Surah Al-Zalzala - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا
जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
Surah Al-Zalzala, Verse 1
وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا
र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
Surah Al-Zalzala, Verse 2
وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا
मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ
Surah Al-Zalzala, Verse 3
يَوۡمَئِذٖ تُحَدِّثُ أَخۡبَارَهَا
त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
Surah Al-Zalzala, Verse 4
بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا
यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
Surah Al-Zalzala, Verse 5
يَوۡمَئِذٖ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتٗا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ
त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
Surah Al-Zalzala, Verse 6
فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرٗا يَرَهُۥ
अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
Surah Al-Zalzala, Verse 7
وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٖ شَرّٗا يَرَهُۥ
र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
Surah Al-Zalzala, Verse 8