَمۡ لَهُمۡ شِرۡكٞ فِي ٱلسَّمَٰوَٰتِۖ ٱئۡتُونِي بِكِتَٰبٖ مِّن قَبۡلِ هَٰذَآ أَوۡ أَثَٰرَةٖ مِّنۡ عِلۡمٍ إِن كُنتُمۡ صَٰدِقِينَ
तपाई भन्नुस्, हेर जसलाई तिमीले अल्लाह बाहेक पुकार्दछौ, ? मलाई पनि देखाऊ कि उनीहरूले धरतीको कुन भागको सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुन भाग छ । यदि तिमी साँचो हौ भने यसभन्दा पहिलाको कुनै किताब मेरो पासमा ल्याऊ वा ज्ञानको कुनै अवशेष ।
Surah Al-Ahqaf, Verse 4
وَمَنۡ أَضَلُّ مِمَّن يَدۡعُواْ مِن دُونِ ٱللَّهِ مَن لَّا يَسۡتَجِيبُ لَهُۥٓ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ وَهُمۡ عَن دُعَآئِهِمۡ غَٰفِلُونَ
त्यस व्यक्तिभन्दा बढी पथभ्रष्ट को होला ? जसले अल्लाहलाई छाडि यस्तोलाई पुकार्दछन् जसले कयामतको दिनसम्म उनीहरूको प्रार्थनालाई स्वीकार गर्न सक्दैनन्, बरु उनीहरूको पुकारबाट एकदम अज्ञान छन् ।
Surah Al-Ahqaf, Verse 5
وَإِذَا حُشِرَ ٱلنَّاسُ كَانُواْ لَهُمۡ أَعۡدَآءٗ وَكَانُواْ بِعِبَادَتِهِمۡ كَٰفِرِينَ
र जब मानिसहरूलाई एकत्रित गरिने छ तब यिनीहरू उनीहरूको शत्रु हुनेछन्ः र तिनीहरूको उपासनाबाट स्पष्ट इन्कार गर्नेछन् ।
Surah Al-Ahqaf, Verse 6
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلۡحَقِّ لَمَّا جَآءَهُمۡ هَٰذَا سِحۡرٞ مُّبِينٌ
र जब हाम्रा स्पष्ट आयतहरू उनीहरूलाई पढेर सुनाइन्छन्, तब सत्य आइसकेपछि त्यसलाई इन्कार गर्ने व्यक्तिहरूले भन्दछन् कि यो त खुल्ला जादू हो ।
Surah Al-Ahqaf, Verse 7
أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۖ قُلۡ إِنِ ٱفۡتَرَيۡتُهُۥ فَلَا تَمۡلِكُونَ لِي مِنَ ٱللَّهِ شَيۡـًٔاۖ هُوَ أَعۡلَمُ بِمَا تُفِيضُونَ فِيهِۚ كَفَىٰ بِهِۦ شَهِيدَۢا بَيۡنِي وَبَيۡنَكُمۡۖ وَهُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ
के उनीहरूले भन्दछन्ः कि यसलाई उनले स्वयं नै रचिहालेका छन् ? तपाई भनिदिनुस् यदि ‘‘मैले नै यसलाई स्वयं रचेको छु भने अल्लाहको विरुद्ध मेरो निम्ति तिमीलाई कुनै पनि अधिकार छैन । यस (कुरआन) को विषयमा तिमीले जुन कुरा भन्न सुन्न लागिराखेका छौ, त्यसले उसलाई राम्ररी जान्दछ, उही नै मेरो र तिम्रोबीचमा साक्षीको लागि पर्याप्त छ । र ऊ बडो क्षमाशील अत्यन्त दयावान छ ।
Surah Al-Ahqaf, Verse 8
قُلۡ مَا كُنتُ بِدۡعٗا مِّنَ ٱلرُّسُلِ وَمَآ أَدۡرِي مَا يُفۡعَلُ بِي وَلَا بِكُمۡۖ إِنۡ أَتَّبِعُ إِلَّا مَا يُوحَىٰٓ إِلَيَّ وَمَآ أَنَا۠ إِلَّا نَذِيرٞ مُّبِينٞ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘म कुनै एकदम अनौठो रसूल आएको होइन । र मलाई थाहा छैन कि मसँग र तिमीसंग के गरिनेछ म त उसको मात्र पैरवी गर्दछु, जुन मतिर वह्य पठाइन्छ र म त खुल्लम खुल्ला सावधान गर्नेवाला हूँ ।’’
Surah Al-Ahqaf, Verse 9
قُلۡ أَرَءَيۡتُمۡ إِن كَانَ مِنۡ عِندِ ٱللَّهِ وَكَفَرۡتُم بِهِۦ وَشَهِدَ شَاهِدٞ مِّنۢ بَنِيٓ إِسۡرَـٰٓءِيلَ عَلَىٰ مِثۡلِهِۦ فَـَٔامَنَ وَٱسۡتَكۡبَرۡتُمۡۚ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّـٰلِمِينَ
तपाई भनिदिनुस्ः कि (तिमीले सोचेको पनि छौ कि यसको के परिणाम हुनेछ)? ‘‘यदि यो कुरआन अल्लाहकहाँबाट आएको छ र तिमीले त्यसलाई इन्कार गरिहाल्यौ, र इस्राईलका सन्तानहरूमध्येबाट एउटाले त्यसैको एउटा भागको गवाही पनि दिइसकेको छ र उसले ईमान पनि ल्याइसकेको छ र तिमी घमण्डमा नै परिरह्यौ । अनि निःसंदेह अल्लाहले त अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।
Surah Al-Ahqaf, Verse 10
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُواْ لَوۡ كَانَ خَيۡرٗا مَّا سَبَقُونَآ إِلَيۡهِۚ وَإِذۡ لَمۡ يَهۡتَدُواْ بِهِۦ فَسَيَقُولُونَ هَٰذَآ إِفۡكٞ قَدِيمٞ
जुन मानिसहरूले इन्कार गरे, उनीहरूले ईमानवालाहरूको बारेमा भन्दछन्ः ‘‘यदि यो राम्रो भएको भए, उनीहरू हामीभन्दा त्यसतर्फ अग्रसर हुँदैनथे ।’’ र जब उनीहरूले उसबाट नसीहत ग्रहण गरेनन् तब अवश्य भन्नेछन्ः ‘‘यो त पुरानो असत्य हो ।’’
Surah Al-Ahqaf, Verse 11
وَمِن قَبۡلِهِۦ كِتَٰبُ مُوسَىٰٓ إِمَامٗا وَرَحۡمَةٗۚ وَهَٰذَا كِتَٰبٞ مُّصَدِّقٞ لِّسَانًا عَرَبِيّٗا لِّيُنذِرَ ٱلَّذِينَ ظَلَمُواْ وَبُشۡرَىٰ لِلۡمُحۡسِنِينَ
र यसभन्दा पहिला ‘‘मूसा (अलैहिस्सलाम)को’’ किताब पथप्रदर्शक र दयाको रूपमा थियो र यो किताब, हो समर्थन गर्नेवाला अरबी भाषामा ताकि ती मानिसहरूलाई सचेत गरोस् जसले अत्याचार गर्दछन् र उत्तम कार्यगर्नेहरूलाई शुभसूचना देओस् ।
Surah Al-Ahqaf, Verse 12
إِنَّ ٱلَّذِينَ قَالُواْ رَبُّنَا ٱللَّهُ ثُمَّ ٱسۡتَقَٰمُواْ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
निःसंदेह जुन मानिसहरूले भने कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो, अनि उनीहरू त्यसमा दृढ रहे, त उनीहरूलाई नकुनै भय हुनेछ र नत दुःखी हुनेछन् ।’’
Surah Al-Ahqaf, Verse 13
أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِ خَٰلِدِينَ فِيهَا جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ
यही जन्नतवाला हुन् जो सधैं यसमा रहनेछन् । त्यसको प्रतिफल हो, जुन कि उनीहरूले गर्नेगर्दथे ।
Surah Al-Ahqaf, Verse 14
وَوَصَّيۡنَا ٱلۡإِنسَٰنَ بِوَٰلِدَيۡهِ إِحۡسَٰنًاۖ حَمَلَتۡهُ أُمُّهُۥ كُرۡهٗا وَوَضَعَتۡهُ كُرۡهٗاۖ وَحَمۡلُهُۥ وَفِصَٰلُهُۥ ثَلَٰثُونَ شَهۡرًاۚ حَتَّىٰٓ إِذَا بَلَغَ أَشُدَّهُۥ وَبَلَغَ أَرۡبَعِينَ سَنَةٗ قَالَ رَبِّ أَوۡزِعۡنِيٓ أَنۡ أَشۡكُرَ نِعۡمَتَكَ ٱلَّتِيٓ أَنۡعَمۡتَ عَلَيَّ وَعَلَىٰ وَٰلِدَيَّ وَأَنۡ أَعۡمَلَ صَٰلِحٗا تَرۡضَىٰهُ وَأَصۡلِحۡ لِي فِي ذُرِّيَّتِيٓۖ إِنِّي تُبۡتُ إِلَيۡكَ وَإِنِّي مِنَ ٱلۡمُسۡلِمِينَ
र हामीले मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । उसकी आमाले उसलाई पेटमा दुःखको साथ राखिन् र उसलाई दुःखको साथ जन्म पनि दिइन् । र उसको गर्भको अवस्थामा रहने र दूध छोडाउने अवधि ३० महिना छ । यहाँसम्म कि जब ऊ खुब तन्नेरी भयो र ४० वर्षको उमेर भयो । तब उसले भन्योः ‘‘हे मेरो पालनकर्ता ! मलाई अवसर देऊ ताकि म तिम्रो त्यस अनुकम्पाप्रति कृतज्ञता देखाऊँ जुन कि तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ । र यो कि यस्तो राम्रो कार्य गरूँ जुनकि तिमीलाई प्रिय छ, र मेरो लागि मेरो सन्ततिलाई पनि असल बनाइदेऊ । म तिमीतिर प्रवृत्त हुन्छु र म आज्ञाकारीमध्ये छु ।
Surah Al-Ahqaf, Verse 15
أُوْلَـٰٓئِكَ ٱلَّذِينَ نَتَقَبَّلُ عَنۡهُمۡ أَحۡسَنَ مَا عَمِلُواْ وَنَتَجَاوَزُ عَن سَيِّـَٔاتِهِمۡ فِيٓ أَصۡحَٰبِ ٱلۡجَنَّةِۖ وَعۡدَ ٱلصِّدۡقِ ٱلَّذِي كَانُواْ يُوعَدُونَ
यिनै ती मानिसहरू हुन् जसका राम्रा कार्यहरू हामीले स्वीकार गर्दछौं र जसका पापहरूलाई क्षमा गरिदिने छौं, र यिनै जन्नतवालाहरूमा हुनेछन् । त्यस सत्य वचनको कारण जुन उनीहरूसित गरिएको थियो ।
Surah Al-Ahqaf, Verse 16
وَٱلَّذِي قَالَ لِوَٰلِدَيۡهِ أُفّٖ لَّكُمَآ أَتَعِدَانِنِيٓ أَنۡ أُخۡرَجَ وَقَدۡ خَلَتِ ٱلۡقُرُونُ مِن قَبۡلِي وَهُمَا يَسۡتَغِيثَانِ ٱللَّهَ وَيۡلَكَ ءَامِنۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ فَيَقُولُ مَا هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ
र त्यो व्यक्ति जसले आफ्नो माता– पितासित भन्योः ‘‘तिमीसित म आजिज (हैरान) भइसकेको छु । तिमीले मलाई यही भनिरहन्छौ कि म मरेपछि फेरि जीवित गरिनेछु, जबकि मभन्दा पहिला पनि धेरै मानिसहरू गुज्रिसकेका छन्’’ र ती दुवैले अल्लाहसित विन्ति गर्दै भन्दछन्ः ‘‘अफशोच छ तिम्रो लागि मानिहाल ! निःसन्देह अल्लाहको वाचा सत्य छ ।’’ किन्तु त्यसले भन्दछ ‘‘यी त मात्र पहिलाका मानिसहरूका कथा हुन्” ।
Surah Al-Ahqaf, Verse 17
أُوْلَـٰٓئِكَ ٱلَّذِينَ حَقَّ عَلَيۡهِمُ ٱلۡقَوۡلُ فِيٓ أُمَمٖ قَدۡ خَلَتۡ مِن قَبۡلِهِم مِّنَ ٱلۡجِنِّ وَٱلۡإِنسِۖ إِنَّهُمۡ كَانُواْ خَٰسِرِينَ
तिनीहरू हुन जसको बारेमा (अल्लाहको सजाय) को वचन पूरा हुने भएको छ । यी जिन्न र मानिसको समूहहरूका साथ जो यिनीभन्दा पहिला गुज्रिसकेका छन् । निश्चय नै उनीहरू घाटामा रहे ।
Surah Al-Ahqaf, Verse 18
وَلِكُلّٖ دَرَجَٰتٞ مِّمَّا عَمِلُواْۖ وَلِيُوَفِّيَهُمۡ أَعۡمَٰلَهُمۡ وَهُمۡ لَا يُظۡلَمُونَ
र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान मिल्नेछ ताकि उनको कार्यको पूरा प्रतिफल मिलोस् र उनीमाथि अत्याचार गरिने छैन ।
Surah Al-Ahqaf, Verse 19
وَيَوۡمَ يُعۡرَضُ ٱلَّذِينَ كَفَرُواْ عَلَى ٱلنَّارِ أَذۡهَبۡتُمۡ طَيِّبَٰتِكُمۡ فِي حَيَاتِكُمُ ٱلدُّنۡيَا وَٱسۡتَمۡتَعۡتُم بِهَا فَٱلۡيَوۡمَ تُجۡزَوۡنَ عَذَابَ ٱلۡهُونِ بِمَا كُنتُمۡ تَسۡتَكۡبِرُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَبِمَا كُنتُمۡ تَفۡسُقُونَ
र जुन दिन काफिरहरू नर्कको सामु प्रस्तुत गरिनेछन् ! (भनिनेछ) तिमीले आफ्नो असल कार्य संसारिक जीवनमा नै बर्बाद गरिसक्यौ, र त्यसबाट फाइदा पनि उठाइसक्यौ, तसर्थ आज तिमीलाई अपमानजनक सजाय दिइनेछ यो यसको दण्ड हो कि तिमी धरतीमा अनाहक घमण्ड गर्ने गर्दथ्यौ र यसकारण कि तिमीले आज्ञाको उल्लंघन गर्दथ्यौ ।
Surah Al-Ahqaf, Verse 20
۞وَٱذۡكُرۡ أَخَا عَادٍ إِذۡ أَنذَرَ قَوۡمَهُۥ بِٱلۡأَحۡقَافِ وَقَدۡ خَلَتِ ٱلنُّذُرُ مِنۢ بَيۡنِ يَدَيۡهِ وَمِنۡ خَلۡفِهِۦٓ أَلَّا تَعۡبُدُوٓاْ إِلَّا ٱللَّهَ إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٍ عَظِيمٖ
र आदको भाइ (हूद)लाई यादगर, जबकि उनले आफ्नो कौमलाई अहकाफबाट सावधान गरे, उनीभन्दा पहिला र पछि उनीलाई सावधान गर्नेहरू गुज्रिसकेका छन् कि ‘‘तिमी अल्लाह बाहेक अरु कसैको पूजा नगर । मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।’’
Surah Al-Ahqaf, Verse 21
قَالُوٓاْ أَجِئۡتَنَا لِتَأۡفِكَنَا عَنۡ ءَالِهَتِنَا فَأۡتِنَا بِمَا تَعِدُنَآ إِن كُنتَ مِنَ ٱلصَّـٰدِقِينَ
(उनको समूहले) भन्न थालेः कि ‘‘के तिमी हाम्रो पासमा यसकारण आएका हौ कि हामीलाई हाम्रा पूज्यहरूबाट विमुख गरिदेऊ ? यदि साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साउँछौ त्यो हामीमाथि ल्याइदेऊ ।’’
Surah Al-Ahqaf, Verse 22
قَالَ إِنَّمَا ٱلۡعِلۡمُ عِندَ ٱللَّهِ وَأُبَلِّغُكُم مَّآ أُرۡسِلۡتُ بِهِۦ وَلَٰكِنِّيٓ أَرَىٰكُمۡ قَوۡمٗا تَجۡهَلُونَ
उनले भनेः कि ‘‘यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म त जुन संदेश दिइएर पठाइएको हूँ त्यो तिमीलाई पुर्याइराखेको छु । तर म देख्छु कि तिमीहरू अज्ञानतामा फसिराखेका छौ ।’’
Surah Al-Ahqaf, Verse 23
فَلَمَّا رَأَوۡهُ عَارِضٗا مُّسۡتَقۡبِلَ أَوۡدِيَتِهِمۡ قَالُواْ هَٰذَا عَارِضٞ مُّمۡطِرُنَاۚ بَلۡ هُوَ مَا ٱسۡتَعۡجَلۡتُم بِهِۦۖ رِيحٞ فِيهَا عَذَابٌ أَلِيمٞ
अनि जब उनीहरूले सजायलाई बादलको रूपमा उनीहरूका ठाउँतिर आइरहेको देखे, तब भन्नथालेः कि ‘‘यो त बादल हो जसले हामीमाथि वर्षा गर्छ,’’ (होइन) ‘‘बरु यो त्यो (सजाय) अजाब हो जसको निम्ति तिमीले हतार गथ्र्यौ हवा हो जसमा कष्टदायक यातना छ ।
Surah Al-Ahqaf, Verse 24
تُدَمِّرُ كُلَّ شَيۡءِۭ بِأَمۡرِ رَبِّهَا فَأَصۡبَحُواْ لَا يُرَىٰٓ إِلَّا مَسَٰكِنُهُمۡۚ كَذَٰلِكَ نَجۡزِي ٱلۡقَوۡمَ ٱلۡمُجۡرِمِينَ
जसले हरेक वस्तुालाई आफ्नो पालनकर्ताको आदेशले नष्ट गरिदिनेछ ।’’ अतः उनीहरू यस्ता भइहाले कि उनीहरूका घरहरू बाहेक अरु केही देखिन्नथ्यो । पापीहरूलाई हामीले यस्तै प्रकारको प्रतिफल दिन्छौं ।
Surah Al-Ahqaf, Verse 25
وَلَقَدۡ مَكَّنَّـٰهُمۡ فِيمَآ إِن مَّكَّنَّـٰكُمۡ فِيهِ وَجَعَلۡنَا لَهُمۡ سَمۡعٗا وَأَبۡصَٰرٗا وَأَفۡـِٔدَةٗ فَمَآ أَغۡنَىٰ عَنۡهُمۡ سَمۡعُهُمۡ وَلَآ أَبۡصَٰرُهُمۡ وَلَآ أَفۡـِٔدَتُهُم مِّن شَيۡءٍ إِذۡ كَانُواْ يَجۡحَدُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ
निःसन्देह हामीले (कौमेआदलाई) त्यो सामथ्र्य प्रदान गरेका थियौं, जुन तिमीहरूलाई प्रदान गरेका छैनौं । र हामीले उनीहरूलाई कान, आँखा र हृदय पनि प्रदान गरेका थियौं । तर उनका कान आँखाहरू र उनका हृदयहरूले उनीहरूको कुनै काम आएनन् । जब उनीहरूले अल्लाहका आयतहरूलाई नकार्न थाले र जुन कुराको उनीहरूले हाँसो उडाउँथे त्यसैले उनीहरूलाई आइघेर्यो ।
Surah Al-Ahqaf, Verse 26
وَلَقَدۡ أَهۡلَكۡنَا مَا حَوۡلَكُم مِّنَ ٱلۡقُرَىٰ وَصَرَّفۡنَا ٱلۡأٓيَٰتِ لَعَلَّهُمۡ يَرۡجِعُونَ
निःसन्देह हामीले तिम्रो छरछिमेकका बस्तीहरूलाई नष्ट गर्यौं र किसिम–किसिमका निशानीहरू वर्णन गर्यौं, ताकि उनीहरू प्रवृत्त होउन् ।
Surah Al-Ahqaf, Verse 27
فَلَوۡلَا نَصَرَهُمُ ٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ قُرۡبَانًا ءَالِهَةَۢۖ بَلۡ ضَلُّواْ عَنۡهُمۡۚ وَذَٰلِكَ إِفۡكُهُمۡ وَمَا كَانُواْ يَفۡتَرُونَ
अनि अल्लाहको सामीप्य हासिल गर्न जस–जसलाई उनीहरूले अल्लाह बाहेक आफ्ना पूज्य बनाएका थिए । तिनीहरूले उनीहरूको मद्दत किन गरेनन् ? बरु उनीहरू तिनीहरूका अगाडिबाट हराइहाले । र (वास्तवमा) यो उनीहरूको मात्र मिथ्यारोपण थियो र झूठो आरोप थियो ।
Surah Al-Ahqaf, Verse 28
وَإِذۡ صَرَفۡنَآ إِلَيۡكَ نَفَرٗا مِّنَ ٱلۡجِنِّ يَسۡتَمِعُونَ ٱلۡقُرۡءَانَ فَلَمَّا حَضَرُوهُ قَالُوٓاْ أَنصِتُواْۖ فَلَمَّا قُضِيَ وَلَّوۡاْ إِلَىٰ قَوۡمِهِم مُّنذِرِينَ
र यादगर जब हामीले जिन्नहरूको एक समूहलाई तिमीतिर प्रवृत्त गर्यौं ताकि उनीहरूले कुरआन सुनुन्, तब जब उनीहरू नबीको पासमा आए त (आपसमा) भन्न थाले कि ‘‘चुप लाग’’, अनि जब त्यो (कुरआनको पाठ) पूरा भयो त उनीहरू आफ्ना जातिबन्धुलाई सावधान गर्न त्यतातिर फर्के ।
Surah Al-Ahqaf, Verse 29
قَالُواْ يَٰقَوۡمَنَآ إِنَّا سَمِعۡنَا كِتَٰبًا أُنزِلَ مِنۢ بَعۡدِ مُوسَىٰ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ يَهۡدِيٓ إِلَى ٱلۡحَقِّ وَإِلَىٰ طَرِيقٖ مُّسۡتَقِيمٖ
भन्न थाले कि ‘‘हे मेरो सम्प्रदाय । हामीले निःसन्देह त्यो पुस्तक सुनेका छौं जुन मूसापछि अवतरित गरिएको छ, जुन आफूभन्दा अघिका पुस्तकहरूको प्रमाणिकरण गर्दछ, (जुन) सत्य धर्मको र सोझो मार्गको निर्देशन दिन्छ ।
Surah Al-Ahqaf, Verse 30
يَٰقَوۡمَنَآ أَجِيبُواْ دَاعِيَ ٱللَّهِ وَءَامِنُواْ بِهِۦ يَغۡفِرۡ لَكُم مِّن ذُنُوبِكُمۡ وَيُجِرۡكُم مِّنۡ عَذَابٍ أَلِيمٖ
हे मेरो कौम ! अल्लाहतिर आह्वान गर्नेवालाको कुरा मान, र उसमाथि ईमान ल्याऊ । अनि अल्लाहले तिमीहरूको त्रुटिहरू क्षमा गरिदिने छ र तिमीलाई कष्टदायक दण्डबाट मुक्ति दिनेछ ।
Surah Al-Ahqaf, Verse 31
وَمَن لَّا يُجِبۡ دَاعِيَ ٱللَّهِ فَلَيۡسَ بِمُعۡجِزٖ فِي ٱلۡأَرۡضِ وَلَيۡسَ لَهُۥ مِن دُونِهِۦٓ أَوۡلِيَآءُۚ أُوْلَـٰٓئِكَ فِي ضَلَٰلٖ مُّبِينٍ
र जसले अल्लाहको आमन्त्रणकर्ताको आमन्त्रण स्वीकार गर्नेछैन त उसले धरतीमा (नियन्त्रणबाट) कतै भागेर उम्कन सक्ने छैन र अल्लाह बाहेक उसको कोही संरक्षक हुनेछैन । यस्ता मानिसहरूले खुल्लमखुल्ला मार्गविचलनमा छन् ।’’
Surah Al-Ahqaf, Verse 32
أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَلَمۡ يَعۡيَ بِخَلۡقِهِنَّ بِقَٰدِرٍ عَلَىٰٓ أَن يُحۡـِۧيَ ٱلۡمَوۡتَىٰۚ بَلَىٰٓۚ إِنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
के उनीहरूले देखेनन् कि जुन अल्लाहले आकाशहरू र धरतीलाई सृष्टि गर्यो र उनीहरूको सृष्टि गर्नबाट थाकेन, त्यो निःसन्देह मृतकहरूलाई पनि जीवित पार्न सामथ्र्यवान छ ? किन नहोस ऊ निःसन्देह हरेक वस्तुमाथि सामथ्र्यवान छ ।
Surah Al-Ahqaf, Verse 33
وَيَوۡمَ يُعۡرَضُ ٱلَّذِينَ كَفَرُواْ عَلَى ٱلنَّارِ أَلَيۡسَ هَٰذَا بِٱلۡحَقِّۖ قَالُواْ بَلَىٰ وَرَبِّنَاۚ قَالَ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ
र जुनदिन ती मानिसहरू, जसले इन्कार गरे, नर्कको अगाडि प्रस्तुत गरिनेछन्, (भनिनेछ) ‘‘के यो सत्य होइन ?’’ उनीहरूले भन्नेछन्ः कि हाम्रो पालनकर्ताको कसम !’’ (यो सत्य हो) उसले भन्नेछ– ‘‘त अब यातनाको स्वाद चाख, त्यस इन्कारको परिणामस्वरूप जो तिमीहरूले गर्ने गर्दथ्यौ ।’’
Surah Al-Ahqaf, Verse 34
فَٱصۡبِرۡ كَمَا صَبَرَ أُوْلُواْ ٱلۡعَزۡمِ مِنَ ٱلرُّسُلِ وَلَا تَسۡتَعۡجِل لَّهُمۡۚ كَأَنَّهُمۡ يَوۡمَ يَرَوۡنَ مَا يُوعَدُونَ لَمۡ يَلۡبَثُوٓاْ إِلَّا سَاعَةٗ مِّن نَّهَارِۭۚ بَلَٰغٞۚ فَهَلۡ يُهۡلَكُ إِلَّا ٱلۡقَوۡمُ ٱلۡفَٰسِقُونَ
अतः (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) धैर्यधारण गर, जुन किसिमले संकल्पवान रसूलहरूले धैर्य गरे । र उनीहरूको लागि यातनाको निम्ति हतार नगर । जुनदिन यिनीहरूले त्यस कुरालाई देख्नेछन्, जसको उनीहरूसित वाचा गरिन्छ , (तब महसूस गर्नेछन्) कि मानौं संसारमा दिनको एकछिनको लागि मात्र बसेका थिए । यो कुरआन सन्देश हो, तसर्थ (अब) तिनीहरू नै नष्ट हुनेछन् जो अवज्ञाकारी थिए ।
Surah Al-Ahqaf, Verse 35