Surah Al-Anaam Verse 158 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamهَلۡ يَنظُرُونَ إِلَّآ أَن تَأۡتِيَهُمُ ٱلۡمَلَـٰٓئِكَةُ أَوۡ يَأۡتِيَ رَبُّكَ أَوۡ يَأۡتِيَ بَعۡضُ ءَايَٰتِ رَبِّكَۗ يَوۡمَ يَأۡتِي بَعۡضُ ءَايَٰتِ رَبِّكَ لَا يَنفَعُ نَفۡسًا إِيمَٰنُهَا لَمۡ تَكُنۡ ءَامَنَتۡ مِن قَبۡلُ أَوۡ كَسَبَتۡ فِيٓ إِيمَٰنِهَا خَيۡرٗاۗ قُلِ ٱنتَظِرُوٓاْ إِنَّا مُنتَظِرُونَ
के यिनीहरू यस कुराको मात्र प्रतिक्षा गरिराखेका छन् कि, तिनीहरू छेउ स्वर्गदूतहरू (फरिश्ता) आउन् वा स्वयम् तिम्रो पालनकर्ता नै आउन्, वा तिम्रो पालनकर्ताको कुनै ठूलो निशानी आओस् ? जुन दिन तिम्रो पालनकर्ताबाट कुनै विशिष्ट निशानी आउनेछ (त्यतीखेर) जसले पहिलादेखि आस्था राख्दैन उसको लागि कुनै फाइदा हुनेछैन, वा उसले आफ्नो ईमानको अवस्थामा कुनै असल कर्म गरेकै छैन । हे पैगम्बर ! तिनीहरूसित भनिदिनुस् कि तिमीहरूले प्रतिक्षा गर, हामीले पनि प्रतिक्षा गर्दछौं ।