UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Muhammad - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ أَضَلَّ أَعۡمَٰلَهُمۡ

जसले इन्कार गरे र (अरु व्यक्तिलाई) अल्लाहको मार्गबाट रोके, अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पारिदियो ।
Surah Muhammad, Verse 1


وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ وَءَامَنُواْ بِمَا نُزِّلَ عَلَىٰ مُحَمَّدٖ وَهُوَ ٱلۡحَقُّ مِن رَّبِّهِمۡ كَفَّرَ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَأَصۡلَحَ بَالَهُمۡ

र जसले विश्वास गरे र असल कर्म गरिरहे र जुन (किताब) मुहम्मदमाथि अवतरित भएको छ, त्यसलाई मानिराखे, र त्यो नै उनको पालनकर्ताबाट सत्य धर्म हो । त अल्लाहले उनीहरूका गुनाहलाई (पापलाई) हटाइदियो र उनीहरूको अवस्था सुधारिदियो ।
Surah Muhammad, Verse 2


ذَٰلِكَ بِأَنَّ ٱلَّذِينَ كَفَرُواْ ٱتَّبَعُواْ ٱلۡبَٰطِلَ وَأَنَّ ٱلَّذِينَ ءَامَنُواْ ٱتَّبَعُواْ ٱلۡحَقَّ مِن رَّبِّهِمۡۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ لِلنَّاسِ أَمۡثَٰلَهُمۡ

यो यस कारण हो कि जुन मानिसहरूले इन्कार गरे उनीहरूले असत्यको अनुशरण गरे, र ईमान ल्याउनेहरूले सत्यमा हिंडे, जो उनको पालकर्ताको तर्फबाट छ । यसै प्रकार अल्लाहले मानिसहरूको निम्ति उनीहरूको उदाहरण वर्णन गर्दछ ।
Surah Muhammad, Verse 3


فَإِذَا لَقِيتُمُ ٱلَّذِينَ كَفَرُواْ فَضَرۡبَ ٱلرِّقَابِ حَتَّىٰٓ إِذَآ أَثۡخَنتُمُوهُمۡ فَشُدُّواْ ٱلۡوَثَاقَ فَإِمَّا مَنَّۢا بَعۡدُ وَإِمَّا فِدَآءً حَتَّىٰ تَضَعَ ٱلۡحَرۡبُ أَوۡزَارَهَاۚ ذَٰلِكَۖ وَلَوۡ يَشَآءُ ٱللَّهُ لَٱنتَصَرَ مِنۡهُمۡ وَلَٰكِن لِّيَبۡلُوَاْ بَعۡضَكُم بِبَعۡضٖۗ وَٱلَّذِينَ قُتِلُواْ فِي سَبِيلِ ٱللَّهِ فَلَن يُضِلَّ أَعۡمَٰلَهُمۡ

अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन ।
Surah Muhammad, Verse 4


سَيَهۡدِيهِمۡ وَيُصۡلِحُ بَالَهُمۡ

उनीहरूलाई (सोझो) बाटो देखाउने छ र उनको अवस्था ठीक पार्नेछ ।
Surah Muhammad, Verse 5


وَيُدۡخِلُهُمُ ٱلۡجَنَّةَ عَرَّفَهَا لَهُمۡ

र उनीहरूलाई त्यस स्वर्गमा जससित उनीहरूलाई परिचित गराइसकेको छ, प्रवेश गर्नेछ ।
Surah Muhammad, Verse 6


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَنصُرُواْ ٱللَّهَ يَنصُرۡكُمۡ وَيُثَبِّتۡ أَقۡدَامَكُمۡ

हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ ।
Surah Muhammad, Verse 7


وَٱلَّذِينَ كَفَرُواْ فَتَعۡسٗا لَّهُمۡ وَأَضَلَّ أَعۡمَٰلَهُمۡ

र जो काफिर भए । उनीहरूकै निम्ति विनाश छ र अल्लाह उनीहरूका कर्महरूलाई नष्ट पारिदिनेछ ।
Surah Muhammad, Verse 8


ذَٰلِكَ بِأَنَّهُمۡ كَرِهُواْ مَآ أَنزَلَ ٱللَّهُ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ

यो यसकारण कि अल्लाहले जुन कुरो अवतरित गर्यो, उनीहरूले त्यसलाई अप्रिय ठाने, तब अल्लाहले उनीहरूको कर्महरूलाई व्यर्थ पारिदियो ।
Surah Muhammad, Verse 9


۞أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ دَمَّرَ ٱللَّهُ عَلَيۡهِمۡۖ وَلِلۡكَٰفِرِينَ أَمۡثَٰلُهَا

के उनीहरूले धरतीमा हिंड्डुल गर्दै यो देखेनन् कि जुन मानिसहरू उनीहरूभन्दा पहिला थिए उनीहरूको परिणाम कस्तो भयो ? अल्लाहले उनीहरूलाई नष्ट पारिदियो इन्कार गर्नेहरूलाई यस्तै सजाय हुनेछ ।
Surah Muhammad, Verse 10


ذَٰلِكَ بِأَنَّ ٱللَّهَ مَوۡلَى ٱلَّذِينَ ءَامَنُواْ وَأَنَّ ٱلۡكَٰفِرِينَ لَا مَوۡلَىٰ لَهُمۡ

यो यसकारण कि जो मोमिन छन् उनीहरूको संरक्षक स्वयम् अल्लाह हो र काफिरहरूको कोही संरक्षक छैन ।
Surah Muhammad, Verse 11


إِنَّ ٱللَّهَ يُدۡخِلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ وَٱلَّذِينَ كَفَرُواْ يَتَمَتَّعُونَ وَيَأۡكُلُونَ كَمَا تَأۡكُلُ ٱلۡأَنۡعَٰمُ وَٱلنَّارُ مَثۡوٗى لَّهُمۡ

जसले ईमान ल्याए, र असल कर्म गरे उनीहरूलाई अल्लाहले निःसन्देह यस्तो बगैंचाहरूमा प्रवेश गराउने छ जसमुनि नहरहरू बगिरहेछन् । र ती मानिसहरू जसले इन्कार गरे उनीहरूले दुनियाको नै फाइदा उठाइरहेछन् । र पशु जस्तै खाइरहन्छन् र उनीहरूको असली बासस्थान नर्क हो ।
Surah Muhammad, Verse 12


وَكَأَيِّن مِّن قَرۡيَةٍ هِيَ أَشَدُّ قُوَّةٗ مِّن قَرۡيَتِكَ ٱلَّتِيٓ أَخۡرَجَتۡكَ أَهۡلَكۡنَٰهُمۡ فَلَا نَاصِرَ لَهُمۡ

हामीले कति बस्तीलाई जुन बलमा तिम्रो गाउँ बस्तीभन्दा बढी थिए जसबाट तिमीलाई निकालेको हो उनीहरूको विनाश गरिदिएका छौं, जसको सहायक कोही पनि भएन ।
Surah Muhammad, Verse 13


أَفَمَن كَانَ عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّهِۦ كَمَن زُيِّنَ لَهُۥ سُوٓءُ عَمَلِهِۦ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُم

तसर्थ त्यो व्यक्ति जो आफ्नो पालनकर्ताको तर्फबाट प्रमाणमा होस्, त्यस व्यक्ति जस्तो हुन सक्छ जसको लागि उसको नराम्रा कार्यहरू सुसज्जित गरिदिइएको छ, र ऊ आफ्नो जैविक इच्छाको अधीनस्थ होस्
Surah Muhammad, Verse 14


مَّثَلُ ٱلۡجَنَّةِ ٱلَّتِي وُعِدَ ٱلۡمُتَّقُونَۖ فِيهَآ أَنۡهَٰرٞ مِّن مَّآءٍ غَيۡرِ ءَاسِنٖ وَأَنۡهَٰرٞ مِّن لَّبَنٖ لَّمۡ يَتَغَيَّرۡ طَعۡمُهُۥ وَأَنۡهَٰرٞ مِّنۡ خَمۡرٖ لَّذَّةٖ لِّلشَّـٰرِبِينَ وَأَنۡهَٰرٞ مِّنۡ عَسَلٖ مُّصَفّٗىۖ وَلَهُمۡ فِيهَا مِن كُلِّ ٱلثَّمَرَٰتِ وَمَغۡفِرَةٞ مِّن رَّبِّهِمۡۖ كَمَنۡ هُوَ خَٰلِدٞ فِي ٱلنَّارِ وَسُقُواْ مَآءً حَمِيمٗا فَقَطَّعَ أَمۡعَآءَهُمۡ

यस स्वर्गको विशेषता जसको परहेजगारहरूलाई वचन दिइएको छ यो हो कि यसमा पानीका नहरहरू छन् जुनकि प्रदुषित हुँदैनन् । र यस्ता दूधका नहरहरू हुनेछन् जसको स्वादमा अलिकति पनि अन्तर परेको हुँदैन र यस्ता पेयपदार्थका नहरहरू हुनेछन् जसले पिउनेहरूलाई अत्यन्त आनन्द प्रदान गर्नेछन् । र शुद्ध मधुको नहरहरू छन् र उनीहरूका निम्ति त्यहाँ हरेक प्रकारका फल हुनेछन्, र उनको पालनकर्ताबाट क्षमा छ । (के यी संयमीहरू) उनीहरू सरह हुन सक्दछन् जो सधैं नर्कमा रहनेछन् ? र जसलाई उम्लिराखेको पानी खुवाइने छ जसले उनको आन्द्राहरूलाई छिया–छिया पारिदिनेछ ।
Surah Muhammad, Verse 15


وَمِنۡهُم مَّن يَسۡتَمِعُ إِلَيۡكَ حَتَّىٰٓ إِذَا خَرَجُواْ مِنۡ عِندِكَ قَالُواْ لِلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ مَاذَا قَالَ ءَانِفًاۚ أُوْلَـٰٓئِكَ ٱلَّذِينَ طَبَعَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُمۡ

र उनीहरूमध्ये (केही यस्ता पनि छन्) जसले तिमीतिर कान थापेको हुन्छन् यहाँसम्म कि (सबै कुरा सुन्दछन् तर) जब तिम्रो पासबाट निस्केर जान्छन् तब जुन मानिसहरूलाई ज्ञान छ उनीसित सोध्छन्, उनले अहिले के भनेका छन् ? यी नै मानिसहरू हुन् जसका हृदयहरूमा अल्लाहले मोहर (छाप) लगाइदिएको छ र उनीहरूले आफ्ना इच्छाहरूको पछि हिंडिराखेका छन् ।
Surah Muhammad, Verse 16


وَٱلَّذِينَ ٱهۡتَدَوۡاْ زَادَهُمۡ هُدٗى وَءَاتَىٰهُمۡ تَقۡوَىٰهُمۡ

र जुन मानिसहरू मार्गदर्शन प्राप्त छन् । अल्लाह उनीहरूलाई झन् बढी मार्गदर्शन प्रदान गर्दछ र उनीहरूलाई बढी संयम प्रदान गर्दछ ।
Surah Muhammad, Verse 17


فَهَلۡ يَنظُرُونَ إِلَّا ٱلسَّاعَةَ أَن تَأۡتِيَهُم بَغۡتَةٗۖ فَقَدۡ جَآءَ أَشۡرَاطُهَاۚ فَأَنَّىٰ لَهُمۡ إِذَا جَآءَتۡهُمۡ ذِكۡرَىٰهُمۡ

अब के उनीहरूले कयामतको प्रतीक्षा गरिराखेका छन् कि कयामत उनीहरूमाथि एक्कासी आइहालोस्, निःसन्देह उसको लक्षणहरू त आइसकेका छन्, फेरि जब कयामत आइपुग्छ उनीहरूलाई उपदेश प्राप्त गर्न मिल्दैन ।
Surah Muhammad, Verse 18


فَٱعۡلَمۡ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا ٱللَّهُ وَٱسۡتَغۡفِرۡ لِذَنۢبِكَ وَلِلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۗ وَٱللَّهُ يَعۡلَمُ مُتَقَلَّبَكُمۡ وَمَثۡوَىٰكُمۡ

अतः (हे नबी) तपाई विश्वास गर्नुस् कि अल्लाह बाहेक कोही सत्य पुज्य छैन, र आफ्ना त्रुटिहरूको क्षमाको लागि याचना गर्नुस्, र मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूको निम्ति पनि । र अल्लाहले तपाईहरूको हिंड्डुल गर्ने र बासस्थानहरूलाई राम्ररी जान्दछ ।
Surah Muhammad, Verse 19


وَيَقُولُ ٱلَّذِينَ ءَامَنُواْ لَوۡلَا نُزِّلَتۡ سُورَةٞۖ فَإِذَآ أُنزِلَتۡ سُورَةٞ مُّحۡكَمَةٞ وَذُكِرَ فِيهَا ٱلۡقِتَالُ رَأَيۡتَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ يَنظُرُونَ إِلَيۡكَ نَظَرَ ٱلۡمَغۡشِيِّ عَلَيۡهِ مِنَ ٱلۡمَوۡتِۖ فَأَوۡلَىٰ لَهُمۡ

र मोमिनहरूले भन्दछन्ः कि ‘‘कुनै सूरः (सूरत) किन अवतरित गरिएन ? तर जब कुनै प्रष्ट अर्थ भएको सूरः अवतरित हुन्छ र त्यसमा जिहादको वर्णन हुन्छ, त तपाइले देखनुहुन्छ कि जुन मानिसहरूको हृदयमा (कपटको) रोग छ तिनिहरू तपाईतिर यसरी देख्दछन्, जस्तो त्यस मानिसको दृष्टि हुन्छ जसमाथि मृत्युको मुर्छा छाएको छ । उनीहरूको निम्ति बहुतै राम्रो थियो
Surah Muhammad, Verse 20


طَاعَةٞ وَقَوۡلٞ مَّعۡرُوفٞۚ فَإِذَا عَزَمَ ٱلۡأَمۡرُ فَلَوۡ صَدَقُواْ ٱللَّهَ لَكَانَ خَيۡرٗا لَّهُمۡ

आज्ञापालन र राम्रो कुरा भन्नु । अनि जब कुरा निश्चित भइहाल्यो तब अल्लाहसँग सत्यका साथरहेमा उनीहरूकै निम्ति राम्रो हुनेथियो ।
Surah Muhammad, Verse 21


فَهَلۡ عَسَيۡتُمۡ إِن تَوَلَّيۡتُمۡ أَن تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ وَتُقَطِّعُوٓاْ أَرۡحَامَكُمۡ

(हे मुनाफिकहरू !) तिम्रो बारेमा आश्चर्य छैन कि यदि तिमीलाई सत्ता प्राप्त भइहाल्छ भने तिमीहरूले धरतीमा दंगाको सृजना गर्न थाल्दछौ, र रिश्ता नाता सबै तोडिदिन्छौ ।
Surah Muhammad, Verse 22


أُوْلَـٰٓئِكَ ٱلَّذِينَ لَعَنَهُمُ ٱللَّهُ فَأَصَمَّهُمۡ وَأَعۡمَىٰٓ أَبۡصَٰرَهُمۡ

यिनै ती मानिसहरू हुन् जसलाई अल्लाहले तिरस्कृत गरेको छ, र उनका कानहरूलाई बहिरो र (उनका) आँखाहरूबाट देख्ने क्षमता खोसिदिएको छ ।
Surah Muhammad, Verse 23


أَفَلَا يَتَدَبَّرُونَ ٱلۡقُرۡءَانَ أَمۡ عَلَىٰ قُلُوبٍ أَقۡفَالُهَآ

त के उनीहरूले कुरआनमा सोचविचार गर्दैनन्, वा उनीहरूको हृदयमा ताल्चा लागेका छन् ।
Surah Muhammad, Verse 24


إِنَّ ٱلَّذِينَ ٱرۡتَدُّواْ عَلَىٰٓ أَدۡبَٰرِهِم مِّنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡهُدَى ٱلشَّيۡطَٰنُ سَوَّلَ لَهُمۡ وَأَمۡلَىٰ لَهُمۡ

निःसन्देह जुन मानिसहरू मार्गदर्शन भएपछि पनि पिठ्युँ फर्काई गइहाले, शैतानले उनको लागि उनको कामलाई अत्यन्त राम्रो गरेर देखायो र उनीहरूलाई अवसर दिराखेको छ ।
Surah Muhammad, Verse 25


ذَٰلِكَ بِأَنَّهُمۡ قَالُواْ لِلَّذِينَ كَرِهُواْ مَا نَزَّلَ ٱللَّهُ سَنُطِيعُكُمۡ فِي بَعۡضِ ٱلۡأَمۡرِۖ وَٱللَّهُ يَعۡلَمُ إِسۡرَارَهُمۡ

यो यसकारण कि उनीहरूले ती मानिसहरूसित, जसले अल्लाहबाट अवतरित कुरालाई अरुचिकर ठान्थे भने कि हामीले केही मामिलामा तिम्रो कुरा मानिहाल्नेछौ । र अल्लाहले उनीहरूका गोप्य कुरा राम्ररी जान्दछ ।
Surah Muhammad, Verse 26


فَكَيۡفَ إِذَا تَوَفَّتۡهُمُ ٱلۡمَلَـٰٓئِكَةُ يَضۡرِبُونَ وُجُوهَهُمۡ وَأَدۡبَٰرَهُمۡ

अनि त्यस बेला (उनीहरूको) कस्तो (अवस्था) हुनेछ जसबेला फरिश्ताहरूले उनीहरूको प्राण निकाल्दै उनीहरूको अनुहार र पिठ्युँमा प्रहार गर्नेछन् ।
Surah Muhammad, Verse 27


ذَٰلِكَ بِأَنَّهُمُ ٱتَّبَعُواْ مَآ أَسۡخَطَ ٱللَّهَ وَكَرِهُواْ رِضۡوَٰنَهُۥ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ

यो यसकारण कि उनीहरूले त्यस कुराको अनुशरण गरे जुनकि अल्लाहलाई अप्रसन्न गरोस् र उनीहरूले उसको प्रसन्नतालाई रुचाएनन् अनि उसले पनि उनीहरूको कर्महरूलाई नष्ट गरिदियो ।
Surah Muhammad, Verse 28


أَمۡ حَسِبَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ أَن لَّن يُخۡرِجَ ٱللَّهُ أَضۡغَٰنَهُمۡ

के जुन मानिसहरूको हृदयमा रोग छ यो ठानेका छन् कि अल्लाहले उनीहरूको दोषलाई प्रकट नै गर्नेछैन
Surah Muhammad, Verse 29


وَلَوۡ نَشَآءُ لَأَرَيۡنَٰكَهُمۡ فَلَعَرَفۡتَهُم بِسِيمَٰهُمۡۚ وَلَتَعۡرِفَنَّهُمۡ فِي لَحۡنِ ٱلۡقَوۡلِۚ وَٱللَّهُ يَعۡلَمُ أَعۡمَٰلَكُمۡ

र यदि हामीले चाहेको भए उनीहरू सबैलाई तिमीलाई देखाइदिन्थ्यौ । अनि तिमीले उनीहरूलाई उनीहरूको अनुहारबाट चिनीहाल्थ्यौ, निश्चितरूपले तिमीले उनीहरूलाई उनको कुराकानी गर्ने तौरतरिकाबाट अवश्य नै चिनीहाल्ने छौ । अल्लाहले तिम्रा (समस्त) कर्महरूलाई जान्दछ ।
Surah Muhammad, Verse 30


وَلَنَبۡلُوَنَّكُمۡ حَتَّىٰ نَعۡلَمَ ٱلۡمُجَٰهِدِينَ مِنكُمۡ وَٱلصَّـٰبِرِينَ وَنَبۡلُوَاْ أَخۡبَارَكُمۡ

र निःसन्देह हामीले तिमीहरूको परीक्षा लिनेछौं ताकि तिमीमध्ये धर्मयुद्ध गर्नेवाला र संतोष गर्नेवालाहरूलाई प्रकट गरौं र हामीले तिम्रो अवस्थाहरूको पनि जाँच गर्न सकौं ।
Surah Muhammad, Verse 31


إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ وَشَآقُّواْ ٱلرَّسُولَ مِنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡهُدَىٰ لَن يَضُرُّواْ ٱللَّهَ شَيۡـٔٗا وَسَيُحۡبِطُ أَعۡمَٰلَهُمۡ

निःसन्देह जुन मान्छेहरूले कुफ्र गरे र अल्लाहको मार्गबाट मान्छेहरूलाई रोके र रसूलहरूको विरोध गरे, जबकि उनीहरूमाथि सत्य स्पष्ट भइसकेको थियो उनी कहिल्यै पनि अल्लाहको केही बिगार गर्नसक्ने छैनन् । र शीघ्र उनीहरूका कर्मलाई नष्ट गरिदिनेछ ।
Surah Muhammad, Verse 32


۞يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَ وَلَا تُبۡطِلُوٓاْ أَعۡمَٰلَكُمۡ

हे ईमानवालाहरू ! अल्लाहको आज्ञापालन गर, र रसूलले भनेको मान र आफ्ना कर्महरूलाई नष्ट नपार ।
Surah Muhammad, Verse 33


إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ ثُمَّ مَاتُواْ وَهُمۡ كُفَّارٞ فَلَن يَغۡفِرَ ٱللَّهُ لَهُمۡ

निश्चय नै जसले इन्कार गरे र अल्लाहको मार्गबाट अरुलाई रोके र फेरि कुफ्र गरेको अवस्थामा मरिहाले, विश्वास गर उनीहरूलाई अल्लाहले कहिल्यै क्षमा गर्नेछैन ।
Surah Muhammad, Verse 34


فَلَا تَهِنُواْ وَتَدۡعُوٓاْ إِلَى ٱلسَّلۡمِ وَأَنتُمُ ٱلۡأَعۡلَوۡنَ وَٱللَّهُ مَعَكُمۡ وَلَن يَتِرَكُمۡ أَعۡمَٰلَكُمۡ

अतः यस्तो नहोस् कि तिमीले हिम्मत हारेर सम्झौताको निमन्त्रणा गर्न थाल, जबकि तिमी नै उच्च र प्रभावी छौ । र अल्लाह तिम्रो साथमा छ, र यो असम्भव छ कि उसले तिम्रो कर्मलाई व्यर्थ गरोस् ।
Surah Muhammad, Verse 35


إِنَّمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا لَعِبٞ وَلَهۡوٞۚ وَإِن تُؤۡمِنُواْ وَتَتَّقُواْ يُؤۡتِكُمۡ أُجُورَكُمۡ وَلَا يَسۡـَٔلۡكُمۡ أَمۡوَٰلَكُمۡ

वास्तवमा यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । र यदि तिमी ईमान ल्याउँछौ र संयम अपनाउँछौ भने अल्लाहले तिमीलाई प्रतिफल दिनेछ । र उसले तिमीसँग तिम्रो धन माँग्दैन ।
Surah Muhammad, Verse 36


إِن يَسۡـَٔلۡكُمُوهَا فَيُحۡفِكُمۡ تَبۡخَلُواْ وَيُخۡرِجۡ أَضۡغَٰنَكُمۡ

यदि उसले तिमीसँग तिम्रो धन माँग्छ र बलपूर्वक माँग्छ भने तिमी ऊसँग कञ्जूसी गर्नेछौ, र त्यो तिम्रो छलछाम प्रकट गरिदिनेछ ।
Surah Muhammad, Verse 37


هَـٰٓأَنتُمۡ هَـٰٓؤُلَآءِ تُدۡعَوۡنَ لِتُنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ فَمِنكُم مَّن يَبۡخَلُۖ وَمَن يَبۡخَلۡ فَإِنَّمَا يَبۡخَلُ عَن نَّفۡسِهِۦۚ وَٱللَّهُ ٱلۡغَنِيُّ وَأَنتُمُ ٱلۡفُقَرَآءُۚ وَإِن تَتَوَلَّوۡاْ يَسۡتَبۡدِلۡ قَوۡمًا غَيۡرَكُمۡ ثُمَّ لَا يَكُونُوٓاْ أَمۡثَٰلَكُم

सावधान ! तिमी ती मान्छे हौ कि अल्लाहको मार्गमा खर्च गर्नका लागि बोलाइन्छौ त तिमीहरूमध्येबाट केही कञ्जूसी गर्न थाल्छन् र जसले कञ्जूस्याइँ गर्दछ उसले त वास्तवमा आफ्नो ज्यानसँग कञ्जूस्याइँ गर्दछ । अल्लाह त दाता छ तिमी भिखारी, र यदि तिमी मुख फर्काइहाल त त्यो तिम्रो सट्टा अर्को कौमलाई ल्याइदिनेछ । जो फेरि तिमी जस्ता हुँदैनन् ।
Surah Muhammad, Verse 38


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 46
>> Surah 48

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai