UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah At-Tahrim - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ لِمَ تُحَرِّمُ مَآ أَحَلَّ ٱللَّهُ لَكَۖ تَبۡتَغِي مَرۡضَاتَ أَزۡوَٰجِكَۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

हे नबी ! जुन कुरोलाई तपाईको निम्ति अल्लाहले बैध ठहराएको छ, त्यसलाई तपाईले किन अवैध गर्नु हुन्छ ? के तपाईले आफ्नो पत्नीहरूको सहमति लिन चाहनुहुन्छ ? र अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Surah At-Tahrim, Verse 1


قَدۡ فَرَضَ ٱللَّهُ لَكُمۡ تَحِلَّةَ أَيۡمَٰنِكُمۡۚ وَٱللَّهُ مَوۡلَىٰكُمۡۖ وَهُوَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ

अल्लाहले तिमीहरूलाई तिम्रा शपथहरूको उम्कने उपाय निर्धारित गरिदिएको छ र अल्लाह नै संरक्षक छ र ऊ सर्वज्ञ र अत्यन्त तत्वदर्शी छ ।
Surah At-Tahrim, Verse 2


وَإِذۡ أَسَرَّ ٱلنَّبِيُّ إِلَىٰ بَعۡضِ أَزۡوَٰجِهِۦ حَدِيثٗا فَلَمَّا نَبَّأَتۡ بِهِۦ وَأَظۡهَرَهُ ٱللَّهُ عَلَيۡهِ عَرَّفَ بَعۡضَهُۥ وَأَعۡرَضَ عَنۢ بَعۡضٖۖ فَلَمَّا نَبَّأَهَا بِهِۦ قَالَتۡ مَنۡ أَنۢبَأَكَ هَٰذَاۖ قَالَ نَبَّأَنِيَ ٱلۡعَلِيمُ ٱلۡخَبِيرُ

र स्मरण गर जब पैगम्बरले आफ्नो एउटी पत्नीसित एउटा रहस्यको कुरा गरे तर जब उसले उसलाई प्रचार गरिदियो, र अल्लाहले यसबाट नबीलाई सावधान गराइदियो तब नबीले यस पत्नीलाई त्यो कुरा आँशिक भने र केही भनेनन्, अनि जब उनले तिनलाई बताए त सोध्न थालिन् कि तपाईलाई यो कसले भन्यो । उनले भने कि ‘‘मलाई उसले खबर गरेको छ, जो सबै जान्नेवाला र खबर राख्नेवाला छ ।’’
Surah At-Tahrim, Verse 3


إِن تَتُوبَآ إِلَى ٱللَّهِ فَقَدۡ صَغَتۡ قُلُوبُكُمَاۖ وَإِن تَظَٰهَرَا عَلَيۡهِ فَإِنَّ ٱللَّهَ هُوَ مَوۡلَىٰهُ وَجِبۡرِيلُ وَصَٰلِحُ ٱلۡمُؤۡمِنِينَۖ وَٱلۡمَلَـٰٓئِكَةُ بَعۡدَ ذَٰلِكَ ظَهِيرٌ

(हे नबीका दुवै पत्नीहरू) यदि तिमी दुवै अल्लाह सामु तौबा गर्दछौ, भने राम्रो छ किनकि निःसन्देह तिम्रा हृदयहरू झुकिसकेछन् र यदि पैगम्बर बिरुद्ध तिमीहरू एक आपसमा सहयोग गर्नेछौ भने अल्लाह उसको संरक्षक छ, र जिब्रील र नेक ईमानवालाहरू पनि, र फरिश्ताहरू पनि उसको सहायता गर्नेछन् ।
Surah At-Tahrim, Verse 4


عَسَىٰ رَبُّهُۥٓ إِن طَلَّقَكُنَّ أَن يُبۡدِلَهُۥٓ أَزۡوَٰجًا خَيۡرٗا مِّنكُنَّ مُسۡلِمَٰتٖ مُّؤۡمِنَٰتٖ قَٰنِتَٰتٖ تَـٰٓئِبَٰتٍ عَٰبِدَٰتٖ سَـٰٓئِحَٰتٖ ثَيِّبَٰتٖ وَأَبۡكَارٗا

र यदि पैगम्बरले तिमीलाई तलाक दिइहालुन् भने यस कुराको धेरै सम्भावना छ कि उनको पालनकर्ताले तिम्रो सट्टामा उनलाई तिमीभन्दा राम्री पत्नीहरू प्रदान गर्नेछ जो मुस्लिम ईमानवाली, आज्ञाकारीणी, तौबा गर्ने, इबादत (स्तुति) गर्नेवाली, व्रत बस्नेवाली, विधवा र कुमारीहरू पनि हुनेछिन् ।
Surah At-Tahrim, Verse 5


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ قُوٓاْ أَنفُسَكُمۡ وَأَهۡلِيكُمۡ نَارٗا وَقُودُهَا ٱلنَّاسُ وَٱلۡحِجَارَةُ عَلَيۡهَا مَلَـٰٓئِكَةٌ غِلَاظٞ شِدَادٞ لَّا يَعۡصُونَ ٱللَّهَ مَآ أَمَرَهُمۡ وَيَفۡعَلُونَ مَا يُؤۡمَرُونَ

हे मोमिनहरू ! स्वयं आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ, जसको ईन्धन मुनष्य र पत्थर हुनेछन्, जसको लागि कठोर स्वभावका, यस्ता बलशाली फरिश्ताहरू नियुक्त हुनेछन् जसले त्यसमा अल्लाहको अवज्ञा गर्दैनन् बरु जे आदेश पनि दिइन्छ, त्यसलाई कार्यान्वित गर्दछन् ।
Surah At-Tahrim, Verse 6


يَـٰٓأَيُّهَا ٱلَّذِينَ كَفَرُواْ لَا تَعۡتَذِرُواْ ٱلۡيَوۡمَۖ إِنَّمَا تُجۡزَوۡنَ مَا كُنتُمۡ تَعۡمَلُونَ

काफिरहरू हो ! आज तिमीहरू बहानाहरू नबनाऊ । मात्र तिमीले गर्दै आएका कार्यहरूको प्रतिफल तिमीहरूलाई दिइँदैछ ।
Surah At-Tahrim, Verse 7


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ تُوبُوٓاْ إِلَى ٱللَّهِ تَوۡبَةٗ نَّصُوحًا عَسَىٰ رَبُّكُمۡ أَن يُكَفِّرَ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَيُدۡخِلَكُمۡ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ يَوۡمَ لَا يُخۡزِي ٱللَّهُ ٱلنَّبِيَّ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥۖ نُورُهُمۡ يَسۡعَىٰ بَيۡنَ أَيۡدِيهِمۡ وَبِأَيۡمَٰنِهِمۡ يَقُولُونَ رَبَّنَآ أَتۡمِمۡ لَنَا نُورَنَا وَٱغۡفِرۡ لَنَآۖ إِنَّكَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

हे मोमिनहरू ! अल्लाहको अगाडि तिमीहरूले सत्य पवित्र हृदयले क्षमा याचना गर, आशा छ कि उसले तिम्रा पापहरू तिमीबाट हटाइदिनेछ र तिमीलाई स्वर्गका बागहरूमा, जसमुनि नहरहरू बगरिराखेका छन्, प्रविष्ट गराउनेछ । त्यसदिन अल्लाहले पैगम्बरलाई र ती मानिसहरूलाई, जसले उनको साथ दिएका छन्, निराश गर्नेछैन, (बरु) उनको चमक उनको अगाडि र दायाँतिर (प्रकाश पार्दै) हिंडिरहेको हुनेछ र उनीहरू अल्लाहसित विन्ती गर्नेछन् कि हे पालनकर्ता ! हाम्रो प्रकाश हाम्रो निम्ति पूरा गर र हामीलाई क्षमा गर । निःसन्देह तिमी, प्रत्येक कुरामाथि सामथ्र्यवान छौ ।
Surah At-Tahrim, Verse 8


يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ جَٰهِدِ ٱلۡكُفَّارَ وَٱلۡمُنَٰفِقِينَ وَٱغۡلُظۡ عَلَيۡهِمۡۚ وَمَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمَصِيرُ

हे पैगम्बर ! काफिरहरू र मुनाफिकहरूसित लड र उनीहरूमाथि कडाई गर । उनीहरूको बास्स्थान नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
Surah At-Tahrim, Verse 9


ضَرَبَ ٱللَّهُ مَثَلٗا لِّلَّذِينَ كَفَرُواْ ٱمۡرَأَتَ نُوحٖ وَٱمۡرَأَتَ لُوطٖۖ كَانَتَا تَحۡتَ عَبۡدَيۡنِ مِنۡ عِبَادِنَا صَٰلِحَيۡنِ فَخَانَتَاهُمَا فَلَمۡ يُغۡنِيَا عَنۡهُمَا مِنَ ٱللَّهِ شَيۡـٔٗا وَقِيلَ ٱدۡخُلَا ٱلنَّارَ مَعَ ٱلدَّـٰخِلِينَ

अल्लाहले काफिरहरूको निम्ति ‘‘नूहकी’’ पत्नी र ‘‘लूतकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ । दुवै हाम्रा असल भक्तहरूमध्ये दुईवटा भक्तहरूको घरमा थिइन्, र दुवैले उनीप्रति विश्वासघात गरिन्, तब ती असल भक्तहरूले उनीहरूलाई अल्लाहको सजायबाट बचाउन सकेनन्, र भनियो कि (हे स्त्रीहरू) प्रवेश गर्नेवालाको साथमा तिमी दुवै पनि नर्कमा प्रविष्ट भइहाल ।
Surah At-Tahrim, Verse 10


وَضَرَبَ ٱللَّهُ مَثَلٗا لِّلَّذِينَ ءَامَنُواْ ٱمۡرَأَتَ فِرۡعَوۡنَ إِذۡ قَالَتۡ رَبِّ ٱبۡنِ لِي عِندَكَ بَيۡتٗا فِي ٱلۡجَنَّةِ وَنَجِّنِي مِن فِرۡعَوۡنَ وَعَمَلِهِۦ وَنَجِّنِي مِنَ ٱلۡقَوۡمِ ٱلظَّـٰلِمِينَ

र मोमिनहरूको निम्ति अल्लाहले ‘‘फिरऔनकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ, जब कि उनले अल्लाहसित प्रार्थना गरिन् कि हे मेरो पालनकर्ता ! मेरो निम्ति स्वर्गमा आफ्नो नजिक एउटा घर बनाऊ र मलाई फिरऔन र उसको कर्मबाट छुटकारा देऊ, र अत्याचारीहरूबाट मलाई मुक्त गर ।
Surah At-Tahrim, Verse 11


وَمَرۡيَمَ ٱبۡنَتَ عِمۡرَٰنَ ٱلَّتِيٓ أَحۡصَنَتۡ فَرۡجَهَا فَنَفَخۡنَا فِيهِ مِن رُّوحِنَا وَصَدَّقَتۡ بِكَلِمَٰتِ رَبِّهَا وَكُتُبِهِۦ وَكَانَتۡ مِنَ ٱلۡقَٰنِتِينَ

र (अर्को) इम्रानकि छोरी ‘‘मरियमको’’ दृष्टान्त बयान गर्यो जसले आफ्नो सतित्वको रक्षा गरिन्, फेरि हामीले त्यस स्त्रीभित्र आफ्नो तरफबाट रूह फूँकिदियौ, र त्यसले आफ्नो पालनकर्ताको कलाम(वाणी) र उसको किताबहरूलाई सत्य ठान्दथिइन्, र उनी उपासकहरूमध्येकी थिइन् ।
Surah At-Tahrim, Verse 12


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 65
>> Surah 67

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai