Surah Al-Lail - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلَّيۡلِ إِذَا يَغۡشَىٰ
रात्रीको कसम, जब ढाक्छ ।
Surah Al-Lail, Verse 1
وَٱلنَّهَارِ إِذَا تَجَلَّىٰ
र दिनको कसम, जब कि चम्किन्छ ।
Surah Al-Lail, Verse 2
وَمَا خَلَقَ ٱلذَّكَرَ وَٱلۡأُنثَىٰٓ
र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
Surah Al-Lail, Verse 3
إِنَّ سَعۡيَكُمۡ لَشَتَّىٰ
निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
Surah Al-Lail, Verse 4
فَأَمَّا مَنۡ أَعۡطَىٰ وَٱتَّقَىٰ
तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
Surah Al-Lail, Verse 5
وَصَدَّقَ بِٱلۡحُسۡنَىٰ
र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
Surah Al-Lail, Verse 6
فَسَنُيَسِّرُهُۥ لِلۡيُسۡرَىٰ
त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
Surah Al-Lail, Verse 7
وَأَمَّا مَنۢ بَخِلَ وَٱسۡتَغۡنَىٰ
तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
Surah Al-Lail, Verse 8
وَكَذَّبَ بِٱلۡحُسۡنَىٰ
र असल कुराको उपहास गर्यो ।
Surah Al-Lail, Verse 9
فَسَنُيَسِّرُهُۥ لِلۡعُسۡرَىٰ
त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
Surah Al-Lail, Verse 10
وَمَا يُغۡنِي عَنۡهُ مَالُهُۥٓ إِذَا تَرَدَّىٰٓ
त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
Surah Al-Lail, Verse 11
إِنَّ عَلَيۡنَا لَلۡهُدَىٰ
निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
Surah Al-Lail, Verse 12
وَإِنَّ لَنَا لَلۡأٓخِرَةَ وَٱلۡأُولَىٰ
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
Surah Al-Lail, Verse 13
فَأَنذَرۡتُكُمۡ نَارٗا تَلَظَّىٰ
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
Surah Al-Lail, Verse 14
لَا يَصۡلَىٰهَآ إِلَّا ٱلۡأَشۡقَى
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
Surah Al-Lail, Verse 15
ٱلَّذِي كَذَّبَ وَتَوَلَّىٰ
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
Surah Al-Lail, Verse 16
وَسَيُجَنَّبُهَا ٱلۡأَتۡقَى
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
Surah Al-Lail, Verse 17
ٱلَّذِي يُؤۡتِي مَالَهُۥ يَتَزَكَّىٰ
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
Surah Al-Lail, Verse 18
وَمَا لِأَحَدٍ عِندَهُۥ مِن نِّعۡمَةٖ تُجۡزَىٰٓ
र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
Surah Al-Lail, Verse 19
إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ رَبِّهِ ٱلۡأَعۡلَىٰ
बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
Surah Al-Lail, Verse 20
وَلَسَوۡفَ يَرۡضَىٰ
निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।
Surah Al-Lail, Verse 21