Surah Al-Anaam Verse 157 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamأَوۡ تَقُولُواْ لَوۡ أَنَّآ أُنزِلَ عَلَيۡنَا ٱلۡكِتَٰبُ لَكُنَّآ أَهۡدَىٰ مِنۡهُمۡۚ فَقَدۡ جَآءَكُم بَيِّنَةٞ مِّن رَّبِّكُمۡ وَهُدٗى وَرَحۡمَةٞۚ فَمَنۡ أَظۡلَمُ مِمَّن كَذَّبَ بِـَٔايَٰتِ ٱللَّهِ وَصَدَفَ عَنۡهَاۗ سَنَجۡزِي ٱلَّذِينَ يَصۡدِفُونَ عَنۡ ءَايَٰتِنَا سُوٓءَ ٱلۡعَذَابِ بِمَا كَانُواْ يَصۡدِفُونَ
वा यो नभन कि यदि हामीमाथि पनि किताब उतारिएको भए हामी तिनीहरूको दाँजो अझ सही बाटोमा हुने थियौं । तसर्थ तिम्रो समीपमा तिम्रो पालनकर्ताको तर्फबाट स्पष्ट, मार्गदर्शनको माध्यम र वरदान आइसकेको छ । अब त्योभन्दा ठूलो अत्याचारी को होला, जसले अल्लाहको आयतहरूलाई गलत भन्दछ र त्यसबाट अरुलाई विमुख गर्दछ । जसले हाम्रो आयतहरूबाट विमुख गर्दैछन् (त्यस विमुखताको कारण) छिटै हामीले तिनलाई कडाभन्दा कडा सजाय दिने नै छौं ।