UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Fussilat - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


حمٓ

हामीम्
Surah Fussilat, Verse 1


تَنزِيلٞ مِّنَ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

यो अवतरण गरिएको हो बडो कृपालु, अत्यन्त दयावान्को तर्फबाट ।
Surah Fussilat, Verse 2


كِتَٰبٞ فُصِّلَتۡ ءَايَٰتُهُۥ قُرۡءَانًا عَرَبِيّٗا لِّقَوۡمٖ يَعۡلَمُونَ

(यस्तो) किताब हो जसका आयातहरू स्पष्टरूपले वर्णन भएका छन् । अर्थात अरबी भाषामा कुरआन हो, ती मानिसहरूको निम्ति जो जान्दछन् ।
Surah Fussilat, Verse 3


بَشِيرٗا وَنَذِيرٗا فَأَعۡرَضَ أَكۡثَرُهُمۡ فَهُمۡ لَا يَسۡمَعُونَ

जसले खुशीको सन्देश सुनाउँदछ र सचेत पनि गर्दछ । तापनि उनीहरूमध्ये अधिकांश विमुख भए, र उनीहरू सुन्दैनन् ।
Surah Fussilat, Verse 4


وَقَالُواْ قُلُوبُنَا فِيٓ أَكِنَّةٖ مِّمَّا تَدۡعُونَآ إِلَيۡهِ وَفِيٓ ءَاذَانِنَا وَقۡرٞ وَمِنۢ بَيۡنِنَا وَبَيۡنِكَ حِجَابٞ فَٱعۡمَلۡ إِنَّنَا عَٰمِلُونَ

र उनीहरूले भन्न थाले कि जुन कुरातिर तिमीले हामीलाई आह्वान् गर्दछौ, त्यसको निम्ति त हाम्रा हृदयमा आवरणहरू छन् र हाम्रा कानहरूमा बोझ (भारी) छन् (अर्थात् बहिरापन) र हाम्रो र तिम्रोबीचमा आवरण छ, अतः तिमीले आफ्नो काम गर, हामीले आफ्नो काम गर्दछौं ।
Surah Fussilat, Verse 5


قُلۡ إِنَّمَآ أَنَا۠ بَشَرٞ مِّثۡلُكُمۡ يُوحَىٰٓ إِلَيَّ أَنَّمَآ إِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞ فَٱسۡتَقِيمُوٓاْ إِلَيۡهِ وَٱسۡتَغۡفِرُوهُۗ وَوَيۡلٞ لِّلۡمُشۡرِكِينَ

भनिदिनुस् ‘‘म तिमी जस्तै एउटा मानिस हूँ । मतिर वह्य अवतरण गरिन्छ कि तिमी सबैको पूज्य एउटै अल्लाह हो, तसर्थ तिमी सोझै उसैतिर प्रवृत्त होऊ, र उसैसित पापको क्षमायाचना गर र यी मुश्रिकहरूको लागि ठूलो विनाश छ ।
Surah Fussilat, Verse 6


ٱلَّذِينَ لَا يُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ كَٰفِرُونَ

जसले जकात दिदैनन् र आखिरतबाट पनि इन्कार गर्दछन् ।
Surah Fussilat, Verse 7


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ لَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونٖ

बिना शंका जसले ईमान ल्याए र राम्रा कर्म गरे, उनीहरूको निम्ति यस्तो पुरस्कार छ जसको क्रम टुट्दैन ।’’
Surah Fussilat, Verse 8


۞قُلۡ أَئِنَّكُمۡ لَتَكۡفُرُونَ بِٱلَّذِي خَلَقَ ٱلۡأَرۡضَ فِي يَوۡمَيۡنِ وَتَجۡعَلُونَ لَهُۥٓ أَندَادٗاۚ ذَٰلِكَ رَبُّ ٱلۡعَٰلَمِينَ

भनिदिनुस् किः के ‘‘तिमीले उसलाई नकारिराखेका छौ र उसको साझेदार ठहराउँछौ जसले धरतीलाई दुई दिनमा सृष्टि गर्यो ऊ त सम्पूर्ण जगतको पालनकर्ता हो ।
Surah Fussilat, Verse 9


وَجَعَلَ فِيهَا رَوَٰسِيَ مِن فَوۡقِهَا وَبَٰرَكَ فِيهَا وَقَدَّرَ فِيهَآ أَقۡوَٰتَهَا فِيٓ أَرۡبَعَةِ أَيَّامٖ سَوَآءٗ لِّلسَّآئِلِينَ

र उसले धरतीमा त्यसमाथि पहाड़ बनायो र धरतीमा बरकत (खानेकुरा) राख्यो र त्यसमा बस्नेहरूको लागि जीविकाको सामग्री निश्चित गर्यो । यो सबै चार दिनमा सम्पन्न भयो, प्रश्न गर्नेहरूको निम्ति समानरूपले ।
Surah Fussilat, Verse 10


ثُمَّ ٱسۡتَوَىٰٓ إِلَى ٱلسَّمَآءِ وَهِيَ دُخَانٞ فَقَالَ لَهَا وَلِلۡأَرۡضِ ٱئۡتِيَا طَوۡعًا أَوۡ كَرۡهٗا قَالَتَآ أَتَيۡنَا طَآئِعِينَ

अनि ऊ आकाशतिर उच्च भयो, त्यो धुवाँ थियो त उसले त्यसलाई र धरतीलाई आदेश दियो, कि दुवै आऊ (चाहे) खुशीले चाहे नाखुशीले । त उनीहरूले भने, कि हामी प्रसन्नतापूर्वक उपस्थित छौं ।
Surah Fussilat, Verse 11


فَقَضَىٰهُنَّ سَبۡعَ سَمَٰوَاتٖ فِي يَوۡمَيۡنِ وَأَوۡحَىٰ فِي كُلِّ سَمَآءٍ أَمۡرَهَاۚ وَزَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنۡيَا بِمَصَٰبِيحَ وَحِفۡظٗاۚ ذَٰلِكَ تَقۡدِيرُ ٱلۡعَزِيزِ ٱلۡعَلِيمِ

त्यस पश्चात दुई दिनमा सातवटा आकाशहरू बनायो र प्रत्येक आकाशमा त्यसको (काम) को आदेश पठायो, र हामीले संसारीय आकाशलाई दीपहरूले (ताराहरू) सिँगार्यौं, तथा सुरक्षाको उद्देश्यले पनि, यो सर्वशक्ति सम्पन्न (र) सर्वज्ञले निर्धारित गरेका उपाय हुन् ।
Surah Fussilat, Verse 12


فَإِنۡ أَعۡرَضُواْ فَقُلۡ أَنذَرۡتُكُمۡ صَٰعِقَةٗ مِّثۡلَ صَٰعِقَةِ عَادٖ وَثَمُودَ

अब पनि यदि उनीहरूले ध्यान दिदैंनन् भने भनिदिनुस् ! कि म तिमीलाई त्यस्तै प्रकारको चट्याङ्गबाट (आकाशेय यातनाबाट) डराउँछु जस्तो चट्याङ्ग ‘‘आद’’ र ‘‘समूद’’ माथि आएको थियो ।’’
Surah Fussilat, Verse 13


إِذۡ جَآءَتۡهُمُ ٱلرُّسُلُ مِنۢ بَيۡنِ أَيۡدِيهِمۡ وَمِنۡ خَلۡفِهِمۡ أَلَّا تَعۡبُدُوٓاْ إِلَّا ٱللَّهَۖ قَالُواْ لَوۡ شَآءَ رَبُّنَا لَأَنزَلَ مَلَـٰٓئِكَةٗ فَإِنَّا بِمَآ أُرۡسِلۡتُم بِهِۦ كَٰفِرُونَ

जब उनीतिर अघि र पछिबाट संदेष्टाहरू आए कि तिमीले अल्लाह बाहेक कसैको पूजा नगर, तब उनीहरूले भन्न थाले कि यदि हाम्रो पालनकर्ताले चाहेको भए, फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) अवतरित गर्दथ्यो, तसर्थ जुन कुरा तिमीलाई दिइएर पठाइयो, हामीले त्यसलाई मान्दैनौं ।
Surah Fussilat, Verse 14


فَأَمَّا عَادٞ فَٱسۡتَكۡبَرُواْ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَقَالُواْ مَنۡ أَشَدُّ مِنَّا قُوَّةًۖ أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَهُمۡ هُوَ أَشَدُّ مِنۡهُمۡ قُوَّةٗۖ وَكَانُواْ بِـَٔايَٰتِنَا يَجۡحَدُونَ

जो आद थिए, उनीहरू व्यर्थमा धरतीमा घमण्ड गर्न थाले र भने हामीभन्दा बढी शक्तिमा को छ ?’’ के उनीहरूले यो देखेनन् कि अल्लाह, जसले उनीहरूलाई सृष्टि गर्यो, ऊ उनीहरूभन्दा शक्तिमा बहुत धेरै छ र उनीहरूले हाम्रा आयतहरूलाई नकारिराखे ।
Surah Fussilat, Verse 15


فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ رِيحٗا صَرۡصَرٗا فِيٓ أَيَّامٖ نَّحِسَاتٖ لِّنُذِيقَهُمۡ عَذَابَ ٱلۡخِزۡيِ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَخۡزَىٰۖ وَهُمۡ لَا يُنصَرُونَ

तब हामीले अशुभ दिनहरूमा उनीहरूमाथि शक्तिशाली हावा (हुरी) चलायौं, ताकि उनीहरूलाई सांसारिक जीवनमा अपमानपूर्ण यातनाको स्वाद चखाइदियौं । आखिरतको यातना त यसभन्दा धेरै अपमान गर्नेवाला छ । (त्यसदिन) उनीहरूले सहायता पाउने छैनन् ।
Surah Fussilat, Verse 16


وَأَمَّا ثَمُودُ فَهَدَيۡنَٰهُمۡ فَٱسۡتَحَبُّواْ ٱلۡعَمَىٰ عَلَى ٱلۡهُدَىٰ فَأَخَذَتۡهُمۡ صَٰعِقَةُ ٱلۡعَذَابِ ٱلۡهُونِ بِمَا كَانُواْ يَكۡسِبُونَ

अब समूद थिए कि उनीहरूलाई पनि हामीले सोझो मार्ग देखाएका थियौं, तर उनीहरूले मार्गदर्शनको सट्टा अन्धा रह्नु नै रुचाए । परिणामस्वरूप उनीहरूले गरेका कामको बदलामा अपमानजनक यातनाको बज्रपातले उनीहरूलाई आइसमात्यो ।
Surah Fussilat, Verse 17


وَنَجَّيۡنَا ٱلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ

तर जसले ईमान ल्याए र संयम गरे उनीहरूलाई हामीले बचाइहाल्यौं ।
Surah Fussilat, Verse 18


وَيَوۡمَ يُحۡشَرُ أَعۡدَآءُ ٱللَّهِ إِلَى ٱلنَّارِ فَهُمۡ يُوزَعُونَ

र जुनदिन अल्लाहका शत्रुहरूलाई नर्कतिर लगिनेछ र उनीहरूलाई एकत्रित गरिहालिनेछ ।
Surah Fussilat, Verse 19


حَتَّىٰٓ إِذَا مَا جَآءُوهَا شَهِدَ عَلَيۡهِمۡ سَمۡعُهُمۡ وَأَبۡصَٰرُهُمۡ وَجُلُودُهُم بِمَا كَانُواْ يَعۡمَلُونَ

यहाँसम्म कि जब एकदम नर्कको नजिक पुग्नेछन्, तब उनीहरूका कान र उनीहरूका आँखा र उनीहरूका छालाहरू उनीहरू विरुद्ध ती कुराका साक्षी हुनेछन्, जुन उनीहरूले गरिराखेका थिए ।
Surah Fussilat, Verse 20


وَقَالُواْ لِجُلُودِهِمۡ لِمَ شَهِدتُّمۡ عَلَيۡنَاۖ قَالُوٓاْ أَنطَقَنَا ٱللَّهُ ٱلَّذِيٓ أَنطَقَ كُلَّ شَيۡءٖۚ وَهُوَ خَلَقَكُمۡ أَوَّلَ مَرَّةٖ وَإِلَيۡهِ تُرۡجَعُونَ

उनीहरूले आफ्ना छालाहरू (अङ्ग) सित भन्नेछन्ः कि तिमिले हाम्रो विरोधमा गवाही किन दियौ ! त तिनीहरूले जवाफ दिनेछन् कि ‘‘जुन अल्लाहले प्रत्येक कुरालाई वाक्यशक्ति प्रदान गरेको छ उसैले हामीलाई पनि बोल्ने शक्ति प्रदान गरेको छ ।’’ र उसैले तिमीलाई पहिलोपटक सृष्टि गरेको थियो र उसैतर्फ तिमीलाई फर्किजानु पर्नेछ ।
Surah Fussilat, Verse 21


وَمَا كُنتُمۡ تَسۡتَتِرُونَ أَن يَشۡهَدَ عَلَيۡكُمۡ سَمۡعُكُمۡ وَلَآ أَبۡصَٰرُكُمۡ وَلَا جُلُودُكُمۡ وَلَٰكِن ظَنَنتُمۡ أَنَّ ٱللَّهَ لَا يَعۡلَمُ كَثِيرٗا مِّمَّا تَعۡمَلُونَ

र तिमीले यस भयले (आफ्ना नराम्रो कामहरू) लुकाउँदैन्थ्यो कि तिम्रा कान र छालाहरू तिम्रो विरुद्ध गवाही दिनेछन्, बरु तिमीले यो भन्न ठान्थ्यौ कि अल्लाहलाई तिम्रा धेरै जसो क्रियाकलापबारे थाहा छैन ।
Surah Fussilat, Verse 22


وَذَٰلِكُمۡ ظَنُّكُمُ ٱلَّذِي ظَنَنتُم بِرَبِّكُمۡ أَرۡدَىٰكُمۡ فَأَصۡبَحۡتُم مِّنَ ٱلۡخَٰسِرِينَ

र यसै अनुमानले, जुन तिमीले आफ्नो पालनकर्ताको बारेमा गर्दथ्यौ, तिमीलाई नष्ट गरिदियो, र अन्ततः तिमी घाटामा पर्नेहरूमध्येका भइहाल्यौ ।
Surah Fussilat, Verse 23


فَإِن يَصۡبِرُواْ فَٱلنَّارُ مَثۡوٗى لَّهُمۡۖ وَإِن يَسۡتَعۡتِبُواْ فَمَا هُم مِّنَ ٱلۡمُعۡتَبِينَ

अब यदि यिनीहरूले संतोष गर्दछन् तैपनि उनीहरूको बास नर्क नै छ र यदि प्रायश्चित गर्नेछन् भने पनि (उनको) प्रायश्चित स्वीकार गरिने छैन ।
Surah Fussilat, Verse 24


۞وَقَيَّضۡنَا لَهُمۡ قُرَنَآءَ فَزَيَّنُواْ لَهُم مَّا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡ وَحَقَّ عَلَيۡهِمُ ٱلۡقَوۡلُ فِيٓ أُمَمٖ قَدۡ خَلَتۡ مِن قَبۡلِهِم مِّنَ ٱلۡجِنِّ وَٱلۡإِنسِۖ إِنَّهُمۡ كَانُواْ خَٰسِرِينَ

र हामीले (शैतानहरूलाई) उनीहरूका सहभागी नियुक्त गरिदिएका थियौं । अनि उनीहरूले उनीहरूको अगाडि र उनीहरूको पछाडि जे–जति थियो, त्यसलाई आकर्षक बनाइदिएका थिए । अन्ततः उनीहरूमाथि पनि उनीहरूभन्दा पहिला जिन्न र मनुष्यहरूका ती समूहको साथ भए जस्तै अल्लाहको वचन सत्य प्रमाणित भयो । निश्चय नै उनीहरू घाटा बिहोर्नेवाला भए ।
Surah Fussilat, Verse 25


وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَا تَسۡمَعُواْ لِهَٰذَا ٱلۡقُرۡءَانِ وَٱلۡغَوۡاْ فِيهِ لَعَلَّكُمۡ تَغۡلِبُونَ

र काफिरहरूले भने कि यस कुरआनलाई सुन्दै नसुन्नु र (यो पढिने समय) होहल्ला गरिहाल, शायद (त्यसबाट तिमी) प्रभावी रहौ ।
Surah Fussilat, Verse 26


فَلَنُذِيقَنَّ ٱلَّذِينَ كَفَرُواْ عَذَابٗا شَدِيدٗا وَلَنَجۡزِيَنَّهُمۡ أَسۡوَأَ ٱلَّذِي كَانُواْ يَعۡمَلُونَ

तसर्थ निश्चितरूपले हामीले पनि काफिरहरूलाई ठूलो यातनाको स्वाद चखाउनेछौं र तिनीहरूका नराम्रा कर्मको उनीहरूलाई अवश्य सजाय दिनेछौं ।
Surah Fussilat, Verse 27


ذَٰلِكَ جَزَآءُ أَعۡدَآءِ ٱللَّهِ ٱلنَّارُۖ لَهُمۡ فِيهَا دَارُ ٱلۡخُلۡدِ جَزَآءَۢ بِمَا كَانُواْ بِـَٔايَٰتِنَا يَجۡحَدُونَ

अल्लाहका शत्रुहरूको लागि सजाय यही नर्कको आगो हो । जसमा उनीहरूको निम्ति सधैंको घर छ, यो हाम्रा आयतहरू इन्कार गर्नुको बदला हो ।
Surah Fussilat, Verse 28


وَقَالَ ٱلَّذِينَ كَفَرُواْ رَبَّنَآ أَرِنَا ٱلَّذَيۡنِ أَضَلَّانَا مِنَ ٱلۡجِنِّ وَٱلۡإِنسِ نَجۡعَلۡهُمَا تَحۡتَ أَقۡدَامِنَا لِيَكُونَا مِنَ ٱلۡأَسۡفَلِينَ

र काफिरहरूले भन्नेछन्ः हे हाम्रो पालनकर्ता ! हामीलाई ती जिन्न र मानिसहरूलाई देखाऊ जसले हामीलाई मार्गविचलित गरेका थिए, (ताकि) हामीले उनीहरूलाई आफ्ना खुट्टामुनि हालौं ताकि उनीहरू नर्कमा सबभन्दा तल घोर यातनामा रहुन् ।’’
Surah Fussilat, Verse 29


إِنَّ ٱلَّذِينَ قَالُواْ رَبُّنَا ٱللَّهُ ثُمَّ ٱسۡتَقَٰمُواْ تَتَنَزَّلُ عَلَيۡهِمُ ٱلۡمَلَـٰٓئِكَةُ أَلَّا تَخَافُواْ وَلَا تَحۡزَنُواْ وَأَبۡشِرُواْ بِٱلۡجَنَّةِ ٱلَّتِي كُنتُمۡ تُوعَدُونَ

वास्तवमा जुन मानिसहरूले भनेः कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो’’, अनि उनीहरू (त्यसमा) दृढ रहे, त उनीहरूको निम्ति फरिश्ताहरू (यो भन्दै) अवतरित हुन्छन् कि तिमी निराश र शोकाकुल नहोऊ, अपितु त्यस स्वर्गको शुभसूचना सुनिहाल जसको तिमीलाई वाचा दिइएकोछ ।
Surah Fussilat, Verse 30


نَحۡنُ أَوۡلِيَآؤُكُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَفِي ٱلۡأٓخِرَةِۖ وَلَكُمۡ فِيهَا مَا تَشۡتَهِيٓ أَنفُسُكُمۡ وَلَكُمۡ فِيهَا مَا تَدَّعُونَ

हामी सांसारिक जीवनमा पनि तिम्रो मित्र थियौं र आखिरतमा पनि (तिम्रो साथमा) रहनेछौं । त्यहाँ जुन कुराको तिमीले इच्छा गर्नेछौ, र जुन कुरा माँग्नेछौं, तिम्रो लागि उपस्थित हुनेछ ।
Surah Fussilat, Verse 31


نُزُلٗا مِّنۡ غَفُورٖ رَّحِيمٖ

(त्यो) क्षमाशील, र दयावान् अल्लाहको तर्फबाट तिम्रो लागि आतिथ्यको रूपमा हुनेछ ।’’
Surah Fussilat, Verse 32


وَمَنۡ أَحۡسَنُ قَوۡلٗا مِّمَّن دَعَآ إِلَى ٱللَّهِ وَعَمِلَ صَٰلِحٗا وَقَالَ إِنَّنِي مِنَ ٱلۡمُسۡلِمِينَ

र यसभन्दा राम्रो कुरावाला को हुनसक्छ जसले अल्लाहतिर डाँक्छ र असल कर्म गर्दछ र भन्दछः कि ‘‘निःसन्देह म मुस्लिम हूँ ?’’
Surah Fussilat, Verse 33


وَلَا تَسۡتَوِي ٱلۡحَسَنَةُ وَلَا ٱلسَّيِّئَةُۚ ٱدۡفَعۡ بِٱلَّتِي هِيَ أَحۡسَنُ فَإِذَا ٱلَّذِي بَيۡنَكَ وَبَيۡنَهُۥ عَدَٰوَةٞ كَأَنَّهُۥ وَلِيٌّ حَمِيمٞ

पाप र पुण्य (नेकी र बदी) समान हुन सक्दैन । खराबीलाई भलाईबाट हटाऊ । फेरि तिमीले देख्नेछौ कि जसको साथ तिम्रो शत्रुता थियो, त्यो घनिष्ट मित्र भइहाल्नेछ ।
Surah Fussilat, Verse 34


وَمَا يُلَقَّىٰهَآ إِلَّا ٱلَّذِينَ صَبَرُواْ وَمَا يُلَقَّىٰهَآ إِلَّا ذُو حَظٍّ عَظِيمٖ

र यी कुरा उनीहरूलाई मात्र प्राप्त हुन्छ, जो धैर्य गर्नेवाला छन् र उनीहरूलाई मात्र प्राप्त हुन्छ जो बढो भाग्यमानी छन् ।
Surah Fussilat, Verse 35


وَإِمَّا يَنزَغَنَّكَ مِنَ ٱلشَّيۡطَٰنِ نَزۡغٞ فَٱسۡتَعِذۡ بِٱللَّهِۖ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

र जब तिमीलाई शैतानको तर्फबाट कुनै नराम्रो विचार आउँछ तब अल्लाहको शरण माँग्नेगर । निःसन्देह ऊ धेरै सुन्ने र जान्नेवाला छ ।
Surah Fussilat, Verse 36


وَمِنۡ ءَايَٰتِهِ ٱلَّيۡلُ وَٱلنَّهَارُ وَٱلشَّمۡسُ وَٱلۡقَمَرُۚ لَا تَسۡجُدُواْ لِلشَّمۡسِ وَلَا لِلۡقَمَرِ وَٱسۡجُدُواْۤ لِلَّهِۤ ٱلَّذِي خَلَقَهُنَّ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ

र रात र दिन, सूर्य र चन्द्र उसको निशानीहरूमध्येका हुन् । तिमीहरूले न सूर्यको पूजा गर नत चन्द्रको, बरु अल्लाहलाई नै ढोग, जसले यी कुराहरूलाई सृष्टि गरेको छ, यदि तिमी उसैको उपासना गर्नेवाला हौ ।
Surah Fussilat, Verse 37


