Surah Ad-Dukhan - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
حمٓ
हा. मीम
Surah Ad-Dukhan, Verse 1
وَٱلۡكِتَٰبِ ٱلۡمُبِينِ
र स्पष्ट किताबको कसम
Surah Ad-Dukhan, Verse 2
إِنَّآ أَنزَلۡنَٰهُ فِي لَيۡلَةٖ مُّبَٰرَكَةٍۚ إِنَّا كُنَّا مُنذِرِينَ
निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।
Surah Ad-Dukhan, Verse 3
فِيهَا يُفۡرَقُ كُلُّ أَمۡرٍ حَكِيمٍ
त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।
Surah Ad-Dukhan, Verse 4
أَمۡرٗا مِّنۡ عِندِنَآۚ إِنَّا كُنَّا مُرۡسِلِينَ
हामीकहाँबाट आदेश भएर, निःसन्देह हामीले नै पैगम्बरलाई पठाउँछौं ।
Surah Ad-Dukhan, Verse 5
رَحۡمَةٗ مِّن رَّبِّكَۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
तिम्रो पालकर्ताको दयालुता हो । निःसन्देह त्यो सबै कुरा सुन्नेवाला जान्नेवाला छ ।
Surah Ad-Dukhan, Verse 6
رَبِّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَآۖ إِن كُنتُم مُّوقِنِينَ
आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।
Surah Ad-Dukhan, Verse 7
لَآ إِلَٰهَ إِلَّا هُوَ يُحۡيِۦ وَيُمِيتُۖ رَبُّكُمۡ وَرَبُّ ءَابَآئِكُمُ ٱلۡأَوَّلِينَ
उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।
Surah Ad-Dukhan, Verse 8
بَلۡ هُمۡ فِي شَكّٖ يَلۡعَبُونَ
तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।
Surah Ad-Dukhan, Verse 9
فَٱرۡتَقِبۡ يَوۡمَ تَأۡتِي ٱلسَّمَآءُ بِدُخَانٖ مُّبِينٖ
तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।
Surah Ad-Dukhan, Verse 10
يَغۡشَى ٱلنَّاسَۖ هَٰذَا عَذَابٌ أَلِيمٞ
जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।
Surah Ad-Dukhan, Verse 11
رَّبَّنَا ٱكۡشِفۡ عَنَّا ٱلۡعَذَابَ إِنَّا مُؤۡمِنُونَ
भन्नेछन् हे पालनकर्ता ! हामीबाट यस यातनालाई टाढा राख, हामीले विश्वास गर्दछौं ।
Surah Ad-Dukhan, Verse 12
أَنَّىٰ لَهُمُ ٱلذِّكۡرَىٰ وَقَدۡ جَآءَهُمۡ رَسُولٞ مُّبِينٞ
अब उनीहरूलाई उपदेश केही लाभदायक हुनेछैन जबकि उनीहरूको पासमा पैगम्बर आइसकेका थिए जसले स्पष्टरूपले कुरा वर्णन गर्दथे ।
Surah Ad-Dukhan, Verse 13
ثُمَّ تَوَلَّوۡاْ عَنۡهُ وَقَالُواْ مُعَلَّمٞ مَّجۡنُونٌ
अनि उनीहरूले उनीबाट विमुख भइहाले र भन्नथाले कि सिकाइएको दिवाना हो ।
Surah Ad-Dukhan, Verse 14
إِنَّا كَاشِفُواْ ٱلۡعَذَابِ قَلِيلًاۚ إِنَّكُمۡ عَآئِدُونَ
हामीले यातना थोडै हटाइदिन्छौ त तिमी पुनः कुफ्र गर्नथाल्छौ ।
Surah Ad-Dukhan, Verse 15
يَوۡمَ نَبۡطِشُ ٱلۡبَطۡشَةَ ٱلۡكُبۡرَىٰٓ إِنَّا مُنتَقِمُونَ
जुनदिन हामीले ठूलो गम्भीर पकडमा लिनेछौं, त निःसन्देह प्रतिशोध लिएर नै छाड्नेछौं ।
Surah Ad-Dukhan, Verse 16
۞وَلَقَدۡ فَتَنَّا قَبۡلَهُمۡ قَوۡمَ فِرۡعَوۡنَ وَجَآءَهُمۡ رَسُولٞ كَرِيمٌ
र उनीहरूभन्दा पहिला फिरऔनको कौमको पनि परीक्षा लियौं र उनको पासमा एउटा अत्यन्त सज्जन रसूल आए ।
Surah Ad-Dukhan, Verse 17
أَنۡ أَدُّوٓاْ إِلَيَّ عِبَادَ ٱللَّهِۖ إِنِّي لَكُمۡ رَسُولٌ أَمِينٞ
यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।
Surah Ad-Dukhan, Verse 18
وَأَن لَّا تَعۡلُواْ عَلَى ٱللَّهِۖ إِنِّيٓ ءَاتِيكُم بِسُلۡطَٰنٖ مُّبِينٖ
र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।
Surah Ad-Dukhan, Verse 19
وَإِنِّي عُذۡتُ بِرَبِّي وَرَبِّكُمۡ أَن تَرۡجُمُونِ
र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।
Surah Ad-Dukhan, Verse 20
وَإِن لَّمۡ تُؤۡمِنُواْ لِي فَٱعۡتَزِلُونِ
र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।
Surah Ad-Dukhan, Verse 21
فَدَعَا رَبَّهُۥٓ أَنَّ هَـٰٓؤُلَآءِ قَوۡمٞ مُّجۡرِمُونَ
तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।
Surah Ad-Dukhan, Verse 22
فَأَسۡرِ بِعِبَادِي لَيۡلًا إِنَّكُم مُّتَّبَعُونَ
(आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।
Surah Ad-Dukhan, Verse 23
وَٱتۡرُكِ ٱلۡبَحۡرَ رَهۡوًاۖ إِنَّهُمۡ جُندٞ مُّغۡرَقُونَ
र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।
Surah Ad-Dukhan, Verse 24
كَمۡ تَرَكُواْ مِن جَنَّـٰتٖ وَعُيُونٖ
उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।
Surah Ad-Dukhan, Verse 25
وَزُرُوعٖ وَمَقَامٖ كَرِيمٖ
र खेतीहरू र राम्रा घरहरू
Surah Ad-Dukhan, Verse 26
وَنَعۡمَةٖ كَانُواْ فِيهَا فَٰكِهِينَ
र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।
Surah Ad-Dukhan, Verse 27
كَذَٰلِكَۖ وَأَوۡرَثۡنَٰهَا قَوۡمًا ءَاخَرِينَ
यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।
Surah Ad-Dukhan, Verse 28
فَمَا بَكَتۡ عَلَيۡهِمُ ٱلسَّمَآءُ وَٱلۡأَرۡضُ وَمَا كَانُواْ مُنظَرِينَ
अनि न त आकाश र धरतीले उनीहरूको निम्ति विलाप गरे र न त उनीहरूलाई छुटकारा नै प्राप्त भयो ।
Surah Ad-Dukhan, Verse 29
وَلَقَدۡ نَجَّيۡنَا بَنِيٓ إِسۡرَـٰٓءِيلَ مِنَ ٱلۡعَذَابِ ٱلۡمُهِينِ
र हामीले इस्राईलको सन्तानलाई अपमानजनक यातनाबाट छुटकारा दिलायौं ।
Surah Ad-Dukhan, Verse 30
مِن فِرۡعَوۡنَۚ إِنَّهُۥ كَانَ عَالِيٗا مِّنَ ٱلۡمُسۡرِفِينَ
जो फिरऔनबाट थियो । निःसन्देह त्यो अटेरी (र) सीमाभन्दा अगाडि गइसकेको थियो ।
Surah Ad-Dukhan, Verse 31
وَلَقَدِ ٱخۡتَرۡنَٰهُمۡ عَلَىٰ عِلۡمٍ عَلَى ٱلۡعَٰلَمِينَ
र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।
Surah Ad-Dukhan, Verse 32
وَءَاتَيۡنَٰهُم مِّنَ ٱلۡأٓيَٰتِ مَا فِيهِ بَلَـٰٓؤٞاْ مُّبِينٌ
र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।
Surah Ad-Dukhan, Verse 33
إِنَّ هَـٰٓؤُلَآءِ لَيَقُولُونَ
यिनीहरूले यो नै भन्छन्
Surah Ad-Dukhan, Verse 34
إِنۡ هِيَ إِلَّا مَوۡتَتُنَا ٱلۡأُولَىٰ وَمَا نَحۡنُ بِمُنشَرِينَ
कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।
Surah Ad-Dukhan, Verse 35
فَأۡتُواْ بِـَٔابَآئِنَآ إِن كُنتُمۡ صَٰدِقِينَ
यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।
Surah Ad-Dukhan, Verse 36
أَهُمۡ خَيۡرٌ أَمۡ قَوۡمُ تُبَّعٖ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡ أَهۡلَكۡنَٰهُمۡۚ إِنَّهُمۡ كَانُواْ مُجۡرِمِينَ
के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।
Surah Ad-Dukhan, Verse 37
وَمَا خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا لَٰعِبِينَ
हामीले आकाशहरू र धरतीलाई र जे–जाति उनीहरूको बीचमा छ, तिनलाई खेलमा बनाएको होइनौं ।
Surah Ad-Dukhan, Verse 38
مَا خَلَقۡنَٰهُمَآ إِلَّا بِٱلۡحَقِّ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ
बरु हामीले उनीहरूलाई सत्यताको साथ सृष्टि गर्यौं किन्तु उनीहरूमा अधिकतरले जान्दैनन् ।
Surah Ad-Dukhan, Verse 39
إِنَّ يَوۡمَ ٱلۡفَصۡلِ مِيقَٰتُهُمۡ أَجۡمَعِينَ
निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।
Surah Ad-Dukhan, Verse 40
يَوۡمَ لَا يُغۡنِي مَوۡلًى عَن مَّوۡلٗى شَيۡـٔٗا وَلَا هُمۡ يُنصَرُونَ
जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।
Surah Ad-Dukhan, Verse 41
إِلَّا مَن رَّحِمَ ٱللَّهُۚ إِنَّهُۥ هُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ
किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।
Surah Ad-Dukhan, Verse 42
إِنَّ شَجَرَتَ ٱلزَّقُّومِ
निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष
Surah Ad-Dukhan, Verse 43
طَعَامُ ٱلۡأَثِيمِ
गुनेहगारहरूको भोजन हुनेछ
Surah Ad-Dukhan, Verse 44
كَٱلۡمُهۡلِ يَغۡلِي فِي ٱلۡبُطُونِ
पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।
Surah Ad-Dukhan, Verse 45
كَغَلۡيِ ٱلۡحَمِيمِ
जस्तो कि पानी उम्लिन्छ ।
Surah Ad-Dukhan, Verse 46
خُذُوهُ فَٱعۡتِلُوهُ إِلَىٰ سَوَآءِ ٱلۡجَحِيمِ
यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।
Surah Ad-Dukhan, Verse 47
ثُمَّ صُبُّواْ فَوۡقَ رَأۡسِهِۦ مِنۡ عَذَابِ ٱلۡحَمِيمِ
अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।
Surah Ad-Dukhan, Verse 48
ذُقۡ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡكَرِيمُ
स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।
Surah Ad-Dukhan, Verse 49
إِنَّ هَٰذَا مَا كُنتُم بِهِۦ تَمۡتَرُونَ
यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।
Surah Ad-Dukhan, Verse 50
إِنَّ ٱلۡمُتَّقِينَ فِي مَقَامٍ أَمِينٖ
निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।
Surah Ad-Dukhan, Verse 51
فِي جَنَّـٰتٖ وَعُيُونٖ
बगैचाहरू र श्रोतहरूमा
Surah Ad-Dukhan, Verse 52
يَلۡبَسُونَ مِن سُندُسٖ وَإِسۡتَبۡرَقٖ مُّتَقَٰبِلِينَ
रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।
Surah Ad-Dukhan, Verse 53
كَذَٰلِكَ وَزَوَّجۡنَٰهُم بِحُورٍ عِينٖ
यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।
Surah Ad-Dukhan, Verse 54
يَدۡعُونَ فِيهَا بِكُلِّ فَٰكِهَةٍ ءَامِنِينَ
त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।
Surah Ad-Dukhan, Verse 55
لَا يَذُوقُونَ فِيهَا ٱلۡمَوۡتَ إِلَّا ٱلۡمَوۡتَةَ ٱلۡأُولَىٰۖ وَوَقَىٰهُمۡ عَذَابَ ٱلۡجَحِيمِ
त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो ।
Surah Ad-Dukhan, Verse 56
فَضۡلٗا مِّن رَّبِّكَۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।
Surah Ad-Dukhan, Verse 57
فَإِنَّمَا يَسَّرۡنَٰهُ بِلِسَانِكَ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ
हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।
Surah Ad-Dukhan, Verse 58
فَٱرۡتَقِبۡ إِنَّهُم مُّرۡتَقِبُونَ
अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।
Surah Ad-Dukhan, Verse 59