Surah Al-Maeda Verse 17 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Maedaلَّقَدۡ كَفَرَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ هُوَ ٱلۡمَسِيحُ ٱبۡنُ مَرۡيَمَۚ قُلۡ فَمَن يَمۡلِكُ مِنَ ٱللَّهِ شَيۡـًٔا إِنۡ أَرَادَ أَن يُهۡلِكَ ٱلۡمَسِيحَ ٱبۡنَ مَرۡيَمَ وَأُمَّهُۥ وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعٗاۗ وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَاۚ يَخۡلُقُ مَا يَشَآءُۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
जति मानिसहरूले यो भन्दछन् कि अल्लाह नै ईसा बिन मरियम हुन् । तिनीहरू निःसन्देह काफिर हुन् । तपाईले भनिदिनुस् कि यदि अल्लाह, ईसा बिन मरियम र उनको आमा र पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्न चाहन्छ भने, उसको अगाडि कसको के लाग्न सक्छ ? र आकाश धरती र जे जति दुवैको बीचमा छन्, सबै अल्लाहकै हुन् । उसले जे चाहन्छ सृष्टि गर्दछ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।