فَإِنِ ٱسۡتَكۡبَرُواْ فَٱلَّذِينَ عِندَ رَبِّكَ يُسَبِّحُونَ لَهُۥ بِٱلَّيۡلِ وَٱلنَّهَارِ وَهُمۡ لَا يَسۡـَٔمُونَ۩

यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको पासमा छन् उनीहरूले त रात र दिन उसको गुणगान गरिराखेकै छन्, र उनीहरूलाई कहिले दिक्क लाग्दैन ।
Surah Fussilat, Verse 38


وَمِنۡ ءَايَٰتِهِۦٓ أَنَّكَ تَرَى ٱلۡأَرۡضَ خَٰشِعَةٗ فَإِذَآ أَنزَلۡنَا عَلَيۡهَا ٱلۡمَآءَ ٱهۡتَزَّتۡ وَرَبَتۡۚ إِنَّ ٱلَّذِيٓ أَحۡيَاهَا لَمُحۡيِ ٱلۡمَوۡتَىٰٓۚ إِنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ

र यो कुरा पनि उसका निशानीहरूमध्ये हो कि तिमीले देख्छौ कि धरती थिचिएको छ, अनि जब हामी त्यसमा पानी वर्षाउँछौं तब त्यो हराभरा भएर उठ्नथाल्छ । निश्चय नै जसले उसलाई जीवित गर्यो मुर्दाहरूलाई जीवित गर्नेवाला छ । निःसन्देह उसलाई हरेक कुराहरूमाथि सामथ्र्य प्राप्त छ ।
Surah Fussilat, Verse 39


إِنَّ ٱلَّذِينَ يُلۡحِدُونَ فِيٓ ءَايَٰتِنَا لَا يَخۡفَوۡنَ عَلَيۡنَآۗ أَفَمَن يُلۡقَىٰ فِي ٱلنَّارِ خَيۡرٌ أَم مَّن يَأۡتِيٓ ءَامِنٗا يَوۡمَ ٱلۡقِيَٰمَةِۚ ٱعۡمَلُواْ مَا شِئۡتُمۡ إِنَّهُۥ بِمَا تَعۡمَلُونَ بَصِيرٌ

निःसन्देह जुन मानिसहरूले हाम्रा आयतहरूको बारेमा छलकपटको नीति अपनाउँछन् उनीहरू हामीबाट लुकेका छैनन् । तसर्थ भन त के त्यो व्यक्ति राम्रो छ जुन आगोमा हालिनेछ वा त्यो जो कयामतको दिन निश्चिन्त भएर आउनेछ ? तिमी जे चाहन्छौ गर्दै जाऊ, जे जति तिमीले गरिराखेका छौ उसले सबै देखिराखेकै छ ।
Surah Fussilat, Verse 40


إِنَّ ٱلَّذِينَ كَفَرُواْ بِٱلذِّكۡرِ لَمَّا جَآءَهُمۡۖ وَإِنَّهُۥ لَكِتَٰبٌ عَزِيزٞ

जुन मानिसहरूले आफूकहाँ कुरआन पुगिसकेपछि पनि यसलाई नकारे, (त्यो पनि हामीबाट लुकेको छैन ।) यो एउटा अधिपत्यशाली किताब हो ।
Surah Fussilat, Verse 41


لَّا يَأۡتِيهِ ٱلۡبَٰطِلُ مِنۢ بَيۡنِ يَدَيۡهِ وَلَا مِنۡ خَلۡفِهِۦۖ تَنزِيلٞ مِّنۡ حَكِيمٍ حَمِيدٖ

जसको नजिकसम्म असत्य पुग्नै सक्दैन न उसको अगाडि़बाट आउनसक्छ र न उसको पछाडिबाट, (यो) अवतरण हो, उसको तर्फबाट जो अत्यन्त तत्वदर्शी र प्रशंसनीय छ
Surah Fussilat, Verse 42


مَّا يُقَالُ لَكَ إِلَّا مَا قَدۡ قِيلَ لِلرُّسُلِ مِن قَبۡلِكَۚ إِنَّ رَبَّكَ لَذُو مَغۡفِرَةٖ وَذُو عِقَابٍ أَلِيمٖ

तपार्इंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिसकिएको छ, जो तपार्इंभन्दा अगाडि गुज्रिसकेका छन् । निःसन्देह तपार्इंको पालनकर्ता बडो क्षमाशील छ र दुःखद सजाय दिनेवाला पनि छ ।
Surah Fussilat, Verse 43


وَلَوۡ جَعَلۡنَٰهُ قُرۡءَانًا أَعۡجَمِيّٗا لَّقَالُواْ لَوۡلَا فُصِّلَتۡ ءَايَٰتُهُۥٓۖ ءَا۬عۡجَمِيّٞ وَعَرَبِيّٞۗ قُلۡ هُوَ لِلَّذِينَ ءَامَنُواْ هُدٗى وَشِفَآءٞۚ وَٱلَّذِينَ لَا يُؤۡمِنُونَ فِيٓ ءَاذَانِهِمۡ وَقۡرٞ وَهُوَ عَلَيۡهِمۡ عَمًىۚ أُوْلَـٰٓئِكَ يُنَادَوۡنَ مِن مَّكَانِۭ بَعِيدٖ

