Surah Al-Maeda Verse 18 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Maedaوَقَالَتِ ٱلۡيَهُودُ وَٱلنَّصَٰرَىٰ نَحۡنُ أَبۡنَـٰٓؤُاْ ٱللَّهِ وَأَحِبَّـٰٓؤُهُۥۚ قُلۡ فَلِمَ يُعَذِّبُكُم بِذُنُوبِكُمۖ بَلۡ أَنتُم بَشَرٞ مِّمَّنۡ خَلَقَۚ يَغۡفِرُ لِمَن يَشَآءُ وَيُعَذِّبُ مَن يَشَآءُۚ وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَاۖ وَإِلَيۡهِ ٱلۡمَصِيرُ
यहूदी र ईसाई भन्दछन् कि हामी अल्लाहका छोराहरू र उसका प्रिय हौं । तपाईले भनिदिनुस् कि त्यसो भए त्यसले तिमीहरूलाई तिमीहरूको अपराधको लागि सजाय किन दिन्छ ? (त्यो होइन), बरु तिमीहरू पनि अन्य सृष्टि गरिएका मनिसहरू जस्तै हौ । उसैले जसलाई चाहन्छ क्षमा प्रदान गर्छ र जसलाई चाहन्छ सजाय दिन्छ । आकाशहरू र पृथ्वी र जे जति तिनको बीचमा छन्, सबै अल्लाह कै सम्पत्ति हुन् र (सबैलाई) उसैछेउ फर्केर जानु छ ।