Surah At-Taghabun - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
يُسَبِّحُ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ لَهُ ٱلۡمُلۡكُ وَلَهُ ٱلۡحَمۡدُۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
(त्यो प्रत्येक कुरो) जुन आकाशमा छन् र धरतीमा छन्, अल्लाहकै पवित्रताको वर्णन गर्दछन् । उसैको सत्ता छ र प्रशंसा पनि, र ऊ हरेक कुरामाथि सामर्थवान छ
Surah At-Taghabun, Verse 1
هُوَ ٱلَّذِي خَلَقَكُمۡ فَمِنكُمۡ كَافِرٞ وَمِنكُم مُّؤۡمِنٞۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٌ
उसैले तिमीलाई सृष्टि गर्यो, अनि तिमीमध्ये केही इन्कार गर्नेवाला छन् र केही ईमानवाला छन् र तिमीले जे गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।
Surah At-Taghabun, Verse 2
خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّ وَصَوَّرَكُمۡ فَأَحۡسَنَ صُوَرَكُمۡۖ وَإِلَيۡهِ ٱلۡمَصِيرُ
उसैले आकाशहरू र धरतीलाई इन्साफ र कारीगरीको साथ सृष्टि गकेही र तिम्रो रूप बनायो, र राम्रो बनायो र उसैतिर अन्ततः जानुछ ।
Surah At-Taghabun, Verse 3
يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَيَعۡلَمُ مَا تُسِرُّونَ وَمَا تُعۡلِنُونَۚ وَٱللَّهُ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ
जे–जति आकाशहरूमा र जमिनमा छन् उसले सबै जान्दछ । र जे–जति तिमीले लुकाउँछौ र खुल्ला गर्दछौ, सबै जान्दछ । र अल्लाह त छातीभित्रको कुरा पनि जान्दछ ।
Surah At-Taghabun, Verse 4
أَلَمۡ يَأۡتِكُمۡ نَبَؤُاْ ٱلَّذِينَ كَفَرُواْ مِن قَبۡلُ فَذَاقُواْ وَبَالَ أَمۡرِهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
के तिमीलाई यसभन्दा पहिलाका काफिरहरूको समाचार पुगेन ? जो आफ्ना कर्महरूको स्वाद चाखिसके र जसको लागि कठोर यातना छ ।
Surah At-Taghabun, Verse 5
ذَٰلِكَ بِأَنَّهُۥ كَانَت تَّأۡتِيهِمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَقَالُوٓاْ أَبَشَرٞ يَهۡدُونَنَا فَكَفَرُواْ وَتَوَلَّواْۖ وَّٱسۡتَغۡنَى ٱللَّهُۚ وَٱللَّهُ غَنِيٌّ حَمِيدٞ
यो यसकारण कि उनीहरूको नजिकमा संदेष्टाहरूले खुल्ला निशानीहरू लिएर आए, तब तिनीहरूले भन्दथे कि के मनुष्य हाम्रो पथप्रदर्शन गर्नेछ ? तसर्थ मानेनन् र विमुख भइहाले, तब अल्लाहले पनि उनीहरूबाट बेपर्वाह भइहाल्यो र अल्लाह निस्पृह (र) सर्वगुण सम्पन्न छ ।
Surah At-Taghabun, Verse 6
زَعَمَ ٱلَّذِينَ كَفَرُوٓاْ أَن لَّن يُبۡعَثُواْۚ قُلۡ بَلَىٰ وَرَبِّي لَتُبۡعَثُنَّ ثُمَّ لَتُنَبَّؤُنَّ بِمَا عَمِلۡتُمۡۚ وَذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ
ती काफिरहरूले सोचे कि उनीहरू पुनः जीवित गरिने छैनन् । तपाई भनिदिनुस् कि हो, मेरो पालनकर्ताको कसम ! तिमी अवश्य नै उठाइने छौ, अनि जुन काम तिमीले गर्दै आएका छौ, तिमीलाई बताइने छ र यो अल्लाहको लागि अत्यन्त सरल छ ।
Surah At-Taghabun, Verse 7
فَـَٔامِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَٱلنُّورِ ٱلَّذِيٓ أَنزَلۡنَاۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
तसर्थ तिमीले अल्लाह र उसको रसूलमाथि र त्यस प्रकाशमाथि जुन हामीले अवतरित गरेका छौं ईमान ल्याऊ, र अल्लाह तिम्रो सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।
Surah At-Taghabun, Verse 8
يَوۡمَ يَجۡمَعُكُمۡ لِيَوۡمِ ٱلۡجَمۡعِۖ ذَٰلِكَ يَوۡمُ ٱلتَّغَابُنِۗ وَمَن يُؤۡمِنۢ بِٱللَّهِ وَيَعۡمَلۡ صَٰلِحٗا يُكَفِّرۡ عَنۡهُ سَيِّـَٔاتِهِۦ وَيُدۡخِلۡهُ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
जुन दिन उसले तिमी सबैलाई एकत्रित हुने दिन एकत्रित गर्नेछ, त्यो हार र जीतको दिन हुनेछ र जसले अल्लाहमाथि ईमान ल्याए र असल कर्म गरे, उसले उनीबाट उनका नराम्रा कुराहरू हटाइदिनेछ र उनलाई स्वर्गको बागहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रविष्ट गराउनेछ, तिनीहरू सधैं त्यसमा रहनेछन् । यो ठूलो सफलता हो ।
Surah At-Taghabun, Verse 9
وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِ خَٰلِدِينَ فِيهَاۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई झूठा भने, ती नै नर्कवाला हुन् सधैं त्यसैमा रहनेछन् र त्यो नराम्रो ठाउँ हो ।
Surah At-Taghabun, Verse 10
مَآ أَصَابَ مِن مُّصِيبَةٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۗ وَمَن يُؤۡمِنۢ بِٱللَّهِ يَهۡدِ قَلۡبَهُۥۚ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
अल्लाहको आज्ञा बिना कुनै पनि संकट आउँदैन । जसले अल्लाहमाथि ईमान ल्याए अल्लाहले उनको हृदयलाई सही मार्ग देखाउँछ र अल्लाह प्रत्येक कुरा राम्ररी जान्दछ ।
Surah At-Taghabun, Verse 11
وَأَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَۚ فَإِن تَوَلَّيۡتُمۡ فَإِنَّمَا عَلَىٰ رَسُولِنَا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ
(मानिसहरू हो !) अल्लाहको आज्ञाको पालन गर र रसूलको आज्ञापालन गर । यदि तिमीले मुख फर्कायौ भने हाम्रो पैगम्बरको जिम्मामा त मात्र सन्देशलाई स्पष्टरूपमा पुर्याइदिनु हो ।
Surah At-Taghabun, Verse 12
ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ
अल्लाह बाहेक कोही वास्तविक पूजनीय छैन र मोमिनहरूले अल्लाहमै भरोसा राख्नुपर्दछ ।
Surah At-Taghabun, Verse 13
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ مِنۡ أَزۡوَٰجِكُمۡ وَأَوۡلَٰدِكُمۡ عَدُوّٗا لَّكُمۡ فَٱحۡذَرُوهُمۡۚ وَإِن تَعۡفُواْ وَتَصۡفَحُواْ وَتَغۡفِرُواْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ
हे मोमिनहरू ! तिम्रा स्त्रीहरू र सन्तानहरूमध्ये केही तिम्रा शत्रु पनि छन्, उनीहरूबाट सावधान रहनु र यदि तिमीले माफ गरिदिन्छौ र पन्छिहाल्छौ र क्षमा गरिदिन्छौ भने निश्चय नै अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।
Surah At-Taghabun, Verse 14
إِنَّمَآ أَمۡوَٰلُكُمۡ وَأَوۡلَٰدُكُمۡ فِتۡنَةٞۚ وَٱللَّهُ عِندَهُۥٓ أَجۡرٌ عَظِيمٞ
तिम्रा माल सम्पत्ति र सन्तान त तिम्रो लागि परीक्षा हुन् र अल्लाहकहाँ ठूलो प्रतिफल छ ।
Surah At-Taghabun, Verse 15
فَٱتَّقُواْ ٱللَّهَ مَا ٱسۡتَطَعۡتُمۡ وَٱسۡمَعُواْ وَأَطِيعُواْ وَأَنفِقُواْ خَيۡرٗا لِّأَنفُسِكُمۡۗ وَمَن يُوقَ شُحَّ نَفۡسِهِۦ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
तसर्थ जहाँसम्म तिमीबाट हुनसक्छ, अल्लाहसित डर मान्ने गर र उसका आदेशहरूलाई सुन्दै र पालना गर्दै जाऊ । र उसको मार्गमा खर्च गर्नेगर, (यो) तिम्रो हकमा राम्रो छ । र जो आफ्नो मनको लोभ र कञ्जूसीबाट सुरक्षित रह्यो त उही नै सफल भयो ।
Surah At-Taghabun, Verse 16
إِن تُقۡرِضُواْ ٱللَّهَ قَرۡضًا حَسَنٗا يُضَٰعِفۡهُ لَكُمۡ وَيَغۡفِرۡ لَكُمۡۚ وَٱللَّهُ شَكُورٌ حَلِيمٌ
यदि तिमीले अल्लाहलाई राम्रो ऋण दिन्छौ भने उसले त्यसलाई तिम्रो निम्ति कैयौं गुणा वृद्धि गरिदिनेछ । र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो गुणग्राहक र सहनशील छ ।
Surah At-Taghabun, Verse 17
عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
ऊ परोक्ष र प्रत्यक्षलाई जान्दछ, अधिपत्यशाली तत्वदर्शी छ ।
Surah At-Taghabun, Verse 18