र यदि हामीले यस कुरआनलाई गैर अरबी भाषामा अवतरित गरेको भए त उनीहरूले भन्थे कि ‘‘उसका आयातहरू (हाम्रो भाषामा) स्पष्टरूपले किन वर्णन गरिएन ? यो अनौठो कुरा हो कि गैर अरबी किताब छ र रसूल(संदेष्टा) अरबी ?’’ तपार्इं भनिदिनुस् कि यो त ‘‘ती मानिसहरूको निम्ति जसले ईमान ल्याए, मार्गदर्शन र आरोग्य छ, तर जसले ईमान ल्याएका छैनन् उनका कानहरूमा बहिरोपन र बोझ छ (सुन्दैनन्) र त्यो (कुरआन) उनीहरूका निम्ति अन्धोपन (प्रमाणित भइराखेको) छ, उनीहरू यस्ता छन् जसलाई मानौं कुनै टाढा ठाउँबाट पुकारिदैछ ।’’
Surah Fussilat, Verse 44


وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ فَٱخۡتُلِفَ فِيهِۚ وَلَوۡلَا كَلِمَةٞ سَبَقَتۡ مِن رَّبِّكَ لَقُضِيَ بَيۡنَهُمۡۚ وَإِنَّهُمۡ لَفِي شَكّٖ مِّنۡهُ مُرِيبٖ

हामीले ‘‘मूसा(अलैहिस्सलाम)लाई’’ किताब दियौं, अनि त्यसमा पनि विवाद गरियो । यदि तपार्इंको पालनकर्ताको तर्फबाट अघिदेखि नै निश्चित भइसकेको कुरा नभएको भए उनीहरूको बीचमा अघि नै फैसला गरिहालिन्थ्यो । यिनीहरू त यस (कुरआन) बारे बेचैनीवाला सन्देहमा अल्झिराखेका छन् ।
Surah Fussilat, Verse 45


مَّنۡ عَمِلَ صَٰلِحٗا فَلِنَفۡسِهِۦۖ وَمَنۡ أَسَآءَ فَعَلَيۡهَاۗ وَمَا رَبُّكَ بِظَلَّـٰمٖ لِّلۡعَبِيدِ

जसले असल कर्म गर्नेछ उसले आफ्नो फाइदाको लागि र जसले नराम्रो काम गर्नेछ त त्यसको हानि पनि उसैलाई हुनेछ । तपार्इंको पालनकर्ताले भक्तहरूमाथि अत्याचार गर्दैन ।
Surah Fussilat, Verse 46


۞إِلَيۡهِ يُرَدُّ عِلۡمُ ٱلسَّاعَةِۚ وَمَا تَخۡرُجُ مِن ثَمَرَٰتٖ مِّنۡ أَكۡمَامِهَا وَمَا تَحۡمِلُ مِنۡ أُنثَىٰ وَلَا تَضَعُ إِلَّا بِعِلۡمِهِۦۚ وَيَوۡمَ يُنَادِيهِمۡ أَيۡنَ شُرَكَآءِي قَالُوٓاْ ءَاذَنَّـٰكَ مَامِنَّا مِن شَهِيدٖ

कयामतको ज्ञान उसैतिर फेरिन्छ ! र जुन फल आफ्ना कोषबाट निस्कन्छन् र जुन महिला गर्भवती हुन्छिन् र जुन बच्चा जन्माउँछिन्, उसलाई यी सबैको ज्ञान हुन्छ । र जुनदिन उसले यी मुश्रिकहरूलाई बोलाएर सोध्ने छ, ‘‘कहाँ छन् मेरा साझेदारहरू ?’’ उनीहरूले भन्नेछन् कि ‘‘हामीले त तिमीलाई स्पष्टरूपले भनिसकेका छौं कि हामीमध्ये कोही पनि यसको साक्षी छैन ।’’
Surah Fussilat, Verse 47


وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَدۡعُونَ مِن قَبۡلُۖ وَظَنُّواْ مَا لَهُم مِّن مَّحِيصٖ

र ज–जसलाई उनीहरूले पूज्ने गर्थे, उनीहरू तिनीहरूको दृष्टिबाट हराइसकेका हुनेछन् । र उनीहरूले बुझिहाल्नेछन् कि उनीहरूको निम्ति कुनै पनि भाग्ने ठाउँ छैन ।
Surah Fussilat, Verse 48


لَّا يَسۡـَٔمُ ٱلۡإِنسَٰنُ مِن دُعَآءِ ٱلۡخَيۡرِ وَإِن مَّسَّهُ ٱلشَّرُّ فَيَـُٔوسٞ قَنُوطٞ

मानिस भलाई माँग्नुबाट थाक्दैन, तर यदि उसलाई कुनै कष्ट पुग्दछ भने ऊ निराश र उदास भइदिन्छ ।
Surah Fussilat, Verse 49


وَلَئِنۡ أَذَقۡنَٰهُ رَحۡمَةٗ مِّنَّا مِنۢ بَعۡدِ ضَرَّآءَ مَسَّتۡهُ لَيَقُولَنَّ هَٰذَا لِي وَمَآ أَظُنُّ ٱلسَّاعَةَ قَآئِمَةٗ وَلَئِن رُّجِعۡتُ إِلَىٰ رَبِّيٓ إِنَّ لِي عِندَهُۥ لَلۡحُسۡنَىٰۚ فَلَنُنَبِّئَنَّ ٱلَّذِينَ كَفَرُواْ بِمَا عَمِلُواْ وَلَنُذِيقَنَّهُم مِّنۡ عَذَابٍ غَلِيظٖ

र जुन दुःख उसले भोगिसकेको छ, त्यस पश्चात उसलाई यदि हामीले आफ्नो दयालुताको रसास्वादन गराउँछौं भने उसले निश्चय नै भन्दछ कि ‘‘यो त मेरो हक नै हो । म त यो ठान्दिन कि त्यो, कयामत हुनेछ र यदि म आफ्नो रबतिर फर्के तै पनि अवश्य नै उसको पासमा मेरो निम्ति राम्रो पारितोषिक हुनेछ ।’’ निश्चय नै हामीले उनीहरूलाई जसले इन्कार गरे अवश्य बताएर नै छाड्छौं, जे–जति उनीहरूले गरेका छन । र हामीले उनीहरूलाई अवश्य नै कठोर यातनाको स्वाद चखाउने छौं ।
Surah Fussilat, Verse 50


وَإِذَآ أَنۡعَمۡنَا عَلَى ٱلۡإِنسَٰنِ أَعۡرَضَ وَنَـَٔا بِجَانِبِهِۦ وَإِذَا مَسَّهُ ٱلشَّرُّ فَذُو دُعَآءٍ عَرِيضٖ

जब हामीले मानिसमाथि अनुकम्पा गर्छौं, तब उसले मुख फेरिदिन्छ र टाढिँदै जान्छ । तर जब उसलाई कष्ट पुग्दछ, तब उसले लामो–लामो प्रार्थना गर्नथाल्छ ।
Surah Fussilat, Verse 51


قُلۡ أَرَءَيۡتُمۡ إِن كَانَ مِنۡ عِندِ ٱللَّهِ ثُمَّ كَفَرۡتُم بِهِۦ مَنۡ أَضَلُّ مِمَّنۡ هُوَ فِي شِقَاقِۭ بَعِيدٖ

भनिदिनुस् कि तिमीले यो बताऊ, कि यदि यो कुरआन अल्लाहको तर्फबाट आएको छ र तिमीले उसको इन्कार गर्यौ भने त्यसभन्दा बढि बहकिएको अरु को हुनेछ, जो विरोधमा धेरै टाढा गइसकेको होस् ?’’
Surah Fussilat, Verse 52


سَنُرِيهِمۡ ءَايَٰتِنَا فِي ٱلۡأٓفَاقِ وَفِيٓ أَنفُسِهِمۡ حَتَّىٰ يَتَبَيَّنَ لَهُمۡ أَنَّهُ ٱلۡحَقُّۗ أَوَلَمۡ يَكۡفِ بِرَبِّكَ أَنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ

शीघ्र नै हामीले उनीहरूलाई आफ्ना निशानीहरू दुनियामा देखाउने छौं र स्वयम् उनीहरूको आफैभित्र पनि, यहाँसम्म कि उनीहरूलाई स्पष्ट भइहाल्नेछ कि त्यो (कुरआन) सत्य छ । के तपाईको पालनाकर्ता यस दृष्टिले पर्याप्त छैन कि त्यो हरेक कुराको जानकार छ ।
Surah Fussilat, Verse 53


أَلَآ إِنَّهُمۡ فِي مِرۡيَةٖ مِّن لِّقَآءِ رَبِّهِمۡۗ أَلَآ إِنَّهُۥ بِكُلِّ شَيۡءٖ مُّحِيطُۢ

यकीन जान कि यिनीहरू आफ्नो पालनकर्तासँगको साक्षातकारको बारेमा सन्देहमा परेका छन् । जानिराख, कि अल्लाह हरेक कुरालाई आफ्नो घेरामा लिएको छ ।
Surah Fussilat, Verse 54


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 40
>> Surah 42

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai