Surah An-Naml - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
طسٓۚ تِلۡكَ ءَايَٰتُ ٱلۡقُرۡءَانِ وَكِتَابٖ مُّبِينٍ
ता—सीन, यी आयत हुन् ‘‘कुरआन’’का र स्पष्ट किताबका ।
Surah An-Naml, Verse 1
هُدٗى وَبُشۡرَىٰ لِلۡمُؤۡمِنِينَ
मोमिनहरूको निम्ति मार्गदर्शन र शुभसूचना ।
Surah An-Naml, Verse 2
ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ يُوقِنُونَ
जो नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र आखिरतमा विश्वास गर्दछन् ।
Surah An-Naml, Verse 3
إِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ زَيَّنَّا لَهُمۡ أَعۡمَٰلَهُمۡ فَهُمۡ يَعۡمَهُونَ
जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् हामीले उनीहरूको कर्म उनीहरूको लागि शोभायमान बनाइदिएका छौं । अतः तिनीहरू भौतारिदै छन् ।
Surah An-Naml, Verse 4
أُوْلَـٰٓئِكَ ٱلَّذِينَ لَهُمۡ سُوٓءُ ٱلۡعَذَابِ وَهُمۡ فِي ٱلۡأٓخِرَةِ هُمُ ٱلۡأَخۡسَرُونَ
यिनै मानिसहरू हुन्, जसको निम्ति ठूलो यातना छ र उनीहरू नै आखिरतमा पनि ठूलो नोक्सानी भोग्नेछन् ।
Surah An-Naml, Verse 5
وَإِنَّكَ لَتُلَقَّى ٱلۡقُرۡءَانَ مِن لَّدُنۡ حَكِيمٍ عَلِيمٍ
निश्चय नै तपाईलाई एउटा ठूलो तत्वदर्शी ज्ञानवानको तर्फबाट कुरआन सिकाइदैछ ।
Surah An-Naml, Verse 6
إِذۡ قَالَ مُوسَىٰ لِأَهۡلِهِۦٓ إِنِّيٓ ءَانَسۡتُ نَارٗا سَـَٔاتِيكُم مِّنۡهَا بِخَبَرٍ أَوۡ ءَاتِيكُم بِشِهَابٖ قَبَسٖ لَّعَلَّكُمۡ تَصۡطَلُونَ
स्मरण गर जब ‘‘मूसाले’’ आफ्नो घरवालासित भनेः कि मैले आगो देखेको छु । मैले त्यहाँबाट कुनै सूचना वा सल्किराखेको आगोको डल्लो तिम्रो पासमा लिएर आउँछु, ताकि तिमीले आफूलाई न्यानो पार ।
Surah An-Naml, Verse 7
فَلَمَّا جَآءَهَا نُودِيَ أَنۢ بُورِكَ مَن فِي ٱلنَّارِ وَمَنۡ حَوۡلَهَا وَسُبۡحَٰنَ ٱللَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ
जब ‘‘मूसा’’ त्यसको नजिक आए तब आवाज दिइयो कि त्यो जुन कि यस आगोमा छ, ऊ धन्य छ र जो यसको आसपासमा छ उसलाई बरकत (उपहार) दिइएको छ ! र अल्लाह उच्च र महान छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
Surah An-Naml, Verse 8
يَٰمُوسَىٰٓ إِنَّهُۥٓ أَنَا ٱللَّهُ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
हे मूसा सुन ! म नै हूँ अल्लाह, अधिपत्यशाली र तत्वदर्शी सम्पन्न ।
Surah An-Naml, Verse 9
وَأَلۡقِ عَصَاكَۚ فَلَمَّا رَءَاهَا تَهۡتَزُّ كَأَنَّهَا جَآنّٞ وَلَّىٰ مُدۡبِرٗا وَلَمۡ يُعَقِّبۡۚ يَٰمُوسَىٰ لَا تَخَفۡ إِنِّي لَا يَخَافُ لَدَيَّ ٱلۡمُرۡسَلُونَ
तिमीले आफ्नो लठ्ठी फ्यांक । जब मूसा ले त्यसलाई हल्लिराखेको सर्प जस्तो देख्नु भयो त पिठ्युँ पर्काई भागे र पछाडि फर्केर पनि हेरेनन् । (आवाज आयो) हे मूसा ! नडराऊ, निःसंदेह रसूलहरू मेरो पास डराउने गर्दैनन् ।
Surah An-Naml, Verse 10
إِلَّا مَن ظَلَمَ ثُمَّ بَدَّلَ حُسۡنَۢا بَعۡدَ سُوٓءٖ فَإِنِّي غَفُورٞ رَّحِيمٞ
तर जसले अपराध गरे अनि त्यस नराम्रो कुरा पश्चात असल कर्म गर्दछन् भने त्यस नराम्रो कामपछि त म पनि क्षमादाता, दयावान छु ।
Surah An-Naml, Verse 11
وَأَدۡخِلۡ يَدَكَ فِي جَيۡبِكَ تَخۡرُجۡ بَيۡضَآءَ مِنۡ غَيۡرِ سُوٓءٖۖ فِي تِسۡعِ ءَايَٰتٍ إِلَىٰ فِرۡعَوۡنَ وَقَوۡمِهِۦٓۚ إِنَّهُمۡ كَانُواْ قَوۡمٗا فَٰسِقِينَ
र आफ्नो हात आफ्नो काँखामा राख । त्यो बिना कुनै खराबीको उज्जवल भएर निस्किनेछ । यी नौ ‘‘९’’ निशानीहरू लिएर फिरऔन र त्यसको जाति समुदायतिर जाऊ । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू हुन् ।
Surah An-Naml, Verse 12
فَلَمَّا جَآءَتۡهُمۡ ءَايَٰتُنَا مُبۡصِرَةٗ قَالُواْ هَٰذَا سِحۡرٞ مُّبِينٞ
जब उनको पासमा आँखा खुल्ला गर्ने हाम्रा स्पष्ट निशानीहरू पुगे, त भन्न थालेः कि यो त स्पष्टरूपमा जादू हो ।
Surah An-Naml, Verse 13
وَجَحَدُواْ بِهَا وَٱسۡتَيۡقَنَتۡهَآ أَنفُسُهُمۡ ظُلۡمٗا وَعُلُوّٗاۚ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُفۡسِدِينَ
उनीहरूले अत्याचार र घमण्डको कारण इनकार गरे जबकि उनीका हृदयले विश्वास गरिसकेका थिए । तसर्थ हेर्नुस् कि ती उप्रदव गर्नेहरूको परिणाम के भयो
Surah An-Naml, Verse 14
وَلَقَدۡ ءَاتَيۡنَا دَاوُۥدَ وَسُلَيۡمَٰنَ عِلۡمٗاۖ وَقَالَا ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي فَضَّلَنَا عَلَىٰ كَثِيرٖ مِّنۡ عِبَادِهِ ٱلۡمُؤۡمِنِينَ
र हामीले निश्चय नै ‘‘दाऊद’’ र ‘‘सुलैमानलाई’’ ज्ञान प्रदान गरेका थियौं । र उनी दुवैले भने कि सम्पूर्ण प्रशंसा अल्लाहको लगि छ जसले हामीलाई आफ्नो धेरैजसो ईमानवाला दासहरूको दाँजोमा श्रेष्ठता प्रदान गर्यो ।
Surah An-Naml, Verse 15
وَوَرِثَ سُلَيۡمَٰنُ دَاوُۥدَۖ وَقَالَ يَـٰٓأَيُّهَا ٱلنَّاسُ عُلِّمۡنَا مَنطِقَ ٱلطَّيۡرِ وَأُوتِينَا مِن كُلِّ شَيۡءٍۖ إِنَّ هَٰذَا لَهُوَ ٱلۡفَضۡلُ ٱلۡمُبِينُ
र ‘‘दाऊदको’’ उत्तराधिकारी सुलैमान (अलहिस्सलामै) भए र उनले भनेः कि हे मानिसहरू ! हामीलाई पंक्षीहरूको बोली सिकाइएको छ र हामीलाई हरेक (जरुरी) कुरामध्येबाट प्रदान गरिएकोछ । निःसन्देह यो स्पष्टरूपले अल्लाहको कृपा हो ।
Surah An-Naml, Verse 16
وَحُشِرَ لِسُلَيۡمَٰنَ جُنُودُهُۥ مِنَ ٱلۡجِنِّ وَٱلۡإِنسِ وَٱلطَّيۡرِ فَهُمۡ يُوزَعُونَ
‘‘सुलैमानको’’ सामु उनका सबै फौज जिन्न र मनुष्य र पंक्षीहरूबाट एकत्र गरिए र उनीहरूको किसिम अनुसार दर्जा निर्धरित गरिएको थियो ।
Surah An-Naml, Verse 17
حَتَّىٰٓ إِذَآ أَتَوۡاْ عَلَىٰ وَادِ ٱلنَّمۡلِ قَالَتۡ نَمۡلَةٞ يَـٰٓأَيُّهَا ٱلنَّمۡلُ ٱدۡخُلُواْ مَسَٰكِنَكُمۡ لَا يَحۡطِمَنَّكُمۡ سُلَيۡمَٰنُ وَجُنُودُهُۥ وَهُمۡ لَا يَشۡعُرُونَ
जब उनी कमिलाहरूको बैंसीमा पुगे त एउटा कमिलाले भन्योः कि हे कमिलाहरू आ–आफ्नो दूलोहरूमा प्रवेश गरिहाल, यस्तो नहोस् कि ‘‘सुलैमान’’ र उसको फौजले तिमीहरूलाई कुल्चिहालुन् र उनीलाई थाहा पनि नहोस् ।
Surah An-Naml, Verse 18
فَتَبَسَّمَ ضَاحِكٗا مِّن قَوۡلِهَا وَقَالَ رَبِّ أَوۡزِعۡنِيٓ أَنۡ أَشۡكُرَ نِعۡمَتَكَ ٱلَّتِيٓ أَنۡعَمۡتَ عَلَيَّ وَعَلَىٰ وَٰلِدَيَّ وَأَنۡ أَعۡمَلَ صَٰلِحٗا تَرۡضَىٰهُ وَأَدۡخِلۡنِي بِرَحۡمَتِكَ فِي عِبَادِكَ ٱلصَّـٰلِحِينَ
उनको यस कुरामा उनी(सुलैमान) हाँसिहाले र भन्न थालेः कि हे पालनकर्ता ! मलाई शक्ति देऊ जुन कृपा तिमी ममाथि र मेरा आमा बाबुमाथि गरेका छौ, त्यसप्रति कृतज्ञाता ज्ञापन गरूँ र यस्ता असल काम गरूँ कि त्यसबाट तिमी प्रसन्न भइहाल र मलाई आफ्नो कृपाले आफ्नो असल दासहरूमा प्रवेश गराइहाल ।
Surah An-Naml, Verse 19
وَتَفَقَّدَ ٱلطَّيۡرَ فَقَالَ مَالِيَ لَآ أَرَى ٱلۡهُدۡهُدَ أَمۡ كَانَ مِنَ ٱلۡغَآئِبِينَ
उनले पंक्षीहरूको जाँचपडताल गरे, तब भन्नाथाले के कारण छ कि म ‘‘हुदहुद’’ चरालाई देख्दिन, के वास्तवमा त्यो यहाँ छैन
Surah An-Naml, Verse 20
لَأُعَذِّبَنَّهُۥ عَذَابٗا شَدِيدًا أَوۡ لَأَاْذۡبَحَنَّهُۥٓ أَوۡ لَيَأۡتِيَنِّي بِسُلۡطَٰنٖ مُّبِينٖ
निश्चितरूपले म उसलाई कठोर दण्ड दिनेछु वा त्यसलाई जब्ह गरिहाल्नेछु वा मेरो अगाडि (अनुपस्थितिको) कुनै स्पष्ट कारण प्रस्तुत गरोस् ।
Surah An-Naml, Verse 21
فَمَكَثَ غَيۡرَ بَعِيدٖ فَقَالَ أَحَطتُ بِمَا لَمۡ تُحِطۡ بِهِۦ وَجِئۡتُكَ مِن سَبَإِۭ بِنَبَإٖ يَقِينٍ
केही समय मात्र बितेको थियो, कि ‘‘हुदहुद’’ आइपुग्यो र भन्न थाल्योः कि मलाई एउटा यस्तो कुरो थाहा भएछ, जुन तपाईलाई थाहा छैन । म ‘‘सबा’’ (शहरबाट) तपाईको पासमा एउटा विश्वासनीय सूचना लिएर आएको छु ।
Surah An-Naml, Verse 22
إِنِّي وَجَدتُّ ٱمۡرَأَةٗ تَمۡلِكُهُمۡ وَأُوتِيَتۡ مِن كُلِّ شَيۡءٖ وَلَهَا عَرۡشٌ عَظِيمٞ
मैले एउटी यस्ती स्त्रीलाई देखें जो मानिसहरूमाथि शासन गर्छे । र उसलाई हरेक कुराबाट केही नकेही प्राप्त छ र उसको सिंहासन पनि बडो गरिमामय छ ।
Surah An-Naml, Verse 23
وَجَدتُّهَا وَقَوۡمَهَا يَسۡجُدُونَ لِلشَّمۡسِ مِن دُونِ ٱللَّهِ وَزَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ فَصَدَّهُمۡ عَنِ ٱلسَّبِيلِ فَهُمۡ لَا يَهۡتَدُونَ
मैले देखेको छु, कि उसले र उसको जातिबन्धुहरूले अल्लाहलाई छाडि सूर्यलाई ढोग्ने गर्दछन्, र शैतानले उनीहरूका कर्महरूलाई उनीहरूको लागि राम्रो बनाइदिएको छ र उनीहरूलाई सत्य मार्गबाट विचलित गरिराखेको छ । अतः उनीहरू सीधा मार्ग पाइराखेका छैनन् ।
Surah An-Naml, Verse 24
أَلَّاۤ يَسۡجُدُواْۤ لِلَّهِ ٱلَّذِي يُخۡرِجُ ٱلۡخَبۡءَ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَيَعۡلَمُ مَا تُخۡفُونَ وَمَا تُعۡلِنُونَ
कि अल्लाहलाई नै ढोग्ने गरुन् जो अकाशहरू र धरतीमा लुकेको कुराहरूलाई प्रकट गर्दछ र तिम्रो अदृश्य र प्रकट कर्महरू जान्दछ ।
Surah An-Naml, Verse 25
ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ رَبُّ ٱلۡعَرۡشِ ٱلۡعَظِيمِ۩
अल्लाह बाहेक कोही पूजाको योग्य छैन, उही नै सर्वाेच्च सत्तासन (अर्श) को स्वामी हो ।
Surah An-Naml, Verse 26
۞قَالَ سَنَنظُرُ أَصَدَقۡتَ أَمۡ كُنتَ مِنَ ٱلۡكَٰذِبِينَ
सुलैमानले भनेः अब हामी हेर्नेछौं कि तिमीले साँचो भनेका छौ वा तिमी झूठा हौ ।
Surah An-Naml, Verse 27
ٱذۡهَب بِّكِتَٰبِي هَٰذَا فَأَلۡقِهۡ إِلَيۡهِمۡ ثُمَّ تَوَلَّ عَنۡهُمۡ فَٱنظُرۡ مَاذَا يَرۡجِعُونَ
मेरो यो पत्र लिएर जाऊ र यसलाई उनीहरूको अगाडि प्रस्तुत गरिदेऊ अनि उनीहरूबाट अलग भएर हेर, कि उनीहरूले के जवाफ (प्रतिक्रिया) दिन्छन् ।
Surah An-Naml, Verse 28
قَالَتۡ يَـٰٓأَيُّهَا ٱلۡمَلَؤُاْ إِنِّيٓ أُلۡقِيَ إِلَيَّ كِتَٰبٞ كَرِيمٌ
उसले (रानीले) भनिन् कि हे दरबारबारीहरू ! मलाई एउटा प्रतिष्ठित पत्र पठाइएको छ ।
Surah An-Naml, Verse 29
إِنَّهُۥ مِن سُلَيۡمَٰنَ وَإِنَّهُۥ بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
त्यो सुलैमानको तर्फबाट आएको छ र त्यो क्षमा दिने अल्लाहको नामबाट शुरु हुन्छ जो बडो कृपाशील तथा अत्यन्त दयावान छ ।
Surah An-Naml, Verse 30
أَلَّا تَعۡلُواْ عَلَيَّ وَأۡتُونِي مُسۡلِمِينَ
कि मसित अट्टेरिपना नगर र आज्ञाकारी बनी मेरो पासमा आऊ ।
Surah An-Naml, Verse 31
قَالَتۡ يَـٰٓأَيُّهَا ٱلۡمَلَؤُاْ أَفۡتُونِي فِيٓ أَمۡرِي مَا كُنتُ قَاطِعَةً أَمۡرًا حَتَّىٰ تَشۡهَدُونِ
उसले भनी कि हे सरदारहरू ! मेरो कुराहरूमा मलाई परामर्श देऊ । म कुनै कुराको निर्णय गर्दिन जबसम्म तिमीहरूको सल्लाह र उपस्थिति हुँदैन ।
Surah An-Naml, Verse 32
قَالُواْ نَحۡنُ أُوْلُواْ قُوَّةٖ وَأُوْلُواْ بَأۡسٖ شَدِيدٖ وَٱلۡأَمۡرُ إِلَيۡكِ فَٱنظُرِي مَاذَا تَأۡمُرِينَ
उनीहरू सबैले भनेः कि हामी सक्षम र शक्तिशाली छौं र हामीलाई ठूलो युद्धक्षमता प्राप्त छ । आदेश दिनु तपाईको अधिकारमा छ, अतः तपाईले विचार गर्नुस् कि तपाईले के आदेश दिनुहुनेछ ।
Surah An-Naml, Verse 33
قَالَتۡ إِنَّ ٱلۡمُلُوكَ إِذَا دَخَلُواْ قَرۡيَةً أَفۡسَدُوهَا وَجَعَلُوٓاْ أَعِزَّةَ أَهۡلِهَآ أَذِلَّةٗۚ وَكَذَٰلِكَ يَفۡعَلُونَ
उसले भनी कि सम्राट जब कुनै बस्तीमा प्रवेश गर्दछन् तब त्यसलाई नष्ट गरिदिन्छन् र त्यहाँका प्रभावशाली व्यक्तिहरूलाई अपमानित गरेर छाड्छन् । र यिनीहरूले पनि यस्तै नै गर्नेछन् ।
Surah An-Naml, Verse 34
وَإِنِّي مُرۡسِلَةٌ إِلَيۡهِم بِهَدِيَّةٖ فَنَاظِرَةُۢ بِمَ يَرۡجِعُ ٱلۡمُرۡسَلُونَ
मैले उनीहरूतिर एउटा उपहार पठाउँदैछु, अनि हेर्नेछु कि दूतले के उत्तर लिएर फर्कन्छ ।
Surah An-Naml, Verse 35
فَلَمَّا جَآءَ سُلَيۡمَٰنَ قَالَ أَتُمِدُّونَنِ بِمَالٖ فَمَآ ءَاتَىٰنِۦَ ٱللَّهُ خَيۡرٞ مِّمَّآ ءَاتَىٰكُمۚ بَلۡ أَنتُم بِهَدِيَّتِكُمۡ تَفۡرَحُونَ
जब पत्रबाहक सुलैमानकहाँ पुग्यो, तब (सुलैमानले) भनेः के तिमीले मलाई धनबाट मद्दत गर्न चाहन्छौ, जे–जति अल्लाहले मलाई प्रदान गरेको छ, त्यो ऊ सबभन्दा राम्रो छ, जुन कि तिमीलाई दिएको छ । त्यसकारण तिमी पनि आफ्नो उपहारबाट खुशी भइराख ।
Surah An-Naml, Verse 36
ٱرۡجِعۡ إِلَيۡهِمۡ فَلَنَأۡتِيَنَّهُم بِجُنُودٖ لَّا قِبَلَ لَهُم بِهَا وَلَنُخۡرِجَنَّهُم مِّنۡهَآ أَذِلَّةٗ وَهُمۡ صَٰغِرُونَ
तिनीहरूको पासमा फर्केर जाऊ, हामीले उनीहरूको विरोधमा यस्तो सेना लिएर आउने छौं, जसको उनीहरूले सामना गर्नसक्ने छैनन् र हामीले उनीहरूलाई अपमानित गरेर निकालिदिनेछौं र तिनीहरू तिरस्कृत हुनेछन् ।
Surah An-Naml, Verse 37
قَالَ يَـٰٓأَيُّهَا ٱلۡمَلَؤُاْ أَيُّكُمۡ يَأۡتِينِي بِعَرۡشِهَا قَبۡلَ أَن يَأۡتُونِي مُسۡلِمِينَ
(सुलैमानले) भनेः कि हे दरबारवालाहरू ! तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर मेरो पासमा आउँन सक्छ, यसभन्दा अगाडि कि तिनीहरू आज्ञाकारी भई मेरो पासमा आउन् ।
Surah An-Naml, Verse 38
قَالَ عِفۡرِيتٞ مِّنَ ٱلۡجِنِّ أَنَا۠ ءَاتِيكَ بِهِۦ قَبۡلَ أَن تَقُومَ مِن مَّقَامِكَۖ وَإِنِّي عَلَيۡهِ لَقَوِيٌّ أَمِينٞ
जिन्नहरूमध्ये एउटा बलिष्टले भन्योः कि तपाईले यस बैठकबाट उठ्नुभन्दा पहिला नै म तपाईको अगाडि ल्याइदिनेछु । मलाई यसको शक्ति प्राप्त छ, र म विश्वसनीय पनि हूँ ।
Surah An-Naml, Verse 39
قَالَ ٱلَّذِي عِندَهُۥ عِلۡمٞ مِّنَ ٱلۡكِتَٰبِ أَنَا۠ ءَاتِيكَ بِهِۦ قَبۡلَ أَن يَرۡتَدَّ إِلَيۡكَ طَرۡفُكَۚ فَلَمَّا رَءَاهُ مُسۡتَقِرًّا عِندَهُۥ قَالَ هَٰذَا مِن فَضۡلِ رَبِّي لِيَبۡلُوَنِيٓ ءَأَشۡكُرُ أَمۡ أَكۡفُرُۖ وَمَن شَكَرَ فَإِنَّمَا يَشۡكُرُ لِنَفۡسِهِۦۖ وَمَن كَفَرَ فَإِنَّ رَبِّي غَنِيّٞ كَرِيمٞ
एउटा व्यक्तिले जसलाई किताबको ज्ञान थियो, भन्न थाल्यो कि म तपाईले आँखा चिम गर्नुभन्दा पहिले तपाईको पासमा पुर्याउन सक्दछु । जब उहाँले सिंहासन आफ्नो पासमा राखिएको देख्नु भयो त भने कि यो मेरो पालनकर्ताको उदार अनुग्रह हो, ताकि उसले मेरो परीक्षा लेओस् कि म कृतज्ञता व्यक्त गर्छु वा कृतघ्न बन्दछु । जसले कृतज्ञता देखाउँछ उसले आफ्नै लागि कृतज्ञता देखाउँछ र जसले कृतघ्नता देखायो, त मेरो पालनकर्ता निश्चय नै निस्पृह (र) उदारकर्ता छ ।
Surah An-Naml, Verse 40
قَالَ نَكِّرُواْ لَهَا عَرۡشَهَا نَنظُرۡ أَتَهۡتَدِيٓ أَمۡ تَكُونُ مِنَ ٱلَّذِينَ لَا يَهۡتَدُونَ
(सुलैमानले) भनेः कि यस सिंहासनमा केही परिवर्तन गर जसबाट यो थाहा होस् कि उसले बाटो (सही बाटो) पाउँछे वा सही बाटो नपाउनेहरूको समूहमध्येको हुनेछे ।
Surah An-Naml, Verse 41
فَلَمَّا جَآءَتۡ قِيلَ أَهَٰكَذَا عَرۡشُكِۖ قَالَتۡ كَأَنَّهُۥ هُوَۚ وَأُوتِينَا ٱلۡعِلۡمَ مِن قَبۡلِهَا وَكُنَّا مُسۡلِمِينَ
अनि जब त्यो आइपुगीे त ऊसित भनियोः कि के तिम्रो सिंहासन पनि यस्तै छ ? उसले जवाफ दिई कि यो त त्यहि जस्तो लाग्छ र मलाई त यसभन्दा अगाडि नै ज्ञान प्राप्त भइसकेको थियो र म आज्ञाकारी भइसकेको थिएँ ।
Surah An-Naml, Verse 42
وَصَدَّهَا مَا كَانَت تَّعۡبُدُ مِن دُونِ ٱللَّهِۖ إِنَّهَا كَانَتۡ مِن قَوۡمٖ كَٰفِرِينَ
र अल्लाह बाहेक जसलाई पूजा गर्दथी तिनले उनलाई रोकिराखेका थिए । निःसन्देह त्यो एउटा इन्कार गर्नेवाला समूहमध्येकी थिई ।
Surah An-Naml, Verse 43
قِيلَ لَهَا ٱدۡخُلِي ٱلصَّرۡحَۖ فَلَمَّا رَأَتۡهُ حَسِبَتۡهُ لُجَّةٗ وَكَشَفَتۡ عَن سَاقَيۡهَاۚ قَالَ إِنَّهُۥ صَرۡحٞ مُّمَرَّدٞ مِّن قَوَارِيرَۗ قَالَتۡ رَبِّ إِنِّي ظَلَمۡتُ نَفۡسِي وَأَسۡلَمۡتُ مَعَ سُلَيۡمَٰنَ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ
अनि उसित भनियोः कि महलमा प्रवेश गर । जब उसले त्यसको (फर्श) लाई देख्यो, तब उसले त्यसलाई पानीको हौज ठान्यों र आफ्नो पिडौला देखाइहाल्यो । सुलैमानले भने यो त शिशाबाट निर्मित महल हो । त्यसले भनी कि हे मेरो पालनकर्ता ! निश्चय नै मैले आफूमाथि अत्याचार गरें । अब मैले सुलैमानको साथमा आफूलाई अल्लाहमा समर्पित गरिदिएं, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
Surah An-Naml, Verse 44
وَلَقَدۡ أَرۡسَلۡنَآ إِلَىٰ ثَمُودَ أَخَاهُمۡ صَٰلِحًا أَنِ ٱعۡبُدُواْ ٱللَّهَ فَإِذَا هُمۡ فَرِيقَانِ يَخۡتَصِمُونَ
र हामीले ‘‘समूदतिर’’ उसको भाइ ‘‘सालेहलाई’’ पठायौं, कि तिमी सबै अल्लाहको पूजा गर तर तिनीहरू दुई समूहमा विभाजित भई आपसमा झगडा गर्नथाले ।
Surah An-Naml, Verse 45
قَالَ يَٰقَوۡمِ لِمَ تَسۡتَعۡجِلُونَ بِٱلسَّيِّئَةِ قَبۡلَ ٱلۡحَسَنَةِۖ لَوۡلَا تَسۡتَغۡفِرُونَ ٱللَّهَ لَعَلَّكُمۡ تُرۡحَمُونَ
