UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Jathiya - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


حمٓ

हा. मीम
Surah Al-Jathiya, Verse 1


تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ

यस किताबको अवतरण अल्लाहको तर्फबाट भएको हो, जो अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
Surah Al-Jathiya, Verse 2


إِنَّ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ لَأٓيَٰتٖ لِّلۡمُؤۡمِنِينَ

निःसन्देह आकाशहरू र धरतीमा ईमानवालाहरूका निम्ति धेरै निशानीहरू छन् ।
Surah Al-Jathiya, Verse 3


وَفِي خَلۡقِكُمۡ وَمَا يَبُثُّ مِن دَآبَّةٍ ءَايَٰتٞ لِّقَوۡمٖ يُوقِنُونَ

र तिम्रो संरचनामा पनि र जनावरहरूमा पनि, जसलाई त्यसैले फैलाउँछ, विश्वास गर्नेहरूको निम्ति धेरै निशानीहरू छन् ।
Surah Al-Jathiya, Verse 4


وَٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ وَمَآ أَنزَلَ ٱللَّهُ مِنَ ٱلسَّمَآءِ مِن رِّزۡقٖ فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَا وَتَصۡرِيفِ ٱلرِّيَٰحِ ءَايَٰتٞ لِّقَوۡمٖ يَعۡقِلُونَ

र रात र दिनको फेरबदलमा पनि, र त्यस रोजी (जीविका)मा पनि जसलाई अल्लाहले आकाशबाट अवतरित गरेर उसद्वारा धरतीलाई त्यसको मृत्यु भइसके पश्चात जीवित पार्दछ र वायुहरूको परिवर्तनकालमा पनि ती मानिसहरूका निम्ति धेरै निशानीहरू छन् जो बुद्धिमान छन् ।
Surah Al-Jathiya, Verse 5


تِلۡكَ ءَايَٰتُ ٱللَّهِ نَتۡلُوهَا عَلَيۡكَ بِٱلۡحَقِّۖ فَبِأَيِّ حَدِيثِۭ بَعۡدَ ٱللَّهِ وَءَايَٰتِهِۦ يُؤۡمِنُونَ

यी अल्लाहका आयतहरू हुनु, हामीले उनीहरूलाई सत्यताको साथ सुनाइराखे छौं । अब अल्लाह र त्यसका आयतहरू पश्चात अन्य कुन कुरो छ जसमा उनीहरूले विश्वास गर्नेछन् ।
Surah Al-Jathiya, Verse 6


وَيۡلٞ لِّكُلِّ أَفَّاكٍ أَثِيمٖ

प्रत्येक झूठा गुनहगारलाई ‘‘वैल’’ सत्यानाश छ
Surah Al-Jathiya, Verse 7


يَسۡمَعُ ءَايَٰتِ ٱللَّهِ تُتۡلَىٰ عَلَيۡهِ ثُمَّ يُصِرُّ مُسۡتَكۡبِرٗا كَأَن لَّمۡ يَسۡمَعۡهَاۖ فَبَشِّرۡهُ بِعَذَابٍ أَلِيمٖ

जुन अल्लाहका आयतहरूलाई सुन्दछ जुन पढेर सुनाइन्छ तर घमण्ड गरी यस्तो जिद गर्छ, मानौं तिनलाई सुनेकै छैन, त यस्ता व्यक्तिहरूलाई दुःखदिने यातनाको शुभसमाचार सुनाइदेऊ ।
Surah Al-Jathiya, Verse 8


وَإِذَا عَلِمَ مِنۡ ءَايَٰتِنَا شَيۡـًٔا ٱتَّخَذَهَا هُزُوًاۚ أُوْلَـٰٓئِكَ لَهُمۡ عَذَابٞ مُّهِينٞ

र जब हाम्रा केही आयतहरूबारे उनीहरूलाई थाहा हुन्छ, तब तिनका उपहास गर्दछन्, यस्ता व्यक्तिहरूको निम्ति अपमानजनक यातना छ ।
Surah Al-Jathiya, Verse 9


مِّن وَرَآئِهِمۡ جَهَنَّمُۖ وَلَا يُغۡنِي عَنۡهُم مَّا كَسَبُواْ شَيۡـٔٗا وَلَا مَا ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ أَوۡلِيَآءَۖ وَلَهُمۡ عَذَابٌ عَظِيمٌ

उनीहरूको पछाडि नर्क छ, र जुन काम उनीहरूले गरिरहे, उनीहरूको कुनै पनि काम आउँनेछैन, र न ती नै जसलाई उनीहरूले अल्लाह बाहेक पूज्य बनाएका थिए । र उनीहरूको निम्ति ठूलो यातना छ ।
Surah Al-Jathiya, Verse 10


هَٰذَا هُدٗىۖ وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ لَهُمۡ عَذَابٞ مِّن رِّجۡزٍ أَلِيمٌ

यो (कुरआन) सर्वथा मार्गदर्शन हो । र जुन मानिसले आफ्नो पालनकर्ताका आयतहरूलाई इन्कार गरे, उनीहरूको निम्ति अत्यन्त कष्टदायक यातना छ ।
Surah Al-Jathiya, Verse 11


۞ٱللَّهُ ٱلَّذِي سَخَّرَ لَكُمُ ٱلۡبَحۡرَ لِتَجۡرِيَ ٱلۡفُلۡكُ فِيهِ بِأَمۡرِهِۦ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ

त्यो अल्लाह नै हो जसले समुन्द्रलाई तिम्रो वशीभूत गरिदिएको छ, ताकि उसको आदेशले त्यसमा डुङ्गाहरू चलुन्, र ताकि तिमीले उसको उदार अनुग्रह खोजः र यसकारण कि तिमी कृतज्ञता देखाऊ ।
Surah Al-Jathiya, Verse 12


وَسَخَّرَ لَكُم مَّا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ جَمِيعٗا مِّنۡهُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَتَفَكَّرُونَ

जे–जाति कुरा आकाशहरूमा छन् र जे–जाति धरतीमा छन्, त्यसले ती सबैलाई आफ्नो तर्फबाट तिम्रो अधिकारमा लगाइराखेको छ । निश्चय नै यसमा ती मानिसहरूको निम्ति निशानीहरू छन्, जसले बुद्धिले काम लिन्छन् ।
Surah Al-Jathiya, Verse 13


قُل لِّلَّذِينَ ءَامَنُواْ يَغۡفِرُواْ لِلَّذِينَ لَا يَرۡجُونَ أَيَّامَ ٱللَّهِ لِيَجۡزِيَ قَوۡمَۢا بِمَا كَانُواْ يَكۡسِبُونَ

मोमिनहरूलाई भनिदेऊः कि ‘‘जुन मानिसहरूले अल्लाहको (नराम्रो) दिनको आशा गर्दैनन् उनीहरूलाई क्षमा गरिदेऊन् ताकि महान अल्लाहले उनीहरूलाई उनीहरूको आफ्नो कमाईको प्रतिफल देओस् ।’’
Surah Al-Jathiya, Verse 14


مَنۡ عَمِلَ صَٰلِحٗا فَلِنَفۡسِهِۦۖ وَمَنۡ أَسَآءَ فَعَلَيۡهَاۖ ثُمَّ إِلَىٰ رَبِّكُمۡ تُرۡجَعُونَ

जसले राम्रो कर्म गर्दछ, त्यसले आफ्नो निम्ति गर्नेछ र जसले नराम्रो कर्म गर्दछ त त्यसको हानि त्यसैले बेहोर्नु पर्नेछ, अनि तिमी आफ्नो पालनकर्तातिर फर्कनेछौ ।
Surah Al-Jathiya, Verse 15


وَلَقَدۡ ءَاتَيۡنَا بَنِيٓ إِسۡرَـٰٓءِيلَ ٱلۡكِتَٰبَ وَٱلۡحُكۡمَ وَٱلنُّبُوَّةَ وَرَزَقۡنَٰهُم مِّنَ ٱلطَّيِّبَٰتِ وَفَضَّلۡنَٰهُمۡ عَلَى ٱلۡعَٰلَمِينَ

निश्चय नै हामीले बनी इस्राईलको सन्तानलाई किताब र हुकूमत र पैगम्बरी प्रदान गरेका थियौं । उनीहरूलाई पवित्र जीविका पनि प्रदान गर्यौं र संसारमाथि उनलाई श्रेष्ठता प्रदान गर्यौं ।
Surah Al-Jathiya, Verse 16


وَءَاتَيۡنَٰهُم بَيِّنَٰتٖ مِّنَ ٱلۡأَمۡرِۖ فَمَا ٱخۡتَلَفُوٓاْ إِلَّا مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡعِلۡمُ بَغۡيَۢا بَيۡنَهُمۡۚ إِنَّ رَبَّكَ يَقۡضِي بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ

र उनीहरूलाई धर्मको बारेमा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं, अनि उनीहरूले जुन विवाद गरे, (त्यो) ज्ञान आइसके पश्चात आपसी ज्यादतीको कारणले गरे । निश्चय नै तिम्रो पालनकर्ता कियामतको दिन उनीहरूबीच ती कुराको बारेमा फैसला गरिदिनेछ, जसमा उनीहरू आपसमा विवाद गरिराखेका छन् ।
Surah Al-Jathiya, Verse 17


ثُمَّ جَعَلۡنَٰكَ عَلَىٰ شَرِيعَةٖ مِّنَ ٱلۡأَمۡرِ فَٱتَّبِعۡهَا وَلَا تَتَّبِعۡ أَهۡوَآءَ ٱلَّذِينَ لَا يَعۡلَمُونَ

अनि हामीले तिमीलाई धर्मको खुला मार्गमा स्थापित गर्यौं, तसर्थ त्यसैको अनुशरण गर र अज्ञानीहरूको इच्छाहरूको पछि पछि नलाग्नु ।
Surah Al-Jathiya, Verse 18


إِنَّهُمۡ لَن يُغۡنُواْ عَنكَ مِنَ ٱللَّهِ شَيۡـٔٗاۚ وَإِنَّ ٱلظَّـٰلِمِينَ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٖۖ وَٱللَّهُ وَلِيُّ ٱلۡمُتَّقِينَ

यिनीहरू अल्लाहको सामु तिम्रो कुनै काम आउने छैनन्, अत्याचारीहरू एक अर्काका मित्र हुन्छन् र अल्लाह परहेजगारहरूको मित्र हो ।
Surah Al-Jathiya, Verse 19


هَٰذَا بَصَـٰٓئِرُ لِلنَّاسِ وَهُدٗى وَرَحۡمَةٞ لِّقَوۡمٖ يُوقِنُونَ

यो (कुरआन) मानिसहरूको निम्ति हिक्मतको कुरा हो, जसले विश्वास गर्दछन् उनीहरूको निम्ति मार्गदर्शन र दयालुता हो ।
Surah Al-Jathiya, Verse 20


أَمۡ حَسِبَ ٱلَّذِينَ ٱجۡتَرَحُواْ ٱلسَّيِّـَٔاتِ أَن نَّجۡعَلَهُمۡ كَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ سَوَآءٗ مَّحۡيَاهُمۡ وَمَمَاتُهُمۡۚ سَآءَ مَا يَحۡكُمُونَ

जसले नराम्रो कर्म गर्दछन्, के उनीहरूले यो ठान्दछन्, कि हामीले उनीलाई ती मानिसहरू जस्तो बनाइदिन्छौं, जसले विश्वास गरे, र असल कर्म गरिरहे (र) उनीहरूको जीवन र मृत्यु एकनास हुनेछ ? यिनीहरूले जो निर्णय गर्दछन् ती सबै नराम्रा छन् ।
Surah Al-Jathiya, Verse 21


وَخَلَقَ ٱللَّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّ وَلِتُجۡزَىٰ كُلُّ نَفۡسِۭ بِمَا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ

र अल्लाहले आकाशहरू र धरतीलाई संतुलनको साथ सृष्टि गर्यौ र यसकारण, कि प्रत्येक व्यक्तिलाई उसको कमाईको प्रतिफल दिइयोस्, र उनीमाथि अत्याचार गरिने छैन ।
Surah Al-Jathiya, Verse 22


أَفَرَءَيۡتَ مَنِ ٱتَّخَذَ إِلَٰهَهُۥ هَوَىٰهُ وَأَضَلَّهُ ٱللَّهُ عَلَىٰ عِلۡمٖ وَخَتَمَ عَلَىٰ سَمۡعِهِۦ وَقَلۡبِهِۦ وَجَعَلَ عَلَىٰ بَصَرِهِۦ غِشَٰوَةٗ فَمَن يَهۡدِيهِ مِنۢ بَعۡدِ ٱللَّهِۚ أَفَلَا تَذَكَّرُونَ

के तिमीले त्यस व्यक्तिलाई पनि देख्यौ ? जसले आफ्नो हवसलाई उपास्य बनाइहाल्यो ? अल्लाहले ज्ञानको बावजूद उसलाई मार्गबिचलनमा पारिदियो, र उसका कान र हृदयमाथि ठप्पा लगाइदियो र उनीको आँखाहरूमाथि आवरण हालिदियो । अब अल्लाह पश्चात कसले उसलाई मार्गमा ल्याउन सक्छ ? के तिमीले शिक्षा ग्रहण गर्दैनौ
Surah Al-Jathiya, Verse 23


وَقَالُواْ مَا هِيَ إِلَّا حَيَاتُنَا ٱلدُّنۡيَا نَمُوتُ وَنَحۡيَا وَمَا يُهۡلِكُنَآ إِلَّا ٱلدَّهۡرُۚ وَمَا لَهُم بِذَٰلِكَ مِنۡ عِلۡمٍۖ إِنۡ هُمۡ إِلَّا يَظُنُّونَ

र उनीहरूले भन्दछन्ः कि ‘‘हाम्रो जीवन त मात्र सांसारिक जीवन नै हो । हामी मर्दछौं, जिउँदछौ र बाँच्दछौं । र हामीलाई त मात्र जमाना नै विनष्ट गर्दछ ।’’ उनीहरूको पासमा यसको कुनै ज्ञान छैन, उनीहरूले त मात्र अटकलबाजी गर्दछन् ।
Surah Al-Jathiya, Verse 24


وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ مَّا كَانَ حُجَّتَهُمۡ إِلَّآ أَن قَالُواْ ٱئۡتُواْ بِـَٔابَآئِنَآ إِن كُنتُمۡ صَٰدِقِينَ

र जब उनीहरूको सामु हाम्रा स्पष्ट आयतहरू पढिन्छन, त उनीहरूको यही हुज्जत (प्रमाण) हुन्छ कि यदि साँचो हौ भने हाम्रा बाबु बाजेलाई ल्याऊ ।
Surah Al-Jathiya, Verse 25


قُلِ ٱللَّهُ يُحۡيِيكُمۡ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يَجۡمَعُكُمۡ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ لَا رَيۡبَ فِيهِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ

भनिदेऊः कि ‘‘अल्लाहले नै तिमीलाई जीवन प्रदान गर्दछ, अनि तिमीलाई मृत्यु दिन्छ, अनि तिमीलाई कियामतको दिन, जसको आउनुमा सन्देह छैन, एकत्रित गर्नेछ, तर धेरैले जान्दैनन् ।’’
Surah Al-Jathiya, Verse 26


وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يَوۡمَئِذٖ يَخۡسَرُ ٱلۡمُبۡطِلُونَ

र आकाशहरू र धरतीको बादशाही अल्लाहकै हो । र जुन दिन कयामतको घटना घटित हुनेछ त्यसदिन असत्यवादीहरू नोक्सानीमा हुनेछन् ।
Surah Al-Jathiya, Verse 27


وَتَرَىٰ كُلَّ أُمَّةٖ جَاثِيَةٗۚ كُلُّ أُمَّةٖ تُدۡعَىٰٓ إِلَىٰ كِتَٰبِهَا ٱلۡيَوۡمَ تُجۡزَوۡنَ مَا كُنتُمۡ تَعۡمَلُونَ

तपाई हेर्नुहुनेछ कि प्रत्येक समूह घुँडा टेकिनिहुरी राखेछन् । प्रत्येक समूह आफ्नो किताबतिर बोलाइनेछन् । ‘‘आज तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जो तिमीहरू गर्दथियौ ।’’
Surah Al-Jathiya, Verse 28


هَٰذَا كِتَٰبُنَا يَنطِقُ عَلَيۡكُم بِٱلۡحَقِّۚ إِنَّا كُنَّا نَسۡتَنسِخُ مَا كُنتُمۡ تَعۡمَلُونَ

यो हाम्रो किताबले तिम्रो बारेमा सत्यलाई वर्णन गरिदिनेछ । निश्चय नै हामीले लेखाउँदै आइरहेका छौं, जुन कि तिमीले गर्ने गर्दथ्यौ ।
Surah Al-Jathiya, Verse 29


فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ فَيُدۡخِلُهُمۡ رَبُّهُمۡ فِي رَحۡمَتِهِۦۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡمُبِينُ

अतः जुन मानिसहरूले विश्वास गरे र उनीहरूले असल कर्म गरे उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुतामा प्रवेश गराउनेछ, यही नै स्पष्ट सफलता हो ।
Surah Al-Jathiya, Verse 30


وَأَمَّا ٱلَّذِينَ كَفَرُوٓاْ أَفَلَمۡ تَكُنۡ ءَايَٰتِي تُتۡلَىٰ عَلَيۡكُمۡ فَٱسۡتَكۡبَرۡتُمۡ وَكُنتُمۡ قَوۡمٗا مُّجۡرِمِينَ

र जसले कुफ्र गरे, (उनीहरूसित भनिनेछ कि) के हाम्रा आयतहरू तिमीलाई पढेर सुनाइन्नथे ? तर तिमीले घमण्ड गर्यौ र तिमीहरू अपराधी मानिसहरू नै थियौ ।
Surah Al-Jathiya, Verse 31


وَإِذَا قِيلَ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ وَٱلسَّاعَةُ لَا رَيۡبَ فِيهَا قُلۡتُم مَّا نَدۡرِي مَا ٱلسَّاعَةُ إِن نَّظُنُّ إِلَّا ظَنّٗا وَمَا نَحۡنُ بِمُسۡتَيۡقِنِينَ

र जब भनिन्थ्यो कि अल्लाहको वचन बिल्कुल्लै सत्य हो र कियामतमा कुनै सन्देह छैन, त तिमी भन्दथ्यौ कि हामीलाई थाहा छैन कि कियामत के हो ? हामीलाई त मात्र कल्पना जस्तो प्रतीत हुन्छ र हामी विश्वासै गर्दैनौं ।
Surah Al-Jathiya, Verse 32


وَبَدَا لَهُمۡ سَيِّـَٔاتُ مَا عَمِلُواْ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

(त्यस बेला) उनीहरूको कर्महरूको अवैधता जाहेर भइहाल्यो र उनीहरूले जुन कुरो गर्दथे ती कुराले उनीहरूलाई घेरिहाल्यो ।
Surah Al-Jathiya, Verse 33


وَقِيلَ ٱلۡيَوۡمَ نَنسَىٰكُمۡ كَمَا نَسِيتُمۡ لِقَآءَ يَوۡمِكُمۡ هَٰذَا وَمَأۡوَىٰكُمُ ٱلنَّارُ وَمَا لَكُم مِّن نَّـٰصِرِينَ

र भनिनेछ कि जुन प्रकार तिमीले यस दिनको अउने कुरालाई बिर्सिराखेका थियौ, त्यसै प्रकार आज हामीले पनि तिमीलाई बिर्सिदिने छौं, र तिम्रो बास्स्थान नर्क हो र कोही तिम्रो सहायक छैन् ।
Surah Al-Jathiya, Verse 34


ذَٰلِكُم بِأَنَّكُمُ ٱتَّخَذۡتُمۡ ءَايَٰتِ ٱللَّهِ هُزُوٗا وَغَرَّتۡكُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَاۚ فَٱلۡيَوۡمَ لَا يُخۡرَجُونَ مِنۡهَا وَلَا هُمۡ يُسۡتَعۡتَبُونَ

यो यस कारण हो कि तिमीले अल्लाहको आयतहरूलाई मजाक ठानेका थियौ र संसारिक जीवनले तिमीलाई भ्रममा पारेको थियो । आज यी मानिसहरू न त नर्कबाट निकालिनेछन् र न उनीहरूको प्रायश्चित स्वीकारिनेछ ।
Surah Al-Jathiya, Verse 35


فَلِلَّهِ ٱلۡحَمۡدُ رَبِّ ٱلسَّمَٰوَٰتِ وَرَبِّ ٱلۡأَرۡضِ رَبِّ ٱلۡعَٰلَمِينَ

अतः सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो आकाशहरूको पालनकर्ता र धरतीको पालनकर्ता र सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
Surah Al-Jathiya, Verse 36


وَلَهُ ٱلۡكِبۡرِيَآءُ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

आकाशहरू र धरतीमा उनकै सर्वोच्चता र महानता छ । र ऊ अधिपत्यशाली अत्यन्त तत्वदर्शी छ ।
Surah Al-Jathiya, Verse 37


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 44
>> Surah 46

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai