Surah Al-Qaria - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
ٱلۡقَارِعَةُ
(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
Surah Al-Qaria, Verse 1
مَا ٱلۡقَارِعَةُ
खडखडाउने के हो
Surah Al-Qaria, Verse 2
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡقَارِعَةُ
र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
Surah Al-Qaria, Verse 3
يَوۡمَ يَكُونُ ٱلنَّاسُ كَٱلۡفَرَاشِ ٱلۡمَبۡثُوثِ
जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
Surah Al-Qaria, Verse 4
وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ ٱلۡمَنفُوشِ
र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
Surah Al-Qaria, Verse 5
فَأَمَّا مَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ
फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
Surah Al-Qaria, Verse 6
فَهُوَ فِي عِيشَةٖ رَّاضِيَةٖ
ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
Surah Al-Qaria, Verse 7
وَأَمَّا مَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ
र जसको वजन हलका हुनेछन्
Surah Al-Qaria, Verse 8
فَأُمُّهُۥ هَاوِيَةٞ
उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
Surah Al-Qaria, Verse 9
وَمَآ أَدۡرَىٰكَ مَا هِيَهۡ
र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो
Surah Al-Qaria, Verse 10
نَارٌ حَامِيَةُۢ
(त्यो) प्रज्वलित आगो हो ।
Surah Al-Qaria, Verse 11