UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Hijr - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


الٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ وَقُرۡءَانٖ مُّبِينٖ

अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।
Surah Al-Hijr, Verse 1


رُّبَمَا يَوَدُّ ٱلَّذِينَ كَفَرُواْ لَوۡ كَانُواْ مُسۡلِمِينَ

त्यो बेला पनि आउनेछ जब कि काफिर आफ्नो मुसलमान हुने इच्छा प्रकट गर्नेछन् ।
Surah Al-Hijr, Verse 2


ذَرۡهُمۡ يَأۡكُلُواْ وَيَتَمَتَّعُواْ وَيُلۡهِهِمُ ٱلۡأَمَلُۖ فَسَوۡفَ يَعۡلَمُونَ

(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) तपाईले तिनीहरूलाई तिनीकै अवस्थामा रहन दिनुस् ताकि तिनीहरूले उपभोग गरुन र आनन्द लिउन र (झूठो) आशाले उनीहरूलाई (संसारमा) अल्मलाई राखोस् । शीघ्रनै तिनीहरूलाई थाहा भइहाल्नेछ ।
Surah Al-Hijr, Verse 3


وَمَآ أَهۡلَكۡنَا مِن قَرۡيَةٍ إِلَّا وَلَهَا كِتَابٞ مَّعۡلُومٞ

कुनै बस्तीलाई हामीले नष्ट पारेनौं परन्तु त्यसको समय निर्धारित र निश्चित थिए ।
Surah Al-Hijr, Verse 4


مَّا تَسۡبِقُ مِنۡ أُمَّةٍ أَجَلَهَا وَمَا يَسۡتَـٔۡخِرُونَ

कुनै समूह आफ्नो निर्धारित समयभन्दा न आगडि बढ्न सक्छ न पछाडि रहन सक्छ ।
Surah Al-Hijr, Verse 5


وَقَالُواْ يَـٰٓأَيُّهَا ٱلَّذِي نُزِّلَ عَلَيۡهِ ٱلذِّكۡرُ إِنَّكَ لَمَجۡنُونٞ

उनीहरूले ‘‘भनेः ‘‘कि हे त्यो मानिस ! जसमाथि कुरआन उतारिएको छ निःसन्देह तिमी त दिवाना हौ ।’’
Surah Al-Hijr, Verse 6


لَّوۡمَا تَأۡتِينَا بِٱلۡمَلَـٰٓئِكَةِ إِن كُنتَ مِنَ ٱلصَّـٰدِقِينَ

यदि तिमी साँचो छौ भने ‘‘हाम्रो नजिक फरिश्ताहरूलाई किन ल्याउँदैनौ ?’’
Surah Al-Hijr, Verse 7


مَا نُنَزِّلُ ٱلۡمَلَـٰٓئِكَةَ إِلَّا بِٱلۡحَقِّ وَمَا كَانُوٓاْ إِذٗا مُّنظَرِينَ

(भनिदिनुस्) हामीले फरिश्ताहरूलाई सत्यको साथमै पठाउँदछौं र त्यतिखेर तिनीहरूलाई फुर्सद दिइएको हुँदैन ।
Surah Al-Hijr, Verse 8


إِنَّا نَحۡنُ نَزَّلۡنَا ٱلذِّكۡرَ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ

(निःसन्देह) हामीले नै कुरआनलाई उतारेका छौं र हामीनै यसको संरक्षक हौं ।
Surah Al-Hijr, Verse 9


وَلَقَدۡ أَرۡسَلۡنَا مِن قَبۡلِكَ فِي شِيَعِ ٱلۡأَوَّلِينَ

हामीले तपाईभन्दा पहिलाका विभिन्न सम्प्रदायहरूमा रसूलहरू पठाएका थियौं ।
Surah Al-Hijr, Verse 10


وَمَا يَأۡتِيهِم مِّن رَّسُولٍ إِلَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