(सालेहले) भनेः कि हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी भलाईभन्दा अगाडि नराम्रोतिर किन शीघ्रता देखाइराखेका छौ ? र तिमी अल्लाहसित क्षमा किन माग्दैनौं, ताकि तिमीमाथि दया गरियोस् ।
Surah An-Naml, Verse 46
قَالُواْ ٱطَّيَّرۡنَا بِكَ وَبِمَن مَّعَكَۚ قَالَ طَـٰٓئِرُكُمۡ عِندَ ٱللَّهِۖ بَلۡ أَنتُمۡ قَوۡمٞ تُفۡتَنُونَ
उनीहरूले भन्नथालेः कि हामी त तिमी र तिम्रा साथीहरूलाई हाम्रो लागि अपशगुन देखिराखेका छौं । (सालेहले) भनेः कि तिम्रो अपशगुन अल्लाहको नजिक छ, बरु तिमीहरू त सजायमा परिसकेका मानिसहरू हौ ।
Surah An-Naml, Verse 47
وَكَانَ فِي ٱلۡمَدِينَةِ تِسۡعَةُ رَهۡطٖ يُفۡسِدُونَ فِي ٱلۡأَرۡضِ وَلَا يُصۡلِحُونَ
र यस शहरमा नौं जना जथ्थेदार मानिस थिए, जसले देशमा उपद्रव गर्नेगर्दथे र सुधार गर्दैनथे ।
Surah An-Naml, Verse 48
قَالُواْ تَقَاسَمُواْ بِٱللَّهِ لَنُبَيِّتَنَّهُۥ وَأَهۡلَهُۥ ثُمَّ لَنَقُولَنَّ لِوَلِيِّهِۦ مَا شَهِدۡنَا مَهۡلِكَ أَهۡلِهِۦ وَإِنَّا لَصَٰدِقُونَ
उनीहरूले आपसमा शपथ खाइखाइकन् प्रतीज्ञा गरे, कि रातीमा नै हामी सालेह र उसको घरवालाहरूमाथि छापा मार्नेछौं, अनि उसको उत्तराधिकारीहरूसित भन्ने छौं कि हामी त उसको घरवालाहरूको विनाश हुने ठाउँमा जाँदैगएनौ, र हामी सत्य कुरा भन्दछौं ।
Surah An-Naml, Verse 49
وَمَكَرُواْ مَكۡرٗا وَمَكَرۡنَا مَكۡرٗا وَهُمۡ لَا يَشۡعُرُونَ
र उनीहरूले एउटा गुप्त चाल चले र हामीले पनि एउटा चाल चल्यौं तर उनीहरूलाई थाहै भएन ।
Surah An-Naml, Verse 50
فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ مَكۡرِهِمۡ أَنَّا دَمَّرۡنَٰهُمۡ وَقَوۡمَهُمۡ أَجۡمَعِينَ
तसर्थ अब हेरिहालः उनीहरूको धोकाको परिणाम कस्तो भयो । हामीले उनीहरूलाई र उनको जाति समुदाय सबैलाई नष्ट पारिहाल्यौ ।
Surah An-Naml, Verse 51
فَتِلۡكَ بُيُوتُهُمۡ خَاوِيَةَۢ بِمَا ظَلَمُوٓاْۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّقَوۡمٖ يَعۡلَمُونَ
यी उनका घरहरू हुन् जो उनीहरूको अत्याचारको कारणले रिक्त भएका छन् । जुन मानिसहरू ज्ञानी छन्, उनीहरूको निम्ति यसमा ठूलो निशानी छ ।
Surah An-Naml, Verse 52
وَأَنجَيۡنَا ٱلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ
र हामीले उनीहरूलाई जसले ईमान ल्याएका थिए र संयमी थिए बचाइहाल्यौं ।
Surah An-Naml, Verse 53
وَلُوطًا إِذۡ قَالَ لِقَوۡمِهِۦٓ أَتَأۡتُونَ ٱلۡفَٰحِشَةَ وَأَنتُمۡ تُبۡصِرُونَ
र ‘‘लूतलाई’’ पनि पठायौं, जब उनले आफ्नो समुदायसित भनेः कि तिमीहरू जानिबुझी किन व्यभिचार गर्दछौ ।
Surah An-Naml, Verse 54
أَئِنَّكُمۡ لَتَأۡتُونَ ٱلرِّجَالَ شَهۡوَةٗ مِّن دُونِ ٱلنِّسَآءِۚ بَلۡ أَنتُمۡ قَوۡمٞ تَجۡهَلُونَ
यो के कुरा छ के तिमी स्त्रीहरूलाई छाडी आफ्नो वासना प्राप्तिको निम्ति पुरुषहरूको पासमा जान्छौ ? बरु साँचो यो छ कि तिमीहरू साह्रै अज्ञानी काम गर्दैछौ ।
Surah An-Naml, Verse 55
۞فَمَا كَانَ جَوَابَ قَوۡمِهِۦٓ إِلَّآ أَن قَالُوٓاْ أَخۡرِجُوٓاْ ءَالَ لُوطٖ مِّن قَرۡيَتِكُمۡۖ إِنَّهُمۡ أُنَاسٞ يَتَطَهَّرُونَ
अनि उनको जातिका मानिसहरूको उत्तर यस बाहेक अरु केही थिएन कि उनीहरूले भनेः लूतका घरवालाहरूलाई आफ्नो बस्तीबाट बाहिर निकालिदेऊ, यिनीहरू त धेरै पवित्र बन्न चाहन्छन् ।
Surah An-Naml, Verse 56
فَأَنجَيۡنَٰهُ وَأَهۡلَهُۥٓ إِلَّا ٱمۡرَأَتَهُۥ قَدَّرۡنَٰهَا مِنَ ٱلۡغَٰبِرِينَ
अन्ततः हामीले उनलाई र उनका घरवालाहरूलाई, बचाइहाल्यौ उनकी स्त्री बाहेक, जसको लागि हामीले नीयत गरिदिएका थियौ कि, ऊ पछि पर्नेहरूमध्ये हुनेछे ।
Surah An-Naml, Verse 57
وَأَمۡطَرۡنَا عَلَيۡهِم مَّطَرٗاۖ فَسَآءَ مَطَرُ ٱلۡمُنذَرِينَ
र हामीले उनीमाथि एउटा (विशेष खालको) वर्षा वर्षायौ र त्यो सचेत गरिसकिएको लागि साह्रै नराम्रो वर्षा थियो ।
Surah An-Naml, Verse 58
قُلِ ٱلۡحَمۡدُ لِلَّهِ وَسَلَٰمٌ عَلَىٰ عِبَادِهِ ٱلَّذِينَ ٱصۡطَفَىٰٓۗ ءَآللَّهُ خَيۡرٌ أَمَّا يُشۡرِكُونَ
तपाई भनिदिनुस् कि सबै प्रशंसा अल्लाहको लागि छ र उसका विशिष्ट भक्तहरूमाथि सलाम र शान्ति छ, जसलाई उसले रोजिहाल्यौ । के अल्लाह राम्रो छ, वा उनीहरू जसलाई तिनीहरूले साझेदार ठहराइराखेका छन्
Surah An-Naml, Verse 59
أَمَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَأَنزَلَ لَكُم مِّنَ ٱلسَّمَآءِ مَآءٗ فَأَنۢبَتۡنَا بِهِۦ حَدَآئِقَ ذَاتَ بَهۡجَةٖ مَّا كَانَ لَكُمۡ أَن تُنۢبِتُواْ شَجَرَهَآۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ بَلۡ هُمۡ قَوۡمٞ يَعۡدِلُونَ
भन त आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो, र कसले आकाशबाट पानी वर्षायो, फेरि त्यसबाट हराभरा बगैचाको सृष्टि गर्यो, यो बगैचाका वृक्षहरू उमार्नु तिम्रो लागि सम्भव थिएन । के अल्लाहको साथमा कोही अरु पूज्य छ ? होइन, बरु तिनीहरू नै सत्यमार्गबाट टाढिंदैछन् ।
Surah An-Naml, Verse 60
أَمَّن جَعَلَ ٱلۡأَرۡضَ قَرَارٗا وَجَعَلَ خِلَٰلَهَآ أَنۡهَٰرٗا وَجَعَلَ لَهَا رَوَٰسِيَ وَجَعَلَ بَيۡنَ ٱلۡبَحۡرَيۡنِ حَاجِزًاۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ
कसले धरतीलाई स्थिर गरेर बस्ने ठाउँ बनायो, र उसको बीचमा नहरहरू बगायो, र उसको लागि पहाडहरूको सृष्टि गर्यो र (जसले) दुई समुन्द्रहरूको बीचमा तगारो बनायो ? त के अल्लाहको साथमा अरु कोही पूज्य पनि छ ? बरु तिनीहरूमध्ये धेरैले केही बुझ्दैनन् ।
Surah An-Naml, Verse 61
أَمَّن يُجِيبُ ٱلۡمُضۡطَرَّ إِذَا دَعَاهُ وَيَكۡشِفُ ٱلسُّوٓءَ وَيَجۡعَلُكُمۡ خُلَفَآءَ ٱلۡأَرۡضِۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ قَلِيلٗا مَّا تَذَكَّرُونَ
कसले व्यग्रको गुहार सुन्दछ, जब त्यसले उसलाई गुहार्दछ र व्यथा हटाइदिन्छ र तिमीलाई धरतीमा शासक बनाउँदछ ? के अल्लाहको साथमा अरु कोही पूजनीय छ ? (होइन) तिमीहरूले धेरै कम उपदेश र शिक्षा प्राप्त गर्दछौ ।
Surah An-Naml, Verse 62
أَمَّن يَهۡدِيكُمۡ فِي ظُلُمَٰتِ ٱلۡبَرِّ وَٱلۡبَحۡرِ وَمَن يُرۡسِلُ ٱلرِّيَٰحَ بُشۡرَۢا بَيۡنَ يَدَيۡ رَحۡمَتِهِۦٓۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ تَعَٰلَى ٱللَّهُ عَمَّا يُشۡرِكُونَ
कसले तिमीलाई जङ्गल र समुद्रको अँध्यारोमा बाटो देखाउँछ र हावाहरूलाई आफ्नो दया गर्नुभन्दा अगाडि़ शुभसन्देश दिन चलाउँछ ? अनि के अल्लाहको साथमा अरु कोही पूजनीय पनि छ जसलाई यिनीहरूले साझेदार बनाउँछन् ? अल्लाह उच्च र महान छ ।
Surah An-Naml, Verse 63
أَمَّن يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ وَمَن يَرۡزُقُكُم مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ قُلۡ هَاتُواْ بُرۡهَٰنَكُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ
को हो जसले पहिलो प्राणीहरूको सृष्टि गर्दछ, अनि उसको पुनरावृत्ति गर्नेछ र को हो जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दैछ, त के अल्लाहको साथमा अरु कोही पूज्य छ ? (होइन) भनिदिनुस् कि यदि तिमी साँचो हौ भने प्रमाण पेश गर ।
Surah An-Naml, Verse 64
قُل لَّا يَعۡلَمُ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ ٱلۡغَيۡبَ إِلَّا ٱللَّهُۚ وَمَا يَشۡعُرُونَ أَيَّانَ يُبۡعَثُونَ
भनिदिनुस् कि जो आकाशहरू र धरतीमा छन्, अल्लाह बाहेक कोही अन्तरयामी छैन उनीहरू त यो पनि जान्दैनन् कि कहिले उठाइनेछन् ।
Surah An-Naml, Verse 65
بَلِ ٱدَّـٰرَكَ عِلۡمُهُمۡ فِي ٱلۡأٓخِرَةِۚ بَلۡ هُمۡ فِي شَكّٖ مِّنۡهَاۖ بَلۡ هُم مِّنۡهَا عَمُونَ
बरु आखिरतको विषयमा उनको ज्ञानको अन्त्य भइसकेको छ । बरु यिनीहरू यसबाट सन्देहमा छन्, बरु उनीहरू यसबाट अन्धा छन् ।
Surah An-Naml, Verse 66
وَقَالَ ٱلَّذِينَ كَفَرُوٓاْ أَءِذَا كُنَّا تُرَٰبٗا وَءَابَآؤُنَآ أَئِنَّا لَمُخۡرَجُونَ
काफिरहरूले भनेः कि के जब हामी, र हाम्रो बाबुबाजे माटो भइहाल्छौं, तब के फेरि हामी (चिहानबाट) निकालिने छौं
Surah An-Naml, Verse 67
لَقَدۡ وُعِدۡنَا هَٰذَا نَحۡنُ وَءَابَآؤُنَا مِن قَبۡلُ إِنۡ هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ
यो वाचा हामीसित र हाम्रा बाबु बाजेसित त धेरै पहिलादेखि नै भइराखेको छ । यी त पूर्वजहरूका कथा मात्र हुन् ।
Surah An-Naml, Verse 68
قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُجۡرِمِينَ
भनिदिनुस्ः कि धरतीमा घुमफिर त गरेर हेर कि अपराधीहरूको परिणाम कस्तो भयो
Surah An-Naml, Verse 69
وَلَا تَحۡزَنۡ عَلَيۡهِمۡ وَلَا تَكُن فِي ضَيۡقٖ مِّمَّا يَمۡكُرُونَ
तपाई उनीहरूको लागि दुःखी नहुनुस् र उनीहरूको दाउघातहरूबाट पनि दुःखी नहुनुस् ।
Surah An-Naml, Verse 70
وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ
र भन्दछन्ः कि यदि सत्य हौ भने, त यो वाचा कहिले पूरा हुनेछ बताइदिनुस्
Surah An-Naml, Verse 71
قُلۡ عَسَىٰٓ أَن يَكُونَ رَدِفَ لَكُم بَعۡضُ ٱلَّذِي تَسۡتَعۡجِلُونَ
जवाफ दिनुस् ! कि जुन कुराहरू (यातना) को निम्ति तिमीले शीघ्रता गरिराखेका छौ, शायद त्यसमध्येबाट केही तिम्रो नजिकमा आइसकेका छन् ।
Surah An-Naml, Verse 72
وَإِنَّ رَبَّكَ لَذُو فَضۡلٍ عَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَشۡكُرُونَ
निःसन्देह तपाईको पालनकर्ता त मानिसहरूमाथि ठूलो दया गर्नेवाला छ, तर यिनीहरूमध्ये धेरैले कृतज्ञता व्यक्त गर्दैनन् ।
Surah An-Naml, Verse 73
وَإِنَّ رَبَّكَ لَيَعۡلَمُ مَا تُكِنُّ صُدُورُهُمۡ وَمَا يُعۡلِنُونَ
र निःसन्देह जुन कुराहरू उनको छातीमा लुकेको हुन्छ र जुन काम उनीहरूले प्रकट गर्दछन्, तपाईको पालनकर्ता ती (सबै) जान्दछ ।
Surah An-Naml, Verse 74
وَمَا مِنۡ غَآئِبَةٖ فِي ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ إِلَّا فِي كِتَٰبٖ مُّبِينٍ
आकाशहरू र धरतीमा लुकेको कुनै पनि यस्तो कुरा छैन जुन स्पष्ट र खुल्ला किताबमा मौजूद नहोस् ।
Surah An-Naml, Verse 75
إِنَّ هَٰذَا ٱلۡقُرۡءَانَ يَقُصُّ عَلَىٰ بَنِيٓ إِسۡرَـٰٓءِيلَ أَكۡثَرَ ٱلَّذِي هُمۡ فِيهِ يَخۡتَلِفُونَ
निःसन्देह यो कुरआनले बनी इस्राईलको अगाडि ती धेरै कुराहरू, जसमा उनीहरूले विवाद गर्दछन्, स्पष्टरूपमा बयान गर्दछ ।
Surah An-Naml, Verse 76
وَإِنَّهُۥ لَهُدٗى وَرَحۡمَةٞ لِّلۡمُؤۡمِنِينَ
र निःसन्देह यो कुरआन ईमानवालाहरूको निम्ति मार्गदर्शन र कृपा हो ।
Surah An-Naml, Verse 77
إِنَّ رَبَّكَ يَقۡضِي بَيۡنَهُم بِحُكۡمِهِۦۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡعَلِيمُ
तपाईको पालनकर्ताले उनीहरूबीच आफ्नो आदेशले सबै फैसला गरिदिनेछ । ऊ सर्वशक्ति सम्पन्न र सर्वज्ञ छ ।
Surah An-Naml, Verse 78
فَتَوَكَّلۡ عَلَى ٱللَّهِۖ إِنَّكَ عَلَى ٱلۡحَقِّ ٱلۡمُبِينِ
तसर्थ तपाईले अल्लाहमा भरोसा राख्नुस् । निश्चितरूपले तपाई त स्पष्ट (सत्यता) धर्ममा हुनुहुन्छ ।
Surah An-Naml, Verse 79
إِنَّكَ لَا تُسۡمِعُ ٱلۡمَوۡتَىٰ وَلَا تُسۡمِعُ ٱلصُّمَّ ٱلدُّعَآءَ إِذَا وَلَّوۡاْ مُدۡبِرِينَ
निःसन्देह तपाईले न मुर्दाहरूलाई सुनाउन सक्नुहुन्छ र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काई विमुख भएर गइरहेका छन् ।
Surah An-Naml, Verse 80
وَمَآ أَنتَ بِهَٰدِي ٱلۡعُمۡيِ عَن ضَلَٰلَتِهِمۡۖ إِن تُسۡمِعُ إِلَّا مَن يُؤۡمِنُ بِـَٔايَٰتِنَا فَهُم مُّسۡلِمُونَ
र नत तपाईले अन्धालाई उनको मार्गविचलनबाट हटाएर सही बाटो देखाउन सक्नुहुन्छ । तपाईले त उनीहरूलाई मात्र सुनाउन सक्नु हुन्छ जसले हाम्रो आयतहरूमाथि आस्था राख्दछन् र आज्ञाकारी छन् ।
Surah An-Naml, Verse 81
۞وَإِذَا وَقَعَ ٱلۡقَوۡلُ عَلَيۡهِمۡ أَخۡرَجۡنَا لَهُمۡ دَآبَّةٗ مِّنَ ٱلۡأَرۡضِ تُكَلِّمُهُمۡ أَنَّ ٱلنَّاسَ كَانُواْ بِـَٔايَٰتِنَا لَا يُوقِنُونَ
जब उनीहरूको लागि यातनाको वाचा पूरा हुनेछ, तब हामीले उनीहरूको लागि धरतीबाट एउटा जनावर निकाल्नेछौं, जसले उनीहरूसित कुरा गर्नेछ, कि मानिसहरू हाम्रो आयतहरूमा विश्वास गर्दैनथे ।
Surah An-Naml, Verse 82
وَيَوۡمَ نَحۡشُرُ مِن كُلِّ أُمَّةٖ فَوۡجٗا مِّمَّن يُكَذِّبُ بِـَٔايَٰتِنَا فَهُمۡ يُوزَعُونَ
र जुन दिन हामी प्रत्येक समूहमध्येबाट त्यस समूहलाई एकत्रित गर्नेछौं, जसले हाम्रा आयतहरूलाई असत्य भन्दथे, अनि उनीहरूलाई विभिन्न श्रेणीहरूमा विभाजित गरिनेछ ।
Surah An-Naml, Verse 83
حَتَّىٰٓ إِذَا جَآءُو قَالَ أَكَذَّبۡتُم بِـَٔايَٰتِي وَلَمۡ تُحِيطُواْ بِهَا عِلۡمًا أَمَّاذَا كُنتُمۡ تَعۡمَلُونَ
यहाँसम्म कि जब सबै आइपुग्नेछन् तब अल्लाहले आदेश गर्नेछः कि तिमीलाई पूरा ज्ञान नभएर पनि तिमीले मेरा आयतहरूलाई किन असत्य भनेका थियौ ? र यो पनि बताऊ कि तिमीले के गर्दै थियौ
Surah An-Naml, Verse 84
وَوَقَعَ ٱلۡقَوۡلُ عَلَيۡهِم بِمَا ظَلَمُواْ فَهُمۡ لَا يَنطِقُونَ
र उनीहरूको अपराधको कारणले उनीहरूको हकमा यातनाको वाचा पूरा भएर नै छाड्नेछ, अनि उनीहरू केही बोल्न सक्नेछैनन् ।
Surah An-Naml, Verse 85
أَلَمۡ يَرَوۡاْ أَنَّا جَعَلۡنَا ٱلَّيۡلَ لِيَسۡكُنُواْ فِيهِ وَٱلنَّهَارَ مُبۡصِرًاۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ
के उनीहरूले देखेनन् कि हामीले रातलाई बनाएका छौं ताकि यसमा तिनीहरूले आराम गरुन्, र दिनलाई उज्यालो बनाएका छौं । र निःसन्देह यसमा त्यस समुदायहरूको लागि जो ईमान र विश्वास राख्दछन् निशानीहरू छन् ।
Surah An-Naml, Verse 86
وَيَوۡمَ يُنفَخُ فِي ٱلصُّورِ فَفَزِعَ مَن فِي ٱلسَّمَٰوَٰتِ وَمَن فِي ٱلۡأَرۡضِ إِلَّا مَن شَآءَ ٱللَّهُۚ وَكُلٌّ أَتَوۡهُ دَٰخِرِينَ
र जुन दिन सूर फूँकिनेछ तब जो आकाशहरू र जो जमिनमा छन्, सबै आत्तिनेछन्, तिनी बाहेक जसलाई अल्लाह चाहन्छ । र सबै उसको समक्ष विवश र बाध्य भई उपस्थित हुनेछन् ।
Surah An-Naml, Verse 87
وَتَرَى ٱلۡجِبَالَ تَحۡسَبُهَا جَامِدَةٗ وَهِيَ تَمُرُّ مَرَّ ٱلسَّحَابِۚ صُنۡعَ ٱللَّهِ ٱلَّذِيٓ أَتۡقَنَ كُلَّ شَيۡءٍۚ إِنَّهُۥ خَبِيرُۢ بِمَا تَفۡعَلُونَ
र जब तिमीले पहाडहरूलाई हेरेर तिनीहरूलाई आफ्नो ठाउँमा स्थिर देख्दछौ, तर तिनीहरू पनि यसप्रकार हिंड्नेछन्, जस्तो कि बादल । यो अल्लाहको कारीगरी हो, जसले प्रत्येक कुरालाई बलियो बनायो । निःसन्देह उसले तिम्रो कर्महरूको बारेमा जानकारी राख्दछ ।
Surah An-Naml, Verse 88
مَن جَآءَ بِٱلۡحَسَنَةِ فَلَهُۥ خَيۡرٞ مِّنۡهَا وَهُم مِّن فَزَعٖ يَوۡمَئِذٍ ءَامِنُونَ
जुन व्यक्तिले असल कर्म लिएर आउनेछ, उसको निम्ति उसलाई त्यसभन्दा राम्रो प्रतिफल मिल्नेछ, र यस्ता मानिसहरू त्यस दिनको घबराहटबाट निश्चिन्त हुनेछन् ।
Surah An-Naml, Verse 89
وَمَن جَآءَ بِٱلسَّيِّئَةِ فَكُبَّتۡ وُجُوهُهُمۡ فِي ٱلنَّارِ هَلۡ تُجۡزَوۡنَ إِلَّا مَا كُنتُمۡ تَعۡمَلُونَ
र जसले नराम्रो कर्म लिएर आउनेछन् तिनीहरूलाई घोक्राएर नर्कमा धकेलिनेछ । तिमीलाई त तिनै कर्महरूको प्रतिफल प्राप्त हुनेछ, जुन तिमीले गर्दै आइरहेका छौ ।
Surah An-Naml, Verse 90
إِنَّمَآ أُمِرۡتُ أَنۡ أَعۡبُدَ رَبَّ هَٰذِهِ ٱلۡبَلۡدَةِ ٱلَّذِي حَرَّمَهَا وَلَهُۥ كُلُّ شَيۡءٖۖ وَأُمِرۡتُ أَنۡ أَكُونَ مِنَ ٱلۡمُسۡلِمِينَ
(भनिदिनुस्) मलाई यही नै आदेश भएको छः कि म यस ‘‘मक्का’’ शहरको स्वामीको उपासना गरूँ, जसले यसलाई सम्मानित र मर्यादित बनाएको छ र यी सबै कुरा उसैको अधीनमा छन् र यो पनि आदेश भएको छ कि म उसको आज्ञाकारीको रूपमा रहूँ ।
Surah An-Naml, Verse 91
وَأَنۡ أَتۡلُوَاْ ٱلۡقُرۡءَانَۖ فَمَنِ ٱهۡتَدَىٰ فَإِنَّمَا يَهۡتَدِي لِنَفۡسِهِۦۖ وَمَن ضَلَّ فَقُلۡ إِنَّمَآ أَنَا۠ مِنَ ٱلۡمُنذِرِينَ
र यो पनि कि म ‘‘कुरआन’’ पढ्ने गरूँ, त जुन मानिसले सोझो बाटो अपनाउँछ, उसले आफ्नै फाइदाको निम्ति अपनाउँछ, र जो मार्गविचलित हुन्छ त भनिदिनुस् कि म त मात्र सचेत गर्नेवाला हूँ ।
Surah An-Naml, Verse 92
وَقُلِ ٱلۡحَمۡدُ لِلَّهِ سَيُرِيكُمۡ ءَايَٰتِهِۦ فَتَعۡرِفُونَهَاۚ وَمَا رَبُّكَ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ
भनिदिनुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । उसले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछ, जसलाई तिमी आफैले चिन्हिहाल्नेछौ र जुन कर्म तिमीले गर्दैछौ, त्यसबाट तिम्रो पालनकर्ता अनभिज्ञ छैन ।
Surah An-Naml, Verse 93