Surah Al-Maun - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
أَرَءَيۡتَ ٱلَّذِي يُكَذِّبُ بِٱلدِّينِ
तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।
Surah Al-Maun, Verse 1
فَذَٰلِكَ ٱلَّذِي يَدُعُّ ٱلۡيَتِيمَ
उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
Surah Al-Maun, Verse 2
وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ
र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
Surah Al-Maun, Verse 3
فَوَيۡلٞ لِّلۡمُصَلِّينَ
अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
Surah Al-Maun, Verse 4
ٱلَّذِينَ هُمۡ عَن صَلَاتِهِمۡ سَاهُونَ
जो आफ्नो नमाजप्रति असावधान छन् ।
Surah Al-Maun, Verse 5
ٱلَّذِينَ هُمۡ يُرَآءُونَ
जसले आडम्बरका काम गर्दछन् ।
Surah Al-Maun, Verse 6
وَيَمۡنَعُونَ ٱلۡمَاعُونَ
र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।
Surah Al-Maun, Verse 7