र तिनीहरू समीप जुन रसूल पनि आउँथ्यो तिनीहरूले उसको उपहास गर्ने गर्दथे ।
Surah Al-Hijr, Verse 11


كَذَٰلِكَ نَسۡلُكُهُۥ فِي قُلُوبِ ٱلۡمُجۡرِمِينَ

यसैप्रकार हामीले त्यस (उपहास) लाई अपराधीहरूको हृदयहरूमा प्रवेश गराइदिन्छौं ।
Surah Al-Hijr, Verse 12


لَا يُؤۡمِنُونَ بِهِۦ وَقَدۡ خَلَتۡ سُنَّةُ ٱلۡأَوَّلِينَ

(तसर्थ) तिनीहरूले यसमाथि ईमान ल्याउँदैनन्, र तिनीहरूभन्दा अघिका मानिसहरूको तरिका बितिसकेको (तरिका) हो ।
Surah Al-Hijr, Verse 13


وَلَوۡ فَتَحۡنَا عَلَيۡهِم بَابٗا مِّنَ ٱلسَّمَآءِ فَظَلُّواْ فِيهِ يَعۡرُجُونَ

र यदि हामीले तिनीहरूका लागि आकशहरूको ढोका खोलिदेऔं र तिनीहरू त्यहाँ उक्लिन पनि थालुन् ।
Surah Al-Hijr, Verse 14


لَقَالُوٓاْ إِنَّمَا سُكِّرَتۡ أَبۡصَٰرُنَا بَلۡ نَحۡنُ قَوۡمٞ مَّسۡحُورُونَ

तैपनि यही भन्नेछन्ः ‘‘कि हाम्रा आँखाहरूलाई मात लागेको छ, बरु हामीमाथि जादू गरिदिइएको छ ।’’
Surah Al-Hijr, Verse 15


وَلَقَدۡ جَعَلۡنَا فِي ٱلسَّمَآءِ بُرُوجٗا وَزَيَّنَّـٰهَا لِلنَّـٰظِرِينَ

निःसन्देह हामीले नै आकाशहरूमा सौर्यमण्डल बनाएका छौं र दर्शकहरूको निम्ति सिंगारेका छौं ।
Surah Al-Hijr, Verse 16


وَحَفِظۡنَٰهَا مِن كُلِّ شَيۡطَٰنٖ رَّجِيمٍ

र यसलाई प्रत्येक तिरस्कृत शैतानबाट सुरक्षित गरेका छौं ।
Surah Al-Hijr, Verse 17


إِلَّا مَنِ ٱسۡتَرَقَ ٱلسَّمۡعَ فَأَتۡبَعَهُۥ شِهَابٞ مُّبِينٞ

तर हो यदि कुनै (शैतानले) लुकिछिपी सुन्न चाहन्छ भने उसको पछाडी प्रज्वलित लाग्दछ ।
Surah Al-Hijr, Verse 18


وَٱلۡأَرۡضَ مَدَدۡنَٰهَا وَأَلۡقَيۡنَا فِيهَا رَوَٰسِيَ وَأَنۢبَتۡنَا فِيهَا مِن كُلِّ شَيۡءٖ مَّوۡزُونٖ

र पृथ्वीलाई पनि हामीले नै विस्तारित गरेका हौं, र त्यसमाथि अटल पहाड़हरू अवस्थित गर्यौं, र त्यसमा विभिन्न प्रकारका चीजहरू सन्तुलित रूपमा उत्पन्न गर्यौं ।
Surah Al-Hijr, Verse 19


وَجَعَلۡنَا لَكُمۡ فِيهَا مَعَٰيِشَ وَمَن لَّسۡتُمۡ لَهُۥ بِرَٰزِقِينَ

र यसैमा हामीले तिम्रो निम्ति र तिनीहरूको लागि, जसलाई तिमीले जीविका दिदैंनौं, त्यसमा जीविकाका साधनहरू जुटायौं ।
Surah Al-Hijr, Verse 20


