Surah Sad - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
صٓۚ وَٱلۡقُرۡءَانِ ذِي ٱلذِّكۡرِ
साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।
Surah Sad, Verse 1
بَلِ ٱلَّذِينَ كَفَرُواْ فِي عِزَّةٖ وَشِقَاقٖ
तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
Surah Sad, Verse 2
كَمۡ أَهۡلَكۡنَا مِن قَبۡلِهِم مِّن قَرۡنٖ فَنَادَواْ وَّلَاتَ حِينَ مَنَاصٖ
हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।
Surah Sad, Verse 3
وَعَجِبُوٓاْ أَن جَآءَهُم مُّنذِرٞ مِّنۡهُمۡۖ وَقَالَ ٱلۡكَٰفِرُونَ هَٰذَا سَٰحِرٞ كَذَّابٌ
र उनीहरूले आश्चर्य गरे कि उनीहरूको पासमा उनीहरूमध्येबाट एउटा सचेतकर्ता आयो र (इन्कार गर्नेहरूले) भन्न थालेः कि ‘‘यो त जादूगर र झूठा हो ।’’
Surah Sad, Verse 4
أَجَعَلَ ٱلۡأٓلِهَةَ إِلَٰهٗا وَٰحِدًاۖ إِنَّ هَٰذَا لَشَيۡءٌ عُجَابٞ
के उसले यति धेरै पूज्य उपास्यहरूलाई एक्लो एउटै उपास्य बनाइदियो ? यो त ठूलै आश्चर्यजनक कुरा हो ।
Surah Sad, Verse 5
وَٱنطَلَقَ ٱلۡمَلَأُ مِنۡهُمۡ أَنِ ٱمۡشُواْ وَٱصۡبِرُواْ عَلَىٰٓ ءَالِهَتِكُمۡۖ إِنَّ هَٰذَا لَشَيۡءٞ يُرَادُ
उनका नायकहरूले यो भन्दै हिंडिहाले कि ‘‘हिंड र आफ्ना उपास्यहरू (को पूजा) मा डटी रह । निःसन्देह यस कुरामा कुनै स्वार्थ (नीहित) छ ।
Surah Sad, Verse 6
مَا سَمِعۡنَا بِهَٰذَا فِي ٱلۡمِلَّةِ ٱلۡأٓخِرَةِ إِنۡ هَٰذَآ إِلَّا ٱخۡتِلَٰقٌ
यो कुरा त अघिका धर्ममा पनि हामीले कहिल्यै सुनेनौं । यो बिलकुलै मनगढन्ते कुरा हो ।
Surah Sad, Verse 7
أَءُنزِلَ عَلَيۡهِ ٱلذِّكۡرُ مِنۢ بَيۡنِنَاۚ بَلۡ هُمۡ فِي شَكّٖ مِّن ذِكۡرِيۚ بَل لَّمَّا يَذُوقُواْ عَذَابِ
के हामी सबैमध्येबाट यसैमाथि अल्लाहको आदेश अवतरित भएको हो ? वास्तवमा उनीहरू मेरो वह्यको विषयमा सन्देहमा छन् ?’’ बरु (सत्य यो हो कि) उनीहरूले अझैसम्म मेरो यातनाको स्वाद चाखेका छैनन् ?’’
Surah Sad, Verse 8
أَمۡ عِندَهُمۡ خَزَآئِنُ رَحۡمَةِ رَبِّكَ ٱلۡعَزِيزِ ٱلۡوَهَّابِ
वा के उनीहरूको पासमा तिम्रो दिनेवाला महान् पालनकर्ताको दयाका खजानाहरू छन
Surah Sad, Verse 9
أَمۡ لَهُم مُّلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَاۖ فَلۡيَرۡتَقُواْ فِي ٱلۡأَسۡبَٰبِ
वा के आकाशहरू र जमिन र जेजति उनीहरूको बीचमा छन् ती, (सबै) माथि उनैको आधिपत्य छ, त्यस्तो हो भने यिनीहरू डोरी तानेर चढिहालुन् ।
Surah Sad, Verse 10
جُندٞ مَّا هُنَالِكَ مَهۡزُومٞ مِّنَ ٱلۡأَحۡزَابِ
पराजित समूहहरूमध्ये यो पनि एउटा (समूहको) सेना हो ।
Surah Sad, Verse 11
كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ وَعَادٞ وَفِرۡعَوۡنُ ذُو ٱلۡأَوۡتَادِ
यिनीभन्दा अगाडि पनि ‘‘नूहको’’ कौम र ‘‘आद’’ र मेखवाला (किल्लावाला) फिरऔनले झूठा भनिसकेका थिए ।
Surah Sad, Verse 12
وَثَمُودُ وَقَوۡمُ لُوطٖ وَأَصۡحَٰبُ لۡـَٔيۡكَةِۚ أُوْلَـٰٓئِكَ ٱلۡأَحۡزَابُ
र समूद र ‘‘लूतका’’ कौम (जातिबन्धु) र बनका बासिन्दा पनि, यी नै ती समूह हुन् ।
Surah Sad, Verse 13
إِن كُلٌّ إِلَّا كَذَّبَ ٱلرُّسُلَ فَحَقَّ عِقَابِ
तिनीहरू प्रत्येकले रसूलहरूलाई आरोप लगाए तसर्थ मेरो सजाय उनीमाथि निश्चित भयो ।
Surah Sad, Verse 14
وَمَا يَنظُرُ هَـٰٓؤُلَآءِ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ مَّا لَهَا مِن فَوَاقٖ
यिनीहरू त मात्र एउटा चित्कारको प्रतीक्षामा छन् जसबाट अलिकति पनि अवकाश हुनेछैन ।
Surah Sad, Verse 15
وَقَالُواْ رَبَّنَا عَجِّل لَّنَا قِطَّنَا قَبۡلَ يَوۡمِ ٱلۡحِسَابِ
र उनी भन्छन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई हाम्रो भाग हिसाबको दिनभन्दा अगावै दिइहाल ।
Surah Sad, Verse 16
ٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَٱذۡكُرۡ عَبۡدَنَا دَاوُۥدَ ذَا ٱلۡأَيۡدِۖ إِنَّهُۥٓ أَوَّابٌ
(हे पैगम्बर !) यिनीहरू जे भन्दछन्, त्यसमाथि धैर्य गर्नुस् र हाम्रो सेवक ‘‘दाऊदलाई’’ स्मरण गर्नुस् जो शक्तिशाली थिए । (र) निश्चय नै उनी (अल्लाहतिर) प्रवृत्त थिए ।
Surah Sad, Verse 17
إِنَّا سَخَّرۡنَا ٱلۡجِبَالَ مَعَهُۥ يُسَبِّحۡنَ بِٱلۡعَشِيِّ وَٱلۡإِشۡرَاقِ
हामीले पर्वतहरूलाई उनको आदेशको अधीन गरिदिएका थियौं कि प्रातःकाल र सन्ध्याको समय उनको साथमा गुणगान गरिराखुन् ।
Surah Sad, Verse 18
وَٱلطَّيۡرَ مَحۡشُورَةٗۖ كُلّٞ لَّهُۥٓ أَوَّابٞ
र पंक्षीहरूलाई पनि जो एकत्र हुन्थे । सबै उनका आज्ञाकारी थिए ।
Surah Sad, Verse 19
وَشَدَدۡنَا مُلۡكَهُۥ وَءَاتَيۡنَٰهُ ٱلۡحِكۡمَةَ وَفَصۡلَ ٱلۡخِطَابِ
र हामीले उनको राज्यलाई सुदृढ गरिदिएका थियौं र उनलाई तत्वदर्शीता प्रदान गरेका थियौं र निर्णायक कुरा भन्ने क्षमता प्रदान गरेका थियौं ।
Surah Sad, Verse 20
۞وَهَلۡ أَتَىٰكَ نَبَؤُاْ ٱلۡخَصۡمِ إِذۡ تَسَوَّرُواْ ٱلۡمِحۡرَابَ
र के तिमीलाई विवाद गर्नेहरूको समाचार पनि पुगेको छ ? जब उनीहरू पर्खाल चढी एकान्त कक्षमा आइपुगे ।
Surah Sad, Verse 21
إِذۡ دَخَلُواْ عَلَىٰ دَاوُۥدَ فَفَزِعَ مِنۡهُمۡۖ قَالُواْ لَا تَخَفۡۖ خَصۡمَانِ بَغَىٰ بَعۡضُنَا عَلَىٰ بَعۡضٖ فَٱحۡكُم بَيۡنَنَا بِٱلۡحَقِّ وَلَا تُشۡطِطۡ وَٱهۡدِنَآ إِلَىٰ سَوَآءِ ٱلصِّرَٰطِ
जुन बेला उनीहरू ‘‘दाऊदको’’ पासमा आए, त्यतिखेर उनी उनीहरूसित तर्सिहाले । उनीहरूले भने कि भय नगर, हामी दुवैको एउटा मुद्दा छ कि, हामीमध्ये एउटाले अर्कोसित अन्याय गरेको छ, तसर्थ तपाईंले हाम्रोबीचमा ठीक–ठीक निर्णय गरिदिनुस् । र अन्याय नगर्नुहोला र हामीलाई सोझो बाटो देखाइदिनुस् ।
Surah Sad, Verse 22
إِنَّ هَٰذَآ أَخِي لَهُۥ تِسۡعٞ وَتِسۡعُونَ نَعۡجَةٗ وَلِيَ نَعۡجَةٞ وَٰحِدَةٞ فَقَالَ أَكۡفِلۡنِيهَا وَعَزَّنِي فِي ٱلۡخِطَابِ
(कुरा यो छ कि) यो मेरो भाइ हो । यसका उनान्सय भेंडीहरू छिन् र मेरो पासमा एउटा दुम्बी मात्र छे । यसले भन्छ कि, यसलाई पनि मलाई सुम्पिदे, र कुरामा ममाथि जबरजस्ती गर्दछ ।
Surah Sad, Verse 23
قَالَ لَقَدۡ ظَلَمَكَ بِسُؤَالِ نَعۡجَتِكَ إِلَىٰ نِعَاجِهِۦۖ وَإِنَّ كَثِيرٗا مِّنَ ٱلۡخُلَطَآءِ لَيَبۡغِي بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٍ إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ وَقَلِيلٞ مَّا هُمۡۗ وَظَنَّ دَاوُۥدُ أَنَّمَا فَتَنَّـٰهُ فَٱسۡتَغۡفَرَ رَبَّهُۥ وَخَرَّۤ رَاكِعٗاۤ وَأَنَابَ۩
उनले भनेः के ‘‘यसले तिम्रो दुम्बीलाई आफ्नो दुम्बीहरूमा मिसाइने कुरा गरेर, निःसन्देह तिमीमाथि अन्याय गर्दछ । अधिकतर साझेदारहरू एक अर्कामाथि ज्यादति नै गर्ने गर्दछन् । हो, जसले ईमान ल्याए र असल कर्म गरे, तिनीहरू बाहेक, र यस्ता निकै कम छन् ।’’ र ‘‘दाऊदले’’ ठाने कि (यस घटनाबाट) हामीले उनको परीक्षा गरेका हौं तब उनले आफ्नो पालनकर्तासित क्षमायाचना गरे र पश्चाताप गर्दै सजदा गरे र अल्लाहतिर प्रवृत्त भए ।
Surah Sad, Verse 24
فَغَفَرۡنَا لَهُۥ ذَٰلِكَۖ وَإِنَّ لَهُۥ عِندَنَا لَزُلۡفَىٰ وَحُسۡنَ مَـَٔابٖ
तब हामीले पनि उनलाई क्षमा गर्यौं र निश्चय नै उनी हाम्रो नजिकका र उत्तम स्थानवाला हुन् ।
Surah Sad, Verse 25
يَٰدَاوُۥدُ إِنَّا جَعَلۡنَٰكَ خَلِيفَةٗ فِي ٱلۡأَرۡضِ فَٱحۡكُم بَيۡنَ ٱلنَّاسِ بِٱلۡحَقِّ وَلَا تَتَّبِعِ ٱلۡهَوَىٰ فَيُضِلَّكَ عَن سَبِيلِ ٱللَّهِۚ إِنَّ ٱلَّذِينَ يَضِلُّونَ عَن سَبِيلِ ٱللَّهِ لَهُمۡ عَذَابٞ شَدِيدُۢ بِمَا نَسُواْ يَوۡمَ ٱلۡحِسَابِ
हे दाऊद ! ‘‘हामीले धरतीमा तिमीलाई उत्तराधिकारी बनाएका छौं । अतः तिमीले मानिसहरूको बीचमा सत्यताको साथ फैसला गर्नु र आफ्नो व्यक्तिगत इच्छाको अनुपालन नगर्नु कि त्यसले तिमीलाई अल्लाहको मार्गबाट विचलित गराइदिनेछ, जुन मानिसहरू अल्लाहको मार्गबाट विचलित हुन्छन्, निश्चय नै उनीहरूको निम्ति कठोर यातना छ, किनभने उनीहरूले हिसाबको दिनलाई बिर्सिदिए ।
Surah Sad, Verse 26
وَمَا خَلَقۡنَا ٱلسَّمَآءَ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا بَٰطِلٗاۚ ذَٰلِكَ ظَنُّ ٱلَّذِينَ كَفَرُواْۚ فَوَيۡلٞ لِّلَّذِينَ كَفَرُواْ مِنَ ٱلنَّارِ
र हामीले आकाश र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, व्यर्थमा सृष्टि गरेका होइनौं । यो उनीहरूको सोचाई हो जो काफिर छन् । तसर्थ काफिरहरूको लागि नर्कको यातना छ ।
Surah Sad, Verse 27
أَمۡ نَجۡعَلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ كَٱلۡمُفۡسِدِينَ فِي ٱلۡأَرۡضِ أَمۡ نَجۡعَلُ ٱلۡمُتَّقِينَ كَٱلۡفُجَّارِ
जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिराखे, के उनीहरूलाई हामीले तिनीहरू सरह गरिदिन्छौं जसले धरतीमा उपद्रव गर्दछन्, वा फेरि संयमीहरूलाई दुराचारीहरू जस्तो गरिदियौं
Surah Sad, Verse 28
كِتَٰبٌ أَنزَلۡنَٰهُ إِلَيۡكَ مُبَٰرَكٞ لِّيَدَّبَّرُوٓاْ ءَايَٰتِهِۦ وَلِيَتَذَكَّرَ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ
(यो) धेरै अनुग्रहयुक्त किताब हो, जुन हामीले तपाईंमाथि अवतरित गरेका छौं । ताकि मानिसहरूले यसका आयतहरूमा सोचविचार गरुन् र बुद्धिवालाहरूले यसबाट शिक्षा ग्रहण गरुन् ।
Surah Sad, Verse 29
وَوَهَبۡنَا لِدَاوُۥدَ سُلَيۡمَٰنَۚ نِعۡمَ ٱلۡعَبۡدُ إِنَّهُۥٓ أَوَّابٌ
र हामीले ‘‘दाऊदलाई’’ ‘‘सुलैमान’’ नामको छोरा प्रदान गर्यौं । उनी धेरै राम्रो बन्दा (भक्त) थिए, निश्चय नै उनी अल्लाहतिर प्रवृत्त हुनेवाला थिए ।
Surah Sad, Verse 30
إِذۡ عُرِضَ عَلَيۡهِ بِٱلۡعَشِيِّ ٱلصَّـٰفِنَٰتُ ٱلۡجِيَادُ
(स्मरण गर) जब सन्ध्याको समयमा उनका अगाडि राम्रा द्रुतगामी घोडाहरू उपस्थित गराइए ।
Surah Sad, Verse 31
فَقَالَ إِنِّيٓ أَحۡبَبۡتُ حُبَّ ٱلۡخَيۡرِ عَن ذِكۡرِ رَبِّي حَتَّىٰ تَوَارَتۡ بِٱلۡحِجَابِ
तब भन्न थाले किः ‘‘मैले पालनकर्ताको स्मरणबाट (बेवास्ता भई) यी घोडाहरूसँगको मायालाई राम्रो ठानें ।’’ यहाँसम्म कि सूर्य अस्त भइसक्यो ।
Surah Sad, Verse 32
رُدُّوهَا عَلَيَّۖ فَطَفِقَ مَسۡحَۢا بِٱلسُّوقِ وَٱلۡأَعۡنَاقِ
(भने कि) ‘‘उनीहरूलाई मेरो नजिकमा ल्याऊ ।’’ अनि उनीहरूको गोडा र गर्दनमा हातले मुसार्न थाले ।
Surah Sad, Verse 33
وَلَقَدۡ فَتَنَّا سُلَيۡمَٰنَ وَأَلۡقَيۡنَا عَلَىٰ كُرۡسِيِّهِۦ جَسَدٗا ثُمَّ أَنَابَ
र हामीले सुलैमान (अलैहिस्सलाम)को परीक्षा गर्यौं, र उनको सिंहासनमा एउटा शरीर राखिदियौं, अनि उनी अल्लाहतिर प्रवृत्त भए ।
Surah Sad, Verse 34
قَالَ رَبِّ ٱغۡفِرۡ لِي وَهَبۡ لِي مُلۡكٗا لَّا يَنۢبَغِي لِأَحَدٖ مِّنۢ بَعۡدِيٓۖ إِنَّكَ أَنتَ ٱلۡوَهَّابُ
उनले भनेः ‘‘हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदेऊ, र मलाई त्यो राज्य प्रदान गर, जुन म बाहेक कसैको लागि उपयुक्त नहोस् । निश्चय नै तिमी ठूलो दाता हौ ।’’
Surah Sad, Verse 35
فَسَخَّرۡنَا لَهُ ٱلرِّيحَ تَجۡرِي بِأَمۡرِهِۦ رُخَآءً حَيۡثُ أَصَابَ
तब हामीले वायुलाई उनको अधीनमा गरिदियौं जुन उनको आदेशानुसार, जहाँ उनी पुग्न चाहन्थे, सरलतापूर्वक पुर्याइदिन्थ्यो ।
Surah Sad, Verse 36
وَٱلشَّيَٰطِينَ كُلَّ بَنَّآءٖ وَغَوَّاصٖ
र शक्तिशाली जिन्नहरूलाई पनि उनको अधीन गरिदियौं, सबै भवन बनाउनेवाला र गोताखोर (डुबक्की लगाउनेवाला) लाई ।
Surah Sad, Verse 37
وَءَاخَرِينَ مُقَرَّنِينَ فِي ٱلۡأَصۡفَادِ
र अरु जिन्नहरूलाई पनि जो जंजीरमा जकडिएका थिए ।
Surah Sad, Verse 38
هَٰذَا عَطَآؤُنَا فَٱمۡنُنۡ أَوۡ أَمۡسِكۡ بِغَيۡرِ حِسَابٖ
(हामीले भन्यौं) ‘‘यो हाम्रो बक्सीश हो, अब तिमी भलाई गर वा रोकी राख (तिमीसित) कुनै हिसाब हुनेछैन ।’’
Surah Sad, Verse 39
وَإِنَّ لَهُۥ عِندَنَا لَزُلۡفَىٰ وَحُسۡنَ مَـَٔابٖ
र उनको निम्ति हामीकहाँ धेरै सामीप्यता र उत्तम स्थान छ ।
Surah Sad, Verse 40
وَٱذۡكُرۡ عَبۡدَنَآ أَيُّوبَ إِذۡ نَادَىٰ رَبَّهُۥٓ أَنِّي مَسَّنِيَ ٱلشَّيۡطَٰنُ بِنُصۡبٖ وَعَذَابٍ
र हाम्रा भक्त ‘‘अय्यूब (अलैहिस्सलाम) लाई’’ पनि स्मरण गर, जब उसले आफ्नो पालनकर्तालाई पुकार्यो कि ‘‘शैतानले मलाई दुःख र पीडा पुर्याएको छ ।’’
Surah Sad, Verse 41
ٱرۡكُضۡ بِرِجۡلِكَۖ هَٰذَا مُغۡتَسَلُۢ بَارِدٞ وَشَرَابٞ
(हामीले भन्यौं कि धरतीमाथि) आफ्नो लातले हान, (हेर), यो (मूल), नुहाउनको निम्ति चिसो र पिउनको निम्ति (मिठो) पानी हो ।’’
Surah Sad, Verse 42
وَوَهَبۡنَا لَهُۥٓ أَهۡلَهُۥ وَمِثۡلَهُم مَّعَهُمۡ رَحۡمَةٗ مِّنَّا وَذِكۡرَىٰ لِأُوْلِي ٱلۡأَلۡبَٰبِ
र हामीले उनका पूरै जहान परिवार र उनको साथ अरुलाई पनि उनलाई प्रदान गर्यौं । (यो) हाम्रो तर्फबाट दयालुता र बुद्धिवालाहरूको निम्ति शिक्षाको रूपमा थियो ।
Surah Sad, Verse 43
وَخُذۡ بِيَدِكَ ضِغۡثٗا فَٱضۡرِب بِّهِۦ وَلَا تَحۡنَثۡۗ إِنَّا وَجَدۡنَٰهُ صَابِرٗاۚ نِّعۡمَ ٱلۡعَبۡدُ إِنَّهُۥٓ أَوَّابٞ
र आफ्नो हातमा झाडू (केही झारपात) लिएर त्यसबाट हिर्काऊ र शपथ नतोड ।’’ साँचो यो हो कि हामीले उनलाई ठूलो धैर्यवान् भक्त पायौं, उनी धेरै राम्रो उपासक थिए । र उनी धेरै ध्यान राख्नेवाला थिए ।
Surah Sad, Verse 44
وَٱذۡكُرۡ عِبَٰدَنَآ إِبۡرَٰهِيمَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ أُوْلِي ٱلۡأَيۡدِي وَٱلۡأَبۡصَٰرِ
हाम्रा उपासकहरू ‘‘इब्राहीम’’, ‘‘इस्हाक’’ र ‘‘यअ्कूबलाई’’ स्मरण गर जो शक्तिवाला र दृष्टिवाला थिए ।
Surah Sad, Verse 45
إِنَّآ أَخۡلَصۡنَٰهُم بِخَالِصَةٖ ذِكۡرَى ٱلدَّارِ
उनीहरूलाई हामीले आखिरतको विशिष्ट कुराको साथ सम्बन्धित गरिदिएका थियौं ।
Surah Sad, Verse 46
وَإِنَّهُمۡ عِندَنَا لَمِنَ ٱلۡمُصۡطَفَيۡنَ ٱلۡأَخۡيَارِ
यी सबै हाम्रा नजिक रोजिएका र असल मानिसहरूमध्येका थिए ।
Surah Sad, Verse 47
وَٱذۡكُرۡ إِسۡمَٰعِيلَ وَٱلۡيَسَعَ وَذَا ٱلۡكِفۡلِۖ وَكُلّٞ مِّنَ ٱلۡأَخۡيَارِ
इस्माईल र ‘‘यसअ’’ र ‘‘जुलकिफ्ललाई’’ पनि स्मरण गर । उनीहरू सबै असल मानिसहरूमध्येका थिए ।
Surah Sad, Verse 48
هَٰذَا ذِكۡرٞۚ وَإِنَّ لِلۡمُتَّقِينَ لَحُسۡنَ مَـَٔابٖ
यो उपदेश हो र विश्वास गर कि संयमीहरूको निम्ति राम्रो ठाउँ छ।
Surah Sad, Verse 49
جَنَّـٰتِ عَدۡنٖ مُّفَتَّحَةٗ لَّهُمُ ٱلۡأَبۡوَٰبُ
अर्थात (सधैं बासको निम्ति) जन्नतहरू छन्, जसका द्वार उनीहरूको निम्ति खुल्ला रहनेछन् ।
Surah Sad, Verse 50
مُتَّكِـِٔينَ فِيهَا يَدۡعُونَ فِيهَا بِفَٰكِهَةٖ كَثِيرَةٖ وَشَرَابٖ
त्यसमा उनीहरू आरामको साथ तकियामा टेक लगाएर बसेका हुन्छन् र थुप्रै फलफूल र थरी–थरीका पेयपदार्थको आदेश गरिरहनेछन् ।
Surah Sad, Verse 51
۞وَعِندَهُمۡ قَٰصِرَٰتُ ٱلطَّرۡفِ أَتۡرَابٌ
र उनीहरूको पासमा दृष्टि तल झुकाइराख्ने समान उमेरवाली स्त्रीहरू हुनेछिन् ।
Surah Sad, Verse 52
هَٰذَا مَا تُوعَدُونَ لِيَوۡمِ ٱلۡحِسَابِ
यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित गरिएको थियो ।
Surah Sad, Verse 53
إِنَّ هَٰذَا لَرِزۡقُنَا مَا لَهُۥ مِن نَّفَادٍ
यो हामीले प्रदान गरेको जीविका हो जुन कहिल्यै समाप्त हुनेछैन ।
Surah Sad, Verse 54
هَٰذَاۚ وَإِنَّ لِلطَّـٰغِينَ لَشَرَّ مَـَٔابٖ
यी (उपहारहरू त आज्ञाकारीहरूको निम्ति) प्रतिफल हुन् र उल्लंघनकारीहरूको निम्ति नराम्रो स्थान छ ।
Surah Sad, Verse 55
جَهَنَّمَ يَصۡلَوۡنَهَا فَبِئۡسَ ٱلۡمِهَادُ
(अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।
Surah Sad, Verse 56
هَٰذَا فَلۡيَذُوقُوهُ حَمِيمٞ وَغَسَّاقٞ
यो उम्लिराखेको तातो पानी र पीप (हो), अब त्यसको स्वाद चाखुन् ।
Surah Sad, Verse 57
وَءَاخَرُ مِن شَكۡلِهِۦٓ أَزۡوَٰجٌ
र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।
Surah Sad, Verse 58
هَٰذَا فَوۡجٞ مُّقۡتَحِمٞ مَّعَكُمۡ لَا مَرۡحَبَۢا بِهِمۡۚ إِنَّهُمۡ صَالُواْ ٱلنَّارِ
‘‘यो एउटा समूह हो जुन तिम्रो साथ(आगो)मा प्रवेश गर्नेछ । उनीहरूको निम्ति कुनै आवभगत हुनेछैन, उनीहरू त नर्कमा जानेवाला हुन्
Surah Sad, Verse 59
قَالُواْ بَلۡ أَنتُمۡ لَا مَرۡحَبَۢا بِكُمۡۖ أَنتُمۡ قَدَّمۡتُمُوهُ لَنَاۖ فَبِئۡسَ ٱلۡقَرَارُ
उनीहरूले भन्ने छन्ः ‘‘होइन, बरु तिमीलाई नै कुनै स्वागत हुनेछैन् । तिमीले नै त यो (विपना) हाम्रो सामु ल्याएका थियौ । यो बस्नको लागि नराम्रो ठाउँ हो ।’’
Surah Sad, Verse 60
قَالُواْ رَبَّنَا مَن قَدَّمَ لَنَا هَٰذَا فَزِدۡهُ عَذَابٗا ضِعۡفٗا فِي ٱلنَّارِ
उनीहरूले भन्नेछन्ः हे ‘‘हाम्रो पालनकर्ता ! जसले (कुफ्रको कुरा) पहिलादेखि हाम्रो लागि ल्याएको छ, उसलाई नर्कमा दोब्बर यातना दिनु ।’’
Surah Sad, Verse 61
وَقَالُواْ مَا لَنَا لَا نَرَىٰ رِجَالٗا كُنَّا نَعُدُّهُم مِّنَ ٱلۡأَشۡرَارِ
र नर्कवालाहरू भन्नेछन्ः ‘‘के कारण छ कि हामीले ती व्यक्तिहरूलाई देख्दैनौं, जसलाई हामीले नराम्रामध्ये गन्थ्यौं ?’’
Surah Sad, Verse 62
أَتَّخَذۡنَٰهُمۡ سِخۡرِيًّا أَمۡ زَاغَتۡ عَنۡهُمُ ٱلۡأَبۡصَٰرُ
के हामीले नै उनको उपहास गरेका थियौं, वा हाम्रा आँखाहरू उनीहरूतिरबाट हटेका छन् ?’’
Surah Sad, Verse 63
إِنَّ ذَٰلِكَ لَحَقّٞ تَخَاصُمُ أَهۡلِ ٱلنَّارِ
निश्चित जान नर्कीहरूको यो आपसमा झगडा त अवश्य हुनेछ ।
Surah Sad, Verse 64
قُلۡ إِنَّمَآ أَنَا۠ مُنذِرٞۖ وَمَا مِنۡ إِلَٰهٍ إِلَّا ٱللَّهُ ٱلۡوَٰحِدُ ٱلۡقَهَّارُ
भनिदिनुस्ः कि ‘‘म त मात्र सचेत गर्नेवाला हूँ । र एक अल्लाह सर्वशक्तिमान बाहेक अरु कोही सत्य पूज्य छैन् ।
Surah Sad, Verse 65
رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا ٱلۡعَزِيزُ ٱلۡغَفَّـٰرُ
जो पालनकर्ता हो आकाशहरू र धरतीको, र जे ती दुईटैको बीचमा छन्, सबैको मालिक हो, सर्वशक्तिमान र ठूलो क्षमादाता ।’’
Surah Sad, Verse 66
قُلۡ هُوَ نَبَؤٌاْ عَظِيمٌ
भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो
Surah Sad, Verse 67
أَنتُمۡ عَنۡهُ مُعۡرِضُونَ
जसबाट तिमीले लापरवाह भइराखेका छौ ।
Surah Sad, Verse 68
مَا كَانَ لِيَ مِنۡ عِلۡمِۭ بِٱلۡمَلَإِ ٱلۡأَعۡلَىٰٓ إِذۡ يَخۡتَصِمُونَ
मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।
Surah Sad, Verse 69
إِن يُوحَىٰٓ إِلَيَّ إِلَّآ أَنَّمَآ أَنَا۠ نَذِيرٞ مُّبِينٌ
मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
Surah Sad, Verse 70
إِذۡ قَالَ رَبُّكَ لِلۡمَلَـٰٓئِكَةِ إِنِّي خَٰلِقُۢ بَشَرٗا مِّن طِينٖ
जब कि तपार्इंको पालनकर्ताले फरिश्ताहरूसित भन्यो कि ‘‘म माटोले मानिसको सृष्टि गर्नेवाला छु ।
Surah Sad, Verse 71
فَإِذَا سَوَّيۡتُهُۥ وَنَفَخۡتُ فِيهِ مِن رُّوحِي فَقَعُواْ لَهُۥ سَٰجِدِينَ
त जब मैले त्यसलाई ठिकठाक गरिहालूँ र त्यसमा आफ्नो रूह (आत्मा)फूँकिहालूँ तब तिमीहरू उसको अगाडि ढोगिहाल्नु ।’’
Surah Sad, Verse 72
فَسَجَدَ ٱلۡمَلَـٰٓئِكَةُ كُلُّهُمۡ أَجۡمَعُونَ
तब सबै फरिश्ताहरूले ढोगे(सिज्दा गरे) ।
Surah Sad, Verse 73
إِلَّآ إِبۡلِيسَ ٱسۡتَكۡبَرَ وَكَانَ مِنَ ٱلۡكَٰفِرِينَ
तर शैतान (इबलीस)ले गरेन । उसले घमण्ड गर्यो र काफिरहरूमध्येको भइहाल्यो ।
Surah Sad, Verse 74
قَالَ يَـٰٓإِبۡلِيسُ مَا مَنَعَكَ أَن تَسۡجُدَ لِمَا خَلَقۡتُ بِيَدَيَّۖ أَسۡتَكۡبَرۡتَ أَمۡ كُنتَ مِنَ ٱلۡعَالِينَ
अल्लाहले भन्योः कि ‘‘हे इब्लीस ! जुन व्यक्तिलाई मैले आफ्ना हातहरूले सृष्टि गरें, त्यसको अगाडि ढोग्नबाट तिमीलाई कुन कुराले मनाही गर्यो, के तिमीले घमण्ड गर्यौ, वा तिमी उच्च पदवालाहरूमध्येका हौ ?’’
Surah Sad, Verse 75
قَالَ أَنَا۠ خَيۡرٞ مِّنۡهُ خَلَقۡتَنِي مِن نَّارٖ وَخَلَقۡتَهُۥ مِن طِينٖ
उसले जवाफ दियो कि ‘‘म यसभन्दा उत्तम छु (किनकि) तिमीले मलाई आगोबाट बनायौ र यसलाई माटोबाट सृष्टि गर्यौ ।’’
Surah Sad, Verse 76
قَالَ فَٱخۡرُجۡ مِنۡهَا فَإِنَّكَ رَجِيمٞ
आदेश भयो तँ ‘‘यहाँबाट गइहाल, तँ तिरस्कृत छस् ।
Surah Sad, Verse 77
وَإِنَّ عَلَيۡكَ لَعۡنَتِيٓ إِلَىٰ يَوۡمِ ٱلدِّينِ
र तँमाथि कयामत (कियामत)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’
Surah Sad, Verse 78
قَالَ رَبِّ فَأَنظِرۡنِيٓ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ
उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
Surah Sad, Verse 79
قَالَ فَإِنَّكَ مِنَ ٱلۡمُنظَرِينَ
अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।
Surah Sad, Verse 80
إِلَىٰ يَوۡمِ ٱلۡوَقۡتِ ٱلۡمَعۡلُومِ
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
Surah Sad, Verse 81
قَالَ فَبِعِزَّتِكَ لَأُغۡوِيَنَّهُمۡ أَجۡمَعِينَ
भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
Surah Sad, Verse 82
إِلَّا عِبَادَكَ مِنۡهُمُ ٱلۡمُخۡلَصِينَ
(तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
Surah Sad, Verse 83
قَالَ فَٱلۡحَقُّ وَٱلۡحَقَّ أَقُولُ
आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।
Surah Sad, Verse 84
لَأَمۡلَأَنَّ جَهَنَّمَ مِنكَ وَمِمَّن تَبِعَكَ مِنۡهُمۡ أَجۡمَعِينَ
कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’
Surah Sad, Verse 85
قُلۡ مَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٖ وَمَآ أَنَا۠ مِنَ ٱلۡمُتَكَلِّفِينَ
हे पैगम्बर ! भनिदिनुस् कि ‘‘म तिमीसित यसको कुनै बदलाको इच्छुक छैन र नत म कुनै दिखावा (आडम्बर) गर्नेमध्येको’’ हूँ ।
Surah Sad, Verse 86
إِنۡ هُوَ إِلَّا ذِكۡرٞ لِّلۡعَٰلَمِينَ
यो (कुरआन) त समस्त संसारवालाहरूको निम्ति उपदेश र शिक्षा हो ।
Surah Sad, Verse 87
وَلَتَعۡلَمُنَّ نَبَأَهُۥ بَعۡدَ حِينِۭ
निश्चित छ तिमी यसको वास्तविकता केही समयपछि जानी सक्नेछौ ।
Surah Sad, Verse 88