Surah Ad-Dhuha - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلضُّحَىٰ
सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।
Surah Ad-Dhuha, Verse 1
وَٱلَّيۡلِ إِذَا سَجَىٰ
र कसम छ, रात्री को जब छाउँछ ।
Surah Ad-Dhuha, Verse 2
مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ
तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।
Surah Ad-Dhuha, Verse 3
وَلَلۡأٓخِرَةُ خَيۡرٞ لَّكَ مِنَ ٱلۡأُولَىٰ
निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।
Surah Ad-Dhuha, Verse 4
وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ
तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।
Surah Ad-Dhuha, Verse 5
أَلَمۡ يَجِدۡكَ يَتِيمٗا فَـَٔاوَىٰ
के उसले तिमीलाई अनाथ पाएर शरण दिएन
Surah Ad-Dhuha, Verse 6
وَوَجَدَكَ ضَآلّٗا فَهَدَىٰ
र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।
Surah Ad-Dhuha, Verse 7
وَوَجَدَكَ عَآئِلٗا فَأَغۡنَىٰ
र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।
Surah Ad-Dhuha, Verse 8
فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ
तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।
Surah Ad-Dhuha, Verse 9
وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ
र माँग्नेवालालाई हप्काउने नगर्नु ।
Surah Ad-Dhuha, Verse 10
وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ
र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।
Surah Ad-Dhuha, Verse 11