وَإِن مِّن شَيۡءٍ إِلَّا عِندَنَا خَزَآئِنُهُۥ وَمَا نُنَزِّلُهُۥٓ إِلَّا بِقَدَرٖ مَّعۡلُومٖ

र हामीकहाँ हरेक कुराका खजाना छन् र हामीले तिनलाई निर्धारित मात्रामा पठाउँछौं ।
Surah Al-Hijr, Verse 21


وَأَرۡسَلۡنَا ٱلرِّيَٰحَ لَوَٰقِحَ فَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَسۡقَيۡنَٰكُمُوهُ وَمَآ أَنتُمۡ لَهُۥ بِخَٰزِنِينَ

र हामीले नै भारी हावाहरूमा गति उत्पन्न गराउँछौ र हामीले नै आकाशहरूबाट पानी बर्साउँछौ र हामीले नै तिमीहरूलाई त्यसको पानी पिलाउँछौं, र तिमी त त्यसको भण्डार गर्ने पनि होइनौं ।
Surah Al-Hijr, Verse 22


وَإِنَّا لَنَحۡنُ نُحۡيِۦ وَنُمِيتُ وَنَحۡنُ ٱلۡوَٰرِثُونَ

र हामीले नै जीवन प्रदान गर्दछौं र हामीले नै मृत्यु दिन्छौं, र हामी नै सबैका संरक्षक हौं ।
Surah Al-Hijr, Verse 23


وَلَقَدۡ عَلِمۡنَا ٱلۡمُسۡتَقۡدِمِينَ مِنكُمۡ وَلَقَدۡ عَلِمۡنَا ٱلۡمُسۡتَـٔۡخِرِينَ

जुन मानिसहरू तिमीभन्दा पहिले बितिसकेका छन् हामीलाई तिनीहरूको बारेमा थाहा छ, र जो पछि आउनेवाला छन् उनीहरूको बारेमा पनि हामीलाई थाहा छ ।
Surah Al-Hijr, Verse 24


وَإِنَّ رَبَّكَ هُوَ يَحۡشُرُهُمۡۚ إِنَّهُۥ حَكِيمٌ عَلِيمٞ

तपाईको पालनकर्ताले (कियामतको दिन) सबैलाई एकत्रित गर्नेछ । निःसन्देह ऊ त बडो बुद्धिमत्तापूर्ण र ठूलो ज्ञाता छ ।
Surah Al-Hijr, Verse 25


وَلَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ مِن صَلۡصَٰلٖ مِّنۡ حَمَإٖ مَّسۡنُونٖ

निःसन्देह हामीले मानिसहरूलाई कट्कटिएर आवाज आउने सडेको कालो र ठोस माटोबाट बनाएका छौं ।
Surah Al-Hijr, Verse 26


وَٱلۡجَآنَّ خَلَقۡنَٰهُ مِن قَبۡلُ مِن نَّارِ ٱلسَّمُومِ

र जिन्नहरूलाई त्यसभन्दा पनि अघि धुँवा नभएको प्रज्वलित आगोबाट सृष्टि गरेका थियौं ।
Surah Al-Hijr, Verse 27


وَإِذۡ قَالَ رَبُّكَ لِلۡمَلَـٰٓئِكَةِ إِنِّي خَٰلِقُۢ بَشَرٗا مِّن صَلۡصَٰلٖ مِّنۡ حَمَإٖ مَّسۡنُونٖ

र तिम्रो पालनकर्ताले फरिश्ताहरूसित भन्योः ‘‘कि म कट्कटिएर अवाज आउने सडेको माटोेबाट एउटा मानिसको सृष्टि गर्न गइराखेको छुँ ।’’
Surah Al-Hijr, Verse 28


فَإِذَا سَوَّيۡتُهُۥ وَنَفَخۡتُ فِيهِ مِن رُّوحِي فَقَعُواْ لَهُۥ سَٰجِدِينَ

जब उसलाई पूरा बनाइसक्छु र त्यसमा आफ्नो रूह (आत्मा) फुँकिसक्छु तब उसको अगाडि सिज्दा गर्नु (ढोग्नु) ।
Surah Al-Hijr, Verse 29


فَسَجَدَ ٱلۡمَلَـٰٓئِكَةُ كُلُّهُمۡ أَجۡمَعُونَ

तसर्थ सबै फरिशताहरूले ढोग्न थाले ।
Surah Al-Hijr, Verse 30


إِلَّآ إِبۡلِيسَ أَبَىٰٓ أَن يَكُونَ مَعَ ٱلسَّـٰجِدِينَ

तर इब्लीसले ढोग गरेन । उसले ढोग्नेहरूमध्ये शामिल हुनबाट इन्कार गर्यो ।
Surah Al-Hijr, Verse 31


قَالَ يَـٰٓإِبۡلِيسُ مَا لَكَ أَلَّا تَكُونَ مَعَ ٱلسَّـٰجِدِينَ

(अल्लाहले) भन्नुभयोः कि इब्लीस तिमीलाई के भएको छ कि तिमी ढोग्नेहरूमा शम्मिलित भएनौ ।
Surah Al-Hijr, Verse 32


قَالَ لَمۡ أَكُن لِّأَسۡجُدَ لِبَشَرٍ خَلَقۡتَهُۥ مِن صَلۡصَٰلٖ مِّنۡ حَمَإٖ مَّسۡنُونٖ

उसले भन्योः म यस्तो छैन, कि तपाईले कट्कटिएर आवाज आउने सडेको माटोले बनाएको मानिस अगाडि झुकेर ढोगूँ ।
Surah Al-Hijr, Verse 33


قَالَ فَٱخۡرُجۡ مِنۡهَا فَإِنَّكَ رَجِيمٞ

अल्लाहलको आदेश भयो, जन्नतबाट निस्किहाल, तँ तिरस्कृत र अभिशप्त भइस् ।
Surah Al-Hijr, Verse 34


وَإِنَّ عَلَيۡكَ ٱللَّعۡنَةَ إِلَىٰ يَوۡمِ ٱلدِّينِ

र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।
Surah Al-Hijr, Verse 35


قَالَ رَبِّ فَأَنظِرۡنِيٓ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ

(त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।
Surah Al-Hijr, Verse 36


قَالَ فَإِنَّكَ مِنَ ٱلۡمُنظَرِينَ

आदेश भयो कि तँलाई छूट दिइन्छ ।
Surah Al-Hijr, Verse 37


إِلَىٰ يَوۡمِ ٱلۡوَقۡتِ ٱلۡمَعۡلُومِ

निर्धारित समय (कियामत) को दिनसम्म ।
Surah Al-Hijr, Verse 38


قَالَ رَبِّ بِمَآ أَغۡوَيۡتَنِي لَأُزَيِّنَنَّ لَهُمۡ فِي ٱلۡأَرۡضِ وَلَأُغۡوِيَنَّهُمۡ أَجۡمَعِينَ

(शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’
Surah Al-Hijr, Verse 39


إِلَّا عِبَادَكَ مِنۡهُمُ ٱلۡمُخۡلَصِينَ

तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।
Surah Al-Hijr, Verse 40


قَالَ هَٰذَا صِرَٰطٌ عَلَيَّ مُسۡتَقِيمٌ

(अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।
Surah Al-Hijr, Verse 41


إِنَّ عِبَادِي لَيۡسَ لَكَ عَلَيۡهِمۡ سُلۡطَٰنٌ إِلَّا مَنِ ٱتَّبَعَكَ مِنَ ٱلۡغَاوِينَ

जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।
Surah Al-Hijr, Verse 42


وَإِنَّ جَهَنَّمَ لَمَوۡعِدُهُمۡ أَجۡمَعِينَ

निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।
Surah Al-Hijr, Verse 43


لَهَا سَبۡعَةُ أَبۡوَٰبٖ لِّكُلِّ بَابٖ مِّنۡهُمۡ جُزۡءٞ مَّقۡسُومٌ

त्यसका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाको लागि तिनीहरूमध्येबाट समूहहरू विभाजित गरिएका छन् ।
Surah Al-Hijr, Verse 44


إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّـٰتٖ وَعُيُونٍ

जो आत्मसंयमी छन्, तिनीहरू बगैचाहरू र झरनाहरूको माझमा बस्नेछन् ।
Surah Al-Hijr, Verse 45


ٱدۡخُلُوهَا بِسَلَٰمٍ ءَامِنِينَ

(भनिनेछ कि) तिमीहरू शान्ति र सुरक्षासाथ प्रवेश गर ।
Surah Al-Hijr, Verse 46


وَنَزَعۡنَا مَا فِي صُدُورِهِم مِّنۡ غِلٍّ إِخۡوَٰنًا عَلَىٰ سُرُرٖ مُّتَقَٰبِلِينَ

र तिनीहरूको हृदयमा जे जति रिस र डाह छ, त्यसलाई हामीले सफा गरिदिनेछौं, तिनीहरू भाइ–भाइको रूपमा आसनहरूमा एक अर्काको सामु बसेका हुनेछन् ।
Surah Al-Hijr, Verse 47


لَا يَمَسُّهُمۡ فِيهَا نَصَبٞ وَمَا هُم مِّنۡهَا بِمُخۡرَجِينَ

तिनीहरूलाई त्यहाँ नकुनै कष्ट हुनेछ र नत तिनीहरू त्यहाँबाट कहिले निष्कासित गरिनेछन् ।
Surah Al-Hijr, Verse 48


۞نَبِّئۡ عِبَادِيٓ أَنِّيٓ أَنَا ٱلۡغَفُورُ ٱلرَّحِيمُ

(हे पैगम्बर !) मेरा भक्तजनहरूलाई भनिदिनुस्ः कि म बडो क्षमादाता र दयावान छुँ ।
Surah Al-Hijr, Verse 49


وَأَنَّ عَذَابِي هُوَ ٱلۡعَذَابُ ٱلۡأَلِيمُ

र साथै योः कि मेरो सजाय पनि धेरै कष्टदायक हुनेछ ।
Surah Al-Hijr, Verse 50


وَنَبِّئۡهُمۡ عَن ضَيۡفِ إِبۡرَٰهِيمَ

र तिनीहरूलाई इब्राहीमका अतिथिहरूको बारेमा सुनाइदिनुस् ।
Surah Al-Hijr, Verse 51


إِذۡ دَخَلُواْ عَلَيۡهِ فَقَالُواْ سَلَٰمٗا قَالَ إِنَّا مِنكُمۡ وَجِلُونَ

कि जब तिनीहरूले इब्राहीमको सामु आएर ‘‘सलाम’’ भने त उनले भने कि हामीलाई तिमीसित डर लाग्छ ।
Surah Al-Hijr, Verse 52


قَالُواْ لَا تَوۡجَلۡ إِنَّا نُبَشِّرُكَ بِغُلَٰمٍ عَلِيمٖ

(अतिथिहरूले) भनेः ‘‘कि, न तर्सनुस्, हामीले तपाईलाई एउटा ज्ञानी छोरोको शुभसन्देश दिन्छौं ।’’
Surah Al-Hijr, Verse 53


قَالَ أَبَشَّرۡتُمُونِي عَلَىٰٓ أَن مَّسَّنِيَ ٱلۡكِبَرُ فَبِمَ تُبَشِّرُونَ

(उनले) भनेः कि ‘‘मलाई बृद्ध अवस्थाले समातेपछि तिमीहरूले मलाई शुभसमाचार दिन्छौ ? कुन कुरोको आधारमा तिमीले यो शुभसमाचार दिन्छौ ?’’
Surah Al-Hijr, Verse 54


قَالُواْ بَشَّرۡنَٰكَ بِٱلۡحَقِّ فَلَا تَكُن مِّنَ ٱلۡقَٰنِطِينَ

तिनीहरूले भनेः कि हामी तपाईलाई एकदम साँचो शुभसमाचार दिएका छौं । तपाई निराश नहुनुहोस् ।
Surah Al-Hijr, Verse 55


قَالَ وَمَن يَقۡنَطُ مِن رَّحۡمَةِ رَبِّهِۦٓ إِلَّا ٱلضَّآلُّونَ

(इब्राहीमले) भनेः कि अल्लाहको कृपाबाट निराश हुनु त पथविचलित हुनेहरूको काम हो ।
Surah Al-Hijr, Verse 56


قَالَ فَمَا خَطۡبُكُمۡ أَيُّهَا ٱلۡمُرۡسَلُونَ

अनि सोधे कि अल्लाहले पठाएको फरिश्ताहरू ! तिमीहरूलाई यस्तो के महत्वपूर्ण काम छ
Surah Al-Hijr, Verse 57


قَالُوٓاْ إِنَّآ أُرۡسِلۡنَآ إِلَىٰ قَوۡمٖ مُّجۡرِمِينَ

तिनीहरूले भने कि हामी एउटा अपराधी समुदायतिर पठाइएका हौं ।
Surah Al-Hijr, Verse 58


إِلَّآ ءَالَ لُوطٍ إِنَّا لَمُنَجُّوهُمۡ أَجۡمَعِينَ

तर ‘‘लूतको’’ परिवार बाहेक कि उनीहरूलाई हामीले बचाइहाल्नेछौं ।
Surah Al-Hijr, Verse 59


إِلَّا ٱمۡرَأَتَهُۥ قَدَّرۡنَآ إِنَّهَا لَمِنَ ٱلۡغَٰبِرِينَ

तर लूतकी स्वास्नी बाहेक जसको निम्ति निश्चित गरेकाछौं कि त्यो पछि रहनेछे ।
Surah Al-Hijr, Verse 60


فَلَمَّا جَآءَ ءَالَ لُوطٍ ٱلۡمُرۡسَلُونَ

अनि जब पठाइएका फरिश्ताहरू ‘‘लूतको’’ घर नजिक आइपुगे ।
Surah Al-Hijr, Verse 61


قَالَ إِنَّكُمۡ قَوۡمٞ مُّنكَرُونَ

तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’
Surah Al-Hijr, Verse 62


قَالُواْ بَلۡ جِئۡنَٰكَ بِمَا كَانُواْ فِيهِ يَمۡتَرُونَ

तिनीहरूले भनेः कि होइन, बरु हामी तपाईको सामु त्यो कुरा लिएर आएका छौं जसमा मानिसहरूले शंका गर्दथे ।
Surah Al-Hijr, Verse 63


وَأَتَيۡنَٰكَ بِٱلۡحَقِّ وَإِنَّا لَصَٰدِقُونَ

र हामी तपाईको सामु वास्तविक कुरो लिएर अएका छौं र हामी सत्य भन्दछौं ।
Surah Al-Hijr, Verse 64


فَأَسۡرِ بِأَهۡلِكَ بِقِطۡعٖ مِّنَ ٱلَّيۡلِ وَٱتَّبِعۡ أَدۡبَٰرَهُمۡ وَلَا يَلۡتَفِتۡ مِنكُمۡ أَحَدٞ وَٱمۡضُواْ حَيۡثُ تُؤۡمَرُونَ

तसर्थ तपाई रात्रीको केही अंश शेष रहँदा घरका मानिसहरूलाई लिएर निस्कनुस् र स्वयम् उनीहरूको पछाडि हिंड्नुस् र तपाईहरूमध्ये कुनै पनि व्यक्तिले पछि फर्केर नहेरोस् र जहाँ तपाईहरूलाई आदेश हुन्छ त्यहाँ गइहाल्नुस् ।
Surah Al-Hijr, Verse 65


وَقَضَيۡنَآ إِلَيۡهِ ذَٰلِكَ ٱلۡأَمۡرَ أَنَّ دَابِرَ هَـٰٓؤُلَآءِ مَقۡطُوعٞ مُّصۡبِحِينَ

र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।
Surah Al-Hijr, Verse 66


وَجَآءَ أَهۡلُ ٱلۡمَدِينَةِ يَسۡتَبۡشِرُونَ

र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे
Surah Al-Hijr, Verse 67


قَالَ إِنَّ هَـٰٓؤُلَآءِ ضَيۡفِي فَلَا تَفۡضَحُونِ

लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।
Surah Al-Hijr, Verse 68


وَٱتَّقُواْ ٱللَّهَ وَلَا تُخۡزُونِ

अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।
Surah Al-Hijr, Verse 69


قَالُوٓاْ أَوَلَمۡ نَنۡهَكَ عَنِ ٱلۡعَٰلَمِينَ

तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं
Surah Al-Hijr, Verse 70


قَالَ هَـٰٓؤُلَآءِ بَنَاتِيٓ إِن كُنتُمۡ فَٰعِلِينَ

(उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।
Surah Al-Hijr, Verse 71


لَعَمۡرُكَ إِنَّهُمۡ لَفِي سَكۡرَتِهِمۡ يَعۡمَهُونَ

(हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।
Surah Al-Hijr, Verse 72


فَأَخَذَتۡهُمُ ٱلصَّيۡحَةُ مُشۡرِقِينَ

तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।
Surah Al-Hijr, Verse 73


فَجَعَلۡنَا عَٰلِيَهَا سَافِلَهَا وَأَمۡطَرۡنَا عَلَيۡهِمۡ حِجَارَةٗ مِّن سِجِّيلٍ

र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।
Surah Al-Hijr, Verse 74


إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّلۡمُتَوَسِّمِينَ

निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।
Surah Al-Hijr, Verse 75


وَإِنَّهَا لَبِسَبِيلٖ مُّقِيمٍ

यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।
Surah Al-Hijr, Verse 76


إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّلۡمُؤۡمِنِينَ

र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।
Surah Al-Hijr, Verse 77


وَإِن كَانَ أَصۡحَٰبُ ٱلۡأَيۡكَةِ لَظَٰلِمِينَ

एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।
Surah Al-Hijr, Verse 78


فَٱنتَقَمۡنَا مِنۡهُمۡ وَإِنَّهُمَا لَبِإِمَامٖ مُّبِينٖ

तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।
Surah Al-Hijr, Verse 79


وَلَقَدۡ كَذَّبَ أَصۡحَٰبُ ٱلۡحِجۡرِ ٱلۡمُرۡسَلِينَ

र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।
Surah Al-Hijr, Verse 80


وَءَاتَيۡنَٰهُمۡ ءَايَٰتِنَا فَكَانُواْ عَنۡهَا مُعۡرِضِينَ

हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।
Surah Al-Hijr, Verse 81


وَكَانُواْ يَنۡحِتُونَ مِنَ ٱلۡجِبَالِ بُيُوتًا ءَامِنِينَ

तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।
Surah Al-Hijr, Verse 82


فَأَخَذَتۡهُمُ ٱلصَّيۡحَةُ مُصۡبِحِينَ

तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।
Surah Al-Hijr, Verse 83


فَمَآ أَغۡنَىٰ عَنۡهُم مَّا كَانُواْ يَكۡسِبُونَ

तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।
Surah Al-Hijr, Verse 84


وَمَا خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّۗ وَإِنَّ ٱلسَّاعَةَ لَأٓتِيَةٞۖ فَٱصۡفَحِ ٱلصَّفۡحَ ٱلۡجَمِيلَ

र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ ।
Surah Al-Hijr, Verse 85


إِنَّ رَبَّكَ هُوَ ٱلۡخَلَّـٰقُ ٱلۡعَلِيمُ

यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ ।
Surah Al-Hijr, Verse 86


وَلَقَدۡ ءَاتَيۡنَٰكَ سَبۡعٗا مِّنَ ٱلۡمَثَانِي وَٱلۡقُرۡءَانَ ٱلۡعَظِيمَ

र निःसन्देह हामीले तपाईलाई सात आयतहरू प्रदान गरेका छौं जुन कि (नमाजमा) दोहोर्याएर पढिन्छन् र गरिमापूर्ण कुरआन पनि प्रदान गरेका छौं ।
Surah Al-Hijr, Verse 87


لَا تَمُدَّنَّ عَيۡنَيۡكَ إِلَىٰ مَا مَتَّعۡنَا بِهِۦٓ أَزۡوَٰجٗا مِّنۡهُمۡ وَلَا تَحۡزَنۡ عَلَيۡهِمۡ وَٱخۡفِضۡ جَنَاحَكَ لِلۡمُؤۡمِنِينَ

तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।
Surah Al-Hijr, Verse 88


وَقُلۡ إِنِّيٓ أَنَا ٱلنَّذِيرُ ٱلۡمُبِينُ

र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।
Surah Al-Hijr, Verse 89


كَمَآ أَنزَلۡنَا عَلَى ٱلۡمُقۡتَسِمِينَ

जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।
Surah Al-Hijr, Verse 90


ٱلَّذِينَ جَعَلُواْ ٱلۡقُرۡءَانَ عِضِينَ

अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।
Surah Al-Hijr, Verse 91


فَوَرَبِّكَ لَنَسۡـَٔلَنَّهُمۡ أَجۡمَعِينَ

तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
Surah Al-Hijr, Verse 92


عَمَّا كَانُواْ يَعۡمَلُونَ

ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
Surah Al-Hijr, Verse 93


فَٱصۡدَعۡ بِمَا تُؤۡمَرُ وَأَعۡرِضۡ عَنِ ٱلۡمُشۡرِكِينَ

तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।
Surah Al-Hijr, Verse 94


إِنَّا كَفَيۡنَٰكَ ٱلۡمُسۡتَهۡزِءِينَ

जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।
Surah Al-Hijr, Verse 95


ٱلَّذِينَ يَجۡعَلُونَ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَۚ فَسَوۡفَ يَعۡلَمُونَ

जसले अल्लाहको साथमा अरुलाई पूजनीय ठान्दछन्, तिनीहरूलाई छिटै थाहा भइहाल्ने छ ।
Surah Al-Hijr, Verse 96


وَلَقَدۡ نَعۡلَمُ أَنَّكَ يَضِيقُ صَدۡرُكَ بِمَا يَقُولُونَ

हामीलाई राम्ररी थाहा छ, कि तिनीहरूको कुराबाट तपाईको मन कति दिक्क हुन्छ
Surah Al-Hijr, Verse 97


فَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ وَكُن مِّنَ ٱلسَّـٰجِدِينَ

तपाईले आफ्नो पालनहारको गुणगान गर्दै गर्नुस् र सज्दा (ढोग) गर्नैहरूमा शम्मिलित रहनुस् ।
Surah Al-Hijr, Verse 98


وَٱعۡبُدۡ رَبَّكَ حَتَّىٰ يَأۡتِيَكَ ٱلۡيَقِينُ

र आफ्नो पालनकर्ताको उपासना गर्दै जानुस्, जबसम्म तपाईको मृत्यु हुँदैन ।
Surah Al-Hijr, Verse 99


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 14
>> Surah 16

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai