Surah Al-Adiyat - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلۡعَٰدِيَٰتِ ضَبۡحٗا
ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
Surah Al-Adiyat, Verse 1
فَٱلۡمُورِيَٰتِ قَدۡحٗا
अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
Surah Al-Adiyat, Verse 2
فَٱلۡمُغِيرَٰتِ صُبۡحٗا
अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
Surah Al-Adiyat, Verse 3
فَأَثَرۡنَ بِهِۦ نَقۡعٗا
अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
Surah Al-Adiyat, Verse 4
فَوَسَطۡنَ بِهِۦ جَمۡعًا
अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
Surah Al-Adiyat, Verse 5
إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٞ
निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
Surah Al-Adiyat, Verse 6
وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٞ
र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
Surah Al-Adiyat, Verse 7
وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ
त्यो धनको मोहमा बडो दृढ छ ।
Surah Al-Adiyat, Verse 8
۞أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ
के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
Surah Al-Adiyat, Verse 9
وَحُصِّلَ مَا فِي ٱلصُّدُورِ
र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
Surah Al-Adiyat, Verse 10
إِنَّ رَبَّهُم بِهِمۡ يَوۡمَئِذٖ لَّخَبِيرُۢ
निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।
Surah Al-Adiyat, Verse 11