Surah Ash-Shams - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلشَّمۡسِ وَضُحَىٰهَا
सूर्यको कसम र त्यसको तापको ।
Surah Ash-Shams, Verse 1
وَٱلۡقَمَرِ إِذَا تَلَىٰهَا
र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
Surah Ash-Shams, Verse 2
وَٱلنَّهَارِ إِذَا جَلَّىٰهَا
र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
Surah Ash-Shams, Verse 3
وَٱلَّيۡلِ إِذَا يَغۡشَىٰهَا
र रातीको कसम जब उसलाई लुकाउँछ ।
Surah Ash-Shams, Verse 4
وَٱلسَّمَآءِ وَمَا بَنَىٰهَا
आकाश र त्यसलाई बनाउनेको कसम ।
Surah Ash-Shams, Verse 5
وَٱلۡأَرۡضِ وَمَا طَحَىٰهَا
कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
Surah Ash-Shams, Verse 6
وَنَفۡسٖ وَمَا سَوَّىٰهَا
कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
Surah Ash-Shams, Verse 7
فَأَلۡهَمَهَا فُجُورَهَا وَتَقۡوَىٰهَا
फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
Surah Ash-Shams, Verse 8
قَدۡ أَفۡلَحَ مَن زَكَّىٰهَا
जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
Surah Ash-Shams, Verse 9
وَقَدۡ خَابَ مَن دَسَّىٰهَا
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
Surah Ash-Shams, Verse 10
كَذَّبَتۡ ثَمُودُ بِطَغۡوَىٰهَآ
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
Surah Ash-Shams, Verse 11
إِذِ ٱنۢبَعَثَ أَشۡقَىٰهَا
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
Surah Ash-Shams, Verse 12
فَقَالَ لَهُمۡ رَسُولُ ٱللَّهِ نَاقَةَ ٱللَّهِ وَسُقۡيَٰهَا
(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
Surah Ash-Shams, Verse 13
فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمۡدَمَ عَلَيۡهِمۡ رَبُّهُم بِذَنۢبِهِمۡ فَسَوَّىٰهَا
तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
Surah Ash-Shams, Verse 14
وَلَا يَخَافُ عُقۡبَٰهَا
उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।
Surah Ash-Shams, Verse 15