Surah Ya-Seen - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
يسٓ
यासीन
Surah Ya-Seen, Verse 1
وَٱلۡقُرۡءَانِ ٱلۡحَكِيمِ
कसम छ हिक्मतवाला (तत्वदर्शी) कुरआनको
Surah Ya-Seen, Verse 2
إِنَّكَ لَمِنَ ٱلۡمُرۡسَلِينَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ
Surah Ya-Seen, Verse 3
عَلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ
सोझो मार्गमा हुनुहुन्छ ।
Surah Ya-Seen, Verse 4
تَنزِيلَ ٱلۡعَزِيزِ ٱلرَّحِيمِ
(यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ ।
Surah Ya-Seen, Verse 5
لِتُنذِرَ قَوۡمٗا مَّآ أُنذِرَ ءَابَآؤُهُمۡ فَهُمۡ غَٰفِلُونَ
ताकि तपाईंले यस्ता मानिसहरूलाई डर देखाउनुस्, जसका बाउ–बाजेलाई डर देखाइएको थिएन, (यसकारण) उनीहरू लापरवाहीमा परिराखेका छन् ।
Surah Ya-Seen, Verse 6
لَقَدۡ حَقَّ ٱلۡقَوۡلُ عَلَىٰٓ أَكۡثَرِهِمۡ فَهُمۡ لَا يُؤۡمِنُونَ
उनीहरूमध्ये धेरै मानिसहरूमाथि कुरो प्रमाणित भइसकेको छ । अतः उनीहरूले ईमान ल्याउने छैनन् ।
Surah Ya-Seen, Verse 7
إِنَّا جَعَلۡنَا فِيٓ أَعۡنَٰقِهِمۡ أَغۡلَٰلٗا فَهِيَ إِلَى ٱلۡأَذۡقَانِ فَهُم مُّقۡمَحُونَ
हामीले उनीहरूको घाँटीमा तौक (पट्टा) हालीदिएका छौं जुन चिउँडोसम्म छन् । तसर्थ उनीहरू टाउको निहुर्याउन सक्दैनन् ।
Surah Ya-Seen, Verse 8
وَجَعَلۡنَا مِنۢ بَيۡنِ أَيۡدِيهِمۡ سَدّٗا وَمِنۡ خَلۡفِهِمۡ سَدّٗا فَأَغۡشَيۡنَٰهُمۡ فَهُمۡ لَا يُبۡصِرُونَ
र हामीले उनीहरूको अगाडि एउटा परदा हालिदिएका छौं र उनको पछाडि पनि । जसबाट उनीहरूलाई ढाँपिदिएका छौं, तसर्थ यिनीहरूले देख्न सक्दैनन् ।
Surah Ya-Seen, Verse 9
وَسَوَآءٌ عَلَيۡهِمۡ ءَأَنذَرۡتَهُمۡ أَمۡ لَمۡ تُنذِرۡهُمۡ لَا يُؤۡمِنُونَ
र तपाईंले उनीहरूलाई डराउनुस् वा नडराउनुस्, उनीहरूको लागि दुवै बराबर छ, उनीहरूले ईमान ल्याउने छैनन् ।
Surah Ya-Seen, Verse 10
إِنَّمَا تُنذِرُ مَنِ ٱتَّبَعَ ٱلذِّكۡرَ وَخَشِيَ ٱلرَّحۡمَٰنَ بِٱلۡغَيۡبِۖ فَبَشِّرۡهُ بِمَغۡفِرَةٖ وَأَجۡرٖ كَرِيمٍ
तपाईंले त मात्र त्यस्तो व्यक्तिलाई डराउन सक्नुहुन्छ जसले उपदेशको अनुशरण गर्दछ र अल्लाहसित अदृश्य(अवस्था) मै डर्छ । अतः तपाईंले उसलाई क्षमा र सम्मानजनक प्रतिफलको शुभसूचना सुनाइदिनुस् ।
Surah Ya-Seen, Verse 11
إِنَّا نَحۡنُ نُحۡيِ ٱلۡمَوۡتَىٰ وَنَكۡتُبُ مَا قَدَّمُواْ وَءَاثَٰرَهُمۡۚ وَكُلَّ شَيۡءٍ أَحۡصَيۡنَٰهُ فِيٓ إِمَامٖ مُّبِينٖ
निःसन्देह हामीले मूर्दाहरूलाई जीवित गर्नेछौं र जेजति उनीहरूले अगाडि (आफनो कर्म) पठाइसकेका छन् र उनका ती कार्यहरू जुन पछाडि छोडेका छन्, हामीले उनलाई लेखिदिन्छौं । र हरेक कुरालाई हामीले एक स्पष्ट किताबमा लेखिसकेका छौं ।
Surah Ya-Seen, Verse 12
وَٱضۡرِبۡ لَهُم مَّثَلًا أَصۡحَٰبَ ٱلۡقَرۡيَةِ إِذۡ جَآءَهَا ٱلۡمُرۡسَلُونَ
र उनीहरूसित तपाईंले गाउँवालाहरूको घटनाको वर्णन गर्नुस्, जब उनको पासमा (अनेकौ) पैगम्बर आए ।
Surah Ya-Seen, Verse 13
إِذۡ أَرۡسَلۡنَآ إِلَيۡهِمُ ٱثۡنَيۡنِ فَكَذَّبُوهُمَا فَعَزَّزۡنَا بِثَالِثٖ فَقَالُوٓاْ إِنَّآ إِلَيۡكُم مُّرۡسَلُونَ
जब हामीले उनीहरूकहाँ दुई (पैगम्बर) पठायौं, तब उनीहरूले झूठा भने तब हामीले एउटा तेस्रोद्वारा पुष्टि गरायौं, तब उनी तीनै जनाले भनेः ‘‘कि हामी तिमीतिर (संदेष्टा) पठाइएका हौं ।’’
Surah Ya-Seen, Verse 14
قَالُواْ مَآ أَنتُمۡ إِلَّا بَشَرٞ مِّثۡلُنَا وَمَآ أَنزَلَ ٱلرَّحۡمَٰنُ مِن شَيۡءٍ إِنۡ أَنتُمۡ إِلَّا تَكۡذِبُونَ
उनीहरूले भने कि ‘‘तिमी त हामी जस्तै साधारण मनुष्य हौ । र अल्लाहले कुनै कुरा पनि अवतरित गरेको छैन । तिमीमात्र झूठ बोल्दछौ ।’’
Surah Ya-Seen, Verse 15
قَالُواْ رَبُّنَا يَعۡلَمُ إِنَّآ إِلَيۡكُمۡ لَمُرۡسَلُونَ
ती रसूलहरूले भने ‘‘हाम्रो पालनकर्तालाई थाहा छ कि हामी निश्चय नै तिमीतिर पठाइएका हौं ।
Surah Ya-Seen, Verse 16
وَمَا عَلَيۡنَآ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ
र हाम्रो जिम्मेवारी त मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु नै हो ।
Surah Ya-Seen, Verse 17
قَالُوٓاْ إِنَّا تَطَيَّرۡنَا بِكُمۡۖ لَئِن لَّمۡ تَنتَهُواْ لَنَرۡجُمَنَّكُمۡ وَلَيَمَسَّنَّكُم مِّنَّا عَذَابٌ أَلِيمٞ
उनीहरूले भनेः कि ‘‘हामीले त तिमीलाई अपशकुन मान्यौं अतः तिमी मानेनौ भने हामीले तिमीलाई ढुङ्गा हानेर मारिदिनेछौं र तिमीलाई हाम्रो तर्फबाट धेरै कष्ट पुग्नेछ ।
Surah Ya-Seen, Verse 18
قَالُواْ طَـٰٓئِرُكُم مَّعَكُمۡ أَئِن ذُكِّرۡتُمۚ بَلۡ أَنتُمۡ قَوۡمٞ مُّسۡرِفُونَ
ती रसूलहरूले भनेः कि तिम्रो अपशकुन त तिम्रो आफ्नै साथमा छ । के तिमी नसिहत गरिने कुरालाई अपशकुन सम्झन्छौ बरु तिमीहरू सीमा बाहिर जाने मानिसहरू हौ ।
Surah Ya-Seen, Verse 19
وَجَآءَ مِنۡ أَقۡصَا ٱلۡمَدِينَةِ رَجُلٞ يَسۡعَىٰ قَالَ يَٰقَوۡمِ ٱتَّبِعُواْ ٱلۡمُرۡسَلِينَ
(यसैबीच) नगरको दुरवर्ती छेउबाट एउटा व्यक्ति दगुर्दै आइपुग्यो । उसले भन्योः ‘‘हे मेरो कौम (जातिबन्धु) का मानिसहरू ! यी रसूलहरूको मार्गमा हिँड्नेगर ।’’
Surah Ya-Seen, Verse 20
ٱتَّبِعُواْ مَن لَّا يَسۡـَٔلُكُمۡ أَجۡرٗا وَهُم مُّهۡتَدُونَ
यस्ताको मार्गमा हिड्नेगर जसले तिमीसित कुनै पारिश्रमिक माँग्दैनन् र उनीहरू सोझो मार्गमा छन् ।
Surah Ya-Seen, Verse 21
وَمَالِيَ لَآ أَعۡبُدُ ٱلَّذِي فَطَرَنِي وَإِلَيۡهِ تُرۡجَعُونَ
‘‘र मलाई के भएको छ कि म उसको बन्दगी (उपासना) नगरूँ ? जसले मलाई सृष्टि गर्यो र उसैतिर तिमी सबैले फर्केर जानुपर्नेछ ?’’
Surah Ya-Seen, Verse 22
ءَأَتَّخِذُ مِن دُونِهِۦٓ ءَالِهَةً إِن يُرِدۡنِ ٱلرَّحۡمَٰنُ بِضُرّٖ لَّا تُغۡنِ عَنِّي شَفَٰعَتُهُمۡ شَيۡـٔٗا وَلَا يُنقِذُونِ
के मैले उसलाई छाडेर अरुलाई उपास्य बनाऊँ ? यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने उनीहरूको सिफारिश मेरो कुनै काम आउन सक्दैन र नत उनीहरूले मलाई बचाउन सक्दछन् ।
Surah Ya-Seen, Verse 23
إِنِّيٓ إِذٗا لَّفِي ضَلَٰلٖ مُّبِينٍ
अनि त म अवश्य नै स्पष्ट मार्गविचलनमा परिहाल्नेछु ।
Surah Ya-Seen, Verse 24
إِنِّيٓ ءَامَنتُ بِرَبِّكُمۡ فَٱسۡمَعُونِ
म त तिम्रो पालनकर्तामाथि सच्चा मनले ईमान ल्याइहालें, अतः मेरो कुरा सुन ।’’
Surah Ya-Seen, Verse 25
قِيلَ ٱدۡخُلِ ٱلۡجَنَّةَۖ قَالَ يَٰلَيۡتَ قَوۡمِي يَعۡلَمُونَ
आदेश भयोः ‘‘कि स्वर्गमा प्रवेश गरिहाल ।’’ भन्यो, काश ! मेरो जातिबन्धुलाई पनि खबर भइदिएको भए
Surah Ya-Seen, Verse 26
بِمَا غَفَرَ لِي رَبِّي وَجَعَلَنِي مِنَ ٱلۡمُكۡرَمِينَ
कि अल्लाहले मलाई क्षमा प्रदान गर्यो र प्रतिष्ठित मानिसहरूमा शम्मिलित गर्यो ।’’
Surah Ya-Seen, Verse 27
۞وَمَآ أَنزَلۡنَا عَلَىٰ قَوۡمِهِۦ مِنۢ بَعۡدِهِۦ مِن جُندٖ مِّنَ ٱلسَّمَآءِ وَمَا كُنَّا مُنزِلِينَ
त्यस पश्चात उसको समुदायमाथि हामीले आकाशबाट कुनै सेना उतारेनौं र हामीले यसप्रकार उतार्ने पनि गर्दैनौं ।
Surah Ya-Seen, Verse 28
إِن كَانَتۡ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ فَإِذَا هُمۡ خَٰمِدُونَ
त्यो त मात्र एउटा प्रचण्ड चित्कार थियो । सो उनीहरू सबै एक्कासी निभिहाले ।
Surah Ya-Seen, Verse 29
يَٰحَسۡرَةً عَلَى ٱلۡعِبَادِۚ مَا يَأۡتِيهِم مِّن رَّسُولٍ إِلَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ
अफसोच छ (यस्ता) सेवकहरूमाथि ! कि जो रसूल पनि उनीहरूको पासमा आयो, उनीहरूले उसको उपहास गरे ।
Surah Ya-Seen, Verse 30
أَلَمۡ يَرَوۡاْ كَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّنَ ٱلۡقُرُونِ أَنَّهُمۡ إِلَيۡهِمۡ لَا يَرۡجِعُونَ
के उनीहरूले देखेनन् कि उनीहरूभन्दा पहिला कति नस्लहरूलाई हामीले नष्ट गर्यौं, अब तिनीहरू उनीतिर फर्केर आउनेछैनन् ।
Surah Ya-Seen, Verse 31
وَإِن كُلّٞ لَّمَّا جَمِيعٞ لَّدَيۡنَا مُحۡضَرُونَ
जति पनि समूह छन् सबै हाम्रै, सम्मुख उपस्थित गराइनेछन् ।
Surah Ya-Seen, Verse 32
وَءَايَةٞ لَّهُمُ ٱلۡأَرۡضُ ٱلۡمَيۡتَةُ أَحۡيَيۡنَٰهَا وَأَخۡرَجۡنَا مِنۡهَا حَبّٗا فَمِنۡهُ يَأۡكُلُونَ
र एउटा निशानी उनीहरूको लागि सुख्खाभूमि हो । हामीले त्यसलाई जीवित पार्यौं र त्यसबाट अन्न उब्जायौं, जसबाट यिनीहरू खान्छन् ।
Surah Ya-Seen, Verse 33
وَجَعَلۡنَا فِيهَا جَنَّـٰتٖ مِّن نَّخِيلٖ وَأَعۡنَٰبٖ وَفَجَّرۡنَا فِيهَا مِنَ ٱلۡعُيُونِ
र हामीले त्यसमा खजूर र अँगूरहरूको बगैंचाहरू पैदा गर्यौं र त्यसमा हामीले झरना जारी गरिदिएका छौं ।
Surah Ya-Seen, Verse 34
لِيَأۡكُلُواْ مِن ثَمَرِهِۦ وَمَا عَمِلَتۡهُ أَيۡدِيهِمۡۚ أَفَلَا يَشۡكُرُونَ
ताकि मानिसहरूले त्यसका फल खाउन् र उनका हातहरूले त्यसलाई बनाएको होइन अनि फेरि किन उनीहरूले आभार प्रकट गर्दैनन्
Surah Ya-Seen, Verse 35
سُبۡحَٰنَ ٱلَّذِي خَلَقَ ٱلۡأَزۡوَٰجَ كُلَّهَا مِمَّا تُنۢبِتُ ٱلۡأَرۡضُ وَمِنۡ أَنفُسِهِمۡ وَمِمَّا لَا يَعۡلَمُونَ
अति पवित्र छ अल्लाह जसले सबैको जोडी सृष्टि गर्यो, चाहे त्यो माटोमा उमारिएका कुराहरू होउन्, र स्वयम् तिनीहरूका (अस्तित्वका) चिन्हहरू होउन् चाहे ती वस्तुहरू होउन् जसबारे तिनीहरू जान्दैनन् ।
Surah Ya-Seen, Verse 36
وَءَايَةٞ لَّهُمُ ٱلَّيۡلُ نَسۡلَخُ مِنۡهُ ٱلنَّهَارَ فَإِذَا هُم مُّظۡلِمُونَ
र उनीहरूको लागि एउटा निशानी रात हो । जसबाट हामीले दिनलाई तानिहाल्छौं, अनि त्यसबेला उनीहरू एक्कासी अँध्यारोमा पर्न जान्छन् ।
Surah Ya-Seen, Verse 37
وَٱلشَّمۡسُ تَجۡرِي لِمُسۡتَقَرّٖ لَّهَاۚ ذَٰلِكَ تَقۡدِيرُ ٱلۡعَزِيزِ ٱلۡعَلِيمِ
र सूर्य आफ्नो निर्धारित मार्गमा हिँडिराख्छ । यो निर्धारित गरिएको हो, अधिपत्यशाली, सर्वज्ञानी अल्लाहको तर्फबाट ।
Surah Ya-Seen, Verse 38
وَٱلۡقَمَرَ قَدَّرۡنَٰهُ مَنَازِلَ حَتَّىٰ عَادَ كَٱلۡعُرۡجُونِ ٱلۡقَدِيمِ
र चन्द्रको हामीले ठाउँहरू निर्धारित गरेका छौं, यहाँसम्म कि फर्केर (घट्दा–घट्दै) पूरानो हाँगाको जस्तै भइहाल्छ ।
Surah Ya-Seen, Verse 39
لَا ٱلشَّمۡسُ يَنۢبَغِي لَهَآ أَن تُدۡرِكَ ٱلۡقَمَرَ وَلَا ٱلَّيۡلُ سَابِقُ ٱلنَّهَارِۚ وَكُلّٞ فِي فَلَكٖ يَسۡبَحُونَ
न सूर्यबाट नै यो हुनसक्छ कि उसले चाँदलाई गएर समातिहालोस् र न रात नै दिनभन्दा पहिला आउन सक्छ । र सबै आफ्ना परिधिमा आकाशमा घुमिराखेका छन् ।
Surah Ya-Seen, Verse 40
وَءَايَةٞ لَّهُمۡ أَنَّا حَمَلۡنَا ذُرِّيَّتَهُمۡ فِي ٱلۡفُلۡكِ ٱلۡمَشۡحُونِ
र एउटा निशानी उनीहरूको लागि यो छ कि हामीले उनीहरूका संततिलाई भरिएको डुङ्गामा सवार गर्यौं ।
Surah Ya-Seen, Verse 41
وَخَلَقۡنَا لَهُم مِّن مِّثۡلِهِۦ مَا يَرۡكَبُونَ
र उनीहरूको निम्ति उसैको सदृश्य अरु पनि यस्ता कुराहरू सृष्टि गर्यौं, जसमाथि उनीहरू सवार हुन्छन् ।
Surah Ya-Seen, Verse 42
وَإِن نَّشَأۡ نُغۡرِقۡهُمۡ فَلَا صَرِيخَ لَهُمۡ وَلَا هُمۡ يُنقَذُونَ
र यदि हामीले चाहेको भए उनीहरूलाई डुबाई दिन्थ्यौं, अनि नत उनीहरूको कोही याचना सुन्नेवाला हुनेछ र न उनलाई बचाइन्थ्यो ।
Surah Ya-Seen, Verse 43
إِلَّا رَحۡمَةٗ مِّنَّا وَمَتَٰعًا إِلَىٰ حِينٖ
तर हामी आफ्नो तर्फबाट दया गर्दछौं र एक निश्चित समयसम्म तिनीहरूलाई फाइदा दिइरहन्छौं ।
Surah Ya-Seen, Verse 44
وَإِذَا قِيلَ لَهُمُ ٱتَّقُواْ مَا بَيۡنَ أَيۡدِيكُمۡ وَمَا خَلۡفَكُمۡ لَعَلَّكُمۡ تُرۡحَمُونَ
र जब उनीहरूसित भनिन्छ कि पहिलाका र पछि हुने पापहरूबाट बाँच, ताकि तिमीमाथि दया गरियोस् ।
Surah Ya-Seen, Verse 45
وَمَا تَأۡتِيهِم مِّنۡ ءَايَةٖ مِّنۡ ءَايَٰتِ رَبِّهِمۡ إِلَّا كَانُواْ عَنۡهَا مُعۡرِضِينَ
र उनीहरूको पासमा उनीहरूको पालनकर्ताका निशानीहरूमध्ये कुनै पनि निशानी यस्तो आएन जसबाट उनीहरू बेवास्ता नगरे ।
Surah Ya-Seen, Verse 46
وَإِذَا قِيلَ لَهُمۡ أَنفِقُواْ مِمَّا رَزَقَكُمُ ٱللَّهُ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُوٓاْ أَنُطۡعِمُ مَن لَّوۡ يَشَآءُ ٱللَّهُ أَطۡعَمَهُۥٓ إِنۡ أَنتُمۡ إِلَّا فِي ضَلَٰلٖ مُّبِينٖ
र जब उनीसित भनिन्छ कि, ‘‘जुन जीविका तिमीलाई अल्लाहले दिएकोछ, त्यसमध्येबाट केही (दान) खर्च गर ।’’ त यी काफिरहरू मोमिनहरूसित भन्दछन्ः कि ‘‘हामीले ती मानिसहरूलाई किन खुवाउने, जसलाई यदि अल्लाहले चाहेको भए स्वयम् खुवाइदिन्थ्यो ? तिमी त स्पष्ट भूलमा छौ ।’’
Surah Ya-Seen, Verse 47
وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ
तिनीहरू भन्दछन्ः ‘‘कि यदि तिमी साँचो हौ भने बताऊ त्यो वचन कहिले पूरा हुनेछ ?’’
Surah Ya-Seen, Verse 48
مَا يَنظُرُونَ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ تَأۡخُذُهُمۡ وَهُمۡ يَخِصِّمُونَ
यिनीहरूले त एउटा ठूलो चित्कारको प्रतीक्षामा छन्, जसले उनीहरूलाई (त्यस अवस्थामा) आई समात्नेछ जब कि यिनीहरू एकआपसमा झगडा गरिराखेका हुनेछन् ।
Surah Ya-Seen, Verse 49
فَلَا يَسۡتَطِيعُونَ تَوۡصِيَةٗ وَلَآ إِلَىٰٓ أَهۡلِهِمۡ يَرۡجِعُونَ
फेरि त्यस बेला यिनीहरूले नत इच्छापत्र गर्न सक्नेछन् र नत आफ्ना घरवालाहरूतिर फर्कन सक्नेछन् ।
Surah Ya-Seen, Verse 50
وَنُفِخَ فِي ٱلصُّورِ فَإِذَا هُم مِّنَ ٱلۡأَجۡدَاثِ إِلَىٰ رَبِّهِمۡ يَنسِلُونَ
र सूर (सिंगा) फूँकिने बित्तिकै यिनीहरू सबै आफ्ना चिहानहरूबाट (निस्केर) आफ्नो पालनकर्तातिर दगुर्नेछन् ।
Surah Ya-Seen, Verse 51
قَالُواْ يَٰوَيۡلَنَا مَنۢ بَعَثَنَا مِن مَّرۡقَدِنَاۜۗ هَٰذَا مَا وَعَدَ ٱلرَّحۡمَٰنُ وَصَدَقَ ٱلۡمُرۡسَلُونَ
भन्नेछन्ः ‘‘हाय–हाय कसले हामीलाई निद्राबाट जगाइदियो ? यही हो जसको रहमानले वचन दिएको थियो । र रसूलहरूले साँचो कुरा भनेका थिए’’ ।
Surah Ya-Seen, Verse 52
إِن كَانَتۡ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ فَإِذَا هُمۡ جَمِيعٞ لَّدَيۡنَا مُحۡضَرُونَ
अनि एउटा ठूलो चित्कार हुनेछ । त उनीहरू सबै एक्कासी हाम्रो सामु उपस्थित गराइहालिने छन् ।
Surah Ya-Seen, Verse 53
فَٱلۡيَوۡمَ لَا تُظۡلَمُ نَفۡسٞ شَيۡـٔٗا وَلَا تُجۡزَوۡنَ إِلَّا مَا كُنتُمۡ تَعۡمَلُونَ
यस दिन कुनै व्यक्तिमाथि कुनै पनि अन्याय हुनेछैन र तिमीलाई प्रतिफलको रूपमा त्यही प्राप्त हुनेछ जुन तिमीले गर्दै आइरहेका थियौ ।
Surah Ya-Seen, Verse 54
إِنَّ أَصۡحَٰبَ ٱلۡجَنَّةِ ٱلۡيَوۡمَ فِي شُغُلٖ فَٰكِهُونَ
स्वर्गवालाहरू आजको दिन कुनै नकुनै काममा व्यस्त भई आनन्द लिइराख्नेछन् ।
Surah Ya-Seen, Verse 55
هُمۡ وَأَزۡوَٰجُهُمۡ فِي ظِلَٰلٍ عَلَى ٱلۡأَرَآئِكِ مُتَّكِـُٔونَ
उनीहरू र उनका पत्नीहरू पनि छाँयामा पलंगहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
Surah Ya-Seen, Verse 56
لَهُمۡ فِيهَا فَٰكِهَةٞ وَلَهُم مَّا يَدَّعُونَ
त्यहाँ उनीहरूको निम्ति हरप्रकारका फलहरू हुनेछन् । र उनीहरू जे चाहन्छन् उपलब्ध हुनेछ ।
Surah Ya-Seen, Verse 57
سَلَٰمٞ قَوۡلٗا مِّن رَّبّٖ رَّحِيمٖ
दयावान् पालनकर्ताको तर्फबाट उनीहरूमाथि सलाम भनिनेछ ।
Surah Ya-Seen, Verse 58
وَٱمۡتَٰزُواْ ٱلۡيَوۡمَ أَيُّهَا ٱلۡمُجۡرِمُونَ
र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।
Surah Ya-Seen, Verse 59
۞أَلَمۡ أَعۡهَدۡ إِلَيۡكُمۡ يَٰبَنِيٓ ءَادَمَ أَن لَّا تَعۡبُدُواْ ٱلشَّيۡطَٰنَۖ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٞ
हे आदमका सन्तति! के हामीले तिमीसित वचन लिएका थिएनौं ? कि तिमी शैतानको पूजा नगर्नु । निश्चय नै त्यो तिम्रो स्पष्ट शत्रु हो ।
Surah Ya-Seen, Verse 60
وَأَنِ ٱعۡبُدُونِيۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ
र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।
Surah Ya-Seen, Verse 61
وَلَقَدۡ أَضَلَّ مِنكُمۡ جِبِلّٗا كَثِيرًاۖ أَفَلَمۡ تَكُونُواْ تَعۡقِلُونَ
र शैतानले त तिमीहरूमध्ये धेरै प्राणीलाई पथभ्रष्ट गरिदियो के तिमीसँग बुद्धि थिएन
Surah Ya-Seen, Verse 62
هَٰذِهِۦ جَهَنَّمُ ٱلَّتِي كُنتُمۡ تُوعَدُونَ
यो त्यही नर्क हो जसको तिमीलाई वचन दिइएको थियो ।
Surah Ya-Seen, Verse 63
ٱصۡلَوۡهَا ٱلۡيَوۡمَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ
(तसर्थ) ‘‘तिमीले गरेको कुफ्रको बदला प्राप्त गर्न आज यसमा (नर्कमा) प्रवेश गरिहाल ।’’
Surah Ya-Seen, Verse 64
ٱلۡيَوۡمَ نَخۡتِمُ عَلَىٰٓ أَفۡوَٰهِهِمۡ وَتُكَلِّمُنَآ أَيۡدِيهِمۡ وَتَشۡهَدُ أَرۡجُلُهُم بِمَا كَانُواْ يَكۡسِبُونَ
आज हामीले उनका मुखहरूमा छाप लगाइदिनेछौं र जेजति यिनीहरूले गर्दै आएका थिए, उनीहरूका हातले हामीसित वर्णन गर्नेछन्, र उनका खुट्टाहरू साक्षी बन्नेछन् ।
Surah Ya-Seen, Verse 65
وَلَوۡ نَشَآءُ لَطَمَسۡنَا عَلَىٰٓ أَعۡيُنِهِمۡ فَٱسۡتَبَقُواْ ٱلصِّرَٰطَ فَأَنَّىٰ يُبۡصِرُونَ
यदि हामीले चाहेको भए उनका आँखाहरू नष्ट (गरेर अन्धा) गरिदिने थियौं । फेरि उनीहरू बाटोतिर दौडिरहन्थे तर उनीहरूले कसरी देख्न सक्दथे
Surah Ya-Seen, Verse 66
وَلَوۡ نَشَآءُ لَمَسَخۡنَٰهُمۡ عَلَىٰ مَكَانَتِهِمۡ فَمَا ٱسۡتَطَٰعُواْ مُضِيّٗا وَلَا يَرۡجِعُونَ
र यदि हामीले चाहेको भए उनीहरूको ठाउँमै उनीहरूको रूप बिगार्न सक्थ्यौं, अनि त्यहाँबाट उनीहरू न अगाडि जान सक्छन् न पछाडि फर्कन सक्नेछन् ।
Surah Ya-Seen, Verse 67
وَمَن نُّعَمِّرۡهُ نُنَكِّسۡهُ فِي ٱلۡخَلۡقِۚ أَفَلَا يَعۡقِلُونَ
र जसलाई हामीले दीर्घायु दिन्छौं, उसलाई उसको जन्मको अवस्थामा फर्काइदिन्छौं । के तिनीहरूले तैपनि बुझ्दैनन्
Surah Ya-Seen, Verse 68
وَمَا عَلَّمۡنَٰهُ ٱلشِّعۡرَ وَمَا يَنۢبَغِي لَهُۥٓۚ إِنۡ هُوَ إِلَّا ذِكۡرٞ وَقُرۡءَانٞ مُّبِينٞ
न हामीले यस नबीलाई कविता सिकाएका छौं र न यो उसको लागि सुहाउँछ । यो त मात्र नसीहत (उपदेश) र स्पष्ट कुरआन हो ।
Surah Ya-Seen, Verse 69
لِّيُنذِرَ مَن كَانَ حَيّٗا وَيَحِقَّ ٱلۡقَوۡلُ عَلَى ٱلۡكَٰفِرِينَ
ताकि उसले त्यस्ता सबैलाई सचेत गरिदेओस् जो जीवित छन् । र काफिरहरूमाथि दुष्कर्म प्रमाणित भइजाओस् ।
Surah Ya-Seen, Verse 70
أَوَلَمۡ يَرَوۡاْ أَنَّا خَلَقۡنَا لَهُم مِّمَّا عَمِلَتۡ أَيۡدِينَآ أَنۡعَٰمٗا فَهُمۡ لَهَا مَٰلِكُونَ
के उनीहरूले देखदैनन् ? कि हामीले उनीहरूको निम्ति आफ्नो हातबाट बनाइएका कुराहरूमध्ये चौपाया बनायौं र जसको अब उनीहरू स्वामी भएका छन् ।
Surah Ya-Seen, Verse 71
وَذَلَّلۡنَٰهَا لَهُمۡ فَمِنۡهَا رَكُوبُهُمۡ وَمِنۡهَا يَأۡكُلُونَ
र ती पशुहरूलाई हामीले उनीहरूको आज्ञापालक बनाइदियौं, जसमध्ये केही त उनीहरूको लागि सवारीको रूपमा छन् र तिनीहरूमध्ये केहीका मासु उनीहरूले खान्छन् ।
Surah Ya-Seen, Verse 72
وَلَهُمۡ فِيهَا مَنَٰفِعُ وَمَشَارِبُۚ أَفَلَا يَشۡكُرُونَ
र उनीहरूको निम्ति तिनीहरूमा अरु कैयन् लाभ छन् र पेय पदार्थ पनि । त के तिनीहरूले कृतज्ञता प्रकट गर्दैनन्
Surah Ya-Seen, Verse 73
وَٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ ءَالِهَةٗ لَّعَلَّهُمۡ يُنصَرُونَ
र उनीहरूले अल्लाहलाई छाडि अरुलाई पूज्य बनाउँछन् ताकि त्यसबाट उनीहरूलाई मद्दत पुगोस् ।
Surah Ya-Seen, Verse 74
لَا يَسۡتَطِيعُونَ نَصۡرَهُمۡ وَهُمۡ لَهُمۡ جُندٞ مُّحۡضَرُونَ
यद्यपि तिनीहरूले उनीहरूको मद्दतको क्षमता राख्दैनन्, तापनि मुश्रिकहरू उनीहरूको (बहुदेबवादीको) फौजको रूपमा उपस्थित छन् ।
Surah Ya-Seen, Verse 75
فَلَا يَحۡزُنكَ قَوۡلُهُمۡۘ إِنَّا نَعۡلَمُ مَا يُسِرُّونَ وَمَا يُعۡلِنُونَ
अतः उनीहरूको कुराले तपाईंलाई शोकाकूल नगरुन् । यिनीहरूले जेजति लुकाउँछन् र जेजति प्रकट गर्दछन्, हामीलाई राम्रोसँग प्रत्यक्ष, परोक्ष सबै थाहा छ ।
Surah Ya-Seen, Verse 76
أَوَلَمۡ يَرَ ٱلۡإِنسَٰنُ أَنَّا خَلَقۡنَٰهُ مِن نُّطۡفَةٖ فَإِذَا هُوَ خَصِيمٞ مُّبِينٞ
के मानिसलाई यति पनि ज्ञान छैन कि हामीले उसलाई पानीको थोपाबाट सृष्टि गर्यौं ? अनि त्यो प्रत्यक्ष झगडालु बनिहाल्यो ।
Surah Ya-Seen, Verse 77
وَضَرَبَ لَنَا مَثَلٗا وَنَسِيَ خَلۡقَهُۥۖ قَالَ مَن يُحۡيِ ٱلۡعِظَٰمَ وَهِيَ رَمِيمٞ
र उसले हाम्रो बारेमा तुलना गर्नथाल्यो र आफ्नो पैदाइश (सृष्टि) लाई बिर्सिहाल्यो । भन्नथाल्यो किः (जब) ‘‘हाडहरू सडिगलि सक्नेछन् तब यिनलाई कसले जीवित गरिसक्नेछ ?’’
Surah Ya-Seen, Verse 78
قُلۡ يُحۡيِيهَا ٱلَّذِيٓ أَنشَأَهَآ أَوَّلَ مَرَّةٖۖ وَهُوَ بِكُلِّ خَلۡقٍ عَلِيمٌ
तपाईं जवाफ दिनुस् किः ‘‘उनीहरूलाई उसले जीवित पार्नेछ, जसले उनीहरूलाई पहिलो पटक सृष्टि गरेको छ, जो प्रत्येक सृष्टिलाई राम्ररी जान्दछ ।
Surah Ya-Seen, Verse 79
ٱلَّذِي جَعَلَ لَكُم مِّنَ ٱلشَّجَرِ ٱلۡأَخۡضَرِ نَارٗا فَإِذَآ أَنتُم مِّنۡهُ تُوقِدُونَ
उही हो जसले तिम्रो निम्ति हरियो वृक्षबाट आगो पैदा गरिदियो । त तिमीले त्यसद्वारा आगो सल्काउँछौ ।’’
Surah Ya-Seen, Verse 80
أَوَلَيۡسَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِقَٰدِرٍ عَلَىٰٓ أَن يَخۡلُقَ مِثۡلَهُمۚ بَلَىٰ وَهُوَ ٱلۡخَلَّـٰقُ ٱلۡعَلِيمُ
जसले आकाशहरू र जमिनलाई सृष्टि गरेको छ, उसलाई सामथ्र्य छैन कि उनीहरू जस्तै फेरि सृष्टि गरिदेओस् ? किन होइन, जब कि त्यो महान् स्रष्टा अत्यन्त ज्ञानवान छ ।
Surah Ya-Seen, Verse 81
إِنَّمَآ أَمۡرُهُۥٓ إِذَآ أَرَادَ شَيۡـًٔا أَن يَقُولَ لَهُۥ كُن فَيَكُونُ
उसको गरिमा यो हो कि जब उसले कुनै कुराको (सृष्टि गर्ने) इच्छा गर्दछ तब उसले यति भन्नु पर्याप्त हुन्छ कि, ‘‘भइहाल’’ ! अनि त्यो भइहाल्छ ।
Surah Ya-Seen, Verse 82
فَسُبۡحَٰنَ ٱلَّذِي بِيَدِهِۦ مَلَكُوتُ كُلِّ شَيۡءٖ وَإِلَيۡهِ تُرۡجَعُونَ
अतः पवित्र छ त्यो अल्लाह, जसको हातमा प्रत्येक कुराको पूरा अधिकार छ । र उसैतिर तिमी फर्केर आउनेछौ ।
Surah Ya-Seen, Verse 83